विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. २८९९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४३/०५/३०  सिङ्गल बेञ्च इजलास  २३१८
 पुनरावेदक/ प्रतिवादी : भद्रगोल कारागारमा थुनामा रहेको मानबहादुरको छोरा वर्ष २३ को तेज घले बिरुद्ध विपक्षी/वादी : त्रि.वि.भन्सार कार्यालयको श्री प्रमुख भन्सार अधिकृतसमेत

(१) जरिवाना नतिरे बापतको कैद ठेक्न पर्दा चार वर्ष भन्दा बढी अवधिको कैद ठेक्न नहुने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९८ - नाता कायम

 फैसला मिति:२०४३/१०/१८  संयुक्त इजलास  २१९८
 पुनरावेदक/ प्रतिवादी : जि.झापा शरणामती गा.पं.वार्ड नं. ८ बस्ने मनहरी उप्रेती बिरुद्ध विपक्षी/वादी : ऐ.गारामनी गा.पं.वार्ड नं. ९ बस्ने खगेन्द्र उप्रेती

(१) कुनै कुरामा नालिश गर्नु पर्ने कारण परी सो कुरा देखाई अदालतमा फिराद लिई गएपछि पर्न आएको फिराद कानुनले तोकेको व्यवस्था बमोजिम रीत नपुगेको भन्ने आधारमा इन्साफ दिन नमिल्ने भन्ने ठहर भएपछि सो ठहरमा आफ्नो चित्त नबुझे ऐनका म्यादभित्र पुनरावेदन दिई बदर गराउनु पर्ने । (प्रकरण नं. ११) (२) फिराद कानुनको रीत नपुगेको भन्ने आधारमा निर्णय दिन नमिल्ने भनी खारेज गरेपछि सो निर्णय भएको मितिले अदालतको प्रचलन बमोजिम ३५ दिनभित्रमा कानुन बमोजिमको अर्को फिराद दिई आफूलाई आवश्यक परेको कानुनी उपचार लिन जानु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९७ - अंश दपोट

 फैसला मिति:२०४३/१०/१२  संयुक्त इजलास  २२३४
 पुनरावेदक/ प्रतिवादी : का.जि.बलम्बू गा.पं.वा.नं.१ लाछीटोल बस्ने कृष्णकुमारी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.गछेटोल बस्ने मंगलदास श्रेष्ठ

(१) वादी आफैंले जालसाजीमा दावी गरेको लिखतको जानकारी वादीलाई नभएको भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९६ - खिचोला समेत

 फैसला मिति:२०४३/१०/०५  संयुक्त इजलास  २४१७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वडा नं.१९ पूर्ण चण्डी बला बस्ने डम्बरकुमारी श्रेष्ठनी स्वर्गीय हुनु भई मु.स.गर्ने निजका छोरा चन्द्रशेखर श्रेष्ठको अ.वा.भई आफ्नो हकमा समेत निवेदन गर्ने हरिशेखर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.२१ इखाछें बस्ने भाइचा भन्ने सिद्धिबहादुर महर्जन

(१) वादीको कुरालाई इन्कार गरी वादीको हकको साझा चोक हो भन्ने कुरामा विवाद उठाएपछि सोही मौकामा कानुन बमोजिम जो जसको उपर उजूर दिनु पर्ने हो उजूर दिई आफ्नो साझा हक कायम गराई राख्नुक पर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/१०/१९  संयुक्त इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वडा नं.५ घर भई हाल थुनामा रहेका आले ख्यापा भन्ने धनबहादुर तामाङसमेत बिरुद्ध विपक्षी/वादी : बलराम गिरीको जाहेरीले श्री ५ को सरकार

(१) पेटमा विभिन्न खष्कअभचब हरूमा भएको चोटले अतिसय रक्तश्राव भएर र टाउकोमा गिदीमा लागेको चोटले रक्तश्रावबाट क्षोभ भएर मृत्यु भएको हो भन्ने कुरा देखिनाले एकपटक मात्र चोट छाडेको भन्न सकिने अवस्थाको देखिन नआउने । (प्रकरण नं. ३७) (२) धेरैजनाले हुल भई धेरैपटक चोट छाडेको देखिन आउँदा ज्यानसम्बन्धीको १४ नं.नै यसमा प्रयोग हुनसक्ने भन्ने भन्न नमिल्ने । (प्रकरण नं. ३७) (३) रक्सी खाई गिलास फुटेको कारणबाट कुटपिट भई मृतक भुण्टे देउजा मर्न गएको देखिन आउँदा उपरोक्त अपराध भएको अवस्था र परिस्थिति समेतलाई विचार गर्दा ज्या.सं.को १३(३) को सजायँ गर्दा चर्को पर्ने । (प्रकरण नं. ३७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९४ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/१०/२२  संयुक्त इजलास  ३३५९
 पुनरावेदक/ प्रतिवादी : दमक न.पं.वार्ड नं. २ बस्ने श्रीमती रत्नपकेशरी उदास बिरुद्ध विपक्षी/वादी : श्री मालपोत विभाग, बबरमहल, काठमाडौंसमेत

(१) जग्गा दर्ता बदर गर्दाको अवस्थामा दर्ता बदर गर्नु अगावै सफाइको मौका दिनु पर्ने । (प्रकरण नं. १२) (२) जग्गा दर्ता बदर गराउने सम्बन्धमा मालपोत ऐन, २०३४ को दफा २४ को उपदफा (१) वा (२) को अवस्था मध्ये कुन अवस्था परी जग्गा दर्ता बदर गराउनु पर्ने हो सो कुरा कारवाही गरी निर्णय गर्ने अख्तियार प्राप्त निकायबाट हेरिनु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९३ - उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/१०/१९  संयुक्त इजलास  २२८४
 पुनरावेदक/ प्रतिवादी : राजविराज नगर पञ्चायत वडा नं.३ घर भई हाल रा.उ. स्मारक अस्पताल लाहानमा कार्यरत नरेश ठाकुर बिरुद्ध विपक्षी/वादी : श्री स्वास्थ्य सेवा विभाग, पचली काठमाडौंसमेत

(१) विज्ञापन अनियमित भयो भनी त्यसलाई बदर गर्नु अघी त्यो विज्ञापनको आधारबाट नियुक्ति पाइसकेको व्यक्तिलाई आफ्नो तर्फबाट प्रतिवाद गर्ने मौका दिनु पर्ने । (प्रकरण नं. १६) (२) अनियमित विज्ञापनको आधारमा नियुक्ति दिएकोलाई कानुन बमोजिम हक प्राप्त गरेको भन्न सकिने नदेखिँदा निवेदकको सो नियुक्ति नियमित मान्न मिलेन । (प्रकरण नं. १६) (३) विज्ञापन बदर गर्ने गरी गरेको स्वास्थ्य सेवा विभागको निर्णय प्राकृतिक न्याय विपरीत भएको हुँदा सो आधारमा पुनः विज्ञापन गर्ने भन्ने निर्णय मिल्ने नदेखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९२ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/१६  संयुक्त इजलास  २०८९
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ्‌ गा.पं.कटहरी वार्ड नं. २ बस्ने बेदोलाल माझी थारु बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने दुखाई माझी थारुसमेत

(१) असर पर्ने पक्षलाई नै भन्ने मौका नदिई प्राकृतिक न्याय सिद्धान्त विपरीत इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९१ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/१५  संयुक्त इजलास  २५८२
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा बसन्तपुर गा.पं.वार्ड नं. २ बस्ने अव्यादेवी कलवारनी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भू.सु.का.पर्सासमेत

(१) अधिकार क्षेत्रात्मक त्रुटि गरी गलत निकायमा पक्ष आफैं जान्छ र विलम्ब गरी रिट दायर गर्दछ भने पक्षले गरेको गल्तीबाट निजलाई नै फाइदा हुने गरी रिट क्षेत्रबाट मद्दत गर्न नसकिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८९० - उत्प्रेषण

 फैसला मिति:२०४३/०९/२९  संयुक्त इजलास  २१७९
 पुनरावेदक/ प्रतिवादी : चितवन शारदा नगर गा.पं.वडा नं.१ बस्ने जिल्ला युवक सङ्गठनका सभापति मानबहादुर गुरुङसमेत बिरुद्ध विपक्षी/वादी : चितवन जिल्ला पञ्चायत

(१) अनुचित विलम्ब गरी रिट निवेदन पर्नुको मनासिब माफिकको कारण समेत प्रस्तुत रिट निवेदनमा उल्लेख नभएकोले अनुचित विलम्बको कारणले गर्दा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८९ - उत्प्रेषण

 फैसला मिति:२०४३/०२/२९  डिभिजन वेन्च इजलास  १८७५
 पुनरावेदक/ प्रतिवादी : का.जि.डिल्लीबजार ब्लक नं. ग २।२३४ पोष्ट बक्स नं. १०६३ बस्ने दामोदरप्रसाद अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री महानिर्देशक, कर विभाग, काठमाडौंसमेत

(१) आयकर ऐन, ०३१ को दफा ५६(१) बमोजिम प्रकृया अपनाई मात्र पुनः कर निर्धारण गर्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८८ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/२७  संयुक्त इजलास  २०६०
 पुनरावेदक/ प्रतिवादी : जि.सिराहा लक्ष्मीपुर गा.पं.वार्ड नं. ६ बस्ने रामसुन्दर महेता बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भू.सु.का.सिराहासमेत

(१) एउटै जग्गामा आश्रित मोही र जग्गाधनीको हित र स्वार्थको समन्वयात्मक संरक्षण प्रदान गर्ने उद्देश्य नै भूमिसम्बन्धी ऐन, २०२१ को हो । (प्रकरण नं. १०) (२) न्यायिक निर्णय गर्ने अधिकारीले निर्णय गर्दा विवेकपूर्ण तरिकाले न्यायिक मनको प्रयोग गरी गर्नु पर्दछ । न्यायिक मन भन्नाले कानुन, निष्पक्षता, सद्विवेक र व्यवहारिकता सबै आउँदछन् न्यायिक अधिकारीले आफ्नो न्यायिक अधिकार प्रयोग गर्दा मनखुसी तवरले गर्ने होइन यी सबै कुरामा विचार गरी गर्नु पर्दछ न्यायिक अधिकार स्वइच्छाचारी अधिकार होइन यस्तो अधिकार प्रयोग गरी निर्णय गर्दा त्यसको आधार स्पष्ट खुलेको हुनुपर्दछ र ती आधारहरूबाट न्यायिक मन प्रयोग भएको स्पष्ट झल्कनु पर्दछ । त्यो कुराको निर्णय पर्चाबाट वस्तुगत रुपले देखिनु पर्दछ । अन्यथा त्यस्तो निर्णय स्वेच्छाचारी हुन पुग्दछ । (प्रकरण नं. १०) (२) अघि ६।६ पटकसम्म बाली विषयमा विवाद परी हरेक साल मोहीले बाली नबुझाएको ठहरी निर्णय भइरहेको मिसिल आफ्नो कार्यालयमा मौजूद रहँदा रहँदै ती मिसिल प्रमाणबाट देखिएका सबूद प्रमाणहरूलाई सोझै बेवास्ता गरी पूर्वाग्रही धारणाले एकपक्षीय निर्णय गर्नु न्यायिक निर्णय गर्नु पर्ने अधिकारीलाई नसुहाउने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८७ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/२७  संयुक्त इजलास  २३८५
 पुनरावेदक/ प्रतिवादी : इ.न.पं.वार्ड नं.१ बस्ने उद्धवप्रसाद श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटासमेत

(१) भ्रष्टाचारको मुद्दा परी विभागीय सजायँको रुपमा नोकरीबाट हटाइएको र बिगो तथा जरिवानाको हकमा अदालती कारवाही चलाएकोलाई एउटै कसूरमा दोहोरो सजायँ नहुने भन्ने प्राकृतिक न्यायको सिद्धान्त विपरीत भयो भन्ने रिट मनासिब नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/१०/२६  संयुक्त इजलास  १९८१
 पुनरावेदक/ प्रतिवादी : ललितपुर न.पं.वा.नं.२२ बस्ने बाबुकाजी महर्जनसमेत बिरुद्ध विपक्षी/वादी : ललितपुर नगर पञ्चायत कार्यालय, मंगलबजार ल.पु.न.पं वार्ड नं.२२ बस्ने नन्दरत्नम ब्रम्हाचार्य भिक्षुसमेत

(१) हक बेहकमा निर्णय गरेको नभई इजाजत नलिई राखेको ढोकासम्म झिकी दिने भनी साविकको निकाश कायमै रहने गरी निर्णय गरेको देखिएकोले हक बेहकको प्रश्न समावेश भएपछि नगर पञ्चायतले हेर्न नहुनेमा मुद्दा हेरी छिनेको बदर हुनुपर्छ भन्ने रिट निवेदन जिकिर तर्क कानुनसंगत देखिन आएन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८५ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/२६  संयुक्त इजलास  २१७७
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं. १० बस्ने देवराज अधिकारी बिरुद्ध विपक्षी/वादी : श्री बागमती अञ्चलाधीशको कार्यालयसमेत

(१) निवेदन लेखाई बमोजिम कागज नगराइएको भन्ने लिखितजवाफ आएको र यदि निवेदन लेखाई बमोजिम कागज गराएको भए पनि गराइएको कागजको कानुनी मान्यता समेत नहुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/१०/१९  संयुक्त इजलास  २२०९
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा कास्कीमा थुनामा बस्ने पूर्णबहादुर श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : प्र.ह.नेत्रबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) प्रतिवादीहरूले प्रहरी समक्ष गरेको कागजलाई अन्य प्रमाणहरूले पुष्टाई गरेको समेत हुँदा निजहरूलाई कसूरदार ठहर्याोई भएको इन्साफ मनासिब देखिँदा सदर हुने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८३ - उत्प्रेषण मिश्रित परमादेशको रिट वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/१०/१८  संयुक्त इजलास  २२३५
 पुनरावेदक/ प्रतिवादी : होटल ब्यूस्टार प्रा.लि.का अध्यक्ष का.न.पं.वा.नं.११ बस्ने कूलवीर सिंह तुलाधर बिरुद्ध विपक्षी/वादी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौंसमेत

(१) आर्थिक ऐनले कम्पनी तथा सङ्गठित संस्थाको केवल व्यापारिक आयमा मात्र थप ५ प्रतिशत कर लगाउन सक्ने र उद्योगको आयमा लगाउन नसकिने गरी व्यवस्था गरेको देखिने । (प्रकरण नं. १०) (२) होटल उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०३८ अनुसार उद्योगको वर्गीकरण गर्दा पर्यटन उद्योग अन्तर्गत राखिएको देखिन्छ, यस्तो अवस्थामा कर कार्यालय काठमाडौंले आर्थिक ऐन अनुसार भनी थप ५ प्रतिशत कर लिने गरी गरेको कर निर्धारण आदेशलाई सदर गरी गरेको फैसला आदेश मिलेको नभई त्रुटिपूर्ण हुँदा बदर हुने ठहर्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८२ - आफूलाई गैरकानुनी फाइदा गुठी संस्थानलाई हानी

 फैसला मिति:२०४३/१०/०९  संयुक्त इजलास  २७४०
 पुनरावेदक/ प्रतिवादी : गोरखा जि.मनकामना गा.पं.वडा नं.३ बस्ने गड्डाबहादुर रानामगर बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार वि.प्र.वि., सिंह दरबार

(१) भ्रष्टाचारको लागि बदनियत तत्वको आवश्यकता पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८१ - संस्थाको आफ्नो जिम्माको रकम मासी भ्रष्टाचार गरे भन्ने

 फैसला मिति:२०४३/१०/०९  संयुक्त इजलास  २३१५
 पुनरावेदक/ प्रतिवादी : जि.वारा कवही गोठ गा.पं.वा.नं.४ बस्ने साझा संस्था लि.को बिक्रेता विष्णु कान्तप्रसाद यादव बिरुद्ध विपक्षी/वादी : जि.वारा साझा संघ लि. वाराको पत्रले श्री ५ को सरकार

(१) साझा संस्थालाई बुझाउन पर्ने आफ्नो जिम्माको रकम असूल उपर गरी पाउँ भनी कानुन बमोजिम नालेश गरी असूल उपर गर्न पाउने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८८० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/१०/०८  संयुक्त इजलास  २७९२
 पुनरावेदक/ प्रतिवादी : प्रहरी फोर्सको प्र.स.नि.सम्बोधित प्र.ना.नी.प्रेमबहादुर ठकुरी अञ्चल प्रहरी कार्यालय मातहत सदर ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार गृह मन्त्रालयसमेत

(१) प्रहरी महानिरीक्षकलाई एकपटक रीतपूर्वक बढुवा समितिको सिफारिशमा बढुवा भई बढुवाको पत्र समेत प्राप्त गरीसकेको व्यक्तिलाई भूलबाट नाम उल्लेख हुन गएको रहेछ भनी भइसकेको बढुवालाई रद्द गरी अरु कुनै व्यक्ति बढुवा हुने गरी बढुवा संशोधन गर्ने अधिकार प्रहरी ऐन तथा नियम दुबैले प्रदान गरेको पाइँदैन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु