विस्तृत खोजी

 
 
 
 
 
      

२५ खोजी नतिजाहरु

निर्णय नं. ४०६२ - म्याद तामेल जालसाजी

 फैसला मिति:२०४६/०३/२२  संयुक्त इजलास  ४०९३
 पुनरावेदक/ प्रतिवादी : भारत दुर्गापट्टी बस्ने रामललित महतो कोइरी बिरुद्ध विपक्षी/वादी : जि.ध. नगराइन गा.पं. वा.नं. ५ बस्ने जगन्नाथ यादवसमेत

(१) आफ्नो नाउँमा परेको मुद्दामा तामेल भएको इतलायनामामा नभए नगरेको व्यहोरा लेखी लेखाई तामेल गरेकोबाट अ.बं. ११०(१) नं. को रीत नपुगेको कुरा आफूलाई जानकारी भएपछि निजले तत्काल सो व्यहोरा देखाई सोही अ.बं. ११०(५) अन्तर्गत उजूरी दिई बदर गराई दिनु पर्ने थियो, सो बमोजिम नगरी आफ्नो उपर मुद्दा परेको कुरा आफूलाई थाहा भइकन पनि चूप लागी बसी जि.अ. बाट र क्षे.अ. बाट मुद्दा किनारा भइसकेपछि क्षे.अ. बाट दावीको लिखत पास हुने ठहरी फैसला भएकोबाट मात्र यिनी वादीले कीर्ते कागजको सहारा लिई गुज्रेको म्याद समेत थमाई यो फिराद दिएकोबाट परेको मुद्दामा भएको फैसलाको रुप विचार गरी मात्र यो फिराद पर्न आएको देखिन आएकोले बेरीतसंग इतलायनामा तामेल भएको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था उल्लंघन गरी यो फिराद पर्न आएको कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०६० - कर्तव्य ज्यान

 फैसला मिति:२०४७/०१/०५  संयुक्त इजलास  २४९९
 पुनरावेदक/ प्रतिवादी : जि.का. कारागार शाखा सोलुखुम्बुमा थुनामा रहेको प्रेमबहादुर राई बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कालीबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार

(१) अरु कुनै सबूदबाट समर्थित हुन नसकेको प्रहरी कागजकै आधारमा प्रहरी प्रतिवेदन दावी बमोजिम पुनरावेदकले कुटी मारी फालेको ठहर्यापएको शुरु जिल्ला अदालतको इन्साफ र अञ्चल अदालतले पुनरावेदन सदर गरेकोलाई सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिने । (प्रकरण नं. ३२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५९ - डाँका

 फैसला मिति:२०४६/१२/१४  संयुक्त इजलास  २३६४
 पुनरावेदक/ प्रतिवादी : बाँके जिल्ला रनियापुर गा.पं. वा.नं. ८ बस्ने जाकीर खाँ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) जबरजस्ती कुटपिट गरेको घा जाँच समेतबाट देखिन आएकोले चोरीको ३ नं. को अवस्था नदेखिए पनि चोरीको ४ नं. को अवस्था विद्यमान देखिन आएकोले निवेदकले डाँका गरेको ठहर्याोएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५८ - उत्प्रेषण

 फैसला मिति:२०४६/१०/१०  संयुक्त इजलास  २२३६
 पुनरावेदक/ प्रतिवादी : जि. कञ्चनपुर दैखतमुली गा.पं. वा.नं. ५ बस्ने लबरु राना थारु बिरुद्ध विपक्षी/वादी : जि.पं. सचिवालय, साझा विकास शाखा, कञ्चनपुरसमेत

(१) आफ्नु हक दर्ताको जति जम्मै दृष्टिमा कागज गरी दिएको देखिन आएकोले निजको हक भोगमा रहेको सो जग्गा विपक्षी साझा संस्था ऐनको दफा १३ को अधिकार प्रयोग गरी तोकिएको रीत पुर्यागई लिलाम गरी असूल उपर गरेकोलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) साझा संस्था ऐनको दफा १४ मा भएको व्यवस्थाबाट अरुलाई धितोमा लेखी दिएकै भए पनि साझा संस्थाको ऋणले अग्राधिकार पाई सरकारी धितोको हकमा पन्छाई असूल गर्न पाउने देखिएकोले कृषि विकास बैंकलाई धितोमा दिई रोक्का रहेकै भए पनि साझा संस्थाले सो जग्गा लिलाम गरी आफ्नो लेखा असूल गर्न पाउने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५७ - उत्प्रेषण

 फैसला मिति:२०४६/११/०३  संयुक्त इजलास  २३४२
 पुनरावेदक/ प्रतिवादी : पाँचथर जि.फलैचा गा.पं. वा.नं.६ बस्ने राजेन्द्र भन्ने चतुरमान वेधा बिरुद्ध विपक्षी/वादी : निर्वाचन विशेष अदालत, मुकाम पाँचथर जिल्ला अदालतसमेत

(१) निर्वाचन विशेष अदालतले जुन आधारमा निर्वाचन बदर गर्ने ठहर्या एको छ सो निर्वाचन (निर्वाचन अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(२) बमोजिम बदर गर्नु पर्नेमा सम्पूर्ण निर्वाचन बदर गर्ने व्यवस्था गरेको दफा १४(१) को आधार उल्लेख गरेकोसम्म मिलेको देखिन नआई गल्ती गरेको देखिन आएकोले त्यतिकै आधारमा माग बमोजिम उत्प्रेषणको आदेश जारी गर्न पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५६ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४७/०१/१०  संयुक्त इजलास  २३४६
 पुनरावेदक/ प्रतिवादी : जि.सिराहा बलही गा.पं. वा.नं. ४ बस्ने सत्यदेवप्रसाद सुमन बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, मालपोत विभागसमेत

(१) उजूरी परेपछि त्यसमा प्रमाणको मूल्यांकन गरी दर्ता हुने नहुने स्वतन्त्र निर्णय गर्नुपर्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५५ - उत्प्रेषण

 फैसला मिति:२०४६/१२/२२  संयुक्त इजलास  २१८२
 पुनरावेदक/ प्रतिवादी : कान्तिपथ स्थित पीस ट्राभल्स एण्ड टूर्स प्रा.लि.को तर्फबाट नरोत्तमलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, कर विभाग, लाजिम्पाटसमेत

(१) औ.व्य. ऐनको दफा २(ट) मा पर्यटन क्षेत्र भन्नाले “पर्यटन उद्योग विकासको लागि श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्र सम्झनु पर्दछ” भन्ने उल्लेख भएको पाइन्छ, निवेदकको उद्योग काठमाडौं स्थित कान्तिपथमा स्थापना भएको र काठमाडौंलाई पर्यटन क्षेत्र तोकेको नदेखिएबाट निवेदकको उद्योगले औ.व्य.ऐन, २०३८ को दफा १०क (५)(ख) बमोजिम निवेदकको उद्योग स्थापना भएको मितिले ५ वर्षको सुविधा पाउने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५४ - उत्प्रेषण

 फैसला मिति:२०४७/०१/०३  संयुक्त इजलास  २२४५
 पुनरावेदक/ प्रतिवादी : जि.चितवन पिठुवा गा.पं. वा.नं.३ बस्ने मित्रमणी खनाल बिरुद्ध विपक्षी/वादी : महाप्रबन्धक, नेपाल खाद्य संस्थान, काठमाडौंसमेत

(१) निर्णय सामान्य सिद्धान्त, २०३५ को सन्दर्भमा स्वीकृत भएकोले सामान्य सिद्धान्त, २०४३ को हकमा उक्त निर्णय स्वीकृत भएको भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) जसरी जुन विधिपूर्वक विनियम बनेको छ त्यसरी नै सोही विधिपूर्वक विनियममा संशोधन हुनु र गर्नु पर्ने । (प्रकरण नं. १४) (३) संस्थानले आ–आफ्नो कर्मचारी सेवा शर्त नियमावलीमा समावेश नगरेसम्म अन्यथा विचार गर्ने स्थिति नै नदेखिँदा सामान्य सिद्धान्त, २०४३ बमोजिम कारवाही र सजायँ गर्न मिल्छ भन्ने बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५३ - करार बदर, बहाल भराई घरबाट उठाई पाउँ

 फैसला मिति:२०४६/०७/०६  संयुक्त इजलास  २८१०
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वा.नं. ३२ बस्ने धर्मनारायण महर्जन बिरुद्ध विपक्षी/वादी : ऐऐ.बस्ने केशवप्रसाद श्रेष्ठ

(१) वादीले घर बनाई घर बहालमा दिएको नभई मील सञ्चालन हुने गरेबाट भू–वहाल सम्म पाउने शर्त उक्त शर्तनामामा भएको र त्यस्तो शर्तलाई स्वीकार गरी करारनामा भएकोले यस्तो अवस्थामा घर बनाउनेको ८, ९ नं. र ११ नं. लाई अंगाली घरबाट उठाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०५/२६  संयुक्त इजलास  २२३५
 पुनरावेदक/ प्रतिवादी : तारासिं साउदको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.डोटी निरौली गा.पं. वा.नं. ८ गावर बस्ने काशीराम साउद

(१) घाउ चोट लागेको केश फाराम र चिकित्सकको रिपोर्टको अभावमा घाउचोट लागेको र बोल्न नसक्ने स्थिति रहेको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २३) (२) ठोस सबूद प्रमाणको अभावमा प्रतिवादीलाई दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५१ - भ्रष्टाचार

 फैसला मिति:२०४६/१२/२२  संयुक्त इजलास  ३०५१
 पुनरावेदक/ प्रतिवादी : नेपाल बैंक लिमिटेड बुधबारेको पत्रले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : धरान न.पं.वा.नं.१३ बस्ने पूर्णबहादुर श्रेष्ठ

(१) मौकामा जाँचबुझ गरी सुनले खाने रकम मात्र भुक्तानी दिनु पर्नेमा जाँचबुझ नगरी आफ्नो जिम्माको रकम भुक्तानी दिई लापरवाहीबाट रकम हिनामिना भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १३(१) आकर्षित हुने अवस्था नदेखिने । (प्रकरण नं. ४१) (२) खजान्चीको लापरवाहीबाट सम्पत्ति हिनामिना हुन गएमा सो हिनामिना भएको रकम बैंक र खजान्ची बीच भएको सम्झौताको शर्त नं. १३ अन्तर्गत खजान्चीबाट असूल गर्नुपर्ने । (प्रकरण नं. ४१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०५० - अपहेलना

 फैसला मिति:२०४६/११/१७  संयुक्त इजलास  २४८१
 पुनरावेदक/ प्रतिवादी : बुटवल न.पं. वा.नं. ८ बस्ने मीनाकुमारी क्षेत्री बिरुद्ध विपक्षी/वादी : बुटवल न.पं. कार्यालय बुटवलसमेत

(१) अदालतबाट बिटौरी लिई दिनु भनी परमादेश जारी भएपछि सो आदेश बमोजिम बिटौरी नलिई दिनु अदालतको अपहेलना भएकोमा विवाद नदेखिने । (प्रकरण नं. ९) (२) अदालतको आदेश अक्षरस पालना गर्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४९ - अपुताली जग्गा दिलाई पाउँ

 फैसला मिति:२०४६/१२/०६  संयुक्त इजलास  २४२२
 पुनरावेदक/ प्रतिवादी : गुल्मी जिल्ला फोक्सी गा.पं. वा.नं. ८ बस्ने दीर्घनारायण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐऐ.बस्ने नरप्रसाद श्रेष्ठसमेत

(१) तत्काल प्रचलित मुलुकी ऐन रजिष्ट्रेशनको १ नं. बमोजिम शेषपछिको बकसपत्र लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नुपर्ने कानुनी व्यवस्था भएको पाइँदा रजिष्ट्रेशन पारित नभएका लिखतहरुलाई कानुनी मान्यता दिन नमिल्ने हुँदा ती लिखतका आधारमा विवादित सम्पत्ति माथि हक कायम गर्न नमिल्ने । (प्रकरण नं. २३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४८ - लागू औषध

 फैसला मिति:२०४६/१२/२८  संयुक्त इजलास  २५४०
 पुनरावेदक/ प्रतिवादी : कर्णध्वज समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : अस्ट्रियन नागरिक पासपोर्ट नं. ०३७७८२३ इन्ग्रीद वानेस्क

(१) विद्यमान कानुनी व्यवस्थाको अवलम्बन नगरी जिल्ला अदालतमा दायर हुने मुद्दा वादी श्री ५ को सरकार तर्फबाट नै अञ्चल अदालत समक्ष दायर गरेको अवस्थामा पनि किनारा गरेको देखिँदा सो निर्णय अनाधिकार मानी अञ्चल अदालतको फैसला बदर गर्ने गरेको क्षेत्रीय अदालतको फैसला कानुनसंगत नै देखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/१२/२८  संयुक्त इजलास  २३६९
 पुनरावेदक/ प्रतिवादी : थमबहादुरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.कपिलवस्तु कौपवा गा.पं. वा.नं. ८ बस्ने सीतादेवी थापा

(१) गैरकानुनी रुपबाट कसैले कसैको ज्यान मार्नु भनी दिएको बचन अनुसार, कसैको ज्यान मर्न गएको छ भने मात्र, त्यस्ता बचन दिने व्यक्ति कानुनी व्यवस्था बमोजिम सजायँको भागिदार बन्ने । (प्रकरण नं. १७) (२) बचन दिएको नभई, मारी कतै लगी फाली दिन्छु भनेका सो कुरालाई अन्यथा भन्न नसकेकी, सम्मको स्थिति अवस्थामा दिएको बचनबाट पैदा भएको बच्चा मर्न गएको भन्नु कानुन र न्यायसंगत नहुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४६ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/१२/१९  संयुक्त इजलास  २३६९
 पुनरावेदक/ प्रतिवादी : केन्द्रीय कारागारमा थुनामा रहेका धनबहादुर तामाङ बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत

(१) संशोधित लागू औषध (नियन्त्रण) ऐन अनुसार दफा ४(ग)(घ)(ङ)(च) अन्तर्गतको कार्य गर्ने व्यक्तिलाई पाँच (५) वर्ष, देखि बीस (२०) वर्ष सम्म कैद र बीस (२०) लाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने गरी सजायँको व्यवस्था भएको देखिँदा अ.बं. ११८(२) प्रयोग गरी थुनामा राखी मुद्दाको पूर्पक्ष गरेको गैरकानुनी हो भन्ने निवेदन जिकिर कानुन अनुकूल देखिन नआउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/१२/०५  संयुक्त इजलास  २४२०
 पुनरावेदक/ प्रतिवादी : अम्बिका राइनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.झापा, गरामुनी गा.पं. वा.नं. ९ बस्ने कौशल्या ओलीसमेत

(१) पटक पटक चोट छाडी क्रुरतापूर्वक ज्यान मारेको भन्ने देखिँदा अपराध घटित भएको अवस्थालाई समेत विचार गर्दा ऐन बमोजिम सजायँ गर्दा चर्को पर्ने नदेखिने । (प्रकरण नं. ३४) (२) मृतकलाई मारौं भन्ने पूर्व योजना नभएको, अपराध गरेको अवस्था समेतबाट जन्मकैदको सजायँ गर्दा चर्को पर्ने भएकोले अपराधिक संलग्नतालाई दृष्टिगत गरी घटी सजायँ हुन उपयुक्त नै देखिएकोले अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई १० वर्षको कैद हुने । (प्रकरण नं. ३४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४४ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/१२/०६  संयुक्त इजलास  २८९८
 पुनरावेदक/ प्रतिवादी : वीरबहादुर बोहराको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : वैतडी पुर्चौडी भटना गा.पं. वा.नं. २ बस्ने जयमल बोहरा

(१) हातले हानेको चोट पीरबाट २१ दिन नाघी मरेमा कुटपिटका महल अन्तर्गत कारवाही हुने । बन्दूक जस्तो जोखिमी हतियार प्रयोग भएकोमा मुलुकी ऐन कुटपिटको महल आकृष्ट हुने अवस्था नदेखिने । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४३ - लिखत पास

 फैसला मिति:२०४६/१२/१९  संयुक्त इजलास  २३३५
 पुनरावेदक/ प्रतिवादी : जि.झापा अर्जुनधारा गा.पं.वा.नं.८ बस्ने दिलकुमारी मानन्धरसमेत बिरुद्ध विपक्षी/वादी : जि.झापा शनिश्चरे गा.पं. वा.नं.२ बस्ने भगिरथ सापकोटा

(१) लिखत छुट्टै मितिको देखिएको हुँदा यस स्थितिमा अ.बं. ८५ नं. आकृष्ट हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४०४२ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/१२/१२  संयुक्त इजलास  २२३२
 पुनरावेदक/ प्रतिवादी : जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको शुक्रा मुसहर बिरुद्ध विपक्षी/वादी : श्री पू.क्षे.अ. समेत

(१) निवेदक उपर चलेको दुईवटा डाँका मुद्दामा सफाई पाएको र अर्को मुद्दामा डाँका गरेको ठहरेकोले निवेदकले पहिलापटक डाँका गरेको देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु