विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २९५० - लिखत बदर

 फैसला मिति:२०४२/०१/१८  फूल बेन्च इजलास  २४३०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२० मरुटोल बस्ने देवीदाशको मु.स. गर्ने कुमारदास मानन्धरसमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं.वा.नं.२० मरुटोल बस्ने गणेशप्रसाद मानन्धरसमेत

(१) आफूले आर्जेको सम्पत्ति आफू खुश गर्न पाउने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४९ - लिखत बदर

 फैसला मिति:२०४२/०१/२८  फूल बेन्च इजलास  २२४४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं. २० मरुटोल बस्ने देवी दासको मु.स.गर्ने कुमारदास मानन्धरसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.२० मरुटोल बस्ने गणेशप्रसाद मानन्धरसमेत

(१) आफूले आर्जेको सम्पत्ति आफू खुश गर्न पाउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४८ - लिखत बदर

 फैसला मिति:२०४२/०१/२८  फूल बेन्च इजलास  २३५३
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२० मरुटोल बस्ने कुमारदास मानन्धर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने गणेशप्रसाद मानन्धरसमेत

(१) साविक मुलुकी ऐन साहू असामीको ८ नं. र मुलुकी ऐन, लेनदेन व्यवहारको तत्कालीन १० नं. समेतले आफूले आर्जेको सम्पत्ति आफू खुस गर्न पाउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४७ - उत्प्रेषण

 फैसला मिति:२०४२/११/२८  फूल बेन्च इजलास  २३५५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.१९ मरु प्याफल टोल बस्ने सानुनानी भन्ने लक्ष्मीकुमारी मानन्धर बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.२३ मरुग्वाछे टोल बस्ने बसुन्धराभक्त मानन्धर

(१) सुनको मोल कायम गरी पाउँ भन्ने वादी दावी नभई दृष्टिबन्धकीको लिखत पारित गरी पाउँ भन्ने वादी दावी भएकोमा सुनको मोल बिगो कति हुने भनी अदालतले ठहर गरी रहन नपर्ने । (प्रकरण नं. १०) (२) जिल्ला अदालत लगायत कुनै पनि तहबाट सुनको मोल बिगो यति कायम हुने भनी ठहर नभएकोमा अदालतको फैसला विरुद्ध बिगो कायम भयो भन्ने रिट निवेदकको कथन मिल्दो नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४६ - लिखत पारित

 फैसला मिति:२०४३/११/२८  फूल बेन्च इजलास  २४२७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने बसुन्धरा भक्त माथेमा बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.१४ बस्ने सानूनानी भन्ने लक्ष्मीकुमारी मानन्धर

(१) प्रतिवादीले अदालतमा बयान गर्दा लिखत आफ्नो हस्ताक्षरले लेखेको र लेखात्मक तथा ल्याप्चे सहिछाप गरी दिएको कुरा उल्लेख गरेबाट लिखत कीर्ते वा जालसाजी भन्ने स्थिति नरहने । (प्रकरण नं. १०) (२) प्रतिवादीले गरेको कागजको व्यहोराले नै प्रतिवादीको कथनलाई खण्डन गरिरहेको स्थितिमा रकम तथा सुन नलिई कागज गरी दिएको भन्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४५ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४२/०३/०७  फूल बेन्च इजलास  २३९०
 पुनरावेदक/ प्रतिवादी : लोकसेवा आयोग कमलपोखरी, काठमाडौं बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं. २७ बस्ने आदर्शमान तुलाधर

(१) परीक्षामा कुनै उम्मेदवारले अत्याधिक बढी अंक प्राप्त गरेको वा कुनै उम्मेदवारले अस्वाभाविक रुपले कम अंक प्राप्त गरेको मात्र एक आधारमा सो परीक्षालाई निष्पक्ष तरीकाले भएन भनी दोषारोपण गर्न नमिल्ने । (प्रकरण नं. १०) (२) एकपटक लिएको अन्तरवार्ता अपूर्ण भयो भनी रद्द गरी पुनः गरेको अन्तरवार्ता निष्पक्ष भएन भनी लिखित परीक्षामा उत्तिर्ण भइसकेको उम्मेदवारहरूलाई समेत असर पर्ने गरी लोकसेवा आयोगबाट सम्पूर्ण परीक्षा नै रद्द गर्ने गरेको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४४ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०२/३२  फूल बेन्च इजलास  २२७८
 पुनरावेदक/ प्रतिवादी : जि.का.कारागार शाखा पर्सा, वीरगञ्जमा थुनामा रहेको नसरुद्दिन नेवान फकिरको हकमा निजको दाजु ऐ.ऐ बस्ने ऐजाजुल देवान फकिर बिरुद्ध विपक्षी/वादी : पर्सा जिल्ला अदालत, वीरगञ्जसमेत

(१) अ.बं. ११८ को देहाय ३ को प्रावधानहरू, त्यस्तै गरी अ.बं.११८ को देहाय ४, ५, ६, ९, ८ र ७ को व्यवस्थाहरू पनि ज्यान मरिसकेको अवस्थामा मात्र आकर्षित हुने । (प्रकरण नं. १०) (२) ज्यान मार्ने उद्योग मुद्दामा अ.बं.११८ को देहाय १० आकर्षित हुने । (प्रकरण नं. १०) (३) पिडित व्यक्ति मर्ने बाच्ने दोसाँधमा छ भनी प्रमाणित हुनसकेको छैन, त्यस्तो हालतमा छ भनी विपक्षीहरूबाट जिकिर पनि लिइएको देखिँदैन, यस अवस्थामा ज्यानसम्बन्धीको १५ नं.को दावी भएको नसरुद्दिन देवान फकिरलाई अ.बं.११८ को देहाय ३(१) बमोजिम पूर्पक्षको निमित्त थुनामा राखेको पर्सा जिल्ला अदालतको ०४१।७।१९ को आदेश कानुन अनुरुपको छ भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०१/०४  फूल बेन्च इजलास  २५४४
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.न.पं.वा.नं.१९ इखालखु बस्ने गोविन्दराज श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने कृष्णकुमारी श्रेष्ठसमेत

(१) मोहीको मृत्यु भएपछि निजको हक नामसारी गर्ने सम्बन्धमा हदम्यादको कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ९) (२) दर्तावाला मोही मरी निजका पत्नीा वा छोराहरू भएको अवस्थामा मोहीको नाउँ कट्टा गरी पाउँ भनी उजूर गर्न सक्ने र सो बमोजिम लगत कटाउन सक्ने व्यवस्था कानुनमा भएको नदेखिने । (प्रकरण नं. ९) (३) मोहीको हकवालाले नामसारी मागेका बखत मात्र नामसारीतर्फ कारवाही हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४२ - जग्गा दर्ता

 फैसला मिति:२०४०/०८/२३  फूल बेन्च इजलास  २११९
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला राखी गा.पं.वडा नं.७ बस्ने भद्रमाया थापा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने रामप्रसाद अधिकारीसमेत

(१) राजीनामा गरी दिई सो जग्गा मैले हकसफा गरी लिएकोबाट हक भएको भनी दावी गर्दै उल्लेख गरेको ४ किल्ला हाल झगडा परेको भनी ०३४।५।७ मा भएको नक्शामा नक्शा नं. १२ को किल्लासंग मिल्न भिड्न आएको देखिँदा सो झगडा परेको जग्गा वादीको हो भन्ने कुरा स्पष्ट हुन आउने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/११  फूल बेन्च इजलास  २२२७
 पुनरावेदक/ प्रतिवादी : का.जि.असन बालकुमारी बस्ने शंखधर तुलाधर बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.१३ टंकेश्वर बस्ने जोगमानन्द बज्राचार्य

नगर पञ्चायतलाई घर बनाउने जग्गामा तेरो मेरो सम्बन्धी प्रश्नाको विवाद पर्न गएमा सो विवादको निर्णय गर्ने अधिकार प्रदान गरेको देखिँदैन । यस्तो विवाद परेमा अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाही गर्ने पर्चा गरी सम्बन्धित व्यक्तिहरूलाई सो कुराको सूचना दिनुपर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९४० - हक सफा

 फैसला मिति:२०४०/०६/११  फूल बेन्च इजलास  २३६०
 पुनरावेदक/ प्रतिवादी : जि.नुवाकोट मदानपुर गा.पं.वा.नं.५ बस्ने फणिन्द्रनाथको मु.स.गर्ने बुद्धिमाया उपाध्याय बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.७ चाहविल बस्ने भवानीप्रसाद उपाध्याय

(१) कुनै जग्गामा घरबास गरी कमाई आएको व्यक्तिलाई मोही कुरिया भन्न सकिने । (प्रकरण नं. १८) (२) मोही र मोही कुरियाको एउटै स्थिति नभई बेग्ला बेग्लै कानुनी स्थिति भएको देखिने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३९ - नेपालको संविधानको धारा ७१ अनुसार आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४०/०६/०४  फूल बेन्च इजलास  २२९२
 पुनरावेदक/ प्रतिवादी : ज.अं.दोलखा जि.नाम्दु गा.पं.वडा नं.९ बस्ने नारायणप्रसाद चौलागाई बिरुद्ध विपक्षी/वादी : दोलखा जिल्ला कार्यालय भू.सु.शाखा दोलखा चरिकोटसमेत

(१) जग्गा खिचोला मुद्दामा अन्तिम निर्णय नभई जग्गावालाको यकीन नभएसम्म बाली भराई पाउँ भन्ने मुद्दामा निवेदकले बाली बुझाउनु पर्ने ठहराएको निर्णय कानुनको दृष्टिमा त्रुटिपूर्ण हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३८ - उत्प्रेषण

 फैसला मिति:२०४०/१२/२४  फूल बेन्च इजलास  २२७३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी निरौला गा.पं.वा.नं.५ बस्ने भदे पासवान बिरुद्ध विपक्षी/वादी : जिल्ला महोत्तरी एकडार बेला गा.पं.वा.नं.७ बस्ने महेश्वरप्रसाद सिंह

विपक्षीलाई भू.सु.का.को निर्णयमा चित्त नबुझेको खण्डमा बदर गराउनको लागि कारवाही चलाउन पर्दथ्यो सो गरेको मिसिल संलग्न कागजबाट देखिन आउँदैन । बदर नभई कायम रहेको फैसला निजको विरुद्धमा प्रमाण नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १२) (१) १ नं.अनुसूची भरी २ नं.लगत प्रकाशन भएकोमा चित्त नबुझ्नेले संशोधन गराउन कारवाही चलाउन पर्ने । (प्रकरण नं. १२) (२) जग्गाधनी र निजका छोराहरूको बीच अंशबण्डा भई जग्गा छोराहरूको भागमा पर्न आएको कारणले मात्र यी निवेदकको मोहियानी हकमा असर पर्नसक्ने नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३७ - जग्गा खिचोला

 फैसला मिति:२०४२/०३/२८  फूल बेन्च इजलास  २५०४
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.३१ धोविधारा बस्ने सावित्रीदेवी उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने लक्ष्मीमायाँ महर्जनसमेत

(१) वादीले लिएको राजीनामा लिखत नै बदर हुने स्थितिमा जग्गामा वादीको हक कायम हुन नसक्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३६ - जग्गा खिचोला

 फैसला मिति:२०४२/०३/१४  फूल बेन्च इजलास  २२३८
 पुनरावेदक/ प्रतिवादी : मकवानपुर जिल्ला, हेटौडा नगर पञ्चायत वडा नं.२ सानु पोखरा बस्ने हरीप्रसाद पौडेल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.घर भई हाल का.जि.बालाजु बस्ने मदनवीर पाण्डे

(१) निवेदन दिँदा उत्तर पश्चिम हरिप्रसादको जग्गा भनी स्वीकार गरेकोमा अहिले आएर उक्त जग्गामा प्रतिवादीले खिचोला गर्‍यो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३५ - उत्प्रेषण

 फैसला मिति:२०४२/०३/११  फूल बेन्च इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : जि.ललितपुर ठेचो गा.पं.वडा नं.१ बस्ने चक्रबहादुर ज्यापू बिरुद्ध विपक्षी/वादी : ऐ.चापागाउँ गा.पं.वडा नं.७ भूलडोल बस्ने ओमप्रसाद दुलाल

(१) सन्धिसर्पन पर्ने व्यक्ति हो होइन भन्ने कुराको सबूद प्रमाण बुझी इन्साफ गर्नुपर्ने देखिएपछि अदालतमा नालिश दिन जानु भनी सुनाउनु पर्नेमा भूमिप्रशासन कार्यालय आफैंले अधिकारक्षेत्र ग्रहण गरी निखन्न पाउने ठहराएको र सोही इन्साफ सदर गरी प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३४ - उत्प्रेषण

 फैसला मिति:२०४०/१२/२४  फूल बेन्च इजलास  २१००
 पुनरावेदक/ प्रतिवादी : जि महोत्तरी निरौल गा.पं.वा.नं.७ बस्ने इस्माईल मियाँ बिरुद्ध विपक्षी/वादी : जि.महोत्तरी एकडारा बेला गा.पं.वा.नं.७ बस्ने चन्द्रेश्वरप्रसाद सिंह

(१) भू.प्र.का.महोत्तरीले निवेदकलाई मोही कायम गरेकोमा चित्त नबुझेको भए अ.बं.८६ नं. बमोजिमको म्यादभित्र उजूर गरी उक्त मितिको निर्णयलाई बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १२) (२) बदर नभई कायम रहेको फैसला निजको विरुद्धमा प्रमाण नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १२) (३) जग्गाधनी र निजका छोराहरूको बीच अंशबण्डा भई जग्गा छोराहरूको भागमा पर्न आएको कारणले मात्र यी निवेदकको मोहियानी हकमा असर पर्नसक्ने नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/११/३०  फूल बेन्च इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : तेजबहादुरको छोरी इलाम बजार बस्ने वर्ष ३३ की विष्णुकुमारी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री अञ्चल न्यायाधीश, मेची अञ्चल अदालत इलामसमेत

(१) घरसारमा राजीनामा गरी रजिष्ट्रेशन पास गराई बेचेको भन्ने उल्लेख भएको जग्गा प्राप्त गर्नुभन्दा पहिले प्रतिकूल असर पर्ने निवेदिकालाई आफ्नो कुरा भन्ने अवसर प्रदान गर्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०६/०७  फूल बेन्च इजलास  २७२७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने तुलसीमाया जोशीसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय काठमाडौंसमेत

(१) भूमिसम्बन्धी ऐन लागू हुनुभन्दा अघिदेखि कमाई घर समेत बनाई आएको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) बमोजिम हक छाडी दिन सक्ने सम्पत्ति देखिन्छ र सो बमोजिम अनन्तमानले आफ्नो भाग बुझी अंश छोडपत्र समेत गरेको देखिँदा मोहियानीको जग्गामा साविक मोहीको मृत्युपछि जग्गावालाले पत्याएको व्यक्तिको नाममा मोहियानी हक कायम हुने भन्ने प्रत्यर्थीतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९३१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०३/०७  फूल बेन्च इजलास  २४४६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२ बस्ने राष्ट्रिय संग्रहालय छाउनीको प्रमुख पशुपतिकुमार द्विवेदी बिरुद्ध विपक्षी/वादी : भ.पु.जि.न.पं.वडा नं.३ तचपाल यताछे बस्ने राष्ट्रिय चित्र संग्रहालय भक्तपुरको प्रमुख कुष्णप्रसाद श्रेष्ठ

(१) लोकसेवा आयोगको सूचनामा उल्लेख भएका शर्त पुशपतिकुमार द्विवेदीको हकमा पूरा भएको र रिट निवेदकको हकमा पूरा नभएको देखिन आउँछ, यस्तो स्थितिमा लोकसेवा आयोगबाट निर्णय हुँदा पक्षहरूका बीच समान व्यवहार भएन भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु