विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. २५८२ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१२/१४  डिभिजन वेन्च इजलास  २२४०
 पुनरावेदक/ प्रतिवादी : कृषि औजार कारखानाका कर्मचारी राम सेवक प्रसाद चौधरी बिरुद्ध विपक्षी/वादी : कृषि मन्त्रालयका का.मु.सचिव श्री पृथुनरसिंह राणा

अधिकार विहिन प्रत्यर्थी महाप्रबन्धकद्वारा उठाइएको विभागीय कारवाही र लगाइएको आरोप र प्रस्तावित सजायँको सम्बन्धमा स्पष्टीकरण लिइएको आधारमा रिट निवेदकलाई घटुवा गर्ने गरेको प्रत्यर्थीको निर्णय तथा सो सदर गर्ने गरेको श्री ५ को सरकार कृषि मन्त्रालयको निर्णय समेत कृषि औजार कारखाना लि.वीरगञ्जको नियम, ०२६ को परिच्छेद २ दफा २(घ) तथा संस्थामा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको परिच्छेद ११ को दफा २(क) समेतको विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/११/०८  डिभिजन वेन्च इजलास  २११३
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं.१२ बस्ने चन्द्र बहादुर लामा बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय, चारखाल, काठमाडौं

आफूलाई अधिकारक्षेत्र नै नभएको विषयमा प्रत्यर्थी रिट निवेदकलाई विवादीत घरबाट उठाई पाउँ भनी दिएको उजूरी लिई रिट निवेदकलाई झिकाई कारवाही गरी आफ्नो अधिकारक्षेत्र नाघी रिट निवेदकबाट प्रत्यर्थी जिल्ला कार्यालयले गराएको निवेदन जिकिर बमोजिमको कागज तथा तत्सम्बन्धी काम कारवाही अनधिकृत गैरकानुनी भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५८० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१२/२७  डिभिजन वेन्च इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वार्ड नं.१ बस्ने वल्लभशंसेर ज.ब.रा.। बिरुद्ध विपक्षी/वादी : संचालक समिति नेपाल बैंक लिमिटेड

मृत्यु भएको कारणबाट पद रिक्त हुन आएकोलाई बहाल टुटी पद रिक्त हुन आएको भन्न नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१२/२४  डिभिजन वेन्च इजलास  २२९२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.३३ धोवीधारा बस्ने डिल्लीराम दाहाल बिरुद्ध विपक्षी/वादी : महाप्रवन्धक, साझापसल सेवा (सहकारी) संस्था लि.केन्द्रीय कार्यालय

महा–प्रबन्धकको हैसियतले संचालक समितिको निर्णयसम्म कार्यान्वयन गरेको छु । मैले आफैं निजलाई खारेज गरेको छैन भन्ने उल्लेख गरेको पाइन्छ । तर निज रिट निवेदकलाई दिएको पत्रमा संचालक समितिको निर्णय अनुसार खारेज गरिएको सूचना दिएको भन्ने नभई आफैंले खारेज गरेको भन्ने पत्रको व्यहोराबाट देखिने । (प्रकरण नं. ९, १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/११/१९  डिभिजन वेन्च इजलास  २३०२
 पुनरावेदक/ प्रतिवादी : जि.बाँके सितापुर गा.पं.वा.नं.४ यल गाउँ गुराँसपुर बस्ने पं.तथा स्था.वि.मं.म. प.क्षे.नि.वीरेन्द्र नगर सुर्खेतमा कार्यरत ना.सु.पुरुषोत्तम श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, पं.तथा स्था.वि.मं.श्री महल पुल्चोक । सचिव पं. तथा स्था.वि.मं.श्री ५ को सरकार पं.तथा स्था.वि.मं.म.प.क्षे.निर्देशनालय,वीरेन्द्र नगर ।

अनुशासनहीन कारवाई गर्ने कर्मचारीलाई सफा हात आएको भन्न कुनै अवस्था र हालतमा नसकिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७७ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/११/२०  डिभिजन वेन्च इजलास  २१९१
 पुनरावेदक/ प्रतिवादी : जि.सिरहा कर्जन्हा गा.पं.वडा नं.७ बस्ने कुरेसा खातुन । ऐ.ऐ बस्ने जमिर शेख मिया बिरुद्ध विपक्षी/वादी : जि.सिराहा कर्जन्हा गा.पं.वडा नं.७ बस्ने महम्मद खुरसेद आलम । भूमि सुधार कार्यालय सिरहाका श्री भूमि सुधार अधिकारी ।

आवश्यक सबूद प्रमाण बुझी सो को मूल्यांकन समेत गरी अधिकार प्राप्त अधिकारीले प्रचलित कानुनको परिधीभित्र रही गरेको निर्णयमा कुनै कानुनको त्रुटि भएको नहुँदा निवेदन जिकिर बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१२/०५  डिभिजन वेन्च इजलास  २२७८
 पुनरावेदक/ प्रतिवादी : सङ्घाई टेक्सटाइलका साझेदारहरू का.जि.इन्द्रचोक बस्ने पवनकुमार सङ्घाई । ऐ.ऐ श्री निवास संघाई बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, अर्थ मन्त्रालय । ऐ. अन्तः शुल्क विभाग,लाजिम्पाट । ऐ. अन्तः शुल्क कार्यालय,काठमाडौ।

उद्योगले औ.व्य.ऐन, २०३८ अन्तर्गतको सुविधा उपयोग गरी आएको भन्ने देखिन आएकोले यस्तो अवस्थाको उद्योगलाई राजपत्रले अन्तःशुल्क सुविधाबाट वञ्चित गराएको छ भन्ने विपक्षीहरूको लिखिन जवाफको जिकिर कानुनसंगत देखिन नआउने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७५ - उत्प्रेषण मिश्रीत परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१२/०१  डिभिजन वेन्च इजलास  २७९१
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.५ बस्ने चन्द्र प्रजापती बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं.४ बस्ने देव कुमारी अर्याल । ऐ.ऐ बस्ने रामचन्द्र अर्याल । ऐ.ऐ बस्ने महेशचन्द्र अर्याल । ऐ.ऐ बस्ने रमेशचन्द्र अर्याल । का.जि.कपन फैंका गा.पं वार्ड नं.३ को वार्ड अध्यक्ष पद्म बहादुर थापा । गुठी संस्थान केन्द्रिय कार्यालय,रामशाहपथ । काठमाडौं गुठी तहसिल कार्यालय,त्रिपुरेश्वर ।

गुठी संस्थान ऐन, २०३३ र गुठी संस्थान कार्यव्यवस्था विनियमहरूले निर्दिष्ट गरेको कानुनी कार्यविधीहरू अंगाली विवादित जग्गा छुट्याउने गरी प्रत्यर्थी गुठी तहसील कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७४ - नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/११/२८  डिभिजन वेन्च इजलास  २४५५
 पुनरावेदक/ प्रतिवादी : जि.धादिङ खरी पञ्चायत वडा नं.६ आले गाँउ बस्ने नर बहादुर आले मगर बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी डि.वि.भट्टराई । जिल्ला धादिङ चैनपुर गा.पं.वडा नं.२ उपल्लो रामपुर बस्ने हरी प्रसाद खकुराल । ऐ.खरी गा.पं.वडा नं.६ ढाडागाउँ बस्ने टेक बहादुर गुदेल मगर । ऐ.ऐ बस्ने पदम बहादुर महर । ऐ.ऐ बस्ने दल बहादुर सिदाली मगर । ऐ.आले गाँउ बस्ने कृष्ण बहादुर आले मगर । ऐ.वडा नं.७ खरी हटिया बस्ने चन्द्र कुमार श्रेष्ठ । ऐ.वडा नं. ८ भद्रवार बस्ने इमान कुमार श्रेष्ठ ।

कारवाही गरी बदर गर्नसक्ने कानुनी अधिकारको अभावमा भएको निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७३ - न्वारान गराई पाउँ

 फैसला मिति:२०४२/११/२०  डिभिजन वेन्च इजलास  ३२१४
 पुनरावेदक/ प्रतिवादी : गा.अ.कास्की पो.न.पं.वा.नं.१ बस्ने बालकृष्ण सुवेदी बिरुद्ध विपक्षी/वादी : ऐ. शिशुवा गा.पं.वा.नं.४ खुदिबजार बस्ने कुन्तीमाया च्वाई

फोरेन्सीक रिपोर्ट अनुसार ब्लड ग्रुप मिल्दैमा पैत्रिकत्व प्रमाणित हुन सक्तैन । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७२ - उत्प्रेषण समेत

 फैसला मिति:२०४२/१२/०७  डिभिजन वेन्च इजलास  ३१९७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं. वडा नं.३ पुल्चोक बस्ने कुलराज गुरुघराना बिरुद्ध विपक्षी/वादी : सर्वोच्च अदालत अनुशासन समिति

कानुन बमोजिम पुरा गर्नु पर्ने प्रक्रिया पुरा नगरी गरेको निर्णय बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७१ - ज्यान

 फैसला मिति:२०४२/११/२३  डिभिजन वेन्च इजलास  २३७७
 पुनरावेदक/ प्रतिवादी : प्र.ह.नेत्र बहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : तनहुँ जिल्ला आंबुखैरनी गा.पं.वडा नं.६ बस्ने इश्वरी पन्त

जन्म दिने आमालाई मात्र बच्चा जिउँदो वा मरेको कुन अवस्थामा जन्मेको थियो भन्ने कुरा थाहा हुने र मातृप्रेमको कोमल ह्दय हुने आमाले शिशुलाई कर्तव्य गरी मारिन् होला भनी कल्पना गर्नु पनि स्वाभाविक नहुने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५७० - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/१२/२०  डिभिजन वेन्च इजलास  ५४५०
 पुनरावेदक/ प्रतिवादी : भारत उत्तर प्रदेश जिल्ला गोरखपुर गुलरिया बजार गाँउ झुगिया घर भै जि.काठमाडौं डि.एस.पी.कार्यालय हनुमानढोकामा थुनामा रहेका राधे कपारिया । ऐ.ऐ थाना चिलुवाताल गाँउ मानबेला घर भै ऐ.ऐ मा थुनामा रहेका छिदु कपरिया । ऐ.ऐ बस्ने ऐ.ऐ थुनामा रहेको राम वच्चन कपरिया । समेतको हकमा ऐ.ऐ घर भै काठमाण्डु का,न.पं. गौशाला धर्मशालामा बस्ने माधव कपरिया । बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला प्रहरी नायव उपरीक्षक हनुमानढोका । जि.प्र.का. हनुमानढोका । जिल्ला कार्यालय डिल्लीबजार,काठमाडौं ।

केवल अनुमानको भरमा निवेदकहरू थुनामै छन् भनी रिट निवेदकको माग अनुसारको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नु न्यायोचित नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५६९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/११/२३  डिभिजन वेन्च इजलास  २३२९
 पुनरावेदक/ प्रतिवादी : जि.ताप्लेजुङ सुलुम्फी गा.पं. वार्ड नं. ९ घर भै हाल जि.का.कारागार शाखा पाल्पामा थुनामा बस्ने पूर्णहाङ्ग लिम्बू । ऐ.घर भै हाल जि.का.कारागार शाखा ताप्लेजुङमा बस्ने आशवीर लिम्बू । बिरुद्ध विपक्षी/वादी : ऐ. बस्ने डम्बर ध्वजको जाहेरीले श्री ५ को सरकार

तत्काल उठेको रिसबाट मृतकलाई चोट पुर्या.एकोले ज्यानसम्बन्धीको १३(३) नं.अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं.बमोजिम प्रतिवादीलाई कैद वर्ष १० (दश) सजायँ हुने । (प्रकरण नं. ३८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५६८ - अंश

 फैसला मिति:२०४२/१२/०३  डिभिजन वेन्च इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : जि.झापा महामारा गा.पं.वार्ड नं.८ बस्ने टेपुवा राजवंशी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने बैशाखु राजवंशी । ऐ.ऐ बस्ने घह्ररानी राजवंशी ।

बाबु बाजेका पालाको बण्डा गर्नु पर्ने अचल सम्पत्ति नभई अंश छुटिई भिन्न भिन्न बसी आफू आफूले अचल सम्पत्ति समेत आर्जन गरी बसेको देखिँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५६७ - उत्प्रेषण

 फैसला मिति:२०४२/११/१३  डिभिजन वेन्च इजलास  २२०७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२१ यङ्गालटोल बस्ने चक्र बहादुर राजभण्डारी बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय काठमाडौं । का.जि.महांकाल गा.पं. वडा नं.३ मंगल माझीटार बस्ने कृष्ण प्रसाद भन्ने दिव्य प्रसाद पराजुली ।

अधिकार प्राप्त अधिकारीले गरेको निर्णय त्रुटि नदेखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५६६ - जालसाज बकसपत्र बदर

 फैसला मिति:२०४२/११/१२  डिभिजन वेन्च इजलास  २३९८
 पुनरावेदक/ प्रतिवादी : ग.अं. गोर्खा जिल्ला हर्मि भन्ज्याङ गा.पं.वडा नं.२ बस्ने नर बहादुर गुरुङको हकमा ऐ.की श्रीमती ऐ.ऐ घर भै हाल वा.अं.का.जि.का.न.पं. वडा नं.१६ पकनाजोल सोर्हमखुट्टे बस्ने मनमाया गुरुङ । बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. मुचोक गा.पं. वडा नं. ७ बस्ने कुन्तादेवी गुरुङ । ऐ.ऐ बस्ने जुक्तमान गुरुङ । ऐ.ऐ पोखरी थोक बस्ने गौरी प्रसाद जोशी । ऐ.ऐ बस्ने धनेराज श्रेष्ठ । ऐ.ऐ मुचोक मादले बस्ने खर्मा गुरुङ ।

बकसपत्र दिने लिने दुबै पक्षको मन्जूरी भई साक्षी समेत राखी रीतपूर्वक बकसपत्र दिनु लिनु गरेको देखिँदा जालसाजबाट लिनु दिनु गरेको बकसपत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५६५ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/१५  डिभिजन वेन्च इजलास  २४२३
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा कपडा उद्योग लि.का.कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक केशवप्रसाद प्रधान बिरुद्ध विपक्षी/वादी : श्रम कार्यालय,नारायणी अंचल वीरगञ्जका श्रम अधिकृत श्री मुकुन्द कार्की । ऐ.लि.का.विविध विभागका मजदुर दिवाकर लामिछाने ,

मानिस जम्मा गरी टेबुल तोडफोड समेत गरेको अभियोगमा स्पटीकरण लिई नसिहत दिने गरेको निर्णय नेपालको संविधानको धारा ९ को विपरीत भएको भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५६४ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/०७  डिभिजन वेन्च इजलास  २३२०
 पुनरावेदक/ प्रतिवादी : भ.पु.न.पं वडा नं.८ सिबुकछे सुकुल ढोका बस्ने राधीका माया वैद्य बिरुद्ध विपक्षी/वादी : भक्तपुर नगर पञ्चायत कार्यालयको प्रधान पञ्च ज्ञान बहादुर न्याईच्याई । भ.पु.न.पं. वडा नं.१८ नरदेवी नेटपाचो बस्ने उमाचरण वैद्य ।

जिल्ला अदालतमा नालेश परी विचाराधीन भई मुद्दा चल्दाचल्दैको अवस्थामा असाधारण अधिकारक्षेत्रको प्रयोग गरी रिट निवेदनबाट उपचार गर्न मिल्ने देखिएन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५६३ - उत्प्रेषण

 फैसला मिति:२०४२/११/०९  डिभिजन वेन्च इजलास  २२१३
 पुनरावेदक/ प्रतिवादी : जि.दाङ, विजौरी गा.पं.वा.नं.३ मनिकापुर बस्ने राम प्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने राम वीर चौधरी । उच्चस्तरीय समिति साङ, तुल्सीपुर ।

केवल सरजमीनकै आधारमा मात्र मोहियानी कायम नगर्ने ठहराएको विपक्षी समितिको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ र २५(८) को त्रुटि देखिएको हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु