विस्तृत खोजी

 
 
 
 
 
      

११० खोजी नतिजाहरु

निर्णय नं. ११२० - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१२/१५  डिभिजन वेन्च इजलास  २६९५
 पुनरावेदक/ प्रतिवादी : रुपन्देही जि.भैरहवा न.पं.वडा नं.१ बस्ने पाटेश्वरीप्रसाद रजकसमेत बिरुद्ध विपक्षी/वादी : महान्यायाधीवक्ता, महान्यायाधीवक्ताको कार्यालय, रामशाह पथ समेत

(१) अधिकार क्षेत्र सम्बन्धी कार्यालयको लेखापढीले गर्दा कानूनले निर्धारीत गरेको अवधिमा परिवर्तन गर्न सकिन्छ भन्न मिल्ने कुरा होइन । छानविन गरी निर्णय दिँदा पनि कानूनले तोकिएको अवधिसम्म निर्णय दिई सक्नु पर्ने कानूनी बाध्यतालाई अधिकारीले पन्छाउन नमिल्ने। (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११९ - उत्प्रेषणको परमादेशको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१२/०१  फूल बेन्च इजलास  २२८६
 पुनरावेदक/ प्रतिवादी : का.जि. वत्तिसपुतली गा.पं.वार्ड नं.२ बस्ने लक्ष्मीदेवी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भूमि प्रशासक भूमिप्रशासन कार्यालय बारा जि. बारासमेत

(१) अदालती बन्दोवस्तको ८५ नम्बरमा उल्लेखित “सोही मुद्दामा” भन्ने शब्दहरूले पक्षहरू उहि भएपछि अर्को निकायमा परेको अर्को मुद्दामा उक्त नम्बर आकर्षित नहुने प्रष्ट छ । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११८ - लेनदेन

 फैसला मिति:२०३४/१२/०८  फूल बेन्च इजलास  २३५९
 पुनरावेदक/ प्रतिवादी : जि.वारा.गा.पं. गईहल वार्ड नं.६ बस्ने ठगाराम साहु तेली बिरुद्ध विपक्षी/वादी : ऐ ऐ वार्ड नं.४ बस्ने गोकुल पण्डित कुम्हाल

(१) भोगबन्धकीमा लिएको जग्गा भोग गर्न छोडी कपालीमा ब्याज भराई पाउँ भन्ने नालेश कानूनले लाग्न सक्ने नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११७ - जग्गा

 फैसला मिति:२०३४/१२/२२  फूल बेन्च इजलास  २४४६
 पुनरावेदक/ प्रतिवादी : जि.मु. चोलाकान्त उपाध्याय समेत बिरुद्ध विपक्षी/वादी : खेमनारायण उपाध्याय समेत

(१) अ.वं. १७९ को व्यवस्था हेरेमा वेरीतसँग डिसमिस भएकोमा सो वेरीत भएको कुरामा सम्म पैंतिस दिन भित्र पुनरावेदन लाग्न सक्छ भन्ने व्यवस्था भएकोले सो बाहेक अन्य कुरामा पुनरावेदन लाग्न सक्ने नदेखिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/११/१५  डिभिजन वेन्च इजलास  २२५१
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला दमक गा.पं. वार्ड नं. १ बस्ने गङ्गाबहादर लिम्बु बिरुद्ध विपक्षी/वादी : ऐ बस्ने वलराम ढुङ्गेलसमेत

(१) जग्गावालासँग कुनै लिखत कबुलियत नगरी त्यसै जग्गा कमाउनेहरूले मोहियानी हकको अस्थायी प्रमाण पूर्जा पाएको नाताले मात्र मोही कायम गर्नु वा कानूनबमोजिम मोहियानी हक प्राप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११५ - सम्बन्ध विच्छेद

 फैसला मिति:२०३४/०१/१९  डिभिजन वेन्च इजलास  ३२१६
 पुनरावेदक/ प्रतिवादी : का.जि. महाराजगञ्ज ब्रह्म कटेज बस्ने मे.ज. ब्रह्मशमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : का.जि. चावहिल मैजुबहाल बस्ने माधवीदेवी राणा

१) जुन कुराको लागि भनी दाखिल गरेको कागजले सो कुराको लागि प्रमाणमा लिन सक्ने अवस्थाको कागज नभएपछि सो कागज सद्दे वा जालसाजी के हो भनी निर्णय गर्नुपर्ने अवस्था नरहने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३३/११/२३  डिभिजन वेन्च इजलास  २७४६
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं न.पं.वार्ड नं.१ घर भई जिल्ला कार्यालय कारागार शाखामा रहेका केदारभक्त श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : प्रहरी नायव उपरीक्षक कार्यालय काठमाडौं समेत

(१) शंकास्पद स्थितिमा कुनै व्यक्तिलाई थुनामा राख्नु नेपालको संविधान र प्रचलित नेपाल कानूनको विपरित हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११३ - विभागीय कारवाही

 फैसला मिति:२०३४/१०/१२  डिभिजन वेन्च इजलास  ३६९६
 पुनरावेदक/ प्रतिवादी : जि.डडेलधुरा बगरकोट गा.पं.वार्ड नं.बस्ने पि.डि.सुभाषसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार प्रशासनव्यवस्था विभाग (कर्मचारीप्रशासन शाखा) १

(१) घुस खाने गरेको भन्ने सम्म उल्लेख गरेकोलाई वस्तुगत आरोप भन्न मिल्ने नदेखिने । (२) नोकरीबाट हटाउनलाई निजामती सेवा नियमावलीको परिच्छेद १० को नियम ६ को, १ देखि ९ सम्म कुन अभियोग लाग्ने हो किटानी गरी मात्रा नोकरीबाट हटाउन सकिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११२ - क.ख. विर्ता जग्गा

 फैसला मिति:२०३४/०८/३०  डिभिजन वेन्च इजलास  २२४४
 पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल गोरखा जिल्ला आदाङ मोहरिया बस्ने भूमिप्रसाद पाण्डे बिरुद्ध विपक्षी/वादी : गण्डकी अञ्चल गोरखा जिल्ला बोलङि बस्ने शिवजङ्ग थापाक्षेत्री समेत

(१) जुनसुकै क.ख.विर्ताको झगडा उठाउन पाउने भन्ने नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११११ - उत्प्रेषणको आदेश जारी गरी पाउँ (

 फैसला मिति:२०३४/११/१७  फूल बेन्च इजलास  २३३६
 पुनरावेदक/ प्रतिवादी : मोरङ बयरवन गा.पं. वार्ड नं.१ बस्ने कृष्णप्रसाद घिमिरेसमेत बिरुद्ध विपक्षी/वादी : भूमि प्रशासक मोरङ भूमिप्रशासन कार्यालयसमेत

(१) मोहियानी लागेको वा नलागेको अवस्थामा जग्गामा रहेको जग्गावालाको हक र स्थिति फरक हुन आउने हुनाले विपक्षीको निर्णयले निवेदकलाई कुनै असर पारेको छैन वा असर पर्दैन भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १११० - परमादेशको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१०/१७  डिभिजन वेन्च इजलास  २४४५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वार्ड नं.१ बस्ने शा.अ.श्रीमती शारदा मानन्धर बिरुद्ध विपक्षी/वादी : लोकसेवा आयोग, पदोन्नति शाखा विशालनगरसमेत

(१) आफूले पाई राखेको प्रमाणपत्रको आधारमा गरेको उजूरी दावीलाई आधारहीन उजूरी दावी भन्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१०/१८  डिभिजन वेन्च इजलास  २३८८
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जि.मल्लेठ गा.पं. वार्ड नं. ७ बस्ने रतिलाल यादव बिरुद्ध विपक्षी/वादी : भूमि प्रशासक भूमिप्रशासन कार्यालय सप्तरी राजविराज समेत

(१) झगडा परी रोक्का रहेका बाली फुकुवा दिने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (६) प्रयोग हुन सक्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०८ - ज्यान

 फैसला मिति:२०३४/१०/०७  डिभिजन वेन्च इजलास  २५२४
 पुनरावेदक/ प्रतिवादी : तेह्रथुम जिल्ला मोराहाङ्ग गा.पं.वार्ड नं.६ घर भई हाल धनकुटा कारागार थुनामा बस्ने डम्बरबहादुर चाम्लागाईसमेत बिरुद्ध विपक्षी/वादी : संभुवासभा जिल्ला मादी रैकर गा.पं.वार्ड नं.१ बस्ने पञ्च सदस्य शुदर्सन घिमिरेको जाहेरीले श्री ५ को सरकार

(१) विरोधाभास र प्रकृतिसँग नमिल्दो बयानलाई सह अभियुक्तको अदालतमा गरेको बयानको भरलेमात्र ज्यान जस्तो कसुरमा अपराधी ठहर्याहउन नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१०/०७  डिभिजन वेन्च इजलास  २१७६
 पुनरावेदक/ प्रतिवादी : नारायण दास,श्रीनिवास फर्मका मालिक का.जि.इन्द्रचोक बस्ने श्री निवास संघाईको वा.का.जि.त्रिपुरेश्वर बस्ने दिनेश्वरप्रसाद सिंह राजपुत बिरुद्ध विपक्षी/वादी : श्री करफछ्र्यौट आयोग बबरमहल काठमाडौंसमेत

(१) आय निर्धारण भएको वर्ष अघिको छुट भएको कर निर्धारण गरेको नभई स्टक क्यारीफ वोर्ड मानी आय निर्धाण भएको वर्षको नै आय निर्धाण गरेको देखिएकोमा कानूनी त्रुटि भएको भन्न नमिल्ने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१०/०४  फूल बेन्च इजलास  २२२१
 पुनरावेदक/ प्रतिवादी : जि. ललितपुर गा.पं चापागाउँ वार्ड नं.३ बस्ने रत्न देसारनी बिरुद्ध विपक्षी/वादी : भू.प्र. कार्यालय ललितपुरको प्रमुख अधिकारी भूमि प्रशासकसमेत

(१) जग्गावालाले मोही पत्याई बाली बुझी भरपाई गरिदिएकोबाटै जग्गा पत्याएको देखिन आउने हुनाले त्यसरी साविक मोही मरी जग्गाधनीले जग्गा पत्याएकोमा दफा ३४ (१) बमोजिम कबुलियतको अवस्था नपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०५ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१०/०७  फूल बेन्च इजलास  २९८८
 पुनरावेदक/ प्रतिवादी : जि.संखुवासभामा स्वामी गाउँपञ्चायत वा.नं.३ बस्ने श्री गिरीधर शर्मा बिरुद्ध विपक्षी/वादी : श्री सचिव गृह मन्त्रालय श्री ५ को सरकार सिंहदरवार

(१) ऐनमा व्यवस्था नभएको परिचयपत्रको आधारमा निवेदकलाई नागरिकता सम्बन्धि हक प्राप्त भयो भन्ने वा त्यस्तो परिचयपत्र नहुँदैमा अथवा भएको परिचयपत्र बदर वा अमान्य हुँदैमा नागरिकताको हक लोप हुने स्थिति पर्न नआउने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०४ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/१०/०७  फूल बेन्च इजलास  २३५३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं न.पं.वा.नं.१४ मधुकुमारी आले बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति श्री बाल आयल एण्ड राइस इण्डष्ट्रिज लिमिटेड कृष्णनगर जिल्ला कपिलवस्तु समेत

(१) शेयर हस्तान्तरण गरेको ठिक बेठिक के हो भन्ने कुरामा हकदैया पुग्नेको उजूर परेमा कम्पनि ऐन, २०२१ को दफा २७ (३) बमोजिम निर्णय हुने कुरा भएकोले रिट क्षेत्रबाट त्यसतर्फ विचार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०३ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/०८/०२  डिभिजन वेन्च इजलास  २७०९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिराहा प्रगन्ना पकरिया गा.पं.वार्ड नं.१ बस्ने विष्णु प्रजापती बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय भूमिप्रशासन शाखा सिराहासमेत

(१) वादी प्रतिवादीमा मुख नमिलेको भए पछि अदालती बन्दोबस्तको १८४ (क) बमोजिम सबूद प्रमाण बुझी सबूद प्रमाण आधारमा ठहर निर्णय दिनुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३४/०८/०९  डिभिजन वेन्च इजलास  २४६०
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ मधुमल्ला गा.पं. वार्ड नं. ४ बस्ने मदनकुमार श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : प्रधान वन कार्यालय विराटनगरसमेत

(१) वन संरक्षण विशेष व्यवस्था ऐन, २०३४ ले साविक दर्ताको जग्गाबाट निवेदकलाई हटाउन सक्ने व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११०१ - लिखतपास

 फैसला मिति:२०३४/०४/१७  डिभिजन वेन्च इजलास  २४४५
 पुनरावेदक/ प्रतिवादी : सप्तरी जिल्ला गा.पं. वार्ड नं.८ रामपुर बस्ने जिवछी वती अमातनी बिरुद्ध विपक्षी/वादी : ऐ बस्ने बुधनीवती अमातनी

(१) अस्पष्ट सहिछापलाई अदालतले विशेषज्ञलाई जँचाई विशेषज्ञको राय लिनु पर्ने बाध्यता प्रमाण सम्बन्धि ऐन, २०३१ को दफा २३ ले गरेको नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु