विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २०६१ - उत्प्रेषण

 फैसला मिति:२०४१/०७/२१  डिभिजन वेन्च इजलास  २३८२
 पुनरावेदक/ प्रतिवादी : का.जि. गागलफेदी गा.पं. वार्ड नं. २ बस्ने गणेशबहादुर थापा बिरुद्ध विपक्षी/वादी : श्री निर्वाचन विशेष अदालत (काठमाडौं जिल्ला अदालत) मतदान अधिकृत ना.सु. गणेश प्रसाद घिमिरे काठमाडौं नगर विकाश समिति गागलफेदी गा. पं. वडा नं. ५ बस्ने हर्क बहादुर खड्का

 निवेदकका बदर भएका मत सदर हुने भन्ने कुराको कुनै कानुनी आधार तथा त्यसको तथ्यपूर्ण प्रमाण उजूरीमा देखाउन नसकेबाट समेत निवेदकको उजूरी तथ्ययुक्त मान्न सकिने अवस्था रहेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४५ - जालसाजी

 फैसला मिति:२०४१/०५/०७  डिभिजन वेन्च इजलास  २५३५
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २२ पाको पोखलडयाङ बस्ने रामदेवी मानन्धर ऐ ऐ बस्ने साधुराम मानन्धर बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २२ पाको पोखलडयाङ घर भै हाल का.जि. मरु बस्ने पदमकुमारी मानन्धर

 कीर्ते कागजको ३ नं. हेर्दा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने दुवै जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएको पाइने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२८  डिभिजन वेन्च इजलास  २२५३
 पुनरावेदक/ प्रतिवादी : जि. स्याङजा पुतलीबजार गा.पं. वडा नं. ९ लम्साल घर बस्ने पूर्णभद्र लम्साल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार सडक विभाग काठमाडौं श्री अंचलाधीशके कार्यालय गण्डकी अंचल श्री नापी अधिकृत ६ नं. नापी गोश्वारा स्याङजा का.मु. नापी टोली प्रमुख

 निवेदकको निवेदनमा लिएको जिकिर अनुसारको कुराबारे केही बुझ्नु पर्ने भए सो समेत बुझी विषयवस्तुमा निर्णय गर्नुपर्ने अवस्था हुन्छ । सो नगरी कुनै मनासिब कारण नदेखाई तामेलीमा राखी दिने गरेको देखिँदा न्यायिक मनको प्रयोग नगरी अञ्चलाधीश कार्यालयबाट पत्र आएको व्यहोरा सम्म उल्लेख गरी तामेलीमा राखी दिने गरेको मिलेको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४३ - उत्प्रेषण

 फैसला मिति:२०४१/०५/२६  डिभिजन वेन्च इजलास  २२७०
 पुनरावेदक/ प्रतिवादी : जि. धनुषा प्र. को महुत्रा गा.पं. वार्ड नं. ८ बस्ने मालपोत कार्यालय धनुषाको मुखिया सिताराम मण्डल बिरुद्ध विपक्षी/वादी : श्री जनकपुर अञ्चलाधीशको कार्यालय जलेश्वर नेपाल श्री मालपोत कार्यालय, धनुषा जनकपुर धाम श्री राम शंकर मण्डल, मुखिया मालपोत कार्यालय धनुषा जनकपुर धाम

 मार्कसीट पेश नगरेको कारणले १६ नं. नपाउने भन्ने नि.से.नि., २०२१ मा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४२ - उत्प्रेषण

 फैसला मिति:२०४१/०३/२९  डिभिजन वेन्च इजलास  २४१७
 पुनरावेदक/ प्रतिवादी : जि. म. तिष्टुङ गा.पं. वा.नं. ९ बस्ने ठूलो गोले तामाङ बिरुद्ध विपक्षी/वादी : जि.पं. सचिवालय मकवानपुर भिमफेदी का.मु. स्थानीय विकास अधिकारी नरेन्द्रलाल श्रेष्ठ जि.म. तिष्टुङ गा.पं. वा.नं. छ बस्ने फल बहादुर तामाङ

 एकाको नाममा रीतपूर्वक दर्ता भएको घट्ट सम्बन्धमा दर्ता बदर गर्न सक्ने अधिकार स्थानीय विकास अधिकारीलाई भएको नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४१ - उत्प्रेषण

 फैसला मिति:२०४१/०४/१४  डिभिजन वेन्च इजलास  २२४८
 पुनरावेदक/ प्रतिवादी : जि. संखुवासभा वाना गा.पं. वडा नं. ७ बस्ने गोपीलाल निरौला बिरुद्ध विपक्षी/वादी : ऐ ऐ वडा नं. ७ बस्ने खडगराज पुरी ऐ जिल्ला कार्यालय भू.सु. शाखा संखुवासभा

मोहियानी हकको विवाद उत्पन्न भएपछि केवल जालसाजी हो भनी जिकिर लिँदैमा मोही हकको तेरो मेरो सम्बन्धमा परेको निवेदन तामेलीमा राखी दिने मिल्ने भू.सं.ऐनको दफा ३१ क.(१) ले मिल्ने देखिन्न । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०४० - उत्प्रेषण

 फैसला मिति:२०४१/०६/०३  डिभिजन वेन्च इजलास  २३०३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी महादेव गा.पं. वा.नं. ३ बस्ने सुवेलाल मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरी जि. सप्तरी महादेवा गा.पं. वा.नं. ३ बस्ने वालीन्दर प्रसाद साफी ऐ ऐ सरकपुरा गा.पं. वा.नं. घ बस्ने नित्यानन्द ब्राह्मण

 उजूरी परेकोमा निवेदकले पेश गरेको मितिको भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाई त्यस सम्बन्धमा निजको कथनलाईसमेत विचार गरी कानूनबमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०६/०८  डिभिजन वेन्च इजलास  २२९०
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. १५ डल्लु तुल्सीधारा बस्ने शमशेरबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति नेपाल खाद्य संस्थान प्रधान कार्यालय बत्तिसपुतली

 संस्थानको कारोवारमा प्रतिकूल असर पर्ने किसिमका कृयाकलाप गर्नेलाई आधार बनाई पद खारेज गरिएको त्यस्तो पदमा वहाल रहेका कर्मचारीलाई अवकास दिन सकिने उक्त विनियममा कानूनी प्रावधान रहेको नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३८ - उत्प्रेषण

 फैसला मिति:२०४१/०३/१८  डिभिजन वेन्च इजलास  २४२२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी मलेकपुर गाउँ पञ्चायत वा.नं. ३ घर भइ सडक विभाग लाहान सब डिभिजन, लाहानको सहलेखापाल सत्यनारायण साहु बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार सडक विभाग, काठमाडौंसमेत

 लेखा भत्ता खुवाएको नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह नियमावली, ०३४ मा उल्लेख नभएको । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३७ - ज्यान

 फैसला मिति:२०४१/०६/०७  डिभिजन वेन्च इजलास  २२७५
 पुनरावेदक/ प्रतिवादी : धुन्ना भन्ने प्रसाद राउतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला पर्सा लखनपुर गा.पं. वडा नं. ९ एकउर्वा बस्ने गोपी राउत अहिर

 निर्विवाद सबूत प्रमाणको अभावमा र शंकाको भरमा यिनै प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी ठहर्यााउन नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३६ - हर्जाना दिलाई पाउँ

 फैसला मिति:२०४१/०३/२९  डिभिजन वेन्च इजलास  २४०४
 पुनरावेदक/ प्रतिवादी : ने.बै.लि.क्षेत्रीय कार्यालय वीरगञ्जका क्षे.प्र.घनश्यामभक्त माथेमा बिरुद्ध विपक्षी/वादी : जि. पर्सा वीरगञ्ज न.पं. वडा नं. ८ बस्ने भोलाराम रौनियार ऐ ऐ बस्ने राम नारायण रौनियार

 गोदाममा माल सडे गलेको भए नसड्ने वस्तुहरूको केही न केही निसानासम्म हुन पर्ने हो सो केही रहे भएको देखिन नआएबाट सुरक्षणमा राखिएको माल रहेको गोदाममा खोलिएको र गोदाममा रहेको जिन्सी माल बैंकेले सडाई दियो भन्ने वादीहरूको जिकिर पत्यारलायक देखिन्न ।  आफैले प्रतिवादी बनाई लिई आएको मुद्दामा प्र.ले पुनरावेदन गर्न पाउँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३५ - उत्प्रेषण

 फैसला मिति:२०४१/०३/२०  डिभिजन वेन्च इजलास  २४५०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला फटुङ गा.पं. वार्ड नं. ४ फटुङ बस्ने टीकाबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भू.सु.का. काठमाडौं का.जि. फटुङ गा.पं. वडा नं. घ फटुङ बस्ने र्इश्वरी खत्री ऐ ऐ बस्ने कैले खत्री

 १ नं. फाराम भर्दा लगतमा एकाघर सगोलको परिवार कसैलाई पनि उल्लेख गरेको देखिँदैन एक नं. लगतमा नाम नभएकोले एकाघर सगोलको परिवार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३४ - लिखत पारीत

 फैसला मिति:२०४१/०३/१५  डिभिजन वेन्च इजलास  २४२२
 पुनरावेदक/ प्रतिवादी : का.जि. भद्रवास गा.पं. वडा नं. ९ बस्ने चिरंजिवी पुडासैनी बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने पुतलीदेवी गिरी ऐ ऐ बस्ने कान्छी गिरी

 घरसारको राजीनामा भन्दा पछि ऋणी धनी भई लिनुदिनु गरेको देखिन आएकोले ०३४।६।१७ को लिखतलाई जेठो ठहर्याआई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेको देखिन आएन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३३ - अंश

 फैसला मिति:२०४१/०३/०५  डिभिजन वेन्च इजलास  ३४७७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं. वडा नं. ५ तफालो टोल बस्ने माधवमणी राजभण्डारी बिरुद्ध विपक्षी/वादी : का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने रेशम राजभण्डारी

 घटी बढी गरी अंशबण्डा भएकोमा चित्त नबुझ्ने व्यक्तिको सो बण्डा भएको मितिले ३ महीना भित्र उजूर गर्न सक्नेमा सम्पूर्ण सम्पत्तिमा अंश पाउनु पर्ने सो बमोजिम नपाई घटी पाएको भनी चित्त नबुझी उजूर गरेको देखिनाले उक्त अंशबण्डाको ३२ नं. मा उल्लेख भए बमोजिम घटी अंश लिए पाएकोमा चित्त नबुझ्नेले उजूर गर्न सक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३२ - दर्ता बदर

 फैसला मिति:२०४१/०६/०४  डिभिजन वेन्च इजलास  २२६९
 पुनरावेदक/ प्रतिवादी : .जि. का.न.पं. वार्ड नं. ७ कुमारीगाल बस्ने टेकजङ राणा ऐ ऐ बस्ने ओमकार जङ्ग राणा बिरुद्ध विपक्षी/वादी : जि. सुनसरी र्इनरूवा गा.पं.नं. वार्ड नं. ६ बस्ने खगराज उपाध्याय पोखरेलसमेत

 एउटै विषयमा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिराद गर्न सक्ने अ.बं. ७२ नं. ले व्यवस्था गरेको पाइने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३१ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०६/०२  डिभिजन वेन्च इजलास  २५३६
 पुनरावेदक/ प्रतिवादी : भद्रपुर न.पं. वा.नं. ४ बस्ने भिमप्रसाद अधिकारी बिरुद्ध विपक्षी/वादी : भद्रपुर नगरपञ्चायत कार्यालय भद्रपुर

 नगरपञ्चायतले कुनै ठेक्का पट्टाको वन्दोबस्त गर्नु परेमा त्यस सम्बन्धमा गर्नुपर्ने र गर्न पाउने कुराको व्यवस्था नगरपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को नियम १४(क) मा उल्लेख भएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०३० - ज्यान

 फैसला मिति:२०४१/०६/०१  डिभिजन वेन्च इजलास  २२७३
 पुनरावेदक/ प्रतिवादी : वडा जंग शाहीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : गण्डकी अञ्चल, कास्की जिल्ला सिद्ध गा.पं. वा.नं १ बस्ने विष्णुमाया शाही ठकुरीसमेत । र पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल सिद्ध गा.पं. वा.नं. १ घर भै हाल कास्की करागारमा थुनामा रहेको उदयबहादुर बंशी ठकुरी

 कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त आधार देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२९ - लिखत दर्ता बदर

 फैसला मिति:२०४१/०५/३१  डिभिजन वेन्च इजलास  २६७६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिराहा मानपुर गा.पं. वा.नं ८ बस्ने खामना खातुन ऐ ऐ बस्ने महम्मद मोजन मिल मियां ऐ ऐ बस्ने मोहमद र्इमरान मियां बिरुद्ध विपक्षी/वादी : जिल्ला सिराहा मानपुर गा.पं. साविक वाडे नं. ७ हाल वार्ड नं. ८ बस्ने साधु नदाफ मियाँ ऐ ऐ बस्ने सेख कैयुम मियां

 बिक्री गरेको वादी दावी बमोजिमको जग्गा बिक्री व्यवहार गर्न नपाउने कुराको कुनै सबूत प्रमाण दिन सकेको छैन । यस स्थितिमा उक्त बिक्री व्यवहार गरेकोलाई वादीहरूको मञ्जूरी लिनुपर्छ भन्न मिलेन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२८ - अंश

 फैसला मिति:२०४१/०३/२६  डिभिजन वेन्च इजलास  २७८३
 पुनरावेदक/ प्रतिवादी : दोलखा जिल्ला झले गा.पं. वडा नं. १ भिरकोट बस्ने पदमबहादुर खड्का बिरुद्ध विपक्षी/वादी : ऐ ऐ बस्ने ललितबहादुर खड्का

 अंशबण्डा भइसकेको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा अंश भइसकेको भन्ने निवेदन जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०२७ - अंशबण्डा बदर गरी अंश दिलाई पाउँ

 फैसला मिति:२०४१/०३/१९  डिभिजन वेन्च इजलास  ३७४९
 पुनरावेदक/ प्रतिवादी : जि. मोरङ बनीगामा गा.पं. वडा नं. १ बस्ने चन्द्रवती थरूनी ऐ ऐ बस्ने पन्नालाल सरदार थारु ऐ ऐ बस्ने फीरीसलाल सरदार थारु ऐ ऐ बस्ने ठनकु सरदार परलोक हुँदा मुद्दा सकार गर्ने गोगरी थरुनी बिरुद्ध विपक्षी/वादी : जि. मोरङ तेतरिया गा.पं. वडा नं. ३ बस्ने जमुनादेवी थरूनी

 बण्डापत्र कागज खडा भइसकेपछि वादीलाई भुटाईले स्वास्नी तुल्याएको भन्ने तथ्ययुक्त सबूत प्रमाणको अभावमा मिल्ने नदेखिँदा निवेदकहरूको निवेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु