विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. ४०९२ - उत्प्रेषण

 फैसला मिति:२०४७/०२/२८  एकल इजलास  २३४८
 पुनरावेदक/ प्रतिवादी : सिद्धार्थनगर न.पं. वा.नं. ३ बस्ने नन्दु अहिरको मु.स. गर्ने राजमान यादव बिरुद्ध विपक्षी/वादी : श्री पश्चिमाञ्चल क्षे.अ. समेत

(१) सबूद प्रमाणको मूल्यांकन गर्दै तथ्यको निरोपण गरी निर्णय गरेको पाइन्छ । त्यसरी सबूद प्रमाणको आधारमा तथ्यको निरोपण गरी गरेको सो निर्णयलाई पुनरावेदन तहबाट हेरे जस्तो गरी उक्त अञ्चल तथा क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन भनी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०९१ - अपुताली

 फैसला मिति:२०४७/०२/०२  संयुक्त इजलास  २८२९
 पुनरावेदक/ प्रतिवादी : सल्याङ खलंगा गा.पं. वा.नं. ५ बस्ने मोहनकुमारी बस्नेत बिरुद्ध विपक्षी/वादी : ऐ. वा.नं. ८ बस्ने जितबहादुर विष्ट

(१) मामली तर्फको भाइलाई अपुतालीको ११ नं. मा व्यवस्था भएको दाजुभाइ मान्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०९० - घर भत्काई पाउँ

 फैसला मिति:२०४७/०१/२३  संयुक्त इजलास  २४२२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ४ बस्ने प्रेमकुमारी पहाडी बिरुद्ध विपक्षी/वादी : का.न.पं. वा.नं. १ बस्ने साम्राज्य शमशेर ज.ब.रा.समेत

(१) वादी र प्रतिवादीहरुको विवादको कुरामा सो प्राप्त सबूद प्रमाणको मूल्यांकन गरी वादीको फिराद घर बनाउनेको ११ नं. को हदम्याद भित्रको नदेखिएको भनी खारेज हुने ठहर्या.ई फैसला भए उपर आफू कहाँ पुनरावेदन परी आएपछि शुरु र अञ्चल अदालतबाट भएको सबूदको मूल्यांकन ठीक छ छैन आवश्यक भए थप सबूद समेत आफैंले बुझी सो कुरामा ठहर गर्नु पर्नेमा सो घर कहिले बनेको हो वादी प्रतिवादीबाट खुलाई कानुन बमोजिम ठहर गर्नु भनी शुरु जि.अ. मा पठाउने गरेको मिलेको नदेखिएकोले म.क्षे.अ. को सो फैसला बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८९ - कर्मचारीलाई सजायँ गरी दर्ता बदर गरिपाउँ

 फैसला मिति:२०४७/०२/०१  संयुक्त इजलास  २२६९
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ३२ बस्ने जुक्तिजंग लामिछाने बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार भू.सु. मन्त्रालय ८ नं. नापी गोस्वारा पर्वतका प्रमुख नापी अधिकृत प्रकाश महरा क्षेत्रीसमेत

(१) जानकारी पाए अनुसार सम्बन्धित जिल्ला अदालतमा उजूर गर्ने अधिकार पुनरावेदकलाई प्राप्त भएको देखिन्छ तर सम्बन्धित जिल्ला अदालतमा उजूर नगरी सरकारी कर्मचारी समेतलाई प्रतिवादी बनाएको आधार लिई बा.अं.अ. मा उजूर गर्न गएको देखियो । ८ नं. नापी गोस्वाराबाट पाएको जानकारी अनुसार सम्बन्धित जिल्ला अदालतमा उजूर गर्न जानु पर्नेमा कानुनी बाटो छोडी बा.अं.अ. मा दिएको उजुरी क्षेत्राधिकार भित्र नपर्ने हुनाले वादीको फिराद खारेज गर्ने गरेको बा.अं.अ. को इन्साफलाई सदर गर्ने गरी गरेको म.क्षे.अ. को इन्साफ मिलेको देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८८ - उत्प्रेषण

 फैसला मिति:२०४७/०२/०७  संयुक्त इजलास  २७८७
 पुनरावेदक/ प्रतिवादी : वीरगंज न.पं. वा.नं. १६ बस्ने विजयप्रताप राणासमेत बिरुद्ध विपक्षी/वादी : कृषि विकास बैंक, शाखा कार्यालय वीरगंजसमेत

(१) विपक्षीका कानुन व्यवसायीले बहसको सिलसिलामा बैंकको सम्पूर्ण ऋण चुक्ता गरेमा निजको सम्पत्ति फिर्ता दिन बैंक मन्जूर छ भनी स्वीकार समेत गर्नु भएको, बैंकलाई ऋण तिर्नमा निवेदक कानुन व्यवसायीले इन्कार नगर्नु भएबाट समेत कृषि विकास बैंक ऋण असूली सम्बन्धी नियमावली, २०३२ (संशोधन सहित) को नियम १४(२) अनुसारको कार्यविधि पूरा गरी धितो रहेको सम्पत्ति लिलाम गर्ने गरेको कृषि विकास बैंकको निर्णय कानुन अनुरुप नै देखिन आएको हुँदा प्रस्तुत रिट निवेदन जारी गरी रहनु नपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/०२/०६  संयुक्त इजलास  २४५०
 पुनरावेदक/ प्रतिवादी : जि.कारागार शाखा अन्तर्गत केन्द्रीय कारागारमा बन्दी रहेको मोहन राइको हकमा रामप्रसाद चौलागाई बिरुद्ध विपक्षी/वादी : श्री बागमती विशेष अदालत सिंहदरवारसमेत

(१) लागू औषध सम्बन्धी मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १ भित्र पर्ने सरकार वादी मुद्दा भएको र अधिकार प्राप्त निकाय जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रतिवेदन दर्ता भई अधिकार प्राप्त निकाय बागमती विशेष अदालतबाट कानुन बमोजिम पूर्पक्षको लागि थुनामा राख्ने भनी गरेको आदेश गैरकानुनी मान्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८६ - जग्गा हक सफा

 फैसला मिति:२०४७/०१/२५  संयुक्त इजलास  २९२९
 पुनरावेदक/ प्रतिवादी : पो.न.पं. वा.नं. ९ बस्ने जगतमान माकाजू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने हरिकृष्ण बास्तोला

(१) जग्गा के कति कारणले सन्धीसर्पन पर्दछ भन्ने सम्बन्धमा सबूद प्रमाण बुझी निर्णय गरी ल्याउनु भनी अदालतमा जान सुनाउनु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८५ - लिलाम बदर, दर्ता बदर

 फैसला मिति:२०४७/०१/२३  संयुक्त इजलास  २६५६
 पुनरावेदक/ प्रतिवादी : जि.वारा हर्दिया गा.पं.वा.नं. ४ बस्ने बाबुलाल राउत अहिर बिरुद्ध विपक्षी/वादी : ना.अं.अ. मा ना.सु. पदमा बहाल रहेको भरतप्रसाद ढकालसमेत

(१) जिल्ला अदालतबाट लिलाम सम्बन्धी कार्य सम्पन्न भई तामेलीमा रहेको काम कार्यवाही उपर वादीले नागरिक अधिकार ऐन, २०१२ बमोजिम लिलाम बदरको दावी लिई अञ्चल अदालतमा मुद्दा दायर गरेकोमा दण्ड सजायँको ६१ नं. ले कुनै बाधा पुर्या एको मान्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८४ - रकम दिलाई पाउँ

 फैसला मिति:२०४६/०७/३०  संयुक्त इजलास  २७५८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ३२ डिल्लीबजार स्थित गुणस्तर निर्धारण समितिमा कार्यरत शकुन्तला राई बिरुद्ध विपक्षी/वादी : त्रिभुवन विश्वविद्यालयका तर्फबाट ऐ. का रजिष्ट्रार

(१) प्रतिवादी काठमाडौं फर्केको मितिलाई मुद्दा गर्नु पर्ने कारण परेको मान्ने हो भने विपक्षी त्रि.वि.वि. प्रतिवादी फर्केको थाहा नभएको अवस्थामा सदैव म्याद गुज्रन जाने स्थिति पर्छ । अतः त्रि.वि.वि.ले उपस्थित हुन आउनु भनी ७ दिनको म्याद तोकी सूचना दिएपछि सो पत्र पाई उपस्थित हुन नसकेको मितिले मुद्दा गर्नु पर्ने कारण भएको मान्नु पर्ने । (प्रकरण नं. १४) (२) मुद्दा गर्नु पर्ने कारण परेको मितिले हदम्याद नाघेको प्रस्तुत फिरादको लेखाइबाट देखिँदा यस्तो फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८३ - अंश

 फैसला मिति:२०४७/०२/२२  संयुक्त इजलास  २५३८
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु हरनापुर गा.पं. वा.नं. ७ बस्ने कुदुस मुसलमानसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने हसमती मुसलमाननीसमेत

(१) ७ नं. फाराम भु.सु. ऐनको प्रयोजनको लागि भरिने हो त्यतिकै आधारबाट अंश भएको भन्न नमिल्ने । (प्रकरण नं. १८) (२) प्रमाणको अभावमा वादी प्रतिवादीको नाउँमा जग्गा रहेकै नाताबाट अंशबण्डा भएको भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८२ - निर्णय बदर

 फैसला मिति:२०४६/१२/१२  संयुक्त इजलास  २४२७
 पुनरावेदक/ प्रतिवादी : भ.पु.न.पं. वा.नं. ४ बस्ने मालिकाप्रसाद बासिंछुयाकसमेत बिरुद्ध विपक्षी/वादी : भ.पु.न.पं. वा.नं.४ बस्ने बद्रीमान वासिंछुयाकसमेत

(१) कानुनले वादीहरुलाई संयुक्त दर्ता गरी पाउन प्रस्तुत फिराद गर्ने हकदैया प्राप्त छ भने त्यस्ता वादीहरुलाई अदालतले अंश बण्डाको १८ नं. बमोजिम आउनु पर्ने भनी उपचारको बाटो तोक्न मिल्दैन । कानुनले निर्धारित गरेका २ बाटो छन् भने वादीहरु उक्त २ बाटो मध्ये कुनै एक उपचारको बाटो समाती आउन सक्ने । (प्रकरण नं. १८) (२) कानुनले बन्देज नलगाएको कुरा अदालतले बन्देज लगाई वादीहरुलाई अंशबण्डाको १८ नं. बमोजिम आउनु पर्छ भनी बाध्यता गर्न नमिल्ने । (प्रकरण नं. १८) (३) अंशियार देखि बाहेकको परिवारमा विवादको घर पसल दर्ता भएपछि त्यस्तो अंश मुद्दा परेमा निरोपण हुन्छ भन्ने तर्क मिल्दो नदेखिने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८१ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४६/१२/३०  संयुक्त इजलास  २४०६
 पुनरावेदक/ प्रतिवादी : जि.झापा पाँचगाछी गा.पं. वा.नं. ८ बस्ने भोगेन्द्र ताजपुरीया बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय चन्द्रगढी झापासमेत

(१) जिल्ला कार्यालयलाई कानुन बमोजिम स¬ट्टापट्टा भएको जग्गाको कानुन बमोजिम नामसारी दाखिल खारेज गर्नमा कानुनले रोक्का राख्न पाउने अधिकार प्रदान गरेको नपाइने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०८० - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/३०  संयुक्त इजलास  २८०३
 पुनरावेदक/ प्रतिवादी : रा.वा.बैंक नेपालगंज शाखाका लेखा अधिकृत निर्मलप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : श्री सञ्चालक समिति रा.वा.बैंक के. का.समेत

(१) नियमावलीलाई संशोधन गर्दा जुन तरीका एवं कार्यविधि अपनाई मूल नियमावली बन्यो सोही तरीका एवं कार्यविधि अपनाई संशोधन हुनु पर्ने । (प्रकरण नं. ११) (२) वाणिज्य बैंक कर्मचारी सेवा शर्त नियमावली, २०४३ मा रहेको कानुनी व्यवस्थालाई लो.से.आ. को सामान्य सिद्धान्तले स्वतः निष्कृय तुल्याउन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०७९ - उत्प्रेषण

 फैसला मिति:२०४७/०१/०६  संयुक्त इजलास  २२४८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ३ महाराजगंज बस्ने मुकुन्दहरी नेपाल बिरुद्ध विपक्षी/वादी : पर्सा जिल्ला चोरनी गा.पं. वा.नं. ४ बस्ने गोविन्दराज जोशीसमेत

(१) अञ्चलाधीश कार्यालयले हक हस्तान्तरण दानदातव्य इत्यादि गर्न नपाउने गरी रोक्का राख्न पाउने कानुनले अधिकार दिएको पाइन्न, त्यसरी रोक्का राख्न पाउने अधिकार म मा निहित छ भनी अञ्चलाधीश कार्यालयले आफ्नो लिखितजवाफमा भन्न लेख्न सकेको पाइन्न । नेपालको संविधानको धारा १५ मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको सम्पत्ति अपहरण हुने छैन भन्ने उल्लेख भएको र सम्पत्ति भोग गर्न सक्ने अधिकार निवेदकलाई संविधानले नै प्रदान गरेको छ । (प्रकरण नं. १२) (२) सम्पत्ति भोग गर्न सक्ने अधिकारबाट वञ्चित गर्ने अधिकार कुनै कानुनले पनि अञ्चलाधीशलाई प्रदान गरेको नदेखिँदा निवेदकले उक्त सम्पत्ति हक हस्तारन्तरण गर्न राजीनामा दान दातव्य इत्यादि गर्न नपाउने गरी रोक्का राख्न दिएको अञ्चलाधीश कार्यालयको आदेशपत्र र सो बमोजिम माल कार्यालयले रोक्का राखेको समेत सम्पूर्ण कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२ र १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०७८ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/१५  संयुक्त इजलास  २७३६
 पुनरावेदक/ प्रतिवादी : स्याङजा जि., विचारी चौतारा गा.पं. वा.नं. ५ बस्ने विष्णुप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : श्री प्रशासकीय अदालत, काठमाडौंसमेत

(१) मुद्दा नचलाइएको स्थितिमा विभागीय सजायँमा चित्त नबुझ्ने राष्ट्र सेवकले विभागीय सजायँको आदेशको सूचना पाएको मितिले पैंतीस दिनभित्र कानुन बमोजिम प्रशासकीय अदालतमा पुनरावेदन गर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०७७ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/२९  संयुक्त इजलास  २४१२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं. ९ स्थित नेपाल ईम्पोर्ट एक्सपोर्ट टे«डर्स (प्रा.लि.) को तर्फबाट ऐ.को सञ्चालक शशिबिनोद शर्मा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, अर्थमन्त्रालय काठमाडौंसमेत

(१) ऐनले निर्दिष्ट गरे बमोजिमको रीतपूर्वकको सूचना दिएको नदेखिँदा त्यस्तो सूचनालाई आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिमको सूचना भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०७६ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/१४  संयुक्त इजलास  २२०२
 पुनरावेदक/ प्रतिवादी : जि.पं.स. तनहुँमा सरुवा गरी अवकाश प्राप्त कुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जि.पं.सचिवालय गोर्खाका स्थानीय विकास अधिकारी वासुदेव बरालसमेत

(१) उचित र पर्याप्त कारण भएमा निजामती सेवा नियमावली, २०२१ को नियम १०.१ बमोजिम सजायँ गर्न सकिने । (प्रकरण नं. १०) (२) निवेदकलाई दिएको पत्रबाट निवेदकलाई बर्खासी गरेका वा नोकरीबाट हटाएको नदेखिई नोकरीबाट अवकाश दिएको देखिँदा दिइएको अवकाशको निर्णय उपर पुनरावेदन लाग्ने व्यवस्था प्रशासकीय अदालत नियमावली, २०४४ को नियम ५(१) भित्र नपरेकोले सो नियम सान्दर्भिक भएन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०७५ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/०१/०२  संयुक्त इजलास  २५०६
 पुनरावेदक/ प्रतिवादी : सप्तरी कारागारमा थुनामा रहेको लोकबहादुर भन्ने राजाराम बस्नेत बिरुद्ध विपक्षी/वादी : सप्तरी जिल्ला अदालतसमेत

(१) डाँका बाहेक चोरी चार प्रकारका छन् यी चार प्रकारका चोरी एकै किसिमको चोरी नभई बेग्ला बेग्लै किसिमको चोरी हो र कानुनले सजायँ पनि बेग्ला बेग्लै तजबीज गरेको छ । (प्रकरण नं. ८) (२) चोरीको पटक कायम गर्दा एक किसिमको चोरीलाई अर्को किसिमको चोरीसंग गाभी पटक कायम गर्न चोरीको ११ नं. ले त्यस्तो कानुनी प्रावधान गरेको नपाइने । (प्रकरण नं. ८) (३) साधारण चोरी गर्नेलाई नकवजनीको कसूरमा सजायँ गर्न मिल्दैन । त्यस्तै साधारण चोरी पटक नकवजनी चोरीमा गाभी पटक कायम गर्दा आफूले जुन अपराधै गरेको छैन त्यस्तो अपराधको बढी पटके सजायँ हुन जाने स्थिति पर्छ । यस्तोमा साधारण चोरीको हिसाब नकवजनी चोरीसंग गाभी पटक कायम गर्न न्यायसंगत नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०७४ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४७/०१/१३  संयुक्त इजलास  २४४१
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा काठमाडौंमा थुनामा बस्ने करु थापा मगरसमेत बिरुद्ध विपक्षी/वादी : तनहुँ जिल्ला अदालतसमेत

(१) निवेदकहरुका हकमा ज्यान मुद्दाका कसूरदार ठहर भई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम र अन्य प्रतिवादीहरुलाई ऐ. १३(३) नं. बमोजिम जन्मकैद हुने सजायँ भइसकेपछि अन्य २ वटा मुद्दाहरुको जन्मकैद भन्दा कम सजायँ हुने खत हुँदा सो समेत जन्मकैदको सजायँमा खापी सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०७३ - उत्प्रेषण

 फैसला मिति:२०४७/०१/१४  संयुक्त इजलास  २६४१
 पुनरावेदक/ प्रतिवादी : जनकपुरधाम न.पं. वा.नं. ११ स्थित शिव मेडिकल स्टोर्सको प्रो.रामजीप्रसाद शाह बिरुद्ध विपक्षी/वादी : कर कार्यालय, जनकपुरसमेत

(१) निवेदकले पेश गरेको विवरणलाई अमान्य गर्दा कसरी विवरणमा फरक पर्न गयो र के कुन तथ्यांक प्रमाणको आधारमा कर निर्धारण गरियो सो सम्पूर्ण कुरा स्पष्ट उल्लेख नगरी खूद आय कायम गरी कर निर्धारण गर्ने गरिएको निर्णयलाई कानुन अनुरुपको मान्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु