विस्तृत खोजी

 
 
 
 
 
      

२३ खोजी नतिजाहरु

निर्णय नं. १३५५ - लिखत पास गराई पाउं

 फैसला मिति:२०२४/०३/१८  डिभिजन वेन्च इजलास  २१४८
 पुनरावेदक/ प्रतिवादी : विसुलाल श्रेष्ठ पु.२ नं. ई चैनपुर ग्यालडाँडा बिरुद्ध विपक्षी/वादी : सुन्दरी तमाङनी पु.१ नं. का.प.ई.रामपुर कोलटार हाल ऐ. गोकुले चाकल

डिभिजन बेञ्चका आदेश बमोजिम सहिछापको फोटो खिचाई विशेषज्ञहरूको बोर्डबाट जाँच गराउँदा भित्री रेखाहरू फोटोबाट मधुरो रूपबाट देखिएको हुँदा बुझिन्छ भनी प्रतिवेदन दिएकोले खारेज गर्न नमिल्ने भई ठहरे माफिक फैसला गर्न पठाउनुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५४ - करकापसंग कागज गरायो भन्ने

 फैसला मिति:२०२०/१०/२२  डिभिजन वेन्च इजलास  २३१४
 पुनरावेदक/ प्रतिवादी : प.४ नं. बलामई सुंगा बस्ने मित्रलाल थापा मगरसमेत बिरुद्ध विपक्षी/वादी : प.४ नं. बलामरानी खर्क बस्ने मनिराम न्यौपाने जैसी

यसमा मुख्य वादीले मलाई ९ थान कागज करकापसँग गराएको भन्ने जिकिर लिएको अरू कागजहरू दाखिल हुन समेत नआएको मिसिल सामेल रहेको सो ०१५।८।१८।४ को मो.रु.११००। को कपाली तमसुक हेर्दा लिफामा लेखिएको भए ल्याप्चे रेखा माथि अक्षर लेख्ने हुनुपर्ने सो नभई उक्त लिखतको दोश्रो हरफको अन्तरमा अक्षर माथि ल्याप्चे लागेको देखिएकोले र उक्त कागजको आकारप्रकारबाट करकापले गराएको भन्ने नदेखिएकोले समेत करकापसाथ गराएको नदेखिने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५३ - जालसाजी

 फैसला मिति:२०३२/१०/२५  डिभिजन वेन्च इजलास  २२९६
 पुनरावेदक/ प्रतिवादी : दाङ देउखुरी जिल्ला बागमती गा.पं.वार्ड नं. ६ हापुर बस्ने दलबहादुर आले मगर समेत बिरुद्ध विपक्षी/वादी : दाङ देउखुरी जिल्ला बागमारे गा.पं.वडा नं. ६ हापुर बस्ने गम्भीरचन बालम क्षेत्री

मोहीको हक ननिखनिएको मितिदेखि सन्धीसर्पनवाला वादीको निखन्ने हक भइसकेपछि प्र.हरू परस्परमा निखनी लिएदिएको सदर मान्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५२ - उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने

 फैसला मिति:२०२३/१०/०६  डिभिजन वेन्च इजलास  २५८३
 पुनरावेदक/ प्रतिवादी : द्वारीकाप्रसाद अग्रवाल जि.बारा प्र.खे.मौजे कलैया बिरुद्ध विपक्षी/वादी : जि.भू.सु. अफिस बारा कलैयाका भू.सु.अधिकारी विश्वमान श्रेष्ठ

निवेदकले ०२१।९।२२।३ मा फाँटवारी दाखिल गर्दा निजको उमेर वर्ष १७ लेखिएको देखिने त्यसको आधार के रहेछ भनी हेर्दा निजका बाबु दाजुहरू समेत रही ०१६।८।३० मा भएको बण्डापत्रमा निजको उमेर वर्ष ११ लेखिएको देखियो उक्त बण्डापत्रलाई उमेरको निमित्त एउटा गहकिलो प्रमाण मान्न मिल्ने र निवेदकले ०२१।३।२७।६ मा गरी दिएको सुक्रीबिक्रीको राजीनामाको कागजमा वर्ष १६ लेखिएको देखिएकोले फाँटवारी दाखिल गर्दा निज निवेदकले आफ्नो उमेर १७ वर्षको लेख्न पर्याप्त कारण भई लेखेको सम्झनुपर्ने हुनआउँछ, उसमा पनि डाक्टरको रीर्पोटमा कुनै आधार नलेखी अन्जामको भरले उमेर ठेगान गरेको देखिएकोले निवेदकले जानी–जानी झुठ्ठा फाँटवारी दिएको भनी जि.भू.सु.अ. कलैयाले ठहर गरी निवेदकको जग्गा जफत गरेको न्यायोचित नहुने । (प्रकरण नं. ६

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५१ - जालसाजी

 फैसला मिति:२०३५/०१/२४  डिभिजन वेन्च इजलास  २६२४
 पुनरावेदक/ प्रतिवादी : सरस्वती कटुवालनी बिरुद्ध विपक्षी/वादी : श्यामबहादुर समेत

देवानीतर्फ जालसाजी मुद्दामा मिलापत्र गरेको हुनाले यस्तो मिलापत्र अ.बं.१८२ नं. विरूद्ध हुने । (प्रकरण नं. ३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३५० - जालसाजी

 फैसला मिति:२०३५/०१/२४  डिभिजन वेन्च इजलास  २८६७
 पुनरावेदक/ प्रतिवादी : का.जि.बानेश्वर बस्ने गणेशदास श्रेष्ठ समेत बिरुद्ध विपक्षी/वादी : ऐ घर भई भनी लेखिएको का.जि.पकनाजोल माइतीघर बस्ने सखलादेवी श्रेष्ठ

मुलुकी ऐन अंशबण्डाको १ नम्बर अनुसार अंशबण्डा गर्दा बाबु आमा स्वास्नी छोराहरूको जिय जियको अंश लाग्नेमा अंशियार वादीको मञ्जूरी बेगर एउटा घर बुहारीको दाइजो र कुनै जेथा अंश बापत भनी लिनु दिनु गरी पास भएको लिखतबाट वादीको हक मेटिने अंश भाग सम्पत्ति नोक्सान पार्ने गरी लिने दिने काम भएकै कीर्ते कागजको ३ नं. ऐनले जालसाजी ठहर्ने भई सोही महलको १० नं. ले सजाय लाग्ने हुनाले त्यस्तो लिखत कायम रहन नसक्ने बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४९ - कर्तव्य ज्यान

 फैसला मिति:२०३३/११/०४  डिभिजन वेन्च इजलास  २४५५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भोजपुर आमचोक सामतांग घर भई हाल केन्द्रीय कारागार कार्यालय नखुमा थुनामा रहेको काले भन्ने रघुवीर कामी बिरुद्ध विपक्षी/वादी : : इन्द्रबहादुरको जाहेरीले श्री ५ को सरकार

ऐन बमोजिम म्याद दिएको नदेखिएमा र ऐनले समेत पाएको म्यादमा लामो अवधिपछि परेको पुनरावेदन भन्दै खारेज गर्ने गरेको कानुनी त्रुटि भएको भन्नुपर्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४८ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३१/००/३०  डिभिजन वेन्च इजलास  २४१०
 पुनरावेदक/ प्रतिवादी : जि. बारा प्र.खेस्राहा मौजे फेटा पञ्चायत वार्ड नं. ७ बस्ने रनजीत मियाँ अन्सारी बिरुद्ध विपक्षी/वादी : : जि. बारा कलैयाका भूमिप्रशासक पिडी सुभास समेत

म्याद यस ठाउँमा टाँसेको भन्ने व्यहोरा लेखिएको नहुनाले अ.बं.१० नं. को रीत पुगी तामेल भएको भन्न नहुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४७ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३५/०१/१२  डिभिजन वेन्च इजलास  २४६३
 पुनरावेदक/ प्रतिवादी : कृष्णबहादुरको छोरा वर्ष ५२ को गणेशबहादुर कार्की का.न.पं.वडा नं. २२ का.जि. बिरुद्ध विपक्षी/वादी : साझा भण्डार सहकारी संस्था लिमिटेड भोटाहिटी शाखाका के.का.भोटाहिटीको संस्था प्रमुख बाबुको नाउँ थाहा नभएको अं.वर्ष ३७ को नसिवधन लामा

अवकाश दिने अधिकारीलाई निवेदकको सेवा अनावश्यक छ भन्ने अनुभव भई दफा ८ को रीत पुर्यानई अवकाश दिइएकोमा अनावश्यक भएको पर्याप्त कारणहरू उल्लेख नगरिएको भन्दैमा उक्त अवकाश नियम विपरीत भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३५/०९/१३  डिभिजन वेन्च इजलास  २५११
 पुनरावेदक/ प्रतिवादी : सि.पा.जि.सिं.पा.पोखरे गा.पं.वडा नं. ७ पोखरे बस्ने गणेशबहादुर न्यौपाने बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ चौतारा कदमवास गा.पं.वडा नं. ४ बस्ने बावुराम गिरी समेत

बाँकीवाला आसामीको जेथा लिलाम नगरी जेथाजमानी हुनेको जेथा लिलाम गरेको जमानी गर्नेको ६ नं. विपरीत देखिँदा उक्त मितिको लिलाम र त्यस सम्बन्धबाट गरेको पर्चा, पूर्जि, सूचना, निर्णय आदि उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४५ - जग्गा खिचोला दर्ता

 फैसला मिति:२०३६/०३/२२  डिभिजन वेन्च इजलास  २४३३
 पुनरावेदक/ प्रतिवादी : जि. मोरङ विराटनगर न.पं.नं. २ बस्ने मित्रबहादुर बस्नेतसमेत बिरुद्ध विपक्षी/वादी : जि. सुनसरी धरान न.पं.नं. ६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ

क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट झगडीया झिकाउने आदेश भएको र अन्ततोगत्वा डिभिजन बेञ्चबाट फैसला निर्णय समेत भए गरेको देखिँदा ताŒिवक त्रुटि गरेको भन्न नमिल्ने। (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३६/०४/०७  डिभिजन वेन्च इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट जेठहरिया गा.पं.वडा नं. ६ बस्ने धुपाराय यादव बिरुद्ध विपक्षी/वादी : का.मु.भू.प्र.श्री खेमराज शाहसमेत

ऋण माग गरेको फारामलाई ऋण लिएको प्रमाण भन्न मिल्ने नदेखिएको हुँदा त्यसप्रकार ऋण माग गरेको निवेदन फारामलाई आधार बनाई, निवेदकले ऋण लिएको ठहर्छ भनी प्रमाणको अभावमा जि.का.भू.प्र.शाखा रौतहटले त्रुटिपूर्ण निर्णय गरेको देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४३ - उत्प्रेषणको आदेश जारी गरिपाउं

 फैसला मिति:२०३५/०८/०८  डिभिजन वेन्च इजलास  २४०३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी वोरीया गा.पं.वार्ड नं. ४ बस्ने यमुनाप्रसाद देव बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्तरी राजविराज न.पं.वडा नं. ७ बस्ने महावीर मोची चमार समेत

विवादको जग्गा हरूवाई शर्तमा कमाउन पाएकोमा विवाद छैन । यस स्थितिमा भू.सं.ऐन, २०२१ को दफा २५(२) को कानुनी व्यवस्था अनुसार विवादग्रस्त जग्गामा मोहियानी हक कायम भएकै सम्झनुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४२ - आयस्ता दिलाई पाउं

 फैसला मिति:२०३६/०१/०६  डिभिजन वेन्च इजलास  २३४९
 पुनरावेदक/ प्रतिवादी : इन्द्रकुमारी र रामराजको मु.स.गर्नेसमेत रूपन्देही मैन्हिया गा.पं.वार्ड नं. ९ बस्ने अनन्तराज पाण्डे समेत बिरुद्ध विपक्षी/वादी : पाल्पा मध्ये बन्दीपोखरा गा.पं.वार्ड नं. ५ बस्ने भुवानसिं खड्का क्षेत्री समेत

काम गर्ने कामदार हो भन्न सकिने सबूत प्रमाणको अभावमा काम गर्ने कामदार भनी ठहर गरी वादी दावी बमोजिमको बिगो भराई दिन न्यायसंगत नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४१ - माना चामल

 फैसला मिति:२०३६/०५/२८  डिभिजन वेन्च इजलास  ३२८४
 पुनरावेदक/ प्रतिवादी : का.जि. ओमबहाल बस्ने मुगादेवी बाहुनीको हाल श्रेष्ठनी बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं. ७ वसन्तपुर बस्ने कृष्णप्रसाद श्रेष्ठ

प्रमाण ऐन, २०३१ को दफा २३(४) अनुसार नाता सम्बन्धी कायम गर्ने कुरामा सम्बन्धित व्यक्तिहरूलाई चिन्ने जान्ने स्थितिमा रहेको व्यक्तिको भनाई नै प्रमाणमा सरोकार हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३४० - कुलो हर्जना समेत

 फैसला मिति:२०३५/०३/०५  डिभिजन वेन्च इजलास  २३८९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धादिङ केवलपुर गा.पं.वडा नं. १ केवलपुर मुसुरेकोट पिताम्बर पाण्डे बिरुद्ध विपक्षी/वादी : : ऐ ऐ. वडा नं. ८ छार्केछाप बस्ने हरिप्रसाद अधिकारी समेत

खेतको साँधबाट अहड बाली लगाउन पानी ल्याएको कुलो भत्काई बेमाख गरी दिएको दावा भएकोमा सामुहिक कुलो पानी विषयको मुद्दा नभएकोले म.क्षे.अ.ले अधिकारक्षेत्रको अभावमा गरेको निर्णय बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३३९ - उत्प्रेषण

 फैसला मिति:२०३६/१२/०५  डिभिजन वेन्च इजलास  २३९०
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला हंसपुर कटपुल्ला गा.पं.वडा नं. २ बस्ने लटु मण्डल केवट बिरुद्ध विपक्षी/वादी : भू.सु. कार्यालय धनुषाको भु.सु.अ.कृष्णप्रसाद कोइरालासमेत

जग्गा कमाएको पुष्टि भएकोमा भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २५ को उपदफा (४) बमोजिम मोहियानी हक समाप्त गर्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३३८ - जग्गा खिचोला

 फैसला मिति:२०३५/०७/२३  डिभिजन वेन्च इजलास  २४९३
 पुनरावेदक/ प्रतिवादी : चितवन जिल्ला नारायणगढ गा.पं.वार्ड नं. ६ बस्ने श्रीप्रसाद उपाध्याय समेत बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वार्ड नं. ३ विशालनगर बस्ने विश्वबन्धु थापा

सामान्य कानुनी व्यवस्था अनुसार दायर नभएकोले, तत्काल प्रचलित न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (२) बमोजिम क्षेत्रीय अदालतमा पुनरावेदन लाग्न नसक्नेमा मध्यमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन हेरी कार्यवाही किनारा गरेको बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३३७ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउं

 फैसला मिति:२०३५/०२/०८  डिभिजन वेन्च इजलास  २४७४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं. १९ बस्ने मेजर नरबहादुर गुरुङ बिरुद्ध विपक्षी/वादी : श्री शाखा अधिकृत भूमिप्रशासन कार्यालय,काठमाडौं समेत

अनाधिकार रूपबाट अधिकारक्षेत्र ग्रहण गरी एक कित्ता जग्गाको हकमा सम्म रैकरमा परिणत गरी नाउँसारी गरिदिने ठहर्छ भनी विपक्षी भू.प्र.का. काठमाडौंका शाखा अधिकृतले गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १३३६ - राजीनामा खोसी झुक्याई सही गरायो

 फैसला मिति:२०२२/०८/२२  फूल बेन्च इजलास  २२९५
 पुनरावेदक/ प्रतिवादी : घा.ई.दी.सी. लाफ बस्ने तारलामा तामाङ मर्दा सकार गर्ने छोरा रुञ्चे तामाङ बिरुद्ध विपक्षी/वादी : ऐ चिलाउने बस्ने रामे तामाङ समेत

वादीको फिराद लेखाइमा राजीनामा कागजको पीठमा सहिछाप गराई लगेको भन्ने लेखेको छ प्रतिवादीले पेश गरेको लिखतमा बन्धकी भन्ने देखिएको हुँदा वादी दावीको कागज देखिन नआएको र थैलीको अंक पनि नमिलेको यो यति थान कागजमा सही गराएको भन्ने वादीले लेख्नसकेको नदेखिएको उक्त पेश भएको लिखतममा बन्धकी तमसुक बमोजिमको रूपैयाँ बुझी लिई भन्ने लेखी ल्याप्चे सहिछाप परेको सो सहिछाप भिडाउँदा विशेषज्ञले वादीको सहिछापसँग भिड्छ भन्ने राय व्यक्त गरेको र उक्त कागज वादीलाई सुनाउँदा पनि मेरो सहिछाप होइन भन्नसकेको नदेखिएको सो बाहेक अरू दरपीठ भएको कागज छ भनी भन्न पनि नसकेको हुनाले समेत उक्त कागजबाट प्रतिवादीले राजीनामा गरी दिएको भन्ने देखिन नआई बन्धकी दिएको भन्नेसम्म देखिने । (प्रकरण नं. २४) (२) भोगबन्धकी कागजको आधारमा वादीका नाउँमा खान्गी खारेज हुँदा दर्ता गराएको देखिएकोले बन्धकी जग्गालाई दर्ताको प्रमाणले मात्र राजीनामा ठहराउन उचित नपर्ने र झुक्यान पारी राजीनामा हात लगाई लिई पीठमा सही गराई लिई गएको भन्ने कुराको पत्यारलायकको सबूत पनि वादीबाट पेश दाखिल हुन नसकेकोबाट समेत निवेदकको जिकिर पुग्न नसक्ने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु