विस्तृत खोजी

 
 
 
 
 
      

२३ खोजी नतिजाहरु

निर्णय नं. २९२२ - निषेधाज्ञा जारी गरिपाउँ

 फैसला मिति:२०४३/१०/१९  संयुक्त इजलास  २१८२
 पुनरावेदक/ प्रतिवादी : जनकपुर अञ्चल गुठी विकास परियोजना विघठन हुँदा गुठी संस्थानका तर्फबाट अध्यक्ष विष्णुप्रसाद खनाल बिरुद्ध विपक्षी/वादी : ज.न.पं.वार्ड नं. १२ बस्ने शिवशरण यादव

(१) संस्थानले असूल उपर गर्नु पर्ने कूत ठेक्का बाँकी बक्यौता संस्थानले सरकारी बाँकी सरह सम्बन्धित व्यक्तिको धितो वा अन्य जायजेथा लिलाम बिक्री गरी असूल उपर गर्न सक्नेछ भन्ने गुठी संस्थान ऐन, २०३३ को दफा ४१ मा व्यवस्था भएकोले कूत ठेक्का बाँकी बक्यौतामा लिलाम गर्न पाउने कानुनी अधिकार गुठी संस्थानमा निहित भएकै देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९२१ - अंश

 फैसला मिति:२०४३/०८/३०  डिभिजन वेन्च इजलास  २४०७
 पुनरावेदक/ प्रतिवादी : जि.धनकुटा चानुवा गा.पं.वा.नं.१ बस्ने नरबहादुर भट्टराई बिरुद्ध विपक्षी/वादी : जि.धनकुटा चानुवा गा.पं.वा.नं.१ बस्ने गजेन्द्रराम भट्टराईसमेत

(१) फिरादपत्रमा प्रतिवादी बनाइएको रोमनकुमारी भट्टराई र गजेन्द्रराम भट्टराईको अतिरिक्त केशवध्वज, नारायणराम, ध्रवुराम, बशन्त, उज्वल र किरण समेतलाई अंशियार देखाएपछि अ.बं.१३९ नं. बमोजिम निज अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९२० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०८/०९  संयुक्त इजलास  १९०२
 पुनरावेदक/ प्रतिवादी : का.जि.ढुड्डे अड्डा स्थित भ्याली कपडा उद्योगका तर्फबाट ऐ.को साझेदार ऐ.दुगम बबाल बस्ने सविता अग्रवाल बिरुद्ध विपक्षी/वादी : अन्तःशुल्क कार्यालय काठमाडौं डिल्लीबजारसमेत

(१) प्रचलित ऐन अन्तर्गत कुनै उद्योग रजिष्टर्ड हुन्छ भने तत्काल बहाल रहेको ऐनको सुविधा उपभोग गर्न पाउने हक उक्त उद्योगलाई प्राप्त भएको हुन्छ । (प्रकरण नं. १४) (२) सूचना राजपत्रमा प्रकाशित हुनुभन्दा अघि रजिष्टर्ड भई दर्ता भएको उद्योगले सो सूचना प्रकाशित हुनु अघि ऐनद्वारा प्रदान गरिएको सुविधा उपभोग गर्न पाउने नै हुन्छ । यसबाट प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएको सुविधा पाएको उद्योग यसलाई भन्नु पर्ने हुन्छ । उक्त सूचनाले उक्त उद्योगमा निहित भइसकेको हकलाई कुण्ठित गर्छ भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१९ - दर्ता बदर खिचोला, बाटो कायम

 फैसला मिति:२०४३/११/०४  संयुक्त इजलास  २७५५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.११ त्रिपुरेश्वर बस्ने मदनबहादुर श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने हरिप्रसाद खत्री

बाटो समेतको जग्गा प्रतिवादीहरूले लिए पाएको भन्ने कानुनी सबूद प्रमाण समेत प्रतिवादीहरूबाट पेश हुनसकेको देखिँदैन । यस्तो स्थितिमा उक्त उल्लिखित विवादास्पद जग्गालाई सार्वजनिक बाटो ठहराई बागमती अञ्चल अदालतले गरेको फैसलालाई सदर गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०७/२१  डिभिजन वेन्च इजलास  २३२६
 पुनरावेदक/ प्रतिवादी : गुल्मी जिल्ला भनभने गा.पं.वार्ड नं.९ बस्ने ओमबहादुर के.सी. समेत बिरुद्ध विपक्षी/वादी : पहाडी क्षेत्रमा आवादी र वन जड्डल क्षेत्र छुट्याउने समिति गुल्मी जिल्लासमेत

(१) कानुनी रुपबाट गठन नभएको समितिबाट भएको निर्णयलाई कानुनद्वारा अधिकार प्राप्त निकायबाट निर्णय भएको भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०८/२४  संयुक्त इजलास  २५१३
 पुनरावेदक/ प्रतिवादी : पद्मबहादुर घर्तीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : अर्घाखाँची जि.ठाड गा.पं.वडा नं.३ भेंडामारा बस्ने पद्मबहादुर घर्ती

(१) प्रत्यक्ष र भरपर्दो प्रमाणको अभावमा ज्यान जस्तो गम्भीर कसूरको अभियोगमा सजायँ गर्ने भरपर्दो प्रत्यक्ष प्रमाण वादीले पेश गर्न नसकेको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१६ - परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/११/२८  संयुक्त इजलास  २१०६
 पुनरावेदक/ प्रतिवादी : जि.बाग्लुङ् कालिका आदर्श गा.पं.वा.नं.२ बस्ने बाल्लुड्ड जि.अ.का.वि.बिदुरबहादुर मल्ल बिरुद्ध विपक्षी/वादी : पश्चिमाञ्चल क्षेत्रीय अदालत, पोखरासमेत

(१) निजामती सेवाको कुनै पनि पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सो भन्दा माथिको एक शैक्षिक उपाधिको मात्र अंक दिइने छ भन्ने व्यवस्था मुताविक विचारी पदबाट डिठ्ठामा बढुवा गर्ने न्यूनतम शैक्षिक योग्यता पनि विचारी पदमा प्रवेश गर्न आवश्यक दशम् कक्षा उत्तीर्णलाई र सो भन्दा माथिको एक शैक्षिक उपाधि भित्र एस.एल.सी.लाई मान्नु पर्ने स्थिति देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१५ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/११/२८  संयुक्त इजलास  २०५०
 पुनरावेदक/ प्रतिवादी : जि.वर्दिया सोखी गा.पं.का.सचिव प्रदिप गिरी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, पञ्चायत तथा स्थानीय विकास मन्त्रालय हरिहर भवन ललितपुरसमेत

(१) निजामती सेवा नियमावलीको कुनै अधिकारीले व्याख्या गरी प्रयोग गर्दा गरेको व्याख्याबाट कुनै निजामती कर्मचारीलाई मार्का परेमा त्यस्तो मार्का पर्ने कर्मचारीले श्री ५ को सरकारमा पुनरावेदन गर्न पाउने व्यवस्था निजामती सेवा नियमावली, २०२१ को नियम १.३(१) मा उल्लेख भएको पाइने । (प्रकरण नं. ८) (२) वैकल्पिक उपचारको विद्यमानतामा असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१४ - उत्प्रेषण

 फैसला मिति:२०४३/११/२६  संयुक्त इजलास  २२८२
 पुनरावेदक/ प्रतिवादी : भ.पु.न.पं.वार्ड नं. १तौलाछे टोल बस्ने न्हुच्छेकुमार प्रजापतीसमेत बिरुद्ध विपक्षी/वादी : भ.पु.जि.सुडाल गा.पं.वा.नं.३ बस्ने रामबहादुर प्रजापतीसमेत

(१) दिने दाताले चित्त नबुझी धर्मपुत्रले शर्त पूरा नगरेमा त्यस्तो धर्मपुत्रलाई बदर गर्न पाउने लिखतको आधारमा धर्मपुत्रलाई छोरा सरहको मानी जग्गाधनीलाई समेत नबुझी कानुन विपरीत जोत नामसारी गर्ने गरी गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेश द्वारा बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/११/११  संयुक्त इजलास  २१५०
 पुनरावेदक/ प्रतिवादी : तुलजंग गुरुङको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.लमजुड्ड पस गा.पं.वा.नं.६ बस्ने रामबहादुर गुरुङसमेत

(१) चस्मदिद साक्षी एवं ठोस सबुद प्रमाणको अभावमा लाश बरामद नभएको वा मरे बाँचेको स्पष्ट नभएको अवस्थामा ज्यान जस्तो गम्भीर अपराधमा सजायँ गर्नु न्याय एवं कानुनसंगत नहुने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/११/०६  संयुक्त इजलास  २०३७
 पुनरावेदक/ प्रतिवादी : सतन धोवीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : नेपालगञ्ज न.पं.वार्ड नं. १० बस्ने हरिराम धोवीसमेत

(१) अदालत समक्ष आएर कसूर गरेमा इन्कार रहे तापनि निजहरूको प्रहरीमा गरेको बयानमा उल्लिखित परिस्थिति र पोष्र्टमार्टम एवं जाँच मुचुल्काबाट लाशमा पाइएका लक्षणहरू मेल खान आएबाट उक्त बयान समर्थित भएको देखिन आयो । (प्रकरण नं. २४) (२) प्र.को भान्जी नाताको भएको साथै निजले अवैध गर्भ माइतमा बसी बोकेको कारण सो गर्भपतन गराई लोकलज्जाबाट बच्ना खातिर औषधी खुवाएको, सो औषधीबाट ज्यान मर्ला जस्तो लागि खुवाएको समेत मिसिलबाट नदेखिएकोले ज्यान मार्ने मनसाय प्रतिवादीहरूमा भएको नदेखिने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९११ - उत्प्रेषण समेत

 फैसला मिति:२०४३/११/०४  संयुक्त इजलास  २०११
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.बालकुमारी गा.पं.वार्ड नं. १बस्ने लक्ष्मीनारायण न्हुछे श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने तुयसिं फसि श्रेष्ठसमेत

(१) बाली भराई मोहीबाट निष्कासन गरी पाउँ भन्ने निवेदकको उजूरी परेपछि कूत बुझाउन मन्जूर भएको कुरालाई आधार लिएको देखिँदा यस्तो आधारलाई न्यायिक आधार मान्न मिलेन मोही निष्कासन गर्दा अन्य मोहीमा नराम्रो प्रभाव पर्न जाने भनी उल्लेख गरेको आधार पनि न्यायिक एवं कानुनी नभई हचुवा किसिमको देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९१० - उत्प्रेषण समेत

 फैसला मिति:२०४३/११/०३  संयुक्त इजलास  २०९६
 पुनरावेदक/ प्रतिवादी : एभरेष्ट रोलिङ इण्डष्ट्रिज प्रा.लि.भैरहवाको तर्फबाट ऐ.को सञ्चालक का.न.पं.वार्ड नं. ९ गौशाला बस्ने सुरजमल भगत बिरुद्ध विपक्षी/वादी : कर कार्यालय भैरहवासमेत

(१) निर्णय मितिबाट मात्र लागू हुने भनी निर्णय भइसकेको देखिँदा पश्चातदर्शी निर्णय भनी मान्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९०९ - उत्प्रेषणको आदेश वा अन्य आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/११/०३  संयुक्त इजलास  २१८९
 पुनरावेदक/ प्रतिवादी : जि.झापा शनिश्चरे गा.पं.वडा नं.२ बस्ने अमरदास नेपाल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने जङ्गली चौधरीसमेत

(१) एउटै जग्गा दुई पक्षले बिक्री वितरणमा पाउँ भनी आफ्नो आफ्नो सबूद प्रमाण पेश गरी निवेदन दिएपछि सो दुवै निवेदन साथै राखी दुबै पक्षको सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९०८ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/१०/२९  संयुक्त इजलास  २१९१
 पुनरावेदक/ प्रतिवादी : लक्ष्मी पाउरोटी भण्डार प्रा.लि.नागढुड्डा पोखराको अध्यक्ष, जि.कास्की, पोखरा न.पं.वा.नं.९ नागढुड्डा बस्ने गगनचन्द्र पालिखे बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, अर्थ मन्त्रालय, कर विभाग लाजिम्पाट काठमाडौंसमेत

(१) औ.व्य.ऐन, २०३० को दफा १४(२) मा यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरी यो ऐन प्रारम्भ हुँदाको बखत कुनै पनि सुविधा वा सहुलियत उपभोग गर्न नपाएको भए यसै ऐन बमोजिमको सहुलियत वा सुविधा उपभोग गर्न पाउनेछ भन्ने व्यवस्था भएको समेतले निवेदकको उद्योगले आयकर छूट सुविधा पाउने नै देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९०७ - करार बमोजिम साँवा ब्याज भराई पाउँ

 फैसला मिति:२०४३/०८/१९  संयुक्त इजलास  २३१६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.१० बानेश्वर महादेवस्थान विद्यासदन बस्ने प्रभा श्री अग्रवाल बिरुद्ध विपक्षी/वादी : का.न.पं.वा.नं.२५ मखन गल्ली हिल भ्यू होटल बस्ने सुरजमान शर्मासमेत

(१) सम्बन्धित विशेषज्ञले प्रष्टरुपमा राय व्यक्त गरी सकेकोलाई अदालतले अन्यथा सम्झने स्थिति नरहने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९०६ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने

 फैसला मिति:२०४३/०८/१५  संयुक्त इजलास  २०७१
 पुनरावेदक/ प्रतिवादी : जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको माधव श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : मा.मु.न्यायाधीश मध्यमाञ्चल क्षेत्रीय अदालत, तत्कालीन केन्द्रीय कारागार निरीक्षक प्रमुखसमेत

(१) एकै मानिसलाई एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो हद ननाघ्ने गरी एकै वा धेरै मुद्दामा एकै वा धेरै कलममा गरी कैद ठेक्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९०५ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/२७  संयुक्त इजलास  २२३९
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२५ मखन टोल बस्ने कृष्णलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : प्र.जि.अ.जिल्ला कार्यालय काठमाडौंसमेत

(१) मालपोत निखन्न दिन मञ्जूर नगरे दावी लिएको सम्पत्ति रजिष्ट्रेशन भएको लिखत वा अड्डामा रहेको श्रेस्ताबाटै निखन्न दिनु पर्नेमा दिन इन्कार गरेको देखिएमा रजिष्ट्रेशन गर्ने अड्डाबाटै निखनाई दिने फैसला गर्नु पर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९०४ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/२६  संयुक्त इजलास  २१२२
 पुनरावेदक/ प्रतिवादी : ओखलढुड्डा जिल्ला कुन्तादेवी गा.पं.वार्ड नं. ४ गहने गाउँ बस्ने नरबहादुर राई बिरुद्ध विपक्षी/वादी : सोलुखुम्बू जिल्ला नेचावतासे गाउँ पञ्चायत स्थित श्री हिमालय दर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक हुतराज बस्नेतसमेत

(१) लिखत सही निवेदकको हो होइन भनी सद्दे किर्ते रिट क्षेत्रबाट छुट्याउन नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९०३ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/१२  संयुक्त इजलास  २१६७
 पुनरावेदक/ प्रतिवादी : जि.झापा घैलाडुब्बा गा.पं.वार्ड नं.४बस्ने वर्ष ७१को थितुलाला राजवंशी बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार कार्यालय झापासमेत

(१) कानुन बमोजिम जग्गावालाले कूत बुझी नलिएको अवस्थामा मोहीले स्थानीय पञ्चायतमा कूत बमोजिम भन्दा बढी रकम धरौट राखेकोमा जग्गाधनीले सो कूत बुझी लिन पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु