विस्तृत खोजी

 
 
 
 
 
      

३२ खोजी नतिजाहरु

निर्णय नं. २३२३ - सवारी दुर्घटना ज्यान

 फैसला मिति:२०४२/०३/२४  डिभिजन वेन्च इजलास  ३००७
 पुनरावेदक/ प्रतिवादी : प्र.ह.कोपिल मणिको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला रुपेन्देही बुटवल.न.पं.वार्ड नं. ९ बस्ने लु.अं.२५३ को बस चालक जनक कुमार श्रेष्ठ ।

दुर्घटना हुन सक्ने स्थितिको ज्ञान हुँदाहुँदै स्पष्टतः लापरवाही एवं हेलचक्र्याई गरी बस हाँकेको देखिन आएकोले निज अपराधिक दायित्वबाट पन्छिन नपाउने । (प्रकरण नं.१७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३२२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०३/१२  डिभिजन वेन्च इजलास  २९३०
 पुनरावेदक/ प्रतिवादी : भू.पु.सहायक मन्त्री लवरुराना थारुको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : कञ्चनपुर वन डिभिजन कार्यालय अन्तर्गत किचाई रेञ्जर कार्यालयका फरेष्टर मानेश्वर मण्डल ।

अभियुक्तहरूले आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु हुनजान्छ भने त्यो व्यक्तिको मृत्यु कालबाट भएको अथवा कुनै अन्य घटना घटी भएको हो भन्ने कुराको शड्ढा रहित तथ्ययुक्त प्रष्ट प्रमाणले समर्थन गराउने जवाफदेही अभियुक्तहरूकै हुनजान्छ, यसमा कुनै शड्ढा र विवाद हुँदैन । यस्तोमा साधारण लरोतरो धुरमुरे प्रमाण प्रस्तुत गरेर अभियुक्तहरूले सफाई पाउने अवस्था पर्दैन। (प्रकरण नं.१०४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३२१ - बहुबिबाह

 फैसला मिति:२०४२/०२/३२  डिभिजन वेन्च इजलास  ७२४४
 पुनरावेदक/ प्रतिवादी : शुवर्णशोभाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं. १० झोछें वानिया चोक बस्ने अशोक कृष्ण बानिया

बा.अं.अ.को निर्णय उपर पुनरावेदन गर्ने अनुमति प्राप्त नहुँदैको अवस्थामा विवाह गरेको देखिँदा वादीले दोश्रोविवाह गरेको कानुन विरुद्ध भयो भन्न मिल्दैन । (प्रकरण नं.१९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३२० - जग्गा खिचोला

 फैसला मिति:२०४२/०३/१८  डिभिजन वेन्च इजलास  २५८७
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वा.नं. २९ लैनचौर बस्ने श्याम बहादुर लामा । बिरुद्ध विपक्षी/वादी : का.न.पं.का साविक प्र.पं.बासुदेव ढुङ्गाना । का.जि.ठमेल बस्ने साविक वा.नं.२१ कायम हुन आएको २९ को सदस्य उर्मिला श्रेष्ठ ।

मुद्दा चल्दा चल्दैको अवस्थामा चार किल्लै नखुलाई विवादित जग्गालाई वादीले आफ्नो नाममा दर्ता गराएको हुँदा उक्त दर्ता दूषित दर्ता देखिएकोले कानुनी मान्यता प्राप्त गर्न सक्ने स्थितिको देखिँदैन । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०३/१९  डिभिजन वेन्च इजलास  २५४८
 पुनरावेदक/ प्रतिवादी : का.जि.नैकाप पुरानो भन्ञ्जाङ,आदर्श गा.पं.वार्ड नं. ८ माल्टार बस्ने भरत प्रसाद गौतम। बिरुद्ध विपक्षी/वादी : विष्णु प्रसाद खनाल, अध्यक्ष, गुठी संस्थान,केन्द्रिय कार्यालय,रामशाह पथ,काठमाडौं । बद्री प्रसाद उपाध्याय,अधिकृत द्वितीय श्रेणी ऐ.ऐ । गुठी संस्थान,केन्द्रिय कार्यालय,रामशाहपथ,काठमाडौं ।

निवेदकले कुनै कानुनको त्रुटि भएको भनी देखाउन सकेको नहुँदा यस्तो अवस्थामा निवेदन जिकिर अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१८ - अंश

 फैसला मिति:२०४२/०३/२१  डिभिजन वेन्च इजलास  २३४५
 पुनरावेदक/ प्रतिवादी : जि.मकवानपुर टिष्टुङ गा.पं.वडा नं. ९ प्रजागाउँ हमर्दिखोला बस्ने ठूलो गोले तामाङ । बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं. ५ बस्ने पुड्के गोले तामाङ

जग्गा स्वआर्जनको भन्ने प्रमाणको अभावमा पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१७ - कर्तव्य ज्यान ।

 फैसला मिति:२०४२/०३/२०  डिभिजन वेन्च इजलास  २१७६
 पुनरावेदक/ प्रतिवादी : दिलमाया कार्कीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : ग.अं.कास्की जिल्ला, कुराती नाचनेचौर गा.पं.वा.नं.१ बस्ने देवीलाल अधिकारी ।

ज्यान लिनु पर्ने सम्मको इवी रहे भएको समेत नदेखिँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं.२०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०३/१८  डिभिजन वेन्च इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : आनन्दकुमार नेपालको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : पाल्पा जि.बुझङ गा.पं.वा.नं. ९ बस्ने जीवन कुमारी नेपाल

प्रहरीमा भएको मेरो कागज सुनी पाएँ, सो मैले भने बमोजिम लेखिएको हो भनी बयान गरेको देखिँदा जिउँदो जन्मेको बालिका मरेको सम्झी गाडेको भन्ने निजको जवाफ मिल्दो देखिन्न । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१५ - जालसाजी

 फैसला मिति:२०४२/०२/१६  डिभिजन वेन्च इजलास  २४०८
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा जनकपुर न.पं.वडा नं. ८ बस्ने वशिष्ट शरण वैष्णव बिरुद्ध विपक्षी/वादी : जि.धनुषा जनकपुर न.पं.वार्ड नं. ८ बस्ने जानकी बल्लभ शरण वैष्णव

कुनै न्यायिक निकायले आफ्नो अधिकारक्षेत्र बाहिरको मुद्दा हेरे छिनेको बदर हुने भएपछि सो परिरहेको मुद्दाबाट फेरि कारवाई किनारा गर्न भनी उक्त मुद्दा अधिकार प्राप्त निकायमा पठाउने व्यवस्था प्रचलित नेपाल कानुनमा भएको पाइन्न । (प्रकरण नं.१७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१४ - उत्प्रेषण

 फैसला मिति:२०४२/०३/०७  डिभिजन वेन्च इजलास  २२५६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला कपिलवस्तू तिलौराकोट गा.पं.वाडा.नं.५ मौजे रुघौला बस्ने अहमद मुसलमान बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने पियारे केवट । भूमि सुधार कार्यालय,कपिलवस्तू तौलिहवाका भू.सु. अधिकृत ज्यू।

जुन कबुलियत कानुन बमोजिम प्रमाणका लागि ग्राहृय हुन सक्दैन त्यस्तो कबुलियत सद्दे कीर्ते के हो भनी निर्णय गराई रहनु पर्ने स्थिति नै पर्दैन । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१३ - पर्चा बदर समेत

 फैसला मिति:२०४२/०२/३१  डिभिजन वेन्च इजलास  २२८०
 पुनरावेदक/ प्रतिवादी : वागमती अंचल नुवाकोट जिल्ला त्रिशुली गा.पं. ८ वडा त्रिशुली बजार बस्ने जोहरण मियाँ । बिरुद्ध विपक्षी/वादी : बागमती अंचल नुवाकोट जिल्ला त्रिशुली गा.पं. ४ वार्ड वगवा बजार बस्ने खड्गमान श्रेष्ठ ।

कुनै व्यक्ति जग्गा चलन गर्न आउँदैमा यो यति कारण एवं आधारमा जग्गा चलन गर्न आएको भनी थाहा हुने स्थिति पर्दैन, जग्गा चलन गर्न आएको कारण एवं आधार पत्ता लगाउनै पर्छ, त्यस्तो पत्ता नलागेसम्म जग्गा चलन गर्न आएको कारण वादीलाई जानकारी हुन सक्दैन । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१२ - दर्ता बदर

 फैसला मिति:२०४२/०२/१६  डिभिजन वेन्च इजलास  २१७२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगर पंचायत वडा नं. ८ बस्ने वशिष्ट जा शरण वैष्णव। बिरुद्ध विपक्षी/वादी : जनकपुर गुठी तहसिल तथा खर्च कार्यालय । जि.धनुषा जनकपुर नगर पंचायत वडा नं. ८ बस्ने जानकी वल्लभ शरण वैष्णव ।

वादी बमोजिमको केही कुरामा फैसला गरी केही कुरा बाँकी राख्न मिल्ने होइन । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३११ - हक कायम समेत

 फैसला मिति:२०४२/०२/३१  डिभिजन वेन्च इजलास  २२२५
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं. ७ गोलमडी बस्ने ज्ञानलाल गोसाई । बिरुद्ध विपक्षी/वादी : भ.पु.न.पं.वार्ड नं. १३ बस्ने मदुसुदन राजोपाध्या । ऐ.ऐ वार्ड नं.८ बस्ने राम कर्माचार्य । ऐ.ऐ वार्ड नं. ११ कलाक्षे बस्ने कृष्णचरण अमात्य । ऐ.ऐ वार्ड नं. ७ गोलाडी बस्ने प्रेम बहादुर पालिखे। ऐ.ऐ बस्ने गणेश दास । ऐ.ऐ बस्ने सुर्य बहादुर । ऐ.ऐ बस्ने गणेश बहादुर । ऐ.ऐ बस्ने टेक बहादुर । ऐ.ऐ वार्ड नं. १३ बस्ने रुद्र भक्त मुलेपती । ऐ.ऐ वार्ड नं. १४ बस्ने काजी बहादुर अमात्य । ऐ.ऐ बस्ने राम भक्त अमात्य । ऐ.ऐ वार्ड नं. १४ हरिभक्त अमात्य । ऐ.ऐ बस्ने वार्ड नं.७ गोकाडी बस्ने ललित बहादुर पालिखे । ऐ.ऐ बस्ने जगत नन्द पालिखे । ऐ.ऐ वार्ड नं.११ बस्ने वालमुकुन्द ।

झुक्याई कबुलियत गराएको भए त्यस्तोलाई ऐनको म्यादभित्र बदर गराउन पर्ने । (प्रकरण नं.१७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३१० - परमादेश

 फैसला मिति:२०४२/०३/१७  डिभिजन वेन्च इजलास  २१९७
 पुनरावेदक/ प्रतिवादी : जि.बर्दिया नेउलपुर गा.पं.वार्ड नं. ४ बस्ने करू थारू बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, बर्दिया । भूमि सधार कार्यालय,वर्दिया । जि.बर्दिया नेउलपुर गा.पं.वार्ड नं. ४ बस्ने विपतराम थारु ।

दाताको नै जब पूर्ण हक स्वामित्व भएको नदेखिए पछि त्यसको जग्गा खरिद गरी लिने भन्ने रिट निवेदकको जग्गामा पूर्ण हक छ भन्न सकिने स्थिति भएन । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३०९ - उत्प्रेषण

 फैसला मिति:२०४२/०३/११  डिभिजन वेन्च इजलास  २३१०
 पुनरावेदक/ प्रतिवादी : का.जि.त्यौड घर भै हाल ल.पु.न.पं.वा.नं. १४ बस्ने सुकुमारी श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय भक्तपुर । ल.पु.न.पं.का उप प्रधान पन्च । का.जि.का.न.पं.वा.नं.३० त्यौडा बस्ने गोविन्द मोहन श्रेष्ठ ।

आफ्नो पतिको नाममा रहेको सम्पत्ति पत्नीमा नामसारी नहुने भन्न मिल्न आएन, अबण्डा रहेको सम्पत्ति भन्ने जिकिर विपक्षीले लिएका छन् तापनि निवेदिकाको नाममा निजको पतिको नामबाट नामसारी गराउँदैमा अंशबण्डामा असर पर्न सक्ने होइन । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३०८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०३/०२  डिभिजन वेन्च इजलास  २१९६
 पुनरावेदक/ प्रतिवादी : रोल्पा गा.पं.वार्ड नं.९ ग्वाहा खोला घर भै हाल जि.का.कारागार शाखा दाङ तुलसीपुर थुनामा रहेको रहेको लाल बहादुर बुढामगर बिरुद्ध विपक्षी/वादी : मनमायाको जाहेरीले श्री ५ को सरकार

स्याल मार्न भरिराखेको बन्दूक साथैमा भएकोबाट तत्काल उठेको रिसको आवेसमा फायर गर्दा मृतकको मृत्यु भएको प्रष्ट देखिन आएको र मार्न पूर्व योजनाबद्ध तरिकाबाट मारिएको भन्ने कर्तव्यबाट देखिन नआएकोले पुनरावेदकलाई अ.बं. ११८ नं. अनुसार कैद वर्ष १० (दश) मात्र लाग्ने गरिदिने ठहर्छ । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३०७ - उत्प्रेषण

 फैसला मिति:२०४२/०२/२७  डिभिजन वेन्च इजलास  २३९१
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी डिभन गा.पं.वा.नं. ८ बस्ने हरिनारायण शाहा । जि.सप्तरी डाढा गा.पं.वा.नं.२ बस्ने दिपेन्द्र कुमार शाहा बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय सप्तरी, राजविराज । जि.सप्तरी डाढा गा.पं.वा.नं.६ बस्ने रामलखन शाहा ।

पेश भएका भर्पाईहरू जग्गाधनीलाई अ.बं. ७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनु पर्नेमा सो समेत विपक्षी कार्यालयले सुनाएको पाइँदैन, अतः विपक्षी कार्यालयले त्यस्तो गैरकानुनी निर्णय गरेको हुँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३०६ - जग्गा खिचोला दर्ता बदर

 फैसला मिति:२०४२/०३/३०  डिभिजन वेन्च इजलास  २२९०
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. १ नक्साल कमलपोखरी बस्ने विश्व राज्यलक्ष्मी । पुनरावेदक/प्रतिवादी:का.जि.का.न.पं.वा.नं. ७ चुच्चेपाटी बस्ने नानु कुमारी रिसाल । बिरुद्ध विपक्षी/वादी : जि.धादिङ्ग जिवनपुर गा.पं.वार्ड नं. ५ बस्ने खिलकुमारी थापा ।

पेटबोलीबाट बुझ्न पर्ने देखी झिकाउने भनी आदेश भई आदेश बमोजिम हाजिर भएका व्यक्तिलाई हाजिर भइसकेपछि अ.बं. १३९ नं. बमोजिम बयान गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३०५ - निषेधाज्ञा

 फैसला मिति:२०४२/०३/२४  डिभिजन वेन्च इजलास  २७६४
 पुनरावेदक/ प्रतिवादी : कोशी अंचल मोरङ जिल्ला विराटनगर नगर पंचायत वडा नं.३ स्थित धनावत बिँडी फैक्टरीका मालिक रतनलाल धनावत बिरुद्ध विपक्षी/वादी : कोशि अंचल मोरङ जिल्ला विराटनगर नगर पंचायत वडा नं. ३ स्थित शिव बिँडी फैक्टरी विराटनगरका स्वामिनन्द किशोर बोहरा

अन्तिम फैसला समेतबाट वादीको हक भइराखेको कुरामा तेरो मेरोको प्रश्न उठी श्री ५ को सरकारमा विचाराधीन रहेको भन्न मिल्ने अवस्था रहँदैन । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३०४ - उत्प्रेषण वा अन्य उपयुक्त रिट आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०३/१०  डिभिजन वेन्च इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : कावरा आधुनिक राइस मिल हनुमाननगर सप्तरीको प्रोपाईटर जिल्ला सप्तरी हनामान नगर गा.पं.वार्ड नं. १ बस्ने सीताराम कावरा बिरुद्ध विपक्षी/वादी : कर कार्यालय, राजविराज । कर विभाग,लाजिम्पाट,काठमाडौं । श्री कर फर्छ्यौट आयोग विघटन भै श्री अर्थ मन्त्रालय,वागदरबार,काठमाडौं ।

असूल गरिसकेको आयकर मिललाई पछिको वर्षहरूमा लाग्ने आयकरमा मिन्हा गरी कानुनबमोजिम गर्नु भनी कर कार्यालय राजविराजका नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु