विस्तृत खोजी

 
 
 
 
 
      

१०२ खोजी नतिजाहरु

निर्णय नं. ११६२ - प्रतिषेध लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी

 फैसला मिति:२०३५/०४/२९  डिभिजन वेन्च इजलास  २०५६
 पुनरावेदक/ प्रतिवादी : जि. रुपन्देही कटया गा.पं. वडा नं. ४ बस्ने योगेन्द्रनाथ दुवे समेत बिरुद्ध विपक्षी/वादी : श्री अञ्चलाधीशज्यू, लुम्बिनी अञ्चलाधीश कार्यालय बुटवल समेत

१) आफ्नो हक पुगेको जग्गा आफ्नो इच्छाअनुसार बिक्री व्यवहार गरेकोमा हकदैया पुग्ने कसैको उजूर भए ऐनबमोजिम अदालतबाट गराई माग्नु पर्ने विषयमा भ्र.नि.ऐन, २०१७ को दफा ७ (२) अन्तर्गत कारवाई चलाउन मिल्ने विषयको उजूरी नदेखिएको । (प्र.नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०२/१९  डिभिजन वेन्च इजलास  १८२६
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला न.पं. वडा नं. ५ भोचोछेटोल बस्ने मसिनु श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री हरिमान वैद्य भूमिप्रशासक, भूमिप्रशासन शाखा जि. का.भक्तपुर

१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) (ग) ले व्यवस्था गरेअनुसार मरिसकेको मोहीलाई भागेको वा वेपत्ता भएको मोहीसरह मान्नु पर्ने । (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११६० - उत्प्रेषण वा जुन उपयुक्त आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०४/१६  डिभिजन वेन्च इजलास  १८०२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला मोरङ मधुमल्ला गा.पं. वडा नं. ८ बस्ने खड्गबहादुर श्रेष्ठ समेत बिरुद्ध विपक्षी/वादी : श्री का.मु. भूमिप्रशासकज्यू जिल्ला कार्यालय भू.प्र.शाखा मोरङ समेत

१) छुट्टा छुट्टै व्यक्तिको छुट्टाछुट्टै परेको उजूरी निवेदनको छुट्टा छुट्टै मिसिल गडा गरी छुट्टा छुट्टै निर्णय दिनुपर्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५९ - बाली बिगो

 फैसला मिति:२०३५/०५/२६  डिभिजन वेन्च इजलास  १८३५
 पुनरावेदक/ प्रतिवादी : का.जि. चोभार ईवछे भुतखेल गा.पं. वडा नं. १ बस्ने चालन सिंह महर्जन बिरुद्ध विपक्षी/वादी : का.जि. कीर्तिपुर गा.पं. वडा नं. ७ बस्ने कृष्णलाल महर्जन समेत

(१) लिलाम भएको जग्गाको बालीको सम्बन्धमा लिलाम बदर नभएसम्म लिलाममा लिने व्यक्तिले जग्गाको बाली खान पाउने नै भएको । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५८ - चोरी

 फैसला मिति:२०३५/०४/०२  डिभिजन वेन्च इजलास  २३८९
 पुनरावेदक/ प्रतिवादी : श्यामराज पन्तको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : मोरङ वि.नं. प.वडा नं. १२ बस्ने वैराकृष्ण भन्ने कृष्णबहादुर मगर समेत

(१) चोरीको १३ नं. बमोजिम फैसला गरी २ पटक चोरी गरेको कायम नगरेसम्म तेस्रोपटकको सजाय गर्न मिल्ने नदेखिने । (प्र.नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५७ - जग्गा बाली

 फैसला मिति:२०३५/०५/१८  डिभिजन वेन्च इजलास  १७२२
 पुनरावेदक/ प्रतिवादी : झापा जि. अनारमनी गा.पं.वा.नं. ८ चारपाने बस्ने जीवनाथ उप्रेतीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. रामगढी गा.पं. वडा नं. ९ बस्ने वाछालाल थारु समेत

१) अदालतमा हकवेहक मुद्दा परी अदालतबाट पाएको फैसलालाई प्रमाणमा लिई कानूनबमोजिम निर्णय गर्नुपर्ने । (प्र.नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५६ - उत्प्रेषणयुक्त परमादेशको आदेश जरी गरिपाउँ

 फैसला मिति:२०३५/०५/०६  फूल बेन्च इजलास  १७७८
 पुनरावेदक/ प्रतिवादी : ईलाम जिल्ला जयपुर बुधबारे गा.पं. वडा नं. ९ बस्ने कमलबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भू.प्र. कार्यालय, झापाका का.मु.भूमिप्रशासक श्री मणिराज पोखरेल

१) आधार नै नदेखाई निर्णय गरिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरिकाले निर्णय गरेको भन्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०४/०६  फूल बेन्च इजलास  १७५२
 पुनरावेदक/ प्रतिवादी : झापा दमक गा.पं. वडा नं. ८ रंपुर बस्ने बुद्धिलाल उपाध्याय बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासन कार्यालय झापा समेत

१) कम्तीमा एकजना पञ्चसदस्यको रोहवरमा म्याद तामेल गर्नुपर्ने अनिवार्य व्यवस्था कानूनले गरेको देखिने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५४ - जालसाजी

 फैसला मिति:२०३५/०४/१७  फूल बेन्च इजलास  १७५८
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं. वडा नं. ८ बस्ने ख.धनप्रसाद श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : सुनसरी वकिया गा.पं. वडा नं. १ बस्ने सु.पद्मप्रसाद श्रेष्ठ समेत

१) जालसाजी भन्नु परेको लिखतको व्यहारलाई नै निखन्न नआएकोले अ.बं.८२ नं. ले प्रस्तुत फिराद दावी लाग्न सक्ने नदेखिएको । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०४/१३  डिभिजन वेन्च इजलास  १६८२
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.नगरपञ्चायत वडा नं. मखनटोल बस्ने लक्ष्मीदेवी प्रधान बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय भूमिप्रशासन शाखा चितवनका का.मु.भूमिप्रशासक

(१) स्थानीय पञ्चायतले आफ्नो प्रतिनिधित्व गर्नसक्ने गरी नतोकेको अवस्थामा वडा सदस्यले कूत धरौट राखेको र मोहीले निजलाई धरौट राख्न दिएको कानूनसंगत भन्न नमिल्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५२ - करकाप

 फैसला मिति:२०३५/०४/०५  डिभिजन वेन्च इजलास  १८०७
 पुनरावेदक/ प्रतिवादी : सर्लाही विष्णुपुर आदर्श गा.पं. वडा नं. ६ बस्ने अभिनन्दन भन्ने सीताराम कायस्त समेत बिरुद्ध विपक्षी/वादी : जि. सर्लाही मलंगवा बस्ने रामअसिस साहुतेली

(१) शुद्ध व्यवहारबाट राजीनामा गराई लिएको भए प्रतिवादी फिराउँदा लिनु दिनु भएको रकमको अङ्क फरक पर्न अवश्यै नपर्ने । सद्दे साँचो व्यवहारबाट लिखत भएको भए नालिस गरी सो लिखत पास गराउन सक्नु पर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०४/०९  डिभिजन वेन्च इजलास  १७५९
 पुनरावेदक/ प्रतिवादी : का.जि. मनमैजु गा.पं. वडा नं. ९ बस्ने रामकृष्ण रेग्मी बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासन का.काठमाडौं उजूरी फर्छ्यौट टोली मुकाम काठमाडौं समेत

(१) मोहियानी हक बेच बिखन नहुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (क) मा कानूनी व्यवस्था भएको र बकसपत्रको नाताले मोहियानी हक प्राप्त भन्न नमिल्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०४/०५  डिभिजन वेन्च इजलास  १९७०
 पुनरावेदक/ प्रतिवादी : भू.पु.जि. महेन्द्र सिरुटार गा.पं. वडा नं. ७ बस्ने चेतबहादुर घर्ती क्षेत्री बिरुद्ध विपक्षी/वादी : : ऐ.ऐ.वडा नं. ९ बस्ने कुमारी गिरीसमेत

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) ले मोहियानी हकमा अपुतालीको व्यवस्था गरेको नपाईने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०४/१०  डिभिजन वेन्च इजलास  १९०४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला का.न.पं. वडा नं. ३३ ज्ञानेश्वरे बस्ने पुष्पकुमारी पन्त बिरुद्ध विपक्षी/वादी : मोती रत्न शाक्य, धर्म रत्न शाक्यको मुद्दा सकार गर्ने बुद्धिहर्ष बज्राचार्य

(१) स्वीकृति बिना घर बनायो भन्ने उजूर नगरपञ्चायतको अधिकार क्षेत्रभित्र नपर्ने । (प्र.नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी पाउँ

 फैसला मिति:२०३५/०४/२०  फूल बेन्च इजलास  १८५४
 पुनरावेदक/ प्रतिवादी : जि. झापा गरामुनी गा.पं. वडा नं. ९ बस्ने चन्द्र सिं राजवंशी बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासन कार्यालय चन्द्रगढी झापासमेत

१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १४ बमोजिम गरेको निर्णयउपर दफा १४ (२) ले तोकिएको अदालतमा पुनरावेदन लाग्ने देखिएको । (प्रकरण नं. १५) (२) पुनरावेदन गर्न अन्य उपचार छँदाछँदै सो मार्ग अवलम्वन नगरी दिएको रिट निवेदनमा नै नेपालको संविधानको धारा ७१ ले विवादास्पद हक भएको निवेदकलाई मद्दत गर्न नमिल्ने (प्र.नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४७ - जालसाजी लिखत बदर

 फैसला मिति:२०३५/०३/१३  फूल बेन्च इजलास  १९३८
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि. केलटोल बस्ने भूवनेश्वरी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : हिरामान बुद्धाचार्य समेत

१) अघिबाट बाबु मरी पछिबाट छोरा मरी अपुताली परे त्यो अपुताली बाबुको छोरीले नपाउने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४६ - नामसारी हक वेहक

 फैसला मिति:२०३५/०४/०३  फूल बेन्च इजलास  २४३१
 पुनरावेदक/ प्रतिवादी : का.जि. ठहिटी क्वाबहाल बस्ने लोकरत्न बज्राचार्य मरी मुद्दा सकार गर्ने चिनियामाया बज्राचार्यको हकमा चिनिया बज्राचार्य बिरुद्ध विपक्षी/वादी : का.जि. ठहिटी बस्ने लक्ष्मी थकुंको मु.स.गर्ने जोगकुमारी गुभाजिनी

१) ऐनको हदम्याद भित्र फिराद गरेको नदेखिएमा खारेज गर्न मिल्दैन भन्न मिल्ने नदेखिने। (प्र.नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४५ - हकसफा

 फैसला मिति:२०३५/०४/१३  फूल बेन्च इजलास  २०९९
 पुनरावेदक/ प्रतिवादी : का.जि. बटुटोल १०।४०७ को घरमा बस्ने चित्रकुमारी मुडवरी बिरुद्ध विपक्षी/वादी : ल.पु.जि. न.पं. वडा नं. ३ पाटनढोका बस्ने पदमकुमारी

१) निखन्ने अधिकारको दावी गर्ने व्यक्ति खरिद गर्ने व्यक्ति भन्दा नजिकको हकवाला हुनुपर्ने । निखन्ने हकको सृष्टि नै नजिकको हकवालाको रुपमा हुने भएकोले समान हकवालाहरू मध्ये एउटाले खरिद गरेको सम्पत्ति अर्को हकवालाले निखन्ने प्रश्नै नउठ्ने । (प्र.नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०३/१५  डिभिजन वेन्च इजलास  १८५९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिरहा गा.पं.लालपुर वडा नं. ९ बस्ने बिहारी साहू सुडि बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने अनारवती सुडिन भूमिप्रशासक, भूमिप्रशासन कार्यालय सिरहा

(१) के कति जग्गा मोहियानीमा प्राप्त गरेको हो सो कुरा निर्णयमा उल्लेख भएको नदेखिनाले सो निर्णयलाई हचुवा तवरको निर्णय भन्नु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ११४३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०३/२८  डिभिजन वेन्च इजलास  १७३०
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला गाउँपञ्चायत वडा नं. ६ अन्तर्गत बस्ने श्री युक्तधोज शाह बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालत समेत

१) अञ्चल तथा जिल्ला अदालत नियमावली, २०२० को नियम ५६ (च) बमोजिम पञ्चकृति मोल कायम नगरी लिलाम गरेको कानूनी त्रुटि हुने । (प्र.नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु