विस्तृत खोजी

 
 
 
 
 
      

२८ खोजी नतिजाहरु

निर्णय नं. २०७४ - कीर्ते जालसाजी

 फैसला मिति:२०४१/०७/०३  डिभिजन वेन्च इजलास  २२१९
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी गा.पं. वार्ड नं. ७ बस्ने मदनलाल चौधरी बिरुद्ध विपक्षी/वादी : जि. मोरङ हाल विराटनगर न.पं. वार्ड नं. ४ कन्चनवारी बस्ने अम्बिकादेवी गौतम

 राजीनामा लिखतमा दिनेका ल्याप्चेछाप नभएको प्रष्ट हुँदा लिखत कीर्ते ठहर्या्ई जिल्ला अदालतले गरेको फैसलालाई मनासिव ठहर्या्ई अञ्चल अदालतबाट भएको फैसला सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/१०  डिभिजन वेन्च इजलास  २२५१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी लैनिया गा.पं. वार्ड नं. ५ बस्ने शिवनन्दन मण्डल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने बेचन धानुक मण्डल भूमि सुधार कार्यालय सप्तरी

 कबुलियतको सम्बन्धमा भूमिसुधार कार्यालयले निर्णय गर्नुभन्दा पहिले अ.बं.७८ नं. बमोजिम प्रत्यर्थीलाई सो कबुलियत देखाई सुनाई उक्त कबुलियतको सम्बन्धमा निजको कथन के कस्तो हुन्छ त्यसलाई समेत हेरी मात्र कबुलियतको वैधता सम्बन्धमा निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/२९  डिभिजन वेन्च इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : जाथुमंडर भनेको जि.सप्तरी तिलाठी गा.पं. वा.नं. ४ तिलाठी बस्ने नाथुमंडर यादव परलोक भई निजको छोरा रमेशकुमार यादव बिरुद्ध विपक्षी/वादी : जि.सप्तरी तिलाठी गा.पं. वडा नं. ८ बेलही बस्ने जोखन यादव भूमिसुधार कार्यालय सप्तरी भूमिसुधार अधिकारी

 म्याद रीतपूर्वक तामेल भएको देखिन आएन साथै भू.सु.का.सप्तरीको निर्णयमा विवादको जग्गाको २ नं. अनुसूची प्रकाशित भएको छ छैन ? सो केही उल्लेख सम्म पनि भएको देखिन आउँदैन तसर्थ भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०७१ - ज्यान

 फैसला मिति:२०४१/०७/२७  डिभिजन वेन्च इजलास  २२४२
 पुनरावेदक/ प्रतिवादी : कैलाली कारागारमा थुनामा बस्ने धर्मराज भट्ट ऐ ऐ कारागारमा थुनामा बस्ने रघुनाथ भट्ट बिरुद्ध विपक्षी/वादी : श्री ५ सरकार (गौरीलालको जाहेरी)

 सरजमीनहरूले मिलेमतोबाट मारेको हो भन्ने समेत बकी लेखी दिएको देखिँदा अभियुक्तलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाय गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०७० - अंश

 फैसला मिति:२०४१/०७/२१  डिभिजन वेन्च इजलास  २५८३
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी भोक्राहा गा.पं. वार्ड नं. ७ बस्ने सहबुद अन्सारी मियाँ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने हनिफ अन्सारी मियाँ समेत

 वादी प्रतिवादीका नाउँमा अलग अलग जग्गा दर्ता देखिंदैमा अंशबण्डा भएको अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०७/१४  डिभिजन वेन्च इजलास  २८१९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सुनसरी मधुवन पञ्चायत वडा नं. ७ बस्ने बनु चौधरी ऐ ऐ बस्ने दर्शलाल माझी ऐ ऐ बस्ने बृजलाल माझी ऐ ऐ बस्ने हर्क बहादुर माझी ऐ ऐ बस्ने गुन्टे माझी ऐ ऐ बस्ने भुन्टे माझी ऐ ऐ बस्ने टिकार्इ माझी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, वन मन्त्रालय थापाथली, काठमाडौं काशी टप्पु बन्य जन्तु आरक्ष विस्तार ब्यवस्था समिति कुसाह, सुनसरी हाल कोशी अञ्चलाधीश कार्यालय विराटनगर ऐ ऐ को सदस्य सचिव ऐ ऐ

 जग्गा सट्टा भर्ना पाइसकेको भन्ने भएपछि जग्गाको मूल्यांकन नै नगरी क्षतिपूर्ति नै नदिई समितिले जग्गा प्राप्त गरेको भन्न मिल्ने अवस्था नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६८ - उत्प्रेषण

 फैसला मिति:२०४१/०७/२६  डिभिजन वेन्च इजलास  २८५१
 पुनरावेदक/ प्रतिवादी : बर्दिया जिल्ला सोरहवा गा.पं. वडा नं. ७ बस्ने पूर्णमाया श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालत सुर्खेत बर्दिया जिल्ला अदालत ऐ मानपुर मैनापोखर गा.पं. वार्ड नं. ७ बस्ने तिलक कामी

 जिल्ला अदालतको फैसला सदर गर्ने क्षेत्रीय अदालतको फैसला मात्र बदर गरिपाउँ भन्ने माग गरेको तर जिल्ला अदालतको फैसला बदर गरी पाउने माग नगरेकोबाट उक्त फैसला यथावत रहने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६७ - लिखत पारित

 फैसला मिति:२०४१/०५/२१  डिभिजन वेन्च इजलास  २३७१
 पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल गोरखा वगुवा गा.पं. वार्ड नं. ९ कसिनचोक बस्ने कृष्णप्रसाद भट्ट बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. ७ बस्ने चन्द्रकुमारी भट्टको मु.स.गर्ने धर्मप्रसाद भट्ट

 झुक्याई सहीछाप गराएको राजीनामा लिखत पास नहुने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६६ - ज्यान डाँका

 फैसला मिति:२०४१/०५/१२  डिभिजन वेन्च इजलास  २८२४
 पुनरावेदक/ प्रतिवादी : लालबहादुर यादव समेत बिरुद्ध विपक्षी/वादी : उद्धवकुमार कार्कीको जाहेरीले श्री ५ को सरकार

 अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरेको शुरु जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव हुने । (प्रकरण नं. २९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६५ - उत्प्रेषण

 फैसला मिति:२०४१/०७/१६  डिभिजन वेन्च इजलास  २२८४
 पुनरावेदक/ प्रतिवादी : जि. सुनसरी धरान न.पं. वडा नं. ५ बस्ने रमेशकुमार श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : धरान नगरपञ्चायत, धरान

 नगरपञ्चायतले आफ्नो क्षेत्रभित्र जुनसुकै किसिमका व्यापारीहरूसँग निजहरूले सो क्षेत्रभित्र बिक्री गर्ने मालको मूल्यको रु.सयमा ।५० पैसासम्म कर उठाउन सक्ने भन्ने लेखिएकोले धरान नगरपञ्चायत भित्र डटपेनको बिक्री व्यापारमा सो मालको मूल्यको रु.सयमा ।५० पैसा सम्म कर उठाउन सक्ने देखिन्छ । सो बाहेक विद्युत कर, सफाई कर र दमकल सुविधा कर समेत उठाउन सक्छ भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/३१  डिभिजन वेन्च इजलास  २७७६
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.वालकुमारी गा.पं. वडा नं. ८ दिगुली टोल बस्ने गणेशलाल प्रजापति बिरुद्ध विपक्षी/वादी : भक्तपुर भूमिसुधार शाखा भक्तपुर दुधपाटी भ.पु.जि. ठीमी चपाचा गा.पं. वडा नं. ६ लाछी टोल बस्ने हेरा बहादुर प्रजापती

 एकासगोल जहान जुनसुकैको नाउँमा जग्गा दर्ता भए पनि सबै अंशियार जग्गाको जग्गावाला मानिने हुँदा आफ्नै जग्गाको आफैं मोही हुन नसक्ने हुँदा म जग्गावाला र बाबु मोही थिए भन्ने स्थिति रहेन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६३ - उ

 फैसला मिति:२०४१/०७/२९  डिभिजन वेन्च इजलास  २६४८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. २१ लगन बस्ने बसन्तप्रसाद प्रधान ऐ वडा नं. २० बस्ने तिर्थ प्रसाद प्रधान ऐ वडा नं. १३ बस्ने वेद प्रसाद प्रधान बिरुद्ध विपक्षी/वादी : श्री मालपोत अधिकृत, मालपोत कार्यालय काठमाडौं का.न.पं. वडा नं. १५ बस्ने कृष्ण बहादुर खड्का

 जग्गावालाले रैकरमा परिणत नगराएमा मात्र त्यस्तो जग्गा मोहीका नाउँमा रैकरमा परिणत गर्न सकिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६२ - उत्प्रेषण

 फैसला मिति:२०४१/०७/२३  डिभिजन वेन्च इजलास  २६५५
 पुनरावेदक/ प्रतिवादी : भैरवा ट्रेडर्स प्राइभेट फर्मको प्रो. का.न.पं. वडा नं. ११ बस्ने श्रीमती भवानी शर्मा बिरुद्ध विपक्षी/वादी : : श्री ५ को सरकार अर्थ मन्त्रालय काठमाडौं श्री ५ को सरकार कर विभाग डिल्लीबजार श्री विरगंज भन्सार कार्यालय

 परिपत्र गर्नुभन्दा अगाडि नै निवेदकले झिकाएको कपडा भन्सार कार्यालय पुगी निवेदकले प्रज्ञापनपत्र भरी त्यस बेलामा कायम रहेको बिक्रीकर बुझाई माल छुटाई लगेकोमा पुनः ५० प्रतिशत मार्क अप बढाई त्यसको १५ प्रतिशत थप बिक्रीकर दाखिल गर्न ल्याउनु भनी भन्सार कार्यलय वीरगन्जले निवेदकको सम्बन्धमा लिएको माग दावी न्यायोचित नहुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०६० - उत्प्रेषण

 फैसला मिति:२०४१/०७/१६  डिभिजन वेन्च इजलास  ३३५१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वार्ड नं. १० बानेश्वर घर भै हाल खाद्य तथा कृषिबजार सेवा विभागमा बहालवाला ना.सु. श्री विदुरप्रसाद मैनाली बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय श्री ५ को सरकार कृषि मन्त्रालय अन्तर्गत खाद्य तथा कृषि बजार सेवा विभाग ऐ विभागको आर्थिक प्रशासन शाखा श्री ५ को सरकार, कृषि मन्त्रालय श्री ५ को सरकार, अर्थ मन्त्रालय

 हरेक आर्थिक वर्ष पूरा गरेपछि एउटा तलव वृद्धि पाउनु पर्नेमा आठवटा तलव वृद्धि (ग्रेड) पाइसकेको रिट निवेदकको तलव वृद्धि (ग्रेड) संख्या ५ कायम गरी आ.व.२०४१।४२ श्रावण १ गतेदेखि एउटा तलव वृद्धि (ग्रेड) समेत जम्मा ६ तलव वृद्धि (ग्रेड) को हिसाबबाट रिट निवेदकलाई तलव दिने भन्ने गरेको श्री ५ को सरकारको निर्णय तथा कारवाही कानुन अनुरुप देखिन नआउने। (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५९ - कर्तव्य ज्यान ।

 फैसला मिति:२०४१/०७/१४  डिभिजन वेन्च इजलास  २४३२
 पुनरावेदक/ प्रतिवादी : सहदेवको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : दोलखा जिल्ला सुरा गा.पं. वार्ड नं. ७ बस्ने जयराम पोख्रेल समेत

 निश्चयात्मक सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा प्रतिवेदन दावी बमोजिमको अभियोग कायम गर्न नमिल्ने । (प्रकरण नं. २८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/०७/०६  डिभिजन वेन्च इजलास  २३३५
 पुनरावेदक/ प्रतिवादी : दुखी राउतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.पर्सा टिहुकी ग.पं. वडा नं. ९ मिर्जापुर बस्ने जयगोविन्द अहिरसमेत

(१) प्र.को चोट मृतकलाई लागेको तर सो चोटको प्रहार निजको आमा माथि भएको भन्ने कुरा स्वयंको बकपत्रबाट समेत देखिएबाट भवितव्य भई मृतक मरेको हुँदा ज्यान सम्बन्धीको ६ नं. को दफा (४) बमोजिम ६ महीना कैद गर्ने ठहर्याठई भएको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १८) (२) मुलतवी राख्नु पर्नेमा सो बमोजिम मुलतवी नराखी गरेको शुरु जि.अ.को निर्णय सदर गरेको फैसला सो हदसम्म नमिल्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५७ - जवरजस्ती घर बनायो

 फैसला मिति:२०४१/०७/०४  डिभिजन वेन्च इजलास  २६०९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाँके नेपालगञ्ज न.पं. वार्ड नं. ६ फुलटेका लार्इन बस्ने सूर्यलाल कूर्मी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. ७ बस्ने सावित्रीदेवी त्रिपाठी

 वादीको कुनै दावीको हकमा बोल्दै नबोली कुनै दावीको हकमा मात्र गरेको निर्णयलाई कानुन अनुरुप भन्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५६ - अंश

 फैसला मिति:२०४१/०७/०२  डिभिजन वेन्च इजलास  २५१७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.छप्पी गा.पं. वडा नं. ७ बस्ने मानसिंह तामाङ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने शेरबहादुर मार्पा तामाङ ऐ ऐ बस्ने कान्छा मार्पा तामाङ

 मानो छुटिएको मिति भनी मुख मिलेको अवस्था हुँदा सोही मितिलाई मानो छुटिएको मिति कायम गर्नु पर्नेमा फिराद परेको मितिको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी सो मिति सम्मको तायदाती फाँटवारी लिई अंशवण्डा छुट्याई दिने गरी फैसला गरेको त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/१५  डिभिजन वेन्च इजलास  २२८४
 पुनरावेदक/ प्रतिवादी : जि. नवलपरासी साविक कावास्वस्ती गा.पं. वा.नं. ४ हाल शिव मन्दिर गा.पं. वा.नं. ७ विष्णुनगर बस्ने शिखाराम चौधरी बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, नवलपरासीका भूमिसुधार अधिकारी

 एकै विषयमा पुनः कारवाही हुन लागेको भए कार्यालयमा उपस्थित भई रिट निवेदकले सो कुराको प्रतिवाद गर्न सक्ने नै देखिन्छ एकै कसूरमा दुई पटक मुद्दा चलाई सजाय गर्न नमिल्ने कुरा प्रत्यर्थी कार्यालयले अवगत गर्ने कुरा हो । लिखितजवाफबाट सो गरेको होइन पृथक कुरामा कारवाही भएको भन्ने उल्लेख भएको पाइन्छ । यस्तो अवस्थामा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नु पर्ने अवस्था नुहँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २०५४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/०५/१०  डिभिजन वेन्च इजलास  २४९९
 पुनरावेदक/ प्रतिवादी : कपिलवस्तु जिल्ला महेन्द्रकोट गा.पं. को हाल बुविया गा.पं वार्ड नं. २ बस्ने नर्वदेश्वर उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्री भूमिसुधार अधिकारी जि. भूमिसुधार कार्यालय, कपिलवस्तु

 हदबन्दी सम्बन्धी निर्णय नभई प्रस्तुत मुद्दाको निर्णय गर्न नमिल्ने भए अ.बं.१२ नं. अनुसार मुलतवी राख्नु पर्ने हुन्छ । मुलतवी नरहने मुद्दामा उजूरी दावीको कुरामा निश्चित निर्णय गर्नुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु