विस्तृत खोजी

 
 
 
 
 
      

१८ खोजी नतिजाहरु

निर्णय नं. ४१७३ - उत्प्रेषण

 फैसला मिति:२०४७/०४/३०  एकल इजलास  २२०४
 पुनरावेदक/ प्रतिवादी : जि.रुकुम महत गा.वि.स. वा.नं. २ बस्ने भिम बुढा मगरसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.वा.नं. १ बस्ने टिकाराम वलीसमेत

(१) सबूत प्रमाणको मूल्यांकन गरी भएको फैसला कानुनी त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१७२ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/१६  एकल इजलास  २६१४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ४ बस्ने रामकुमार भन्ने सुरेन्द्र थापासमेत बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत

(१) हक बेहकको प्रश्न उठेपछि प्रमाणको मूल्यांकन गरी सो को निर्णय गर्ने मालपोत कार्यालयलाई अधिकार कानुनले प्रदान गरेको नदेखिएको र यस्तो प्रश्न उठेपछि अदालतबाट निर्णय गराई ल्याउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१७१ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/१६  एकल इजलास  २४२७
 पुनरावेदक/ प्रतिवादी : इलाम न.पं. वा.नं. १ बस्ने पद्मकुमारी श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : ल.पु.न.पं. वा.नं. ४ बस्ने अग्नीराज श्रेष्ठसमेत

(१) जुन घर जग्गाबाट बिगो भराई पाउँ भनी बिगो मुद्दामा दावी लिएको छ ती घर जग्गा समेत पछि यी पक्ष विपक्षीहरुले अंशबण्डा गरी लिनु दिनु गरेको देखिएको हुँदा उक्त बिगो भरी भराउ सम्बन्धी कारवाही बदर हुनुपर्ने भन्ने रिटनिवेदन जिकिर मनासिब नदेखिने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१७० - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/०२/१६  एकल इजलास  २४७७
 पुनरावेदक/ प्रतिवादी : सदर खोर डिल्लीबजारमा थुनामा रहेको टेकप्रसाद गुरुङ बिरुद्ध विपक्षी/वादी : त्रि.वि.भन्सार कार्यालय काठमाडौंसमेत

(१) एउटै वारदातको अपराधमा कैद र जरिवानाको सजायँ भएकोमा कैद सजायँ र जरिवाना बापत भएको कैदलाई दण्ड सजायँको ४१ नं. को व्यवस्था अन्तर्गत जिकिर बमोजिम छुट्टै कलमको सजायँ भन्न नमिल्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४५/०२/११  संयुक्त इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा काठमाडौंमा थुनामा रहेको अशोक पैनाली बाहुन बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालतसमेत

(१) चोरीका महलको तत्काल प्रचलित २८ नं. बमोजिम लागेको जरिवाना बापत हद कैद वर्ष ४ भन्दा बढी गर्न कानुनद्वारा नमिल्ने । (प्रकरण नं. १४) (२) पाँचवा पटक पारी नकवजनी चोरी गरेकोले सो बापत कैद वर्ष ३ हुने र चोरीका २८ नं. का हदले हुने कैद वर्ष ४ समेत निवेदकलाई कैद जम्मा ७ वर्ष हुनेमा ठेकिएको कैद वर्ष ६।७।१५ र ४।१।१५ गरिएको मिलेको नदेखिई गैरकानुनी देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६८ - उत्प्रेषण

 फैसला मिति:२०४७/०६/०२  संयुक्त इजलास  २३५५
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा काठमाडौंमा थुनामा बस्ने वीरबहादुर थापा मगर बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला अदालतसमेत

(१) ज्यान मुद्दाबाट सर्वश्वसहित जन्मकैद बापत कानुन बमोजिम २० वर्ष कैद ठेकिई सकेपछि कारागार ऐनको दफा २४ बमोजिम कैद ठेक्न नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (६) मा देखाइएको २० वर्षको हद सोही दफाको उपदफा (३)(४) र (५) बमोजिम भागेबापत थप कैद ठेक्दा कायम गर्नु पर्ने हो भन्ने नदेखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/०६/०९  संयुक्त इजलास  २३७४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला तनहुँ राइपुर गा.पं. वा.नं. ७ बस्ने गेहेन्द्रकुमार विश्वकर्माको हकमा गगनबहादुर विश्वकर्मा बिरुद्ध विपक्षी/वादी : जि.शिक्षा अधिकारी, जि.पं.सचिवालय शिक्षा शाखा स्याङ्जासमेत

(१) कैदबाट बच्नको लागि नाम बदली नागरिकता लिएको देखिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६६ - उत्प्रेषण

 फैसला मिति:२०४७/०६/०१  संयुक्त इजलास  २११८
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं. वा.नं. १३ बस्ने रामजीप्रसाद ढकाल बिरुद्ध विपक्षी/वादी : प्रमुख जिल्ला अधिकारी जि.का. मोरंगसमेत

(१) नाता सम्बन्धमा संयुक्त निवेदन लिने कारवाही चलाउने अधिकार प्र.जि.अ. लाई नभएको र कुनै कारवाही नगरेको भने तापनि यसबाट निवेदकको हक हितमा विपरीत असर पर्न जाने हुँदा विपक्षी प्र.जि.अ.ले लिएको संयुक्त निवेदन उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६५ - उत्प्रेषण

 फैसला मिति:२०४७/०४/३१  संयुक्त इजलास  २२०७
 पुनरावेदक/ प्रतिवादी : जि.सुर्खेत, गा.पं. जबुटा वा.नं. १ बस्ने यामकुमारी सापकोटा बिरुद्ध विपक्षी/वादी : वीरेन्द्रनगर न.पं. वा.नं. ८ बस्ने जानुकादेवी ढुड्डानासमेत

(१) व्यक्तिहरुको लेनदेन विषयमा यसरी महिला न्यायिक टोलीबाट अनधिकृत रुपमा भएको कागजलाई कानुनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६४ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/१२  संयुक्त इजलास  २१८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा गा.पं.वा.नं.१ परमानन्दप्रसाद वरै बिरुद्ध विपक्षी/वादी : ऐ.वा.नं. ३ बस्ने शिवदुलारी वरेनीसमेत

(१) भूमिसुधार ऐनको कार्यविधि पूरा नगरी विपक्षीको नाममा मोही नामसारी गरी दिने गरेको विपक्षी कार्यालयको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २६(१) को त्रुटी भएको देखिंदा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६३ - उत्प्रेषण

 फैसला मिति:२०४७/०२/०९  संयुक्त इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा पर्सामा थुनामा बस्ने नूर महमद मियाँ बिरुद्ध विपक्षी/वादी : अर्जुनलाल समेतको जाहेरीले श्री ५ को सरकार

(१) मुलुकी ऐन चोरीको महलको नं. १४(४) हेर्दा डाँका गर्नेलाई . . . तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि बाह्र वर्ष कैद समेत गर्नु पर्ने । (प्रकरण नं. ८) (२) बिगो बापत कैद ठेक्नु पर्दा चार वर्ष भन्दा बढी ठेक्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६२ - डाँका खुन

 फैसला मिति:२०४७/०६/२२  संयुक्त इजलास  २३२७
 पुनरावेदक/ प्रतिवादी : धर्मध्वज थापाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.मोरंग दादरबेरीया गा.पं. वा.नं. ५ बस्ने बिक्रम खवाससमेत

(१) सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन नआएको र मृत्यु भएको भन्ने शंकारहित प्रमाण गुज्रन नआएकोले ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्यााएको निर्णय न्यायसंगत नदेखिने । (प्रकरण नं. ४०) (२) मार्नमा सहमत भई वारदात स्थलमा उपस्थित रहेको देखिएकोले ज्यानसम्बन्धीको १७(३) अन्तर्गतको कसूर गरेको ठहर्यादएको इन्साफ मनासिबै ठहर्ने । (प्रकरण नं. ४१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६१ - ज्यान

 फैसला मिति:२०४७/०४/१६  संयुक्त इजलास  २३३२
 पुनरावेदक/ प्रतिवादी : नरबहादुर गुरुङको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : गोरखा, पालुङटार गा.पं. वा.नं. ६ बस्ने खडु भन्ने गन्यु गिरीसमेत

(१) मृतकलाई हेलचक्राई गरी हात मुक्काबाट कुट्दा कुठाउँमा लाग्न गई भवितव्यबाटै मृत्यु हुन गएको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको ६(२) नं. बमोजिमको सजायँ गर्ने गरेको क्षे.अ. को इन्साफमा त्रुटि नदेखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१६० - उत्प्रेषण

 फैसला मिति:२०४७/०६/२८  संयुक्त इजलास  २३१४
 पुनरावेदक/ प्रतिवादी : पशुपति वायर प्रोडक्सको तर्फबाट अधिकार प्राप्त ऐ.का प्रोप्राइटर अशोककुमार मुरारका बिरुद्ध विपक्षी/वादी : श्री कर कार्यालय, बिक्रीकर शाखा मोरङसमेत

(१) उत्पादित तारलाई उपयोग हुनसक्ने सम्भावनालाई ध्यानमा राखी बिक्री कर निर्धारण गर्नु विद्यमान कानुनसंगत भन्न मान्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१५९ - उत्प्रेषण

 फैसला मिति:२०४४/१२/२८  संयुक्त इजलास  २३८३
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा लखनपुर गा.पं. वा.नं.९ बस्ने श्रीमती पानवतीदेवी अहिरनी बिरुद्ध विपक्षी/वादी : जि.पर्सा लखनपुर गा.पं. वा.नं. ९ बस्ने मंगलठाकुर लोहारसमेत

(१) २ नं. अनुसूचीको अभावमा मोही कायम गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१५८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४७/०३/१३  संयुक्त इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : कुलबहादु गुरुङको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : गोरखा जिल्ला छोप्राक गा.पं. वा.नं. ६ बस्ने मनकुमारी गुरुङ

(१) जन्मेको जातक मारी गाडेको देखिन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजायँ गर्ने ठहर्याऐएको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको फैसला मनासिब देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१५७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/०५/११  संयुक्त इजलास  २२२२
 पुनरावेदक/ प्रतिवादी : केन्द्रीय कारागारमा थुनामा रहेको जयराम बासुकलाको हकमा प्रेमबहादुर बासुकला बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार गृह मन्त्रालय सिंहदरवारसमेत

(१) मिति २०४५।६।२३ र २०४६।२।८ को नजरबन्दीको आदेशलाई लिएर मात्र प्रस्तुत रिटनिवेदन पर्न आएको र रिटनिवेदन परी सकेपछि मात्र मिति २०४६।४।८ को आदेशानुसार रिटनिवेदकलाई नजरबन्दमा राखेको देखिएको हुनाले पहिलेको कुरालाई लिएर पर्न आएको यस रिटनिवेदनबाट हाल मिति २०४६।४।८ गतेको नजरबन्दको आदेशमा विचार गर्न मिल्ने अवस्था नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४१५६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४७/०३/१३  संयुक्त इजलास  २३२२
 पुनरावेदक/ प्रतिवादी : लक्ष्मण बस्नेत समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.का. कारागार शाखा लम्जुङमा थुनामा रहेको प्रेमबहादुर बस्नेत

(१) प्रतिवादीले अदालतमा बयान गर्दा कसूरमा इन्कार रही आफू वारदात स्थलमा नभएको भनी बयान गरे पनि सो को विश्वास योग्य सबूद प्रमाण गुजार्न नसकेकोले सो इन्कारी मात्र भरपर्दो मान्न नमिल्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु