निर्णय नं. २४४४ - कर्तव्य ज्यान
जोखिमी हतियारको परिभाषाभित्र फरुवालाई समावेश नगराई ज्यानसम्बन्धी १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी शुरु जि.अ.ले गरेको इन्साफ सदर गरी भएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्जोखिमी हतियारको परिभाषाभित्र फरुवालाई समावेश नगराई ज्यानसम्बन्धी १४ नं.बमोजिम १० वर्ष कैद गर्ने गरी शुरु जि.अ.ले गरेको इन्साफ सदर गरी भएको इन्साफ मिलेको नदेखिँदा उल्टी हुने । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्नेपाल आयल निगमबाट र अरु बाहिरबाट झिकाएको डिजेल मोविल इत्यादिमा वास्तविक खर्च यो यत्ति कटाइएको भन्ने टिप्पणीबाट नखुलेकोले न्यायोचित अनुमानबाट लाग्ने खर्च कटाएको नदेखिँदा त्यस रकमको हकमा आयकर निर्धारण गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्निलम्बन रहेको मितिबाट बरखास्त गर्ने भन्ने निर्णय प्रहरी नियमावली, २०३३ को नियम ९.६(५) को प्रतिकूल भएको देखिँदा विपक्षी कार्यालयको निर्णयको त्यति हदसम्मको व्यहोरा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)
पूर्ण पाठ हेर्नुहोस्बकसपत्र गरी दिई तेश्रो व्यक्तिको हक सिर्जना भई सकेपछि पनि करिब ३ महिना जति विलम्ब गरी रिट निवेदन पर्न आएको देखिन्छ । यसरी अनूचित विलम्ब भएको कुनै मनासिव कारण पनि निवेदकले दिन सकेको पाइँदैन । यसप्रकार आफ्नो हनन् भएको हकको प्रचलन गराउनेतर्फ समयमै सजग भई नआई तेश्रो व्यक्तिको हक सिर्जना भई सकेपछि रिट निवेदन दिन आउनेलाई अदालतले मद्दत गर्न सक्दैन । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्जानी जानी भरुवा बन्दूकले फायर गरी घाइते पारेको देखिँदा ज्यान मार्ने उद्योग गरेको ठहर्छ । (प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्बढुवाको (“निर्णय”–संयोजक) पहिलो प्रकाशन भएको मितिबाट ९० दिन नघाई प्रकाशित गरेको छ, जो उपरोक्त सामान्य सिद्धान्तको नि. ९–३ मा भएको व्यवस्थाको प्रतिकूल छ । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्अलग–अलग मितिका भिन्दाभिन्दै निवेदकहरूले दिएको निवेदनमा छुट्टा छुट्टै मालबाट निर्णय भएकोमा हकसफा एउटै विषय हो भनी दुवैलाई एउटैमा समावेश गरी गाभी निर्णय गर्न पाउने हाम्रो कानुनी व्यवस्था पनि छैन । यसलाई व्यवहारिक रुपले पनि उचित भन्न नमिल्ने । (प्रकरण नं. १७)
पूर्ण पाठ हेर्नुहोस्मालपोतको अंक भन्दा बढी कुत तिरो तिर्ने गरेको जग्गालाई ‘क’ श्रेणीको विर्ता जग्गाको परिभाषा भित्र परेको मान्न मिल्ने देखिएन । (प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्ठेक्का पार्टनरले लेखिदिएको मन्जूरनामाबाट अब आएर मेरो ठेक्का पार्टनर होइन भन्नको लागि विवन्धनको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्रिट निवेदकले नक्कल सारी लिएपछि मात्र थाहा पाएको भन्ने देखिन आएको र सो थाहा पाएको मितिबाट मौकैमा रिट निवेदन दर्ता भएको देखिएकोले यस्तो अवस्थामा विलम्बको सिद्धान्त आकर्षित हुनसक्ने नदेखिने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्कर्तव्य गरी मारेको हुँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गर्ने गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्अधिकार प्राप्त भू.सु.अधिकारीले गरेको निर्णयमा कुनै पनि कानुनी त्रुटि देखिन नआएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्निवेदकलाई नबुझेको र संशोधित भूमिसम्बन्धी नियमावलीको रीत पुर्यागई मोही कायम गरेको पनि देखिन नआएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम गर्नु भनी परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्आदेश दिने अधिकार सह अञ्चलाधिशलाई भएकै पाइन्छ, नजरबन्द राख्नु पर्ने पूर्वावस्थाको आधारमा सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३ को उपदफा (१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न जरुरी सम्झी भन्दै सोही ऐनको दफा १२ बमोजिम नजरबन्द राख्ने निर्णय गरी थुनामा राखेकोलाई गैरकानुनी थुनामा राखेको भन्न नमिल्ने । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्दिएको भनेको सूचना अ.बं. ११० नं.को रीत पुर्या ई तामेल गरेको भन्ने कतैबाट देखिँदैन । सो अनुसार रीत पुर्याेई सूचना दिएको भनी प्रत्यर्थीले भन्न सकेको पनि छैन । यसबाट रिट निवेदकलाई प्रत्यर्थीले प्रतिवाद गर्ने मौका दिई निर्णय गरेको भन्न सकिने स्थिति रहेन । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्२ नं.अनुसूचीमा जग्गावालाको नाम फरक भए पनि हाल दर्तावाला निजकै परिवार भित्रको व्यक्ति भएको जग्गाको स्वामित्व सरेर गए पनि मोही हकमा कुनै असर नपर्ने । (प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्मुद्दा परिसकेपछि सो कुत बुझाउन मन्जूर गरेकोलाई मोहीबाट निष्कासन नहुने भन्ने कुराको न्यायिक आधार मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. १०) कुत भराई लिन पाउने र कुत बुझाउन मन्जूर हुँदा मोहीबाट निष्कासन गर्न नपर्ने । (प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० को खण्ड (ख) को (१) ले यन्त्र पैठारी गरेकोमा १ प्रतिशत भन्सार महसूल लाग्ने व्यवस्था गरेको र उक्त दफाको खण्ड (घ) को देहाय (३) ले यन्त्रको पैठारीमा विक्रीकर नलाग्ने व्यवस्था गरेको पाइन्छ । (प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्जाहेरीमा डाँका गरी लगे भन्ने शब्दहरू कतै उल्लेख गरी जाहेरी परेको देखिँदैन । प्रतिवादीहरु अदालतमा इन्कार भई बयान गरेको पाइन्छ । लुटपीट भएको सुनेको भनी आफ्नो बयानमा केही प्रतिवादीहरूले उल्लेख गरेको देखिन्छ । साक्षी सरजमीनका व्यक्तिहरूले लुटपीट भएको भनी बकपत्र गरेको पाइन्छ । उपरोक्त उल्लेख भएको कारण तथा वारदातको अवस्था परिस्थितिबाट प्रस्तुत मुद्दा मुलुकी ऐन चोरीको महल अन्तर्गत पर्ने नदेखिने । (प्रकरण नं. ४७)
पूर्ण पाठ हेर्नुहोस्प्राचिन स्मारक संरक्षण ऐन, ०१३ को दफा १३ को उपदफा (१) मा पुरातत्व सम्बन्धी या कलात्मक वस्तु नेपाल अधिराज्यबाट विदेश निकाशी गर्न तथा नेपाल अधिराज्य भित्र एक ठाउँबाट अर्को ठाउँमा सार्न वा कुनै ठाउँमा संग्रह गर्न हुँदैन भन्ने लेखिएको पाइन्छ । (प्रकरण नं. २६)
पूर्ण पाठ हेर्नुहोस्