विस्तृत खोजी

 
 
 
 
 
      

३५ खोजी नतिजाहरु

निर्णय नं. २७७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०६  सिङ्गल बेञ्च इजलास  २२७५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी डाँडा गा.पं.वडा नं.५ बस्ने जोखन कुर्मी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सप्तरीसमेत

(१) कूत बुझाएको भन्न मिलेन भन्ने आधार लिई मोही निष्कासन गर्ने गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न मिल्ने अवस्था नहुँदा प्रत्यर्थीहरूबाट लिखितजवाफ मगाइरहनु नपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७७० - ज्यान

 फैसला मिति:२०४३/०६/०२  डिभिजन वेन्च इजलास  २२४७
 पुनरावेदक/ प्रतिवादी : फुलमाया सर्किनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.धनुषा तुलसी गा.पं.वडा नं.३ बस्ने जगलाल मुक्तानसमेत

(१) कुनै नराम्रो कुरा नसोची घचेट्दा लडी ढुड्डामा ठोकिएर मृत्यु भएकोलाई कर्तव्यबाट ज्यान मरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६९ - अपुताली

 फैसला मिति:२०४३/०६/०६  डिभिजन वेन्च इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला सिंदुजुरे गा.पं.वडा नं.छाचोक बस्ने शिवलाल उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.जुठु पाध्यायको मु.स.गर्ने चन्द्रकला ऐ.ऐ.

(१) २०११ सालमा शंकर मरेको ठोस आधार प्रमाण बेगर जुठु उपाध्यायको स्पष्ट र सकारात्मक स्वीकारोक्तीको अभावमा ०११ सालमा शंकर मरेको भनी हदम्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) शंकरको नजिकको हकदार सिवलाल कायम हुने ठोस आधार प्रमाण देखिन नआएकोले शंकरको नजिकको हकदार जुठु उपाध्यायलाई कायम गरी अपुताली पाउने ठहर्‍याई शुरुले गरेको इन्साफलाई सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कुनै त्रुटि देखिन नआएकोले कुनै परिवर्तन गरिरहनु परेन । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६८ - उत्प्रेषण

 फैसला मिति:२०४३/०५/०१  डिभिजन वेन्च इजलास  २२६२
 पुनरावेदक/ प्रतिवादी : लु.अं.पाल्पा जि.साविक तहल कोट गा.पं.वडा नं.७ को हाल वाका मलाङ गा.पं.वडा नं.८ बस्ने हिराबहादुर शाही ठकुरी बिरुद्ध विपक्षी/वादी : प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय, पाल्पासमेत

रजिष्ट्रेशनको ३५ नं. मा कार्यालयमा पेश भएको रेकर्ड अभिलेखबाट नै निर्णय गर्न सकिनेमा मालपोत अधिकृतले निर्णय गर्न पाउने देखिन्छ । तर प्रमाण बुझी सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गर्नुपर्ने अवस्थामा अधिकार क्षेत्र समाप्त हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६७ - हर्जना दिलाई पाउँ

 फैसला मिति:२०४३/०५/०१  डिभिजन वेन्च इजलास  ३६३३
 पुनरावेदक/ प्रतिवादी : श्री मनकामना कन्स्ट्रक्सन कं.राजविराजका प्रोप्राइटर शान्तीदेवी शाह बिरुद्ध विपक्षी/वादी : विराटनगर नगर पञ्चायतका तत्कालीन कार्यबाहक प्रधान पं.किसनलाल यादव

(१) पुनरावेदकको म्याद थप पाउँ भनी दिएको निवेदनबाट कारवाही भई म्याद थप नगरी ठेक्का तोड्ने निर्णय गरेपछि सोही मितिबाट पुनरावेदक उपर उजूर गर्नु परेको कारण परेको मान्नु पर्ने । (प्रकरण नं. ९) (२) क्षेतिपूर्ति भराउँदा इस्टीमेटको लगतमा ठेक्का कबूल गरेको रकमसंग भिडाई समानुपातिक रुपमा थप बनाउन लाग्ने खर्चको हिसाब गरी सोही ठेक्का सम्बन्धी धरौटी र रनिंग बिलको भुक्तानी पाउनुपर्ने रकमको हिसाव मिलाई बाँकी मात्र भराउने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६६ - उत्प्रेषण

 फैसला मिति:२०४३/०५/०८  डिभिजन वेन्च इजलास  २३०४
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वार्ड नं. ३ झँसीखेल बस्ने कृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, ललितपुरसमेत

(१) नापीमा नाम मोहीमा लेखाएको कारणबाट मोही कायम हुने र मौकैमा उजूर गर्नुपर्ने भन्ने तर्क उचित देखिँदैन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०६  डिभिजन वेन्च इजलास  २१९५
 पुनरावेदक/ प्रतिवादी : जि.रौतहट पोठियाही गा.पं.वार्ड नं.३ बस्ने गंगा ठाकुर हजाम बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, रौतहट गौरसमेत

(१) विवादीत जग्गाको १।२ नं. अनुसूची प्रकाशित भएको श्रेस्ताबाट नदेखिएको भनी निवेदकको जग्गामा मोही कायम गरेको निर्णय उत्पे्रषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६४ - लिखत बदर

 फैसला मिति:२०४३/०६/०६  डिभिजन वेन्च इजलास  ३२३९
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.नाला टुकुचा गा.पं.वार्ड नं. ९ बस्ने रामशरण गिरीसमेत बिरुद्ध विपक्षी/वादी : भ.पु.न.पं.वार्ड नं. ४ बस्ने चित्रराज गिरी

(१) मुद्दा एकै लगाउको भएको र एउटा मुद्दाको निर्णयबाट अर्को मुद्दाको निर्णयमा समेत असर पर्ने स्थिति अवस्था विद्यमान देखिन्छ, यस्तो अवस्थामा दुवै मुद्दालाई एकैसाथ राखी ठहर निर्णय गर्नुपर्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६३ - ज्यू मास्ने बेच्ने

 फैसला मिति:२०४३/०६/१७  डिभिजन वेन्च इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : प्रहरी चौकी बेलहियाको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.न.पं.वार्ड नं. ३२ डिल्ली बजार बस्ने शुशिला शाहसमेत

(१) अपराधमा मुछिएका सबै सहअभियुक्तहरूले किटानीपूर्वक पोल उजूर गरेको र उक्त अपराधका पीडितहरूले समेत सिलसिलाबद्ध रुपमा सहअभियुक्तको बयानलाई पुष्टि हुने गरी बकी लेखिदिएबाट अभियोगमा संलग्नता थिएन भन्न मिलेन । (प्रकरण नं. २१) (२) कसूरमा सावित भई पुनरावेदन समेत नगरी बस्ने यी प्रतिवादीहरूले यकीन गरी पोल्नु पर्ने कुनै कारण मिसिलबाट केही देखिँदैन अतः बिक्री गर्ने उद्देश्य लिई केटी भगाएको बौद्ध पुर्याेई दिएको केटीहरू जान नमान्दा फकाई फुल्याई बसमा चढाई पठाउने काम समेत गरिएको तथ्यबाट केटी बेच्ने अपराधमा मूल अपराधीलाई सहयोग गर्ने मुख्य मद्दत गरेको रुपमा निज रहेको देखियो । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/१६  डिभिजन वेन्च इजलास  २३९६
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी बनौली गा.पं.वार्ड नं. ७ बस्ने पोखरा दुग्ध वितरण आयोजनाको टेक्निकल असिष्टेण्ट मुरलीधर मिश्र बिरुद्ध विपक्षी/वादी : दुग्ध विकास संस्थान, लैनचौर काठमाडौंसमेत

(१) निवेदकले पद अनुसारको काम नगरेको र निवेदक अहिले रिट क्षेत्र प्रवेश गर्दा पनि सफा हात लिई निवेदन दिएको नदेखिँदा निवेदकको माग दावी बमोजिम कुनै किसिमको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०६  डिभिजन वेन्च इजलास  २२०१
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वार्ड नं. ५ बस्ने मेघनाथ ढुड्डाना बिरुद्ध विपक्षी/वादी : का.न.पं.वार्ड नं. २ गैरीधारा बस्ने सुवर्णराज सत्यालसमेत

(१) विवादको जग्गामा निवेदकको पूर्ण हक भइसकेको भन्ने कुरा नदेखिएको र अदालतको विचाराधीन रही अन्तिम भई नसकेको पुनरावेदन गर्ने तह बाँकी नै रहेको र निवेदकका जिकिर समेतमा अदालतबाट विचार हुने कुरालाई कारवाहीको सिलसिलामा पुनरावेदन सरह रिट क्षेत्रबाट हेरी प्रमाणको मूल्यांकन गरी फैसला सरहको आदेश गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७६० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०५  डिभिजन वेन्च इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : झापा चन्द्रगढी न.पं.हस्पिटल रोड बस्ने भोजकुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति, नेपाल बैंक लिमिटेड के.का.जुद्धसडकसमेत

(१) उजूर पुनरावेदन नलाग्ने कुरामा रिट निवेदन लिई आउँदा खारेजीको पत्र पाए पछि उचित समयमै अदालतमा जानु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५९ - उत्प्रेषण समेत

 फैसला मिति:२०४३/०६/१३  डिभिजन वेन्च इजलास  २११७
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२९ ठमेल बस्ने बाबुकाजी महर्जन बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.३० बस्ने गणेशबहादुर जोशीसमेत

(१) कारवाही भइरहेको सिलसिलाको कुरालाई यस अदालतको असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्न मिलेन । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५८ - उत्प्रेषण लगयत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/१०  डिभिजन वेन्च इजलास  २२३९
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ, हाथीमुडा गा.पं.स्थिति जय श्री राइस फ्लोर एण्ड आयल मिल्स, प्रा.लि.का.सञ्चालक जि.मो. विराटनगर वा.नं. ३ बस्ने महावीरप्रसाद तोढी बिरुद्ध विपक्षी/वादी : कर कार्यालय, धरानसमेत

(१) आधुनिकीकरण गरी उत्पादन शुरु गरेको ३ वर्षसम्म खूद आयमा आयकर छुट सुविधा पाउनेमा सो सुविधा प्रदान नगरी प्रचलित कानुनको वर्खिलाफ गरी निवेदकको उद्योगसँग उत्पादन शुरु गरेको मिति देखिकै आयकर लिने गरी गरेको कर फर्छ्यौट आयोगको आयकर निर्धारण आदेशहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५७ - उत्प्रेषण

 फैसला मिति:२०४३/०६/०७  डिभिजन वेन्च इजलास  २२४६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.५ हाडिगाउँ बस्ने दमनाकुमारी गिरी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रीपरिषद्‌ सचिवालय सिंहदरबारसमेत

(१) झूठ्ठो जानकारीको आधारमा भएको मं.प.को ०४०।१२।१५ को निर्णय तथा तत्सम्बन्धी कारवाहीहरू कानुनसंगत नभई त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५६ - उत्प्रेषणको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०६/०५  डिभिजन वेन्च इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी पूर्व कुसाहा गा.पं.वडा नं.८ बस्ने जोगमाया तिवारी बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार कार्यालय, सुनसरीका का.मु.भूमिसुधार अधिकारीसमेत

(१) जग्गामा सुखाजर्ता भए नभएको सम्बन्धमा प्रत्यक्ष प्रमाण नबुझी मालपोत मिन्हा नभएको भन्ने बुझिएको भनी असम्बद्ध प्रमाण लगाई सालसालै बाली नबुझाउने मोहिलाई संरक्षण दिन कानुनी मर्यादा विपरीत हुने भनी मोही निष्कासन हुने ठहर्‍याएको निर्णय प्रमाण सम्बन्धी कानुन तथा प्रतिपादित सिद्धान्त समेतको विपरीत भई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५५ - लिखत पास कीर्ते

 फैसला मिति:२०४३/०६/१३  डिभिजन वेन्च इजलास  २१४०
 पुनरावेदक/ प्रतिवादी : औराही गा.पं.बा.नं.४ बस्ने किशोरी चौधरी कलवारको हकमा का.जि.का.न.पं.वा.नं.१२ टेकू बस्ने वर्ष २८ को मदनराय यादव बिरुद्ध विपक्षी/वादी : बाराथोस गा.पं.वा.नं. ८ बस्ने जिम्दार शाह

वादीले राजीनामा गराउँदा ज.ध.प्र.पूर्जा अथवा जग्गाको मालपोत तिरेको रसीद प्रतिवादीबाट लिएको हुनुपर्नेमा सो भएको फिरादबाट देखिएको छैन । लिखत पारीत हुन सक्ने भएन तर त्यस्तो रीत नपुगेको लिखतलाई सद्देकीर्ते भनी इन्साफ गरिरहनु परेन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५४ - उत्प्रेषण

 फैसला मिति:२०४३/०६/०२  डिभिजन वेन्च इजलास  २२५३
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.३० असन डगुबहाल बस्ने तिर्थकुमारी तुलाधरसमेत बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय काठमाडौंसमेत

(१) आफ्नो एउटै कार्यालयमा एउटै जग्गा देखाई पहिले परेको निवेदनमा कुनै निर्णय नदिई पछि परेको निवेदनबाट पहिले निवेदन गर्ने निवेदकहरूलाई कुनै जानकारीसम्म पनि नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत गरी गरेको प्रष्ट देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५३ - जग्गा खिचोला

 फैसला मिति:२०४३/०५/१९  डिभिजन वेन्च इजलास  २७८१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं. १८ टंगाल रक्तकाली बस्ने श्री राजगुरु खगेन्द्रराज पण्डितज्यूको मु.स. गर्ने पियुषराज पाण्डे बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.२४ बस्ने मीनबहादुरको मु.स. गर्ने छोरी पद्‌मलक्ष्मी श्रेष्ठ

(१) वादीको जग्गाको चार किल्ला भई आएको नक्शासँग मिल्न भिड्न आएकोले उक्त वादीले दावी गरेको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको म.क्षे.अ.को निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा इन्साफ म.क्षे.अ.को मनासिब ठहर्छ । (प्र.नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २७५२ - हक कायम

 फैसला मिति:२०४३/०५/१६  डिभिजन वेन्च इजलास  २२८४
 पुनरावेदक/ प्रतिवादी : तेजरत्नमकी श्रीमती का.न.पं.वडा नं.२१ बस्ने वर्ष ६७ की हिरामाया शाक्यसमेत बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा नं.३० बस्ने हर्ष रत्न को छोरा अं.वर्ष ८१ को सानुमाया बज्राचार्य

(१) आफ्नो हक हुने सम्पत्तिमा समय समयमा कानुन बमोजिम उजूर नगर्दैमा त्यसको आधारमा हकदार होइन भन्न कानुनले मिल्ने नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु