विस्तृत खोजी

 
 
 
 
 
      

२३ खोजी नतिजाहरु

निर्णय नं. २५२५ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१०/१४  सिङ्गल बेञ्च इजलास  २२२०
 पुनरावेदक/ प्रतिवादी : तनहुँ जिल्ला गद्धी चौतारा गा.पं.वडा नं.२ कुसुम पानी घर भै हाल जि.का.का.शाखा भद्रगोल काठमाडौंमा थुनामा रहेका मोतीलाल कसाई बिरुद्ध विपक्षी/वादी : तनहुँ जिल्ला अदालत दमौली

सबूद प्रमाणको आधारमा रिट निवेदकलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्ने गरी प्रत्यर्थीबाट फैसला भई सो फैसला बमोजिम थुनामा रहेको देखिन आएको हुनाले गैरकानुनी थुनामा रहेको भन्न मिलेन । (प्रकरण नं. ८) तथ्यसम्बन्धी कुरामा पुनरावेदन हेरेजस्तो गरी रिटक्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५२४ - उत्प्रेषण

 फैसला मिति:२०४२/१०/१४  डिभिजन वेन्च इजलास  २३५३
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा बेगाडावर आदर्श गा.पं.वार्ड नं.९ बस्ने राजमान माझी बिरुद्ध विपक्षी/वादी : भूमि सुधार अधिकारी भू.सु.का.धनुषा । धनुषा जि.वेगाडावर आर्दश गा.पं.वार्ड नं.९ बस्ने गंगा बहादुर कार्की ।

म्याद तामेल गर्नेले तामेल गर्ने भनी आफ्नो सहिछाप समेत गरेको देखिँदैन । यस्तो स्थितिमा यो रिट निवेदकका नाउँमा तामेल भएको म्याद अ.बं.११० नं.को रीत पुगेको देखिन आएन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५२३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१०/०३  डिभिजन वेन्च इजलास  २७९५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनकुटा डाँडा गाँउ पंचायत वडा नं.७ को हाल परिवर्तित चानुवा डांडा गा.पं.वडा नं.७ बस्ने बल बहादुर थापा बिरुद्ध विपक्षी/वादी : जिल्ला संखुवासभा मामलिङ गा.पं.वडा नं.८ भई वतासे बस्ने दावा तेन्जिङ सेर्पा । श्री ५ को सरकार अंचलाधीशको कार्यालय कोशी अंचल । श्री ५ को सरकार अर्थ मन्त्रालय मालपोत विभाग मालपोत कार्यालय,सखुंवासभा ।

हक बेहकको प्रश्न समावेश भई कार्यवाही चलिरहेको र अदालतमा समेत मुद्दा परिरहेको देखिँदा विपक्षी अञ्चलाधिश कार्यालयको निर्णयमा उल्लेख भएको “साविकमा पनि संखुवासभा जिल्ला भित्र नै परी राखेको” भन्ने वाक्यांशले अदालतमा परेको मुद्दामा निर्णय हुँदा असर पर्न जाने देखिएको छ । उपरोक्त वाक्यांशसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५२२ - अंश

 फैसला मिति:२०४२/१०/२८  डिभिजन वेन्च इजलास  २३४७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला देउखुरी चौलाही गाउँ पञ्चायत वडा नं.८ मजगाउँ बस्ने राम प्यारी चौधरी । ऐ. बस्ने खुसीराम चौधरी । बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने ठाकुराम चौधरी ।

कानुन बमोजिम बुझी नाता सम्बन्धमा कारवाही गरी निर्णय गर्नु पर्नेमा क्षेत्रीय अदालतले निजलाई नबुझी गरेको निर्णय कानुनसंगत भएन । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५२१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०९/१७  डिभिजन वेन्च इजलास  २२६१
 पुनरावेदक/ प्रतिवादी : भारत नैनिताल काठगोदाम घर भई का.जि.तहाचल डेरा गरी बस्ने हाल जिल्ला कारागार शाखा, सेन्ट्रल जेल कारागारमा थुनिएको बहादुर सिंह भन्ने दिलीप सिंह ठाकुर । बिरुद्ध विपक्षी/वादी : देवी बहादुरको जाहेरीले श्री ५ को सरकार

बच्चा अपहरण गरी रु.एकलाख कमाउने उद्देश्यले यी अभियुक्तहरूले निर्दोष बालकलाई अपहरण गरी मारी फालेको देखिएको समेतबाट निजहरूलाई निर्दोष मान्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५२० - बकसपत्र लिखत दर्ता बदर

 फैसला मिति:२०४२/०९/०४  डिभिजन वेन्च इजलास  ३०८५
 पुनरावेदक/ प्रतिवादी : जि.सिरहा दही पौडी गा.पं.वार्ड नं.८ बस्ने किसान महतो कोइरी बिरुद्ध विपक्षी/वादी : ऐ. सिगी शाह गा.पं.वडा नं.२ बस्ने जनक महतो कोइरी

आफ्नो नाउँमा रहेको आफू खुस गर्न पाउने अपुतालीबाट आएको सम्पत्ति कानुनको परिधिभित्र रही बकसपत्र लिखत गरिदिएकोमा बण्डा छुटिइसकेको सौताने छोराले त्यस्तो बकसपत्र लेखत तथा दर्ता बदर गरिपाउँ भन्ने फिराद दिंदैमा बकसपत्र लेखत तथा त्यसको आधारमा भएको दर्ता बदर हुनसक्ने देखिँदैन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१९ - डाँका

 फैसला मिति:२०४२/०६/२८  डिभिजन वेन्च इजलास  २४४६
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला त्रिभुवन नगर गाउँ.पंचायत वडा नं.५ मा घर भई हाल सर्लाही कारागारमा थुनामा बस्ने शिव शंकर भन्ने झामलाल बीन । बिरुद्ध विपक्षी/वादी : जिल्ला सर्लाही त्रिभुवन नगर गा.पं.वडा नं.६ बस्ने देवनारायण शाह तेलीको जाहेरीले श्री ५ को सरकार।

प्रमाण ऐनको दफा ९(२) को व्यवस्थाले प्रहरी समक्ष भएको कागजलाई प्रमाण लिन सकिने अवस्था देखिएमा बाहेक अन्य अवस्थामा सही र स्वतन्त्र रुपमा भएको छ भन्ने अनुमान गर्न मिल्ने देखिन्न । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१०/०२  डिभिजन वेन्च इजलास  २११८
 पुनरावेदक/ प्रतिवादी : जि.बांके,ईन्द्रपुर गा.पं.वा.नं.९ स्थित वागेश्वरी ईटा उद्योगको तर्फबाट साझेदार ऐ. नेपालगंज सदर लाइन बस्ने सुरेन्द्रनाथ टण्डन बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार,अर्थ मन्त्रालय,काठमाडौं । कर विभाग लाजिम्पाट, काठमाडौं । क्षेत्रीय तथा ग्रामिण उद्योग विकास कार्यालय वीरेन्द्र नगर सुर्खेत ।

औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १०(क)(१) बमोजिम उत्पादन शुरु गरेको मितिदेखि ६ वर्षसम्मका लागि शतप्रतिशत आयकर छुटको सुविधा पाउने देखिएकोले निजलाई आयकर छुटको सुविधा नदिने गरेको विपक्षी कर विभागको मिति ०४०।८।१३ को निर्णय तथा मिति ०४१।९।१६ को पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१७ - उत्प्रेषण

 फैसला मिति:२०४२/०९/०९  डिभिजन वेन्च इजलास  २५४३
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी, महोत्तरी गा.पं.वार्ड नं.१ बस्ने सकुर धोवी बिरुद्ध विपक्षी/वादी : भू.सु.कार्यालय महोत्तरी । जि.महोत्तरी सिगाना गा.पं.वार्ड नं.२ राम जानकी मन्दिर र र संक्षर मत्रवाने मन्दीरका पूजारी रामचन्द्र झा । ऐ. बस्ने राम छविल पाण्डे ।

मोहीको मृत्युपछि भू.सं.ऐन, २०२१ को दफा २६(१) बमोजिमको प्रकृया अपनाई निवेदक मोही भएको भन्ने निवेदकको भनाई देखिँदैन मोहियानी हक कायम भएपछि मात्र मोहीको प्रमाणपत्रको दावी गर्ने निवेदकको हक दैया हुने हो । त्यसको अभावमा रिटनिवेदकलाई मोहीको निस्साको दावी गर्ने हकदैया नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१६ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/२०  डिभिजन वेन्च इजलास  २०७६
 पुनरावेदक/ प्रतिवादी : का.नगर पंचायतवडा नं.४ लोहसाल बस्ने कृष्ण बहादुर शाही । बिरुद्ध विपक्षी/वादी : का.नगर पंचायतवार्ड नं.२३ झोछें बस्ने सरराज मानन्धरनी । का.नगर पंचायत वार्ड नं.४ लोहसाल बस्ने हरि शरण सिंह ठकुरी । काठमाडौं मालपोत कार्यालय ।

हक बेहकमा निर्णय दिनुपर्ने कुरा माल कार्यालयको क्षेत्राधिकारको नहुँदा सम्बन्धित निकायमा गई निर्णय गराउनु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१५ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/१७  डिभिजन वेन्च इजलास  २०९३
 पुनरावेदक/ प्रतिवादी : जि.रौतहट,तत्कालिन लक्ष्मीपुर गा.पं.वार्ड नं.२ हाथियाही गा.पं.वार्ड नं.३ मा बस्ने शेष महम्मदीन । बिरुद्ध विपक्षी/वादी : भू.सु.अधिकारी भू.सु.कार्यालय रौतहट । जि.रौ.हाल हथियाही गा.पं.वार्ड नं. ३ बस्ने शिव राउत कुर्मी । ऐ.ऐ बस्ने जोगिन्द्र राउत कुर्मी । ऐ.ऐ बस्ने श्रीमती महंगी देवी कुर्मिनी । ऐ.ऐ बस्ने फरीद देवान ।

पक्ष विपक्ष नभएको रिट निवेदनलाई निर्णयबाट असर परेको अ.बं.८६ नं.बमोजिम अन्य उपचारको व्यवस्था भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१४ - अंश

 फैसला मिति:२०४२/१०/२४  डिभिजन वेन्च इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : बा.अं.का.प.जि. घुर्सेनी सिवालय गा.पं.वा.नं.४ घर भै हाल का.जि. कमल पोखरी बस्ने छविलाल भन्ने सिताराम गौतम बिरुद्ध विपक्षी/वादी : का.प.जि.घुसेनी सिवायल वा.नं.३ हाल वा.नं.३ बस्ने राम बहादुर गौतम । ऐ.ऐ बस्ने कर्नाखर गौतम । ऐ.ऐ बस्ने धनेश्वर गौतम ।

अंशबण्डाको ३ नं.ले वादी दावी बमोजिम अंश नपाउने गरी शुरुले गरेको इन्साफलाई मनासिव ठहराई गरेको इन्साफ कानुन अनुरुप मिलेको देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१३ - जग्गा दर्ता बदर

 फैसला मिति:२०४२/०९/०५  डिभिजन वेन्च इजलास  २२६९
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला पो.नगर पंचायतवडा नं.१० राम बजार बस्ने पद्मबहादुर पोख्रेल । ऐ.ऐ बस्ने विमल बहादुर थापा क्षेत्री । बिरुद्ध विपक्षी/वादी : का.जि.का.नगर पंचायतवडा नं.१६ क्षेत्रपाटी बस्ने राजेन्द्र बहादुरको मु.स.गर्ने किरण कुमार बस्नेत ।

राजीनामाबाट हक भई संयुक्त रुपमा भोगी आएको भन्ने भनाई भएकोलाई त्यस्तो वादीको हक भएको मुख्य स्रोतको विषयमा प्रतिवादीलाई सुनाइएकोमा त्यसतर्फ ठहर निर्णय गर्दा कुनै कुरा ठहरमा नबोलिएकोले त्यस विषयमा समेत एकैपटक निर्णय गर्नु पर्ने कानुनी व्यवस्थाको अनुशरण गरी मात्र निर्णय गर्नु पर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१२ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/२५  डिभिजन वेन्च इजलास  २२५९
 पुनरावेदक/ प्रतिवादी : बांके, गंगापुर गा.पं.वा.नं.५ दोण्डा बस्ने प्रधानपंच वेचन लाल मुराउ (मौर्य)। बिरुद्ध विपक्षी/वादी : निर्वाचन विशेष अदालत मुकाम बांके जिल्ला अदालत । गंगापुर गा.पं.वडा नं.६ भोजपुर बस्ने अब्दुल गफ्फार मुकेरी ।

निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(४) मा भएको बाध्यात्मक व्यवस्थामा निर्वाचन विशेष अदालतले उपदफा (१) वा (२) बमोजिम सम्पूर्ण निर्वाचन वा कुनै निर्वाचित उम्मेदवारको निर्वाचन बदर हुने गरी फैसला गर्दा देहाय बमोजिमका कुराहरू सो फैसलामा स्पष्ट रुपमा उल्लेख गर्नु पर्छ “(क) उजूरवालाले उजूर गरेको कुरा सावित भए वा नभएको र सावित भएको भए कुन कुरा कसरी सावित भएको हो भन्ने र (ख) निर्वाचन बदर हुने काम कारवाई गर्ने व्यक्तिहरूको पूरा नाम वतन र निजले गरेको अपराधको किसिम” भनी स्पष्ट रुपमा उल्लेख गरेको पाइन्छ । उक्त निर्वाचन विशेष अदालतको निर्णयमा यस व्यवस्थाको पालन भएको देखिन आउँदैन, अतः निर्वाचन विशेष अदालतको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिइएको छ । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५११ - उत्प्रेषण

 फैसला मिति:२०४२/०८/०६  डिभिजन वेन्च इजलास  २४३२
 पुनरावेदक/ प्रतिवादी : लुम्बिनी अञ्चल गुल्मी जिल्ला गा.पं.वडा नं.३ बस्ने पं.डिल्लीराज उपाध्याय भन्ने डिल्लीराम ज्ञवाली । बिरुद्ध विपक्षी/वादी : ९ नं.नापी गोश्वारा कार्यालय तम्घास गुल्मी । ऐ.२ नं. नापी टोली रुरु गा.पं.को हाल तम्घास गुल्मी । अध्यक्ष वन नियन्त्रण पहाडी क्षेत्रमा आवादी र वन जंगल क्षेत्र छुट्याउने समिति मुकाम तम्घास गुल्मी । ऐ.समिति सदस्य गुल्मी माल अधिकृत । ऐ.समिति का.मु.प्रमुख नापी अधिकृत ९ नं.नापी गोश्वारा तम्घास । वन उप-समिति जिल्ला गुल्मी रुरु गा.पं.कार्यालय रुरु ।

पहाडी क्षेत्रमा आवादी र वन जंगल छुट्याउने समिति कुन कानुन अन्तर्गत गठन भएको देखिन नआएकोले उक्त समितिले गरेको निर्णय अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा उक्त निर्णय बदर हुने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/१०/२८  डिभिजन वेन्च इजलास  २१७८
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला विराटनगर नगर पञ्चायत वडा नं.२० बस्ने नन्द विनोद भट्टराई । बिरुद्ध विपक्षी/वादी : मोरङ जि.बुद्ध नगर गा.पं.वडा नं.२ बस्ने केदार राय कुर्मी । श्री भूमि सुधार अधिकारी,भूमि सुधार कार्यलय मोरङ विराटनगर ।

साविक जग्गाधनीकै पालामा ऐन बमोजिम रीतपूर्वकको सबै कारवाही भई हाल जग्गा हस्तान्तरणबाट जग्गाधनी परिवर्तन हुँदैमा प्रत्यर्थी मोही कायम रहन नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०९ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भन्ने

 फैसला मिति:२०४२/१०/०४  डिभिजन वेन्च इजलास  २१८८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा बुधवारे गा.पं.वडा नं.४ बस्ने हर्ष बहादुर नेवार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने डिल्ली बहादुर खुलाल । ऐ.बस्ने कुवेर नाथ पौडयाल । जिल्ला भूमि सुधार अधिकारी झापा भू.सु.कार्यालय ।

राजीनामा गरी लिएको जग्गा नै हो भन्ने सबूद प्रमाणको अभावमा जग्गा वादीका नाममा मोही कायम गर्न नमिल्ने भनी ठहराएको अधिकार प्राप्त अधिकारीको निर्णयमा कुनै त्रुटि नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०८ - दाइजो पेवा

 फैसला मिति:२०४२/१०/०४  डिभिजन वेन्च इजलास  ३४१७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.जि.का.नगर पंचायतवडा नं.१३ कालिमाटी घर भई ऐ. वडा नं.१३ छाउनी बस्ने पंच नारायण महर्जन । बिरुद्ध विपक्षी/वादी : ऐ. कालिमाटी बस्ने जितनारायण महर्जन

अंशतर्फ वादीको माग दावी नभएको स्थितिमा अंशबण्डामा जस्तो गरी विपक्षीबाट फाँटवारी मागी वादी दावी बमोजिम बण्डा छुट्याई दिन नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०७ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/१०/०४  डिभिजन वेन्च इजलास  २१७४
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला हरिपुर आदर्श गा.पं.वडा नं.१ जगतपुर बस्ने जगरुपकी श्रीमती पनिया थरुनी । बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने रामशरण चौधरी । भुमि सुधार कार्यालय,सर्लाही जिल्ला ।

मोहीको नामको लगत कट्टा गर्दा मोहीका हक खानेलाई बुझी प्रतिवादको मौका दिई निजको कथनको समेत बिचार गरी मात्र निर्णय गर्नु पर्ने हुन्छ, तर निर्णय गर्दा निवेदिकालाई प्रतिवादको मौका दिई निर्णय गरेको नदेखिँदा प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको भु.सु.का.सर्लाहीको त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २५०६ - ज्यान

 फैसला मिति:२०४२/०९/२६  डिभिजन वेन्च इजलास  २२९२
 पुनरावेदक/ प्रतिवादी : नर बहादुरको जाहेरीले वादी श्री ५ को सरकार । बिरुद्ध विपक्षी/वादी : जि.दोलखा चंखू गा.पं.वडा नं.२ चंखू बस्ने सोम रेन्जी शेर्पा समेत ।

मृतकको मृत्यु विषबाट भएको भन्ने प्रमाणित हुन नसकेको र घटनाको चस्मदिद गवाहले पनि प्र.उपर किटानीपूर्वकको पोल नगरेको देखिएबाट समेत कर्तव्यबाट मृत्यु भएको हो भन्ने कुरा शंकारहीत तवरबाट प्रमाणित हुन नसकेको हुँदा वादी दावीबाट सफाई दिने गरेको इन्साफ सदर गरेको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. २९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु