विस्तृत खोजी

 
 
 
 
 
      

२५ खोजी नतिजाहरु

निर्णय नं. ५०१९ - उत्प्रेषण

 फैसला मिति:२०५१/१२/०९  पूर्ण इजलास  ६१७५
 पुनरावेदक/ प्रतिवादी : सिचाईए विभाग महाराजगञ्जमा कार्यरत असिस्टेण्ट स्टाटीकल अफिसर (रा.प.तृ. प्रा.) डा. नारायणहरि गजुरेल । बिरुद्ध विपक्षी/वादी : लोक सेवा आयोग कलमपोखरी । बढुवा समिति सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागमा कार्यरत स्टाटीकल अफिसर तुङगशिरोमणी वास्तोला ।

 संयुक्त इजलासले संयुक्त इजलासको पूर्व फैसलामा तथ्य फरक छ वा गलत छ, तर्कसंगत वा विवेकपूर्ण छ वा छैन वा सर्वसाधारणमा असुविधा वा कठिनाई उत्पन्न भइरहेको आदेशलाई विचारै नगरी निर्णय भएको हो भनी न्यायिक प्रक्रिया वा परिपाटीले भन्न, अर्थ गर्न र सम्झन मिल्ने नहुने । (प्र.नं. १५)  मिसिलमा प्रस्तुत भएको सम्पूर्ण कागजात निर्णय, आदेशका साङ्गवो पाङ्गो अध्ययन पश्चात कुनै प्रश्नको निराकरण गरिन्छ भनी निष्कर्षमा पुग्नु पर्दछ । यो नै न्यायिक प्रक्रिया हो । (प्र.नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२२० - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४१/१२/२९  डिभिजन वेन्च इजलास  २१८५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाँके र्इन्द्रपुर गा.पं. वार्ड नं. ९ (घ) स्थित गणेश हिमाल राइस मिल्स प्रा.लि.का तर्फबाट मेनेजिङ डाइरेक्टर ऐ ऐ बस्ने पदमकुमार अग्रवाल बिरुद्ध विपक्षी/वादी : नेपालगञ्ज नगरपञ्चायत नेपालगञ्ज जि. बाँके नेपालगन्ज भन्सार कार्यालयमा कर चौकी राखी कर असूल गर्ने ठेकदार गणेश श्रेष्ठ

 व्यापार कर, प्रकाश कर र सफाई कर असूल गर्न विपक्षी नगरपञ्चायतबाट गरिएका ठेक्का तथा कारवाहीहरू त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१९ - उत्प्रेषण समेत

 फैसला मिति:२०४१/१२/१९  डिभिजन वेन्च इजलास  २२१८
 पुनरावेदक/ प्रतिवादी : जि. तनहुँ दमौली गा.पं. वार्ड नं. १ मोहियाटार बस्ने दिनानाथ पाध्या बिरुद्ध विपक्षी/वादी : केशवटार गाउँ पञ्चायत बैठक तनहुँ गाउँ न्यायिक समिति केशवटार तनहुँ केशवटार गा.पं. वार्ड नं. ट गुदि बस्ने जय प्रसाद पन्त

 वादीको दावी र गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(१)(ज) को सीमा बाहिर गई निर्णय गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/१२/१५  डिभिजन वेन्च इजलास  २३१५
 पुनरावेदक/ प्रतिवादी : देवकी उपाध्यायनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : स्याङजा जिल्ला चण्डी कालिका गा.पं. वडा नं. ९ गहते घर भै हाल सेतीदोभान गा.पं. वा.नं. ३ सेती दोभान बस्ने महमदसरिफ मियाँ

 शंकाको भरमा अपराधी ठहर्या२उन प्रमाण योग्य भएको नदेखिँदा शुरूले निजलाई ज्यान सम्बन्धीको १६ नं. अनुसार सजाय गरेको फैसला कानुनसंगत नदेखिने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१७ - उत्प्रेषण

 फैसला मिति:२०४१/१२/०२  डिभिजन वेन्च इजलास  २५५१
 पुनरावेदक/ प्रतिवादी : जि. कैलाली चौमाला गा.पं. वार्ड नं. २ बस्ने जोधु थारू बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी मालपोत कार्यालय, कैलाली जि. कैलाली चौमाला गा.पं. वार्ड नं. २ बस्ने विदेशी थारु ऐ ऐ बस्ने काली चरण थारु ऐ ऐ बस्ने रामादिन थारु ऐ ऐ बस्ने दुखना थारु ऐ ऐ बस्ने रतिलाल थारु ऐ ऐ बस्ने सोमालु थारु ऐ ऐ बस्ने जनकु थारु ऐ ऐ बस्ने नाधु थारु

 रजिष्ट्रेशन पारित भइसकेको बण्डापत्रको लिखत बदर गराउनको लागि उक्त ऐन बमोजिम जिल्ला अदालतमा नालिश गर्न पाउने स्पष्ट कानुनी उपचारको बाटो विद्यमान रहकै पाइन्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१६ - लेनदेन

 फैसला मिति:२०४१/१२/०४  डिभिजन वेन्च इजलास  २३०८
 पुनरावेदक/ प्रतिवादी : सर्लाही जिल्ला पिपरिया गा.पं. वडा नं. १ बस्ने लखन मंडल धानुक बिरुद्ध विपक्षी/वादी : सर्लाही जिल्ला मौजा गंगापुर हाल गा.पं. मूर्तिया वडा नं. ८ बस्ने विश्वनाथ उपाध्याय

 रेखा लेखा सम्बन्धमा विवाद उठ्न साथ विशेषज्ञलाई नै जँचाई हाल्नुपर्दछ, त्यसो नगरी अदालतले केही गर्न सक्दैन भन्ने प्रमाण ऐनको दफा २४ र ३६ को मनसाय र मतलव होइन । विशेषज्ञको राय लिन पर्ने अवस्थाको जटिलता छ भन्ने अदालतलाई लागेमा अदालतले विशेषज्ञको राय लिने हो त्यस्तो अवस्था छैन भन्ने अदालतलाई पुष्ट प्रमाण र अन्य कुराले लागेमा (जस्तो प्रस्तुत मुद्दाको देखिन आएको छ) अदालतले स्वयं निर्णय गर्न सक्तछ । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१५ - डाँका

 फैसला मिति:२०४१/१२/०९  डिभिजन वेन्च इजलास  २३४४
 पुनरावेदक/ प्रतिवादी : जि.रौतहट पिपरा पोखरिया गा.पं. वडा नं. १ बस्ने शुभनारायण भन्ने कइल राय यादव बिरुद्ध विपक्षी/वादी : कुलदिप साहूको जाहेरीले श्री ५ को सरकार

 चोरीको १४(४) मा डाँका वारदातको जतिसुकै पटकको लागि सजायको व्यवस्था गरिएको छ । दोस्रो पटक डाँका गरेकोलाई हुने जरिवाना र सजाय भनेर सो नं. मा दोस्रो पटकको लागि मात्र छुट्टै व्यवस्था गरेको पाइँदैन । यस्तो स्थितिमा एकै मितिमा एकै रातमा एउटै वारदातको सिलसिलामा डाँका भएको देखिएकोले दोस्रो पटक डाँका गरेको कायम गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१४ - उत्प्रेषण

 फैसला मिति:२०४१/१२/३०  डिभिजन वेन्च इजलास  २४८५
 पुनरावेदक/ प्रतिवादी : वागमित अञ्चल ल.पु.न.पं. वडा नं. ११ कुटी सौगलको हाल बजेका नाम ढाँटी जग्गा नामसारी गरी ज.ध.प्र.पु. लियो भन्ने अभियोगमा वि.प्र.वि. बाट हिरासतमा राखी सदरखोर कार्यालयमा बन्दी भई बस्ने अष्टबहादुर चित्रकार बिरुद्ध विपक्षी/वादी : वि.प्र.वि.सिंहदरवार गजराज चित्रकार

 रिसवत लिनुदिनु गरे भन्ने उजूर सम्बन्धमा अनुसन्धान गर्ने अधिकार विशेष प्रहरी विभागलाई भएको । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१३ - निखनाई पाउँ

 फैसला मिति:२०४१/१२/२८  डिभिजन वेन्च इजलास  २२८२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सप्तरी, गाउँ पञ्चायत महादेवा वडा नं. ६ बस्ने अनिरूद्र मण्डल बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्तरी गाउँ पंचायत भगवतपुर वडा नं. ८ बस्ने प्रयागवती धनुकाइनी

 जति जग्गाको वादी मोही छ त्यति जग्गा सम्म निखन्न पाउने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१२ - मानिस बिक्री

 फैसला मिति:२०४१/१२/२२  डिभिजन वेन्च इजलास  २२७०
 पुनरावेदक/ प्रतिवादी : गोविन्दकुमारीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : अर्घाखाँची जिल्ला मोरङ गा.पं. वडा नं. ७ बस्ने रूकुमबहादुर पाण्डे क्षेत्री

 ढुँग्री बन्धक लिएको भन्ने बयान भनाई भएकोमा सो कुरा प्रमाणित गर्ने भार निजैको हुने। (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२११ - उत्प्रेषण

 फैसला मिति:२०४१/१२/२२  डिभिजन वेन्च इजलास  २५६०
 पुनरावेदक/ प्रतिवादी : जि. भोजपुर घर भई हाल जि.मोरङ विराटनगर नगरपञ्चायत वडा नं. ७ बस्ने विरनरसिंह कार्की बिरुद्ध विपक्षी/वादी : : नेपाल खाद्य संस्थान प्रधान कार्यालय अद्वैत मार्ग काठमाडौं नेपाल

 श्री ५ को सरकारले संस्थानलाई आवश्यक निर्देशनहरू दिन सक्नेछ र सो निर्देशनहरूको पालना गर्नु संस्थानको कर्तव्य हुनेछ भन्ने उल्लेख भएको हुँदा श्री ५ को सरकारलाई निर्देशन दिन पाउने अधिकार भएको देखिन्छ । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२१० - उत्प्रेषण

 फैसला मिति:२०४१/१२/१८  डिभिजन वेन्च इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : पूर्व २ नं. रामेछाप नमाडी गा.पं. वार्ड नं. ७ को हाल हे.न.पं. वार्ड नं. ७ बस्ने हेमबहादुर खड्का बिरुद्ध विपक्षी/वादी : मकवानपुर जिल्ला अदालत मुकाम भिमफेदी मालपोत कार्यालय मकवानपुर हेटौंडा मेन्टनेन्स नापी शाखा मुकाम हेटौंडा हेटौंडा न.पं. वार्ड नं. ७ बस्ने मान बहादुर तिवारी

 दुवै पक्षको मञ्जूरी साथ मिलापत्र भइसकेपछि रिट क्षेत्रमा अहिले आएर मिलापत्र बदर गरिपाउँ भन्ने रिट निवेदकको निवेदन दावी निराधार भई मु.ऐन अ.बं. १८२ नं. को बिपरीत भएको देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०९ - हक कायम

 फैसला मिति:२०४१/११/०४  डिभिजन वेन्च इजलास  २६७४
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.कोपुण्डोल ल.पु.न.पं. वा.नं. १ बस्ने योधराज शमशेर ज.ब.रा. बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने जिवनारायण वेलवासे

 शेषपछिको बकसपत्रको व्यवस्थालाई पछिको पास भएको बण्डापत्रले अर्कै व्यवस्था गरेको देखिएको त्यसलाई बदर गराउन नसकेकोले समेत क्षे.अ.को फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारमा क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०८ - आयस्ता बहाल

 फैसला मिति:२०४१/१२/०७  डिभिजन वेन्च इजलास  २३७१
 पुनरावेदक/ प्रतिवादी : : भक्तपुर जिल्ला भ.पु.न.पं. वार्ड नं. १७ दुधपाटी बस्ने हर्षमाया मरी आफ्नो हकमा समेत मु.स. गर्ने जगतमोहन न्याईच्याई बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. १५ इटाछे टोल बस्ने मोतिरत्न बज्राचार्य

 मोहीले मोहियानीको घरजग्गा बहालमा दिन नपाउने गरी भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भएको देखिएन । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०७ - कुलोपानी

 फैसला मिति:२०४१/१२/०१  डिभिजन वेन्च इजलास  २३२८
 पुनरावेदक/ प्रतिवादी : जाजरकोट खलंगा गा.पं. वा.नं. ६ रिसाङ बस्ने चुडामणि शर्मा बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने झुपा कार्की ऐ ऐ बस्ने भिमबहादुर कार्की

 कानुनी व्यवस्था भएकोमा पुनरावेदन तहमा परेको मुद्दा क्षेत्रीय अदालतले खारेज गरेको दुरूस्त मिलेको भन्ने भएन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१२/२२  डिभिजन वेन्च इजलास  ३६४०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला झापा बथरिया गा.पं. वा.नं. ८ बस्ने पुण्यमाया भट्टराई बिरुद्ध विपक्षी/वादी : श्री मालपोत कार्यालय झापा श्री मालपोत अधिकृत मालपोत कार्यालय झापा

 जग्गा मिच्नेको ९ नं. बमोजिम रोक्का रहेको जग्गा बिक्री व्यवहार भई गएमा मर्का पर्ने पक्षले जग्गा मिच्नेको १८ नं. को ऐन बमोजिम सम्बन्धित निकायमा उजूर गरी बदर गराउन पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४१/१२/१३  डिभिजन वेन्च इजलास  २२२५
 पुनरावेदक/ प्रतिवादी : रोल्पा लिवाङ गा.पं. वार्ड नं. ८ तिब्रीकोट घर भइ हाल कारागार तुल्सीपुरमा थुनामा रहेका देउदास भन्ने दिलबहादुर डाँगी क्षेत्री बिरुद्ध विपक्षी/वादी : मोहनलाल विष्ट क्षेत्रीको जाहेरीले श्री ५ को सरकार र वादी : मोहनलाल विष्ट क्षेत्रीको जाहेरीले श्री ५ को सरकार

 कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त सबूत प्रमाण कुनै देखिँदैन । यस स्थितिमा मैले कर्तव्य गरी मारेको होइन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०४ - बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१२/१३  डिभिजन वेन्च इजलास  २२४६
 पुनरावेदक/ प्रतिवादी : बागमती अन्चल सिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.पं. वा.नं. ६ इसिङ घर भै हाल सिन्धुपाल्चोक जिल्ला कारागारमा थुनामा रहेको टुङना भन्ने कृष्णबहादुर सुनार बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला न्यायाधीश, सिन्धुपाल्चोक जिल्ला अदालत श्री हाकिम, सिन्धुपाल्चोक जिल्ला कारागार सिन्धुपाल्चोक जिल्ला भोटे नाम्लाङ गा.पं. वा.नं. ६ कोट नाम्लाङ बस्ने सोम बहादुर सुनार ।

 हाडनाता भित्रै नपर्ने कसूरमा सजाय गरेकोमा कानुनमा उल्लिखित अन्य उपचारको अवलम्बन गरी पुनरावेदन तहबाट त्यसलाई अन्यथा गराउन सक्नुपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१२/१३  डिभिजन वेन्च इजलास  २५४०
 पुनरावेदक/ प्रतिवादी : वागमती अन्चल सिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.पं. वडा नं. ६ इसिं घर भै हाल सन्धुपाल्चोक जिल्ला कारागारमा थुनामा रहेको टुङना भन्ने कृष्णबहादुर सुनार बिरुद्ध विपक्षी/वादी : जिल्ला न्यायाधीश, सिन्धुपाल्चोक जिल्ला अदालत चन्द्रमानको छोरा बागमती अन्चल सिन्धुपाल्चोक जिल्ला भोटे नाम्लाङ गा.पं. वा.नं. ६ कोट नाम्लाङ बस्ने सोम बहादुर सुनार

 अ.बं. ११० नं. मा उल्लिखित व्यवस्था अनुसार तामेल भएको म्याद बेरीतसँग तामेल भएको भन्न मिल्ने देखिन आएन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २२०२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४१/१२/०५  डिभिजन वेन्च इजलास  २१६८
 पुनरावेदक/ प्रतिवादी : ल.पु. जावलाखेल स्थित रिवर भ्याली (प्रा.) लि.को तर्फबाट ऐ. को सञ्चालक जिल्ला मोरङ, विराटनगर नगर पंचायत वा.नं. ७ घर भै हाल ल.पु. जावलाखेल वा.नं. ४ बस्ने अनिल कुमार अग्रवाल बिरुद्ध विपक्षी/वादी : श्री कर विभाग, हाल लाजिम्पाट काठमाडौं श्री कर कार्यालय काठमाडौं बबरमहल

 औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १४ को उपदफा (२) बमोजिमको सुविधा सहुलियत तथा संरक्षण पाउने ठहर्छ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु