विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. २३८४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०५/०३  डिभिजन वेन्च इजलास  २१४१
 पुनरावेदक/ प्रतिवादी : प्रहरी थाना घैलाडुवाको पत्रले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : भारत जिल्ला दार्जलिङ्ग जलपाइगडी बस्ने मंगल महमद मियाँ । ऐ. खोरीवारी बस्ने पीरमहमद मिया

हेलचेक्र्याईबाट होस् नपुर्या)ई यो यस्तो विष्फोटक हो ज्यान जान सक्छ भन्ने कुरा नसोची प्र.हरूले मृतकलाई दिएको र निजले पनि सिलौटामा राखी थिची दिँदा निजको ज्यान मर्न गएको देखिएकोले सो कसूर भवितव्यबाट हुने ठहर्छ । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८३ - आय कर

 फैसला मिति:२०४२/०३/२७  डिभिजन वेन्च इजलास  २२९३
 पुनरावेदक/ प्रतिवादी : कर कार्यालय, बागमती अञ्चल, काठमाडौं बिरुद्ध विपक्षी/वादी : का.जि.नक्साल बस्ने नेपाल निटिंग एण्ड बिभीङ मिल्स प्रा.लि.का संचालक सावर मल अग्रवाल ।

२०२४।१०।१७ देखि उत्पादन शुरू गरेकोले पछि बनेको ऐनले तत्काल प्रचलित कानुन बमोजिम पाएको सुविधामा असर पार्न सक्दैन निवेदक कम्पनीले उत्पादन शुरू गरेको मितिमा प्रचलित कानुन औद्योगिक व्यवसाय ऐन, २०२८ को दफा ९(१) ले १० वर्षसम्म आयकर छुट पाउने गरेको व्यवस्थालाई प्रतिकूल असर पार्न नसक्ने । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८२ - उत्प्रेषण

 फैसला मिति:२०४२/०५/२८  डिभिजन वेन्च इजलास  २४२४
 पुनरावेदक/ प्रतिवादी : नेपाल बैंक.लि.को तर्फबाट महाप्रबन्धक आनन्द भक्त राजभण्डारी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार वन मन्त्रालय । जिल्ला कार्यालय काठमाडौं । औषधी व्यवस्था विभाग थापाथली,काठमाडौं ।

जग्गा प्राप्ति ऐन, २०३४ अन्तर्गतको रीत पुर्याभई भएको यस्तो जग्गा प्राप्ति र मुआब्जा सम्बन्धी निर्णयहरू उपर माथि उल्लेख गरे बमोजिम पुनरावेदन लाग्ने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै संविधानको धारा ७१ को आधारमा रिट निवेदक रिट क्षेत्रभित्र प्रवेश गरेकोलाई उचित भन्न मिलेन । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८१ - लिखत बदर हक कायम

 फैसला मिति:२०४२/०५/०७  डिभिजन वेन्च इजलास  २२११
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी पर्सा पतेली गा.पं.वार्ड.नं.६ बस्ने मदन मिश्र भन्ने मोद नारायण मिश्र । बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने मदन भन्ने रामेश्वर मिश्र ।

सगोलको सम्पत्ति होइन भन्नको लागि सम्बन्धित लिखतमा निजी आर्जन भन्दैमा वा नभन्दैमा नै पनि पर्याप्त हुँदैन । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३८० - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश, पुर्जी जारी गरी हकप्रचलन गराइपाउँ

 फैसला मिति:२०४२/०४/१०  डिभिजन वेन्च इजलास  २२१३
 पुनरावेदक/ प्रतिवादी : मकवानपुर जिल्ला हेटौंडा न.पं.वडा नं. ४ बस्ने दुर्गा देवी श्रेष्ठ । ऐ.ऐ बस्ने मैयां देवी श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय चितवन । चितवन जिल्ला भरतपुर न.पं. वार्ड नं.१० बस्ने वीर बहादुर तामाङ ।

भूमि सुधार कार्यालयले आफू स्वयंले स्वतन्त्र रूपमा निर्णय नगरी भू.सु.वि.को निर्देशन बमोजिम गरेको टिप्पणी निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७९ - जग्गा खिचोला हक कायम दर्ता

 फैसला मिति:२०४२/०५/०५  डिभिजन वेन्च इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.सुनाकोठी गा.पं.वडा नं. ८ ढोलाहिटी बस्ने जगत बहादुर खत्री बिरुद्ध विपक्षी/वादी : जिल्ला मकवानपुर हटिया गा.पं.वडा नं. ८ बस्ने क्षेत्र बहादुर थापा क्षेत्री

आफ्नो हक नपुग्ने जग्गामा दावी गरेको देखिनाले वादीको हकको जग्गामा प्रतिवादीले खिचोला गरेको देखिँदा वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७८ - उत्प्रेषण

 फैसला मिति:२०४२/०५/२४  डिभिजन वेन्च इजलास  २३०९
 पुनरावेदक/ प्रतिवादी : जि.रूपन्देही बुटवल खर्स्र्यौली न.पं.वार्ड नं. ८ बस्ने सूर्य थापा बिरुद्ध विपक्षी/वादी : श्रीमान अंचलाधीशज्यू, लुम्बिनी अञ्चलाधीशको कार्यालय लु.अं.। श्री ५ को सरकार वन मन्त्रालय,वन विभाग,वसोवास शाखा,काठमाडौं । प्र.जि.अ.जि.का. रुपन्देही । श्री सदस्य सचिव,उपयोगिता नक्सानुसार वन क्षेत्र कायम गर्ने समिति व.डि.का. रुपन्देही ।

उपचार माग्न आउनेले शुद्ध हातले अदालत प्रवेश गरेको हुनुपर्दछ, वास्तविक कुरा छिपाई कलुषित मनसायबाट अदालतमा प्रवेश गरेमा यस अदालतको असाधारण अधिकार क्षेत्रबाट उपचार नमिल्ने हुँदा निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०५/०२  डिभिजन वेन्च इजलास  ३०४०
 पुनरावेदक/ प्रतिवादी : जि.ओखलढुङ्गा,माम्खा गा.पं.वा.नं.९ हाल उदयपुर कारागारमा कैदमा थुनिई बस्ने मान बहादुर कार्की बिरुद्ध विपक्षी/वादी : बोध बहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार

स्वतन्त्र प्रमाणको अभावमा कसूरमा सजायँ पाउने सह अभियुक्तबाट पोलाई माग्दाकै कारणले मात्र प्र.लाई कसूरदार ठहर्या५उन नल्मिने । (प्रकरण नं.२२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७६ - ज्यान

 फैसला मिति:२०४२/०५/२१  डिभिजन वेन्च इजलास  २२०३
 पुनरावेदक/ प्रतिवादी : जि. डोटी तिखान्तर गा.पं.वडा नं.४ गणेश कांडा घर भै हाल डोटी कारागारमा थुनामा रहेको प्रेम बहादुर मगर बिरुद्ध विपक्षी/वादी : नर बहादुरको जाहेरीले श्री ५ को सरकार

आफ्नी स्वास्नीसँग रातमा सँगै बसेको अवस्थामा देखी रिस थाम्न नसकी मारेको देखिएकोले सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को हुने देखिएकोले अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ नै पर्याप्त हुने । (प्रकरण नं.६५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७५ - ज्यान मार्ने उद्योग

 फैसला मिति:२०४२/०५/०२  डिभिजन वेन्च इजलास  २७९८
 पुनरावेदक/ प्रतिवादी : जि.धनकुटा भेडेटार गा.पं. वडा नं.१ घर भै हाल कारागार शाखा धनकुटामा रहेका कर्मसिं राई। बिरुद्ध विपक्षी/वादी : पृथ्वीबल राईको जाहेरीले श्री ५ को सरकार

ज्यान मार्ने सम्मको मनसायको अभावमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम प्रतिवादीलाई १० वर्ष कैदको सजायँ गरेको जिल्ला अदालतको इन्साफलाई सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती हुँदा उल्टी हुने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०१/१३  डिभिजन वेन्च इजलास  २२१२
 पुनरावेदक/ प्रतिवादी : प्र.ह.ज्ञान बहादुर खत्री समेतको प्रतिवेदन जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : गोरखा बुंकोट गा.पं.वडा नं. खात्दी तिवारी गाउँ बस्ने शुसिला तिवारी

रक्षा शिक्षा दिने आफ्नो आमाले घाँस काट्न जा भनी अर्हाखउँदा नमानेकी हुँदा मर्नेको हितको लागि कुटपीट गर्दा भवितव्यमा परी मृत्यु भएको देखिन्छ, तसर्थ ज्या.स.को ६(३) बमोजिम रु. ५०। जरिवाना हुने । (प्रकरण नं.२१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७३ - गैरकानुनी लाभ हानी

 फैसला मिति:२०४२/०२/३२  डिभिजन वेन्च इजलास  २८००
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२९ गलको पाखो बस्ने राजकुमार साही खड्गी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (विशेष प्रहरी विभाग)

क्षेत्रीय अदालत नियमावली, २०३६ को नियम १८(ग) मा पाँच हजार रूपैयाँ भन्दा बढी दण्ड जरिवाना हुने मुद्दा डिभिजन बेञ्चबाट हेरिने भन्ने उल्लेख भएको । (प्रकरण नं.२२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७२ - उत्प्रेषण

 फैसला मिति:२०४२/०४/१७  डिभिजन वेन्च इजलास  २१३३
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२४ बटु टोल बस्ने जगत बहादुर बासुकला बिरुद्ध विपक्षी/वादी : का.न.पं.का प्र.पञ्च कमल चित्रकार । का.जि.का.न.पं. वडा नं.२४ वटु टोल बस्न सेर बहादुर वासुकला

तेरो मेरोको प्रश्न उपस्थित भएको स्थितिमा नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) अनुसार अदालतमा जान सुनाउनु पर्ने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०२/१८  डिभिजन वेन्च इजलास  २२५४
 पुनरावेदक/ प्रतिवादी : केशवराज पाण्डेको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : स्याङजा जिल्ला चण्डी भञ्ज्याङ गा.पं.वा.नं.४ बस्ने याम कुमारी पाण्डे समेत

अवला नारीले समाजको लोकापवादबाट बच्न त्यसरी छिपाउन निमित्त गाड्नु स्वाभाविवकै देखिँदा माथि लेखिए बमोजिमको सजायँ गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष ५(पाँच) सम्म गर्नु उपयुक्त ठानी अ.बं. १८८ नं. अनुसार जाहेर गरेतर्फ हेर्दा उल्लिखित कारणहरूबाट समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतले उक्त अ.बं. १८८ नं. लगाई व्यक्त गरेको राय मनासिव ठहर्छ। (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३७० - मोही निष्काशन गरी चलन चलाई पाउँ

 फैसला मिति:२०४२/०५/१८  डिभिजन वेन्च इजलास  २११०
 पुनरावेदक/ प्रतिवादी : जि.बाँके हसनापुर गा.पं. वार्ड नं. ६ बस्ने दौलत खाँ बिरुद्ध विपक्षी/वादी : जि.बाँके बसन्तपुर गा.पं.वार्ड नं. ६ बस्ने इस्माइल रग । ऐ.ऐ बस्ने रमजान खाँ । ऐ.ऐ बस्ने मोहमद सरिफ खाँ

बाली बटैयाको मुचुल्काको नक्कल सारी थाहा भएको मितिले फिराद गर्न पाउने ऐनले व्यवस्था गरेको देखिएन, तसर्थ बाली बटैयाको मुचुल्का सारी थाहा पाएको मितिबाट परेको फिरादलाई म्यादभित्रको भन्न नमिल्ने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३६९ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०४/१७  डिभिजन वेन्च इजलास  ४३६८
 पुनरावेदक/ प्रतिवादी : जि.चितवन नारायणगढ बजार वार्ड नं. ३ बस्ने वशन्तलाल चुके बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला कार्यालय चितवन भरतपुर । श्री हेटौंडा नारायणगढ राजमार्ग योजना हेटौंडा । श्री हेटौंडा नारायणगढ राजमार्ग योजना मूल्याङकन समिति । श्री अंचलाधीशको कार्यालय नारायणी अंचल

जग्गा प्राप्ती ऐन, ०३४ अन्तर्गत जग्गा अधिग्रहण गरेको र सो जग्गाहरूको मूल्यांकन मुआब्जा निर्धारित गरेको भन्ने निवेदकको कथन कुनै पनि लिखित प्रमाणबाट समर्थित भएको तथ्ययुक्त नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३६८ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०५/२०  डिभिजन वेन्च इजलास  २४०२
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. ३३ ज्ञानेश्वर बस्ने राजिव दाहाल बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान केन्द्रीय कार्यालय । गुठी संस्थान लगत तथा तहसिल कार्यालय भद्रकाली । का.न.पं. वडा नं. १० बस्ने सुनिता वस्नेत । ऐ.ऐ बस्ने गङ्गामान मर्हजन

निवेदनमा निवेदकका माग अनुसारको कारवाही गर्नुपर्ने नपर्ने कुराको कुनै निर्णय भएको गरेको भन्ने लिखित जवाफबाट देखिँदैन, तसर्थ रिट निवेदकले दिएको भनेको निवेदनमा कानुन बमोजिम कारवाही निर्णय गर्नु भनी प्रत्यर्थी गुठी संस्थान र गुठी लगत तथा तहसिल कार्यालयका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३६७ - लेनदेन

 फैसला मिति:२०४२/०४/१५  डिभिजन वेन्च इजलास  २५९२
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला कालीमाटी स्थित नेपाल बैंक लि.का तर्फबाट सोही बैकंका शाखा प्रबन्धक गजेन्द्रमान पती बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ काठमाडौं नगर पञ्चायत वार्ड नं. २१ अन्तर्गत लगनटोल बस्ने महेश्वर मान शाक्य ।

बाणिज्य बैंक ऐन, ०३१ को दफा ४७ तथा ४७(क) ले व्यवस्था गरे मुताविक नेपाल राष्ट्र बैंकको निर्देशित तरिका समेतका आधारमा दावी गरेको साँवा ब्याज प्रतिवादीबाट भरी पाउँदैन भन्न मिल्ने पनि देखिँदैन । (प्रकरण नं.१७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०५/३०  डिभिजन वेन्च इजलास  २४५९
 पुनरावेदक/ प्रतिवादी : कञ्चनपुर जिल्ला महेन्द्रनगर नगर पञ्चायत वडा नं. १७ बस्ने हरिदेव भट्ट बिरुद्ध विपक्षी/वादी : प्र.जि.अ.श्री रेवती रमण खनाल १ जिल्ला शिक्षा अधिकारी श्री नवराज शर्मा १ मालपोत अधिरकृत श्री जगन्नाथ प्रसाद श्रेष्ठ १ समेत भएको शिक्षण संस्थान समिति व्यवस्था जिल्ला समिति कंचनपुर । कंचनपुर वन सुढृढिकरण अधिकारी सम्पन्न समिति,कंचनपुर । कंचनपुर जिल्ला महेन्द्रनगर नगर पंचायत वडा नं.१२ स्थित पूर्ण निम्न माध्यामिक विद्यालय,ऐरी। प्रधान पंच महेन्द्रनगर नगर पंचायत,कंचनपुर ।

जग्गा ऐलानी नै हो भन्ने कुरा विवादरहित देखिएन, यसबाट वनक्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समितिको अधिकार क्षेत्रभित्र यो पर्छ भन्ने कुरा यकीन गर्न सकिने अवस्था देखिएन । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३६५ - उत्प्रेषण लगायत उपयुक्त रिट जारी गरिपाउँ

 फैसला मिति:२०४२/०५/२७  डिभिजन वेन्च इजलास  २७२८
 पुनरावेदक/ प्रतिवादी : चन्द्रमान मरि मु.स.गर्ने हाल का.जि.का.न.पं.वार्ड नं. १ बस्ने काइचा महर्जन बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय काठमाडौं । का.जि.का.न.पं. वार्ड नं. २० बस्ने अष्ट नारायण महर्जन ।

निवेदकको उजूरी परेपछि उक्त जग्गामा मोही कायम हुने हो हैन सबूद प्रमाणको मूल्याङ्कनको आधारमा भू.सु.अधिकारी स्वयंले निर्णय गर्नु पर्ने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु