विस्तृत खोजी

 
 
 
 
 
      

१९ खोजी नतिजाहरु

निर्णय नं. १६८१ - उत्प्रेषण आदेश जारी गरीपाऊँ

 फैसला मिति:२०४०/०५/१०  सिङ्गल बेञ्च इजलास  २३६१
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.लामाटार गा.पं.वार्ड नं.५ बस्ने कालुबाबु कामी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय ल.पु.का हाकिम श्री ऋषिराम शर्मासमेत

(१) हकदैयाको अभावमा रिट निवेदकको माग प्रति विचार गर्ने अवस्था नहुने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८० - लेनदेन

 फैसला मिति:२०४०/०५/०६  डिभिजन वेन्च इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.३१ कमलादी टुकुचा बस्ने सूर्यमान तण्डुकार बिरुद्ध विपक्षी/वादी : विकास समिति ऐन, २०१३ अन्तर्गत गठित घरेलु तथा ग्रामीण उद्योग विकास समिति त्रिपुरेश्वर काठमाडौं

(१) ऐनले नै झगडाको निर्णय गर्ने माध्यम मध्यस्थलाई नै तोकेको छ भने सोही माध्यमबाट निर्णय हुनुपर्ने कुरामा विवाद रहनसक्ने स्थिति नहुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७९ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/१०  डिभिजन वेन्च इजलास  २३१९
 पुनरावेदक/ प्रतिवादी : पो.न.पं.वडा नं.१६ दिप बस्ने महेन्द्र भट्टचन बिरुद्ध विपक्षी/वादी : का.मु.प्र.जि.अ.सूर्यबहादुर सेन ओली जि.का.कास्की समेत

(१) कानुनमा अन्य उपचारको व्यवस्था नगरेको भएमा मात्र नेपालको संविधानको धारा ७१ अनुसार यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७८ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/२०  डिभिजन वेन्च इजलास  २३६८
 पुनरावेदक/ प्रतिवादी : ललितपुर धोवीघाट निवासी बस्ने हाल प्रहरी हिरासतमा रहेकी सुजन मेण्डिजको हकमा निजको आमा रिता दाहाल बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला कार्यालय ललितपुर समेत

(१) श्री ५ को सरकारलाई मुद्दा हेर्ने, सुन्ने, सजाय गर्ने समेतको अधिकार भएको देखिएकोले अधिकार नभएको जिल्ला अदालतको आदेशले निवेदिका थुनामा रहेको गैरकानुनी देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७७ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/०९  डिभिजन वेन्च इजलास  २४१५
 पुनरावेदक/ प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयकातर्फबाट अध्यक्ष विष्णुप्रसाद खनाल बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय काठमाडौं समेत

राजगुठीमा परिणत भइसकेकोले गुठीको सम्पूर्ण अधिकार संस्थानमा सरेको हुँदा सो जग्गाको मोहीको वन्दोबस्त गर्ने अधिकार पनि गुठी संस्थानलाई मात्र हुने । संस्थान अधिनस्थ जग्गामा मोही कायम गर्दा संस्थानलाई बुझ्नुपर्नेमा सो नगरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको समेत विपरीत हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७६ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/१४  डिभिजन वेन्च इजलास  २३६६
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.न.पं.वार्ड नं.३ बस्ने चन्द्रवीर गुरुङ्ग बिरुद्ध विपक्षी/वादी : श्री कार्यकारिणी अध्यक्ष शाही नेपाल वायु सेवा निगम काठमाडौं समेत

(१) कार्यालयमा हाजिर हुन जान सूचित गरिन्छ भन्दै अन्यथा निगमको नियम बमोजिम कारवाही गरिनेछ भन्ने सूचना समेत गोरखापत्रमा प्रकाशित भएकोले निवेदकलाई प्राकृतिक न्याय सिद्धान्तको विपरीत सूचना बेगर नै नोकरीबाट हटाएको भन्न नमिल्ने। (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७५ - खिचोला मिटाई पाउँ

 फैसला मिति:२०४०/०५/१२  डिभिजन वेन्च इजलास  २४२१
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२६ ईटुम्बहाल ताहाननी बस्ने मोतीरत्न तुलाधर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने जुजुभाई महर्जन

(१) वादीको पाताल जग्गा र सोमा रहेको किलास समेत ८ फुट ९ इन्च वादीको हुनुपर्ने हुँदा झगडा जनिएको न.नं. ५ मा पश्चिमतर्फबाट २ इन्च वादीको हुने र बाँकी १ फुटमा वादी दावी नपुग्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७४ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/१०  डिभिजन वेन्च इजलास  २२०४
 पुनरावेदक/ प्रतिवादी : जि.काभ्रेपलाञ्चोक संखुवाटी चौर गा.पं.वा.नं.७ संखुईटे बस्ने कृष्णप्रसाद श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जि.काभ्रेपलाञ्चोक शारदा गा.पं.वा.नं.२ बतासे बस्ने टेकबहादुर रन्जितकार समेत

(१) बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्ने दावी भएकोमा भू.सं.ऐन, ०२१ को दफा २९(३) अनुसार बालीसम्म भराई दिने र जग्गाबाट भने निष्काशन नहुने भनी गरेको निर्णयमा कुनै उचित कानुनी आधार प्रमाण तथा मनासिव कारण समेतको अभावमा प्रतिपादित सिद्धान्तको विपरीत निर्णय गरेको प्रष्ट देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७३ - अंश

 फैसला मिति:२०४०/०५/०६  डिभिजन वेन्च इजलास  २४५८
 पुनरावेदक/ प्रतिवादी : जि.इलाम पशुपतिनगर गा.पं.वार्ड नं.४ घर भई हाल कोशी अञ्चल बृटिस एक्सरे डिपार्टमेन्ट घोपा क्याम्प धरानमा नोकरी गरी बस्ने भक्तबहादुर लिम्बु बिरुद्ध विपक्षी/वादी : ऐ.वोध घाम गा.पं.को हाल पुशपति नगर गा.पं.वार्ड नं.४ बस्ने रूपमाया लिम्बुनी

(१) वादीको लोग्नेले आफ्नो नामको जग्गा विभिन्न मितिमा बिक्री समेत गरेको देखिन आएकोले वादी र प्रतिवादीका बीचमा अघि नै अंशबण्डा भइसकेको मान्नु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७२ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/२१  डिभिजन वेन्च इजलास  २५०८
 पुनरावेदक/ प्रतिवादी : ललितपुर जिल्ला ललितपुर नगरपञ्चायत वार्ड नं.१४ मङ्गल बजार भीमसेन स्थान बस्ने खड्गबहादुर लाखे समेत बिरुद्ध विपक्षी/वादी : जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) अन्तर्गत जि.का.ल.पु.का प्र.जि.अ. श्री इन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा गठित ३ नं.नापी गोश्वारा ल.पु.समिति समेत

(१) हक बेहकको प्रश्न उपस्थित भएमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो बमोजिम नगरी प्रत्यर्थी जग्गा नाप जाँच ऐन अन्तर्गत गठित समितिले माथिल्लो तल्लामा बसुन्जेलसम्म बस्न दिने व्यहोरा जनाई उक्त कित्ता स्ववासीमा दर्ता गरिदिने भनी गरेको निर्णय अधिकारक्षेत्रात्मक त्रुटि देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/२७  डिभिजन वेन्च इजलास  २२०२
 पुनरावेदक/ प्रतिवादी : महन्थ सीताराम दास स्वर्गीय भाइ निजको हक खाने शिष्य जि.सर्लाही सन्तपुर गाउँ पञ्चायत वार्ड नं.७ बस्ने राजेश्वरदास वैष्णव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं.४ बस्ने विलास राय यादव समेत

(१) रीतपूर्वक कायम भइरहेको मोही लगत कट्टा गर्न भूमिसम्बन्धी ऐन, २०२१ मा वर्णित प्रकृयाद्वारा मात्र हुनसक्ने हुँदा सो बेगर कानुन बमोजिम कायम भइरहेको मोहीको लगत कट्टा गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १०) (२६२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/१३  डिभिजन वेन्च इजलास  २२५९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ्ग दादर वैरिया गा.पं.वार्ड नं.४ बस्ने गिरीनिधी पन्त बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय मोरङ्ग समेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५३ ले यस प्रकारको मुद्दामा विशेष अदालत ऐन अन्तर्गतको कार्यप्रणाली अपनाई न्यायिक मन प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/२४  डिभिजन वेन्च इजलास  २२३०
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु फुलीका गा.पं.वार्ड नं.५ बस्ने प्रेमशंकर कुर्मी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय कपिलवस्तु समेत

(१) जग्गाधनीलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्न पाउने मौकाबाट समेत वञ्चित गरी प्रत्यर्थी भूमिसुधार कार्यालयले रिट निवेदन जिकिर अनुसारको बढी जग्गामा सम्म मोही दर्ता गरी प्रमाणपत्र दिने भनी गरेको हदसम्मको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६८ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/०२  डिभिजन वेन्च इजलास  २२५४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कास्की देउराली गा.पं.वार्ड नं.२ देउराली फेदी बस्ने पृथ्वीमान जोशी बिरुद्ध विपक्षी/वादी : श्री गण्डकी अञ्चलाधिशको कार्यालय पोखरा समेत

(१) अधिकार प्राप्त निकायबाट नभएको मिलापत्रलाई कानुन बमोजिमको मिलापत्र भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६७ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/१०  डिभिजन वेन्च इजलास  २३२७
 पुनरावेदक/ प्रतिवादी : सिराहा जिल्ला रामपुर गा.पं.साविक वा.नं.७ हाल वा.नं.६ बस्ने ब्रह्मदेव यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं.४ बस्ने गर्भुउराव घागर, भूमिसुधार अधिकारी, भू.सू.का.सिराहा

(१) वादीले पाएको मोहियानी हकको प्रमाणपत्र कायम रहेसम्म प्रतिवादीले लिएको जिकिर कानुनसंगत भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/२६  डिभिजन वेन्च इजलास  २३५४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.११ थापाथली बस्ने भक्तिलाल श्रेष्ठ समेत बिरुद्ध विपक्षी/वादी : जग्गा नाप जाँच ऐन, २०१९ को दफा ११(ख) अन्तर्गत प्र.जि.अ.को अध्यक्षतामा गठित समिति मुकाम जिल्ला कार्यालय काठमाडौं डिल्लीबजार समेत

(१) निवेदकको जिकिरबाट हक बेहकको प्रश्न उपस्थित भएको देखिँदा समितिलाई निर्णय गर्ने अधिकार नभएको । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६५ - जबरजस्ती करणी

 फैसला मिति:२०४०/०५/१२  डिभिजन वेन्च इजलास  २७०६
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी एकरहिया गा.पं.वार्ड नं.४ बस्ने प्रल्हादमौवार भूमिहार ब्राहृमणसमेत बिरुद्ध विपक्षी/वादी : सीताराम महतोको जाहेरीले श्री ५ को सरकार

(१) डाक्टरको उमेर जाँचको प्रतिवेदनमा निजहरूको उमेर १४ बर्षदेखि १७ बर्षको भनी उल्लेख गरेको छ र निश्चित यो उमेर भनी लेख्न नसकेको कारण निजहरू १६ बर्ष मुनी उमेरको देखिएकोले दण्डसजायको १ नं.मा उल्लेख भएबमोजिम सोह्र बर्षभन्दा कम उमेरका नावालकले कुनै अपराध गरेमा निजलाई कानुन बमोजिम उमेर पुगेका व्यक्तिलाई हुने सजायको आधिका दरले सजाय हुने। (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६४ - ज्यान डाँका

 फैसला मिति:२०४०/०६/१८  फूल बेन्च इजलास  २४३९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट प्र.माझ उत्तर देवाही गा.पं.वा.नं.३ बस्ने विसुन राउत कुर्मी समेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) वारदातमा इन्कारी रहेको कारणले मात्र निर्दोष रहेछ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६६३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०६/१८  फूल बेन्च इजलास  २५१०
 पुनरावेदक/ प्रतिवादी : का.जि.फर्पिङ स्वखेल गा.पं.वा.नं.८ वाँसवारी मकै पौवा वस्ने पार्वती खत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वस्ने धने विष्ट भू.सू.कार्यालय काठमाडौं

(१) ससुराको जग्गाको मोही भएको नाताले उक्त जग्गाको मोही सम्बन्धी हक मलाई प्राप्त हुनुपर्ने भन्ने जिकिर कानुनसंगत नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु