विस्तृत खोजी

 
 
 
 
 
      

८४ खोजी नतिजाहरु

निर्णय नं. ८३८ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३१/०५/१८  फूल बेन्च इजलास  १९७४
 पुनरावेदक/ प्रतिवादी : का.जि.अ. क्षेत्रपाटी घर भई हाल केन्द्रीय कारागार काठमाडौंमा कैदमा रहेको ऋषि डंगोल बिरुद्ध विपक्षी/वादी : का.श्रे.अ.त. डिल्लीबजार जेलर केन्द्रीय कारागार काठमाडौं समेत

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ७ को उपदफा (१) अन्तर्गत हुने सजायको हदको सम्बन्धमा कीर्ते कागजको महलको १७ नं. लागू नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०३०/०४/२८  डिभिजन वेन्च इजलास  २५२३
 पुनरावेदक/ प्रतिवादी : सुर्खेत डाँडा स्यालकोट गा.पं.वार्ड नं.९ बस्ने मु.उदयसिं बुढा क्षेत्री बिरुद्ध विपक्षी/वादी : जि.भु.सु.का. सुर्खेतको शाखा अधिकृत गोपालप्रसाद शर्मासमेत

(१) गाउँको मालपोत असुल तहसील गर्ने मुखिया भूमिसम्बन्धी ऐनको तात्पर्यको लागी जग्गा धनीको परिभाषा भित्र नपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०२९/०३/१९  डिभिजन वेन्च इजलास  २०६१
 पुनरावेदक/ प्रतिवादी : जि. रौतहट प्र. झाझा दक्षिण मौजे वसन्तपुर बस्ने जानकी देवी कायस्थनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने देवनन्दन दास तत्मा जि.भू.प्र. कार्यालय रौतहट का भू.प्र. श्री बाबुराम पौडेल

(१) झगडियाका मञ्जुरी लिखतको अभावमा वारेसले गरेको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३५ - परमादेशको आदेश जारी गरी पाउँ

 फैसला मिति:२०२९/०८/०२  डिभिजन वेन्च इजलास  १८२९
 पुनरावेदक/ प्रतिवादी : का.जि. धर्मपथ बस्ने नेपालको नेपालको इन्जीनियरिङ एण्ड कमर्सियल कन्सर्नको मेनेजिङ डाइरेक्टर श्री विष्णुबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : श्री भक्तपुर नगर पञ्चायतसमेत

१) नगर पञ्चायतले नगर पञ्चायत (कार्य व्यवस्था चौथो संशोधन) नियमावली, २०२३ को नियम ७ (४) ले अधिकार प्रदान गरे भन्दा बढी कर उठाएको देखिए सो नियम विपरीत कर नउठाउनु भनी परमादेशको आदेश जारी हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ (

 फैसला मिति:२०३१/०६/१८  फूल बेन्च इजलास  २४३८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पञ्चायत कार्यालय पाल्पाका जि.पं.सभापति दुर्गाबहादुर राणा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) संगठित संस्थाकोतर्फबाट अदालतमा उपस्थित हुन वारिस नियुक्त भएकोमा प्रत्यायोजित अधिकारको पुनः प्रत्यायोजन भएको सम्झन र प्रत्यायोजित अधिकारको पुनः प्रत्यायोजन हुन नसक्ने ( ) सिद्धान्तको प्रतिकूल भएको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३३ - अंश

 फैसला मिति:२०३१/०५/११  फूल बेन्च इजलास  १९१६
 पुनरावेदक/ प्रतिवादी : का.जि.साँखु सालखा टोल बस्ने रत्नदेवी श्रेष्ठनी समेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने तेजबहादुर श्रेष्ठ

१) मानो छुट्टिएको भन्ने वादी, बण्डा भएको भन्ने प्रतिवादी भएकोमा कानूनको रीतपूर्वकको लिखतको अभावमा बण्डा भएको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३२ - जग्गाको लगत कट्टा गर्ने निर्णय बदर गरिपाउँ

 फैसला मिति:२०३१/०५/२५  फूल बेन्च इजलास  २०९३
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी प्र.विजयपुर गोपा गा.पं.वडा नं.१ अन्तर्गत तल्लो धोपा बस्ने रामबहादुर पौडेल क्षेत्री बिरुद्ध विपक्षी/वादी : श्री अर्थमन्त्रालय मालपोत विभागको सचिवज्यू समेत

१) मधेश मालसवालको ११० दफाअनुसार गोश्वाराबाट जाँच गर्नेसमेत व्यवस्था भएकोमा सो कानूनी विधि पूरा भई दर्ता हुने ठहरेपछि मात्र हाल आवादीमा दर्ता हुन सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३१ - गुठी धर्मलोप

 फैसला मिति:२०३१/०५/०७  फूल बेन्च इजलास  २७२९
 पुनरावेदक/ प्रतिवादी : का.न.पा.वडा नं.१० वटुटोल बस्ने शम्भु भन्ने समुंदिन मियाँसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने महमद अहसन मुसलमानसमेत

(१) एकाले राखेको गुठीमा अरू मानिस गुठियार कायम हुनलाई कानूनबमोजिम लिखतपत्र भई गुठीको हक प्राप्त गरेको हुनु पर्ने अनिमात्र गुठियार कायम हुन सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८३० - जग्गा बाली

 फैसला मिति:२०३१/०५/०७  फूल बेन्च इजलास  २१५८
 पुनरावेदक/ प्रतिवादी : मोरङ विराटनगर न.पं.वडा नं.१ तीनपैनी पोखरीया बस्ने अम्बरलाल थारुसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. बनिगामा गा.पं. प्रमानगढ सेता बजार बस्ने बनिगामा पञ्चायतको प्र.पं.ठिठरलाल खां थारु समेत

१) लुटपिटको वारदात कायम हुन अर्काको हकको वा जिम्माको नगदी जिन्सी धनमाल दोपाया चौपायाको जग्गाको बालीसमेत हात हाली जबरजस्तीसँग खोसी लगेको हुनु पर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२९ - अंश

 फैसला मिति:२०३१/०५/२१  फूल बेन्च इजलास  २५४३
 पुनरावेदक/ प्रतिवादी : जि. पर्वत नु. लिमी कुघो साहूघर बस्ने कौसिला उपाध्यायनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने देवकुमारी उपाध्यायनी, हुमप्रसाद उपाध्याय

१) अदालतले रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावमा पक्षहरूको व्यवहारलाई विचार गरेर अंशबण्डा भइसकेको ठहराउन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२८ - बन्धकी निखनाइपाउँ

 फैसला मिति:२०३१/०५/११  फूल बेन्च इजलास  १८८६
 पुनरावेदक/ प्रतिवादी : पूर्व १ नं.सि.पा.जि.थुंली स्त्री मौजेपैर माझगाउँ बस्ने विकुलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ. बस्ने हरिभक्त श्रेष्ठ

१) पहिलो राजीनामा यथावत भएपछि पछि लिखत गराई लिनेको जग्गामा हक पुग्ने र बन्धकी थैली बुझाइपाउँ भन्ने वादी पुग्न नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२७ - हकसफा गरिपाउँ

 फैसला मिति:२०३१/०४/२९  फूल बेन्च इजलास  १८१८
 पुनरावेदक/ प्रतिवादी : दाङ गैराखुटी बस्ने चूर्णबहादुर बुढाथोकी बिरुद्ध विपक्षी/वादी : दाङ हरिद्वार वगिया धनी बस्ने चिन्तामणि उपाध्याय

१) निखनाइपाउँ भन्ने कुरामा निखन्न दिनु नपर्ने कारण देखाएकोमा प्रमाण बुझी इन्साफ दिनु पर्ने बाहेक अरू कुरामा रजिष्ट्रेशनको ३५ नं.२ दफाले माललाई अधिकार प्रदान गरेको ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२६ - डाँका

 फैसला मिति:२०३०/१०/२६  डिभिजन वेन्च इजलास  १९४९
 पुनरावेदक/ प्रतिवादी : भारत जिल्ला मोतिहारी थाना तुर्कीलिया मौजे गोविन्दपुर घर भई हाल केन्द्रीय कारगार वीरगञ्जमा थुनामा रहेको रामचन्द्र राय अहिर बिरुद्ध विपक्षी/वादी : अनुप महतो कोइरीको जाहेरीले श्री ५ को सरकार

१) मरणासन्न अवस्थामा भएको कागजलाई प्रमाण मानी डाँका गरेको ठहर्छ भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२५ - जग्गा खिचोला

 फैसला मिति:२०३१/०४/१८  फूल बेन्च इजलास  १९७६
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर ठिमी नासननी बस्ने आशबहादुर प्रजापति बिरुद्ध विपक्षी/वादी : ऐ. पोवु बस्ने लक्ष्मीमाया प्रजापतिसमेत

१) जागिरदार खान्गीमा ठेकिएको जग्गा अरू नै मोहीले कमाएकोमा खान्गी खारेज भएपछि जागिरदारको हक स्वतः समाप्त हुने जग्गा जसले कमाई आएको छ, सो कमाउने मोहीकै नाममा दर्ता हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२४ - बिक्री बदर

 फैसला मिति:२०३१/०४/११  फूल बेन्च इजलास  १८६७
 पुनरावेदक/ प्रतिवादी : रुकुम मुसिकोट लहु गाउँ बस्ने तिलकराम खड्का बिरुद्ध विपक्षी/वादी : ऐ. थमारु गाउँ बस्ने जङ्गबहादुर वलीसमेत

१) वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्थाको नदेखिई वादीको वारेसले तारिख गुजारेको मुद्दा अ.बं.१७९ तथा १८५ क.अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२३ - जग्गा खिचोला

 फैसला मिति:२०३१/०४/२५  फूल बेन्च इजलास  २२०६
 पुनरावेदक/ प्रतिवादी : कास्की मौजे कोटभनी भाटथर काफलगेरे बस्ने रत्नलाल रानाभाटको सकार गर्ने माया भटेनी बिरुद्ध विपक्षी/वादी : ऐ. लाहाचोक बस्ने बालु रानाभाटसमेत

१) तत्काल प्रचलित साहू आसामीको ४नं.– भोगबन्धकी तमसुक भएको भए उक्त ऐनअनुसार तमसुक नै दरपिठ गर्नुपर्ने तमसुक नपाइएको भएमात्र सोही व्यहोरा जनाई छुट्टै भरपाई गराई लिनुदिनु गर्नुपर्ने तमसुक फेला नपरेको भन्ने व्यहोरा नजनिएको भरपाइले कानूनी मान्यता पाउन सक्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२२ - गठी जालसाजी

 फैसला मिति:२०३१/०१/१०  फूल बेन्च इजलास  २८२४
 पुनरावेदक/ प्रतिवादी : नेपालगञ्ज धुम्वोजी लाइन बस्ने रामलखन भन्ने लखनलाल काडु बिरुद्ध विपक्षी/वादी : ऐ.घरबारी टोल बस्ने डिल्लीराम न्यौपानेसमेत

१) वादीका लेखबाटै देवानी तथा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी भनेकोमा वादीको हक पुगिसकेको सम्पत्तिमा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको, ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी गरेको नालिस अ.बं.७२।८२ र ठगीको १ नं.बमोजिम खारेज हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२१ - लिखत पास

 फैसला मिति:२०३१/०३/१८  फूल बेन्च इजलास  १८९०
 पुनरावेदक/ प्रतिवादी : जि.बारा ब्रहृमपुरी गा.पं.बस्ने नरसिंहप्रसाद साहू बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने वनवारी साहू तेली

१) घरको मुख्य जानिफकार बाबु छँदाछँदै १७ बर्षको छोराको नाममा गराएको लिखत कानूनले बन्देज गराएको कुरा नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८२० - अंश

 फैसला मिति:२०३१/०३/२५  फूल बेन्च इजलास  १९५३
 पुनरावेदक/ प्रतिवादी : नुवाकोट जिल्ला वेलकोट बस्ने सोमकुमारी उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने चेतमाया जैसिनी

१) तत्काल प्रचलित अंशबण्डाको ६ नं. अनुसार खण्डे अंश पाउनु पर्ने भनी नालिस २०१९।२।१७।४ मा दर्ता भएको देखिए नालिस गर्दाको अवस्थामा प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. बमोजिम निर्णय हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ८१९ - ज्यान

 फैसला मिति:२०३१/०३/१०  डिभिजन वेन्च इजलास  २८७७
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : रामेछाप जिल्ला गागल गा.पं.वडा नं.९ साहूने बस्ने धनमाया क्षेत्रीनी

१) जबरजस्ती करणी गरेको रीस थाम्न नसकी १ घण्टाभित्रै करणी लिएको थलोमै मारेको देखिन आए सजायको भागी नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु