३५ खोजी नतिजाहरु
घरधनीले आफूलाई चाहिएको बखतमा उठाउन पाउने भन्ने शर्तनामामा उल्लेख भएकै देखिँदा वादीले उठाउन पाउने नै देखिन्छ तर घर बनाउनेको ९ नं. अनुसार घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउनु पर्ने भएमा ३५ दिन अगावै घर पसल छाडि खाली गरिदिनु भनी जनाउ दिई मात्र उठाउनु पर्ने ।
(प्रकरण नं. १२)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक :जि.मोरङ विराटनगर न.पं. वडा नं. १५ हाल वडा नं. ५ स्थित श्री त्रिदेव इण्डष्ट्रिजका प्रोप्राइटर जिल्ला झापा भद्रपुर न.पं. वडा नं. ९ बस्ने राजकुमार गोयल। बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वर।
श्री घरेलु तथा ग्रामिण उद्योग विकास शाखा,मोरङ विराटनगर।
श्री घरेलु तथा ग्रामिण उद्योग विकास शाखा,भद्रपुर।
औ.व्य.ऐन, २०३८ बमोजिम उद्योग स्थापना गर्न दिने मेशिन झिकाउन सुविधा दिने तर सो उद्योग सञ्चालन गरी उत्पादन गर्न उद्योगलाई चाहिने कच्चा पदार्थ झिकाउन सुविधा नदिनु न्यायोचित हुँदैन । त्यस्तो हुने भए उद्योग स्थापना भएकै निरर्थक हुन्छ ।
(प्रकरण नं. १८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला मोरङ विराटनगर न.पं. वडा नं. १५ हाल वडा नं. ५ स्थित श्री त्रिदेव ईण्डष्ट्रिजका प्रो.झापा भद्रपुर न.पं. वडा नं. ९ बस्ने राजकुमार गोयल। बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार उद्योग मन्त्रालय।
श्री ५ को सरकार घरेलु तथा ग्रामिण उद्योग विभाग,त्रिपुरेश्वर।
ऐनको दफा १० अनुसारको सुविधा सहुलियत सोही ऐन अनुसार स्थापित प्रस्तुत उद्योगले प्राप्त गर्नु पर्ने हुन आउँछ । त्यस्तो सुविधा निवेदकले नपाउने हो भने निवेदकले पाउनु पर्ने भनी प्रतिवाद गर्ने मौका समेत पाएको देखिएन । तसर्थ रिट निवेदकको उद्योगले प्राप्त गर्नु पर्ने सुविधाबाट वञ्चित हुने गरी कोप्रा झिकाउन विदेशी मुद्रा उपलब्ध नगराउने गरी गरेको निर्णय कानूनसंगत नदेखिँने ।
(प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्
संरक्षक हकवाला भनी देखाएकोले निज नन्दप्रसादले दिनु पर्ने पुनरावेदन अ.बं. ८३ नं. अन्तर्गत दिन नपाउने भनी भन्न उक्त अ.बं. ८३ नम्बरमा भएको व्यवस्थाबाट मिल्ने देखिन नआउने ।
(प्रकरण नं. ९)
बुझ्नु पर्ने सबूद प्रमाण बुझी आफू समक्ष परेको पुनरावेदनबाट मुद्दा हेर्न मिल्ने भएपछि मात्र मुद्दामा ठहर गर्नु पर्ने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : मेची अञ्चल बर्दिया जिल्ला कालिका गा.पं. वार्ड नं. ५ मुनाल बस्ती बस्ने जयकालिका प्राथमिक विद्यालयको शिक्षक शिवराज दाहाल। बिरुद्ध विपक्षी/वादी : विपक्षी : क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यपश्चिमाञ्चल सुर्खेत।
जिल्ला कार्यालय शिक्षा शाखा बर्दिया।
विद्यालय संचालक समिति जयकालिका प्राथमिक विद्यालय कालिका गा.पं. वार्ड नं.४ मुनाल बस्ती बर्दिया।
श्री का.मु. प्रधानाध्यापक जय कालिका प्राथमिक विद्यालय कालिका गा.पं. वार्ड नं.४ मुनाल बस्ती बर्दिया।
नेपाल अधिराज्यको शिक्षा व्यवस्था मिलाउन नै शिक्षा तथा संस्कृति मन्त्रालय रहेको र सो कार्यको सिलसिलामा अधिराज्यभर एकै शैक्षिकस्तर कायम राख्न सो मन्त्रालयलाई विभिन्न तहको शिक्षकहरूको आवश्यक न्युनतम योग्यता शिक्षा नीति अनुसार कानूनले अन्यथा व्यवस्था गरे बाहेक तोक्न नपाउने भन्न नमिल्ने ।
(प्रकरण नं. १३)
कुनै अभियोग लगाई बर्खास्त गरेको नभई अनियमित नियुक्ति गरेबाट बदर गरिएको हुँदा यस्तोमा सफाइको मौका दिन नपर्ने ।
(प्रकरण नं. १३)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक :जि.झापा गा.पं.शनिश्चरे वडा नं.६ घर भै हाल ल.पु.जि.जिल्ला कार्यालय कारागार शाखा नख्खुमा थुनामा रहेका दधिराम उप्रेतीका हकमा का.जि.का.न.पं. वडा नं. ३२ डिल्लीबजार बस्ने वर्ष १९ को इन्द्रप्रसाद खरेल बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार कानून तथा न्याय मन्त्रालयद्वारा गठित विशेष अदालत मुकाम मेचीको हाल श्री ५ को सरकार कानून तथा न्याय मन्त्रालय।
श्री झापा जिल्ला अदालत,झापा।
श्री कारागार शाखा,ललितपुर नख्खु।
थुनामा राखिएकोमा म्यादी कैद भुक्तान भइसकेको तथा जरिवाना बुझाएको हुँदा थुनाबाट छाडिदिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : नुवाकोट जिल्ला दाङसिङ गा.पं.वा.नं. ८ गगटे बस्ने कामिलामा तामाङ। बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री जग्गा दर्ता तथा हदबन्दी कार्यान्वयन समिति नुवाकोट।
प्र.जि.अ.श्री धनबहादुर बस्नेत जि.का. नुवाकोट।
का.मु.भू.सु. अधिकृत कृष्णहरि कायस्थ भू.प्र.का नुवाकोट।
मालपोत अधिकृत राम अधिकारी मा.का. नुवाकोट।
नुवाकोट जिल्ला दाङ्गसिङ गा.पं वा.नं.८ बस्ने पंच बहादुर तामाङ चौहवीजंग
जग्गा दर्ता हदबन्दी कार्यान्वयन समितिले निर्णय गर्दा असर पर्ने व्यक्तिलाई कानून बमोजिमको प्रतिवाद गर्ने मौका दिई निर्णय गरेको देखिँदैन । यस्तो स्थितिमा दावीको विवादित जग्गा विपक्षीका नाउँमा दर्ता श्रेस्ता खडा गरी जग्गाधनी प्रमाण पूर्जा दिने गरी गरेको जग्गा दर्ता तथा हदबन्दी कार्यान्वयन समितिको फैसला उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : रिट निवेदक: ललितपुर जिल्ला महालक्षी गा.पं. वडा नं. ८ लुभू विसन्डोल बस्ने लक्ष्मण थापा। बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार मन्त्रालय, सिंहदरबार।
भूमिसुधार मन्त्रालय अन्तर्गत नापी विभाग,डिल्लीबजार।
राष्ट्रिय योजना आयोगको सचिवालय सिंहदरबार नापी विभाग अन्तर्गत नापी तालिम केन्द्र बानेश्वरमा प्रशिक्षक आनन्द राज श्रेष्ठ।
तालिममा जाने भन्ने कुरा विभाग तथा अधिकारीले उपयुक्त ठहर्या३एको उम्मेदवारलाई दिएको सहूलियत मात्र हुन् ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:कास्की जिल्ला पोखरा न.पं. वडा नं.७ मासवार घर भै हाल पर्सा जिल्ला कार्यालय कारागार शाखा वीरगंज थुनामा रहेको अग्नी प्रसाद बराल।
ऐ.ऐ बस्ने हाल कारागार शाखा कास्की थुनामा रहेकी राधिका बराल। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: शिवजी प्रसादको जाहेरीले श्री ५ को सरकार।
अभियुक्त राधिका अत्याधिक आवेशमा आएको भनी अभियुक्त अग्नीप्रसादको अदालतको बयानबाट देखिन आएबाट कुटपिट साधारण थियो भन्न सकिने अवस्था देखिएन । एउटी स्वास्नी मानिसले आफ्नो लोग्नेको साथमा करणीकै अवस्थामा करणी स्थलैमा भेटेको स्वास्नी मानिस उपर क्रोध प्रदर्शनको सामान्य प्रतिकृया मात्र भयो अथवा हुन्छ भन्न सकिन्न, यो एउटा वास्तविक एवं स्वभाविक प्रकृया हो । तसर्थ मर्नेलाई मरणान्त कुटाई भएन भन्ने कुरा मान्न नसकिने ।
(प्रकरण नं. २३)
पूर्ण पाठ हेर्नुहोस्
निर्विवाद हक स्थापित नभएको अवस्थामा पनि अपवादको रुपको विशेष अवस्थामा निषेधाज्ञा जारी गर्न मिल्ने ।
(प्रकरण नं. ११)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदिका: जि.लमजुङ राइनास गा.पं. वार्ड नं. १ बस्ने बाली तामाङ। बिरुद्ध विपक्षी/वादी : विपक्षी : प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय लमजुङ।
गण्डकी अञ्चलाधीश,गण्डकी अञ्चलाधीशको कार्यालय।
जि.लमजुङ चक्र तिर्थ गा.पं. वडा नं.३ ढाड खर्क बस्ने भिम बहादुर पराजुली।
ऐ.धमिली कुवा गा.पं.वडा नं.६ ढोड पोक्सीङ बस्ने हस्त बहादुर तमाङ.
अपुतालीको १७ नम्बर बमोजिम कारवाही गर्न पाउने अधिकार सोही ऐनले नजिकको अञ्चलाधीश कार्यालयलाई तोकेको हुँदा प्रमुख जिल्ला अधिकारीले गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १४)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : का.जि.का.न.पं. वडा नं. ८ देवपतन ढोकासी टोल बस्ने श्यामकृष्ण भण्डारी। बिरुद्ध विपक्षी/वादी : विपक्षी :का.जि.का.न.पं. वडा नं. ८ बस्ने पशुपतिनाथका मूल पूजारी (मूल भट्ट) रावल पदमनाथ शास्त्री।
पशुपति भण्डार तहविल कार्यालय,काठमाडौं।
जिल्ला का.न.पं.वडा नं.८ देवपतन।
माफी माग्न पटक पटक अवसर दिएको कुरा पटक पटक परेका प्रतिवेदनहरूबाट समेत देखिन्छ । त्यसबाट श्री पशुपतिनाथको मन्दिर जस्तो पुण्य र पवित्र स्थानमा नारा लाग्नु जस्तो र रथयात्रा २।३ घण्टा विलम्ब हुनु प्रहरीको प्रयोग गर्नु पर्ने जस्ता घटनाहरूलाई सामान्य र साधारण भन्न मिल्दैन ।
(प्रकरण नं. २२)
माफी माग्ने जस्ता कुराको अनुरोध, त्यहींका निवेदकलाई दिक्षा दिने गुरु मूल पूजारी तथा भण्डार तहविल कार्यालय समेतबाट हुँदा निवेदकले इन्कारी गर्नु जस्तो कुरा पनि साधारण होइनन्। बिना कारण यी सबै कुरा मूल भट्टले गर्नु पर्ने र त्यसलाई अरु प्रतिवेदन दाताहरूले समर्थन गर्नु पर्ने कारण पनि केही देखिँदैन । त्यसकारण यी सबै कुरालाई विचार गर्दा यसमा मूल भट्टले गर्नु भएको सबै कारवाही निवेदकका जिकिर अनुसार आधारहीन हुन् भन्न सकिन्न । मूल भट्टले उचित सावधानी र सामान्य प्रकृया नपुर्यासएको कारणबाट निवेदकले आफूलाई सजायँबाट बचाउने मौका नपाएको भन्न मिल्दैन । निवेदकले क्षमा याचना गर्न पाएको अवसरलाई आफैंले गुमाएको देखिन्छ । त्यसकारण अब यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्नु न्याय, सद्विवेक र व्यवहारिक दृष्टिकोण समेतले उचित नहुने ।
(प्रकरण नं. २३)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.झापा दमक न.पं. वार्ड नं. ११ बस्ने जयबहादुर राई। बिरुद्ध विपक्षी/वादी : विपक्षी : ऐ दमक न.पं. वार्ड नं. ६ बस्ने लयप्रसाद सिवाकोटी।
मालपोत कार्यालय,झापा।
जिल्ला कार्यालय,झापा।
मेन्टिनेन्ट नापी शाखा,झापा।
दुईथर जग्गावालाको जग्गा सम्बन्धमा नक्शा सुधार गर्ने अधिकार मालपोत कार्यालयलाई कुन कानूनले प्राप्त गरेको हो सो पनि निर्णयमा स्पष्ट देखिँदैन लिखतजवाफमा पनि सो को उल्लेख गर्न सकेको छैन । यस्तो स्थितिमा नक्शा सुधार हुने ठहर्याोई नक्शा सुधार गर्नु भनी नापी शाखामा दिने गरेको मालपोत कार्यालय झापाको निर्णय त्रुटिपूर्ण देखिने ।
(प्रकरण नं. १०)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सप्तरी हरिपुर गा.पं. वार्ड नं. ७ मा स्थापित राधाकृष्ण गुठीको स्व.गुरु मखनदास वैरागीको चेला ऐ.ऐ. बस्ने महन्थ पाचुंदास। बिरुद्ध विपक्षी/वादी : विपक्षी : सगरमाथा अञ्चलाधीश, सगरमाथा अञ्चलाधीशको कार्यालय राजविराज, सप्तरी।
हरिपुर गा.पं का राजविराज,सप्तरी।
ऐ.गा.पं वडा नं.७ बस्ने हजारी चौधरी।
ऐ.ऐ वडा नं.२ बस्ने खीलाल चौधरी।
ऐ.ऐ वडा नं.८ बस्ने असर्फी साह।
ऐ.ऐ वडा नं.८ बस्ने मनराजी चौधरी।
ऐ.ऐ वडा नं.५ बस्ने राम प्रसाद साह।
ऐ.ऐ वडा नं.४ बस्ने अच्छमितलाल चौधरी।
ऐ.ऐ वडा नं.७ बस्ने गोवर्धन चौधरी।
ऐ.ऐ वडा नं.३ बस्ने इस्माइल मियां।
अञ्चलाधीशलाई गुठी विषयमा समिति गठन गर्न कुनै कानूनले अधिकार दिएको नदेखिने।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.सुनसरी जल्पापुर गा.पं. वार्ड नं. ४ बस्ने अब्दुल अन्सारी।
ऐ.ऐ बस्ने अब्दुल गफुर।
ऐ.ऐ बस्ने अब्दुल सतार अन्सारी। बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार कार्यालय,सुनसरी।
जि.सुनसरी जल्पापुर गा.पं. वार्ड नं.८ बस्ने अन्सुल अन्सारी।
एकै व्यक्तिको एक जग्गाको मोही कायम मुद्दा खारेज भएकोमा मोही नामसारी मुद्दा बेग्लै भनी नामसारी गर्न नमिल्ने ।
(प्रकरण नं. ९)
एक पटक टुंगो लागेको विवादमा पुनः पुनः मुद्दा गर्नु न्यायको दृष्टिबाट पनि अनुकूल हुँदैन, तसर्थ एक पटक खारेज भई सकेपछि पुनः मुद्दाको नाम मात्र फरक हुँदैमा तात्विक विषय वस्तु उही भएको देखिँदा त्यस्तोमा पुनः मोही नामसारी गर्ने गरी भू.सु.का.बाट भएको निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : जि.पर्वत खुर्कोट गा.पं.वा.नं.३ पाङगोडा घर भई घरेलु तथा ग्रामिण उद्योग विकास शाखा बाग्लुङको ख.शेषराज रेग्मी। बिरुद्ध विपक्षी/वादी : विपक्षी : अञ्चलाधीशको कार्यालय धवलागिरी अञ्चल बागलुङ।
अंचल न्यायाधीशको अध्यक्षतामा गठित अंचल बढुवा समिति धवलागिरी,बागलुङ।
घरेलु तथा ग्रामिण उद्योग विकास,शाखा बागलुङ ख.वावुराम शर्मा।
निवेदकले आंशिक (कम्पार्टमेन्टल) परीक्षा समेत दिई परीक्षा उत्तिर्ण गरेकोले निजामती सेवा नियमावलीको नियमले तृतीय श्रेणीको अंक दिइनु पर्ने प्रष्ट व्यवस्था गरेको समेत देखिँदा निज रिट निवेदकलाई निजले हासिल गरेको खण्डे एस.एल.सी. को शैक्षिक योग्यता वापत तृतीय श्रेणीको अंक नै दिनु पर्ने ।
(प्रकरण नं. १५)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : भारत जालन्धर घर भई हाल का.जि.भद्रगोल जेल त्रिपुरेश्वरमा थुनामा रहेको सुभाषचन्द्र शेखरीको हकमा गुरुचरन सिंह। बिरुद्ध विपक्षी/वादी : विपक्षी : पद्मराज सुवेदी सह-अञ्चलाधीश वागमती अञ्चलाधीशको कार्यालय रत्नपार्क।
श्री ५ को सरकार गृह मन्त्रालय,सिंहदरबार।
श्रीमान् अञ्चलाधीश,वागमती अञ्चलाधीशको कार्यालय रत्नपार्क।
जेलर भद्रोगोल जेल कारागार शाखा काठमाडौं।
सार्वजनिक सुरक्षा नियमावली, २०१९ को नियम ९ मा हेर्दा डेढ वर्षदेखि बढी अवधिको लागि नजरबन्द राख्नु आवश्यक देखिए श्री ५ को सरकारले विशेष परिस्थितिमा बाहेक साधारणतया एक सल्लाहकार समितिको गठन गर्नेछ भन्ने उल्लेख भएको पाइन्छ, तर प्रस्तुत नजरबन्दको विषयमा श्री ५ को सरकारबाट अनुमोदन लिएको मात्र भनिएको छ । उक्त नियमले बाध्य गरेको समिति गठन गरेको छ वा छैन र विशेष परिस्थिति परेको हो वा होइन सो समेत आदेश तथा नजरबन्दको पत्रमा खुलाउन सकेको पनि पाइँदैन । यस्तो स्थितिमा भइसकेको गरिसकेको कामलाई लिएर सो कार्यको निमित्त सार्वजनिक सुरक्षा ऐन, २०१८ अन्तर्गत नजरबन्द थुनामा राख्न मिल्ने अवस्था नदेखिने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्
हकदारले कानून बमोजिम हक छाडेको लिखत बेगरै बीचको व्यक्तिले साल सालको लागेको मालपोत तिरी खाने शर्तमा भोगबन्धकीमा जग्गा जिम्मा लिई भोग गर्ने व्यक्तिकै परिवारलाई गरिदिएको चलानी पुर्जीका आधारबाट भोगबन्धकी दिने आसामीबाट जग्गाको स्वामित्व नै छुट्न सक्ने कुनै पनि कानूनी व्यवस्था नभएकोले सोही आधारमा राजीनामा लिखत पारीत हुन नसक्ने कपाली हुने भनी वादी दावी भन्दा बाहिर गई गरेको इन्साफ उल्टी हुने ।
(प्रकरण नं. २७)
पूर्ण पाठ हेर्नुहोस्
सगोलकै अवस्था ०३२ सालमा विवादको जग्गा धितो रही ऋण लिएको निवेदिकाले नै स्वीकार गरेको र ०४० सालमा मात्र अंश मुद्दा परेको प्रष्ट देखिन आएकोले निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. ८)
पूर्ण पाठ हेर्नुहोस्
पुनरावेदक/ प्रतिवादी : निवेदक : दाङ जिल्ला टरी गाउँ पञ्चायत वडा नं.५ गौरिया गाउँ बस्ने केशवप्रसाद भण्डारी।
ऐ.ऐ बस्ने लोक बहादुर खड्का। बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी : जिल्ला पञ्चायत न्यायिक समिति मुकाम जिल्ला पञ्चायत कार्यालय घोराही, दाङ।
दाङ जिल्ला पञ्चायत कार्यालय घोराही,दाङ।
दाङ जिल्ला अमृतपुर गाउँ पञ्चायत वडा नं.६ वेलुवा बस्ने ईन्द्र बहादुर शाह।
गाउँ पञ्चायतमा नै प्रतिवाद नगरेपछि अ.बं. २०८ नं. को व्यवस्थाबाट जि.पं. न्यायिक समिति समक्ष पुनरावेदन नै लाग्न सक्ने नदेखिने ।
(प्रकरण नं. ९)
पूर्ण पाठ हेर्नुहोस्