विस्तृत खोजी

 
 
 
 
 
      

३३ खोजी नतिजाहरु

निर्णय नं. ३६६२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/११/०२  एक न्यायाधीशको इजलास  २२६२
 पुनरावेदक/ प्रतिवादी : बनेपा न.पं.जकुटोल बस्ने जिद्धिभक्त श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री का.मु. महानिर्देशक नापी विभागसमेत

(१) तथ्यगत त्रुटिमा सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र आकर्षित नहुने । (प्रकरण नं. ३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६६१ - निखनाई पाउँ

 फैसला मिति:२०४५/११/०१  संयुक्त इजलास  ३४१०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.२ टंगाल गैरी धारा बस्ने पद्मलक्ष्मी राजभण्डारी बिरुद्ध विपक्षी/वादी : ऐ.वा.नं.२९ केशरमहल बस्ने कृष्णचन्द्र देवी राणा

(१) नासो धरौटको महल अन्तर्गत पर्ने गरी नासो धरौट राख्दा दिंदा लिने दिनेको बीच कुनै लेनदेन नहुने जबकी लेनदेनको महल अन्तर्गत पर्ने गरी बन्धकी धरौट दिँदा लिने दिने दुईको बीच लिनु दिनु समेत हुने । (प्रकरण नं. १३) (२) लिने दिनेको बीचमा लेनदेन कारोबार गरी चल धनमाल धितो दिएकोलाई नासो धरौटको महल भित्र पर्ने नासो धरौट भन्न नमिली लेनदेन व्यवहार अन्तर्गतको धरौट हो भन्नु पर्ने अवस्थामा लेनदेनको १४ नं. मा भएको व्यवस्थाबाट यस्तो धरौट राखेको चल धनमाल जहिलेसुकै निखन्न आए पनि साहुले आफ्नो थैली बुझी लिई निखन्न दिनु पर्ने व्यवस्था गरेको हुँदा नासो धरौटको ७ नं. र लेनदेन व्यवहारको ४० नं. को म्याद भित्र फिराद नपरेको हुनाले हदम्याद नाघेको भनी खारेज गरेको इन्साफ मनासिफ देखिन नआउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६६० - निखनाई पाउँ

 फैसला मिति:२०४५/११/०८  संयुक्त इजलास  २११६
 पुनरावेदक/ प्रतिवादी : राजविराज न.पं.वार्ड नं. २ बस्ने छुतहरु यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं. ९ बस्ने सुनयना झा

(१) लिखत पास भएको मिति थाहा भएको भनी देखाएपछि सो मितिको आधारमा थैली यकीन गर्न पर्नेमा वादीले कुनै किसिमले थैली थाहा पाउने प्रयास गरेको कुरा आफ्नो फिरादमा लेखी देखाउँन नसकेकोले हाल बहाल रहेको लेनदेन व्यवहारको १६ नं. अन्तर्गतको फिराद परेको भन्न मिल्ने देखिन नआउने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५९ - सवारी दुर्घटना कर्तव्य ज्यान

 फैसला मिति:२०४५/११/०३  संयुक्त इजलास  २७७०
 पुनरावेदक/ प्रतिवादी : दिलप्रसादको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : झापा, चारपाने गा.पं.वा.नं.३ बस्ने लक्ष्मीनारायण भट्टराईसमेत

(१) अनिश्चित स्थितिमा खाली शंकाजनक रहेको झगडाको आधारमा मात्र दावी बमोजिम अभियुक्तले मार्ने मनसायले ट्रकबाट किचाई मारेको भनी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५७ - उत्प्रेषण

 फैसला मिति:२०४५/१०/१९  संयुक्त इजलास  २५५०
 पुनरावेदक/ प्रतिवादी : गुल्मी अखावाङ गा.पं.वार्ड नं. ५ बस्ने इन्द्रलाल राना बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, गुल्मी, तम्घाससमेत

(१) न्यायिक अधिकार प्रयोग गर्ने कुनै पनि अधिकारीले आफ्नो अधिकार प्रयोग गर्दा सम्पूर्ण फाइल अध्ययन गरी निवेदनमा लिइएको दावी विपक्षी पक्षबाट लिइएका जिकिर सो दावी वा जिकिरलाई प्रमाणित वा पुष्टि गर्ने प्रमाण छ छैन र प्रमाण भए पनि प्रमाणहरु सम्बद्ध छन छैनन सबै सबूद प्रमाणको मूल्यांकन गरी न्यायिक मन प्रयोग गरी गर्नु पर्ने । आफ्नो मातहतको कर्मचारीबाट उठाइएको टिप्पणीलाई सरासर सदर गर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५६ - लिखत दर्ता बदर

 फैसला मिति:२०४५/११/०२  संयुक्त इजलास  २२४७
 पुनरावेदक/ प्रतिवादी : धरान न.पं.वार्ड नं. ७ बुद्धमार्ग बस्ने श्रीमती चन्द्रलक्ष्मी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने नेत्रप्रसाद नेपाल

(१) संयुक्त दर्ता भएको जग्गा मध्येबाट आफ्नो हक बिक्री गर्न पाउने नै देखिँदा आफ्नो भागको जग्गा बिक्री गरेकोलाई कानून विरुद्ध भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५५ - खिचोला

 फैसला मिति:२०४५/१०/१७  संयुक्त इजलास  २४४५
 पुनरावेदक/ प्रतिवादी : धादिङ चैनपुर गा.पं.वा.नं.४ डाँडाथोक बस्ने तेजप्रसाद घरेल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने तीलप्रसाद घरेल

(१) बाबुको काज क्रिया गरेको भन्ने सम्मको आधारमा बाबुसंग बसी पालन पोषण गरेको भन्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५४ - अंश दपोट

 फैसला मिति:२०४५/१०/२३  संयुक्त इजलास  २५९१
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.गोदामचौर गा.पं.वा.नं.९ बस्ने प्रेमबहादुरको मु.स.गर्ने ऐ. को छोरा ऐ.ऐ.बस्ने रत्नबहादुर राउत क्षेत्रीको मु. स.गर्ने ऐ.ऐ.को छोरा कृष्णबहादुर राउत क्षेत्रीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने धनकुमारी राउतसमेत

(१) विवादीत कित्ता कित्ताको घर जग्गाहरु प्रतिवादीले अंश मुद्दामा तायदाती फाँटवारी दिंदा उल्लेख नगरेकोबाट निजले दबाए छपाएको होइन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) सगोलमा रहेको भन्ने देखिन आएको अवस्थामा एकासगोलका परिवारका सदस्य जस्का नाउँमा सकार भए पनि सो सम्पत्तिको स्रोत पैतृक सम्पत्ति देखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५३ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/१०/२४  संयुक्त इजलास  २२२१
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकारको छापाखानाका अफसेटप्रेस मेजेजर थीरमणि पराजुली बिरुद्ध विपक्षी/वादी : श्री लोकसेवा आयोग, नीति नियम तथा उजूरी शाखासमेत

(१) राजपत्राङ्कित द्वितीय श्रेणी (सहायक सचिवस्तर) को पदको उम्मेदवार भएको हुँदा राजपत्र अनंकित कर्मचारीको हकमा मात्र लागू हुने समान स्तर निर्धारण समितिको निर्णय आफ्नो हकमा समेत लागू हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/०८/२१  संयुक्त इजलास  ३०३५
 पुनरावेदक/ प्रतिवादी : छत्रे देउराली गा.पं.को पत्रले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : धादिङ छत्रेदेउराली गा.पं.वा.नं.८ बस्ने ठुली भन्ने कान्छी तामाङसमेत

(१) जातक बच्चालाई यसले यसरी मार्‍यो भन्ने प्रतिवादीले उल्लेखसम्म पनि गर्न नसकेको तथा जातकको अस्वाभाविक मृत्यु भएको भन्ने पुष्टी भएको यस अवस्थामा प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान तथ्ययुक्त तरिकाबाट पुष्टी भएको मान्न नसकिने । (प्रकरण नं. १६) (२) व्यक्तिले साक्षी राखी कर्तव्य गर्ने भन्ने स्वभाविक प्रकृया नहुने, यस्तै प्रत्यक्ष प्रमाण नभएको अवस्थामा परिस्थितिजन्य प्रमाणलाई राम्ररी छानबीन गरी निष्कर्षमा पुग्नु पर्ने । प्रत्यक्ष प्रमाणको अभाव छ भनी त्यसको लाभ अभियुक्त मात्रलाई दिने हो भने परिस्थितिजन्य प्रमाणको धारणा मृतप्रायः हुने स्थिति सृजना हुन जाने । (प्रकरण नं. १६) (३) लोग्ने मरेको स्वास्नी मानिसले जातक जन्माएकोले लोक लाजबाट बच्न जन्मेको जातक मारी कसैलाई थाहा नहुने भन्ने मनसायले गाडेको हुँदा ऐन बमोजिमको सजायँ गर्दा चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं.बमोजिम ५ वर्ष मात्र कैद हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५१ - उत्प्रेषण

 फैसला मिति:२०४५/१०/११  संयुक्त इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ आमगाछी गा.पं.वा.नं.५ बस्ने सिरिजादेवी केवरत बिरुद्ध विपक्षी/वादी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय मोरङसमेत

(१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(६) मा सार्वजनिक मन्दिर गुफा बिग्री नोक्सान हुन लागेमा त्यसको वारिस स्थानीय पञ्चायत वा गुठी संस्थानबाट मर्मत गर्न लाउने व्यवस्थासम्म भएको निजीगुठीको सम्बन्धमा यस्तो अधिकार उक्त ऐनले दिएको नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६५० - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/१०/१९  संयुक्त इजलास  २३९०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.कान्तिपथ स्थित स्यामु कामु इन्टरनेशनलका साझेदार मणिहर्ष ज्योति कंसाकार बिरुद्ध विपक्षी/वादी : काठमाडौं नगरपञ्चायत काठमाडौंसमेत

(१) ठेकेदारले नगरपञ्चायतकै अधिकार प्रयोग गरी कर रकम असूल गर्ने गरेकोमा ठेकेदारले उठाएको कर रकमको विषय नगरपञ्चायतलाई सरोकार नपर्ने भनी उक्त दायित्वबाट नगरपञ्चायत पन्छिन नसक्ने । (प्रकरण नं. १०) (२) बिक्री मोलमा चुंगीकर लाग्ने ऐनको व्यवस्था हो, बिक्री मोलमा नै ठेकेदार र करदाताका बीच मुख नमिलेको देखिँदा दुवै थरलाई राखी कानून बमोजिम निर्णय गर्नु भनी नगरपञ्चायतका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४५/११/१६  संयुक्त इजलास  २१७३
 पुनरावेदक/ प्रतिवादी : केन्द्रीय कारागारमा थुनामा रहेका राजु मानन्धर बिरुद्ध विपक्षी/वादी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौंसमेत

(१) अ.बं.१९४ (५) हेर्दा विदेशी विनिमय सम्बन्धी मुद्दामा ३ वर्ष भन्दा बढी कैदको सजायँ पाएकोमा पुनरावेदन सुन्ने अड्डाले धरौटी वा जमानीमा छाड्न इन्कार गर्न सक्नेछ भन्ने व्यवस्था रहेको निवेदकलाई विशेष अदालतबाट २ वर्ष कैद गरेको देखिँदा पुनरावेदन सुन्ने अड्डाले धरौटी वा जमानी लिन इन्कार गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ८) (२) पूर्पक्षलाई थुनामा बस्नु नपर्ने मुद्दामा २ वर्ष कैद गरेको अवस्थामा अ.बं.१९४ (२) बमोजिम निवेदकलाई धरौट वा जमानीमा छाड्न नमिल्ने भनी क्षे.अ.बाट भएको आदेश त्रुटिपूर्ण भनी मान्न पर्ने देखिँदा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४८ - उत्प्रेषण समेत

 फैसला मिति:२०४५/१०/०२  संयुक्त इजलास  २३११
 पुनरावेदक/ प्रतिवादी : सडक विभाग बा.अं.अ.का.नं.२ मा कार्यरत नारायणकाजी ताम्राकार बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, निर्माण तथा यातायात मन्त्रालय

(१) १ ग्रेड किन नघटाउने भनी स्पष्टीकरण माग गरी सजायँ गर्दा पुरै ग्रेड घटाउने गरी गरेको निर्णयलाई कानून अनुकूलको मान्न नसकिने । (प्रकरण नं. ९) (२) जुन सजायँ प्रस्तावित गरी स्पष्टीकरण माग गरिएको छ त्यो भन्दा चर्को सजायँ गर्न कानूनले अख्तियारी दिएको नपाइने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४७ - बिगो असूल

 फैसला मिति:२०४५/०९/१८  संयुक्त इजलास  २३०३
 पुनरावेदक/ प्रतिवादी : भोजपुर, आदर्श गा.पं.वा.नं.२ टक्सार बस्ने भबजीत कार्की बिरुद्ध विपक्षी/वादी : नेपाल खाद्य संस्थान, केन्द्रीय कार्यालय

(१) संस्थानको विनियम ०३१ मा “समितिले गरेको निर्णयहरु कार्यान्वयन गर्ने र संस्थानको सम्पूर्ण कार्य सम्पादन गर्ने गराउने उत्तरदायित्व महाप्रबन्धकको हुनेछ” भन्ने व्यवस्था रहेबाट मुद्दा दायर गर्ने सम्बन्धमा प्रष्ट व्यवस्था नदेखिए तापनि संस्थानको सम्पूर्ण कार्य गर्ने गराउने उत्तरदायित्व रहेका महाप्रबन्धकलाई संस्थानको तर्फबाट मुद्दा दायर गर्ने अधिकारै नभएको भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४६ - उत्प्रेषण

 फैसला मिति:२०४५/०९/०८  संयुक्त इजलास  २४९२
 पुनरावेदक/ प्रतिवादी : हिमाल प्लाष्टिक प्रोडक्सन श्रीपुरका साझेदार मदनलाल सरावगी बिरुद्ध विपक्षी/वादी : कर कार्यालय, वीरगञ्ज

(१) औ.व्य. ऐन, ०३८ को दफा १४(१) ले औ.व्य.ऐन, ०३० को सुविधालाई कायम राखेको हुँदा अन्य कुनै निर्णय आदेशबाट उद्योगले उपभोग गरी रहेको तथा गर्न पाएको बिक्री करको सुविधाबाट बञ्चित हुनसक्ने कानूनी व्यवस्था नभएकोमा त्यसको विपरीत निवेदकबाट कच्चा पदार्थ र उत्पादित सामानको मौज्दातको बिक्री कर दाखिल गर्नु भनी कर कार्यालयको निर्णय तथा आदेश कानून अनुरुप नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४५ - उत्प्रेषण

 फैसला मिति:२०४५/१०/०४  संयुक्त इजलास  २२६१
 पुनरावेदक/ प्रतिवादी : बाँके जिल्ला जड्डापुर गा.पं.वा.नं.१ बस्ने वीरेन्द्रपाल सिंह बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं.६ बस्ने जैसना मुकैरिनीसमेत

(१) जुन जुन ऐनको त्रुटि देखाई निर्वाचन बदर गरी पाउँ भन्ने समेत दावी लिएको छ सो सम्बन्धमा निर्वाचन विशेष अदालतको फैसलामा उल्लेख भएको नपाइदा मु. ऐन अ.बं.१८० नं.बमोजिम खारेज गरेको निर्वाचन विशेष अदालतको फैसला कानून अनुरुप नभएकोले नि.वि.अ.को फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४४ - पसलबाट उठाई चलन चलाई पाउँ

 फैसला मिति:२०४५/१०/१६  संयुक्त इजलास  २२२२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.३० भोटाहिटी बस्ने मिनादेवी ठकुरानी बिरुद्ध विपक्षी/वादी : का.न.पं.वा.नं.३१ बागबजार बस्ने कृष्णदास मानन्धर

(१) घरमा आफैं बस्ने भनी उल्लेख नगरी व्यापार गर्न भन्ने उल्लेख गरेकोमा र घर बनाउनेको ८ नं. को आफैं बस्ने कुरामा मात्र उठाउन पाउने भन्ने व्यवस्थाले आफैंलाई बस्न र व्यापार गर्न भन्ने कुरा घर धनीलाई आवश्यक परेको भन्ने जनाउने र घर धनीलाई चाहिएमा उठाउन पाउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४३ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०९/२८  संयुक्त इजलास  २३८८
 पुनरावेदक/ प्रतिवादी : बुटवल न.पं.वा.नं.७ राधाकृष्ण टोल बस्ने शिव गिरी बिरुद्ध विपक्षी/वादी : बुटवल न.पं.बैठक, बुटवल, रुपन्देहीसमेत

(१) सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रबाट उपचार प्रदान हुनको लागि निर्विवाद हक स्थापित गराउन सक्नु पर्ने, विवादास्पद हकको र विवादास्पद नाताको सम्बन्धमा असाधारण अधिकारक्षेत्र प्रयोग गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३६४२ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४५/१०/०२  संयुक्त इजलास  २२३६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.२९ , हाल का.गा.शाखा काठमाडौंमा थुनामा राखिएको लोप्साङ गुरुङको हकमा निजकी पत्नी याङजुङ गुरुङ बिरुद्ध विपक्षी/वादी : प्रमुख जिल्ला अधिकारी, जिल्ला कार्यालय काठमाडौंसमेत

(१) निवेदकको के कसो र कुन किसिमको गतिविधि, कृयाकलापबाट शान्ति व्यवस्थामा खलल पुग्न सक्ने हो सो को पुष्टि निवेदकलाई दिइएको थुनुवा पुर्जीबाट खुल्न सकेको नपाइनुको साथै सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(३) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने किसिमको स्थिति र अवस्था पनि उल्लेख हुनसकेको नदेखिँदा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कुराको उल्लेख मात्र पर्याप्त हुने होइन, सो को पूर्वावस्था रहे वा नरहेको पनि महत्वपूर्ण हुने । (प्रकरण नं. ७ र ८) (२) थुनामा रही अदालतको फैसला अनुसार सफाई पाएका व्यक्तिबाट सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने पूर्वावस्था प्रस्तुत विषयमा विद्यमान रहेको देखिन नआएकोले निवेदकलाई नजरबन्द राख्नु भन्ने आदेश कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु