विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. २८३६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०८/०५  संयुक्त इजलास  २१४९
 पुनरावेदक/ प्रतिवादी : प्रहरी रणध्वज थापाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : मुस्ताङ जि. जोमसोम गा.पं.वडा नं.५ जोमसोम बजार डेरा गरी बस्ने श्रीमती पार्वती सार्किनी

(१) बालक पैदा भएपछिबाट कर्तव्य गरी मारी फालेको भन्ने सबूद प्रमाण कतैबाट देखिन आउँदैन यसरी कर्तव्य गरी मारेकै हो भन्ने कुनै ठोस प्रमाण कतैबाट गुज्रन नआएको हुँदा जन्मेको बालकलाई कर्तव्य गरी मारेको भन्न केवल मरेको बच्चाको लाश फेला परेको प्रहरीको जाहेरीको आधार र जातक फाल्न लगेको कारणबाट मात्र जिउँदो जन्मेको बालक मारेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८३५ - अंश

 फैसला मिति:२०४३/०६/०३  संयुक्त इजलास  २२०३
 पुनरावेदक/ प्रतिवादी : जि.धनकुटा चानुवा गा.पं.वार्ड नं. १बस्ने टिकामाया भट्टराई बिरुद्ध विपक्षी/वादी : जि.धनकुटा चानुवा गा.पं.वार्ड नं. १ बस्ने गजेन्द्रराम भट्टराईसमेत

(१) अंशियार देखाएपछि अ.बं.१३९ नं.बमोजिम अंशियारहरूलाई बुझी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८३४ - अंश

 फैसला मिति:२०४३/०८/२०  संयुक्त इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : अष्टनारायण मानन्धरकी श्रीमती का.न.पं.वडा नं.२२बस्ने अष्टनारायणको हकमा मु.स. गरी आफ्ना हकमा समेतकी रामकुमारी मानन्धर बिरुद्ध विपक्षी/वादी : का.न.पं.वडा.नं. १० भीमसेनगोला बानेश्वर बस्ने विष्णुदेवी मानन्धर

(१) अंशबण्डाको १ नं.ले व्यवस्था गरे अनुसार जति अंशियार जीवित हुन्छ तिनीहरूको बीचमा भाग बण्डा गर्नु पर्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८३३ - जग्गा खिचोला

 फैसला मिति:२०४३/०८/०५  संयुक्त इजलास  २१२९
 पुनरावेदक/ प्रतिवादी : धादिङ जिल्ला मार्पाक गाउँ पञ्चायत वडा नं.३ हाल वडा नं.७ चापकुना बस्ने जितबहादुर आले मगर बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.सापटारी बस्ने भैरवबहादुर थापा मगर

(१) कानुन बमोजिम पास समेत गरी राजीनामा दिएको लिखतबाट हक कायम हुन नसक्ने भनी भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८३२ - उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०८/३०  संयुक्त इजलास  २१९८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.बानेश्वर बस्ने सप्तरीबहादुर श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार विशेष प्रहरी विभाग सिंहदरबारसमेत

(१) बर्खास्त गर्दा भविष्यमा अयोग्य ठहरिने गरी भन्ने लगाइएको अभियोग सम्म हटाई दिने हुकुम प्रमांगी बक्स भएको देखिन आएकोले श्री ५ को सरकारले सोही बमोजिम निवेदकहरूको उपर २०४१ साल बैशाख १ गते देखि लागू हुने गरी भविष्यमा अयोग्य ठहरिने गरी लागेको अभियोग हटाउने गरेको दावीको निर्णय विपक्षीतर्फको जिरह बमोजिम मनसिबै देखिन आयो । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८३१ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०८/१५  संयुक्त इजलास  २३९५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा बस्ने हरिबहादुर थापा मगरको छोरा राधाकृष्ण थापा मगर बिरुद्ध विपक्षी/वादी : श्री काठमाडौं जिल्ला अदालतसमेत

(१) दण्ड सजायँको महलको ४१ नं.को व्यवस्था अनुरुप ठूलो हदको म्यादी कैद हुनुपर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८३० - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०८/१२  संयुक्त इजलास  २२०१
 पुनरावेदक/ प्रतिवादी : शिवचरण यादवको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.प.खैरवन्नी गा.पं.वडा नं.६ बस्ने परमेश्वर साहू सोनारसमेत

(१) रिस परेकोमा झुठ्ठा आरोप समेत लाग्न सक्ने हुनाले शंकारहित तवरबाट प्रतिवादीहरूको कर्तव्यले ज्यान मरेको अवस्था वादी पक्षबाट प्रमाणित हुन नसकेको हुनाले प्रतिवादीहरूले सफाई पाउने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२९ - ज्यान

 फैसला मिति:२०४३/०३/१०  डिभिजन वेन्च इजलास  २२२६
 पुनरावेदक/ प्रतिवादी : जि.भोजपुर हतुवा वासिखोरा गा.पं.वा नं. १घोरेटार बस्ने अमरबहादुर राई बिरुद्ध विपक्षी/वादी : नरसिंहबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) मार्नेसम्मको मनसाय ईवीको अभावमा जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०३/१०  डिभिजन वेन्च इजलास  २२७३
 पुनरावेदक/ प्रतिवादी : मनोहरलालको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : मनोहरलाल डगोरा थारु

(१) आफ्नो अनुपस्थितिमा आफ्नी श्रीमती र बाधुराम रती क्रियामा आपसमा लिन भइरहेको अवस्थामा प्र.ले आफ्नी श्रीमती र बाधुराम समेतलाई तत्काल रीस उठी रीस थाम्न नसकी कुटी मारेको, मार्नु पर्ने सम्मको रीस इवी, घटना पूर्व नभएको सरजमीन समेतको भनाई समेतबाट यही कुराको पुष्टि हुनआएको देखिँदा घटनाको अवस्था प्रकृति समेत विचार गर्दा अ.बं.१८८ नं. बमोजिम प्र.लाई १० वर्ष कैद हुने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४३/०८/३०  संयुक्त इजलास  २१५८
 पुनरावेदक/ प्रतिवादी : के.का.शाखामा थुनामा रहेको (साविक पेज नं.८१३) सावित्री बोहराको हकमा तेजनारायण चौधरी बिरुद्ध विपक्षी/वादी : केन्द्रीय कारागार शाखा काठमाडौंसमेत

(१) थुनामा राख्दा सार्वजनिक सुरक्षा ऐनको दफा ६ को र दफा ५(२) को समेत प्रकृया पूरा भएको देखिँदैन यसरी गैरकानुनी थुनामा रहेको देखिँदा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा नजरबन्दीबाट छुट्कारा हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२६ - ज्यान मार्ने उद्योग

 फैसला मिति:२०४३/०८/२६  संयुक्त इजलास  ३६६६
 पुनरावेदक/ प्रतिवादी : बाँके के.का.कार्यालय मार्फतको कारागारमा थुनिएको इस्लामुद्दिन जोलाहा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) ज्यान मार्ने उद्योगका मुद्दाहरूमा ज्यान मार्ने मनसाय कुनैमा स्पष्ट नै देखिने हुन्छ कुनैमा अभियुक्तले गरेको अपराधिक कृयाबाट उसको मनसायको पत्ता लगाउनु पर्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२५ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/२४  संयुक्त इजलास  २२७७
 पुनरावेदक/ प्रतिवादी : वीरेन्द्र नगर पञ्चायत वार्ड नं. ८ बस्ने बिजयराज उपाध्याय बिरुद्ध विपक्षी/वादी : श्री भू.प्र.का.सुर्खेत वीरेन्द्र नगरसमेत

(१) मानसिक स्थिती ठिक नभए आफ्नो परिवारको अन्य सदस्यबाट प्रतिवाद गराउन पर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०८/१७  संयुक्त इजलास  २४४२
 पुनरावेदक/ प्रतिवादी : भनी आले मगर्नीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.दाङ ल्वाहारपानी गा.पं.वा.नं.२ बस्ने लिलाबहादुर राउतसमेत

(१) टाउको तथा छाती जस्तो संवेदनशील अड्डमा प्रहार गरेको कारणबाट मृत्यु भएको देखिएकोले निज प्रतिवादीहरूलाई पुनरावेदन जिकिर अनुसार अभियोगबाट सफाई दिनु कानुनसंगत नदेखिने । (प्रकरण नं. ३१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०८/१६  संयुक्त इजलास  २१०७
 पुनरावेदक/ प्रतिवादी : चितवन जिल्ला शिवनगर गा.पं वडा नं.५ बस्ने वर्ष ५३ को महेश्वर पौड्याल बिरुद्ध विपक्षी/वादी : दुण्डीराजको जाहेरीले श्री ५ को सरकार

(१) आवश्यक सबूद प्रमाण बुझी पुनरावेदक प्रतिवादी कसूरदार हो होइन भनी क्षेत्रीय अदालत आफैंले निर्णय गर्नु पर्नेमा शुरु चितवन जिल्ला अदालतको निर्णय बदर गरी पुनः निर्णय गर्न पठाउन नमिल्ने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२२ - उत्प्रेषण

 फैसला मिति:२०४३/०४/२१  डिभिजन वेन्च इजलास  २२८९
 पुनरावेदक/ प्रतिवादी : गोपी कपडा उद्योग, थानकोट काठमाडौंका प्रोप्राइटर १०।२६८ इन्द्रचोक काठमाडौं बस्ने गोपीचन्द्र अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार बिक्री कर फछ्र्यौट आयोग लाजिम्पाट, काठमाडौंसमेत

(१) घरेलु लगायत सबै स्तरका उद्योगले आयात गर्ने कोरा माल सहायक कोरा माल रासायनिक पदार्थ आदीमा पैठारी अवस्थामै बिक्रीकर असूल गरिनेछ भन्ने र त्यसको देहाय ७ मा एक्रेलीक सेन्थेटिक यार्न भन्ने उल्लेख भएकोबाट उत्पादित कपडाको बिक्री मुल्यमा १५ प्रतिशत बिक्री कर लाग्ने भनी गरेको ०४०।१२।३० को बिक्री कर फछ्र्यौट आयोगको निर्णय र ०४१।१।२६ को बिक्री कर निर्धारण आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२१ - जबरजस्ती करणी उद्योग

 फैसला मिति:२०४३/०८/२९  संयुक्त इजलास  ४६१०
 पुनरावेदक/ प्रतिवादी : राजविराज नगर पञ्चायत वडा नं.३ बस्ने सलिम मिया बिरुद्ध विपक्षी/वादी : हनिफ मियाँको जाहेरीले श्री ५ को सरकार

(१) जबरजस्ती करणी गर्न उद्योग गरे भन्ने मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनुसूची १(५) भित्र पर्न आएको नदेखिँदा खारेज हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८२० - बकसपत्र लिखत पारित

 फैसला मिति:२०४३/०८/१६  संयुक्त इजलास  २३५९
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी जिल्ला वलवा आदर्श गाउँ पञ्चायत वडा नं.१वलावा गोठ बस्ने वर्ष ७३ को अयोध्यादेवी माथेमासमेत बिरुद्ध विपक्षी/वादी : ऐ.बस्ने पदमकुमार माथेमाको मु.स.गर्ने गंगादेवी माथेमासमेत

(१) म्याद नघाई परेको फिरादमा कारवाही नै गर्न नपर्नेमा कारवाही गरी निर्णय गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिन नआएको । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८१९ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/१०  संयुक्त इजलास  २२८३
 पुनरावेदक/ प्रतिवादी : नु.जि.खड्ग भन्ज्याड्ड गा.पं.वा.नं.८ बस्ने साम्भप्रसाद अधिकारीसमेत बिरुद्ध विपक्षी/वादी : प्र.जि.अ. श्री धनबहादुर बस्नेत जिल्ला कार्यालय नुवाकोट विदुरसमेत

(१) २ पक्षका बीचमा विवाद उत्पन्न भएको कुरामा यस किसिमको कागज गराउने अधिकार प्र.जि.अ.लाई कुनै कानुनले दिएको देखिन नआएकोले सो भए गरेको कागज उत्प्रेषणको आदेशले बदर हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८१८ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/१०  संयुक्त इजलास  ३३८५
 पुनरावेदक/ प्रतिवादी : हेटौंडा नगर पञ्चायत वडा नं.४ चिसापानी बस्ने पुरुषोत्तम रेग्मी बिरुद्ध विपक्षी/वादी : श्री ईन्द्र सिं कार्की नि.महाप्रबन्धक दि टिम्बर कर्पोरेशन अफ नेपाल, केन्द्रीय कार्यालय हेटौंडा, हाल वन नियन्त्रण जिल्ला वन कार्यालय काभ्रे धुलिखेलसमेत

(१) निर्णय गर्दा पश्चातदर्शी (Retrospective) असर दिएर निर्णय गर्न नहुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २८१७ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/०२  संयुक्त इजलास  २५६९
 पुनरावेदक/ प्रतिवादी : बारा जिल्ला बहुअरी गाउँ पञ्चायत वडा नं.१बस्ने स्वयं वैद्यनाथ यादवको छोरा वर्ष ४६ को कमलप्रसाद यादव बिरुद्ध विपक्षी/वादी : वीरगञ्ज नगर विस्तार योजना वीरगञ्ज पर्सा जिल्लासमेत

(१) मिति २०३९।१।१७ को निर्णय अनुसार नगर विकासको लागि चाहिने जग्गा नगर विकासले अधिग्रहण गर्न सक्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु