विस्तृत खोजी

 
 
 
 
 
      

२७ खोजी नतिजाहरु

निर्णय नं. २५५२ - प्राचिन मूर्ति स्थानान्तरण

 फैसला मिति:२०४२/११/०८  डिभिजन वेन्च इजलास  २४५६
 पुनरावेदक/ प्रतिवादी : भ.पु.नगर पंचायतवडा नं. १३ बस्ने चाँगुनारायण स्थानको पुजारी कृष्ण धरानन्द राजोपाध्याय । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, जि.प्र.का.भक्तपुर

बस्तु रहेको ठाउँमा एकजना मात्रको पहुँच नभई पुजारीलाई मद्दत गर्ने व्यक्ति पनि जान आउन सक्ने र राखिएको माल माटाको भाँडामा रहेको हुँदा पुनरावेदकलाई त्यत्तिकै आधारमा मात्र अभियोग बमोजिमको कसूर गरेको ठहर्यापउन नमिल्ने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५५१ - परमादेश मिश्रित उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ

 फैसला मिति:२०४२/१०/२९  डिभिजन वेन्च इजलास  २०९१
 पुनरावेदक/ प्रतिवादी : धादिङ जिल्ला केवलपुर गा.पं.वडा नं.१ बस्ने चन्द्र प्रसाद पाण्डे बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमि सुधार कार्यालय धादिङका का.मु.शाखा अधिकृत रामचन्द्र बुढाथोकी । जि.धादिङ थाक्रे गा.पं.वडा नं.३ बस्ने भवनाथ पण्डित ।

न्यायिक आधार बिना मोही निष्कासन नहुने ठहराएको प्रत्यर्थी भू.सु.का.धादिङको निर्णयलाई न्यायिक निर्णय मान्न नमिली त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५५० - अंश दपोट

 फैसला मिति:२०४२/१०/१८  डिभिजन वेन्च इजलास  २४८२
 पुनरावेदक/ प्रतिवादी : जि.बारा प्र.खे.बुहनपुरी गा.पं.वार्ड नं.१ बस्ने महन्त प्रसाद तेली बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.कलैया आ.गा.पं. वार्ड नं. ५ हाल कलैया नगर पंचायतवडा नं.५ बस्ने रामलखन शाहको मुद्दा सकार गर्ने सुगिया तेलीन

अंश मुद्दा परी कारवाहीको सिलसिलामा फाँटवारी पेश गर्दा फाँटवारीमा नखुलाई दबाए छपाएको भन्ने वादी दावी जिकिर भएपछि सो सम्बन्धमा आवश्यक सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा सो नगरी अंश दपोट परिभाषा भित्र नपरेको भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन । (प्रकरण नं. ११) प्रमाण बुझी फाँटवारी पेश गर्दा दबाएको देखिन आएमा दपोट ठहर्ने र दबाएको देखिन नआएमा दपोट नठहर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४९ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/११/१२  डिभिजन वेन्च इजलास  २७२१
 पुनरावेदक/ प्रतिवादी : ओखलढुङ्गा जिल्ला ज्यामिरे गा.पं.वार्ड नं.१ घर भै हाल जि.का. कारागार शाखा राजविराजमा थुनामा रहेको नेत्र बहादुर खड्का । रामेछाप जिल्ला खालुघाटी गा.पं.वार्ड नं.५ घर भै ऐ.ऐ मा थुनामा रहेका रविन्द्र के.सी.। मोरङ जिल्ला हाडी गा.पं.वार्ड नं.१ घर भै ऐ.ऐ मा थुनामा रहेका नरेन्द्र बहादुर कार्की-१ समेतको हकमा रमेश पौडेल । बिरुद्ध विपक्षी/वादी : पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटा । सप्तरी जिल्ला अदालत राजविराज । जि.का.कारागार शाखा राजविराज ।

कर्तव्यवाला हो भन्ने परिबन्द पुर्या उने मृतकको फोटो, लाश जाँच मुचुल्का, मेडिकल बोर्डको राय समेतलाई प्रमाणमा लिन मिल्ने हो होइन भन्नेतर्फ हेर्दा अ.बं.११८ को दफा ३ को देहाय (२) तथा प्रमाण ऐन, ०३१ को दफा १८ को (क) तथा (ख) ले मुद्दा पूर्पक्षको सिलसिलामा थुनछेक प्रयोजनको लागि प्रमाणमा लिन सकिने कानुनी व्यवस्था गरेको विद्यमान देखिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१०/२८  डिभिजन वेन्च इजलास  २६६६
 पुनरावेदक/ प्रतिवादी : इलाम नगर पञ्चायत वडा नं.२ मालापथ बस्ने महादेव श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : इलाम नगर पञ्चायत, इलाम

नगर पञ्चायत (कार्यव्यवस्था) नियमावली, २०२० ले प्रदान नै नगरेको अधिकार प्रयोग गरी आफूले प्रयोग गर्न नपाउने र लाग्नै नसक्ने “रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२०” को दफा १३ बमोजिम रिट निवेदकले पट्टा उठाउन मन्जूर नगरेको कारण देखाई धरौटी जफत गर्ने भनी गरेको प्रत्यर्थी इलाम नगर पञ्चायतको निर्णय गैरकानुनी तथा क्षेत्राधिकार विहिन भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४७ - जग्गा हक कायम

 फैसला मिति:२०४२/०९/२५  डिभिजन वेन्च इजलास  २३६९
 पुनरावेदक/ प्रतिवादी : जि.काठमाडौं नगर पंचायतवडा नं.१७ ठहिटी बस्ने लक्ष्मी दास मानन्धर बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने जनक राज मानन्धर

तथ्ययुक्त सबूद प्रमाणको अभावमा विवादित जग्गामा हक कायम हुन नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४६ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/२०  डिभिजन वेन्च इजलास  २५७९
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नगर पंचायतवा.नं.२४ वटु गुच्चा टोल बस्ने इश्वर लाल राजभण्डारी बिरुद्ध विपक्षी/वादी : संचालक समिति, नेपाल बैंक लिमिटेड प्रधान कार्यालय,मुकाम धर्मपथ । महाप्रबन्धक,नेपाल बैंक लिमिटेड । नायव महाप्रबन्धक,नेपाल बैंक लिमिटेड । प्रबन्धक,नेपाल बैंक लिमिटेड प्रधान कार्यालय कर्मचारी विभाग धर्मपथ काठमाडौं ।

निवेदकले ३ वर्षसम्म बढुवा नपाउने गरेको अन्तिम निर्णय बमोजिमको समय व्यतित गर्न नपाउँदै निजले कर्मचारी नियमावली विरुद्ध कार्य गरेको देखिन आएकोले नियमावली बमोजिम निज रिट निवेदकलाई एक तह तल्लो पदमा ओराल्ने गरेको नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय संचालक समितिको निर्णयमा कुनै त्रुटि नदेखिएको हुँदा रिट निवेदकको जिकिर बमोजिमको आदेश जारी गरी रहनु नपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४५ - ज्यान

 फैसला मिति:२०४२/११/१६  डिभिजन वेन्च इजलास  २५०२
 पुनरावेदक/ प्रतिवादी : बाग्लुङ जिल्ला सर्कुवा गा.पं.को पत्रले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : बाग्लुङ,जिल्ला सर्कुवा गा.पं.वार्ड.नं.८ विनासारे बस्ने लक्ष्मीदत्त उपाध्याय । ऐ. माझा रुम्टा बस्ने पूर्णकला पाध्यनी

अभियुक्तहरूको अदालतको बयान समेतबाट अपराध भएको कुरालाई प्रमाणद्वारा सिद्ध हुन आएको कुरालाई पन्छाई अभियुक्तहरूको अदालतको बयानलाई प्रमाण नलगाई क्षेत्रीय अदालतले निर्णयमा पुग्ने जुन प्रयास यस मुद्दामा गरेको छ, त्यसलाई प्रमाणको मूल्याङ्कन गर्ने सही तरीका हो भन्न नसकिने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४४ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/१४  डिभिजन वेन्च इजलास  २२१२
 पुनरावेदक/ प्रतिवादी : जि.बर्दिया बनियामार गा.पं.वार्ड नं.७ बस्ने तमूराम थारु बिरुद्ध विपक्षी/वादी : भू.सु.का.बर्दिया

भू.प्र.का.मा दिएको निवेदनबाट मुचुल्का समेत गरी ३५ दिने म्याद सूचना तामेल गरेपछि नामसारी हुने नहुने सम्बन्धमा निर्णय गर्नु पर्नेमा त्यसतर्फ केही नबोली जग्गा जफत हुने भनी गरेको भू.सु.का.को ०३१।६।२० को निर्णय पर्चा कानुन अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४३ - सन्धिसर्पन

 फैसला मिति:२०४२/१०/०२  डिभिजन वेन्च इजलास  २४७०
 पुनरावेदक/ प्रतिवादी : कर्णाली अञ्चल जुम्ला देपाल गाउँ पञ्चायत वार्ड.नं.२ देपाल गा. बस्ने खड्ग बहादुर महत क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ. फोछे गाउँ बस्ने लक्ष्मी चन्द्र धिताल

तिब्रीकोट माल कार्यालयले गरेको निर्णय उपर प्र.जि.अ.लाई पुनरावेदन सुन्ने अधिकार भएकोमा कर्णाली अञ्चलाधिश कार्यालयले पुनरावेदन सुनी पुनः सो अञ्चलाधिश कार्यालयले गरेको निर्णय उपरको पुनरावेदन सुनी म.पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ त्रुटिपूर्ण देखिँदा कर्णाली अञ्चलाधिशको कार्यालयको फैसला र सोही फैसलालाई मनासिव ठहराएको म.प.क्षे अ.को दुवै फैसला बदर हुने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४२ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/०२  डिभिजन वेन्च इजलास  २३१०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं नगर पंचायतवार्ड नं.२४ महाबौद्ध वटु चिकंअत बस्ने रामभक्त श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय काठमाडौं । काठमाडौं नगर पञ्चायत वार्ड नं. घर भै होटल म्यानेजर काम गर्ने डोल राज कुवंर भन्ने प्रल्हाद राज कुंवर ।

१४ महिना अघि परेको निवेदन बमोजिम जग्गा दर्ता नगरी पछि परेको निवेदनबाट जग्गा रैकरमा परिणत गरेको मालपोत कार्यालय काठमाडौंको निर्णय प्रतिपादित सिद्धान्त विपरीत देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४१ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/१२  डिभिजन वेन्च इजलास  २२९७
 पुनरावेदक/ प्रतिवादी : रुपन्देही लुम्बिनी आदर्श गा.पं.वार्ड नं.३ बस्ने दिवाकर दत्त पाण्डे बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय सिंहदरवार काठमाडौं। श्री ५ को सरकार,वन तथा भू संरक्षण मन्त्रालय,काठमाडौं । सचिव,वन तथा भू संरक्षण मन्त्रालय,काठमाडौं ।

पर्चामा निवेदक माथि लगाइएको आरोपको सम्बन्धमा कुनै कारण तथा आधार समेतको उल्लेख नगरी रिट निवेदकलाई नि.से.नि., २०२१ को नियम १०.६(५) बमोजिमको कसूर गरेको आरोपमा सोही नियमावलीको नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकार (मं.प.) को मिति ०४०।१२।१० को निर्णय र सो उपर पुनरावेदन सुनी मिति ०४१।३।१२ को श्री ५ को सरकार (मं.प.) को पुनरावेदन निर्णय तथा यो सम्बन्धी सम्पूर्ण काम कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५४० - जर्वजस्ती करणी

 फैसला मिति:२०४२/११/०५  डिभिजन वेन्च इजलास  २८७२
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु सिद्धिपुर गा.पं.वडा नं.४ जितपुर बस्ने सागर प्रसाद श्रेष्ठ । ऐ.ऐ वडा नं.२ हरिपुर बस्ने रेशम बम मल्ल । ऐ.ऐ बस्ने गणेश उपाध्याय । ऐ.ऐ बस्ने वडा नं.४ दुगाह बस्ने कृष्ण बम मल्ल । ऐ.ऐ बुची बस्ने दिपन्द्र मल्ल । बिरुद्ध विपक्षी/वादी : पूर्ण कुमारी राना मगर्नीको जाहेरीले श्री ५ को सरकार ।

प्रतिवादीहरूको डाक्टरी जाँच गर्दा निजहरूमा कुनै प्रमाणिक चिहृन नपाइएको भन्ने प्रतिवेदन भएकोबाट जाहेरी बमोजिम जबरजस्ती करणी गरेको ठहर गर्न सबूद प्रमाणको आधारमा मिल्ने नदेखिने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५३९ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/०८  डिभिजन वेन्च इजलास  २२४१
 पुनरावेदक/ प्रतिवादी : गुल्मी जिल्ला स्थान पति गा.पं.वडा नं.८ बस्ने प्रेमलाल ज्ञवाली । ऐ.बस्ने गोविन्द ज्ञवाली । ऐ.बस्ने टक्सार गा.पं.वडा नं.८ बस्ने लिलामाणी पन्थ । ऐ. बस्ने वेनि माधव पंथ । ऐ. बस्ने वलराम पंत । बिरुद्ध विपक्षी/वादी : गुल्मी जिल्ला वन नियन्त्रक, श्री कृष्णहरि गौतम, अध्यक्ष । गुल्मी माल अधिकृत,दीप कुमार जोशी,सदस्य । ९ नं. नापी गोश्वाराका का.मु.प्र.ना.अ. अग्नी शर्मा भएको पहाडी क्षेत्रमा अवादी र वन जंगल छुट्याउन वन समिति गुल्मी । वन उप-समिति मुकाम थानपती गा.पं.कार्यालय गुल्मी । निरिक्षक ९ नं.नापी गोश्वारा मे नापी इकाई गुल्मी ।

कुनै कानुनी व्यवस्थाको अभावमा गठन भएको समितिले हक अधिकार सम्बन्धमा गरेको निर्णय कानुन अनुरुप भन्न मिल्ने देखिएन । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५३८ - प्रतिषेध

 फैसला मिति:२०४२/१०/२७  डिभिजन वेन्च इजलास  २४५९
 पुनरावेदक/ प्रतिवादी : जि.झापा भद्रपुर नगर पंचायतवडा नं.२ स्थित भवानी शंकर राइस एण्ड आयल मिल्स भाडा लिई संचालन गर्ने ऐ.वडा नं.१ को श्याम ट्रेडिङ्गको प्रोप्राइटर श्यामसुन्दर अग्रवाल । बिरुद्ध विपक्षी/वादी : भद्रपुर नगर पञ्चायत कार्यालय, भद्रपुर झापा । महेन्द्रनगर राजमार्ग चार आली कंचना सडक निर्माण समिति,भद्रपुर। मेची अञ्चल अस्पताल विकास तथा सहयोग समिति,भद्रपुर । मेची अञ्चल खेलकुद विकास समिति भद्रपुर ।

ज्येष्ठ ७ गते २०४१ मा श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबारबाट सबै अञ्चलाधिशहरूलाई लेखेर गएको पत्रको खण्ड (२) मा खाद्य पदार्थ भई कुनै प्रकारको चन्दा तथा पञ्चायत कर लगाउन नपाउने व्यवस्था नै लेखेर गएको सो निर्णय गर्न गराउन गृह पञ्चायत मन्त्रालयबाट सबै प्रमुख जिल्ला अधिकारीलाई लेखेर गएको देखिन्छ । सो बमोजिम नगरी विपक्षी नगर पंचायतसमेतले गरेको निर्णय संविधान कानुन निर्देशनको विपरीत भएको प्रष्ट देखिन्छ । यस्तो स्थितिमा रु. १००।– भन्दा बढी माग गरेको विषय रकमहरू गैरकानुनी हुँदा प्रतिषेधको आदेश जारी गरी सो गैरकानुनी रकम लगाई असूल उपर गर्न रोकी दिएको छ । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५३७ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/०७  डिभिजन वेन्च इजलास  २३८६
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी डुमाहा गा.पं.वा.नं.५ बस्ने फागु चौधरी बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय सुनसरी । जि.सुनसरी कप्तानगंज गा.पं. वा.नं.७ बस्ने राम परीक्षण साहू

१ नं.लगत २ नं.अनुसूची र ४ नं.अनुसूची समेत प्राप्त गरी सकेको अन्तिम रुपमा रहेको अवस्थामा केवल उजूरीमा पञ्चायतको नाम र फिल्डबुकमा मोहीको नाम उल्लेख नहुँदैमा त्यस्तो मोहीलाई मोही होइन भन्न न्यायसंगत नहुँदा विपक्षीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५३६ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/१०/१४  डिभिजन वेन्च इजलास  २१९२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ शिवजी जद्धा गा.पं. वडा नं.२ घर भई हाल जिल्ला कार्यालय कारागार शाखा भद्रगोल काठमाडौंमा थुनामा रहेको विलट मलाहा बिरुद्ध विपक्षी/वादी : मोरङ जिल्ला अदालत

गैरकानुनी थुनामा परेको हो होइन भनी हेर्दा निवेदकको फैसला एवं कानुनले दिए तोकेको समय भुक्तान भएको नदेखिँदा गैरकानुनी थुनामा रहेको भन्ने नदेखिने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५३५ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/२१  डिभिजन वेन्च इजलास  २५५३
 पुनरावेदक/ प्रतिवादी : मोरङ विराटनगर नगर पञ्चायत वार्ड नं.१३ बस्ने सैलेष कुमार अर्याल बिरुद्ध विपक्षी/वादी : महानिर्देशक कर विभाग लाजिम्पाट काठमाडौं । साना करदाता आयकर निर्धारण समिति मार्फत कर कार्यालय विराटनगर मोरङ ।

अंशबण्डापत्र पास भई अलग–अलग बसी आ–आफ्नो खति उपति व्यहोरी व्यवहार गरी बसेको अकाट्य प्रमाण पेश गर्दागर्दै सगोलमै बसेको मानी एकै इकाईको ठहराई कर कार्यालय विराटनगरले आयकर निर्धारण गरेको सदर गर्ने गरी कर विभागले गरेको निर्णय समेत कानुन विपरीत हुँदा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५३४ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/१९  डिभिजन वेन्च इजलास  २६८६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नगर पंचायतवडा नं.३२ कालीकास्थान बस्ने जन ज्योति साप्ताहिकका सम्पादक शिव कुमार खड्का । ऐ. वडा नं.१७ क्षेत्रपाटी बस्ने जानकारी साप्ताहिकका सम्पादक शंकर कार्की । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, सञ्चार मन्त्रालय पञ्चायत प्लाजा काठमाडौं । श्री ५ को सरकार,मन्त्रीपरिषद, सचिवालय सिंहदरबार काठमाडौं ।

रिट निवेदन पत्रबाट रिट निवेदकहरूको कुनै पनि हक हनन् भएको देखिन नआएको अवस्थामा माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५३३ - उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१०  डिभिजन वेन्च इजलास  २२८३
 पुनरावेदक/ प्रतिवादी : राजेश टेक्सटायल उद्योगका प्रो.का.जि.बानेश्वर बस्ने राजेश उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालय । श्री ५ को सरकार अन्तः शुल्क विभाग,केन्द्र भवन लजिम्पाट,काठमाडौं । श्री ५ को सरकार अन्तशुल्क कार्यालय,काठमाडौं।

औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० खण्ड (ग) को उपखण्ड १ बमोजिम संचालन मितिले ५ वर्षसम्म अन्तःशुल्क छुट सुविधा प्राप्त गरेको निवेदकको उद्योगबाट प्रत्यर्थी अन्तःशुल्क कार्यालय काठमाडौंले अन्तःशुल्क उठाउने सम्बन्धमा गरेका काम कारवाही तथा तत्सम्बन्धी पत्र निर्णयहरू गैरकानुनी भई त्रुटिपूर्ण देखिन आयो अतः अन्तःशुल्क उठाउने बारेको प्रत्यर्थी अन्तःशुल्क कार्यालय काठमाडौंको काम कारवाही पत्र निर्णय समेत उत्प्रेषणको आदेश द्वारा बदर हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु