विस्तृत खोजी

 
 
 
 
 
      

२० खोजी नतिजाहरु

निर्णय नं. ४१३८ - ज्यान

 फैसला मिति:२०४७/०४/१४  संयुक्त इजलास  २३३४
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा बाग्लुड्डमा थुनामा रहेकी पार्वती क्षेत्रीनी बिरुद्ध विपक्षी/वादी : खडगबहादुर मल्लको जाहेरीले श्री ५ को सरकार

(१) प्रतिवादी अदालतमा समेत आफूले बच्चा खोलामा फाली मारेमा सावित भएको र फेला परेको बच्चा आफूले फालेको बच्चा हो भनी अदालतमा बयान गर्दा समेत सकारेको देखिन आएकोले फेला परेको बच्चा आफूले फाली मारेको बच्चा होइन भन्न नमिल्ने भएकोले ज्यान मारेको भनी गरेको इन्साफ मनासिब ठहर्ने र अपराधको प्रकृति हेरी निजलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्याधएको इन्साफ मनासिब देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१३७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/०४/०७  संयुक्त इजलास  २२५४
 पुनरावेदक/ प्रतिवादी : डोल्पा जिल्ला पहाडा गा.पं. वा.नं. ४ बि.एम.वि. डोल्पा कन्सट्रक्सन मे.डा. सुरेशबहादुर शाही बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरुपयोग निवारण आयोग काठमाडौंसमेत

(१) अख्तियार दुरुपयोगमा गिरफ्तार गरिएकालाई अनुसन्धान मौका तहकिकात वा अन्य सबूद प्रमाण संकलनको काममा ६ महीनासम्म हिरासतमा राख्न सकिने, सो भन्दा बढीसम्म हिरासतमा राख्न नमिल्ने । (प्रकरण नं. ११) (२) अख्तियार दुरुपयोग निवारण नियमावलीको नियम ३०(२) को व्यवस्था बमोजिम नगद धरौटी वा धनजमानी माग गरी सो नदिए बापत थुनामा राख्दा पनि नियम ३०(१) को अवधि लागू हुने भएबाट नियम ३०(२) मा उल्लेखित यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिए तापनि ..... भन्ने वाक्यांशबाट धरौटी वा जमानी नदिए बापत अनुसन्धान वा मौका तहकिकात वा अन्य सबूद प्रमाण संकलनको काममा असिमित अवधिका लागि थुनामा राख्न पाउने हो भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१३६ - उत्प्रेषण

 फैसला मिति:२०४७/०४/३१  संयुक्त इजलास  २२७५
 पुनरावेदक/ प्रतिवादी : कृषि सामाग्री संस्थान, शाखा कार्यालय रौतहट गौरको स्टोर किपर पदबाट हटाइएका गौरीशंकरप्रसाद यादव बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति, कृषि सामाग्री संस्थान प्रधान कार्यालय, टेकूसमेत

(१) स्पष्टीकरण माग गर्ने टिप्पणी महाप्रबन्धकबाटै सदर भएको देखिँदा सञ्चालक समितिको निर्णय अनुसार स्पष्टीकरण माग गरिएको भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१३५ - उत्प्रेषण

 फैसला मिति:२०४७/०४/०८  संयुक्त इजलास  २५५४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ९ बस्ने पदमनाथ उप्रेती बिरुद्ध विपक्षी/वादी : काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समितिसमेत

(१) कुनै निर्णयाधिकारीबाट गरिएको निर्णयमा ऐनको गलत उल्लेख गर्दैमा मात्र उक्त निर्णय बदर हुने होइन मूलतः निर्णयाधिकारीलाई त्यस्तो निर्णय गर्ने अधिकार प्राप्त छ छैन हेरिनु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१३४ - लेनदेन

 फैसला मिति:२०४७/०४/१६  संयुक्त इजलास  २२८७
 पुनरावेदक/ प्रतिवादी : सुर्खेत जि.छिच्चु गा.पं. वा.नं. ७ बस्ने तिलकराज वली बिरुद्ध विपक्षी/वादी : ऐ.रामघाट गा.पं. वा.नं. ७ बस्ने सेते थापाको मु.स.गर्ने ऐ.बस्ने दलबहादुर थापा

(१) विवादित भर्पाई हेर्दा सो भर्पाईको व्यहोरा खण्डलाई मौलिक (Original) लेखाई भन्न सकिने पनि देखिएन, तमसुक कागजलाई वादीले स्वीकार नै गरी विवाद उठाएको देखिन नआएको र क्षे.अ. बाट लगाएको प्रमाण बुँदा समेतबाट सो भर्पाई कीर्ते ठहर गरी प्रतिवादीबाट सद्दे लिखतको साँवा ब्याज भरी पाउने ठहर्या्एको जिल्ला अदालतको इन्साफलाई सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१३२ - जालसाजी

 फैसला मिति:२०४७/०३/२७  संयुक्त इजलास  २१६३
 पुनरावेदक/ प्रतिवादी : गुल्मी जिल्ला तम्घास गा.पं. वा.नं. १ बस्ने लेखनाथ पौडेलको मु.स. गर्ने हेमकला पाण्डे बिरुद्ध विपक्षी/वादी : ऐ. वा.नं. ८ बस्ने जगतबहादुर श्रेष्ठसमेत

(१) दर्ता गराउने काम अड्डाको हुने भएबाट अड्डाको सुस्तिले दर्ता नभए पनि त्यस्तो जग्गामा दाताबाट खरीद गर्ने वादी पुनरावेदकको पतिको हक नपुगेको भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१३१ - दोहराई हरहिसाब गरी पाउँ

 फैसला मिति:२०४७/०४/१४  संयुक्त इजलास  ३४३७
 पुनरावेदक/ प्रतिवादी : चन्द्रनहर नविकरण बिस्तार पम्प नहर तथा कोशी पश्चिमी नहर वितरण प्रणाली आयोजना कार्यालय तथा सो कार्यालयका प्रोजेक्ट मैनेजर नन्दकिशोर अग्रवालको हाल इन्द्रबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : लहान न.पं. वा.नं. ७ बस्ने परमेश्वर मुरारका

(१) सम्झौताको दफाबाट जे सरल र स्वाभाविक अर्थ निक्लिन्छ त्यसको सोही अर्थ गर्नुपर्ने । (प्रकरण नं. १८) (२) शर्तनामा बमोजिम कम्ती दिनुपर्ने रहेछ भने बढी दिने स्थिति नहुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१३० - जग्गा खिचोला

 फैसला मिति:२०४७/०३/२२  संयुक्त इजलास  २९२६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ९ बस्ने दिलमान राजभण्डारीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. वा.नं. २७ बस्ने मिश्री राजभण्डारीसमेत

(१) कागज बमोजिम भोगाधिकार भएको कुरामा विवाद नदेखिँदा कित्ता काट गर्ने गरेको निर्णय र सो बमोजिम दर्ता गर्ने गरेको कार्य समेत बदर भई वादी दावी बमोजिम वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्याबएको अं.अ. को इन्साफ मनासिब ठहर्या एको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२९ - लुटपिट

 फैसला मिति:२०४७/०४/१०  संयुक्त इजलास  २०८५
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी बोरीया गा.पं. वा.नं. ७ बस्ने गोसाई भन्ने वीरेन्द्रकुमार दास बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. मलठे गा.पं.वा.नं.१ बस्ने रतिलाल यादव

(१) प्रतिवादीले वादी दावी बमोजिमको जग्गाको बाली लुटपिट गरेको छैन होइन भनी केही सबूद प्रमाण समेत गुजारेको देखिन आउँदैन साथै वादीको साक्षीहरुले फिराद मिलान गरी प्रतिवादीले लुटी लगेको भन्ने देखिन आएबाट शुरु तथा अञ्चल अदालतले वादी दावी बमोजिम लुटपिट ठहर गरेको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२८ - नामसारी

 फैसला मिति:२०४७/०३/१८  संयुक्त इजलास  २१७९
 पुनरावेदक/ प्रतिवादी : विष्णुप्रसाद पराजुली बिरुद्ध विपक्षी/वादी : फुलप्रसाद

(१) मा.पो. मा छुट्टाछुट्टै निवेदन दिएकोमा प्र. ले दुवैमा अंशबाट आफ्नो समेत हक लाग्ने भनी देखाई दर्ता गर्न दिन बेमन्जूर भएको देखिन आएकोबाट दुवै वादीको दावीमा प्रतिवादीको एउटै जिकिर भएकोबाट प्रतिवादीको जिकिरबाट यो दुवै मुद्दा एकै लगाउको भन्ने स्पष्ट रहेको । (प्रकरण नं. ३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२७ - अंश दपोट

 फैसला मिति:२०४७/०३/२०  संयुक्त इजलास  २२८५
 पुनरावेदक/ प्रतिवादी : वीरगंज न.पं.वा.नं. १६ बस्ने मुन्नीलाल साहुकानू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने सुन्दर साह कानूसमेत

(१) अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्नु अंशबण्डाको २७ नं. को आशय विपरीत हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२६ - परमादेश

 फैसला मिति:२०४७/०४/१०  संयुक्त इजलास  २३१४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ४ बस्ने ग्लेनब्राड फोर्ड सिमन्स बिरुद्ध विपक्षी/वादी : गृह मन्त्रालयसमेत

(१) भिसाको लागि दिएको निवेदन लिन अस्वीकार गर्न कानुनन नमिल्ने भएकोले रीतपूर्वक अड्डामा पर्न आएको निवेदन लिई दर्ता गरी जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२५ - उत्प्रेषण

 फैसला मिति:२०४७/०२/०९  संयुक्त इजलास  २१०२
 पुनरावेदक/ प्रतिवादी : नवीन रि. रोलिड्ड इण्डष्ट्रिज प्रा.लि.का तर्फबाट सञ्चालक सुरेशचन्द्र अग्रवाल बिरुद्ध विपक्षी/वादी : अन्तःशुल्क कार्यालय, मकवानपुरसमेत

(१) ऐनमा भएको संशोधन पश्चातको दफा १०(२) ले पनि अनुमति प्राप्त गर्दाको बखत कायम रहेको कानुनी व्यवस्था बमोजिम सुविधा सहुलियत र संरक्षण पाउने नै गरी तोकेको देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२४ - उत्प्रेषण

 फैसला मिति:२०४७/०१/१४  संयुक्त इजलास  २२९४
 पुनरावेदक/ प्रतिवादी : एभरेष्ट पेपर मिल्स (प्रा.) लि.को तर्फबाट संचालक रमेशप्रसाद शराफ बिरुद्ध विपक्षी/वादी : जलेश्वर भन्सार कार्यालयसमेत

(१) निवेदकले आयात गरेको पल्प संकेत नं. ४७.०१ अन्तर्गत भन्सार महसूल माफी दर्शाई माल छाडी सकेपछि पुनः पल्प संकेत नं. ४८.०१ ज (५) मा पर्ने भनी गरेको भंसार विभागको निर्णय र सोको आधारमा छूट हुन गएको भन्सार महसूल दाखिल गर्न ल्याउनु भनी भंसार कार्यालयबाट लेखेको पत्र अनाधिकृत एवं त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२३ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४७/०४/१७  संयुक्त इजलास  २०५२
 पुनरावेदक/ प्रतिवादी : वि.न.पं. वा.नं. ४ स्थित कोशी मेटल क्र्याफ्ट प्रा.लि. बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भन्सार विभागसमेत

(१) निवेदक उद्योगले क्राउन कर्क उत्पादन गर्ने मेसिन स्किम अनुसार पहिलोपल्ट नै झिकाएको देखिएकोले भन्सार विभागबाट ८० प्रतिशत भन्सार महसूल छूट दिन नमिल्ने भन्ने पत्रमा उल्लेखित निर्णय तथा भन्सार कार्यालयको पत्र समेत त्रुटिपूर्ण देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२२ - उत्प्रेषण

 फैसला मिति:२०४७/०४/१७  संयुक्त इजलास  २०२०
 पुनरावेदक/ प्रतिवादी : पोखरा न.पं. वा.नं. ९ बस्ने यज्ञबहादुर कसाई बिरुद्ध विपक्षी/वादी : गण्डकी अञ्चलाधीशको अध्यक्षतामा गठित पो.न.यो.कार्यान्वयन समितिसमेत

(१) जग्गाको फिल्डबुकमा चौतारा भनी जनिएको निवेदकका नाउँमा दर्ता समेत नभएको सार्वजनिक जग्गालाई आफ्नो भनी घर बनाउन नमिल्ने । (प्ररकण नं. १०) (२) समितिको स्वीकृत बेगर बनाएको नगर योजनाभित्र पर्ने घर समेत भत्काउने आदेश दिने नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को दफा ५ ले नगर योजना कार्यान्वयन समितिलाई अधिकार प्रदान गरेकै देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२१ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/०४/२८  संयुक्त इजलास  २३३४
 पुनरावेदक/ प्रतिवादी : केन्द्रीय कारगार शाखा काठमाडौं थुनामा रहेका प्रेमबहादुर तामाङको हकमा घ्यूर्मी तामाङ बिरुद्ध विपक्षी/वादी : रसुवा जिल्ला अदालत, रसुवासमेत

(१) भई आएको सरजमीन मुचुल्का समेतका आधारमा रिट निवेदक अदालतबाट भएको फैसला बमोजिम थुन्नु पर्ने व्यक्ति देखिन नआएकोले निवेदकलाई गैरकानुनी तरीकाले थुनामा राखेको देखिन आयो, अतः रिट निवेदकलाई तुरुन्त थुनाबाट छाडी दिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१२० - लेनदेन जालसाज कीर्ते

 फैसला मिति:२०४७/०४/१६  पूर्ण इजलास  २६४८
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जिल्ला तिलाठी गा.पं. वा.नं. ३ बस्ने शोभाकान्त मिश्र बिरुद्ध विपक्षी/वादी : सप्तरी जि.बमनगामा कट्टी गा.पं.वा.नं. ३ बस्ने देवकिवतीदेवी मधैनी धनुकाइनसमेत

(१) दावी नै नलिएको कुरामा अदालतले निर्णय नगर्ने । (प्रकरण नं. १७) (२) विशेषज्ञको रायलाई अदालतले विवादित लिखतको प्रकृतिसंग भिडाई नहेरी त्यसै मान्यता दिन नमिल्ने । (प्रकरण नं. १७) (३) विशेषज्ञको विवाद देखि बाहिरको कुरालाई लिएर दिएको राय अप्राशांगिक भई ग्रहण गर्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४११९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/०४/२५  पूर्ण इजलास  २२८९
 पुनरावेदक/ प्रतिवादी : जि.का. कारागार शाखा डोटीमा थुनामा रहेको कैलाशकुमार हमाल बिरुद्ध विपक्षी/वादी : सु.प.क्षे.अ. समेत

(१) पहिला गरेको कसूर वा कसूरहरु बापत सजायँ गर्ने गरी फैसला भइसकेपछि कैदमा नबस्दाका अवस्थामा कसूर गरेमा वा फैसला भइसकेपछि थुनामा बसेको अवस्थामा कसूर गरेमा र थुना कैदबाट छुटेको वा भागेको अवस्थामा अर्को कसूर गरेमा त्यसरी पछि गरेको कसूरमा अदालतबाट दोषी ठहरिएमा निजलाई सो पछि गरेको कसूर बापत थप कैद ठेक्नु पर्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४११८ - उत्प्रेषण

 फैसला मिति:२०४७/०२/०१  पूर्ण इजलास  २७५८
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं. वा.नं. २० बस्ने मिना कार्की बिरुद्ध विपक्षी/वादी : भू.सुधार.अधिकारी, भू.सु.का., झापासमेत

(१) निवेदिकाको वास्तविक ठेगानामा म्याद तामेल नगरी अन्यत्र तामेल गरेको म्यादबाट प्रतिवादको मौका प्रदान गरेको भन्न र विलम्ब गरी रिटनिवेदन दिएको भनी दोष लगाउन नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु