विस्तृत खोजी

 
 
 
 
 
      

३२ खोजी नतिजाहरु

निर्णय नं. ३७४९ - जग्गा खिचोला

 फैसला मिति:२०४५/१२/०७  संयुक्त इजलास  २२१५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला प्यूठान धर्मावती गा.पं. वडा नं. ३ तल्लो गेजवाङ बस्ने लंकबहादुर थापा क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. वडा नं. ४ बस्ने जुगबहादुर पाण्डे क्षेत्री

(१) सर्वोच्च अदालतमा अनुमतिको माध्यमबाट प्रवेश गर्न नमिल्नेमा अनुमति पाई पुनरावेदनको रुप धारण गरिसके तापनि जुन मुद्दामा अनुमतिको प्रश्नमा नै विचार गर्न मिल्दैन, त्यस्तो अवस्थाको पुनरावेदनमा विचार गरिरहन नपर्ने । (प्रकरण नं. १३) (२) पुनरावेदन सम्बन्धी व्यवस्था कति तहसम्म हुने वा कुन तह वा कुन अधिकारीलाई पुनरावेदन सुन्ने अधिकारी मान्ने भन्ने कुरा विधायिकाको अधिकार भित्रको भएको जुन कुरा विभिन्न ऐन अन्तर्गत विभिन्न निकायहरुको शुरु फैसला वा निर्णय उपरको पुनरावेदन लाग्न सक्ने व्यवस्था पनि विभिन्न अधिकारी समक्ष तोकिएको देखिएकै छ, यस्तो यस किसिमको पुनरावेदनको व्यवस्था हुनै पर्दछ भनेर अदालतबाट भन्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/११/२७  संयुक्त इजलास  २४४८
 पुनरावेदक/ प्रतिवादी : सन्ते मिजारको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.दैलेख नाउँले कटुवाल गा.पं. वडा नं. २ बस्ने काले कामीसमेत

(१) आफूमाथि हमला गर्नेसित चक्कु खोसी सकेर पनि फेरि सोही चक्कु प्रहार गरेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तलाई ५ वर्ष मात्र कैद गर्ने भनी व्यक्त गरेको राय मनासिब देखिन नआउने तर पूर्व योजनाबाट वारदात भएको नदेखिई मृतककै कारणबाट सो वारदात घट्न गएको देखिन आएकोले शुरु जि.अ.ले दावी बमोजिम ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद नगरी १० वर्ष मात्र कैद गर्ने गरी राय दिएको मनासिब ठहर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४७ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४६/०१/०५  संयुक्त इजलास  २७०९
 पुनरावेदक/ प्रतिवादी : एसियन फिल्म्स इन्टरनेशनल प्रा.लि.को तर्फबाट अधिकार प्राप्त सहायक कार्यालय प्रबन्धक का.जि. भेडासिं बस्ने गंगाबहादुर प्रधान बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, सञ्चार मन्त्रालय, काठमाडौंसमेत

(१) चलचित्रको केही भाग मात्र कलाकारहरुको नेपाली भाषाको अज्ञानताले गर्दा डविंग भएको चलचित्रलाई विदेशमा निर्माण भएको मान्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४६ - खुन डाँका

 फैसला मिति:२०४५/११/१७  संयुक्त इजलास  २३४९
 पुनरावेदक/ प्रतिवादी : कारीयाही थरुनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.सप्तरी सिस्वा गा.पं. वा.नं. ८ बस्ने बुद्धिलाल चौधरी थारुसमेत

(१) ज्यानसम्बन्धीको १३ नं. अन्तर्गतको दावी नलिई मुख्य अभियुक्त को हो भन्ने ठहर गर्न नसकिनेमा ऐ. का १७(१) नं. बमोजिम अभियुक्तहरुलाई सजायँ गर्ने प्रहरी प्रतिवेदन माग दावी नमिल्ने । (प्रकरण नं. १७) (२) ज्यान सम्बन्धीको १७(१) नं. बमोजिम सजायँ गर्ने माग दावी भएकोमा सो नै कायम हुन नसकेको स्थितिमा अभियुक्तहरु वारदात स्थलमा गएको तथा वारदात भएको भन्ने देखिन आएन, खुन वारदात पश्चात डाँका पनि भयो होला की भन्न पनि दशीको समेत अभाव रहेको तथा घटनास्थल प्रकृति मुचुल्का, सरजमीन समेतबाट डाँका वारदात भएको पत्यारलायक नदेखिँदा डाँका गरेको समेत नठहर्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४५ - उत्प्रेषण

 फैसला मिति:२०४५/१२/२१  संयुक्त इजलास  २४३७
 पुनरावेदक/ प्रतिवादी : धनकुटा जिल्ला धनकुटा न.पं. वार्ड नं. ७ बस्ने प्रमिला जोशी बिरुद्ध विपक्षी/वादी : लोकसेवा आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय, धनकुटासमेत

(१) विज्ञापन गरिएको पद प्राविधिक भएकोले प्राविधिक कामको लागि चाहिने प्राविधिक योग्यताको माग गरेको विज्ञापन उचित होइन भन्न नसकिने । (प्रकरण नं. ११) (२) विज्ञापन गर्दा चाहिने योग्यता सम्बन्धमा त्रुटि भएमा सच्याउन नपाइने भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) विज्ञापन नै रद्द भएकोमा दर्खास्तको मान्यता रहिरहेको भन्न नसकिने । (प्रकरण नं. ११) (४) निवेदकको निवेदन नै नपरेको विज्ञापनका सम्बन्धमा पहिलो रद्द भइसकेको विज्ञापनमा दर्खास्त दिएकै आधारमा विवाद उठाउन पाउने अधिकार निवेदकलाई प्राप्त छ भन्न सकिने कुनै कानुनी आधार रहे भएको नपाइने । (प्रकरण नं. ११) (५) योग्यता नै नपुगेको र दर्खास्त नै नभएको निवेदकलाई अन्तर्वार्तामा सामेल नगराइएको आधारमा सो विज्ञापनलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४४ - भाडा दिलाई घर खाली, जालसाज

 फैसला मिति:२०४५/१२/१०  संयुक्त इजलास  २३८०
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ दादर वैरिया गा.पं. वार्ड नं. ३ बस्ने गयासरी राजवंशी बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने दुधराज राजवंशीसमेत

(१) कुनै पनि हक हस्तान्तरण गरिएको घर पारित छैन भन्ने अधिकार घरको दातालाई मात्र हुन्छ, त्यस्तो हक अधिकारको विषयमा प्रश्न उठाई आउने र अर्काको जग्गामा घर बनाउन स्वीकृतिसम्म नलिई मैले सो घर बनाएको हुँ भन्ने दावी लिने व्यक्तिलाई सो सम्बन्धमा विवाद उठाउने अधिकार नहुने । (प्रकरण नं. २२) (२) वादीले आफ्नो दातासंग लिएको घरसारको राजीनामा दाताले स्वीकारी रहेकै अवस्थामा घरसंघाको पुर्जीको आधार लिई त्यस्तो घरका सम्बन्धमा विवाद उठाउने अधिकार प्रतिवादीको हुन सक्ने भन्न नमिल्ने । (प्रकरण नं. २२) (३) एकाको जग्गामा अर्को व्यक्ति गई जग्गाको हकवालासंग स्वीकृतिसम्म नलिई घर बनाउन सक्ने स्थित नहुने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४३ - लेनदेन जालसाज

 फैसला मिति:२०४६/०१/१४  संयुक्त इजलास  ९०२८
 पुनरावेदक/ प्रतिवादी : जि. सिरहा हरकट्टी गा.पं. वार्ड नं. ७ बस्ने सबूरदेवी यादवनीसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने केशरवति यादवनी

(१) सहिछाप गरेको देखिए पनि वास्तविक रुपमा लेनदेन नभएको देखिन आएबाट तमसुक बमोजिमको थैली भराई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १५) (२) लेनदेन नै नभएकोमा लेनदेन भएको तमसुक खडा गरेको हुँदा जालसाजी गरेको हैन भन्न नसकिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४२ - परमादेश

 फैसला मिति:२०४६/०१/२१  संयुक्त इजलास  २५६१
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वार्ड नं. १६ बालाजु बस्ने इमाम खां नेपाली बिरुद्ध विपक्षी/वादी : नेपाल विद्युतप्राधिकरण, वितरण तथा ग्राहकसेवा निर्देशनालयसमेत

(१) कानुनले स्पष्ट व्यवस्था गरे मुताविक विद्युत लाईन काट्न मिल्ने नदेखिँदा निवेदकको घरको विद्युत लाइन काटिएको काम कारवाही गैरकानुनी देखिन आएबाट बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४१ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/१२/०६  संयुक्त इजलास  २२२५
 पुनरावेदक/ प्रतिवादी : दाङ फुलारी गा.पं. वडा नं. ३ मझ घटुवा बस्ने डम्बर न्यौपाने बिरुद्ध विपक्षी/वादी : निर्वाचन विशेषअदालत, दाङदेउखुरी जि.अदालत, त्रिभुवन नगर घोराईसमेत

(१) नक्कल सारी थाहा पाएपछि सो मितिले अञ्चल तथा जिल्ला अदालत नियमावली, २०३४ को नियम २६ बमोजिम ७ दिन भित्रै पुनः उजूरी दिएकोलाई हदम्याद भित्र परेको छैन भनी मान्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७४० - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/११/१५  संयुक्त इजलास  २२७९
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला पार्सेनी विर्ता गा.पं. वा.नं. ७ बस्ने दिनानाथप्रसाद साह बिरुद्ध विपक्षी/वादी : कृषि औजार कारखाना लि. वीरगंजसमेत

(१) संस्थानमा कर्मचारीको नियुक्ति, बढुवा र सजायँ सम्बन्धी सामान्य सिद्धान्तको दफा ६.८.१ बमोजिम कारवाही गरी निवेदकलाई सेवाबाट हटाएको भन्ने कतैबाट देखिन नआएको स्थितिमा निवेदकलाई कानुन बमोजिम प्रशासनिक कारवाही गरी अवकाश दिएको भन्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३९ - उत्प्रेषण

 फैसला मिति:२०४६/०१/२०  संयुक्त इजलास  २२५२
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. १५ विजेश्वरी बस्ने केदारप्रसाद शर्मा बिरुद्ध विपक्षी/वादी : मध्य क्षेत्र प्रहरी कार्यालयसमेत

(१) पर्चा खडा गरी सो पर्चामा कारण समेत उल्लेख गरेको अवस्थामा निवेदकको जिकिर बमोजिम सफाईको मौका दिन पर्ने बाध्यात्मक व्यवस्था नदेखिएबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३८ - उत्प्रेषण

 फैसला मिति:२०४६/०२/०१  संयुक्त इजलास  २४६५
 पुनरावेदक/ प्रतिवादी : शिक्षा तथा संस्कृति मन्त्रालय विज्ञान शिक्षा परियोजना विज्ञान शिक्षा विकास केन्द्रमा कार्यरत विज्ञान विशेषज्ञ ललितादेवी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयसमेत

(१) नि.से.नि. बमोजिम एक कार्यालयबाट सरुवा भई रवाना पत्र बुझेपछि सो कर्मचारी सरुवा भई जाने कार्यालयको मान्नु पर्ने र निजले सरुवा भएको कार्यालयमा पुग्ने बाटो म्याद पाउने भई सो अवधिको सुविधा सहुलियत पनि सोही सरुवा भई जाने कार्यालयबाटै पाउने हुन्छ, त्यस्तै कुनै पनि कर्मचारीले आफू कार्यरत रहेको कार्यालयबाट नि.से.नि. बमोजिम बिदा सहुलियत पाउने नै हुँदा सो समयमा लिएका बिदाअवधि कार्यरत रहेको अवधिबाट बाहेक गर्नु पर्ने भन्ने जिकिर मिल्ने नदेखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३७ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/१२/०२  संयुक्त इजलास  २१३२
 पुनरावेदक/ प्रतिवादी : जि.मोरंग विराटनगर स्थित जगदीश राइस आयल एण्ड फ्लोर मिलको प्रोपराइटर भवरलाल राठी बिरुद्ध विपक्षी/वादी : श्री अन्तःशुल्क कार्यालय, मोरंग विराटनगरसमेत

(१) अवधि नकिटिएको सुविधाका हकमा यसै ऐन बमोजिमको सुविधा पाउने कानुनी व्यवस्था भएको देखिँदा निवेदक मिलले भारत निर्यात गरेको चामलमा लागेको अन्तःशुल्क फिर्ता दिनु पर्ने होइन औ.व्य. ऐन, २०३८ को दफा १०(ग)(५) बमोजिमको सुविधा निवेदक मिलले पाउने हैन भन्ने लिखितजवाफमा लिएको जिकिरलाई कानुनसंगत भन्न नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३६ - उत्प्रेषण

 फैसला मिति:२०४६/०२/१२  संयुक्त इजलास  २५४६
 पुनरावेदक/ प्रतिवादी : ल.पु.जि.ल.न.पं. वार्ड नं. १ कुपनडोल बस्ने दलबहादुर मल्ल बिरुद्ध विपक्षी/वादी : सञ्चालक समिति इन्धन संस्थान, ज्ञानेश्वर, काठमाडौंसमेत

(१) पत्रमा संशोधन निर्णय गर्दा रिट निवेदकलाई बुझी तथा सूचना जानकारी गराई आफ्नो भन्ने मौका समेत नदिई गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त (Natural Justice) प्रतिकूल हुने । (प्रकरण नं. १३) (२) संयुक्त इजलासबाट छैठौं पटकसम्म आदेश हुँदा पनि फाइल पठाउन नसकिने भन्ने प्रत्यर्थीको जवाफ आएबाट समेत निवेदकलाई कहाँको लागि नियुक्त गर्ने निर्णय गरी नियुक्तिपत्र दिएको भन्ने कुरा हेर्न नपाए पनि प्रमाण ऐन, २०३१ को दफा ७(ख) बमोजिम अनुमान गर्नु पर्ने स्थिति आई निवेदकलाई स्थायी पदमा नियुक्त गरी १ वर्षको परीक्षणकालमा राखी परीक्षणकाल समाप्त गरी स्थायी गरेको भन्ने देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३५ - दाखेल खारेज

 फैसला मिति:२०४६/०१/१४  संयुक्त इजलास  २७२५
 पुनरावेदक/ प्रतिवादी : तनहुँ बन्दीपुर गा.पं. वार्ड नं. ४ बस्ने मण्डली माया श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. खैरेनी गा.पं. वार्ड नं. ७ बस्ने श्यामबहादुर पंतसमेत

(१) एकपटक आफ्नो भाग छुटाई कित्ताकाट गरिदिन मन्जूर भई कागज गरिसकेपछि अहिले आई कित्ताकाट गरिदिन मन्जूर छैन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम बिवन्धनको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १४) (२) कानुन बमोजिम गरी लिखत राजीनामा बमोजिम जग्गा भोग चलन भइरहेको स्थितिमा र कानुन बमोजिम आफ्नो अंश हक लाग्ने जग्गा बिक्री गर्न बंदेज लगाउँदा कानुन प्रतिकूल हुन जाने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३४ - प्राचीन मूर्ति चोरी

 फैसला मिति:२०४५/१२/१५  संयुक्त इजलास  ३३९३
 पुनरावेदक/ प्रतिवादी : प्रहरी प्रतिवेदनले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : ल.पु.जि. ठेचो गा.पं. वा.नं. ५ बस्ने कृष्णगोपाल मालीसमेत

(१) प्राचीन मूर्तिहरुको स्थानान्तरणमा प्राचीन स्मारक संरक्षण ऐन नै लागू हुने । (प्रकरण नं. १५) (२) एकै वारदातमा २ ऐन अन्तर्गत सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३३ - बाली

 फैसला मिति:२०४६/०२/०९  संयुक्त इजलास  २२५९
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. १७ बस्ने प्यारीदेवी श्रेष्ठको मु.स.गर्ने गोपाल श्रेष्ठको मु.स.गर्ने विनाकुमारी श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : ऐ. ऐ. बस्ने रामेश्वर श्रेष्ठसमेत

(१) जग्गा मिच्नेको १८ नं. ले केवल जग्गा मुद्दाको जरियाबाट उठान भएको मुद्दामा मात्र बाली भराउन हदम्यादको व्यवस्था गरेको तर लिखत बदर मुद्दाबाट बाली भराउने सम्बन्धमा सो कानुनी व्यवस्था प्रयोग हुन गर्न न्यायसंगत नभएकोबाट वादी दावी कानुन अनुकूल मान्न नमिल्ने । (प्रकरण नं. ११) (२) कानुन अनुकूल नभए नरहेको वादी दावीको सम्बन्धमा कानुनले कुनै मद्दत गर्न नसक्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४५/११/०३  संयुक्त इजलास  २३९४
 पुनरावेदक/ प्रतिवादी : चिरञ्जीवी पनेरुको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : नु.जि. विदूर गा.पं. वा.नं. ५ बस्ने रामकृष्ण भट्टसमेत

(१) कर्तव्य ज्यान जस्तो जघन्य संगीन प्रकृतिको अपराधमा दावी प्रमाणित गर्ने प्रमाणको भार वादी पक्षको नै रहन जाने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३१ - परमादेशयुक्त उत्प्रेषण

 फैसला मिति:२०३५/०३/२१  डिभिजन वेन्च इजलास  ३३९९
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा न.पं. जनकपुर वडा नं. १ बस्ने पशुपति गिरी बिरुद्ध विपक्षी/वादी : कार्य समिति नेपाल चेम्बर अफ कमर्स का.जि.का.न.पं. वडा नं. २२ नेपाल बैंक भवन नं. २ मा अवस्थित नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीहरुको निर्वाचनका निमित्त हाल गठन भई राखेको सोही भवन नं. २ मा अवस्थित सर्व श्री वृजेन्द्रबहादुर बस्नेतसमेत

(१) कुनै संस्थानलाई चलाउन कुनै कानुन बमोजिम स्वीकृति दिने र कानुन बमोजिम संस्थालाई संस्थापित गर्ने दुई अलग अलग कुरा हुन । (प्रकरण नं. ८) (२) कानुनी व्यक्तित्व प्राप्त गर्नको लागि कुनै पनि संघ वा जनसमूह कानुन बमोजिम संस्थापित भएको हुन आवश्यक नहुने । (प्रकरण नं. ९) (३) कुनै पनि राज्यमा तत्काल प्रचलित संवैधानिक कानुन नै मूल कानुन हुने र संवैधानिक कानुन बाहेकका अन्य सबै कानुनहरुको श्रोत संवैधानिक कानुन नै हुने । (प्रकरण नं. ११) (४) संवैधानिक कानुन बमोजिम बनाइएको वा जारी गरिएको ऐन वा नियम वा त्यस्तो ऐन वा नियमद्वारा प्रत्यायोजित अधिकार अन्तर्गत बनाइएको नियम विनियम आदेश सूचना इत्यादिलाई कानुन भन्नु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७३० - उत्प्रेषण

 फैसला मिति:२०४५/११/२९  संयुक्त इजलास  २३९६
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही दुग्रे गा.पं. वडा नं. ७ बस्ने इन्द्रबहादुर पौडेलसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मालपोत कार्यालय सर्लाहीसमेत

(१) आफ्नो निर्णय आफैंले बदर गर्न नसक्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु