२३ खोजी नतिजाहरु
डिभिजन बेञ्चका आदेश बमोजिम सहिछापको फोटो खिचाई विशेषज्ञहरूको बोर्डबाट जाँच गराउँदा भित्री रेखाहरू फोटोबाट मधुरो रूपबाट देखिएको हुँदा बुझिन्छ भनी प्रतिवेदन दिएकोले खारेज गर्न नमिल्ने भई ठहरे माफिक फैसला गर्न पठाउनुपर्ने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
यसमा मुख्य वादीले मलाई ९ थान कागज करकापसँग गराएको भन्ने जिकिर लिएको अरू कागजहरू दाखिल हुन समेत नआएको मिसिल सामेल रहेको सो ०१५।८।१८।४ को मो.रु.११००। को कपाली तमसुक हेर्दा लिफामा लेखिएको भए ल्याप्चे रेखा माथि अक्षर लेख्ने हुनुपर्ने सो नभई उक्त लिखतको दोश्रो हरफको अन्तरमा अक्षर माथि ल्याप्चे लागेको देखिएकोले र उक्त कागजको आकारप्रकारबाट करकापले गराएको भन्ने नदेखिएकोले समेत करकापसाथ गराएको नदेखिने ।
(प्रकरण नं. ६)
पूर्ण पाठ हेर्नुहोस्
मोहीको हक ननिखनिएको मितिदेखि सन्धीसर्पनवाला वादीको निखन्ने हक भइसकेपछि प्र.हरू परस्परमा निखनी लिएदिएको सदर मान्न नमिल्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
निवेदकले ०२१।९।२२।३ मा फाँटवारी दाखिल गर्दा निजको उमेर वर्ष १७ लेखिएको देखिने त्यसको आधार के रहेछ भनी हेर्दा निजका बाबु दाजुहरू समेत रही ०१६।८।३० मा भएको बण्डापत्रमा निजको उमेर वर्ष ११ लेखिएको देखियो उक्त बण्डापत्रलाई उमेरको निमित्त एउटा गहकिलो प्रमाण मान्न मिल्ने र निवेदकले ०२१।३।२७।६ मा गरी दिएको सुक्रीबिक्रीको राजीनामाको कागजमा वर्ष १६ लेखिएको देखिएकोले फाँटवारी दाखिल गर्दा निज निवेदकले आफ्नो उमेर १७ वर्षको लेख्न पर्याप्त कारण भई लेखेको सम्झनुपर्ने हुनआउँछ, उसमा पनि डाक्टरको रीर्पोटमा कुनै आधार नलेखी अन्जामको भरले उमेर ठेगान गरेको देखिएकोले निवेदकले जानी–जानी झुठ्ठा फाँटवारी दिएको भनी जि.भू.सु.अ. कलैयाले ठहर गरी निवेदकको जग्गा जफत गरेको न्यायोचित नहुने ।
(प्रकरण नं. ६
पूर्ण पाठ हेर्नुहोस्
देवानीतर्फ जालसाजी मुद्दामा मिलापत्र गरेको हुनाले यस्तो मिलापत्र अ.बं.१८२ नं. विरूद्ध हुने ।
(प्रकरण नं. ३)
पूर्ण पाठ हेर्नुहोस्
मुलुकी ऐन अंशबण्डाको १ नम्बर अनुसार अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियको अंश लाग्नेमा अंशियार वादीको मञ्जूरी बेगर एउटा घर बुहारीको दाइजो र कुनै जेथा अंश बापत भनी लिनु दिनु गरी पास भएको लिखतबाट वादीको हक मेटिने अंश भाग सम्पत्ति नोक्सान पार्ने गरी लिने दिने काम भएकै कीर्ते कागजको ३ नं. ऐनले जालसाजी ठहर्ने भई सोही महलको १० नं. ले सजाय लाग्ने हुनाले त्यस्तो लिखत कायम रहन नसक्ने बदर हुने ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
ऐन बमोजिम म्याद दिएको नदेखिएमा र ऐनले समेत पाएको म्यादमा लामो अवधिपछि परेको पुनरावेदन भन्दै खारेज गर्ने गरेको कानुनी त्रुटि भएको भन्नुपर्ने ।
(प्रकरण नं. १९)
पूर्ण पाठ हेर्नुहोस्
म्याद यस ठाउँमा टाँसेको भन्ने व्यहोरा लेखिएको नहुनाले अ.बं.१० नं. को रीत पुगी तामेल भएको भन्न नहुने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
अवकाश दिने अधिकारीलाई निवेदकको सेवा अनावश्यक छ भन्ने अनुभव भई दफा ८ को रीत पुर्यानई अवकाश दिइएकोमा अनावश्यक भएको पर्याप्त कारणहरू उल्लेख नगरिएको भन्दैमा उक्त अवकाश नियम विपरीत भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं. ४)
पूर्ण पाठ हेर्नुहोस्
बाँकीवाला आसामीको जेथा लिलाम नगरी जेथाजमानी हुनेको जेथा लिलाम गरेको जमानी गर्नेको ६ नं. विपरीत देखिँदा उक्त मितिको लिलाम र त्यस सम्बन्धबाट गरेको पर्चा, पूर्जि, सूचना, निर्णय आदि उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजन बेञ्चबाट फैसला निर्णय समेत भए गरेको देखिँदा ताŒिवक त्रुटि गरेको भन्न नमिल्ने।
(प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्
ऋण माग गरेको फारामलाई ऋण लिएको प्रमाण भन्न मिल्ने नदेखिएको हुँदा त्यसप्रकार ऋण माग गरेको निवेदन फारामलाई आधार बनाई, निवेदकले ऋण लिएको ठहर्छ भनी प्रमाणको अभावमा जि.का.भू.प्र.शाखा रौतहटले त्रुटिपूर्ण निर्णय गरेको देखिने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
विवादको जग्गा हरूवाई शर्तमा कमाउन पाएकोमा विवाद छैन । यस स्थितिमा भू.सं.ऐन, २०२१ को दफा २५(२) को कानुनी व्यवस्था अनुसार विवादग्रस्त जग्गामा मोहियानी हक कायम भएकै सम्झनुपर्ने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
काम गर्ने कामदार हो भन्न सकिने सबूत प्रमाणको अभावमा काम गर्ने कामदार भनी ठहर गरी वादी दावी बमोजिमको बिगो भराई दिन न्यायसंगत नदेखिने ।
(प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्
प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार नाता सम्बन्धी कायम गर्ने कुरामा सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेको व्यक्तिको भनाई नै प्रमाणमा सरोकार हुने ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
खेतको साँधबाट अहड बाली लगाउन पानी ल्याएको कुलो भत्काई बेमाख गरी दिएको दावा भएकोमा सामुहिक कुलो पानी विषयको मुद्दा नभएकोले म.क्षे.अ.ले अधिकारक्षेत्रको अभावमा गरेको निर्णय बदर हुने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
जग्गा कमाएको पुष्टि भएकोमा भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ को उपदफा (४) बमोजिम मोहियानी हक समाप्त गर्न नमिल्ने ।
(प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस्
सामान्य कानुनी व्यवस्था अनुसार दायर नभएकोले, तत्काल प्रचलित न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (२) बमोजिम क्षेत्रीय अदालतमा पुनरावेदन लाग्न नसक्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन हेरी कार्यवाही किनारा गरेको बदर हुने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
अनाधिकार रूपबाट अधिकारक्षेत्र ग्रहण गरी एक कित्ता जग्गाको हकमा सम्म रैकरमा परिणत गरी नाउँसारी गरिदिने ठहर्छ भनी विपक्षी भू.प्र.का. काठमाडौंका शाखा अधिकृतले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
वादीको फिराद लेखाइमा राजीनामा कागजको पीठमा सहिछाप गराई लगेको भन्ने लेखेको छ प्रतिवादीले पेश गरेको लिखतमा बन्धकी भन्ने देखिएको हुँदा वादी दावीको कागज देखिन नआएको र थैलीको अंक पनि नमिलेको यो यति थान कागजमा सही गराएको भन्ने वादीले लेख्नसकेको नदेखिएको उक्त पेश भएको लिखतममा बन्धकी तमसुक बमोजिमको रूपैयाँ बुझी लिई भन्ने लेखी ल्याप्चे सहिछाप परेको सो सहिछाप भिडाउँदा विशेषज्ञले वादीको सहिछापसँग भिड्छ भन्ने राय व्यक्त गरेको र उक्त कागज वादीलाई सुनाउँदा पनि मेरो सहिछाप होइन भन्नसकेको नदेखिएको सो बाहेक अरू दरपीठ भएको कागज छ भनी भन्न पनि नसकेको हुनाले समेत उक्त कागजबाट प्रतिवादीले राजीनामा गरी दिएको भन्ने देखिन नआई बन्धकी दिएको भन्नेसम्म देखिने ।
(प्रकरण नं. २४)
(२) भोगबन्धकी कागजको आधारमा वादीका नाउँमा खान्गी खारेज हुँदा दर्ता गराएको देखिएकोले बन्धकी जग्गालाई दर्ताको प्रमाणले मात्र राजीनामा ठहराउन उचित नपर्ने र झुक्यान पारी राजीनामा हात लगाई लिई पीठमा सही गराई लिई गएको भन्ने कुराको पत्यारलायकको सबूत पनि वादीबाट पेश दाखिल हुन नसकेकोबाट समेत निवेदकको जिकिर पुग्न नसक्ने ।
(प्रकरण नं. २५)
पूर्ण पाठ हेर्नुहोस्