विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. २५०२ - उत्प्रेषणको रिट जारी गरिपाउँ

 फैसला मिति:२०४२/०९/२५  डिभिजन वेन्च इजलास  २३५४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला चितवान भरतपुर नगर पंचायतवडा नं.१० बस्ने नगर पंचायतस्तरीय मजदूर संगठन प्रारम्भिक कार्य समितिको सभापति कृष्णब हादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : नेपाल मजदूर संगठन केन्द्रीय कार्यालय काठमाडौं । उप–सभापति लाल कुमार श्रेष्ठ ,नेपाल मजदुर संगठन ऐ.ऐ । सदस्य थप नारायण लामिछाने ऐ.ऐ । जिल्ला चितवन भरतपुर नगर पंचायतवडा नं.२ बस्ने ओमकुमार श्रेष्ठ । भ.नगर पंचायत वडा नं.१० बस्ने गण शेखर शर्मा ।

नेपाल मजदूर संगठनको विभिन्न खाली पदहरूमा निर्वाचनको घोषणा नभएसम्म निर्वाचनमा उम्मेदवार हुन पाउने स्थिति नदेखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०१ - डाँका

 फैसला मिति:२०४२/०८/१८  डिभिजन वेन्च इजलास  २०९०
 पुनरावेदक/ प्रतिवादी : झंकनाथ थपलियाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : नु.जि.मदानपुर गा.पं. वा.नं.५ बस्ने इश्वरीप्रसाद लोहनी समेत

अन्य स्वतन्त्र प्रमाणहरूबाट स्वतन्त्र रुपमा समर्थन नभएमा प्रहरीमा भएको सावितीलाई प्रमाणको रुपमा ग्रहण गर्नु कानुन तथा न्यायिक सिद्धान्त समेतले नमिल्ने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०० - जग्गा खिचोला

 फैसला मिति:२०४२/०८/०४  डिभिजन वेन्च इजलास  २१७९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बझाङ पदेश नौविस हेमन्तवाडा गा.पं.वडा नं.२ बस्ने कालिमान खड्का मरी मु.स.गर्ने मंगल खड्का बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं.२ झिल्लीवाडा बस्ने भिम खड्का

विवादको जग्गा वादीको किल्लासँग मिल्न भिड्न आएकोमा जग्गा वादीको देखिन आएबाट झगडा परेको जग्गा प्रतिवादीको ठहर्या्एको सु.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९९ - उत्प्रेषण

 फैसला मिति:२०४२/०६/१७  डिभिजन वेन्च इजलास  २२९१
 पुनरावेदक/ प्रतिवादी : जि.दाङ हरपुर गा.पं. वडा नं. ३ कृष्णपुर बस्ने दामोदर गौतम । ऐ.ऐ बस्ने राम प्रसाद अधिकारी । ऐ.ऐ बस्ने डिल्लीराज उपाध्याय । बिरुद्ध विपक्षी/वादी : जिल्ला पञ्चायत न्याय समिति, जिल्ला पञ्चायत सचिवालय, दाङ घोराही । गाउं पञ्चायत न्याय समिति,हरपुर गाउँ पञ्चायत कार्यालय हरपुर बिजौरी,दाङ । जि.दाङ नारायणपुर गा.पं. वडा नं.१ अर्घु बस्ने नारायण तरताल । ऐ.ऐ बस्ने कुलबीर चौधरी । ऐ.ऐ बस्ने डिल्लीराज उपाध्याय । जि.दाङ हरपुर गा.पं.वडा नं.४ बिजौरी बस्ने माधव न्यौपाने । दाङ नारायणपुर गा.पं.वडा नं.१ अर्घु बस्ने काशिराज शर्मा ।

कुलो पानी हापुर गा.पं.को क्षेत्रमा मात्र सीमित रहेको नदेखिँदा गा.पं.ऐन, २०१८ को दफा ४१(१)(ज) ले गा.पं.न्याय समितिले निर्णय गर्न पाउने अधिकार भएको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०९/१२  डिभिजन वेन्च इजलास  २३३६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पाल्पा हुमिन गा.पं.वडा नं. ८ मासीडाँडा बस्ने रामचन्द्र बस्नेत । बिरुद्ध विपक्षी/वादी : लोक सेवा आयोग केन्द्रीय कार्यालय,कमलपोखरी,काठमाडौं । परीक्षा एवं सिफारिश महाशाखा,अ.तथा शि.शाखा ऐ.ऐ । सामान्य प्रशासन मन्त्रालय,हरिहर भवन,ललितपुर । मन्त्री परिषद् सचिवालय श्री ५ को सरकार सिंहदरवार । जिल्ला लमजुङ वाहुन डांडा गा.पं.वडा नं.५ बस्ने कृष्ण चन्द्र घिमिरे । जिल्ला गोरखा,गोरखकाली गा.पं. वडा नं. ४ बस्ने शंकर अर्याल ।

डिप्लोमाको प्रथम श्रेणीको २४ अंक नदिई डि.पी.ए.तेस्रो श्रेणी वापतको १६ अंक मात्र प्रदान गरेको देखिन आएकोले निवेदकले पाउने डिप्लोमाको प्रथम श्रेणीको २४ अंक दिई सो अंक दिइँदा लोकसेवा आयोगको प्रकाशित सिफारिश सूचीमा समावेश भएका सफल उम्मेदवारहरू मध्ये कसैले प्राप्त गरेको अंक भन्दा निवेदकको अंक बढी हुन गई असर पर्ने रहेछ भने सो असर पर्ने व्यक्तिको हकमा सम्म आयोगको उक्त सिफारिश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९७ - उत्प्रेषणाको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०९/०५  डिभिजन वेन्च इजलास  २३९४
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा जनकपुर नगर पंचायतवार्ड नं.४ बस्ने पुरुषोतम शर्मा बिरुद्ध विपक्षी/वादी : जनकपुर नगर पञ्चायत कार्यालय, धनुषा। धनुषा जिल्ला पंचायत कार्यालय । न्याय समिति धनुषा जि.पं.कार्यालय । न्याय समितिको अध्यक्ष दिनकर यादव जि.पं.का.धनुषा । जि.धनुषा जनकपुर नगर पंचायतवडा नं.वडा नं.४ बस्ने शिवनाथ शाह कलवार । ऐ.ऐ बस्ने रामकुमार कलवर ।

जिल्ला पञ्चायत सचिवालय धनुषाले मुद्दामा किनारा नलागेसम्म कुनै कारवाई नगर्नु भनी लेखेको निवेदन पत्रबाट निवेदकको कुनै हक हनन् भएको नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०८/०४  डिभिजन वेन्च इजलास  २५१३
 पुनरावेदक/ प्रतिवादी : तनहुं जिल्ला पूर्कोट गा.पं. वडा नं.१ अर्चले घर भै हाल जि.का.कारागार शाखा कास्कीमा थुनामा रहेका दल बहादुर गुरुङ बिरुद्ध विपक्षी/वादी : विष्णुमाया गुरुङको जाहेरीले श्री ५ को सरकार

मार्नु पर्ने सम्मको इवी लगाव र मनसाय समेत नदेखिएकोले ज्या.सं.का १३(३) बमोजिम हदै सम्म सजायँ गर्दा चर्को हुन जाने देखिएकोले क्षेत्रीय अदालतको राय मुताविक अभियुक्तलाई अ.बं.१८८ नं.बमोजिम तजिवीजी कैद वर्ष १० (दश) हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०७/१५  डिभिजन वेन्च इजलास  २१०५
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नगर पंचायतवडा नं.२९ ठमेल बस्ने कृष्ण प्रसाद खतिवडा बिरुद्ध विपक्षी/वादी : का.जि.का.नगर पंचायत डिल्लीबजार स्थित भूमि सुधार कार्यालय काठमाडौं । का.जि.का.नगर पंचायत वडा नं.१० बानेश्वर बस्ने शारदा लुइटेल । ऐ.ऐ २ लाजिम्पाट बस्ने शरिजा शर्मा । ऐ.ऐ ३२ मैती फाँट बस्ने चिनु रिमाल । ऐ.ऐ कमला घिमिरे । ऐ.ऐ ३३ धोबी धारा बस्ने तारा भन्ने रमा देवकोटा । ऐ.ऐ नक्साल बस्ने बाबा पोखरेल । ऐ.ऐ २९ ठमेल बस्ने शान्ता भन्ने तारा काफ्ले ।

निवेदकले आफ्नो हक कायम गराई ल्याएका बखत भूमि सुधार कार्यालयको निर्णयले कुनै बाधा नपर्ने हुँदा यस स्थितिमा भूमि सुधार कार्यालयको निर्णयलाई त्रुटिपूर्ण भई अधिकारक्षेत्र भित्र नाघि गरेको भन्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/२१  डिभिजन वेन्च इजलास  १८८०
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला श्रीसिया गा.पं.वार्ड नं.८ बस्ने फुलेन महतो चाई बिरुद्ध विपक्षी/वादी : भू.सु.कार्यालय पर्सा । पर्सा जिल्ला श्रीसिया गा.पं.वार्ड नं.९ बस्ने नथुनी राउत अहिर

विवाद परेपछिका कुरालाई आधार बनाउन बनाई गरेको विपक्षी भूमि सुधार कार्यालयको निर्णयलाई न्यायिक मनको प्रयोग गरी गरेको भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९३ - अंश

 फैसला मिति:२०४२/०५/२०  डिभिजन वेन्च इजलास  २८७६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नं.प.वार्ड नं. १८ नरदेवी नेटपाचो बस्ने रत्नदेवी मानन्धरनी । ऐ.ऐ बस्ने गणेश मान मानन्धर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने प्रेममान मानन्धर

सरकारी बाँकी तिर्नु पर्दछ भन्ने बित्तिकै यो ऋण हुन जान्छ यसरी सरकारी बाँकीलाई ऋण हैन भनी अति शाब्दिक (Hyper Literal Interpretation) व्याख्या गर्दा मुलुकी ऐन अंशबण्डाको महलको “धन ऋण” बण्डा गर्ने सिद्धान्तको विलकूल विपरीत हुन जान्छ । व्याख्या ऐन सम्मत (Legal) मात्र हैन, विवेक (Resonable) सम्म पनि हुनु पर्दछ, त्यसकारण यस किसिमको अति सिद्धान्तवादी शाब्दिक व्याख्यालाई मानी सरकारी बाँकी ऋण हैन भन्न मिल्दैन। (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९२ - मिलापत्र बदर

 फैसला मिति:२०४२/०९/०९  डिभिजन वेन्च इजलास  २४४६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.नं.प.वार्ड नं. १४ बस्ने दिलमाया महर्जन। ऐ.ऐ बस्ने अहिल्या महर्जन । अहिल्याका छोरा ऐ. को संरक्षणमा रहेको प्रतिभक्त महर्जन । ऐ. को छोरा ऐ. मा रहेको सूर्यभक्त महर्जन । ऐ.ऐ बस्ने दिल बहादुर महर्जन । बिरुद्ध विपक्षी/वादी : का.जि.का.नगर पंचायतवार्ड नं.१४ बस्ने सिद्धि बहादुर महर्जन । ऐ.वार्ड नं. १३ बस्ने नारायण भक्त महर्जन ।

सगोलमा रहे बसेको जुनसुकै अंशियारका नाउँमा रहेको सम्पत्तिमा अन्यथा प्रमाणित नभएसम्म सगोलको सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०८/२६  डिभिजन वेन्च इजलास  २५५४
 पुनरावेदक/ प्रतिवादी : टिकाराम वलीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.रुकुम पेउघा गा.पं.वार्ड नं.१ घोलाङ बस्ने विष्णु कुमार पुन । ऐ.ऐ बस्ने भूपाल सिंह पुन । ऐ.वार्ड न.५ माथी गारु बस्ने हरि बहादुर विष्ट मगर(पहाडी) । ऐ.ऐ बस्ने पहल बहादुर विष्ट मगर ।

निश्चयात्मक सबूद प्रमाणको अभावमा केवल अनुमान र शंकाको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४९० - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०९/२५  डिभिजन वेन्च इजलास  २००७
 पुनरावेदक/ प्रतिवादी : बाल कुमारी खड्काको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : ग.अं.कास्की जिल्ला पो.नगर पंचायतवडा नं.१६ बस्ने बाबुराम सार्की

मृतकलाई तत्काल उठेको रीस थाम्न नसकी सिमेन्ट लगाउने नोलले हिर्काई सोही चोटबाट मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं.आकर्षित हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४८९ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०९/२४  डिभिजन वेन्च इजलास  ३७१०
 पुनरावेदक/ प्रतिवादी : गोर्खा जिल्ला पालुङटार गा.पं.वार्ड नं. ९ रानीटार घर भै हाल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको कृष्ण बहादुर रानाभाट बिरुद्ध विपक्षी/वादी : पश्चिमाञ्चल क्षेत्रीय अदालत । जिल्ला कार्यालय कारागार शाखा काठमाडौं ।

फैसलाको औचित्यतर्फ बन्दी–प्रत्यक्षीकरणको रिट निवेदनबाट बिचार गर्न मिल्ने नदेखिने। (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४८८ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०९/२४  डिभिजन वेन्च इजलास  २१२३
 पुनरावेदक/ प्रतिवादी : नारायणी अञ्चल घर भै हाल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेको गोपाल भन्ने रामलाल तामाङ बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत । जिल्ला कार्यालय कारागार शाखा काठमाडौं ।

निवेदककै जिकिर बमोजिमको कैद पनि भुक्तान भई नसकेको अवस्थामा गैरकानुनी थुनामा रहेको भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४८७ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०९/१६  डिभिजन वेन्च इजलास  २३६२
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा कोहलपुर गा.प. वार्ड नं.७ घर भई हाल प्रहरी उपरीक्षक कार्यालय काठमाडौंमा थुनामा रहेका सूर्यनाथ यादवको हकमा उमेश कुमार दास बिरुद्ध विपक्षी/वादी : प्रहरी उपरीक्षकको कार्यालय हनुमान ढोका । प्रहरी उपरीक्षक कार्यालय सिरहा । सदर खोर कार्यालय,डिल्लीबजार । जि.का.कारागार शाखा सिरहा । जि.का. कारागार शाखा सप्तरी,राजविराज ।

बन्दी हाल गैरकानुनी थुनामा रहेको भन्ने कुरा कतैबाट प्रमाणित हुन आएको छैन । यस्तो स्थितिमा निवेदकको माग बमोजिमको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४८६ - उत्प्रेषण

 फैसला मिति:२०४२/०९/१५  डिभिजन वेन्च इजलास  २११६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पाल्पा दर्छा गा.पं.वार्ड नं. ३ बस्ने उजीर सिंह राना बिरुद्ध विपक्षी/वादी : पाल्पा जिल्ला अदालत। पाल्पा जिल्ला अदालत तहसील फाँट । जिल्ला पाल्पा दर्छा गा.पं.वार्ड नं. ७ वर डाडा बस्ने रुद्र बहादुर राना मगर । जि.नवलपरासी रुचाङ गा.पं. वार्ड नं. ६ बस्ने इन्द्र सिंजाली ।

अदालतले आवश्यक ठानेर नै लिलाम बिक्री गरेको देखिएकोले बाध्यात्मक रुपमा एउटै कित्ता जग्गालाई कित्ताफोड गरी आधामात्र लिलाम गर्नुपर्ने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४८५ - जग्गा खिचोला

 फैसला मिति:२०४२/०५/११  डिभिजन वेन्च इजलास  २१३२
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.ल.पु.नगर पंचायतवडा नं.११ मंगलपण्डाछे बस्ने इन्द्रगोपाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ. वडा नं. १८ पूर्ण चण्डी नलाटोल बस्ने प्रेम बहादुर श्रेष्ठ । ऐ.ऐ बसने वखत बहादुर श्रेष्ठ ।

वादीको नालेश जग्गा मिच्नेको १८ नं.को हदम्याद भित्र परेको नभई हदम्याद नघाई परेको देखिँदा त्यस्तो नालेश उजूरीबाट कारवाही गरी हेर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४८४ - उत्प्रेषण

 फैसला मिति:२०४२/०९/०८  डिभिजन वेन्च इजलास  २०७९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला गुल्मी बलेटक्सार गा.पं.वडा नं.७ बस्ने ओम बहादुर खत्री बिरुद्ध विपक्षी/वादी : गुल्मी तम्घास ९ नं.नापी गोश्वारा। ऐ. ऐ. बस्ने वन उप समिति ।

कानुनी रुपबाट गठन नभएको समितिबाट भएको निर्णयलाई कानुनद्वारा अधिकार प्राप्त निकायबाट निर्णय भएको भन्न मिल्ने स्थिति रहेन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४८३ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/०३  डिभिजन वेन्च इजलास  १९८५
 पुनरावेदक/ प्रतिवादी : दाङ सोडियार गा.पं.वडा नं.४ बस्ने नुमाकान्त उपाध्याय बिरुद्ध विपक्षी/वादी : उच्चस्तरीय समिति दाङ घोराही। दाङ सौडियार गा.पं.वडा नं.४ बस्ने सेतुराम चौधरी ।

संशोधन आउनुभन्दा अगाडिको मोहियानी सम्बन्धी कार्यविधि अपनाउँदा पहिलेकै ऐन अनुसारको कार्यविधि अपनाउनु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु