विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. ३२२३ - उत्प्रेषण

 फैसला मिति:२०४४/०५/०३  एक न्यायाधीशको इजलास  २५७६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.गुल्मी फर्कोटदह गा.पं. वडा नं. ४ बस्ने थमन बहादुर कुवर क्षेत्री । ऐ.ऐ बस्ने खड्ग बहादुर कुवर क्षेत्री । बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्यूठान जिल्ला अदालत । जि.प्यूठान बादीकोट गा.पं.वार्ड नं.८ बस्ने कमान सिंह बस्नेत क्षेत्री ।

जिल्ला अदालतबाट भएको अन्तिम आदेश वा फैसला उपर न्यायप्रशासन सुधार ऐन, ०३१ (चौथो संशोधन सहित) को दफा १३ ले अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्ने तथा अन्य आदेशहरूको सम्बन्धमा पनि अ.बं. १७नं. बमोजिम पुनरावेदन तह अदालतमा निवेदन दिन सक्ने व्यवस्था भएको पाइन्छ, साधारण कानुनबाटै उपचार पाउन सक्नेमा रिट क्षेत्रबाट हेर्न मिल्दैन, यसरी अड्डा अदालतबाट भएको काम कारवाहीको सम्बन्धमा माथिल्ला तहमा निवेदन तथा पुनरावेदन दिन सक्ने व्यवस्था हुँदा हुँदै संविधानको धारा ७१ अन्तर्गत उपचार पाउन नसक्ने । (प्रकरण नं. ४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२२२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४४/०३/१७  संयुक्त इजलास  २४४०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.लमजुङ चिती गा.पं. वडा नं. ४ बस्ने रामदत्त पाण्डे । बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ. ऐ. बस्ने देव कुमारी पाण्डे । जिल्ला कार्यालय लम्जुङ ।

मिलापत्र भनेको जग्गाको हक छाड्ने सम्बन्धको लिखत गराउने अधिकार जिल्ला कार्यालयलाई कानुनले प्रदान गरेको देखिँदैन, सो मिलापत्र भनेको कागजले हक दायित्वको सृजना हुन नसक्ने हुँदा जिल्ला कार्यालयमा भएको मिलापत्र कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२२१ - ठगी

 फैसला मिति:२०४४/०६/२८  संयुक्त इजलास  २५७४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: बर्दिया झगडा गा.पं. वार्ड नं. ४ बस्ने उदय लाल शर्मा । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: बर्दिया सानो श्री गा.पं. वार्ड नं. १ बस्ने गगन बहादुर बस्नेत

वादी लेखबाट प्रतिवादीको जिकिर बमोजिम वादीलाई जग्गा किन्न ठगीको १ नं. मा भएको व्यवस्था बमोजिम कुनै व्यहोरासँग गफलतमा पारेको देखिन नआई जग्गा छ लिने भए रु. १० हजार अहिले दिनुहोस् भनी भनेको भन्नेसम्म देखाएको एकपटक यति भनेको आधारमा जग्गा छ छैन कस्तो छ सो को यकीन गर्नु बेगरै भन्नासाथ वादीका साक्षीका रोहवरमा रु.१० हजारको रकम गनिदिएको होला भन्ने वादीकै साक्षीको बकपत्रबाट समेत भन्न सकिने अवस्था नरहेको र वादीका साक्षीको बकाई पनि विपक्षी तर्फको जिरहमा देखाए बमोजिम आपसमा फरक परेको देखिन आएको यस स्थितिमा प्रतिवादीका १ जना साक्षीले मात्रै भए पनि वारदातको समयमा वारदात स्थलमा नभई गुदरी बजारमा रहेको छ भनी देखाउँदा देखाउँदै पनि दावी बमोजिम ठगी गरेकै होला भनी निसन्देह रुपबाट भन्न सकिने अवस्था नदेखिएकोले इन्साफ म.प. क्षे.अ.को मनासिब ठहर्छ, वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२२० - डाँका ।

 फैसला मिति:२०४४/०५/०७  संयुक्त इजलास  २३८४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: पेम्बा छेतरको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जि.भोजपुर भैसी पंखा गा.पं. वा.नं.२ डेलीखर्क बस्ने ध्यान बहादुर राई । ऐ.ऐ बस्ने जस प्रसाद राई । ऐ.कुलुंग अग्राखे गा.पं. वडा नं.२ घर भै हाल सा.नि.शाखा भोजपुरका ओ.सी मीन बहादुर थापा

आफ्नो सावितीमा देखाए बमोजिम निजको घर खानतलासी गर्दा केही दसी नभेटिएको र निजका बाबु अभियुक्त मध्येको जसबहादुरले पनि आफूलाई छोराले सुन र रुपैयाँ दिएमा इन्कार रहेपनि घटनास्थलमा भेटिएको चप्पल र छाता मध्ये चप्पल आफ्नो हो भनी निज अभियुक्त ध्यान बहादुरले सनाखत गरेको भनी अधिकांश सरजमीनले लेखाई दिएकै कुरालाई अदालतमा आई बकपत्र गर्दा समेत स्वीकार गरी लेखाई दिएको देखिएबाट निज अभियुक्त ध्यान बहादुर सो वारदातमा नभएको भनी भन्न सकिने अवस्था नरहेको हुँदा खाली रीतपूर्वक सनाखत नगराएकै आधार लिई सफाई पाउने भन्न नमिल्ने । (प्रकरण नं. २१

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१९ - धनमाल

 फैसला मिति:२०४४/०५/०१  संयुक्त इजलास  २७१८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: कास्की पोखरा न.पं. वडा नं. १० राम बजार बस्ने कृष्ण बहादुर गुरुङ । ऐ.ऐ बस्ने ईन्द्र कुमारी गुरुङ । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ. ऐ. बस्ने तेजबहादुर गुरुङ ।

वादीले आफ्नो स्वास्नी पुनरावेदकलाई जारी गरी लग्दाको अवस्था आफूले दिई राखेको धनमाल (गहना) समेत लिई गएको भनी देखाई दावी गरेकोमा प्रतिवादी पुनरावेदकले दावी बमोजिमका गहना दिन सक्ने वादीको औकात नै नभएको भनी दावी बमोजिमको धनमाल आफूलाई दिएको कुरामा इन्कार गरे पनि आफ्नो स्वास्नीलाई दावी बमोजिमको गहनासम्म पनि नदिएको होला भनी मान्न सकिने अवस्था नरहेको कुरा निज पुनरावेदकलाई विपक्षी कै सहयोगबाट पढाईको क्रम समेत जारी राख्न लगाएको भन्ने मिसिलबाट देखिन आएकोबाट पनि समर्थन भएका र अरु प.क्षे.अ.को फैसलामा उल्लेख भएका कुराहरूबाट समेत दावी बमोजिमको धनमाल भरी पाउने ठहर्या.एको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१८ - जारी

 फैसला मिति:२०४४/०५/०१  संयुक्त इजलास  २१७८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:कास्की पोखरा न.पं. वडा नं. १० राम बजार बस्ने कृष्ण बहादुर गुरुङ । ऐ.ऐ बस्ने ईन्द्र कुमारी गुरुङ बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ.ऐ. बस्ने तेजबहादुर गुरुङ

पुनरावेदक इन्द्रकुमारी र कृष्ण बहादुर गुरुङको बीच खाली गुरु शिष्यको सम्बन्धमा मात्र सीमित रहेको नदेखिई कृष्ण बहादुरकै घरमा समेत आउने जाने, बस्ने, गरेको देखिन आएको र यिनै पुनरावेदक कृष्ण बहादुर उपर यिनै वादीले दिएको सार्वजनिक अपराध मुद्दामा प्रहरीमा कागज गर्दा पनि पुनरावेदक इन्द्रकुमारीसित लसपस भएको कुरा सम्ममा इन्कार गरी दुवै बीच प्रेम रहेको कुरा समेत स्वीकार गरेको देखिन आएको समेतबाट क्षेत्रीय अदालतले वादी दावी बमोजिम जारी गरेको ठहर्याकएको मनासिबै ठहर्छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१७ - कुटपिट लुटपिट सम्बन्ध विच्छेद

 फैसला मिति:२०४४/०५/०१  संयुक्त इजलास  २२६५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदिका/वादी: कास्की जिल्ला पोखरा न.पं. वार्ड नं. १० रामघाट बस्ने इन्द्र कुमारी गुरुङ बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने तेज बहादुर गुरुङ ।

यिनै पुनरावेदक समेतको पुनरावेदन परेको विपक्षीले दिएको जारी मुद्दामा अझै यिनै पुनरावेदकलाई कृष्ण बहादुरले दावी बमोजिम जारी गरी लगेको ठहरी प.क्षे.अ.बाट भएको फैसला सदर भई ठहर भएकोबाट पुनरावेदकको प्रस्तुत सम्बन्ध विच्छेद गरिपाउँ भन्ने परेको फिराद बमोजिम पुनरावेदक र विपक्षीको बीच यो मुद्दा दायर हुँदाको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध नै कायम रहेको भन्न नमिलेकोले यस्तो लोग्ने स्वास्नीको सम्बन्ध कायम नरहेको अवस्थामा माथि लेखि देखाइएका कारणहरूबाट पुनरावेदकको फिराद दावी बमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने दावी तर्फ निर्णय दिई रहनु पर्ने अवस्था रहन नआएकोले क्षेत्रीय अदालतले त्यसतर्फ निर्णय दिनु नपर्ने भनी गरेको ठहरमा कुनै त्रुटी देखिन नआउने । (प्रकरण नं. ११) घा जाँच फारामबाट घा चोट परेको र वारदात समेत भए गरेकै देखिन आएकोबाट पुनरावेदकलाई विपक्षीले कुटपिट गरेको ठहर्यािएको इन्साफ प.क्षे.अ.को मनासिब ठहर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०३/०२  संयुक्त इजलास  २३५७
 पुनरावेदक/ प्रतिवादी : वादी: भीमलाल समेतको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : प्रतिवादी: तनहूँ भिमाद गा.प. वडा नं. २ राङरुङ सिस्नेरिया एउटा घर र स्याङजा चिसापानी गा.पं.वडा नं. ६ बदहरे बस्ने हुमनाथ ढकाल ।

गर्दन वरिपरि काटिएको घाउ भएको र चोट पटकको कारणले धेरै रक्तश्राव भई Circulatory Failure को कारणबाट मृत्यु भएको हो भन्ने अस्पतालको लाश जाँचको रिपोर्टबाट देखिन्छ, मृतकलाई मार्नमा प्रयोग भएको हतियार आंसी प्र.ले मेरै हो भन्ने अदालतमा सनाखत गरेबाट निजको साविती बयान अन्य प्रमाणहरूबाट पुष्ट्याई भइरहेको देखिँदा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब नै छ । (प्रकरण नं. १४) मारुँ भन्ने सम्मको रिसइवी रहे भएको र योजना बनाई हत्या गरिएको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिँदैन, खेती पेशा गरी खाने मानिसले लगाई रहेको बाली नोक्सान हुँदा उत्तेजित हुनु अस्वभाविक हुँदैन, त्यस अवस्थामा मृतकले दिएको जवाफबाट अझ बढी उत्तेजित भई हातमा लिई रहेको आंसीले चोट छाडेको भन्ने देखिँदा ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्न जाने भएकोले अ.बं.१८८ नं. बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१५ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०६/२२  संयुक्त इजलास  २५८८
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सुनसरी सिंगिया गा.पं. वार्ड नं. ६ बस्ने राम प्रसाद घिमिरे बिरुद्ध विपक्षी/वादी : विपक्षी : सुनसरी जिल्ला अदालत, सुनसरी इनरुवा । ऐ.अदालत अ.जि.न्या.श्री उद्धव प्रसाद बास्कोटा । जि.सुनसरी धरान नगर पञ्चायत वार्ड नं.३ बस्ने विष्णु कुमारी श्रेष्ठ ।

कानुन व्यवसायी नियमावली, २०२५ को नियम २८ ले आफ्नो व्यवसायको प्रतिकूल आचरण गरेमा जिल्ला न्यायाधीशले त्यस्तो प्रमाणपत्रवाला व्यवसायीको प्रमाणपत्र खारेज गर्न सक्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१४ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४४/०६/२८  संयुक्त इजलास  २०९७
 पुनरावेदक/ प्रतिवादी : निवेदक :जि.पर्सा वीरगञ्ज न.पं. वडा नं. १३ आदर्शनगर बस्ने डा.गोपाल प्रसाद शाह बिरुद्ध विपक्षी/वादी : विपक्षी: स्वास्थ्य मन्त्रालय, श्री ५ को सरकार, पञ्चायत प्लाजा, काठमाडौं । स्वास्थ्य सेवा विभाग,श्री ५ को सरकार,टेकू पचली,काठमडौं । आर्थिक प्रशासन शाखा,स्वास्थ्य सेवा विभाग,टेकू पचली काठमाडौं । कर्माचारी प्रशासन शाखा,स्वास्थ्य सेवा विभाग,श्री ५ को सरकार ,टेकू पचली ,काठमाडौं ।

नि.से.नि. २०२१ को नियम १०.१६ बमोजिम तलब सुविधा प्राप्त गर्न सक्ने थरको र २०३९।९।८ को ऐन संशोधनबाट सो संशोधन हुनु अगावै भए गरेको कुरामा तलब सुविधा नपाउने भन्न मिल्दैन, ऐन संशोधन हुनु अगावैको हकमा निवेदकले कानुन बमोजिम प्राप्त गर्ने तलब सुविधाबाट वञ्चित गर्नु न्यायसंगत देखिँदैन, तर निजामती सेवा ऐन संशोधन भई ऐनको दफा १०क. थप भएपछि संशोधित व्यवस्था अनुसार हाजिर नभएको अवधिमा सेवामा पुनः स्थापित भए तापनि निजले कार्यालयमा उपस्थापित नभएको अवधिको तलब भत्ता वा सुविधा प्राप्त गर्न नसक्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१३ - उत्प्रेषण

 फैसला मिति:२०४४/०६/०५  संयुक्त इजलास  २१४५
 पुनरावेदक/ प्रतिवादी : निवेदक :साविक भ.पु.जि.को हाल ल.पु.जि.टिकाथली गा.पं. वडा नं. ३ बस्ने माधव बुढाथोकी । बिरुद्ध विपक्षी/वादी : विपक्षी : निमित्त प्रबन्धक, ने.या.सं.ट्रलीबस सेवा कार्यालय बानेश्वर । नेपाल यातायात संस्थान,सन्चालक समिति ।

निर्णयलाई स्वीकार गरी नोकरीबाट हटेपछि नियममा व्यवस्था भए अनुसार प्राप्त हुने सुविधा बुझी उपभोग गरिसके पछि निर्णयबाट सुविधा उपभोग गर्न सुविधा हासिल हुने कारवाही मिलेन भन्ने निवेदकको हकमा आघात परेको भन्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१२ - सवारी दुर्घटना (ज्यान) ।

 फैसला मिति:२०४४/०५/१६  संयुक्त इजलास  ३८६०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:पद्म कुमार चौधरीको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी:जि.सुनसरी धरान न.पं. वडा नं. ७ भोटेपुल बस्ने राम प्रसाद झा ।

बढी गतिमा हाँकेको गाडीको ब्रेकफेल भई दुर्घटना हुन गएको भन्ने देखिएपछि प्र.को काबुभन्दा बाहिरको परिस्थितिले गर्दा अप्रिय दुर्घटना भई मानिस समेत मरेको यस अवस्थामा प्रस्तुत मुद्दा ज्यानसम्बन्धीको १३(३) अन्तर्गतको नदेखिँदा सवारी ऐन अन्तर्गत सजायँ गरेको शुरु इन्साफ सदर गरी भएको पू.क्षे.अ.को इन्साफ मिलेकै देखिएकोले पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२११ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०३/१२  संयुक्त इजलास  २४८७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: धनबहादुर खड्काको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी:कास्की जिल्ला पो.न.पं.वार्ड नं. ६ बैदाम बस्ने छविराज पहाडी । ऐ.ऐ बस्ने हरि बहादुर कोइराला । ऐ.ऐ बस्ने पेशल बहादुर खत्री क्षेत्री । ऐ.ऐ बस्ने जुठे दमाई । ऐ.ऐ बस्ने दुर्गा प्रसाद पहाडी । ऐ.ऐ बस्ने देव प्रसाद कोइराला । ऐ.ऐ बस्ने वनदेवी पाध्यानी । ऐ.ऐ बस्ने होम बहादुर लामिछाने । ऐ.ऐ वार्ड नं. ५ बस्ने जिवनाथ भूर्तेल । जि.सिन्धुपाल्चोक पाखर गा.पं.वार्ड नं.८ घर भै हाल पो.न.पं. वार्ड नं. ६ वैदाम बस्ने ढालु भन्ने राजु पराजुली ।

गालीगलौज हुनु आदिबाट उत्तेजना बढी वैदामबाट आएको मानिसहरू र सराङकोटको मानिसहरू बीच भनाभन हुलमाल बढ्न गई झगडाको रुप लिन पुग्यो, यसरी झगडा भई हानाहान कुटपिट हुँदा मृत्यु भएको देखियो, यस अघि मार्नुपर्ने सम्मको पूर्व रिसइवी रहेभएको पाइँदैन, पूर्व योजना तयारी बमोजिम योजना घटित भएको पनि पाइँदैन, यसरी भैसीको कारणबाट सराङकोटे जनता बैदामे जनतासम्म बिस्तार भएको हाल्लाखल्लाबाट उत्तेजित जनसमूह बीच एकाएक मूठभेड हुँदा भवितब्यको वारदात घटित भई भवितव्यमा मृत्यु भएको देखियो । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२१० - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०२/११  संयुक्त इजलास  २१४५
 पुनरावेदक/ प्रतिवादी : वादी: प्र.ह.कमलाकान्त झाको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : प्रतिवादी: जि.सर्लाही, परवानीपुर गा.पं.वडा नं. ८ झाझरा धुसेनी टोल बस्ने सार्कीमान गोले तमाङ।

साविती बयान दिएको कुरा लाश जाँच मुचुल्काबाट समेत घाँटी सेरिई कर्तव्यबाट मरेका समर्थित हुन आएकोले हतियार प्रयोग गरी घाँटी छिनाएकोबाट मृत्यु भएको देखिन आएको हुँदा ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको शुरुको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिबै देखिने । (प्रकरण नं. १६) जोखिमी हतियार प्रयोग गरी मारेको भए पनि अघिदेखि मार्ने भन्ने मनसाय रहेको भन्ने कतैबाट देखिन नआएकोले ज्या.सं.को १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिन आएकोले निज सार्किमानलाई अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैद गर्ने भनी शुरु अदालतले राय व्यक्त गरेको मनासिब ठहर्या१एको म.क्षे.अ.को इन्साफ मनासिबै देखिँदा साधक सदर हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२०९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०९/०९  संयुक्त इजलास  २८२६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: कञ्चनपुर जिल्ला लक्ष्मीपुर गा.पं. वा.नं.७ बस्ने पखराज भन्ने पंख बहादुर शाही । ऐ. बस्ने मीनराज भन्ने भीम राज शाही । कंचनपुर जिल्ला लक्ष्मीपुर गा.पं. वार्ड नं. ७ घर भै हाल कंचनपुर कारागारमा बन्दी रहेका प्र.पं.लोकराज शाही । ऐ.ऐ बस्ने तर्कराज भन्ने तर्क बहादुर शाही । कंचनपुर जिल्ला गा.पं.लक्ष्मीपुर वा.नं. ७ वैसाखी बस्ने गोपी शाही । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: श्री ५ को सरकार । पुनरावेदक/वादी: शुर बहादुर शाहीको जाहेरीले श्री ५ को सरकार ।

अदालतमा आई प्र.ना.नि.ले बयान गर्दा मृतक मर्नु भन्दा अगाडि आफू समक्ष गरेको कागज सम्बन्धमा बलिराज गोलीको बेदनाले सरसरती भन्न नसके पनि रोकीरोकी होशमा निजले भने बमोजिम लेखिएको हो भनी एउटा प्रहरी कर्मचारीले अदालतमा आई गरेको बयानलाई असत्य मान्न नमिल्ने । (प्रकरण नं. ९०) अस्पतालका सिनियर मेडिकल अधिकृतले अदालतमा आई बयान गर्दा मृतकको पोष्टमार्टम आफैंले गरेको र मृतकको शरीर सडे गलेको हुँदा मुटु फोक्सो पेट आदि हेरियो त्यहाँ गोली पाइएन, एक्सरेको साधन नहुँदा आन्द्रामा गोली पसेको कुरा पेटमा लागेको घाउको आधारले गोली लागेको घाउ भनी प्रमाणित गरेको छु र बाहिर गोली पास भएको घाउ नदेखिएको कारणले गोली भित्रै रहेको हुनपर्छ भनी आफ्नो बयानमा स्पष्टसँग उल्लेख गरेको छँदाछँदै गोलीको चोटबाट मृतक मरेको होइन भन्न नसकिने । (प्रकरण नं. ९०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२०८ - नामसारी दर्ता बदर

 फैसला मिति:२०४४/०८/२४  संयुक्त इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी: का.जि.भिमढुङ्गा गा.पं.वार्ड नं. ४ बस्ने दीर्घमान मानन्धर । बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: ऐ. ऐ. अष्टनारायण मानन्धर । लोक मानको मु.स.गर्ने तीर्थमाया मानन्धर ।

बाबु वा लोग्ने जीवित छँदै अंशबण्डा नभई सँग साथमा रहँदा बस्दाकै अवस्थामा बाबु वा लोग्नेको मुत्यु भएमा बाबु बाजेको मृत्यु पश्चात बाँकी पैतृक सम्पत्तिमा सबै अंशियारको बराबर हक लाग्ने, प्रस्तुत मुद्दामा यी वादी आफ्नो फिरादपत्रमा नै बाबु परलोक हुनु अगावै अंशबण्डा गरी छुट्टी भिन्न बसेको कुरालाई स्वीकार गरेको देखिन्छ, यस्तो अवस्थामा अंशबण्डाको १४ नं. आकर्षित नहुने । (प्रकरण नं. १४) गा.पं.को सिफारिश सम्बन्धमा जालसाजी मुद्दा चली वादी दावी नपुग्ने ठहरी बा.अं.अ.बाट भएको फैसला अन्तिम रुपमा रहेको देखिएको समेतबाट बाबुलाई यी प्रतिवादीले पालन पोषण गरेको भन्ने कुरा पुष्टि हुन आयो, यस्तो अवस्थामा बाबुको मृत्युपछि निजको अपुताली यी प्रतिवादीले नै पाउने । (प्रकरण नं. १६

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२०७ - उत्प्रेषण

 फैसला मिति:२०४४/०५/३०  संयुक्त इजलास  २२९३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : कपिलवस्तु गा.पं.गणेशपुर वार्ड नं.७ मौजा धन्सार बस्ने रामदुलारे कुर्मी । बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमि सुधार कार्यालय कपिलवस्तु । कपिलवस्तु गा.पं. गणेशपुर वार्ड नं. ७ मौजा धन्सारा बस्ने राम लखन गोसाई । कपिलवस्तु गा.पं. रामनगर वा.नं. १ मौजा राम नगर बस्ने तीलकराम मुराउ ।

कूत निर्धारण गर्नको लागि श्री ५ को सरकारले जग्गाको किसिम र उब्जनीको आधारमा मुख्य वार्षिक उब्जनीको औसत निर्धारण गरी मुख्य वार्षिक उब्जनीको ५०%मा नबढ्ने गरी कूत तोक्न सक्ने अधिकार सोही दफाको उपदफा (ग) मा व्यवस्था भएको पाइन्छ । अतः उक्त दफा ३३(ग) को प्रयोजनको लागि मुख्य वार्षिक उब्जनीको औसत निर्धारण गर्नको लागि सम्म सो अधिकार श्री ५ को सरकारले मिति ०४०।१२।१९ मा राजपत्रमा सूचना प्रकाशित गरी स्थानीय समितिलाई तोकी दिएको देखिने । (प्रकरण नं. ७) भू.सु ऐन, २०२१ को दफा ३३ बमोजिम कूत निर्धारण गर्नु पर्ने प्रष्ट कानुनी व्यवस्था हुँदाहुँदै सो बमोजिम मुख्य वार्षिक उब्जनीमा यति उब्जनी हुन्छ सो उब्जनीको आधारमा औसत निर्धारण गरी कूतको अंक ठेक्नु पर्नेमा सो नखुलाई यो यति कूत ज.ध.ले पाउने भनी कूतको अंक निर्धारण गरी पठाएको स्थानीय समितिको निर्णय मिलेको नभई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२०६ - जग्गा छुट्याई चलन चलाइपाउँ

 फैसला मिति:२०४४/०५/२८  संयुक्त इजलास  ३७०४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी:का.जि.का.न.पं. वार्ड नं. ९ बत्तिसपुतली बस्ने पुरुषोत्तम आचार्य । बिरुद्ध विपक्षी/वादी : विपक्षी :का.जि.का.न.पं. वार्ड नं. ९ बत्तिसपुतली स्थित बोरिस एण्ड रेष्टुराँ प्रा.लि.। का.जि.का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने श्रीमती इङर लिसाने विच ।

राजीनामा लिखतमा बोरिस बार एण्ड रेष्टुराँ प्रा.लि. लाई राजीनामा गरिदिएको भन्ने प्रष्ट उल्लेख भएको छ, यदि उनीहरूले साझा रुपमा लिएको भए तीनपुस्ते खुलाउनु पर्ने थियो यसमा वादी प्रतिवादीहरूको तीनपुस्ते नभएबाट लिखतमा उल्लेख भएको सम्पत्ति वोरिस बार एण्ड रेष्टुराँको नाममा खरीद भएको देखिन्छ, यसरी कम्पनीको नाममा खरीद भएको सम्पत्ति लिखतमा उल्लेख गरिएका सञ्चालक समितिका सदस्यहरूको व्यक्तिगत हो भन्न नमिल्ने । (प्रकरण नं. १०) सञ्चालक समितिका सबै सदस्यले कम्पनीको तर्फबाट हस्ताक्षर गरी खरीद गरेको हुँदा कसैलाई अधिकार प्रत्यायोजन गरिराख्नु पर्ने अवस्था नै नपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२०५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४४/०५/१७  संयुक्त इजलास  २४४९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जसुबुढा मगरको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जि.रोल्पा हार बडाङ गा.पं. वार्ड नं. ६ बस्ने दीनुराम वाली मगर्नी । ऐ.ऐ बस्ने गन्ज बहादुर पुन मगर । ऐ.ऐ वार्ड नं. ३ बस्ने नौला बहादुर दाती मगर । ऐ.ऐ वार्ड नं. ६ बस्ने जसकली पुन मगर । ऐ.ऐ बस्ने चनु मगर्नी ।

मृत्यु भएपछि सरसल्लाह गरी प्र.ले लाश डोकोमा बोकी लगेको नौलेले चप्पल बोकी घोघोको जङ्गलमा लगी झुण्ड्याई आएकोमा प्रतिवादीहरू एक मिलानसँग सावित रहेका र प्र. पिनुले समेत करणी गर्ने प्रयास गर्दा म एक्लैले मारेको र मरेपछि गञ्ज र नौले समेतको मद्दतले जङ्गलमा लगी झुण्डाएको भनी आफू कर्तव्यमा सावित रही लाश दबाउने छिपाउने सम्मको कार्य अन्य प्रतिवादीहरू सरिक रहेको भनी पोलेको समेत देखिँदा ज्यान मरिसकेपछि समयमा जाहेर नगरी दबाउने छिपाउने सम्मको अपराध गरेको देखिने । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३२०४ - खुन डाँका

 फैसला मिति:२०४४/०५/०९  संयुक्त इजलास  २१५०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: धनबहादुर थापाको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: भारत जि.पूर्णिमा थाना जोकी मन्सी गाउँ बस्ने कसिम मियाँ । जि.मोरङ वयरवन गा.पं.वार्ड नं. ७ बस्ने भवानी प्रसाद निरौला

मृतकका पति तथा वारदातमा घाइते भएका उद्धवबहादुर थापाले प्रहरी कार्यालयमा बयान गर्दा घरमा डाँका प्रवेश गरी वारदात शुरु हुँदा श्रीमतीले माकुर वातर झपट वातर भनेकी थिइन् भनी बयान गरिदिएको देखिन्छ, यसरी बयान गरेकोमा उक्त झपटा वातर समेतलाई बुझी अनुसन्धानको कार्य गर्नु पर्नेमा त्यसतर्फ वास्तै नगरी लापरबाहीपूर्ण तवरले अनुसन्धान गरेको देखिन्छ । अधिकार प्राप्त अधिकारी समक्ष भएको सावितीलाई कासिम मियाँले अदालतमा इन्कार गरेको तथा सरजमीनका व्यक्तिहरूले पनि वारदात देखें सुनें जानेको कुरा नलेखाई केबल प्र.कासिमले प्रहरीमा गरेको सावितीलाई सिरान हाली बकपत्र गरिदिएको देखिन्छ, अर्को मुद्दामा कासिमले गरेको साविती र अघिनै बरामद भएको पेस्तोल पछि घट्न आएको घटनासँग जोड्दै चारित्रिक प्रश्नलाई प्रमाणको रुपदिन नमिल्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु