विस्तृत खोजी

 
 
 
 
 
      

२९ खोजी नतिजाहरु

निर्णय नं. २४४४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०७/३०  डिभिजन वेन्च इजलास  २२५९
 पुनरावेदक/ प्रतिवादी : कृष्ण प्रसाद ओलीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. इलाम कुसेनी गा.पं.वा.नं.८ घर भई हाल झापा अर्जुनधारा गा.पं.वा.नं. ९ बस्ने टेक बहादुर कार्की

जोखिमी हतियारको परिभाषाभित्र फरुवालाई समावेश नगराई ज्यानसम्बन्धी १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी शुरु जि.अ.ले गरेको इन्साफ सदर गरी भएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४४३ - उत्प्रेषण

 फैसला मिति:२०४२/०७/१२  डिभिजन वेन्च इजलास  २२३४
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा आयल स्टोर्स चौकी टोल हेटौंडाको प्रोप्राइटर का.जि.का.नगर पंचायत वडा नं. २६ भेडासिं बस्ने निरन्जन कुमार तिवडेवाला बिरुद्ध विपक्षी/वादी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत । हेटौंडा कर कार्यालय,हेटौंडा । श्री ५ को सरकार कर विभाग,काठमाडौं।

नेपाल आयल निगमबाट र अरु बाहिरबाट झिकाएको डिजेल मोविल इत्यादिमा वास्तविक खर्च यो यत्ति कटाइएको भन्ने टिप्पणीबाट नखुलेकोले न्यायोचित अनुमानबाट लाग्ने खर्च कटाएको नदेखिँदा त्यस रकमको हकमा आयकर निर्धारण गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४४२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/२४  डिभिजन वेन्च इजलास  २३४३
 पुनरावेदक/ प्रतिवादी : का.जि.गोंगबू गा.पं.वडा नं. ४ बस्ने प्र.ना.नि.चन्द्र प्रसाद भण्डारी बिरुद्ध विपक्षी/वादी : श्री प्रहरी महानिरीक्षक श्री ५ को सरकार प्रहरी प्रधान कार्यालय काठमाडौं । श्री ५ को सरकार गृह मन्त्रालय काठमाडौं

निलम्बन रहेको मितिबाट बरखास्त गर्ने भन्ने निर्णय प्रहरी नियमावली, २०३३ को नियम ९.६(५) को प्रतिकूल भएको देखिँदा विपक्षी कार्यालयको निर्णयको त्यति हदसम्मको व्यहोरा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४४१ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/२१  डिभिजन वेन्च इजलास  २३६७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नगर पंचायतवा.नं. १० बानेश्वर बस्ने हरि प्रिया शर्मा बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत, डिल्लीबजार । का.जि.का.नगर पंचायतवा.न. ४ बालुवाटार बस्ने रामगोपाल राजभण्डारी

बकसपत्र गरी दिई तेश्रो व्यक्तिको हक सिर्जना भई सकेपछि पनि करिब ३ महिना जति विलम्ब गरी रिट निवेदन पर्न आएको देखिन्छ । यसरी अनूचित विलम्ब भएको कुनै मनासिव कारण पनि निवेदकले दिन सकेको पाइँदैन । यसप्रकार आफ्नो हनन् भएको हकको प्रचलन गराउनेतर्फ समयमै सजग भई नआई तेश्रो व्यक्तिको हक सिर्जना भई सकेपछि रिट निवेदन दिन आउनेलाई अदालतले मद्दत गर्न सक्दैन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४४० - ज्यान मार्ने उद्योग

 फैसला मिति:२०४२/०७/१६  डिभिजन वेन्च इजलास  २३९१
 पुनरावेदक/ प्रतिवादी : सुर्जेमानको जाहेरीले श्री ५ सरकार बिरुद्ध विपक्षी/वादी : का.प.जि.मेचिनकोट गा.पं.वडा नं. ९ बस्ने बुद्धिमान तामाङ । ऐ.ऐ बस्ने कान्छो तामाङ ।

जानी जानी भरुवा बन्दूकले फायर गरी घाइते पारेको देखिँदा ज्यान मार्ने उद्योग गरेको ठहर्छ । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३९ - उत्प्रेषण

 फैसला मिति:२०४२/०६/१७  डिभिजन वेन्च इजलास  २२५२
 पुनरावेदक/ प्रतिवादी : जि.भोजपुर टक्सार आर्दश गा.पं.वार्ड नं.१ टक्सार घर भई हाल ल.पु.जि.नगर पंचायतवार्ड नं. १ बस्ने चेर्तेन्द्र बहादुर कार्की बिरुद्ध विपक्षी/वादी : संचालक समिति शाही नेपाल वायु सेवा निगम कार्यालय । पद पूर्ती तथा पदोन्नती समिति शा.ने.वा.नि.केन्द्रिय कार्यालय । पुष्प बहादुर रायमाझी प्राविधिक विभाग शा.ने.वा.नि. श्री ५ को सरकार पर्यटन मन्त्रालय ।

बढुवाको (“निर्णय”–संयोजक) पहिलो प्रकाशन भएको मितिबाट ९० दिन नघाई प्रकाशित गरेको छ, जो उपरोक्त सामान्य सिद्धान्तको नि. ९–३ मा भएको व्यवस्थाको प्रतिकूल छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३८ - हक सफा

 फैसला मिति:२०४२/०६/०३  डिभिजन वेन्च इजलास  २२५२
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.चलाल गनेस्थान गा.पं.वा.नं.५ बस्ने सु.वे.हरिबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने हरिबहादुर भन्ने हरिशरण कार्की । ऐ.बस्ने प्रेम कुमारी महत्नी ।

अलग–अलग मितिका भिन्दाभिन्दै निवेदकहरूले दिएको निवेदनमा छुट्टा छुट्टै मालबाट निर्णय भएकोमा हकसफा एउटै विषय हो भनी दुवैलाई एउटैमा समावेश गरी गाभी निर्णय गर्न पाउने हाम्रो कानुनी व्यवस्था पनि छैन । यसलाई व्यवहारिक रुपले पनि उचित भन्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३७ - क.ख.विर्ता

 फैसला मिति:२०४२/०६/१७  डिभिजन वेन्च इजलास  ३७८६
 पुनरावेदक/ प्रतिवादी : सिं.पा.जि.ज्यामिरे गा.पं.वार्ड नं. ५ बस्ने इन्द्र बहादुर खड्का । ऐ.सिखरपुर गा.पं. वार्ड नं.१ बस्ने धन बहादुर कार्की । ऐ.ज्यामिरे गा.पं.वार्ड नं.१ बस्ने दिल बहादुर घर्ती । बिरुद्ध विपक्षी/वादी : सि.पा.जि.मिलाची गा.पं.वार्ड नं. १ बस्ने हुतराज पाण्डे । ऐ.ऐ बस्ने अर्धचन्द्र पाण्डे । ऐ.ऐ बस्ने ठाकुर प्रसाद पाण्डे । ऐ.ऐ बस्ने सत्य चन्द्र पाण्डे । ऐ.ऐ बस्ने बस्ने धर्मनन्द पाण्डे ।

मालपोतको अंक भन्दा बढी कुत तिरो तिर्ने गरेको जग्गालाई ‘क’ श्रेणीको विर्ता जग्गाको परिभाषा भित्र परेको मान्न मिल्ने देखिएन । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३६ - आम्दानी खर्चको हिसाब

 फैसला मिति:२०४२/०६/१५  डिभिजन वेन्च इजलास  २३१३
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.वनेपा नगर पंचायतवडा नं. १९ बस्ने लीलाभक्त श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : जि. रामेछाप लखनपुर रिष्टे गा.पं.वा.नं. ९ सिलाङटार गाउँ बस्ने मान बहादुर लामा ।

ठेक्का पार्टनरले लेखिदिएको मन्जूरनामाबाट अब आएर मेरो ठेक्का पार्टनर होइन भन्नको लागि विवन्धनको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३५ - उत्प्रेषण समेत

 फैसला मिति:२०४२/०६/१४  डिभिजन वेन्च इजलास  २२५३
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी कोईलाडी गा.पं.वार्ड नं. २ बस्ने कृष्ण कुमारी देवी राजपुतनी बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय सप्तरी । जि.सप्तरी हनुमान नगर गा.पं.वार्ड नं.७ बस्ने रमानाथ झा मैथिली ब्राम्हण । जि.सप्तरी रामपुरा मलहनीया गा.पं.वार्ड नं.५ बस्ने मोतिलाल यादव ।

रिट निवेदकले नक्कल सारी लिएपछि मात्र थाहा पाएको भन्ने देखिन आएको र सो थाहा पाएको मितिबाट मौकैमा रिट निवेदन दर्ता भएको देखिएकोले यस्तो अवस्थामा विलम्बको सिद्धान्त आकर्षित हुनसक्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३४ - ज्यान

 फैसला मिति:२०४२/०६/१३  डिभिजन वेन्च इजलास  २२१७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला वारा फत्तेपुर डुमरवाना गा.पं.वार्ड नं. ५ घर भई हाल वीरगञ्ज कारागार पर्सामा बन्दी रहेको नेमानी खा चौधरी थारु बिरुद्ध विपक्षी/वादी : पतसिया थरुनीको जाहेरीले श्री ५ सरकार

कर्तव्य गरी मारेको हुँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गर्ने गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३३ - उत्प्रेषण

 फैसला मिति:२०४२/०६/१३  डिभिजन वेन्च इजलास  २०७४
 पुनरावेदक/ प्रतिवादी : बुलालको छोरा ल.पु.जि.ठेचो गा.पं.वा.नं.३ खाचाटोल बस्ने लोकचा ज्यापू बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय ललितपुर । ल.पु.जि. झरुवारासी गा.पं.वा.नं.४ बस्ने मैया खत्रीनी

अधिकार प्राप्त भू.सु.अधिकारीले गरेको निर्णयमा कुनै पनि कानुनी त्रुटि देखिन नआएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३२ - उत्प्रेषण

 फैसला मिति:२०४२/०६/१३  डिभिजन वेन्च इजलास  २४००
 पुनरावेदक/ प्रतिवादी : दाङ तुल्सीपुर गा.पं.वार्ड नं.२ कल्ले बस्ने डिल्ली बहादुर खड्का बिरुद्ध विपक्षी/वादी : उच्चस्तरीय समिति दाङ । ऐ.तुलसीपरु गा.पं.वार्ड नं.२ बस्ने राम बहादुर वली

निवेदकलाई नबुझेको र संशोधित भूमिसम्बन्धी नियमावलीको रीत पुर्यागई मोही कायम गरेको पनि देखिन नआएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम गर्नु भनी परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३१ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/३०  डिभिजन वेन्च इजलास  २६०६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला नुवाकोट सिकारवेसी गा.पं. वार्ड नं.६ घर भै हाल डि.एस.पी.कार्यालय बसन्तपुरमा नजरवन्द राखिनु भएको नुवाकोट जिल्ला अमर ज्योती माध्यामिक विद्यालय खरानीटारका प्रधान अध्यापक गणेश पण्डित क्षेत्रीको हकमा एकाघरको छोरा राजकुमार पण्डित क्षेत्री बिरुद्ध विपक्षी/वादी : माननीय गृहमन्त्री श्री जोगमेहर श्रेष्ठ गृह मन्त्रालय । अंचलाधीश,वागमती अंचलाधीश कार्यालय, काठमाडौं । प्रमुख जिल्ला अधिकारी,जिल्ला कार्यालय काठमाडौं। जिल्ला प्रहरी निरिक्षक जिल्ला प्रहरी कार्यालय,काठमाडौं

आदेश दिने अधिकार सह अञ्चलाधिशलाई भएकै पाइन्छ, नजरबन्द राख्नु पर्ने पूर्वावस्थाको आधारमा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ को उपदफा (१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न जरुरी सम्झी भन्दै सोही ऐनको दफा १२ बमोजिम नजरबन्द राख्ने निर्णय गरी थुनामा राखेकोलाई गैरकानुनी थुनामा राखेको भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१७  डिभिजन वेन्च इजलास  २२४९
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला विन्धी गा.पं.वा.नं.१ बस्ने लोकमत साप्ताहिक पत्रिकाको सम्पादक तथा प्रकाशक राजेश्वर प्रसाद नेपाली बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख जिल्ला अधिकारी श्री ५ को सरकार जिल्ला कार्यालय धनुषा । श्री ५ को सरकारको सचिव,संचार मन्त्रालय काठमाडौं

दिएको भनेको सूचना अ.बं. ११० नं.को रीत पुर्या ई तामेल गरेको भन्ने कतैबाट देखिँदैन । सो अनुसार रीत पुर्याेई सूचना दिएको भनी प्रत्यर्थीले भन्न सकेको पनि छैन । यसबाट रिट निवेदकलाई प्रत्यर्थीले प्रतिवाद गर्ने मौका दिई निर्णय गरेको भन्न सकिने स्थिति रहेन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४२९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१५  डिभिजन वेन्च इजलास  २१३०
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा तुलसियाही जब्दी गा.पं.वा.नं.८ बस्ने झौली साहू सुडी बिरुद्ध विपक्षी/वादी : जि.धनुषा तुलसियाही जब्दी गा.पं.वार्ड.नं.५ बस्ने जुमराती मोमिन । भू.सु.का.धनुषाको भूमि सुधार अधिकारी

२ नं.अनुसूचीमा जग्गावालाको नाम फरक भए पनि हाल दर्तावाला निजकै परिवार भित्रको व्यक्ति भएको जग्गाको स्वामित्व सरेर गए पनि मोही हकमा कुनै असर नपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४२८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/०३  डिभिजन वेन्च इजलास  २११७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा धुलाबारी गा.पं.वडा नं.३ बस्ने दिपराज आङदम्वे बिरुद्ध विपक्षी/वादी : भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय झापा । जिल्ला झापा अर्जुनधारा गा.पं.वडा नं.४ बस्ने जतु प्रसाद सिवाकोटी

मुद्दा परिसकेपछि सो कुत बुझाउन मन्जूर गरेकोलाई मोहीबाट निष्कासन नहुने भन्ने कुराको न्यायिक आधार मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. १०) कुत भराई लिन पाउने र कुत बुझाउन मन्जूर हुँदा मोहीबाट निष्कासन गर्न नपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४२७ - परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/०६  डिभिजन वेन्च इजलास  २३९४
 पुनरावेदक/ प्रतिवादी : राजकपिज सेन्टर न्यूरोड काठमाडौंको प्रोप्राइटर का.जि.का.नगर पंचायतवडा नं.२ टंगाल गैरिधारा बस्ने श्रीमती समिता राजभण्डारी बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, उद्योग मन्त्रालय, धरेलु तथा ग्रामीण उद्योग विभाग, काठमाडौं । श्री ५ को सरकार,अर्थ मन्त्रालय,भन्सार विभाग,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय,काठमाडौं । अर्थ मन्त्रालय,कर विभाग,लाजिम्पाट ।

औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० को खण्ड (ख) को (१) ले यन्त्र पैठारी गरेकोमा १ प्रतिशत भन्सार महसूल लाग्ने व्यवस्था गरेको र उक्त दफाको खण्ड (घ) को देहाय (३) ले यन्त्रको पैठारीमा विक्रीकर नलाग्ने व्यवस्था गरेको पाइन्छ । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४२६ - डाँका

 फैसला मिति:२०४२/०५/३१  डिभिजन वेन्च इजलास  २७३०
 पुनरावेदक/ प्रतिवादी : क्षेत्र बहादुर कार्कीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.स.राजघाट मिलिलापुर बस्ने नर बहादुर तामाङ समेत

जाहेरीमा डाँका गरी लगे भन्ने शब्दहरू कतै उल्लेख गरी जाहेरी परेको देखिँदैन । प्रतिवादीहरु अदालतमा इन्कार भई बयान गरेको पाइन्छ । लुटपीट भएको सुनेको भनी आफ्नो बयानमा केही प्रतिवादीहरूले उल्लेख गरेको देखिन्छ । साक्षी सरजमीनका व्यक्तिहरूले लुटपीट भएको भनी बकपत्र गरेको पाइन्छ । उपरोक्त उल्लेख भएको कारण तथा वारदातको अवस्था परिस्थितिबाट प्रस्तुत मुद्दा मुलुकी ऐन चोरीको महल अन्तर्गत पर्ने नदेखिने । (प्रकरण नं. ४७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४२५ - प्राचिन मूर्ति चोरी

 फैसला मिति:२०४२/०५/२७  डिभिजन वेन्च इजलास  २७३९
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.सुनाकोठी गा.पं.वडा नं.६ उटुटोल बस्ने कृष्ण गोपाल महर्जन बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (जिल्ला प्रहरी कार्यालय ल.पु.)

प्राचिन स्मारक संरक्षण ऐन, ०१३ को दफा १३ को उपदफा (१) मा पुरातत्व सम्बन्धी या कलात्मक वस्तु नेपाल अधिराज्यबाट विदेश निकाशी गर्न तथा नेपाल अधिराज्य भित्र एक ठाउँबाट अर्को ठाउँमा सार्न वा कुनै ठाउँमा संग्रह गर्न हुँदैन भन्ने लेखिएको पाइन्छ । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु