विस्तृत खोजी

 
 
 
 
 
      

३७ खोजी नतिजाहरु

निर्णय नं. १८०३ - लिखत नामसारी दर्ता बदर

 फैसला मिति:२०४०/१०/०५  डिभिजन वेन्च इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : नुवाकोट जिल्ला कुमारी गा.पं.वडा नं.९ ढुंगाना गाउँ बस्ने युवकुमारी न्यौपाने बिरुद्ध विपक्षी/वादी : का.जि.जितपुर गा.पं.वार्ड नं.२ जितपुर गैरी गाउँ बस्ने टिका देवी ढकाल्नी

(१) नक्साबाट समेत विवादित झगडा परेको खेत वादीको राजीनामाको कित्ता भित्र मिल्न भिडन आएको समेत देखिँदा त्यस्तो जग्गा प्रतिवादीले नामसारी दर्ता गरी बिक्री गरेको कायम रहन्छ भन्न न्यायोचित नहुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०२ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/१५  डिभिजन वेन्च इजलास  २२३९
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.सैबु गा.पं.वार्ड नं.७ खोकना थलाछे टोल बस्ने धनलाल महर्जन समेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी जय नारायण मण्डलसमेत

(१) स्थानीय पञ्चायतले गर्दै नगरेको निर्णयलाई गरेको छ भनी प्रधानपञ्चले छुट्टै निर्णय गरेकोलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०१ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/०३  डिभिजन वेन्च इजलास  २२५०
 पुनरावेदक/ प्रतिवादी : का.जि.विशालनगर बस्ने वर्ष ७२ को विष्णुप्रसाद अधिकारी बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, काभ्रेपलाञ्चोक

(१) स्कूलको नाममा दर्ता भएको जग्गालाई आफ्नो हकभोगको भए रिट निवेदकले दर्ता बदर गराउन पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८०० - बाली

 फैसला मिति:२०४०/१०/२२  डिभिजन वेन्च इजलास  २३८३
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.न.पं.वडा नं.१४ बस्ने हिराकाजीको मु.स.गर्ने वेखाराज तण्डुकार बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.१५ नघल टोल बस्ने हिरारत्न शाक्य भिक्षू

(१) बीचमा बाली खाने व्यक्तिको हक भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ (४) क, ले समाप्त गरिसकेको । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१०/२७  डिभिजन वेन्च इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : रौतहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ बस्ने धनमा ग्वार्नी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सर्लाहीका भूमिसुधार अधिकारीसमेत

(१) एउटै विवादको विषयलाई लिएर यदि दुवै पटकको निर्णय गर्ने निकाय उही हुन्छ र साविकको निर्णय गैरकानुनी छ भने निरोपण गर्नुपर्ने विवादलाई टुक्र्याउन मिल्दैन । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९८ - हक निखनाई दर्ता बदर

 फैसला मिति:२०४०/१०/२२  डिभिजन वेन्च इजलास  २१६५
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी महेन्द्रनगर गा.पं.वार्ड नं.७ बस्ने फिरन धामीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने वतहु चौधरी थारू समेत

(१) वादीहरूको समेत अंश लाग्ने जग्गा प्रतिवादीले बिक्री गरेको बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/२३  डिभिजन वेन्च इजलास  २१९०
 पुनरावेदक/ प्रतिवादी : जि.झापा काकरभिट्टा गा.पं.वडा नं.३ बस्ने सलमा टुटु सतार्नी बिरुद्ध विपक्षी/वादी : माननीय भूमिसुधार राज्य मन्त्रीज्यूको निजी सचिवालय भूमिसुधार मन्त्रालय समेत

(१) अनुचित विलम्बको सम्बन्धमा कुनै मनासिव माफिकको कारण रिट निवेदीकाले उल्लेख गर्न समेत नसकेको हुँदा यस्तो अवस्थामा असाधारण अधिकारको प्रयोग गरी रिट निवेदीकाको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९६ - ज्यान

 फैसला मिति:२०४०/०९/२२  डिभिजन वेन्च इजलास  २३००
 पुनरावेदक/ प्रतिवादी : गेनिलाल चौधरीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.सिराहा लाहान नगरपञ्चायत वडा नं.८ बस्ने विलट चौधरी थारू समेत

(१) दाँतमा सुन जडान भएको देखिएकोबाट सो दाँत पदमनारायणकै हो भन्ने निष्कर्षमा पुग्न मनासिव नहुने । (प्रकरण नं. ३६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९५ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  २४६०
 पुनरावेदक/ प्रतिवादी : जि.सिन्धुली भीमथान गा.पं.वा.नं.१ शाखा पाडी डाँडा गाउँ बस्ने चूनादेवी आचार्य बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने राजमान नेवार समेत

(१) जोताहा अस्थायी निस्साको आधारमा जग्गामा मोहियानी हकको दावी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०२  डिभिजन वेन्च इजलास  २२८०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.१७ क्षेत्रपाटी बस्ने अष्टमाया श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय काठकाडौंका भूमिसुधार अधिकारी समेत

(१) मोहियानी हक कायम गरिपाउँ भन्ने दावी नभई त्यस कुराको निर्णय गर्नुपर्ने अवस्था नभए पछि मोही कायम हुने प्रमाण समेत ऐनबमोजिम पेश गर्न नसकी भन्ने अप्रासांगिक वाक्यांश सो निर्णयमा बढी लेखिएको देखिएको छ, सो बढी लेखिएको वाक्यांश सम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/१०/०६  डिभिजन वेन्च इजलास  २५१९
 पुनरावेदक/ प्रतिवादी : भोजपुर कारागारमा थुनामा रहेको टेकबहादुर तामाङ बिरुद्ध विपक्षी/वादी : ज्ञानबहादुर रायको जा.ले वादी श्री ५ को सरकार

(१) पोष्टमार्टम लासजाँच मुचुल्का हेर्दा पनि कैयौं ठाउँमा हिर्काएको र घाउ चोट देखिन आएको समेतबाट प्रहरीमा गरेको बयान समर्थित हुनआएको देखिँदा शुरू जिल्ला अदालतले प्रतिवादीलाई ज्यानसम्बन्धीको १३ नम्बरको देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९२ - करकाप

 फैसला मिति:२०४०/१०/१८  डिभिजन वेन्च इजलास  २४९६
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं खिचापोखरी बस्ने वर्ष ४५ को रतनलाल कनौडिया बिरुद्ध विपक्षी/वादी : का.न.पं.चावहिल बस्ने आफूलाई रेणु कनौडिया भनी लेख्ने रेणु अधिकारी

(१) अंश मानाचामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिएको भनी करकाप मुद्दाको छुटै मिसिल खडा गरी कारवाही गरेको कानुन अनुरूप भनी भन्न मिलेन, बिन्तिपत्रमा दावी नभएको कुरामा अदालतबाटै विवाद सृजना गराई कारवाही गर्ने अधिकार अदालतलाई नहुने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९१ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/१९  डिभिजन वेन्च इजलास  २४७४
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी जिल्ला पिगौना गा.पं.वार्ड नं.३ बस्ने रामचन्द्र विच्छा बिरुद्ध विपक्षी/वादी : श्री अञ्चलाधिश, जनकपुर अञ्चलाधिशको कार्यालय, जलेश्वर समेत

(१) निजामती कर्मचारीहरूको बढुवा गर्दा सोही नियमावली बमोजिम गर्नुपर्नेमा सो नगरी लोकसेवा आयोगको पत्रको आधारमा टेष्ट पास बापत ८ अंक प्रदान गरी बढुवा गर्ने गरेको निर्णय र ०३८।११।१८ को संशोधित नियमावली प्रकाशन समेत निजामती सेवा नियमावली, २०२१ को नियम ३, ५(४)(क) को प्रतिकूल हुँदा उक्त निर्णय र संशोधित नामावली प्रकाशन उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७९० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०६  डिभिजन वेन्च इजलास  २२३३
 पुनरावेदक/ प्रतिवादी : पाँचथर जिल्ला च्याङथापु गा.पं.वडा नं.६ बस्ने जितमान राई बिरुद्ध विपक्षी/वादी : च्याङथापु गा.पं.वडा नं.६ बस्ने हर्कमाया राई समेत

(१) फैसला बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर नहुँदा उक्त फैसलाको वैधता सम्बन्धमा यसबाट हेर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८९ - परमादेश

 फैसला मिति:२०४०/१०/०४  डिभिजन वेन्च इजलास  २२३५
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वार्ड नं.३ पुल्चोक बस्ने कमलकुमारी गुरूघराना बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय ललितपुर

(१) मालपोत कार्यालयको लिखितजवाफबाट कारवाही चलिरहेको र निर्णय भइसकेको नदेखिँदा यस्तो अवस्थामा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०६  डिभिजन वेन्च इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : पाँचथर जिल्ला चोकमापु गा.पं.वार्ड नं.५ बस्ने वीरबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय पाँचथर एवं नरबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) ऐनले प्रावधान गरेअनुसार निर्णय गरेकोलाई अन्यथा भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८७ - जग्गा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ

 फैसला मिति:२०४०/१०/१५  डिभिजन वेन्च इजलास  २३३०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ विराटनगर नगरपञ्चायत वार्ड नं.९ पदमबहादुर मल्ल मरी मु.स.गर्ने ऐ.को एकाघरको छोरा विजय पद्मम मल्ल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने पुष्पराज तुलाधर समेत

(१) अधिकारै नभएकाबाट गराई लिएको लिखतबाट प्रतिवादीहरूको विवादको कित्ता जग्गामा हकै नपुग्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/२३  डिभिजन वेन्च इजलास  २३२०
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा देउरवाना गा.पं.वा.नं.२ मौजे सोलकुर बस्ने प्रयाग महतो थारू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वा.नं.५ बस्ने भीखर साह कानूसमेत

म्याद जालसाजी गरी तामेल गरेतर्फ जालसाजी मुद्दा विपक्षी उपर समेत कारवाही हुँदै रहेको रिट निवेदकको लेखाई समेतबाट देखिन्छ । अदालतको विचाराधीनमा समेत रहेकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४०/१०/०८  डिभिजन वेन्च इजलास  २१३२
 पुनरावेदक/ प्रतिवादी : मोतीलाल अहिरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.रूपन्देही वलरामपुर गा.पं.वडा नं.७ बस्ने कप्तन चाई समेत

(१) बच्चालाई समाती भुइँमा एकपटक पछारे, खटीयाको माटोमा पर्ने गरी अर्को पटक समेत पछारी दिए, मैले मौकैमा देखे चिनेकीले निजहरूले नै छोराछोरी र नाति समेतलाई मारी गएका हुन् भनी किटान साथ अदालतमा समेत बकी लेखी दिएको समेत देखिनाले प्र.लाई सफाई दिने गरी प.क्षे.अ.ले गरेको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०८  डिभिजन वेन्च इजलास  २२५३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं घर भई हाल जि.सर्लाही फरदहवा गा.पं.वडा नं.१ बस्ने नेमुनीलाल झा बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सर्लाही समेत

(१) विवादित जग्गामा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम भएको प्रमाण देखिँदैन, सो प्रमाणको अभावमा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम गरी निजको मृत्यु पछि निजकी श्रीमतीका नाउँमा मोही नामसारी गरी दिने भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीले गरेको निर्णय आधारहिन भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु