विस्तृत खोजी

 
 
 
 
 
      

२० खोजी नतिजाहरु

निर्णय नं. ६३४८ - निषेधाज्ञा

 फैसला मिति:२०५३/१०/११  एक न्यायाधीशको इजलास  २७८७
 पुनरावेदक/ प्रतिवादी : निवेदकः सिंघा व्रुअरी नेपाल प्रा.लि. । बिरुद्ध विपक्षी/वादी : विपक्षीः वि.वि.ग्रुप जर्मनी समेत ।

....

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४७ - उत्प्रेषण ।

 फैसला मिति:२०५३/१०/२३  एक न्यायाधीशको इजलास  ३०८३
 पुनरावेदक/ प्रतिवादी : निवेदकः- सुर्खेत जिल्ला विन्चू गा.वि.स. वडा नं ८ बस्ने लाल बहादुर सुनार । बिरुद्ध विपक्षी/वादी : विपक्षीः- ऐऐ दल वहादुर सुनार ।

...................

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४६ - भ्रष्टाचार

 फैसला मिति:२०५३/०५/२६  संयुक्त इजलास  ३२०७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादीः- श्री ५ को सरकार, विशेष प्रहरी विभाग । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादीः- सुनसरी जिल्ला धरान न.पा. वडा नं. २ रत्ननगर वस्ने बिलोल पोखरेल समेत २ जना ।

 प्रतिवादी शोभा पोखरेलको हकमा विचार गर्दा निजको नाउँको खाता नं. १४३८ को खाता संचालन भई कारोवार भएको कुरामा सहमत भएता पनि उक्त खातामा रकम कहांबाट जम्मा हुन्थ्यो कति जम्मा हुन्थ्यो र कति झिकिन्थ्यो भन्ने कुरा शोभालाई थाहा नभएको र उक्त खातामा रकम राख्ने झिक्ने तथा चेकमा विवरण भर्ने काम निजको श्रीमान विलोल पोखरेलले गर्ने गरेको भनि दुवै प्रतिवादीहरुको वयान कागजबाट समर्थित हुन आएको अवस्था रहेछ । माथि गरिएको विवेचना तथा लोग्नेको प्रभाव एवं दवाबमा परी जानकारी विना नै खाता संचालन भएको देखिएको आधारमा शोभा देवीको सक्रियता एवं संलग्नता रहेछ भनी मान्न सकिने ठोस एवं तथ्ययुक्त सवुद प्रमाणको अभाव रहेबाट निजले आरोपित कसुर गरेको भन्ने वादी दावी पुग्न नसक्ने । (प्र.नं.२६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०५३/०९/२२  संयुक्त इजलास  २६०८
 पुनरावेदक/ प्रतिवादी : निवेदकः- जि.वांके सोनपुर गा.वि.स. वार्ड नं. ५ वस्ने ऐसाना खां बिरुद्ध विपक्षी/वादी : विपक्षिः- पुनरावेदन अदालत नेपालगंज समेत ४ जना ।

 वण्डा मुचुल्कामा चित्त नवुझ्ने व्यक्तिले दण्ड सजांयको ६१ नं. वमोजिम चित्त नवुझ्ने कुरामा तहसिलदार उपर जिल्ला न्यायाधीश समक्ष उजुर गर्न सक्ने कानूनी व्यवस्था भएकोमा जानकारी प्राप्त भई सकेपछि कानूनी उपचारको वाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको कानून सँगत नदेखिने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४४ - उत्प्रेषणको आदेश जारी गरीपाउँ

 फैसला मिति:२०५३/०३/२१  संयुक्त इजलास  २२५३
 पुनरावेदक/ प्रतिवादी : निवेदकः- का.जि. का.न.पा. वडा नं. ७ वस्ने द टिम्वर कर्पोरेशन अफ नेपाल लि.मा छैंटौं तहको पदमा गैर कानूनी तवरले घटुवा गरिएको वर्ष ४३ को सुरज सिंह । बिरुद्ध विपक्षी/वादी : विपक्षः- संचालक समिति, द टिम्वर कर्पोरेशन अफ नेपाल लि, बबरमहल काठमाण्डौं समेत ४ जना ।

 अदालतवाट जारी हुने आदेश कार्यान्वयन हुन सक्ने अवस्था नै विद्यमान नरहेको अवस्थामा कुनै आदेश जारी हुने वा नहुने तर्फ विचार नै गरी रहनु नपर्ने । (प्र.नं.९)  जहाँसम्म मृतक निवेदककी पत्नीले रिट जारी भएको खण्डमा मृतक पतिले पाउने संचय कोष, विदाको रकम, उपदान इत्यादि आर्थिक दायित्वका कुराहरु मैले पाउने नै हुँदा मुद्दा सकार गराई पाउँ, भनी निवेदन दिएको छ । तत्सम्वन्धमा रिट निवेदक नै जीवित नरहेको अवस्थामा मृतक संगै उपचार पाउन सक्ने स्थिति पनि समाप्त भै सकेको मान्नु पर्ने हुँदा निवेदनको औचित्य तर्फ विचार गर्नुको कुनै सान्दर्भिकता नरहने भएवाट निवेदिकाको जिकीर मनासिव मान्न नमिल्ने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४३ - वाली लुटपिट ।

 फैसला मिति:२०५३/११/२८  संयुक्त इजलास  २३३८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादीः जिल्ला झाग झोली गा.वि.स. वडा नं. ९ वस्ने राधा देवी न्यौपानेको मु.स.गर्ने डिल्ली प्रसाद न्यौपाने । बिरुद्ध विपक्षी/वादी : विपक्षीः ऐ.ऐ.वस्ने भवानी शंकर आचार्य समेत ४ जना ।

 फौजदारी मुद्दामा शंकारहित तवरवाट दावी प्रमाणित गर्ने दायित्व वादी पक्षमा रहने ।  फिराद लेखको आधारवाट मात्र लुटपिट गरेको ठहर्याउन न्यायोचित नहुने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४२ - कव्जा खिचोला मेटाई चलनचलाई पाउँ

 फैसला मिति:२०५३/०५/०४  संयुक्त इजलास  २३३४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादीःजयमलको छोरा सुर्खेत उत्तर गंगा गा.वि.स. वडा नं.२ बस्ने वर्ष ५६ को रन बहादुर वुढा बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/प्रतिवादीः सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने मागी बुढा ।

 अदालतवाट भएको नक्सामा जग्गाको स्थिति ठयाक्कै पुर्व पश्चिम उत्तर दक्षिण मिल्दैन अपितु केही तेर्सो गरी अवस्थित देखिंदा त्यस्तोमा नक्सा आदि गर्ने वेला दिशा किटान गर्दा कहिलेकांहि भ्रम पर्नु अस्वाभाविक हुँदैन र एउटा दिशा उल्लेख गर्दा अर्को पर्न जान्छ । त्यस्तोमा विवादको निपटारा भोग र वास्तविकतालाई मध्येनजर राखी गर्नु पर्ने । (प्र.नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४१ - उत्प्रेषणयुक्त प्रतिषेध

 फैसला मिति:२०५३/११/०८  संयुक्त इजलास  २२८९
 पुनरावेदक/ प्रतिवादी : निवेदकः ल.पु.जि.ठैव गा.वि.स.वडा नं. ६ वस्ने रामकृष्ण महर्जन समेत २ जना । बिरुद्ध विपक्षी/वादी : विपक्षीः ल.पु.जि.ठैव गा.वि.स.वडा नं. ७ वस्ने तुल्सीलाल श्रेष्ठ समेत ५ जना

 विवादको कि.नं. ११२ को जग्गाको जग्गाधनी गुठी रहेकोमा विवाद देखिंदैन । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५(३) (ख) ले गुठी संस्थानको अधिनस्थ जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त नहुने व्यवस्था गरेको देखिन्छ । गुठी संस्थान ऐन, २०२९ को दफा २६ (ग) को प्रतिवन्धात्मक व्यवस्थाको (१) मा यो ऐन वा भूमि सम्वन्धी ऐन, २०२१ वा अन्य प्रचलित नेपाल कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गुठी तैनाथी जग्गामा संस्थानले लिखित मजुंरी गरी मोहियानी प्रदान गरेकोमा वाहेक २०३० साल चैत्र मसान्त सम्म त्यस्ता जग्गामा कसैले मोहियानी हक प्राप्त गर्ने छैन र सो अवधि भित्र संस्थानले आफै खेती, वागवानी वा पशुपालन गर्न चाहेमा प्रचलित कानून वमोजिम मोही पजनी गर्न सक्ने याम समयमा जग्गा झिक्न सक्नेछ भन्ने व्यवस्था भएवाट २०३० साल चैत्र मसान्त अघि गुठी तैनाथी जग्गामा केवल कमाई गरेको आधारबाट मात्र मोही कायम हुन सक्ने अवस्था रहेको नपाइने । (प्र.नं १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३४० - उत्प्रेषण

 फैसला मिति:२०५३/११/१४  संयुक्त इजलास  २८०९
 पुनरावेदक/ प्रतिवादी : निवेदकः गोर्खा जिल्ला स्याङलिङ गा.वि.स.वडा नं. ५ घर भै हाल मालपोत कार्यलय कपिलवस्तुमा खरिदार पदमा कार्यरत मोती कुमार श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : विपक्षीः कपिलवस्तु जिल्ला अदालतका जिल्ला न्यायाधीशको अध्यक्षतामा गठीत वढुवा समिति मुकाम कपिलवस्तु जिल्ला अदालत समेत जम्मा ४ ।

 नेपाल अधिराज्यको संविधान, २०४७ लागु भएपछि न्यायाधीशहरुलाई श्री ५ को सरकारको कर्मचारीको हैसियतमा नराखी छुट्टै संवैधानिक व्यवस्था अन्तर्गत राखेको देखिंदा न्यायाधीशहरुलाई श्री ५ को सरकारको कर्मचारी सरह मान्न मिल्ने नदेखिने ।  वढुवा समितिको निर्णय उपर उजुर सुनी पुनरावेदन अदालत वुटवलका मुख्य न्यायाधीशले मिति ०५२।३।१४ मा गरेको निर्णयमा अधिकारक्षेत्रात्मक त्रुटी देखिने । (प्र.नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३९ - अंश दर्ता

 फैसला मिति:२०५४/०१/०२  संयुक्त इजलास  २६००
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादीः जि.धनुषा तुलश्याही जवदी गा.वि.स. वार्ड नं.२ वस्ने किशोरी शाहको छोरा वर्ष ५० को नथुनी शाह । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादीः ऐ.ऐ. वस्ने वुधनी देवी तेलीन समेत जम्मा ३ ।

 जानकी देवीले दिएको अंश मुद्दाको फैसला कार्यान्वयन हुन भन्दा पहिले नै दिनेशलाई गरिदिएको वकसपत्रको वांकी जग्गाको सम्वन्धमा तत्काल सगोलमा नै रहेको यी वादीले कुनै नालेस उजुर गरेको देखिन आउँदैन । यस स्थितिमा यी अंश छुट्टि सकेको वादीले प्रस्तुत अंश मुद्दा दिएको नाताले अवण्डा सम्पत्ति छुट्टयाई पाउन भनि दिएको दावी सरह अंश छुट्याउनु पर्ने कानूनी आधार समेत नदेखिने । (प्र.नं.१२)  अतः एक पटक अंश भाग छुट्टी नाउँसारी समेत गरी सकेपछि अंश पाउ भन्ने प्रस्तुत वादीको दावी नपुग्ने ठहर्यााएको पुनरावेदन अदालत, जनकपुरको फैसला मनासिव ठहर्ने । (प्र.नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३८ - भ्रष्टाचार

 फैसला मिति:२०५३/१०/२३  संयुक्त इजलास  ३१८२
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादीः श्री ५ को सरकार विशेष प्रहरी विभाग । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादीः सिन्धुली जिल्ला सिद्धेश्वर आर्दश गा.वि.स. वडा नं. ५ वस्ने रमेश कुमार वस्नेत समेत ।

 विशेष प्रहरी विभागमा भएको वयान कागजको आधारमा मात्र कसुरदार ठहराउन मिल्ने नदेखिने ।  आरोपित कसुर प्रमाणबाट पुष्टि हुन नसकेको अवस्थामा अनुमानको आधारमा मात्र कसुर ठहराउन नमिल्ने । (प्र.नं. ३४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३७ - जवरजस्ती करणी

 फैसला मिति:२०५३/११/२१  संयुक्त इजलास  ३३०८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादीः जि.कैलाली, थापापुर गा.वि.स. वडा नं. ७ वस्ने श्रीमती राम नारायणी चौधरी समेतको जाहेरीले श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/प्रतिवादीः जि.कैलाली रतनपुर गा.वि.स. वडा नं. ७ वस्ने, धर्म सिं वम समेत जम्मा ६ ।

 जाँच गर्न आएका पिडितहरुको वस्तु निष्ठ रुपमा जाँच गरी के कस्तो देखिन आयो सो सम्म उल्लेख गर्नु पर्नेमा Impression हरफ लेख्न पर्ने सन्दर्भ आवश्यकता र अवस्था केही नभएकोमा सोलाई मात्र निर्णयाधार वनाउन मनासिव देखिन नआउने ।  प्रस्तुत मुद्दामा कुनै पनि प्रतिवादीले उद्योग गरेको नभनी पिडितहरुले जवरजस्ती करणी भएको भनेका छन् भने घरमा सुतेको ठाउँबाट रातको समयमा समाई वन्दुक पड्काई लगी त्रसित पारी एकान्त जंगलमा लगि सकेपछि कुनै अपरझट कारण पर्न आई करणी गर्न नपाएको भन्ने कुरा देखिन नआउने । (प्र.नं. ४१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३६ - संशोधन दाखिल खारेज

 फैसला मिति:२०५३/०८/१०  संयुक्त इजलास  ३३१८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादीः जि.रौतहट गा.वि.स. सखुअवा धमौरा वार्ड नं. १ वस्ने जुडी राउत मेडियारको छोरा वर्ष ४९ को वैद्यनाथ प्रसाद मेडियार । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादीः जि.रौतहट गा.वि.स. मटिऔंन डुमरिया वार्ड नं. १ वस्ने हेमन्त चौधरी ।

 अदालतवाट अन्तिम भएको विषयमा मालपोत कार्यालय लगायतले परोक्ष रुपले अन्यथा निर्णय गर्न पाउने हो भने न्यायिक निर्णयको चरित्रमा र न्यायपालिका प्रतिको जनआस्थामै प्रतिकूल असर समेत पर्न जान्छ । तसर्थ संशोधन गर्न नमिल्ने ठहर्यााई अदालतले गरेको फैसला अन्तिम भै रहेको अवस्थामा मालपोत ऐन अनुसार भनी कि.नं. संशोधन गरी दिने ठहर्यासएको शुरु मालपोत कार्यालय, रौतहटको मिति ०४८।२।२६ को निर्णय उल्टी गर्ने गरेको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ मनासिव ठहर्छ । (प्र.नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३५ - कर्तव्य ज्यान डाँका चोरी

 फैसला मिति:२०५३/१०/२१  संयुक्त इजलास  २७८६
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक प्रतिवादीः धादिङ्ग जिल्ला जिवनपुर गा.वि.स.वडा नं.२ घर भै हाल केन्द्रीय कारागारमा थुनामा रहेको वर्ष २६ को नेप्टे भन्ने पदम बहादुर मगर समेत । बिरुद्ध विपक्षी/वादी : विपक्षी वादी : सानुमैयाको जाहेरीले श्री ५ को सरकार समेत ।

 दण्डनीय कुरामा संलग्न व्यक्तिले अपराधिक दायित्व अर्कामा सार्ने प्रयास हुने सम्भावना रहेको तर आफूले दायित्व स्वीकार गरी अरुलाई उन्मूक्ती दिने स्थिति नरहने हुँदा निज आफैले मात्र हिर्काएकोमा अदालत समक्ष समेत सावित भएको देखिंदा त्यसलाई अन्यथा भन्नु मनासिव नदेखिने । (प्र.नं. ३५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३४ - कीर्ते

 फैसला मिति:२०५३/०५/२५  संयुक्त इजलास  २५७४
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक वादीः जि.म.डाम्ही भेडै गा.वि.स. वडा नं.२ वस्ने रामनारायण ठाकुरको छोरा वर्ष ४४ को रणेन्द्र कुमार ठाकुर । बिरुद्ध विपक्षी/वादी : विपक्षीः प्रतिवादी : ऐ.ऐ. वस्ने जवाहिर मिश्रको छोरा चन्देश्वर मिश्र ।

 वादीले आफैले राजीनामा गरी दिएको हो होइन भन्ने प्रश्न निरोपण भए पछि मात्र राजिनामा गरी लिने दर्ता गर्ने कार्य दुषित वा सही के हो भन्ने कुरा निरोपित भएपछि हद म्याद कति हुने वा नहुने भन्ने कुराको पनि टुङ्गो लाग्ने अवस्था श्रृजना हुने । (प्र.नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३३ - उत्प्रेषण मिश्रीत परमादेश

 फैसला मिति:२०५३/०८/२६  संयुक्त इजलास  २४५१
 पुनरावेदक/ प्रतिवादी : निवेदकः जिल्ला गुल्मी ग्वादी गा.वि.स.वडा नं. ६ वस्ने टासुराम ज्ञवाली । बिरुद्ध विपक्षी/वादी : विपक्षीः श्री लोक सेवा आयोग केन्द्रीय कार्यालय समेत २ ।

 निवेदकले लोक सेवा आयोगवाट प्रकाशित विज्ञापन नं. ९६३।०५२ अनुसार मेडिकल अधिकृत पदको लागि आन्तरिक प्रतियोगितात्मक परिक्षाद्वारा वढुवा हुने पदको लागि दरखास्त फारम पेश गरेकोमा खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यता आवश्यक पर्ने होइन । लोक सेवा आयोगले विज्ञापन नं. ९६३।०५२ को लागि समेत एम.वि.वि.एस., एम.डी. वा सो सरहको शैक्षिक योग्यता तोकेको मिलेन र त्यसरी तोक्ने अधिकार विपक्षी लोक सेवा आयोगलाई छैन भनी लिएको जिकिर तर्फ हेर्दा, लोक सेवा आयेग (कार्यविधि) ऐन, २०४८ को दफा ७ मा आयोगवाट लिइने परिक्षाको विभिन्न तरिकाहरु तोकिएको छ जस भित्र विज्ञापन नं. ९६३।०५२ वमोजिम पदपूर्ति गरिने प्रकृया समेत समावेश भएको तथा उल्लेखित दफा ७ अन्तर्गतको परिक्षा सम्वन्धी शैक्षिक योग्यता समेत तोक्न सक्ने अधिकार सोही ऐनको दफा ८(१) ले आयोगलाई दिएको देखिन्छ । विज्ञापित जनरल हेल्थ सर्भिसेज अन्तर्गतको मेडिकल अधिकृत पद डाक्टरको भइ सो पदमा नियुक्ति हुने व्यक्तिको काम कारवाही प्रत्यक्षरुपमा जनस्वास्थ्यसँग सम्वन्धित भइ अति सम्वेदनशील भएको तथ्यलाई इन्कार गर्न सकिदैन । मेडिकल अधिकृतले गर्ने काम तथा निजको शीप र दक्षता निजको शैक्षिक योग्यताले समेत निर्देशित गर्ने कुरामा समेत कसैको दुईमत हुदैन ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३२ - परमादेश समेत

 फैसला मिति:२०५४/०२/२१  संयुक्त इजलास  २१३३
 पुनरावेदक/ प्रतिवादी : निवेदकः- जिल्ला कास्की पोखरा नगरपालिका वडा नं. १ बगर वस्ने अम्वर बहादुरु गुरुङ्ग । बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थीः- पुनरावेदन अदालत, पोखरा

 एउटै जग्गाको बिषयमा वादी प्रतिवादी दुवैको फिराद परी कारवाही चलेकोमा एउटै मुद्दावाट वादीको सो जग्गामा हक पुग्ने नपुग्ने प्रश्नको निरोपण हुने हुँदा अर्को मुद्दामा पुनरावेदनको म्याद नदिए पनि बादीलाई असर नपर्ने । (प्र.नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३१ - सेवावाट अबकाश

 फैसला मिति:२०५३/०७/१४  संयुक्त इजलास  २३७१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक वादीः पशुपती विस्कुट इण्डट्रिज प्रा.लि.दुहवी सुनसरीको प्रबन्ध संचालक वशन्त कुमार चौधरी । बिरुद्ध विपक्षी/वादी : विपक्षी प्रतिवादीः जि.सुनसरी दुहवी वडा नं. ७ वस्ने राज कुमार वस्नेत ।

 जुन कसुरमा अभियोग लगाइएको छ, सो कसुर नै गरेको देखिन्न भने त्यस्तो आरोपित कसुरमा अवकाश दिन नमिल्ने । (प्र.नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३३० - मोही नामसारी

 फैसला मिति:२०५३/०५/२५  संयुक्त इजलास  २६०५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक वादीः जिल्ला पर्सा विरगंज नगरपालिका वडा नं. ३ बस्ने किसुनदास तत्मा । बिरुद्ध विपक्षी/वादी : विपक्षी प्रतीवादीः ऐ.ऐ.वस्ने हृदय नारायण तिवारी समेत २ जना ।

 भूमि सम्वन्धी ऐन, २०२१ लागु भएका बखत मोही कायम हुनको लागी भूमि सम्बन्धी नियमावली बमोजिम मोहीले आफूले कमाएको जग्गाको र जग्गाधनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको हुनु पर्नेमा, वादीका स्वर्गिय पिताको नाममा १ नं. लगत नै नहुनु र २ नं. अनुसूचीमा समेत प्रकाशित नभई जोताहाको स्थायी वा अस्थायी निस्सा समेत नभएको अवस्थामा एक मात्र नापीमा फिल्डबुकमा लेखिएको कारण फिल्डवुकको आधारमा तयार भएको जग्गा धनी प्रमाण पुर्जामा अंकित भएकै कारण विवादित जग्गाको मोही वादीका स्वर्गीय पिता थिए भनी निजको मृत्यु पश्चात यो पुनरावेदक वादीका नाउँमा मोही नामसारी गरीदिने ठहर्या्उन कानून सँगत नदेखिने । (प्र.नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ६३२९ - अंश

 फैसला मिति:२०५३/०९/१८  पूर्ण इजलास  ३६०८
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक प्रतिवादीः- गण्डकी अञ्चल लम्जूङ्ग जिल्ला खुदी गा.वि.स. वार्ड नं. १ तरापु वस्ने भरतमणी पोख्रेल । बिरुद्ध विपक्षी/वादी : विपक्षी वादी : नारायणी अञ्चल चितवन जिल्ला गितानगर गा.वि.स.वार्ड नं. ८ इन्द्रपुरी वस्ने वेदनिधि पोख्रेल ।

 मुलुकी (सातौ संशोधन) ऐन, २०३४ बाट अंशवण्डाको ३० नं. संशोधन हुँदा "यो ऐन प्रारम्भ हुँदा सम्ममा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराई सकेको वा वण्डा बमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टा छुट्टै भोग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भै सकेको ठहरेमा पछि वण्डापत्र रजिष्ट्रेशन भै सकेको छैन वा वण्डा घटी बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ भनी व्यवस्था भएको पाइन्छ । "यस्तो स्थितिमा मिति ०२०।२।११ को बण्डापत्रको लिखत तथा सो लिखत र अंश बुझेको भरपाईलाई सद्दे भनी गरेको वादीका वारीसको वयान, बादी प्रतिवादीको आमाको अदालतमा भएको बयान, मेदनी प्रसादले भरतमणिलाई राजिनामा पास गरीदिंदा छुट्टि भिन्न भएको दाजु भनी अन्तरसाक्षीमा बसेको अवस्था तथा भूमि सुधार चितवनमा ७ नं. फांटवारी दिंदा प्रतिवादीलाई अंशियारको रुपमा देखाउन नसकेको र लेखिए बाहेक अरु कुनैजग्गा मेरो छैन भन्ने मलाई यकिन छ भनी लेखेको अवस्था समेतको आधारमा व्यवहार प्रमाणवाट यी वादी प्रतिवादी बीच अंशबण्डा भएको छैन भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु