विस्तृत खोजी

 
 
 
 
 
      

२० खोजी नतिजाहरु

निर्णय नं. ४६६७ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/१७  एकल इजलास  २३८७
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वा. नं. २९ बस्ने सानुनानी सुनुवार बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपालिकासमेत

कुनै निर्णयबाट के कस्तो हकमा आघात परेको हो त्यो रिटनिवेदनमा स्पष्ट गर्नु पर्ने । (प्रकरण नं. ५) (२) कानुन दफा र संविधानको धाराको केवल उल्लेख गर्नुबाट नै त्यस कानुन र संविधान अन्तर्गत रिट निवेदिकाको हक हनन भएको स्वतः अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६६६ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/१०  संयुक्त इजलास  २९१४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. ७ चावहिल बस्ने केशवप्रसाद सिंहसमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. ७ बस्ने चन्द्रकिशोर सिंहसमेत

(१) जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (९) हेर्दा यस ऐन बमोजिम पहिला नाप जाँच भई दर्ता श्रेस्ता तयार भइसकेको ठाउँमा पुनः नाप जाँच हुँदा मौजुदा दर्ता श्रेस्ता बमोजिमका जग्गामा दुई वा दुई भन्दा बढी व्यक्तिहरुको बीच तेरो मेरो सम्बन्धी प्रश्न उठेमा तोकिएको अधिकारीले मौजुदा श्रेस्ता बमोजिम नै दर्ता गर्नु पर्नेछ र यस सम्बन्धमा उपदफा (७) को व्यवस्था लागू हुने छैन भन्ने उल्लेख भएको देखिँदा साविक दर्ता श्रेस्ताकै आधारमा दर्ता गरिदिनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६६५ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/१४  संयुक्त इजलास  २४०३
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वडा नं. ५ टंगाल बस्ने कोमलकुमारी देवी शाह बिरुद्ध विपक्षी/वादी : कार्यवाहक प्रधानपञ्च का.न.प. विगठित का.न.प.को हाल कार्यभार सम्हाल्ने ऐ.का. प्रधान अधिकृतसमेत

(१) कुन जग्गामा विवाद परेको हो र विवादित जग्गा कसको हुने हो सो कुराको हकमा सो मुद्दाबाट निर्णय भई कार्यान्वित हुने नै हुनाले सो अवस्था अगावै निवेदिकाको माग बमोजिम रिट जारी हुनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६६४ - उत्प्रेषण प्रतिषेध समेत

 फैसला मिति:२०४९/११/१८  संयुक्त इजलास  २२४२
 पुनरावेदक/ प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला पालचोक गा.वि.स. वडा नं. २ बस्ने जुलवे गिरी बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, मुकाम चौतारासमेत

(१) जिल्ला अदालतमा चली राखेको मुद्दामा असर पर्ने गरी रिटनिवेदन क्षेत्र आकर्षित भई सो बाट अरु कुरा भन्न नसकिने । (प्रकरण नं. ११) (२) जुनसुकै अवस्थामा क्षेत्राधिकार नभएको विषयमा कुनै पनि कार्यालय वा अधिकारीले गराएको लिखत वा कागजको न्यायिक दृष्टिले कानुनी मान्यता शुन्य हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६६३ - परमादेश

 फैसला मिति:२०४९/११/०३  संयुक्त इजलास  २८७४
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वडा नं. ४ बस्ने अधिवक्ता लक्ष्मण रंजितसमेत बिरुद्ध विपक्षी/वादी : मन्त्रिपरिषद्समेत

(१) राष्ट्रिय जनआन्दोलनको सिलसिलामा आहत भएका व्यक्तिहरु मध्ये को कसलाई शहीद मान्ने कसलाई नमान्ने तथा त्यस्तो व्यक्ति मध्ये कुन मिति देखि कुन मितिसम्म वीरगति प्राप्त गर्ने वा घाइते हुनेका परिवारलाई कुन दरले आर्थिक सहयोग एवं मानपत्र प्रदान गर्ने भन्ने कुरा प्रचलित नेपाल कानुन वा नेपाल अधिराज्यको संविधानद्वारा व्यवस्थित कुरा नहुँदा त्यस्ता कुराहरु सम्बन्धमा श्री ५ को सरकारले उपयुक्त एवं मनासिब तरिकाले निर्णय गर्न प्रचलित नेपाल कानुन वा नेपाल अधिराज्यको संविधानद्वारा कुनै प्रतिबन्ध लगाएको नपाइने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६६२ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/२०  संयुक्त इजलास  २२२६
 पुनरावेदक/ प्रतिवादी : विराटनगर मिल्स एरिया स्थित अशोक टेक्सटाइल इण्डष्ट्रिज प्रा.लि.को तर्फबाट अधिकार प्राप्त ऐ. को कमर्सियल एक्जु केटिभ प्रह्लाद राय लखौटिया बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अर्थ मन्त्रालयसमेत

(१) भन्सार कार्यालयले निर्धारण गरेको भन्सार तथा बिक्री कर रकममा समेत निवेदकलाई चित्त नबुझेको भए भन्सार ऐन, २०१९ को दफा ३७ मा व्यवस्था भए अनुरुप राजश्व न्यायाधिकरणमा पुनरावेदन दिन पाउने कानुनी व्यवस्था रहे भएको पाइन्छ । सो अनुसारको पुनरावेदनको साधारण बाटो अवलम्बन नगरी निवेदक यस अदालतको असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको पाइन्छ । पुनरावेदनको व्यवस्था भएकोमा पुनरावेदनबाट हेरिनु पर्ने हुन्छ । पुनरावेदन तहबाट हेरिंदा सबै प्रमाण र कानुनको मूल्याड्ढन हुने । (प्रकरण नं. ९) (२) अन्य निकायबाट कानुनी उपचार प्राप्त गर्न सक्ने अवस्था हुँदा हुँदै रिट क्षेत्रबाट निवेदकलाई उपचार दिइएमा पुनरावेदन गर्ने कानुनी व्यवस्था प्रभावहीन हुन जाने समेत देखिएको अवस्थामा यस अदालतले असाधारण क्षेत्राधिकार प्रयोग गर्न न्याय तथा कानुन दुवै दृष्टिकोणले मिल्ने नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६६१ - बढुवा समितिको निर्णय बदर

 फैसला मिति:२०४९/११/२५  संयुक्त इजलास  ३२२१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला प्रशासन कार्यालय सुनसरीको रा.प. अनं. द्वितीय श्रेणीको सहलेखापाल कृष्णप्रसाद पोखरेल बिरुद्ध विपक्षी/वादी : बढुवा समितिको ०४७।२।११ को निर्णय बमोजिम सिफारिश भएकी ओमिगा रेग्मीसमेत

(१) निजामती सेवा नियमावली, २०२१ बमोजिम बढुवा समितिको निर्णय उपर उजूर सुन्ने अधिकारीको हैसियतबाट क्षेत्रीय न्यायाधीशले गरेको निर्णय पर्चालाई न्याय प्रशासन सुधार ऐन, २०३१ बमोजिम शुरु अदालतबाट कारवाही भएको मान्न मिल्ने देखिएन । (प्रकरण नं. ५) (२) न्याय प्रशासन ऐन, २०३१ को दफा १३ ३(क) को अवस्था न्याय सम्पादन सम्बन्धी अदालती कारवाहीको सिलसिलामा लागू हुने भई बढुवा सम्बन्धी प्रशासकीय उजूरीको विषय सम्बन्धमा पनि लागू हुन्छ भन्ने होइन । निजामती सेवा नियमावली, २०२१ मा त्यस्तो निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएको समेत नभएबाट पुनरावेदन पत्र खारेज हुने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६६० - जग्गा खिचोला

 फैसला मिति:२०४९/११/२५  संयुक्त इजलास  २३८७
 पुनरावेदक/ प्रतिवादी : कास्की जि. आर्वा विजय गा.पं. वडा नं. ३ बस्ने काशीदत्त बराल बिरुद्ध विपक्षी/वादी : ऐ ऐ.बस्ने स्यानी नन्दकला उपाध्याय बराल

(१) जग्गामा खिचोला गर्न आएपछि मात्र मुद्दाको फिराद परेको देखिन्छ । खिचोला भएपछि फिराद परेको र प्रतिवादीको नाउँमा विवादित जग्गा दर्ता भएको समेत नदेखिएको अवस्थामा अपुतालीको हदम्याद भित्र फिराद नपरेको भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५९ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/१७  संयुक्त इजलास  २४४४
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु फुलिका गा.पं. वार्ड नं. ५ वहरवासी बस्ने श्यामनाथ त्रिपाठी बिरुद्ध विपक्षी/वादी : जिल्ला साझा संघ लिमिटेड, तौलिहवा कपिलवस्तुसमेत

(१) अधिकार प्राप्त अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २०(३) बमोजिम भ्रष्टाचारमा कारवाही चलाई साझा संघको संचालक समितिलाई विभागीय सजायँको लागि लेखी पठाएकोमा संचालक समितिको निर्णय अनुसार निवेदकलाई अवकास दिने गरेको पत्र समेत कानुन बमोजिम नै भएको देखिँदा माग बमोजिमको आदेश जारी गरी रहन नपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४९/११/१४  संयुक्त इजलास  २७५४
 पुनरावेदक/ प्रतिवादी : माधवप्रसाद श्रेष्ठको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.सुनसरी धरान न.पं. वार्ड नं. १ बस्ने इश्वर श्रेष्ठसमेत

(१) अदालतमा कसूर स्वीकार गरेको देखिँदैन; सबै इन्कार छन् । अभियोग पुष्टीको लागि जाहेरवालाको जाहेरी र बीमला राइको कागजलाई मुख्य प्रमाण बनाएको देखिन आउँछ । निज दुवै अदालतमा आई बकपत्र गरेको पाइँदैन । जाहेरवालाले जाहेरीमा तथ्यसाथ खुलाउन नसकेको र विमला राइको प्रहरीमा भएको कागज हेर्दा दिनको ३ बजेको सिनेमा हेरी सकेपछि छाता चोकबाट बन्दना श्रेष्ठलाई प्रतिवादीहरुले लगेको र करणी गरेको भन्ने लेखाएकोमा मंसीर महीनामा ३ बजेको सिनेमा पछि अन्दाजी ६ बजे पूर्ण अँध्यारो हुने टाढाबाट करणी गरेको देखेको भन्ने कुरा पत्यारलायक भन्न सकिने र गुप्ताड्डको रौं यो यसको भनी किटान नभएको अवस्थामा प्रतिवादीका विरुद्धमा प्रमाणमा लगाउन नमिल्ने । (प्रकरण नं. २३) (२) शंकाको सुविधा अभियुक्तले नै पाउने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५७ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/०६  संयुक्त इजलास  २६८४
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु गा.पं. बहादुरगंज वडा नं. ४ बस्ने सीताराम कुर्मी बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने गोरखनाथ चौधरी कुर्मीसमेत

(१) प्रतिवादीले पाएको १ वर्षको सजायँ उपर अन्याय पर्योे भनी सफाई पाउन परेको पुनरावेदनमा उल्टै प्रतिवादीकै पुनरावेदनमा थप सजायँ गर्ने कुरा कानुन, प्राकृतिक न्यायको सिद्धान्त समेतले नमिल्ने । (प्रकरण नं. १४) (२) ठूलो सजायँको लागि पुनरावेदन तहमा माग नभएको अवस्थामा अदालत स्वयंले सजायँ थप गर्ने कुरा औचित्यले पनि नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५६ - निर्णय बदर गरी सार्वजनिक बाटो कायम

 फैसला मिति:२०४९/११/०६  संयुक्त इजलास  ३१७९
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वडा नं. १७ ठहिटी बस्ने महेन्द्रबहादुर राजभण्डारीसमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं., वडा नं. ११ बस्ने चक्रमाया ताम्राकारसमेत

(१) जसको हकहितमा असर परेको छ उसलाई उजूर गर्ने हकदैया छैन भन्न कानुनसंगत नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५५ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/०४  संयुक्त इजलास  २५२५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिंचाई कार्यालय, बाग्लुङमा सेवारत डिभिजन इन्जिनियर कृष्णकान्त सिग्देल बिरुद्ध विपक्षी/वादी : जलस्रोत मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

(१) अन्य कानुनी उपचारको व्यवस्था भएकोमा सो उपचारको अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गरेको देखिएकोले निवेदकको माग बमोजिमको आदेश जारी हुन सक्ने अवस्था नहुँदा रिटनिवेदनपत्र खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५४ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/०४  संयुक्त इजलास  २५३५
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वडा नं. २९ को परिवर्तित ऐ.वडा नं. ३२ बस्ने कृष्णमाया खडकी बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, काठमाडौंसमेत

(१) निवेदकले मालपोत कार्यालयको निर्णय उपर पुनरावेदन तहमा नगई रिट क्षेत्रमा प्रवेश गरेको पाइन्छ । यसरी निवेदकलाई पुनरावेदन गर्न पाउने कानुनी उपचारको बाटो हुँदा हुँदै सो उपयोग नगरी असाधारण अधिकार क्षेत्रमा प्रवेश गरेको हुँदा प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५३ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/१८  संयुक्त इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : शोल्टी क्यासिनोको तर्फबाट महाप्रबन्धक पुरुषोत्तम शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, श्रम विभाग, रामशाहपथसमेत

(१) कारखाना र कारखानामा काम गर्ने मजदूर सम्बन्धी नियम, २०१९ को नियम २६(क) अनुसार गयल खारेज गरेको सम्बन्धमा कारखाना निरीक्षक समक्ष पुनरावेदन गर्ने कानुनी व्यवस्था रहे भएको पाइएन । कानुनी व्यवस्था नभएपछि त्यस्तो पुनरावेदन लिने तथा हाजिर गराउने सम्बन्धी लेखी पठाएको पत्र समेत अनधिकृत देखिएकोले सो पत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५२ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/१७  संयुक्त इजलास  २३४३
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं. वार्ड नं. २ बस्ने ने.ट्रे.लि. को वरिष्ठ अधिकृत वर्ष ४५ को रामप्रसाद भट्टराई बिरुद्ध विपक्षी/वादी : अम्बरबहादुर कार्की, महाप्रबन्धक, ने.ट्रे.लि. केन्द्रीय कार्यालय, काठमाडौंसमेत

(१) नेशनल ट्रेडिंग लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०३४ को परिच्छेद ६ को नियम १(२) अनुसार पद खारेज गरी सेवाबाट अवकाश दिनुपर्ने उचित कारण हुनु आवश्यक देखिन्छ । रिट निवेदकलाई सेवाबाट अवकाश दिने गरी गरेको निर्णय औचित्यपूर्ण र तर्कसंगत एवं सन्तोषजनक रहेको नदेखिने । (प्रकरण नं. ६) (२) अवकाश दिने गरी गरेको निर्णय सदासयताविहिन भएकोले अवकाश दिने गरी भएको ने.ट्रे.लि. संचालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५१ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४९/११/१७  संयुक्त इजलास  २३२८
 पुनरावेदक/ प्रतिवादी : सदरखोर शाखा डिल्लीबजारमा थुनामा रहेका लक्ष्मण श्रेष्ठको हकमा निजकी श्रीमती राधा श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : सदरखोर शाखा डिल्लीबजारसमेत

(१) अ.दु.अ. आयोगले अनुसन्धानको सिलसिलामा धरौट माग्न सक्ने र दिन नसके थुनामा राख्न सक्ने प्रावधान अ.दु.अ. आयोग ऐन, २०४८ को दफा १९(४) मा भएको देखिन्छ । यस्तो अवस्थामा थुनामा राख्दा अदालतको अनुमति लिनु पर्ने बाध्यता रहेको पाइँदैन । अर्को कुरा सम्बन्धित भ्रष्टाचार मुद्दा पुनरावेदन अदालतमा दर्ता भई सकेबाट यस्तो परिवर्तित अवस्था सृजना भइसकेको समेत देखिन्छ । अतः भइरहेको कानुनी व्यवस्था अनुसार थुनामा रहे भएको देखिएकोले रिटनिवेदन जिकिर मनासिब नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६५० - कर्तव्य ज्यान

 फैसला मिति:२०४९/११/०६  संयुक्त इजलास  २४३२
 पुनरावेदक/ प्रतिवादी : ढुल्की जैसिनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.दैलेख बडलम्जी गा.पं. वा.नं. ७ बस्ने काले कामीसमेत

(१) प्रहरी हिरासतमा गराइएको केवल बयानको आधारमा सजायँ गर्न नमिल्ने । (प्रकरण नं. ३५) (२) तत्काल उठेको रिस थाम्न नसकी लाठीले हिर्काएबाट मृत्यु भएको देखिंदा प्र.लाई ज्यानसम्बन्धीको १४ नं. अनुसार १० वर्ष कैद गर्ने गरी गरेको क्षे.अ. को इन्साफ मनासिब देखिने । (प्रकरण नं. ३५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६४९ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/०६  संयुक्त इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वार्ड नं. १० बस्ने बाबुराम शर्मा तिमिल्सीना बिरुद्ध विपक्षी/वादी : ३ नं.नापी गोश्वारा ३ नं. नापी टोलीका नापी अधिकृत शम्भुप्रसाद शर्मासमेत

(१) एउटै विषयवस्तुको सम्बन्धमा जिल्ला अदालतमा खिचोला मुद्दा दायर भई चली राखेको देखिन आयो; सोही विषयमा असाधारण अधिकार क्षेत्र प्रयोग गरी निर्णय गर्न मिल्ने अवस्था देखिएन । जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दाबाट नै निवेदन जिकिर बमोजिम विवादास्पद विषयवस्तुको सम्बन्धमा निर्णय हुनसक्ने देखिनाले रिटनिवेदन खारेज हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४६४८ - उत्प्रेषण

 फैसला मिति:२०४९/११/०४  संयुक्त इजलास  ३४०५
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वडा नं. १६ बस्ने निर्मला गुरुड्ड बिरुद्ध विपक्षी/वादी : विशेष प्रहरी विभाग, सिंहदरबारसमेत

(१) विशेष प्रहरी विभागको भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत कारवाही गर्दा अनुसन्धानको सिलसिलामा कसैको घर जग्गा रोक्का गराइराख्न सक्ने अधिकार ऐनले दिएको पाइँदैन । भ्र.नि.ऐन, २०१७ को दफा १५ तथा १६ मा पनि त्यसरी रोक्का राख्न सक्ने प्रावधान रहेको देखिँदैन । निवेदिकाको नामको घर जग्गा तथा ट्रक रोक्का राख्ने गरी विशेष प्रहरी विभागबाट भएको आदेश तथा कारवाही अधिकारविहिन देखिन आएकोले सो रोक्का राख्ने गरी भएको आदेश तथा कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु