विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. १८६२ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/११  डिभिजन वेन्च इजलास  २४७३
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु अजिगरा गा.पं.वार्ड नं.८ बस्ने सन्तु अहिर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ वार्ड नं.७ मौजे खैरा बस्ने अब्दुर हई मुसलमानसमेत

(१) सबूत प्रमाणको मूल्याड्ढन गरी निर्णय गर्नुपर्नेमा सो गरेको देखिएन तसर्थ भूमिसुधार कार्यालय कपिलवस्तुको निर्णयमा अ.बं.१८४क तथा अ.बं.१८५ को त्रुटि देखिँदा उत्प्रेषणको आदेश जारी गरी बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८६१ - जग्गा नामसारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/३०  डिभिजन वेन्च इजलास  २७११
 पुनरावेदक/ प्रतिवादी : महानन्दको मु.स.गर्ने श्रीमती बैतडी जिल्ला श्रीकोट बस्ने विजुलीदेवी जोशीसमेत बिरुद्ध विपक्षी/वादी : जि.बैतडी श्रीकोट मौनाकोट आईरी गाउँ बस्ने नन्दराम जोशीसमेत

(१) अंशियारको जग्गा देखिएपछि दर्ताको नाताले मात्र दर्तावालाको हक हुन्छ भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८६० - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/०२  डिभिजन वेन्च इजलास  २१७८
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२५ शुक्रपथ बस्ने राममाया जोशी बिरुद्ध विपक्षी/वादी : का.न.पं.का प्र.पं.श्री कमल चित्रकार का.न.पं.कार्यालयसमेत

(१) बाटो सार्वजनिक वा निजामती के हो भन्ने विवाद उत्पन्न भएपछि अदालतमा जान सुनाउनुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/२४  डिभिजन वेन्च इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी जिल्ला भमरपुरा गा.पं.वार्ड नं.३ बस्ने कूलदिप राउत भूमिहार बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय महोत्तरीसमेत

अंश मुद्दा चल्दाचल्दैको अवस्थामा बाली भराई मोही निष्काशन गरिपाउँ भन्ने मुद्दामा भूमिसुधार कार्यालय महोत्तरीबाट भएको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५८ - जग्गा पजनी टाँस टाँसो खिचोला गरे

 फैसला मिति:२०४०/०९/१९  डिभिजन वेन्च इजलास  ३२८५
 पुनरावेदक/ प्रतिवादी : गूठी संस्थान केन्द्रीय कार्यालय रामशाहपथ बिरुद्ध विपक्षी/वादी : जि.म.प्र.अ.मौज निगौल बस्ने ब्रम्हदेव ठाकुर भूमिहारसमेत

गूठी संस्थान ऐन, २०२१ को दफा १७ बमोजिम विवादको जग्गामा संस्थानले अन्यथा गर्न मञ्जूर गरेकोमा सम्म सोही बमोजिम हुने हो तर सो दफा १७ बमोजिम अन्यथा गर्न गूठी संस्थानले मञ्जूर गरेको छ भन्ने वादीहरूले कुनै प्रमाण दिन वा भन्न सम्म पनि सक्नुभएको छैन । यस्तो अवस्थामा विवादको जग्गामा गूठी संस्थानको हक कायम रहन गएको छैन भन्न मिलेन । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५७ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/१७  डिभिजन वेन्च इजलास  ५३६१
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वा.नं.१८ रक्तकाली बस्ने पिउसराज पाण्डे बिरुद्ध विपक्षी/वादी : कर कार्यालय काठमाडौंसमेत

(१) कानुनी व्यक्ति सरह संगठित संस्था कम्पनीको काम कारोबारबाट कम्पनीको मेनेजिङ डाइरेक्टरको व्यक्तिगत सम्पत्ति रोक्का राख्न पाउने स्थिति नरहने । (प्रकरण नं. १०) (२) रोक्का रहेको सम्पत्ति चल नदेखिई अचल देखिँदा यस्तो अवस्थामा कम्पनीले तिर्नु पर्ने कर नबुझाएको भनी रिट निवेदक तथा निजका परिवारको नाममा रहेको अचल सम्पत्तिको रजिष्ट्रेशन रोक्का राख्न भनी लेखेको कर कार्यालयको पत्रलाई कानुन अनुरूप भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५६ - अंश दपोट बाली विगो

 फैसला मिति:२०४०/०८/१४  डिभिजन वेन्च इजलास  २५७६
 पुनरावेदक/ प्रतिवादी : भैरहवा न.पं.वार्ड नं.१ तौडीहवा बस्ने दिपनारायण सिंह क्षेत्रीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने परमजोती क्षेत्रीनीसमेत

(१) कानुनमा व्यवस्था भएअनुसार मुद्दा क्षेत्रीय अदालतको डिभिजनबेञ्चबाट नै किनारा भएको देखिँदा र अरू क्षेत्रीय अदालतको निर्णयमा उल्लिखित बुँदा प्रमाणको आधारमा समेत दावी बमोजिमको बाली बिगो प्रतिवादीहरूबाट वादीले भरी पाउने ठहराई क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५५ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/१७  डिभिजन वेन्च इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलबस्तु ठुलोनन्द नगर गा.पं.वडा नं.२ बस्ने अमीन मुसलमान बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने समि मुसलमानसमेत

(१) घरसारमा गराई फिर्ता लिएको राजीनामाको मान्यता नहुने गरी मालपोत कार्यालयले गरेको निर्णय मुलुकी ऐन रजिष्ट्रेशनको ३५(२) नं.को विपरीत निर्णय गरेको । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५४ - उत्प्रेषण

 फैसला मिति:२०४०/०८/१३  डिभिजन वेन्च इजलास  २५७५
 पुनरावेदक/ प्रतिवादी : विराटनगर स्थित नविन मेटल काष्टिग उद्योगको प्रोप्राइटर सजनकुमार अग्रवाल बिरुद्ध विपक्षी/वादी : अन्तःशुल्क कार्यालय विराटनगर अन्तःशुल्क विभाग, काठमाडौं

(१) तत्काल प्रचलित औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएबमोजिम आयकरको सुविधा लिइसकेको देखिनाले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(२) अनुसार प्रस्तुत ऐनको सुविधा पाउन नसक्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५३ - खुन डाँका

 फैसला मिति:२०४०/१०/२०  डिभिजन वेन्च इजलास  २५७६
 पुनरावेदक/ प्रतिवादी : जोगेन्द्रयादवको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.स.हनुमानगर गा.पं.वडा नं.१ बस्ने भोला मलाहसमेत

(१) प्रहरीमा भएको साविती कागजकै एकमात्र आधारमा खुन डाँका जस्तो मुद्दामा प्रहरी प्रतिवेदन बमोजिम सजाय गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/१४  डिभिजन वेन्च इजलास  २३२८
 पुनरावेदक/ प्रतिवादी : हिम निर्माण सेवाका प्रोप्राईटर का.जि.का.न.पं.वा.नं.२७ बस्ने हिरण्यमान प्रधान बिरुद्ध विपक्षी/वादी : अञ्चलाधिश बागमती अञ्चलसमेत

(१) अधिकारक्षेत्र बाहिर गई गराएको कागज गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५१ - निषेधाज्ञा

 फैसला मिति:२०४०/०९/२५  डिभिजन वेन्च इजलास  २६६५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.४ बालुवाटार बस्ने जङ्गबु शेर्पासमेत बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.४ बालुवाटार बस्ने रामध्वज चन्द

(१) विवादको ठाउँमा बाटो रहेभएको हो वा होइन, रहेभएको भए सो बाटोको स्थिति कस्तो किसिमको देखिन्छ, तत्सम्बन्धमा जाँचबुझ गरी मात्र निष्कर्षमा पुग्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८५० - लिखत बदर

 फैसला मिति:२०४०/१०/०८  डिभिजन वेन्च इजलास  २४१६
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा वीरगञ्ज न.पं.वडा नं.१९ बस्ने ब्रहमनारायण शाह कानु बिरुद्ध विपक्षी/वादी : जि.पर्सा वीरगञ्ज न.पं.वडा नं.१० गहवा बस्ने मदन कुमार रौनियारसमेत

(१) बकसपत्र सम्पत्ति निजको निजी आर्जनको अचल सम्पत्ति हुने हुँदा अंशबण्डाको १८ नं.बमोजिम आफूखुश गर्न पाउने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/१४  डिभिजन वेन्च इजलास  २३६७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी कविलासा गा.पं.वडा नं.७ बस्ने कपिलेश्वर साहुतेली बिरुद्ध विपक्षी/वादी : भू.सु.का.सप्तरीका का.मु.भू.सु.अ.भिमशंकर भण्डारीसमेत

(१) जग्गाधनीलाई रोजाउने प्रकृया पूरा गरेर मात्र मोही नामसारी गर्नुपर्नेमा सो मोही रोजाउने प्रकृया पूरा नगरी प्रत्यर्थीका नाममा नामसारी गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४८ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/२५  डिभिजन वेन्च इजलास  २३६६
 पुनरावेदक/ प्रतिवादी : चादमल लुमकरण फर्म विराटनगरको तर्फबाट ऐ.को साझेदार मोरङ विराटनगर नं.पं.८ बस्ने किशनलाल दुगड बिरुद्ध विपक्षी/वादी : श्री राजश्व न्यायाधीकरण धरानसमेत

(१) रिट निवेदकले पेश गरेको आय विवरण, कार्यालयले प्राप्त गरेको रेकर्ड तथ्याड्ढ र कर निरीक्षकको प्रतिवेदन समेतको आधारमा कर निर्धारण गरेकोलाई हचुवा किसिमबाट कर निर्धारण गरेको भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१२/३०  डिभिजन वेन्च इजलास  २४५९
 पुनरावेदक/ प्रतिवादी : का.जि.बत्तिसपुतली बस्ने अंगुरदेवी घिमिरेसमेत बिरुद्ध विपक्षी/वादी : मोरङ विराटनगर न.पं.वडा नं.११ बस्ने काशीम भन्ने बैराया मियाँसमेत

(१) जग्गा दर्तावाला रिट निवेदीकालाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट समेत वञ्चित गरी निजहरूको अनुपस्थितिमा सरजमीन समेत गरी त्यसलाई समेत आधार बनाई प्रत्यर्थीलाई मोहियानी हकको प्रमाणपत्र बनाई दिने गरी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय मोरङको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीतको साथै न्यायिक मनको अभावमा त्रुटिपूर्ण गरेको देखिन आउने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४६ - उत्प्रेषण लगायत उपयुक्त पूर्जि वा आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/१०/०१  डिभिजन वेन्च इजलास  २३८१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.१८ इखापोखरी बस्ने नानीमैया मास्के बिरुद्ध विपक्षी/वादी : ऐ.बस्ने छवाङ ढोमा नेपाली, काठमाडौं नगरपञ्चायतसमेत

(१) मिलापत्र बमोजिम कायम गर्ने भनी नगरपञ्चायतले निर्णय गरेको हुनाले हक बेहकको निर्णय गरेको भन्ने देखिन नआउने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४५ - बन्दीप्रत्क्षीकरण

 फैसला मिति:२०४०/१२/०५  डिभिजन वेन्च इजलास  २३१४
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.१७ ठहिठी क्वाबहालको हाल सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेको अमृतलाल बज्राचार्य बिरुद्ध विपक्षी/वादी : त्रिभुवन विमानस्थल भन्सार कार्यालय, श्री ५ को सरकार

(१) रिट निवेदन गर्दाको अवस्थामा पुर्पक्षको निमित्त थुनामा रहेको रिट निवेदक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको निर्णय पछि निर्णयानुसार थुनामा रहेको देखिएको यस्तो परिवर्तित परिस्थितिमा रिट निवेदकका माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४४ - उत्प्रेषण

 फैसला मिति:२०४०/१०/१५  डिभिजन वेन्च इजलास  २३२४
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जिल्ला सारश्वर गा.पं.वडा नं.२ स्थित राम जानकी गूठीका महन्त सुरेश भगत बैरागीसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरीका भू.सु.अधिकारी कृष्णप्रसाद कोइरालासमेत

(१) निवेदकले जिकिर गरे बमोजिम बुझ्नै पर्छ भनी अ.बं.१३९ नं.मा बाध्यात्मक रूपमा व्यवस्था गरेको पाइँदैन तसर्थ अधिकार प्राप्त अधिकारीले गरेको निर्णयमा निवेदकले जिकिर लिए बमोजिमको कानुनी त्रुटि भए गरेको नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १८४३ - उत्प्रेषण

 फैसला मिति:२०४०/०९/२९  डिभिजन वेन्च इजलास  २४४५
 पुनरावेदक/ प्रतिवादी : जितबहादुर साहु खलसमेत बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार कार्यालय काठमाडौंसमेत

(१) सैनिक सेवामा रहेका व्यक्तिले सो सेवामा जानु भन्दा अगावै देखि आफूले नकमाई अरूलाई मोहियानीमा कमाउन दिई मोहियानी हक कायम भइसकेको जग्गा यस उपदफा अन्तर्गत झिक्न दिइने छैन भनी भू.सं.ऐन, २०२१ को दफा २८(१) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था गरेको । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु