विस्तृत खोजी

 
 
 
 
 
      

१९ खोजी नतिजाहरु

निर्णय नं. १०४१२ - मानव बेचबिखन

 फैसला मिति:२०७६/०२/१९  संयुक्त इजलास  १७५७
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम हनुमानढोका (१) को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला काठमाडौं, दहचोक गा.वि.स. वडा नं. ४ बस्ने विनोद ढकालसमेत

मानिसलाई जतिसुकै दुःख पीडा वा गरिबी भए पनि कसैले कसैलाई मृगौला बेच्न उत्प्रेरणा दिने तथा सहयोग गर्ने कार्य निश्‍चय नै उसको नैतिकता, सामाजिक जवाफदेहिता र कानूनको समेत बर्खिलाप भई त्यस्तो कार्य कानूनी अपराधको रूपमा परिभाषित हुन जान्छ र सो कार्य गरेबापत मानिस दण्डित पनि हुनैपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४११ - ज्यान मार्ने उद्योग

 फैसला मिति:२०७६/०८/०४  संयुक्त इजलास  ३८५६
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं.७ बस्ने राजेन्द्र सहनीको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : मोरङ जिल्ला, साबिक कटहरी गा.वि.स. वडा नं.२ बस्ने अजयकुमार कामतसमेत

उद्योगमा पनि त्यही आपराधिक मनसाय रहनु पर्छ, जुन कर्तव्य ज्यानको कसुरको लागि आवश्यक हुन्छ । यहाँ निन्दित मनसाय, निर्ममता, दयाहीनता त्यही श्रेणीको हुनुपर्छ जुन कर्तव्य ज्यानमा हुन्छ । उद्योग ठहर्नको लागि केवल तयारी मात्र नभई अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूले पूर्ण अपराधको नजिक (Dangerous proximity to the end) हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४१० - मानव बेचबिखन तथा ओसारपसार

 फैसला मिति:२०७६/०९/०२  संयुक्त इजलास  १८४९
 पुनरावेदक/ प्रतिवादी : परिवर्तित नाम पोखरा ४७ को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : चितवन जिल्ला, गुञ्जनगर गाउँ विकास समिति वडा नं. ६ बस्ने रामप्रसाद गुरूङ

मानव बेचबिखन एवं ओसारपसारको मुद्दामा पीडितलाई प्रतिवादीले वास्तवमै बेचबिखन गर्न लगेको हो ? वा विवाह गर्न वा विवाह गरेर श्रीमान् श्रीमती भई लगेको र गएको हो भन्‍ने तथ्य पहिल्याउन अति गाह्रो हुने । सो तथ्यको निर्क्यौलमा पुग्न प्रथमतः अधिक मात्रामा पीडितको भनाइमा नै भर पर्नुपर्ने र सोही आधारमा नै निष्कर्षमा पुग्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०९ - परमादेश

 फैसला मिति:२०७५/०९/०९  संयुक्त इजलास  ३०६४
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, कुलेश्‍वर वडा नं. १४ बस्ने जनहित संरक्षण मञ्‍चका कार्यकारी निर्देशक वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मासमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत

नागरिकको स्वतन्त्रता एवम् हक अधिकारको विरूद्धमा सार्वजनिक चासो एवम् सरोकारको क्षेत्र जोडिन पुगेमा नागरिकको स्वतन्त्रता र हक अधिकारलाई पनि उत्तिकै महत्त्वपूर्ण स्थान दिएर दुवैलाई संविधान र कानूनको मापदण्ड र समकक्षमा राखेर समानरूपमा नै हेर्नुपर्ने । नागरिकले आफ्नो निर्विवाद स्वामित्वमा रहेको सम्पत्तिमा ऐन, कानून, नियम एवं मापदण्डहरूको अधीनमा रहेर स्वतन्त्र एवं निर्वाधरूपले उपभोग, उपयोग एवं संरक्षण गर्न पाउने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०८ - जबरजस्ती करणी

 फैसला मिति:२०७६/०८/०२  संयुक्त इजलास  १०९५८
 पुनरावेदक/ प्रतिवादी : ‘घ’ कुमारीको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बैतडी भुमेश्वर गा.वि.स. वडा नं. २ बस्ने खेमराज भट्टको छोरा सागर भट्टसमेत

जबरजस्ती करणी अपराधको प्रकृति अन्य अपराधभन्दा फरक हुन्छ । अन्य अपराधमा सत्यताको मूल्याङ्कनको लागि भनाइमा स्थिरता (Consistency) को विद्यमानता हुनुपर्छ भने जबरजस्ती करणीमा पीडितको भनाइमा पीडाको आघात (Trauma) को कारणले केही विरोधाभाष आउन सक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७६/१०/२०  संयुक्त इजलास  २७८२
 पुनरावेदक/ प्रतिवादी : भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको गैरकानूनी हिरासतमा राखिएका तीर्थबहादुर राईको हकमा भोजपुर जिल्ला, षडानन्द नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने गणेश राई बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्‍चोकसमेत

कुनै पनि नागरिकलाई एकै प्रकृतिको मुद्दामा पटकपटक बन्दी बनाई धरौटी माग भएकोमा धरौटी दाखिला भएपछि पनि थुनामुक्त नगर्नु र यस अदालतको बन्दीप्रत्यक्षीकरणको आदेशबाट थुनामुक्त गरिसकेपछि पनि विभिन्न जिल्लामा लगी पाँचौं पटक सोही प्रकृतिको मुद्दामा निरन्तर थुनामा राख्नु अनुचित, अतार्किक र जवाफदेहिताहीन कार्य हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०६ - जबरजस्ती करणी

 फैसला मिति:२०७५/१२/२५  संयुक्त इजलास  २२००
 पुनरावेदक/ प्रतिवादी : नुवाकोट जिल्‍ला सुन्दरादेवी गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय नुवाकोटमा कैदमा रहेका ताराप्रसादको छोरा वर्ष ३२ को पुष्पराज सिटौला बिरुद्ध विपक्षी/वादी : ................ को जाहेरीले नेपाल सरकार

नाबालकले करणीजस्तो अपराधका बारेमा बोलेको कुरा अन्यथा प्रमाणित नभएको अवस्थामा त्यसलाई प्रमाणको रूपमा ग्रहण गर्दा बेमनासिब हुने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०५ - लागु औषध

 फैसला मिति:२०७६/०९/२८  संयुक्त इजलास  २४१५
 पुनरावेदक/ प्रतिवादी : दाउद मियाँको छोरा जिल्ला मोरङ डाइनिया गाउँ विकास समिति वडा नं.९ घर भई हाल कारागार कार्यालय मोरङ विराटनगरमा कैदमा बस्ने उसमान आलमसमेत बिरुद्ध विपक्षी/वादी : प्रहरी सहायक निरीक्षक रोहित खुलीमुलीको प्रतिवेदन जाहेरीले नेपाल सरकार

न्यायिक स्वविवेकको प्रयोग गर्दा कसुरदारको दोषीपना, त्यस प्रकृतिको अपराधबाट समाजमा पर्ने प्रभाव, पीडित भए निजलाई परेको पीडा, मुद्दाको तथ्यसँग आबद्ध कतिपय विषयहरू विचार गरी कसुरको दायरा निर्धारण गर्नु उपयुक्त हुने । निश्‍चित अवधिको सजायको कानूनी व्यवस्था रहेको अवस्थाबाहेक कुनै पनि आरोपित व्यक्तिउपर पहिलोचोटिको अपराधमा सजाय गर्दा कसुरदारको दोषीपनाबारे स्पष्ट रूपले विचार नगरी एकैपटक उपल्लै हदको सजाय गर्ने हो भने उक्त व्यक्तिको अपराधप्रतिको धारणामा परिवर्तन आउन नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०४ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०३/२५  संयुक्त इजलास  १८०९
 पुनरावेदक/ प्रतिवादी : ऋषिराम पौडेलको छोरा तनहुँ जिल्ला थप्रेक गाउँ विकास समिति वडा नं. ६ घर भई क्यामिन उच्च माध्यमिक विद्यालय, कलेस्ती तनहुँको माध्यमिक शिक्षक तह तृतीय श्रेणीमा कार्यरत सूर्यमणि पौडेल बिरुद्ध विपक्षी/वादी : शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरसमेत

केवल सामान्य प्रकारको मानवीय त्रुटिलाई आधार बनाई अन्य सबै सर्त, योग्यता र प्रक्रिया पूरा गरेको अवस्थामा कार्य सम्पादन मूल्याङ्कनबापतको अंक गणना नगरी स्तरवृद्धिको अवसरबाट वञ्‍चित गर्नु न्यायोचित देखिन नआउने । बढुवा निर्णय गर्ने पुनरावलोकनकर्ताले मूल्याङ्कन गर्दा विवेक पुर्‍याउन नसकी केही प्राविधिक त्रुटि गरेको कुराको दुष्परिणाम लामो समयपछि आएर बढुवा पाएका शिक्षकहरूलाई वहन गराउनु समन्यायिक दृष्टिले मनासिब नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०३ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७६/०५/२४  संयुक्त इजलास  १३०१
 पुनरावेदक/ प्रतिवादी : कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. १६ घर भई हाल महानगरीय प्रहरी प्रभाग टेकुको गैरकानूनी हिरासतमा राखिनुभएका ओम हमालको हकमा ऐ.ऐ. घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने मोनिका गुरूङ बिरुद्ध विपक्षी/वादी : माननीय गृह मन्त्री, सिंहदरबार, काठमाडौंसमेत

मुद्दा हेर्ने अधिकारीबाट पक्राउ पुर्जी स्वीकृत भएको तथा यान्त्रिक तवरबाट हिरासतमा राख्ने अनुमति (म्याद थप) दिएको भन्नेसम्मको कारणबाट नै थुनाले वैधानिकता प्राप्त गर्न सक्ने देखिँदैन । म्याद थप गर्ने कार्य स्वयम्‌मा पनि कानूनअनुकूल हुनु पर्ने । थुनामा राखेको मानिस अदालतबाट छुट्नासाथ तत्काल पक्राउ गर्ने प्रवृत्ति वास्तवमा गम्भीर आपत्तिजनक र अशोभनीय प्रवृत्ति हुन् । यस कुराप्रति अनुसन्धान अधिकारी, मुद्दा हेर्ने अधिकारीलगायत नेपाल सरकारका सम्बद्ध पदाधिकारीहरू सबैले पर्याप्त मात्रामा सचेष्ट रहनु वाञ्छनीय देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०२ - निषेधाज्ञा

 फैसला मिति:२०७६/०७/०३  संयुक्त इजलास  २६२७
 पुनरावेदक/ प्रतिवादी : नरिश्वरको नाति उमापतिको छोरा जिल्ला गुल्मी साबिक अर्वेनी गा.वि.स. वडा नं. ८ हाल ऐ. कालीगण्डकी गाउँपालिका वडा नं. २ मा बस्ने पदमपाणि न्यौपाने बिरुद्ध विपक्षी/वादी : गुल्मी जिल्ला अदालत तम्घास, गुल्मीसमेत

जायजात गर्नुपर्ने सम्पत्ति बाबु निवेदकको नाममा हुँदैमा छोराको समेत हक लाग्ने अचल सम्पत्तिबाट साहुको बिगो भराउने कारबाही गर्न बाधा नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०१ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७५/१२/०३  संयुक्त इजलास  १९५६
 पुनरावेदक/ प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला मांखा गा.वि.स. वडा न. २ हाल परिवर्तित बलेफी गाउँपालिका वडा नं. ८ घर भई कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका माइला भन्‍ने लालकाजी तामाङ बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत, काठमाडौंसमेत

अदालतबाट कुनै कानूनअन्तर्गत ठहर भएको सजाय सोही कानूनबमोजिम कार्यान्वयन गरिने तर त्यस्तो कुनै कानूनअन्तर्गत भएका सजाय संहितामा व्यवस्था गरिएको सजायभन्दा बढी भएको अवस्थामा संहितामा उल्लेख भएको हदसम्म मात्र सजाय कार्यान्वयन हुने । साबिकको मुलुकी ऐनको चोरीको महलमा भएको चोरीको कसुरलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्‍छेद २० ले पनि कसुर मानेको तर संहितामा जरिवानाबापत कैदमा नै बस्नु पर्ने व्यवस्था नभएको सन्दर्भमा विधायिकाले जरिवाना तिरेको खण्डमा कैदमा बस्न नपर्ने गरी प्रतिवादीलाई कैदमा बस्न पर्ने अवधि घटाएको भन्ने देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०४०० - जबरजस्ती करणी

 फैसला मिति:२०७५/१०/२४  संयुक्त इजलास  ३०७७
 पुनरावेदक/ प्रतिवादी : कृष्णबहादुर श्रेष्ठको छोरा, काभ्रेपलाञ्चोक जिल्ला, शंखुपाटिचौर गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय, धुलिखेलमा थुनामा रहेका देवलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : नाम परिवर्तित काभ्रे ३०(ट) को जाहेरीले नेपाल सरकार

सहमति वैध हुनको लागि उक्त मन्जुरी स्वतन्त्रतापूर्वक पूर्ण सचेत अवस्थामा दिइएको हुनुपर्छ र सहमति दिने मानिसलाई उक्त कार्यको परिणामको बारेमा पूर्णरूपमा ज्ञान हुनुपर्छ । कुनै कार्यको लागि सहमति दिनु भनेको आफ्नो तर्क र विवेकको प्रयोग गरी स्वइच्छाले उक्त कार्यको लागि मन्जुरी दिनु हो । यसकारण सहमति दिन सक्ने वा नसक्ने भन्‍ने विषय मानिसको मानसिक क्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ र कुनै कार्य गर्नको लागि सहमति दिन सक्छ वा सक्दैन भन्‍ने कुराको निर्क्यौल गर्दा विवेक (Reason) को प्रयोग गर्न सक्ने मानसिक अवस्था छ वा छैन भन्‍ने कुरालाई हेरिनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९९ - वैदेशिक रोजगार कसुर

 फैसला मिति:२०७६/०९/१६  संयुक्त इजलास  ३६२८
 पुनरावेदक/ प्रतिवादी : महानगरीय अपराध महाशाखा, हनुमानढोका, काठमाडौंको पत्र जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : माधवप्रसाद न्यौपानेको नाति, नेत्रलाल न्यौपानेको छोरा पाल्पा जिल्ला सिद्धेश्‍वर गा.वि.स. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ गौरीघाट बस्ने तथा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका गौशाला स्थित अर्थ भिजन मेनपावर प्रा.लि. (ई.प्र.नं. ७४९/०६४/०६५) का सञ्‍चालक विष्णुप्रसाद न्यौपानेसमेत

प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार अनुसन्धानको समयमा संकलित प्रमाणहरू थुनछेकको प्रयोजनको सन्दर्भमा मात्र प्रमाण योग्य हुन जाने । कसुर प्रमाणित हुनको लागि प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार विवादरहित स्वतन्त्र तथ्ययुक्त प्रमाणबाट पुष्टि नभएको अवस्थामा बलपूर्वक ऐनको विपरीत व्याख्या गरी कसुरदार ठहर गर्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९८ - उत्प्रेषण

 फैसला मिति:२०७५/०६/०१  संयुक्त इजलास  ४००८
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३१ कमलादी स्थित हिमालयन बैंक लिमिटेडका तर्फबाट अधिकारप्राप्‍त कम्पनी सचिव विपिन हाडा बिरुद्ध विपक्षी/वादी : नेपाल राष्‍ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंसमेत

बैंक ग्यारेन्टीसम्बन्धी करारको स्रोत वा सन्दर्भको रूपमा मूल करार रहन सक्तछ तर ग्यारेन्टी पत्र जारी गर्ने बैंकले हितग्राही पक्ष (Beneficiary) को नाममा बैंक ग्यारेन्टी जारी गरिसकेपछि यसले स्वतन्त्र र भिन्न करारको रूप धारण गर्दछ । मूल करारका पक्षहरूबिचको विवादसँग उक्त बैंक ग्यारेन्टीसम्बन्धी करारअन्तर्गत बैंक ग्यारेन्टीकर्ता बैंकले पूरा गर्नुपर्ने दायित्वमा कुनै असर नगर्ने । ग्यारेन्टी वा काउन्टर ग्यारेन्टीमा परस्पर उल्लेख गरे पनि एक अर्काको सर्तबाट स्वतन्त्र र स्वायत्त हुन्छन्, आ-आफूले जारी गरेको जमानत पत्रका सर्तका अधीनमा रहेर दायित्व पूरा गर्नुपर्ने । विदेशी ठेकेदार कम्पनीले आफ्नो देशको अदालतबाट भुक्तानी रोक्का गराएको कारणबाट निवेदक बैंक हितग्राहीप्रतिको आफ्नो दायित्व पालनाबाट उन्मुक्त हुन नसक्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९७ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०३/०४  संयुक्त इजलास  १६०५
 पुनरावेदक/ प्रतिवादी : अग्नीधरको नाति रामलालको छोरा सुर्खेत जिल्ला जर्बुटा गा.वि.स.वडा नं.१ बस्ने जयप्रसाद सुवेदी बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, सुर्खेतसमेत

निर्विवाद रूपमा हक स्थापित नभएको विषयमा रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । अदालतहरूबाट भएको फैसलालाई प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९६ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७६/१०/०९  संयुक्त इजलास  १५६९
 पुनरावेदक/ प्रतिवादी : संखुवासभा जिल्ला मादी नगरपालिका वडा नं. ४ घर भई हाल महानगरीय प्रहरी परिसर, टेकुको गैरकानूनी हिरासतमा राखिएका डि.वि. सिलवाल भन्‍ने धनबहादुर वि.क. को हकमा मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ११ बस्ने कुलबहादुर विश्‍वकर्मा बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत

विभिन्‍न अदालतहरूबाट निवेदकलाई थुनामुक्त गर्न पटक पटक आदेश जारी भए तापनि थुना मुक्त नगरी पुनः अर्को मुद्दा लगाई थुनामा राख्‍ने गरेको र बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकोमा समेत थुनामुक्त गर्नासाथ तत्कालै अदालतको परिसर नजिकबाटै पुनः पक्राउ गरी अर्को मुद्दा लगाई उचित आधार र कारण बिना निरन्तर थुनामा राख्‍ने कार्य गरेको, एउटा कुनै कसुरको नामसम्म उल्लेख गरी कागजी औपचारिकतासम्म पूरा गरेको देखाई निरन्तर हिरासतमा राख्‍ने कार्यलाई अदालतको आदेशको पालना गर्नमा वाञ्छित संवेदनशीलता नअपनाएको र निवेदकउपर प्रवृत्त धारणा राखी संविधान एवं कानूनविपरीत बन्दी बनाउने कार्य गरेको मान्‍नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९५ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७५/१२/२८  संयुक्त इजलास  २१०१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तु, कृष्णनगर नगरपालिका वडा नं.९ हाल परिवर्तित ऐ. नगरपालिका वडा नं.२ बस्ने अब्दुर रउफ खाँको नाति दबीर अहमद खाँको छोरा मशहुद खाँसमेत बिरुद्ध विपक्षी/वादी : नेपाल सरकार, गृह मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय मानव स्रोत विभाग, तालिम निर्देशनालय, भर्ना तथा छनौट शाखा, हलचोक, स्वयम्भू, काठमाडौंसमेत

नेपालको संविधानको धारा ४२ अनुसार मुस्लिम र आर्थिक रूपले विपन्न खस आर्यसमेतलाई सामाजिक न्याय प्राप्तिका निम्ति तत्कालका लागि अपनाइएको समावेशी कोटा निर्धारण गरिने प्रावधानबाट वञ्‍चित गर्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३९४ - अपुताली हक कायम

 फैसला मिति:२०७६/०९/०३  पूर्ण इजलास  ६१५०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने नारायणप्रसाद थारू बिरुद्ध विपक्षी/वादी : जिल्ला नवलपरासी रूपौलिया गा.वि.स. वडा नं.४ बस्ने इन्द्रकुमारी देवी चौधरीको अनुमति प्राप्‍त हरेन्द्रकुमार चौधरी

कानूनमा नै अंशबन्डा र अपुतालीसम्बन्धी छुट्टै महल तथा हकवालाको क्रम नै छुट्टै व्यवस्था भएको अवस्थामा अंश र अपुताली एउटै हो भनी मान्‍न सकिने देखिँदैन । अंश हकमा नातालाई हेरिन्छ भने अपुतालीमा नातावाला नै हुनुपर्छ भन्‍ने छैन । स्याहार संभार गर्ने व्यक्तिले पनि अपुताली पाउन सक्दछ वा कानूनले कायम गरेको मर्नेको हकवालाले पनि अपुताली प्राप्‍त गर्न सक्दछ । तर हकवालाको क्रमभित्र पनि को नजिकको हो भन्‍ने क्रम कायम गर्दा रगतको नाता नै नजिकको हकवाला हुने ठहर्छ । यसभित्र आफ्नो रगतको गर्भको सन्तान हुँदाहुँदै सौतेनी सन्तान नजिकको हकवाला कायम हुन सक्ने नदेखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु