विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २६४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०१  सिङ्गल बेञ्च इजलास  २२८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला गोर्खा, गाइखुर गा.पं.वडा नं.१ भेटलटार बस्ने दुर्गे कुमाल बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, गोर्खासमेत

(१) बाली बाँकी रहेको आधारमा मोही निष्कासन गर्ने गरेको निर्णयलाई कानुनी त्रुटिपूर्ण भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. ६) (२) विलम्ब गरी पर्न आएको निवेदनबाट विचार गर्न सकिने अवस्था नहुने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६४२ - लिखित बदर

 फैसला मिति:२०४३/०२/२८  डिभिजन वेन्च इजलास  २२२१
 पुनरावेदक/ प्रतिवादी : सिद्धार्थ नगर न.पं.वडा नं.८ भैरहवा बस्ने खिलप्रसाद तिमील्सीना बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.समेलार आदर्श गा.पं.वडा नं.८ बस्ने पद्‌मनाथ उपाध्याय

(१) वादीले गरी लिएका ०२४ सालको राजीनामामा उल्लिखित जग्गामा वादीले चलन समेत पाउने गरी शुरुले गरेको इन्साफ मनासिब ठहराई गरेको इन्साफमा कानुनी त्रुटि देखिन नआउने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६४१ - अंश

 फैसला मिति:२०४३/०२/२२  डिभिजन वेन्च इजलास  २२८३
 पुनरावेदक/ प्रतिवादी : धादिङ, कटुङ्जे गा.पं.वडा नं.१ मजुवा बस्ने बटकबहादुर सापकोटा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने लोकबहादुर सापकोटा

(१) छुट्टिएकोमा सबै अंशियारको मुख मिलेको र आफ्नो आफ्नो भाग जिम्मा समेत गराई लिएको र दर्ता समेत छुट्टाछुट्टै भएको मिसिलबाट देखिँदा प्रतिवादीबाट वादीले अंश नपाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६४० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/२०  डिभिजन वेन्च इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ दादरवैरिया गा.पं.वार्ड नं. ९ बस्ने सतनलाल राय अमात बिरुद्ध विपक्षी/वादी : श्री प्रधानपञ्च दादरवैरिया गा.पं.का.मोरङसमेत

(१) मोहीको लगत काट्ने निर्णय गर्ने अधिकार विपक्षी मालपोत कार्यालय समेतलाई भएको नपाइने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३९ - उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०६  डिभिजन वेन्च इजलास  २२१३
 पुनरावेदक/ प्रतिवादी : जि.गुल्मी गा.पं.तुराङ वार्ड नं. १ मजुवा बस्ने घनश्याम गौतम बिरुद्ध विपक्षी/वादी : पहाडी क्षेत्रमा आवादी र वन जंगल छुट्याउने समितिका अध्यक्ष एवं जिल्ला वन नियन्त्रक कार्यालय गुल्मीका वन नियन्त्रक कृष्णहरि गौतमसमेत

(१) वैधता कायम गर्ने प्रमाणको अभावमा कानुन बमोजिम गठन भएको हो भनी यकीन गर्नसक्ने अवस्था नरहने । (प्रकरण नं. १०) (२) समितिको गठन नै कानुन अनुरुप भएको नदेखिँदा त्यस्तो अनाधिकृत समितिबाट भएको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०२/२२  डिभिजन वेन्च इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु होमवानीपुर गा.पं.वडा नं.९ कटैया बस्ने चमारी थारु बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) लाश गाडेको देखिएको हुँदा ज्यानसम्बन्धीको ४ नं. अनुसार थप कैद ६ महीना र ज्यानसम्बन्धीको २५ नं. अनुसार २० जरिवाना हुन्छ, भन्ने ठहराएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ४३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३७ - उत्प्रेषण

 फैसला मिति:२०४३/०२/२३  डिभिजन वेन्च इजलास  २०८६
 पुनरावेदक/ प्रतिवादी : वारा श्रीनगर वैरिया गा.पं.वडा नं.७ बस्ने द्वारिका राय यादव बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, वारा, कलैयाका भूमिसुधार अधिकारीसमेत

(१) निवेदन दिई ऋण साधन हुने ठहरेपछि जुन जग्गा भोगबन्धकीमा लेखाएको हो सो जग्गाकै मोही कट्टा गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/११/२१  डिभिजन वेन्च इजलास  २३७६
 पुनरावेदक/ प्रतिवादी : बलिभद्र शर्माको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : डोटी घटाल गा.पं.देवलगाउँ बस्ने रामबहादुर भन्ने पद्‌मबहादुर लामा

(१) प्रत्यक्ष एवं ठोस प्रमाणको अभावमा कसैलाई सजायँ गर्नु न्यायोचित नहुने । (प्रकरण नं. २२) (२) प्रमाणको अभावमा कुनै व्यक्ति उपर सिर्फ अनुमानको भरमा अभियोग लगाउन न्यायको दृष्टिले नमिल्ने । (प्रकरण नं. २३) (३) चस्मदिद गवाह तथा ठोस एवं प्रत्यक्ष प्रमाणको अभाव रहेको अवस्थामा अभियोग लगाएको व्यक्ति फरार रहनु नै अभियोग स्वीकारेको कल्पना गरी सजायँ गर्नु न्यायको औचित्यताले नमिल्ने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३५ - दर्ता बदर

 फैसला मिति:२०४३/०२/०७  डिभिजन वेन्च इजलास  २१६४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं. ४ बस्ने भगतबहादुर मगर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं.३२ डिल्लीबजार बस्ने लोकबहादुर श्रेष्ठ

(१) हक नै नपुग्ने जग्गा छोडपत्र गरी दिएको आधारमा दर्ता गराएको देखिँदा वादी दावा बमोजिम दर्ता बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३४ - उत्प्रेषणको परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०४  डिभिजन वेन्च इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.लेले गा.पं.वार्ड नं.९ बस्ने नारायणबहादुर महत बिरुद्ध विपक्षी/वादी : प्रहरी महानिरीक्षक प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाडौं

(१) कानुनले प्रदान गरेको अधिकार क्षेत्र बाहिर गई भएको निर्णय बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३३ - चलन चलाई पाउँ

 फैसला मिति:२०४३/०१/३०  डिभिजन वेन्च इजलास  २३२०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.९ बत्तिसपुतली बस्ने ईश्वरी बाबा शाह बिरुद्ध विपक्षी/वादी : ऐ.सितापाइला गा.पं.वडा नं.१ लामथुकी बस्ने मोहनबहादुर लवटसमेत

सुरक्षित किसानी हक प्राप्त गर्नु अगावैदेखि कि.नं. २४६ मा घर भएको देखिएबाट जग्गावालाको घर मान्नु पर्ने स्थिति देखियो । घरजग्गा कमाउने व्यक्तिले मोही हक पाउन नसक्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३२ - उत्प्रेषण

 फैसला मिति:२०४३/०२/३०  डिभिजन वेन्च इजलास  २२२७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वा.नं.५ लगनखेलकुमारीपाटी बस्ने लक्ष्मी शाक्य बिरुद्ध विपक्षी/वादी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय, ललितपुरसमेत

(१) ढल निकास खुलाउने विषयमा जिल्ला कार्यालयको अधिकार क्षेत्रभित्र पर्न आउने कुनै कानुनी प्रावधान भए गरेको नपाइने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३१ - उत्प्रेषण

 फैसला मिति:२०४३/०२/३०  डिभिजन वेन्च इजलास  २१३९
 पुनरावेदक/ प्रतिवादी : जि.नुवाकोट थानसिं गा.पं.वा.नं.८ वेलासपुर बस्ने धर्मप्रसाद पाठक बिरुद्ध विपक्षी/वादी : अम्बरराज पाठकसमेत

(१) माग बमोजिमको आदेश जारी गर्न मिल्ने कानुनी आधार प्रमाणिक अवस्था विद्यमान रहे भएको नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६३० - उत्प्रेषण

 फैसला मिति:२०४३/०२/०४  डिभिजन वेन्च इजलास  २११६
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वडा नं.७ दुपाट टोल बस्ने पुलाल महर्जनसमेत बिरुद्ध विपक्षी/वादी : ल.पु.न.पं.वडा नं.७ दुपाट टोल बस्ने गणेशलाल महर्जनसमेत

(१) तेरो मेरोमा उजूर गर्न अदालतमा जानु भनी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) बमोजिम सुनाउनु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/१५  डिभिजन वेन्च इजलास  १९९९
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही गा.पं.मलंगवा वार्ड नं.९ बस्ने महेशनारायणलाल कायस्त बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भू.सु.का.सर्लाहीसमेत

(१) न्यायिक आधार नदेखाई वादी दावी बमोजिमको कूत वादीले भरी पाउने र मोही हक यथावत रहने ठहर्छ भनी प्रत्यर्थी भूमिसुधार अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२८ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/१२  डिभिजन वेन्च इजलास  २२३५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला वारा छाता पिपरा गा.पं.वडा नं.३ बस्ने हरिहर सा बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, वारा, कलैया बजारसमेत

(१) दावी नै नभएको कुरामा गाउँ पञ्चायत कार्यालयले गरेको निर्णय कानुनको त्रुटिपूर्ण हुनुको साथै भूमिसुधार कार्यालयले भू.सु.अधिकारीको अधिकार क्षेत्रभित्र पर्ने उजूरीलाई गाउँ पञ्चायत कार्यालयमा पठाएको काम कारवाही समेत कानुनको त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०८  डिभिजन वेन्च इजलास  २२५२
 पुनरावेदक/ प्रतिवादी : जि.वारा भतौडा गाउँ पञ्चायत वडा नं.६ बस्ने बालदेव शाह कानू बिरुद्ध विपक्षी/वादी : जि.वारा भतौरा गा.पं.वडा नं.६ बस्ने रमपतिया देवी कनुइनसमेत

(१) जग्गा धनीले पत्याएका व्यक्तिलाई मोहियानी हक प्राप्त हुने ऐनले व्यवस्था गरेकोलाई गलत व्याख्या गर्दै नजिक हकदार मोहीको पत्नीीलाई मोही नामसारी हुने भनी गरेको भूमिसुधार कार्यालय बाराको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०६  डिभिजन वेन्च इजलास  २४५०
 पुनरावेदक/ प्रतिवादी : पर्सा बसन्तपुर गा.पं.वडा नं.८ डमरापुर बस्ने नथुनी गौरा थारु बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, पर्साका श्री भूमिसुधार अधिकारीसमेत

(१) भोगबन्धकीमा भोगेको जग्गामा मोहियानी हक कानुन बमोजिम कायम रहन नसक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०८  डिभिजन वेन्च इजलास  २१६५
 पुनरावेदक/ प्रतिवादी : सर्लाही, मलगंवा गा.पं.वडा नं.७ बस्ने जयकरण राय यादव बिरुद्ध विपक्षी/वादी : सर्लाही मलगंवा गा.पं.वडा नं.८ बस्ने बद्रीमाया जोशीनीसमेत

(१) प्रतिवाद गर्ने मौका नै नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई कानुनी त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६२४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/११/३०  डिभिजन वेन्च इजलास  २३२५
 पुनरावेदक/ प्रतिवादी : पर्सा हरिहरपुरबिर्ता गा.पं.वडा नं.९ बस्ने मनसहिद मियाँ धोबीसमेत बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमिसुधार कार्यालय पर्साका भू.सु.अ.श्री महन्त झासमेत

(१) दर्ता किताबमा सच्याएको सूचना मोहीले प्राप्त गरेपछि मात्र मोहीले जग्गा छाडेको मान्नु पर्ने । (प्रकरण नं. १०) (२) छुट्टाछुट्टै निवेदन परेकोमा कानुन बमोजिम छुट्टाछुट्टै निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु