विस्तृत खोजी

 
 
 
 
 
      

२० खोजी नतिजाहरु

निर्णय नं. ४०३३ - उत्प्रेषण

 फैसला मिति:२०४५/११/१५  एक न्यायाधीशको इजलास  २१७१
 पुनरावेदक/ प्रतिवादी : जि. कञ्चनपुर महेन्द्रनगर न.पं.वडा नं. ८ बस्ने नैनसिंह विष्ट बिरुद्ध विपक्षी/वादी : महाकाली अञ्चल अदालत, कञ्चनपुरसमेत

 तह तह हुँदै प्रमाणको मूल्यांकन गरी अधिकार प्राप्त निकायबाट कानुनले व्यवस्था गरे बमोजिम अन्तिम ठहर भइसकेकोमा तथ्य भित्र प्रवेश गरी असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०३२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/११/३०  संयुक्त इजलास  ३०३०
 पुनरावेदक/ प्रतिवादी : घिसन यादवको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : रुपन्देही जिल्ला हनैया गा.पं.वार्ड नं. ६ बस्ने बिक्रम यादव अहिरसमेत

 साधारण कुटपिट भएको ठाउँमा एक पक्षले अर्को पक्षलाई ‘मारो’ भन्ने शब्द प्रयोग भई कुटपिट हुनु खास गरी यो वारदात स्थल रुपन्देही जिल्लामा साधारण चलन चल्तीमा आउने भाषा भएकोले सो प्रयोग भएको शब्दबाट भएको वारदातको परिप्रेक्षमा ज्यानै मारिदेउ भनी बचन दिएको अर्थ लगाउन मिल्ने देखिन नआएकोले साधारण लात मुक्काले कुटपिट भइरहेको ठाउँमा आई पुगी ‘साले चमारलाई मार’ भनी कुटपिट गर्ने छोरालाई भनेकै देखिए पनि त्यसबाट ज्यानै मारिदेउ भनी बचन दिएको भन्न नमिल्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०३१ - ज्यान

 फैसला मिति:२०४६/११/१६  संयुक्त इजलास  २१३१
 पुनरावेदक/ प्रतिवादी : जि. दार्चुला सितौला गा.पं. वार्ड नं. ७ घर भई हाल दार्चुला कारागारमा थुनामा रहेको नथुवा देउरुखी बिरुद्ध विपक्षी/वादी : सितौला गा.पं. को जाहेरीले श्री ५ को सरकार

 लाश नै नभेटिएकोबाट मृतक खीर खाएको कारणबाट मरेको वा कुटपिटबाट मरेको भन्ने यकीन नभएको सो यकीन बेगर सजायँ गर्न नमिल्ने भन्ने हकमा यही कुराको जिकिर सहअभियुक्तले पनि आफ्नो बयानमा लिएको भए पनि लाश आफैंले गाड्न लगेमा सावित भएकोबाट कुटपिटकै चोटबाट मृत्यु भएको ठहर्यााई निजलाई सजायँ भई भएको फैसला अन्तिम रहेकोले पुनरावेदक तर्फको यो जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०३० - राजकाज

 फैसला मिति:२०४६/११/३०  संयुक्त इजलास  २७११
 पुनरावेदक/ प्रतिवादी : प्र.ना.नि. देवेन्द्रबहादुर समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. रुपन्देही कम्हरिया गा.पं. वार्ड नं. २ बस्ने अम्बरबहादुर जि. सी.समेत

 बहस तथा पुनरावेदनबाट जुन आधारहरु देखाई वारदात भए गरेको भनी देखाउन खोजिएका छ सो एउटा प्रहरीको प्रतिवेदन मात्र देखिएको छ र त्यसको समर्थन अरु स्वतन्त्र प्रमाणबाट भएको पाइँदैन, जो पर्चा टाँसिएको भनिएको छ सो पर्चा यिनै अभियुक्तहरुले टाँसेको भन्ने पनि कुनै सबूद आएको पाइँदैन । सरजमीनको कुराले पनि अदालतमा बकपत्र भई प्रमाण ऐन, २०३१ ले व्यवस्था गरे बमोजिम प्रामाणिक रुप लिनसकेको समेत नदेखिएकोले क्षेत्रीय अदालतको इन्साफमा तल माथि गर्नु पर्ने कुनै अवस्था नदेखिने । (प्रकरण नं. ४१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२९ - जग्गा दर्ता बदर

 फैसला मिति:२०४६/११/०३  संयुक्त इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : जि. कास्की पो.न.पं. वडा नं. १७ पार्दी बस्ने बुद्धिबहादुर भट्टराई बिरुद्ध विपक्षी/वादी : जि. कास्की पो.न.पं. वडा नं. ६ वैदाम बस्ने धर्मराज भट्टराई

 प्रतिउत्तर दिंदा प्रतिवादीले जग्गा वादीहरुको हो भनेको छैन त्यसकारण त्यसबेला साझा भनेको आधारमा यो प्रतिवादीले हाल आफ्नो नाममा दर्ता गराउन मिल्ने होइन । निज बिवन्धित हुनुपर्दछ भन्न उचित नहुने । (प्रकरण नं. १५)  मुद्दा पर्दापर्दैको अवस्थाको नापीलाई मान्यता दिन नमिल्ने भन्ने हो भने पनि वादी आफूले पनि नापी गराएको तथ्य र प्रतिवादीले नापी गराएकोमा वादीले उजुर गरेको नदेखिएको तथ्यलाई नकार्न नसकिने । (प्रकरण नं. १६)  वादी प्रतिवादीले आ–आफ्नो भोगको आधारमा नापीका समयमा दर्ता गराएकोमा कुनै पनि पक्षबाट विवाद आएको नदेखिएको र उक्त जग्गाको सम्बन्धमा हक छाडेको वा अंशबण्डाको लिखतको अभावमा प्रतिवादीले दर्ता गराएको फेवाताल पुरुवा खेतको कि.नं. १०१० को जग्गाको दर्ता बदर नहुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२८ - लेनदेन

 फैसला मिति:२०४६/१०/२९  संयुक्त इजलास  २४६०
 पुनरावेदक/ प्रतिवादी : का.प.जि. नाला गा.पं. वडा नं. ५ बस्ने कमलबहादुर खत्री क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा ५ बस्ने डिल्लीप्रसाद सापकोटा

 क्षेत्रीय अदालतमा अनुमतिको माध्यमबाट फैसला भई तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को व्यवस्था अन्तर्गत स.अ.मा अनुमति लाग्न सक्ने व्यवस्था भएकोमा प्रस्तुत मुद्दामा उक्त दफा १३(५) मा वर्णन गरेको अवस्था विद्यमान भएको पाइएन । तसर्थ सर्वोच्च अदालतमा पुनरावेदनको अनुमति नै लाग्न नसक्ने अवस्थामा पुनरावेदनको अनुमति प्राप्त भएको प्रस्तुत पुनरावेदन खारेज हुने । (प्रकरण नं. १४, १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२७ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/२८  संयुक्त इजलास  २६६६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ३ स्थित मिनु तयारी पोशाक उद्योगको प्रो.गगन थापा बिरुद्ध विपक्षी/वादी : रा.वा.बैंक, केन्द्रीय कार्यालय, काठमाडौंसमेत

 बैंकलाई लेखेको निवेदनमा विभिन्न शर्तमा लिएको रकम तिर्न मञ्जुर गरेको देखिन आएको हुँदा तिर्नु बुझाउनु पर्ने कर दायित्व तिर्न बुझाउन मञ्जुर गरी साझेदारी फर्म छोडपत्र गराई लिएपछि तिर्नु बुझाउनु पर्ने रकम नबुझाई कारोवार रोक्का गरिएकोमा निजको कारणबाट आफ्नो फर्मको कारोवार रोक्का गर्न नमिल्ने भन्ने रिट निवेदकको जिकिर मनासिब नदेखिई निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२६ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/२८  संयुक्त इजलास  २४९४
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा न.पं. वार्ड नं. ४ बस्ने दि टिम्बर कर्पोरेशन अफ नेपाल लि.मा पाँचौ तहमा कार्यरत द्वारिकानाथ ढकाल बिरुद्ध विपक्षी/वादी : दि टिम्बर कर्पोरेशन अफ नेपाल लि. बबरमहलसमेत

 रिटनिवेदकले निलम्बन भएको र नोकरीबाट बर्खास्त भएको अवधिदेखि सामान्य सिद्धान्त, २०४३ मा नयाँ व्यवस्था हुनु पूर्वको अवधिको तलब भत्ता र सुविधा पाउने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२५ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/१२/१२  संयुक्त इजलास  २४१७
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं न.पं. नयाँ बजार घर भई हाल थुनामा रहेको वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीसमेत बिरुद्ध विपक्षी/वादी : प्रधानमन्त्री, मन्त्रीपरिषद सचिवालय, सिंहदरबारसमेत

 कसैलाई नजरबन्द राख्नु पर्ने जस्तो नागरिकको मौलिक स्वतन्त्रतामा असर पर्न जाने कार्य गर्दा अधिकार प्राप्त अधिकारीले वस्तुनिष्ट तरीकाले बहुत सावधानीपूर्वक ऐनमा भएको व्यवस्थालाई अक्षरशः पालना गर्नु पर्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२४ - खुन डाँका

 फैसला मिति:२०४६/११/१४  संयुक्त इजलास  २४३१
 पुनरावेदक/ प्रतिवादी : नुनुलाल समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्तरी बरमझिया गा.पं. वार्ड नं. ३ बस्ने जलिम शेखमियाँ

 प्रमाण रहितको इन्कारीले प्रमाणको भूमिका तबसम्म निर्वाह गर्न सक्दैन, जबसम्म अन्य संकलित प्रमाणबाट इन्कार अभियुक्त उपरको अभियोग प्रमाणित हुने अवस्था देखिँदैन । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२३ - जालसाजी कीर्ते

 फैसला मिति:२०४६/११/२१  संयुक्त इजलास  ३०३६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बर्दिया सौरहवा गा.पं. वार्ड नं. ८ घर भई नेपालगञ्ज बस्ने शिवबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : जिल्ला बर्दिया सौरहवा गा.पं. वार्ड नं. ८ बस्ने भागिरथी लामिछानेसमेत

 कीर्ते जालसाजी मुद्दामा भएको लिखत कीर्ते जालसाज भनी दावी लिनु मात्र पर्याप्त हुँदैन, कीर्ते जालसाज भएको देखिनु पर्दछ अनि सो कुरा विशेषज्ञको राय संकलित प्रमाणबाट प्रमाणित हुनु पर्दछ, यी प्रमाणको अभावमा कीर्ते जालसाजको अपराध अनुमानबाट प्रमाणित हुन नसक्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२२ - उत्प्रेषण लगायत परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/१२/२८  संयुक्त इजलास  २५७९
 पुनरावेदक/ प्रतिवादी : त्रिभुवन न.न.पं. वार्ड नं. ३ हाल महेन्द्र संस्कृत विश्वविद्यालय जनता विद्यापिठका सहायक प्राध्यापक शंकरसिंह थापासमेत बिरुद्ध विपक्षी/वादी : महेन्द्र संस्कृत विश्वविद्यालय कार्यकारी परिषद्समेत

 विज्ञापन प्रकाशित गर्न पाउने अधिकार महेन्द्र संस्कृत विश्वविद्यालय नियमावली, २०४४ को परिच्छेद ५ को उपनियम ५–२ ले कुलसचिवलाई रहेकोमा निवेदकहरु सहमत नै रहेको पाइन्छ । यस स्थितिमा, निवेदकहरु समेतले अनिवार्य रुपमा परिपालना गर्नु पर्ने, विश्वविद्यालयको नियमावली अनुकूल नै प्रकाशित विज्ञापनलाई अन्यथा भन्न मान्न नमिल्ने । (प्रकरण नं. १०)  प्रकाशित विज्ञापन बमोजिम आवेदन दिई लिखित परीक्षामा सम्मिलित समेत भई परीक्षामा असफल भएपछि मात्र सो विज्ञापनलाई चुनौती दिन, अन्यथा प्रमाणित गर्ने प्रयास गर्ने निवेदकहरु पूर्णतः बिवन्धित देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२१ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/०५  संयुक्त इजलास  २३५१
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा न.पं. वडा नं. १० बस्ने जनमुखी कन्स्ट्रक्सन (प्रा.) लि.को मैनेजिङ डाइरेक्टर हरिकृष्ण विष्ट बिरुद्ध विपक्षी/वादी : सेती अञ्चलाधीश कार्यालयका अञ्चलाधीश श्री भीमबहादुर गुरुङसमेत

 अञ्चलाधीश कार्यालयलाई घरायसी लेनदेन व्यवहारमा कारवाही गर्न पाउने अधिकार प्रचलित कानुनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. १०)  ठाडो उजुरीमा कुनै कारवाही नगर्दा प्रशासनको प्रभावकारीतामा प्रतिकूल असर पर्न जाने भएको भन्ने जिकिर लिएको देखिन्छ, प्रशासकीय प्रभावकारिता कायम राख्न लेनदेनको विषयमा कारवाही चलाई तारेखमा राखिएको भन्ने तर्क कानुनसंगत नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०२० - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४६/११/२२  संयुक्त इजलास  २४०३
 पुनरावेदक/ प्रतिवादी : बुटवल न.पं.वडा नं. ६ बस्ने दशरथमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, काठमाडौंसमेत

 शुरु अदालतमा मुद्दा दायर रहेको विषयमा अनुकूल वा प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने, अदालतमा दायर रहेको मुद्दाबाट नै विवादित जग्गा तथा प्रस्तावित लिलामको सम्बन्धमा निरोपण हुनसक्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०१९ - प्रतिषेध

 फैसला मिति:२०४६/११/२२  संयुक्त इजलास  २४७०
 पुनरावेदक/ प्रतिवादी : चितवन जिल्ला, पदमपुर गा.पं. वडा नं. ४ बस्ने रामप्रसाद घिमिरे बिरुद्ध विपक्षी/वादी : नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगन्जसमेत

कर्जा लिने निवेदक हो होइन वा कुन व्यक्तिले बैंकबाट कर्जा लिएको हो र कुनले होइन भनी तथ्यको विवादमा प्रवेश गरी रिट क्षेत्रबाट तथ्यको निराकरण गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०१७ - लिखत दर्ता बदर

 फैसला मिति:२०४६/११/०८  संयुक्त इजलास  २२७७
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज न.पं. वा.नं. १२ बस्ने पासपतप्रसाद शाह तेली बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने दिलीपप्रसाद भन्ने दलिपनारायण वर्णवाल

 मुद्दा पर्दापर्दै घर जग्गा खरीद गरी लिएकोमा उक्त मुद्दाबाट घरजग्गाको तेरो मेरोमा जे जस्तो निर्णय हुन्छ सोही अनुकूल राजीनामाको कानुनी स्थिति हुने । (प्रकरण नं. १४)  घर जग्गामा बिक्री गर्नेको हक समाप्त भएको अवस्थामा सो व्यक्तिबाट हक प्राप्त गर्नेको हक कायम रहन नसक्ने । (प्रकरण नं. १४)  आफूमा निहित हक भन्दा बढी हक हस्तान्तरण गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०१६ - ज्यान

 फैसला मिति:२०४६/१२/०६  संयुक्त इजलास  २४४३
 पुनरावेदक/ प्रतिवादी : हिमबहादुर बस्नेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : सि.पा.जि. ताला माराङ गा.पं. वडा नं. ६ बस्ने गौथली भन्ने हर्ककुमारी बस्नेत

 जीवित बच्चा जन्माई कर्तव्य गरी मारेको भनी पोल गरेको स्थितिमा निर्दोष रहेछ भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १४)  आफ्नो लोग्ने छोरा छोरी जाहान परिवार समेतको सामाजिक अपगालबाट बच्न र लोकोपबादबाट मुक्ति हुनको लागि अपराध गरेको स्थितिमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भनी अ.बं. १८८ नं. बमोजिम राय लगाएको शुरु र अञ्चल अदालतको सदर गरेको राय मिलेकै देखिँदा अपराध गरेको अवस्था समेतबाट निज प्रतिवादीलाई अ.बं. १८८ नं. ले कैद वर्ष ५ पाँच हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०१५ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/१२/०७  पूर्ण इजलास  २२१६
 पुनरावेदक/ प्रतिवादी : नाइजेरिया घर भई काठमाडौंमा कारागार शाखा थुनामा रहेको मार्टस पिटरसमेत बिरुद्ध विपक्षी/वादी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत

 शुरु अदालतको इन्साफ सदर नभई उल्टी वा केही उल्टी भई शुरुको सजायँ भन्दा थप वा घट हुने ठहराई पुनरावेदन अदालतबाट निर्णय भएको खण्डमा अ.बं. २०३ नं. बमोजिम थप सजायँ हुनसक्ने नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०१४ - लिखत दर्ता बदर गरी दर्ता गरी पाउँ

 फैसला मिति:२०४६/१२/०७  पूर्ण इजलास  २७६२
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज न.पं. वा.नं. ८ बस्ने मानकीदेवी रौनियारसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने विष्णुप्रसाद रौनियारसमेत

 आफ्नो पालाको आर्जन बिक्री गर्न अंशियारको मञ्जुरी लिनु नपर्ने आफूखुस गर्न पाउने । (प्रकरण नं. १८)  केवल वादीहरुको लेखाईको भरमा मात्रै प्रतिवादीको नाममा पैतृक सम्पत्तिबाट खरिद गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०१८ - प्रतिषेध लगायत आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/११/०८  संयुक्त इजलास  २३५३
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि. ठैव गा.पं.वडा नं. ३ बस्ने ज्ञानलाल महर्जन बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय, ललितपुरसमेत

 बाली रोक्का राख्ने आदेश दिने अधिकार जिल्ला कार्यालयलाई नभएको । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु