२८ खोजी नतिजाहरु
राजीनामा लिखतमा दिनेका ल्याप्चेछाप नभएको प्रष्ट हुँदा लिखत कीर्ते ठहर्या्ई जिल्ला अदालतले गरेको फैसलालाई मनासिव ठहर्या्ई अञ्चल अदालतबाट भएको फैसला सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्ने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
कबुलियतको सम्बन्धमा भूमिसुधार कार्यालयले निर्णय गर्नुभन्दा पहिले अ.बं.७८ नं. बमोजिम प्रत्यर्थीलाई सो कबुलियत देखाई सुनाई उक्त कबुलियतको सम्बन्धमा निजको कथन के कस्तो हुन्छ त्यसलाई समेत हेरी मात्र कबुलियतको वैधता सम्बन्धमा निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
म्याद रीतपूर्वक तामेल भएको देखिन आएन साथै भू.सु.का.सप्तरीको निर्णयमा विवादको जग्गाको २ नं. अनुसूची प्रकाशित भएको छ छैन ? सो केही उल्लेख सम्म पनि भएको देखिन आउँदैन तसर्थ भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर हुने ।
पूर्ण पाठ हेर्नुहोस्
सरजमीनहरूले मिलेमतोबाट मारेको हो भन्ने समेत बकी लेखी दिएको देखिँदा अभियुक्तलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाय गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. २१)
पूर्ण पाठ हेर्नुहोस्
वादी प्रतिवादीका नाउँमा अलग अलग जग्गा दर्ता देखिंदैमा अंशबण्डा भएको अनुमान गर्न नमिल्ने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जिल्ला सुनसरी मधुवन पञ्चायत वडा नं. ७ बस्ने बनु चौधरी
ऐ ऐ बस्ने दर्शलाल माझी
ऐ ऐ बस्ने बृजलाल माझी
ऐ ऐ बस्ने हर्क बहादुर माझी
ऐ ऐ बस्ने गुन्टे माझी
ऐ ऐ बस्ने भुन्टे माझी
ऐ ऐ बस्ने टिकार्इ माझी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, वन मन्त्रालय थापाथली, काठमाडौं
काशी टप्पु बन्य जन्तु आरक्ष विस्तार ब्यवस्था समिति कुसाह, सुनसरी हाल कोशी अञ्चलाधीश कार्यालय विराटनगर
ऐ ऐ को सदस्य सचिव ऐ ऐ
जग्गा सट्टा भर्ना पाइसकेको भन्ने भएपछि जग्गाको मूल्यांकन नै नगरी क्षतिपूर्ति नै नदिई समितिले जग्गा प्राप्त गरेको भन्न मिल्ने अवस्था नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
जिल्ला अदालतको फैसला सदर गर्ने क्षेत्रीय अदालतको फैसला मात्र बदर गरिपाउँ भन्ने माग गरेको तर जिल्ला अदालतको फैसला बदर गरी पाउने माग नगरेकोबाट उक्त फैसला यथावत रहने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
झुक्याई सहीछाप गराएको राजीनामा लिखत पास नहुने ।
(प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस्
अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरेको शुरु जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव हुने ।
(प्रकरण नं. २९)
पूर्ण पाठ हेर्नुहोस्
नगरपञ्चायतले आफ्नो क्षेत्रभित्र जुनसुकै किसिमका व्यापारीहरूसँग निजहरूले सो क्षेत्रभित्र बिक्री गर्ने मालको मूल्यको रु.सयमा ।५० पैसासम्म कर उठाउन सक्ने भन्ने लेखिएकोले धरान नगरपञ्चायत भित्र डटपेनको बिक्री व्यापारमा सो मालको मूल्यको रु.सयमा ।५० पैसा सम्म कर उठाउन सक्ने देखिन्छ । सो बाहेक विद्युत कर, सफाई कर र दमकल सुविधा कर समेत उठाउन सक्छ भन्न नमिल्ने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
एकासगोल जहान जुनसुकैको नाउँमा जग्गा दर्ता भए पनि सबै अंशियार जग्गाको जग्गावाला मानिने हुँदा आफ्नै जग्गाको आफैं मोही हुन नसक्ने हुँदा म जग्गावाला र बाबु मोही थिए भन्ने स्थिति रहेन ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २१ लगन बस्ने बसन्तप्रसाद प्रधान
ऐ वडा नं. २० बस्ने तिर्थ प्रसाद प्रधान
ऐ वडा नं. १३ बस्ने वेद प्रसाद प्रधान बिरुद्ध विपक्षी/वादी : श्री मालपोत अधिकृत, मालपोत कार्यालय काठमाडौं
का.न.पं. वडा नं. १५ बस्ने कृष्ण बहादुर खड्का
जग्गावालाले रैकरमा परिणत नगराएमा मात्र त्यस्तो जग्गा मोहीका नाउँमा रैकरमा परिणत गर्न सकिने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
परिपत्र गर्नुभन्दा अगाडि नै निवेदकले झिकाएको कपडा भन्सार कार्यालय पुगी निवेदकले प्रज्ञापनपत्र भरी त्यस बेलामा कायम रहेको बिक्रीकर बुझाई माल छुटाई लगेकोमा पुनः ५० प्रतिशत मार्क अप बढाई त्यसको १५ प्रतिशत थप बिक्रीकर दाखिल गर्न ल्याउनु भनी भन्सार कार्यलय वीरगन्जले निवेदकको सम्बन्धमा लिएको माग दावी न्यायोचित नहुने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : का.न.पं. वार्ड नं. १० बानेश्वर घर भै हाल खाद्य तथा कृषिबजार सेवा विभागमा बहालवाला ना.सु. श्री विदुरप्रसाद मैनाली बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय
श्री ५ को सरकार कृषि मन्त्रालय अन्तर्गत खाद्य तथा कृषि बजार सेवा विभाग
ऐ विभागको आर्थिक प्रशासन शाखा
श्री ५ को सरकार, कृषि मन्त्रालय
श्री ५ को सरकार, अर्थ मन्त्रालय
हरेक आर्थिक वर्ष पूरा गरेपछि एउटा तलव वृद्धि पाउनु पर्नेमा आठवटा तलव वृद्धि (ग्रेड) पाइसकेको रिट निवेदकको तलव वृद्धि (ग्रेड) संख्या ५ कायम गरी आ.व.२०४१।४२ श्रावण १ गतेदेखि एउटा तलव वृद्धि (ग्रेड) समेत जम्मा ६ तलव वृद्धि (ग्रेड) को हिसाबबाट रिट निवेदकलाई तलव दिने भन्ने गरेको श्री ५ को सरकारको निर्णय तथा कारवाही कानुन अनुरुप देखिन नआउने।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
निश्चयात्मक सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा प्रतिवेदन दावी बमोजिमको अभियोग कायम गर्न नमिल्ने ।
(प्रकरण नं. २८)
पूर्ण पाठ हेर्नुहोस्
(१) प्र.को चोट मृतकलाई लागेको तर सो चोटको प्रहार निजको आमा माथि भएको भन्ने कुरा स्वयंको बकपत्रबाट समेत देखिएबाट भवितव्य भई मृतक मरेको हुँदा ज्यान सम्बन्धीको ६ नं. को दफा (४) बमोजिम ६ महीना कैद गर्ने ठहर्याठई भएको फैसला मनासिव ठहर्ने ।
(प्रकरण नं. १८)
(२) मुलतवी राख्नु पर्नेमा सो बमोजिम मुलतवी नराखी गरेको शुरु जि.अ.को निर्णय सदर गरेको फैसला सो हदसम्म नमिल्ने ।
(प्रकरण नं. १९)
पूर्ण पाठ हेर्नुहोस्
वादीको कुनै दावीको हकमा बोल्दै नबोली कुनै दावीको हकमा मात्र गरेको निर्णयलाई कानुन अनुरुप भन्न नमिल्ने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
मानो छुटिएको मिति भनी मुख मिलेको अवस्था हुँदा सोही मितिलाई मानो छुटिएको मिति कायम गर्नु पर्नेमा फिराद परेको मितिको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी सो मिति सम्मको तायदाती फाँटवारी लिई अंशवण्डा छुट्याई दिने गरी फैसला गरेको त्रुटिपूर्ण हुँदा बदर हुने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : जि. नवलपरासी साविक कावास्वस्ती गा.पं. वा.नं. ४ हाल शिव मन्दिर गा.पं. वा.नं. ७ विष्णुनगर बस्ने शिखाराम चौधरी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, नवलपरासीका भूमिसुधार अधिकारी
एकै विषयमा पुनः कारवाही हुन लागेको भए कार्यालयमा उपस्थित भई रिट निवेदकले सो कुराको प्रतिवाद गर्न सक्ने नै देखिन्छ एकै कसूरमा दुई पटक मुद्दा चलाई सजाय गर्न नमिल्ने कुरा प्रत्यर्थी कार्यालयले अवगत गर्ने कुरा हो । लिखितजवाफबाट सो गरेको होइन पृथक कुरामा कारवाही भएको भन्ने उल्लेख भएको पाइन्छ । यस्तो अवस्थामा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नुहँदा रिट निवेदन खारेज हुने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
हदबन्दी सम्बन्धी निर्णय नभई प्रस्तुत मुद्दाको निर्णय गर्न नमिल्ने भए अ.बं.१२ नं. अनुसार मुलतवी राख्नु पर्ने हुन्छ । मुलतवी नरहने मुद्दामा उजूरी दावीको कुरामा निश्चित निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्