विस्तृत खोजी

 
 
 
 
 
      

३५ खोजी नतिजाहरु

निर्णय नं. २८०६ - दर्ता बदर

 फैसला मिति:२०४३/०५/३०  डिभिजन वेन्च इजलास  २३१६
 पुनरावेदक/ प्रतिवादी : जुद्धबहादुर दरैको हकमा आमबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : जिल्ला तनहुँ महेन्द्रपुर गा.पं.वडा नं.६ बस्ने प्र.पं.भोजराज खनालसमेत

(१) एक व्यक्तिका नाउँमा दर्ता कायम रहेको जग्गा अर्को व्यक्तिका नाउँमा भएको दोहोरो दर्ता कायम रहन सक्दैन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८०५ - प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/२८  संयुक्त इजलास  २३२५
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी लोहार पट्टी गा.पं.वार्ड नं. ८ बस्ने मोहमद इसाहा कवाडीसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार गृहमन्त्रालय काठमाडौंका गृह सचिव श्री वीरबहादुर शाहीसमेत

नेपाली नागरिकता सम्बन्धी ऐन, २०२० को दफा १० को उपदफा (३)(क) मा झुठ्ठो विवरण वा बयान दिई जन्म वा वंशजको नाताले नेपाली नागरिक हो भनी झुक्याई कसैले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको कुरा थाहा हुन आएमा श्री ५ को सरकारले त्यस्तो प्रमाणपत्र रद्द गरी निजलाई नेपाली नागरिकताबाट हटाउन आदेश दिन सक्नेछ भन्ने व्यवस्था देखिन्छ । उक्त व्यवस्था अनुरुप निवेदकहरूको सम्बन्धमा नागरिकता सम्बन्धी विवाद उठेको देखिँदा श्री ५ को सरकारले कारवाही गरी हेर्न पाउने नै देखिन आयो । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८०४ - जग्गा खिचोला

 फैसला मिति:२०४३/०५/०२  डिभिजन वेन्च इजलास  २२५५
 पुनरावेदक/ प्रतिवादी : संखुवासभा जि.सितलपाटी गा.पं.वार्ड नं. ३ बस्ने जनक थापा बिरुद्ध विपक्षी/वादी : ऐ.संखुवासभा जि.वाना गा.पं.वार्ड नं. ७ तुल्सादेवी नेउपाने

राजीनामा लिन नपाउने व्यक्तिबाट राजीनामा लिएको भन्ने जिकिर लिएको देखियो, यस अदालतको कारवाही गर्ने निर्देशन अनुसार कोशी अञ्चल अदालतबाट तिर्थराजलाई अवहेलना गरेको ठहर गरी बाली बिगो दिलाउने समेत फैसला भएको देखियो । यस स्थितिमा राजीनामालाई कायम रहेकै मान्नु परेको छ । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८०३ - डाँका

 फैसला मिति:२०४३/०७/२३  डिभिजन वेन्च इजलास  २१८८
 पुनरावेदक/ प्रतिवादी : जि.भोजपुर माने भन्ज्याङ गा.पं.वडा नं.९ बस्ने धनबहादुर राई बिरुद्ध विपक्षी/वादी : तेजीराम तिम्सिनाको जाहेरीले श्री ५ को सरकार

(१) रुपैयाँ माग्दा नदिएको अवस्था झगडा भई जाहेरवालालाई कुटपिट गरी निजको साथमा रहेको धनमाल खोसी लिएको भन्ने देखिएकोबाट वारदातको रुपबाट चोरीको महलभित्र पर्ने प्रकृतिको वारदात देखिन नआउने । (प्रकरण नं. १५) (२) वारदात घटीसकेपछि सो रातभर नै सोही घरमा सुती भोलिपल्ट घर जान घरवालासंग, झगडा गरी खोसी लिएको रुपैयाँ र धनमाल समेत फिर्ता मागी माल समेत फिर्ता पाएको भन्ने भनाईबाट समेत चोरीको वारदात नभएको प्रष्ट देखिन आएको छ । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८०२ - सवारी ज्यान

 फैसला मिति:२०४३/०७/१०  डिभिजन वेन्च इजलास  २४४१
 पुनरावेदक/ प्रतिवादी : काभ्रे कारागार धुलिखेलमा थुनामा रहेको कृष्णबहादुर थापा मगर बिरुद्ध विपक्षी/वादी : गंगाप्रसादको जाहेरीले श्री ५ को सरकार

(१) घटनास्थलमा सडकको उत्तरपट्टि घाँसमा १० फिटसम्म मोटरमा अचानक ब्रेक लागी परेको डाम देखिएको भन्ने उल्लेख भएकोबाट प्रतिवादीले चलाएको बस आफ्नो नियन्त्रणमा रहने सम्मको रफ्तारमा रहेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. २१) (२) आफ्नो नियन्त्रणमा नरहने रफ्तारमा दायाँ साइडबाट गाडी चलाई ल्याउनुबाट मानिस मर्न सक्ला भन्ने अन्जाम गर्न नसकेको भन्न नमिल्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८०१ - उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/०२  डिभिजन वेन्च इजलास  २१७१
 पुनरावेदक/ प्रतिवादी : जि. मकवानपुर हेटौंडा न.पं.हेटौंडा बजार बस्ने इश्वरचन्द्र अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मार्फत पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुरसमेत

(१) कार्यबाही गरी निलम्बन गर्दा जुन व्यक्तिलाई निलम्बन गर्नु पर्ने हो सो व्यक्तिलाई मनासिब माफिकको सफाइको मौका दिनु पर्ने । (प्रकरण नं. १२) (२) अनिश्चित कालसम्म निलम्बन गर्ने गरेको पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८०० - परमादेशयुक्त उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/०२  डिभिजन वेन्च इजलास  २४३८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.३२ कालिकास्थान कार्यालय भएको शिवशक्ति इञ्जिनियरिङ कन्सल्टान्सी एण्ड कन्ट्रक्सन कं.प्रा.लि. को तर्फबाट अधिकार प्राप्त म्यानोजिङ डाईरेक्टर दयाचन्द्र उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्री चिफ इञ्जिनियर, श्री ५ को सरकार विद्युत विभाग दरबारमार्ग काठमाडौंसमेत

(१) अधिकारक्षेत्र भित्र रही कानुन बमोजिम निर्णय भएको देखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९९ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/०२  डिभिजन वेन्च इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा न.पं.वडा नं.१ हेटौंडा बजार बस्ने इश्वरचन्द्र अग्रवाल बिरुद्ध विपक्षी/वादी : सभापति, जिल्ला पञ्चायत सचिवालय, मकवानपुरसमेत

(१) सफाईको मौका नै नदिई प्राकृतिक न्यायको सिद्धान्त समेतको विपरीत गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९८ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/१२  डिभिजन वेन्च इजलास  २४२६
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु जिल्ला कुदान गा.पं.वार्ड नं. ८ बस्ने रामलाल नाउँ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय कपिलवस्तु जि. कपिलवस्तु गोटिहवा गा.पं.वार्ड नं.८ मौजे श्रीरामपुर बस्ने गया पाण्डेसमेत

(१) आफूले कायम गरेको निर्णयलाई स्वयं पटक पटक हेरफेर गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०९  डिभिजन वेन्च इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : जि.झापा बालुबारी गा.पं.वार्ड.नं.९ बस्ने पूर्णबहादुर इधिंगो लिम्बू बिरुद्ध विपक्षी/वादी : झापा वन क्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समितिसमेत

(१) समितिलाई कारवाही निर्णय गर्ने अधिकार तोकिएकोमा अध्यक्षले मात्र गरेको निर्णयलाई समितिबाट भएको कानुन बमोजिमको निर्णय मान्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/२१  डिभिजन वेन्च इजलास  २२९७
 पुनरावेदक/ प्रतिवादी : का.जि.विष्णु गा.पं.वा.नं.५ बस्ने नारायणबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : मुख्य सचिव, मन्त्रीपरिषद्‌ सचिवालयसमेत

(१) राजपत्र अंनकित तृतीय श्रेणी (मुखिया) मा लिएको तालिम राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा प्रमोशन पाउँदा नम्बर पाइसकेकोले राजपत्र अनंकित प्रथम श्रेणी (ना.सु.) पदको लागि उक्त तालिमको नम्बर दिन नमिल्ने । (प्रकरण नं. १४) (२) ०१४ को निजामती मध्यमा परीक्षामा प्रथम श्रेणी, द्वितीय श्रेणी, तृतीय श्रेणी भन्ने खुलेको देखिन्छ, यसबाट श्रेणी नखुलेको परीक्षाको सरह द्वितीय श्रेणीको नम्बर पाउने कुरा नहुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/१३  डिभिजन वेन्च इजलास  २१७७
 पुनरावेदक/ प्रतिवादी : कम्पनी ऐन, २०२१ अन्तर्गत स्थापित का.जि.कान्तिपथ स्थित होटल नूक प्रा.लि. का.तर्फबाट ऐ.का सञ्चालक ल.पु.जि.न.पं.पुल्चोक बस्ने जोगेन्द्रबहादुर विष्ट बिरुद्ध विपक्षी/वादी : कर विभाग, लाजिम्पाट, काठमाडौंसमेत

(१) औद्योगिक व्यवसाय ऐनको जन्म २०३० सालमा भई २०२७।०२८ सालमा जन्म भएको प्राइभेट फर्मको हकमा कित शुरु देखि नै लागू हुने गरी छूट दिनु पर्ने हुन्छ कित नयाँ कम्पनी खडा भएको मितिदेखि छूट दिनु पर्ने हुन्छ बीचको एक वर्षबाट छूट दिएको मिल्ने नदेखिने । (प्रकरण नं. ९) (२) नाम एउटै छ भन्दैमा कानुनी स्थितिमा संस्था (परसनालिटी) फरक छ भने एउटै कानुनी व्यक्ति सम्झन नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९४ - लिखत बदर

 फैसला मिति:२०४३/०६/१४  डिभिजन वेन्च इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : काभ्रे पलाञ्चोक जि.कानपुर गा.पं.वार्ड नं. १बस्ने पुण्यप्रसाद मैनालीसमेत बिरुद्ध विपक्षी/वादी : काभ्रे पलाञ्चोक जिल्ला गा.पं.पलाञ्चोक वार्ड नं. १लामीडाँडा बस्ने लोकनाथ उप्रेती

(१) आफ्नो हक दर्ताको जग्गा हक हस्तान्तरण तथा अरुलाई दान बकसको लिखत गरी दिन पाउने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९३ - उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०३  डिभिजन वेन्च इजलास  २११२
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी कल्याणपुर गा.पं.वार्ड नं. ९ मदिया मध्ये सियापट्टि बस्ने मुनीखंग खत्वे बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने मनिखंग खत्वेसमेत

(१) २ नं.र ४ नं.रिट निवेदकको नाउँमा प्रकाशित भएको र प्राप्त गरेको देखिन आएको छैन । रिट निवेदकको निवेदन लेखाइमा पनि २ नं.अनुसूची र ४ नं.जो.अ.नि. लिन नसकेको भन्ने लेख्न सकेको पाइँदैन । यस्तो स्थितिमा निवेदकले पाएको मोहियानी प्रमाणपत्र निवेदककै भन्ने समर्थित हुन नआएको कारण समेतबाट उक्त २ नं.अनुसूची समेतले समर्थित प्रत्यर्थिको मोहियानी हकको जग्गा ठहर्यापई भू.सु.का.बाट निर्णय भएको,निर्णय हुँदा आवश्यक सबूद प्रमाण बुझी निर्णय भए गरेको देखिएकाले उक्त निर्णयमा कुनै त्रुटि देखिएन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०२  डिभिजन वेन्च इजलास  २२२८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बारा कलैया न.पं.वार्ड नं. ७ बस्ने कन्हैयालाल भन्ने कन्हैयाबहादुर खड्का बिरुद्ध विपक्षी/वादी : भू.सु.का.बाराको भूमिसुधार अधिकारी श्री विश्वनाथ श्रेष्ठसमेत

(१) आफ्नो अधिकारको सम्बन्धमा स्वयं सचेत हुनुपर्नेमा अधिकारको बेवास्ता गरी बस्नेलाई अदालतले मद्दत गर्न सक्तैन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९१ - उत्प्रेषण

 फैसला मिति:२०४३/०५/०२  डिभिजन वेन्च इजलास  २७११
 पुनरावेदक/ प्रतिवादी : जि.भक्तपुर भ.पु.न.पं.वडा नं.१६ तेखाचो टोल बस्ने न्हुच्छेबहादुर नायक बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान, केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंसमेत

(१) तत्काल प्रचलित गुठी संस्थान ऐन, २०३३ को दफा २६(४) अनुसार जग्गावालाको प्राप्त भइसकेको हकलाई पछि २०४१ सालमा भएको संशोधनबाट असर पर्न नसक्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/२५  संयुक्त इजलास  २३४७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिराहा गा.पं.सझोरा वडा नं.५ बस्ने रामदेव यादव बिरुद्ध विपक्षी/वादी : जि.सप्तरी गा.पं.रौतहट वडा नं.७ बस्ने तनुकलाल यादवसमेत

सरजमीनलाई मात्र आधार बनाई मोही कायम गर्न मिल्दैन । मोही कायम हुन कबूलियत र बाली बुझाएको भर्पाई दुवैको आवश्यकता पर्दछ, कबूलियतले मात्र हुँदैन । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७८९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/२१  डिभिजन वेन्च इजलास  २३३०
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी विसहरिया गा.पं.वा.नं.८ बस्ने महेन्द्रप्रसाद देव वैश्य बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारीसमेत

(१) मोहियानी हक प्राप्त समाप्त हुने बारे भूमिसम्बन्धी ऐनले प्रष्ट कानुनी व्यवस्था गरेकोबाट यो तथ्य कानुनी तथ्य भएकोले र कानुनी तथ्यमा विबन्धनको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं. २४) (२) वास्तविक र कानुनी रुपमा निवेदकको जिकिर पुग्ने कुरामा झिंगा टसाई गरी प्राकृतिक न्याय सिद्धान्तको आधार भनी अदालतले लकिरको फकिर हुन पनि नमिल्ने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७८८ - उत्प्रेषण

 फैसला मिति:२०४३/०५/०८  डिभिजन वेन्च इजलास  २३२४
 पुनरावेदक/ प्रतिवादी : जि.मोरड्ड रानी विराटनगर स्थित विराटनगर जुट मिल्स लिमिटेडका तर्फबाट सो कं. को डाइरेक्टर इन्चार्ज गंगाबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार श्रम विभाग, त्रिपुरेश्वर, काठमाडौंसमेत

(१) श्रम अधिकृत वा कारखाना निरिक्षकले गरेको निर्णयमा फरक पर्ने भएमा श्रम विभागले केवल निर्णय र कारवाहीको मिसिल एकतर्फी अध्ययनबाट नै निर्णय गर्न मिल्दछ भन्दा विपक्षी कारखानाले आफ्नो कुरा भन्न पाउने मौका नै नपर्ने हुँदा यस प्रकृयालाई कानुनी प्रकृया मान्न उचित देखिएन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७८७ - उत्प्रेषण

 फैसला मिति:२०४३/०५/०५  डिभिजन वेन्च इजलास  २०६३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.१६ क्षेत्रपाटी बस्ने भुवनेश्वरी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ल.पु.न.पं., ल.पु.पुल्चोक बस्ने श्रीमती तिलक मल्ल ठकुरी

(१) निर्णय बदर गरी दिँदा पनि वास्तविक केही असर नपर्ने हुँदा अब जे हुने निर्णय ती दुबै मुद्दाबाट हुने नै देखिएको र रिट निवेदकको अघि परिरहेको मुद्दामा केही असर नपर्ने देखिएबाट रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु