विस्तृत खोजी

 
 
 
 
 
      

३४ खोजी नतिजाहरु

निर्णय नं. २६१५ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/१९  सिङ्गल बेञ्च इजलास  २२३२
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी हलखोरी गा.पं.वडा नं.४ बस्ने कामेश्वर मिश्रसमेत बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौंसमेत

(१) अधिकार क्षेत्रभित्र रही मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको आदेशमा मुद्दाको तथ्य भित्र प्रवेश गरी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/०७  डिभिजन वेन्च इजलास  २०४९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी हाल मलेठ गा.पं.वार्ड नं.६ बस्ने बुद्धि तेलिनी बिरुद्ध विपक्षी/वादी : सप्तरी हाल गा.पं.मधेसुरा वार्ड नं. ४ बस्ने जुगल साहु तेलीसमेत

(१) अधिकार प्राप्त अदालतले कानुन बमोजिम गरेको निर्णयहरू बदर हुन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१३ - उत्प्रेषण मिश्रित प्रतिषेध लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/१९  डिभिजन वेन्च इजलास  २२०४
 पुनरावेदक/ प्रतिवादी : जि.सिन्धुपाल्चोक सेउले गा.पं.वार्ड नं.७ बस्ने टंकबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय काठमाडौंसमेत

(१) कारवाही भइरहेको देखिएको र त्यस्तो कारवाहीमा यस अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रिट क्षेत्रबाट हस्तक्षेप गरी हेर्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१२ - परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/०७  डिभिजन वेन्च इजलास  २१४३
 पुनरावेदक/ प्रतिवादी : त्रिपुरेश्वर नेशनल स्टेशनरी इण्डट्रीजका प्रो. निरञ्जनकुमार टिवरेवाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभागसमेत

(१) आवश्यक कागजात सम्बन्धित कार्यालयबाट लिई यस कार्यालयमा निवेदन गर्न आएमा नियमानुसार फिर्ता दिन मञ्जूर छ भन्ने देखिँदा रिट निवेदन धरौटी फिर्ता लिन गएमा ऐन नियमको रीत पुर्याभई धरौटी फिर्ता दिनु भनी परमादेशको आदेश जारी गरिएको छ । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६११ - लेनदेन

 फैसला मिति:२०४२/११/२९  डिभिजन वेन्च इजलास  २८४०
 पुनरावेदक/ प्रतिवादी : विरगञ्ज न.पं.वार्ड नं. १६ स्थित नेपाल अलमोनियम फैक्टरीको प्रो. विहारीलाल तुल्स्यानसमेत बिरुद्ध विपक्षी/वादी : ने.बैं.श्रीपुर शाखाको तर्फबाट ऐ.को शाखा प्रबन्धक जगन्नाथ उप्रेती

(१) नजीर तथा कानुनहरूको त्रुटि गरी वादी दावी बमोजिम साँवा ब्याज भराउने गरेको म.क्षे.अ.को निर्णय कानुन अनुरुपको नहुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६१० - फैसला बदर

 फैसला मिति:२०४२/०९/२९  डिभिजन वेन्च इजलास  २६१६
 पुनरावेदक/ प्रतिवादी : जि. सर्लाही गा.पं.वडा नं.२ बस्ने राम उज्जैन राय बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने अवध विहारी राय यादवसमेत

(१) वादी दावीको कुरा मध्ये केहीको हकमा मात्र फैसला गर्ने र केहीको हकमा नगर्ने गरी गरेको फैसलालाई अ.बं. १९२ नं.ले मान्यता दिन नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०९ - भ्रष्टाचार

 फैसला मिति:२०४३/०१/२४  डिभिजन वेन्च इजलास  २३३५
 पुनरावेदक/ प्रतिवादी : सप्तरी वथनाहा गा.पं.वा.नं.५ बस्ने बैद्यनाथ मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, जिल्ला कार्यालय, सप्तरीको प्रतिवेदन

(१) नक्कली प्रमाणपत्र पेश गरी उपसहायक पदमा काम गरी भ्र.नि.ऐन, २०१७ को परिच्छेद २ को दफा १२ बमोजिमको अपराध गरेको ठहराएको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा उक्त इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०८ - रहजनी डाँका

 फैसला मिति:२०४३/०१/१८  डिभिजन वेन्च इजलास  २१९९
 पुनरावेदक/ प्रतिवादी : जि.का.बर्दिया कारागार शाखामा थुनामा बसेको उमेश सिंह मुराउ बिरुद्ध विपक्षी/वादी : गोविन्दप्रसादको जाहेरीले श्री ५ को सरकार

(१) अभियुक्त प्रहरी र अदालतमा समेत आफूले वारदात गरेकोमा सावित भएको र निजबाट बरामद हुन आएको सामानहरूबाट समेत समर्थित भइसकेकोले निज निर्दोष रहेछ भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०७ - उत्प्रेषण मिश्रित आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/३१  डिभिजन वेन्च इजलास  २३३२
 पुनरावेदक/ प्रतिवादी : जि.गुल्मी रुरु गा.पं.वार्ड नं.३ बस्ने तेजबहादुर पौडेल क्षेत्री बिरुद्ध विपक्षी/वादी : ९ नं. नापी गोश्वारा कार्यालय तम्घाससमेत

(१) समितिको गठन नै कानुन अनुरुप भएको नहुँदा त्यस्तो अनाधिकृत समितिले गरेको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०६ - उत्प्रेषण परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०१/३१  डिभिजन वेन्च इजलास  २३४२
 पुनरावेदक/ प्रतिवादी : जि.गुल्मी गा.पं.बीरवास वार्ड नं. २ बस्ने कृष्णकुमारी टण्डन बिरुद्ध विपक्षी/वादी : ९ नं. नापी गोश्वरा तम्घाससमेत

(१) अनधिकृत समितिले गरेको निर्णय कायम हुन नसक्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०५ - कीर्ते

 फैसला मिति:२०४३/०१/३१  डिभिजन वेन्च इजलास  २३८१
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं.वार्ड नं.१ बस्ने नाफालाल थारु बिरुद्ध विपक्षी/वादी : ऐ ऐ.बस्ने अम्बरलाल थारु

(१) पक्ष तारेखमा छँदाछँदै मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला मुलुकी ऐन, अ.बं. १७९ को विपरीत भई त्रुटिपूर्ण भएकोले बदर हुने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०४ - दर्ता बदर दर्ता कायम

 फैसला मिति:२०४३/०१/३१  डिभिजन वेन्च इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं.वार्ड नं. १ बस्ने नाफालाल थारु बिरुद्ध विपक्षी/वादी : ऐ ऐ.वार्ड नं. १ बस्ने अम्बरलाल थारु

(१) रीतपूर्वक दिएको वारेस तारेखमा छँदाछँदै मिसिल संलग्न त्यस्तो कागजलाई वास्ता नै नराखी पुनरावेदकले वारेसै नदिएको भनी तारेखमा रहेकालाई वेरीतको वारेस ठहराई पुनरावेदकहरूले तारेख गुजारेका भनी मुद्दा डिसमिस गर्ने गरेको पू.क्षे.अ.को फैसला त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०३ - घर भत्काई पाउँ

 फैसला मिति:२०४२/११/३०  डिभिजन वेन्च इजलास  २२७९
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.न.पं.वडा नं.१६ लेखाचो बस्ने कृष्णभक्त भुजू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.१३ घरखा टोल बस्ने तुल्सीभक्त त्वायना

(१) घर बनाएको कुरामा घर बनाउनेको ११ नं. अनुसारको म्यादभित्र उजूर गर्न पर्नेमा सो गरेको समेत नदेखिँदा वादी दावी नपुग्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०२ - खिचोला हक कायम

 फैसला मिति:२०४२/१०/२८  डिभिजन वेन्च इजलास  २५६६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२३ झोछें बस्ने हेराशोभा तुलाधर बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने कुलमान बानियाँसमेत

(१) साझा भए बण्डामा उल्लेख भएकोलाई आफ्नो भनी उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०१ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/१२  डिभिजन वेन्च इजलास  २५४०
 पुनरावेदक/ प्रतिवादी : जि.नवलपरासी अमरापुरी गा.पं.वडा नं.१ बस्ने रामबहादुर हमाल बिरुद्ध विपक्षी/वादी : मन्त्रिपरिषद्‌ सचिवालय, श्री ५ को सरकारसमेत

(१) नि.से.नि., ०२१ को नियम १०.१४ मा, आदेशमा थपघट गर्न सक्ने अधिकार पुनरावेदन हेर्ने अधिकारीलाई दिएको देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६०० - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/१०/२०  डिभिजन वेन्च इजलास  २१०२
 पुनरावेदक/ प्रतिवादी : मेघबहादुर कवर जोगीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : पाल्पा जि.बन्दिपोखरा गा.पं.वडा नं.७ बस्ने तिलकबहादुर कवर जोगीसमेत

(१) ठोस सबूद प्रमाणको आभावमा शंकासम्म देखाई जाहेरी गरेको र बकेको आधारमा कर्तव्य ज्यानको कसूर गरेको ठहर्‍याई जन्मकैदको सजायँ गर्न न्यायसंगत नहुने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५९९ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/१०/२०  डिभिजन वेन्च इजलास  २३५५
 पुनरावेदक/ प्रतिवादी : पोखरा कारागारमा थुनामा रहेको टेकबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भिमबहादुर राना मगरको जाहेरीले श्री ५ को सरकार

(१) सबूद प्रमाणको अभावमा केवल वारदात अवस्थामा वारदात स्थलमा मौजुद थिए भनी सरजमीनका केही व्यक्तिले भनेकै आधारमा दोषी ठहराउन मिल्ने देखिएन । (प्रकरण नं. २९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५९८ - उत्प्रेषण

 फैसला मिति:२०४३/०१/२२  डिभिजन वेन्च इजलास  २३७६
 पुनरावेदक/ प्रतिवादी : शा.ने.वा.से.नि.को एक्टिङ डाइरेक्टर पदमा कार्यरत रुद्रप्रताप राणा बिरुद्ध विपक्षी/वादी : सचिव श्री ५ को सरकार पर्यटन मन्त्रालयसमेत

(१) निवेदकको हक हितमा असर पर्ने गरी कुनै कानुन नियमको त्रुटि गरी बढुवा गरेको अवस्था विद्यमान रहे भएको देखिन नआएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५९७ - उत्प्रेषण

 फैसला मिति:२०४३/०१/०७  डिभिजन वेन्च इजलास  २२६०
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.फुलबारी गा.पं.वा.नं. ७ बस्ने हर्कबहादुर श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : वन डिभिजन कार्यालय काभ्रेपलान्चोकसमेत

(१) दर्ता तिरो भोगको नम्बरी जग्गा वन सीमाना भित्र पारी रोकुवा जनाएको समेतका सम्पूर्ण कारवाई कानुन अनुरुप मिलेको देखिन नआउने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५९६ - उत्प्रेषण

 फैसला मिति:२०४२/१२/१०  डिभिजन वेन्च इजलास  २१४३
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी हरिपुर गा.पं.वडा.नं. २ बस्ने दसन साह तेली बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सप्तरीसमेत

(१) मुद्दा चल्दाचल्दैको अवस्थामा असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रिट निवेदनबाट उपचार प्रदान गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु