विस्तृत खोजी

 
 
 
 
 
      

७९ खोजी नतिजाहरु

निर्णय नं. ८८२ - निषेधाज्ञा जारी गरिपाउँ

 फैसला मिति:2030/06/07  फूल बेन्च इजलास  २८२५
 पुनरावेदक/ प्रतिवादी : प.३ नं.कास्की गण्डकी अञ्चल धनुषा गा.पं.पार्ड नं.३ जडी पाउँ बस्ने रामप्रसाद भण्डारीसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार पोखरा फरेष्ट डिभिजन कार्यालय

(१) शंकासम्मको मात्र अवस्था नभई कायमै गरी सकेकोमा नागरिक अधिकार ऐनको दफा १७ (२) अनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७९४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/08/26  फूल बेन्च इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज नगरपञ्चायत वडा नं.३ बस्ने मदनप्रसाद उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ.वडा नं.७ बस्ने विष्णुकुमार पार्थिव

(१) अमान्य लिलामबाट एकाको हकको जग्गामा अर्काको हक कायम हुन नसक्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७९३ - परमादेश र उत्प्रेषणको मिश्रित आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/03/01  फूल बेन्च इजलास  २३४५
 पुनरावेदक/ प्रतिवादी : प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौं बिरुद्ध विपक्षी/वादी : नेपाल टाइम्सको सम्पादक तथा प्रकाशक चन्द्रलाल झासमेत

(१) ऐनले अञ्चलाधीशलाई तोकेको अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको नाताले जिल्ला प्रमुख अधिकारीमा सरेको मान्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/10/08  फूल बेन्च इजलास  ३२४८
 पुनरावेदक/ प्रतिवादी : नेपालगञ्ज नगरपञ्चायत वार्ड नं.१० भैरवगञ्ज बस्ने मुलचन्द आजाद बिरुद्ध विपक्षी/वादी : बाँके बासदेवपुर गा.प.वार्ड नं.२ कटलिया बस्ने ललित चन्द

(१) निर्वाचनको लागी गैरकानूनी कार्य गरे गराएछ भने सो कार्य निर्वाचनको तिथि मिति भन्दा अघि भएको किन नहोस निर्वाचन अपराध भएको मुद्दा निर्वाचन विशेष अदालतले हेरी निर्णय दिनुपर्ने कानूनी हुन जाने । (प्रकरण नं. ७) (२) कानूनी अधिकारीले मुद्दामा कारवाई तथा निर्णय गर्दा कानून अनुकुल निर्णय दिनुपर्ने कुरामा प्रमाणको आधारमा निर्णय दिनुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/06/01  डिभिजन वेन्च इजलास  २६२२
 पुनरावेदक/ प्रतिवादी : श्री महाकाली राइस आएल एण्ड फ्लोर मिल प्रा.लि.को मेनेजिंग डाइरेक्टर का.जि.थापाथली वार्ड नं.१ बस्ने श्री महाराजकुमार मंसुरी शमशेर ज.ब.रा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार अन्तःशुल्क कार्यालय नेपालगञ्जसमेत

(१) राजपत्रमा प्रकाशित सूचनाको विपरीत विभागीय निर्णय भई श्री ५ को सरकारले समर्थन नगरेको निर्णय बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७९० - परमादेश वा अन्य उपयुक्त आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/10/19  डिभिजन वेन्च इजलास  २४३४
 पुनरावेदक/ प्रतिवादी : जि.दाङ गाउँ पञ्चायत घर्ना मौजा घर्ना बस्ने चन्द्रबहादुर शाह बिरुद्ध विपक्षी/वादी : श्री अन्तशुल्क शाखा कार्यालय दाङ घोराहीको अन्तशुल्क अधिकारी, श्री ५ को सरकारसमेत

(१) निवेदकको बोलपत्रमा राखिएको शर्त इच्छाको विरूद्ध ठेक्का लिनै पर्छ नलिएमा अग्रिम डिपोजित जफत हुन्छ भन्न कानूनले नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/05/22  फूल बेन्च इजलास  २७१९
 पुनरावेदक/ प्रतिवादी : जि.ललितपुर जावलाखेल विक्रमभवन बस्ने भिमसेनशमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : निर्वाचन आयोग, रामशाह पथ काठमाडौंसमेत

(१) निर्वाचन (अपराध तथा सजाय) ऐन, ०२४ को दफा ५ को अपराध भएको छ भने सोही ऐनले उजूर गर्न अधिकार दिएको व्यक्तिले उक्त ऐन अन्तर्गगत गठित विशेष अदालतमा उजूर गर्नु पर्ने रिटको निवेदनबाट विचार गरिने कुरा नहुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८८ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 फैसला मिति:2030/05/22  फूल बेन्च इजलास  २७०४
 पुनरावेदक/ प्रतिवादी : मकवानपुर हेटौंडा नगरपञ्चायत वार्ड नं.४ बस्ने छत्रबहादुर थापा बिरुद्ध विपक्षी/वादी : निर्वाचन आयोग, रामशाह पथ काठमाडौंसमेत

(१) कानूनले अपाउनु पर्ने प्रक्रिया नअपनाई त्रुटि गरी निर्वाचन गरिएकोबाट निर्वाचनसम्बन्धी कानूनी हक अधिकारमा आघात पुग्न गई त्यस्तो हकको प्रचलनको लागि कानूनमा अन्य व्यवस्था नगरिएको भएमात्र संविधानको धारा ७१ अन्तर्गत सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग हुन सक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/03/01  फूल बेन्च इजलास  २५९९
 पुनरावेदक/ प्रतिवादी : प्रमुख जिल्ला अधिकारीको कार्यालय काठमाडौं बिरुद्ध विपक्षी/वादी : निर्मल साप्ताहिक पत्रिकाको सम्पादक विश्वनाथ उपाध्यायसमेत

(१) छापाखाना र प्रकाशन सम्बन्धी (संशोधन) ऐन, २०२७ को दफा (१) र (२) बमोजिम गरी निवेदकको प्रकाशनमा रोक लगाएको हुनु बेगर निवेदकले पहिले गरेको कागज र पाएको प्रमाणपत्र रद्दी भइसकेको मानिन सक्ने अवस्थै नपाउने, सो रद्दी मानिन नसकेपछि उक्त ऐनको दफा ७(१) बमोजिम प्रकाशन चालु गर्न फेरि दोस्रापटक कागज गरी प्रमाणपत्र लिइरहन नपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/03/26  फूल बेन्च इजलास  २६६१
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा प्र.कोरारी मौजे सिनुजोरा बस्ने पद्मकुमारीदेवी राणा बिरुद्ध विपक्षी/वादी : का.जि.चावहिल कुटुबहाल बस्ने दण्डकुमारी चालिसेसमेत

(१) भूमीसम्बन्धी ऐन अन्तर्गतको मुद्दामा झगडीया विदेशमा रहेको भए विशेष अदालत ऐन, २०१३ को दफा ४(२) बमोजिम २५ दिने म्याद दिनुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८५ - जग्गा खिचोला

 फैसला मिति:2030/06/28  फूल बेन्च इजलास  ३०९८
 पुनरावेदक/ प्रतिवादी : वास्तरा देउराली गा.पं.वार्ड नं.६ कोखे बस्ने उदयबहादुर खत्री क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. प्राथे ढुङ्गा बस्ने वीरबहादुर मास्के मगर

(१) अन्तिम भइराखेको फैसला र न्यायिक परिपाटी सिद्धान्तको विपरीत हुने गरी फैसला गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८४ - जग्गा खिचोला

 फैसला मिति:2030/06/07  फूल बेन्च इजलास  २४५७
 पुनरावेदक/ प्रतिवादी : मोरङ कञ्चनबारी गा.पं.वार्ड नं.२ बस्ने बहादुरदास थारुसमेत बिरुद्ध विपक्षी/वादी : चैनपुर दसमझिया माडि खिवाई विर्ता बस्ने रूद्रप्रसाद उपाध्याय दाहाल

(१) साविक दण्ड सजायको २८ हाल अदालती बन्दोवस्तको ७४ दफाको १ नं.–तिरोको हिसाबले जग्गाको मोल बिगो कायम गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८३ - उखडा जग्गा

 फैसला मिति:2030/03/26  फूल बेन्च इजलास  २८९५
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु तप्पे धनौरा मौजे तौलिहवा बस्ने महमद इसलाम खाँ बिरुद्ध विपक्षी/वादी : ऐ. बरदहवा बस्ने रामु चमार

(१) कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उखडा कायम नहुने भन्न नमिल्ने । (प्रकराण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2029/02/25  फूल बेन्च इजलास  २८८६
 पुनरावेदक/ प्रतिवादी : जि.कपिलवस्तु तप्पा गौरा मौजे सानो सिसहनीया बस्ने केवलदत्तको वारेस ऐ.ऐ.बस्ने रामसुदिन सुकुल बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. सानो सिसहनीया बस्ने जगेसर चमारसमेत

(१) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक न्यायिक अधिकारीले दुई पक्षको व्यक्तिगत हकबेहक सम्बन्धी वादविवादको विषयमा आफू समक्ष उजूर नपरी आफ्नो स्वेच्छाले अथवा अर्को अधिकारी वा कार्यालयको आदेश वा लेखौटको आधारमा मुद्दाको सृष्टी गरी हकबेहकको निर्णय गर्न कानूनसंगत नहुने । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३१ (क) अन्तर्गत जि.अ.ले निर्णय गर्न सर्वप्रथम सो ऐन अन्तर्गत उपचारको माग गरी पक्ष आएको हुनुपर्ने त्यस्तोमा उजूरको अभावमा पक्षको मञ्जूरी तथा समर्पणले त्यस्तो अभावलाई पूर्ति गर्न नसक्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७८० - लिखत पास

 फैसला मिति:2030/06/07  फूल बेन्च इजलास  २८४३
 पुनरावेदक/ प्रतिवादी : जि. धुनषा मौजे जनकपुर वेलही विर्ता बस्ने वसन्तकुमारी पाध्यायी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने असर्फी साहू तेली

(क) राजीनामाको व्यहोराको लिखतलाई छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छे लिखतको संज्ञा दिन नमिल्ने । (ख) आय टिकट टाँसिएको कारणले लिखतको व्यहोरा तर्फ ध्यानै नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७७९ - घर चलन चलाई पाउँ

 फैसला मिति:2030/06/14  फूल बेन्च इजलास  २६४२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वार्ड नं.१० भोंसिको टोल बस्ने रूद्रमान श्रेष्ठ समेत बिरुद्ध विपक्षी/वादी : ऐ.घर हाल का.जि.डिल्लीबजार बस्ने उमादेवी श्रेष्ठनी

(१) बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै चलन चलाई दिन कानूनले मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७७८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:2030/06/14  फूल बेन्च इजलास  २७२८
 पुनरावेदक/ प्रतिवादी : चितवन रातापुर गा.पं.वार्ड नं.८ बस्ने बुधे महतो बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भू.प्र.ईकाई चितवन चितवन रातापुर गा.पं.वार्ड नं.८ बस्ने विकना महतोसमेत

(१) भूल भएमा सच्याउन लगाई फिल्ड बुक दर्ता तेरिज ठिक गराई दर्ता बमोजिमको पूर्जा भूमिप्रसाशकले दिनेछ भन्ने उल्लेख भएकोमा जग्गा हकबेहकसम्बन्धी प्रश्न उपस्थित भएकोमा आफैंले त्यस कुराको निर्णय गर्न नपाउने । अदालतबाट हकबेहकको निर्णय गराई ल्याउनु सुनाउनु पर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७७७ - जिरायत जग्गा

 फैसला मिति:2030/05/26  फूल बेन्च इजलास  ५१६०
 पुनरावेदक/ प्रतिवादी : मोरङ विराटनगरपञ्चायत वार्ड नं.२ बस्ने मुनीलाल गोल्छा माडवारी बिरुद्ध विपक्षी/वादी : जि.सुनसरी प्र.भाला भलेनी मौजे १५ नं.रामगञ्ज गेलावारी झोरा बस्ने धनचन्द्र राईसमेत

(१) माथिल्लो तहको अदालतले दिएको निर्देशानुसार तल्लो तहको अदालतबाट निर्णय भएको भन्ने कारणलेमात्र कानून विरूद्धको कारवाई र निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । कानूनी मान्यता प्राप्त गर्नका लागि माथिल्लो तहको अदालतको निर्देशन तल्लो अदालतको कारवाई तथा निर्णय कानूनसंगत हुनुपर्ने । (प्रकरण नं. १५) (२) अनधिकृत निकायबाट भएको कारवाई र निर्णय बदर हुने अवस्थामा फेरि कारवाई र निर्णयका लागि मुद्दा अधिकार प्राप्त निकायमा पठाउने व्यवस्था कानूनले नगरेको । (प्रकरण नं. १६) (३) अदालतले गरेको निर्णयहरूबाट निश्चित रूपमा स्थापित भइसकेको कानूनी सिद्धान्त आफैं पनि कानून सरह हुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७७६ - भ्रष्टचार

 फैसला मिति:2029/08/01  डिभिजन वेन्च इजलास  ३११२
 पुनरावेदक/ प्रतिवादी : जि.सुर्खेत जरबुटा बस्ने टोपबहादुर खडका क्षेत्रीसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (विशेष प्रहरी अधिकृत)

(१) भ्रष्टचार सम्बन्धी उजूरी बडाहाकिम कहाँ पर्नुपर्ने भन्ने उल्लेख भएकोमा डि.आई.जी समक्ष परी निजले तहकिकात गरी गरेको कारवाही कानूनबमोजिम भएको भन्ने नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ७७५ - अंश

 फैसला मिति:2030/05/12  फूल बेन्च इजलास  २५७०
 पुनरावेदक/ प्रतिवादी : का.जि.तालाछाप बस्ने लेखबहादुर थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने बलबहादुर थापा खत्रीसमेत

(१) वादीले लिई पाई सकेको सबूत गुजार्न प्रतिवादीहरूको नसके अंश दिनु नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर मनासिव नदेखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु