विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. २३५३ - उत्प्रेषण

 फैसला मिति:२०४२/०४/०७  डिभिजन वेन्च इजलास  २१९५
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा घोरे गा.पं. वडा नं.६ को हाल वडा नं.२ बस्ने सुब्बा सहनी मलाहा बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय पर्सा वीरगन्ज समेत

मोहियानी लगत कट्टा गर्ने सम्बन्धमा भएको कारवाही विषयमा कीर्ते जालसाजी मुद्दा जिल्ला अदालतमा दिएको छु भन्ने उल्लेख गरेको देखिँदा रिट क्षेत्रबाट बोल्न नमिल्ने । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३५२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०३/२५  डिभिजन वेन्च इजलास  २०८१
 पुनरावेदक/ प्रतिवादी : लक्ष्मण तेलीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.नवलपरासी तिलकपुर गा.पं.वा.नं. १८ बस्ने लालचन तेली । ऐ.ऐ बस्ने गुलावचन तेली ।

जाहेरवाला तथा निजका दाजु तथा आमाको विवादास्पद गवाही बाहेक यी प्रतिवादीहरूले नै जाहेरवालाको बाबुलाई कर्तव्य गरी मारेको भन्ने कुनै ठोस सबूद प्रमाण मौजूद भएको मिसिलबाट देखिँदैन । यस स्थितिमा प्रतिवादीले सफाई पाउने । (प्रकरण नं.१६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३५१ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०३/१०  डिभिजन वेन्च इजलास  २१८१
 पुनरावेदक/ प्रतिवादी : भोला हरिजनको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : रुपन्देही जिल्ला पर्सा गा.पं.वा.नं. १ बस्ने मुन्केशर भन्ने मुन्द्रामणिराज हरिजन। ऐ.ऐ बस्ने तिजिया भन्ने तिजकुमारी हरिजन ।

ज्यान जस्तो गम्भीर अपराधमा केवल शंका र अनुमानको आधारमा प्रतिवादीहरूलाई दोषी ठहर्याीउन नमिल्ने । (प्रकरण नं.२२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३५० - हरहिसाब

 फैसला मिति:२०४२/०३/१०  डिभिजन वेन्च इजलास  २४९९
 पुनरावेदक/ प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल इटोल बस्ने दामराज श्रेष्ठको मु.स.गर्ने ऐ.ऐ.बस्ने माधव राज श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार गृह मन्त्रालय, सिंहदरबार

अनिश्चित वादी दावीबाट अदालतले इन्साफ गर्न नमिल्ने हुँदा दावी खारेज हुने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४९ - अदालतको अपहेलना गरेकोमा सजायँ गरिपाउँ

 फैसला मिति:२०४२/०३/०९  डिभिजन वेन्च इजलास  २४३६
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला धरान नगर पञ्चायत वडा नं. ५ बस्ने रमेश कुमार श्रेष्ठ । बिरुद्ध विपक्षी/वादी : धरान नगर पञ्चायतका प्रधानपञ्च धरान । नगर पंचायत कार्यालय सुनसारी । धरान नगर पंचायत सुनसारी ।

अदालतबाट भएको निर्णयबाट जारी भएको परमादेश विपक्षीहरूले उल्लंघन गरे भन्ने निवेदकको जिकिर समर्थित हुन सकेको देखिन आएन । अतः विपक्षीहरूलाई यस अदालतबाट जारी भएको आदेशको अपहेलना गरेमा सजायँ गरिपाउँ भन्ने निवेदकको माग दावी पुग्न नसक्ने। (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४८ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०४/१३  डिभिजन वेन्च इजलास  २५४९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला स्याङजा घर भै हाल काठमाडौंमा रहेका विश्व सन्देश साप्ताहिकका सम्पादक प्रेम नारायण कोइरालाको हकमा देवेन्द्र चुडाल बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय हनुमानढोका काठमाडौं । प्र.जि.अ. जिल्ला कार्यालय काठमाडौं ।

रीतपूर्वकको आदेश जारी गरी थुनुवा पुर्जी समेत दिई थुनामा राखेको कानुन बमोजिमकै देखिँदा रिट निवेदकको निवेदन माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४७ - उत्प्रेषण

 फैसला मिति:२०४२/०४/२४  डिभिजन वेन्च इजलास  २२३३
 पुनरावेदक/ प्रतिवादी : तेर्हरथुम ओयाकजुङ गा.पं.वडा नं. २ बस्ने धर्मानन्द ढकाल बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय तेर्ह थुमका का.मु.भूमि सुधार अधिकारी, तेर्हीथुम । समेत गा.पं. सावला वडा नं.६ बस्ने ज्ञाननाथ सुवेदी । ऐ. वडा नं. ५ बस्ने भीमलाल दुलाल ।

ऋण निश्चित भएपछि निवेदकले भोगबन्धकी लिने साहूलाई कुत बाली बुझाउनु पर्ने होइन। कुत बाली भराउने गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०४/११  डिभिजन वेन्च इजलास  २२३३
 पुनरावेदक/ प्रतिवादी : जि.जुम्ला असिहरा चन्दननाथ गा.पं.वा.नं. २ आचार्ज बस्ने शिवलाल आचार्य बिरुद्ध विपक्षी/वादी : जिल्ला न्यायिक समिति जुम्ला । चनदननाथ गा.पं. न्यायिक समिति जुल्ला । जि.जुम्ला आचार्य गाउँ मध्ये कुलाल वाडा बस्ने कोल्चे कुलाल । ऐ. पटमारा गा.पं. वाता गाउँ वीर बहादुर बुढा ।

अञ्चल अदालतमा मुद्धा चल्दा चल्दैको अवस्था असाधारण अधिकार क्षेत्रको प्रयोग गरी रिट निवेदनमा उपचार प्रदान गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४५ - उत्प्रेषण

 फैसला मिति:२०४२/०३/३१  डिभिजन वेन्च इजलास  २३२८
 पुनरावेदक/ प्रतिवादी : जि. झापा अनारमनी गा.पं.वार्ड नं. ३ देवी बस्ती बिर्तामोड बस्ने भरत बाबु भन्ने सि.के.प्रसाई । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्री परिषद् सचिवालय सिंहदरवार । भूमि सुधार मन्त्रलय,सिंहदरबार ।

दर्ता तिरो भोगाधिकार समेत कुनै प्रकारबाट पनि रिट निवेदनमा उल्लिखित सम्पत्तिमा निवेदकको हकदैया रहेको देखिन नआएकोले त्यस्तो अवस्थामा हक प्रचलनको प्रश्न उठ्न नसक्ने। (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०४/२४  डिभिजन वेन्च इजलास  २१५७
 पुनरावेदक/ प्रतिवादी : जि.महोत्तरी गा.पं.साठा वार्ड नं. २ बस्ने शुभ नारायण सिंह । ऐ.ऐ बस्ने कैलाश प्रसाद सिंह बिरुद्ध विपक्षी/वादी : जि.महोत्तरी मेघनाथ गोरहन्ना गा.पं.वार्ड नं. ७ बस्ने अकलु चौधरी । भू.सु. अधिकारी भुमि सुधार कार्यालय महोत्तरी ।

भू.सु.लागू हुँदाका अवस्था जग्गाधनी कायम रहेका रिट निवेदकहरूका नाउँमा जग्गाधनी नदेखाई सो अवस्थामा जग्गाधनी नरहेकालाई जग्गाधनी देखाई भरेको लगत अनुसार २ नं. अनुसूची प्रकाशित भएको नाताबाट रिट निवेदकहरूका जग्गामा मोही कायम गर्न मिल्ने नदेखिने। (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४३ - कुटपीट

 फैसला मिति:२०४२/०४/०७  डिभिजन वेन्च इजलास  २५३२
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.सांमा गा.पं.वार्ड नं. ६ बस्ने विसु भन्ने विष्णु बहादुर खड्का बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने सानो कान्छा खड्का समेत

घा चोटहरूको एक्सरे नगराउँदैमा मौकामा भएको सो घा जाँच केश फाराममा उल्लिखित घा खतलाई अन्यथा भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.१५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४२ - क्षतिपूर्ति

 फैसला मिति:२०४२/०३/११  डिभिजन वेन्च इजलास  २८५८
 पुनरावेदक/ प्रतिवादी : श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयको सचिव वीरेन्द्रनाथ खुजेली । श्री ५ को सरकार सडक विभागका चि.ई.शिव बहादुर प्रधानाङ्ग । बिरुद्ध विपक्षी/वादी : धादिङ जिल्ला भिरपानी गा.पं.वडा नं. १ मसुरेकोट बस्ने चन्द्रप्रसाद पाण्डे । ऐ.ऐ बस्ने कृष्ण कुमार पाण्डे ।

जग्गाको मुआब्जा वादीले नपाएको अवस्थाको वादी दावी बमोजिम २०३७ सालसम्मको बालीको क्षतिपूर्ति वादीले पाउँदैन भनी ठहर गर्न सकिने अवस्था नरहने । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४१ - उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०३/०९  डिभिजन वेन्च इजलास  २३१८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बारा कलैया न.पं.वा.नं.१० बस्ने वर्ष ४२ को उद्धव प्रसाद तिमिल्सिना । जि. पर्सा लहावर थकरी पञ्चायत वडा.नं. १६ बस्ने वर्ष ४२ को उदयराज उपाध्याय । बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान केन्द्रीय कार्यालय रामशाहपथ, काठमाडौ । गुठी संस्थानका अध्यक्ष विष्णु प्रसाद खनाल । गुठी संस्थान केन्द्रिय कार्यालयको अधिकृत द्वितीय बद्री प्रसाद उपाध्याय ।

दोश्रो स्पष्टीकरण नलिई शुरू विभागीय कारवाई गर्ने अधिकारीबाट भएको त्रुटिपूर्ण निर्णयलाई पछि पुनरावेदन तहबाट लिएको स्पष्टीकरणले नियमित गरेको मान्न नमिल्ने । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३४० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०३/२७  डिभिजन वेन्च इजलास  २६३७
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.छालिङ गा.पं.वा.नं. १ पिखेल बस्ने राम बहादुर खड्का बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्री परिषद् सचिवालय काठमाडौं । श्री ५ को सरकार विशेष प्रहरी विभाग, काठमाडौं। हुलाक सेवा विभाग,काठमाडौं ।

नि.से.नि. को नियम १०.१ बमोजिम विभागीय सजायँ गर्दा उचित र पर्याप्त कारण छ भन्ने कुरा वस्तुगत रूपमा निर्णय पर्चाबाट देखिनु पर्छ । उचित र पर्याप्त कारण छ भन्ने कुरा सजायँ गर्ने निकाय वा अधिकारीलाई लागेर मात्र हुँदैन, त्यस्तै गरी सजायँ गर्ने निकायले उल्लेख गर्न नसकेको कुरा पुनरावेदन सुन्ने निकायले उल्लेख गर्दैमा नियम १०.१ को मनसाय पूर्ति भएको भन्न मिल्दैन । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३३९ - उत्प्रेषण

 फैसला मिति:२०४२/०४/२७  डिभिजन वेन्च इजलास  २३०२
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही गा.पं.चन्द्र नगर वडा नं. ४ बस्ने लक्ष्मी कुमारी प्रधान बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय, सर्लाही,मुकाम जि.सर्लाही मलङ्वा आ.गा.पं. । श्री भूमि सुधार कार्यालय सर्लाहीका भूमि सुधार अधिकारी श्री टंक निधी तिवारी । जि.सर्लाही चन्द्र नगर गा.पं. वडा नं. ५ बस्ने रम औतार वीन ।

अधिकारप्राप्त अधिकारीले मिति ०४१।२।२३ मा गरेको निर्णयमा कुनै कानुनी त्रुटि भएको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३३८ - ज्यान

 फैसला मिति:२०४२/०४/२०  डिभिजन वेन्च इजलास  २३९१
 पुनरावेदक/ प्रतिवादी : प्रहरी चौकी मैना पोखरीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : बर्दिया जिल्ला जमुनी गा.पं.वडा नं. ३ बस्ने देवी लामिछानेसमेत

बालक जन्माई होससम्म नपुर्या्एकोबाट नवजात शिशुको ज्यान मर्न गएकोमा ज्यानसम्बन्धीको ६ नं. बमोजिम प्र.लाई सजायँ गर्ने गरेको इन्साफ मनासिव हुँदा सदर हुने । (प्रकरण नं.२४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३३७ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०४/११  डिभिजन वेन्च इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : श्री वीरगन्ज जितपुर गौशाला अन्तर्गत जि. बारा भवानीपुर जितपुर आर्दश गाउँ पंचायत वा.नं.३ (क) स्थित जितपुर गौशालाको महासचिव वीरगन्ज नगर पंचायत वा.नं. ७ बस्ने चिरन्जीवी सराहणी । बिरुद्ध विपक्षी/वादी : वीरगन्ज चिनी कारखाना लिमिटेड मुकाम वीरगन्ज । मलापोत कार्यालय बारा मुकाम कलैया । गुठी संस्थान बीरगन्ज गुठी तहसिल तथा खर्च कार्यालय मुकान बीरगन्ज ।

एकपटक रीतपूर्वक जग्गाधनी प्रमाणपूर्जा वितरण गरी सकेपछि कर्मचारीको गल्तीबाट सो वितरण गरियो भनी उक्त जग्गाधनी प्रमाणपूर्जा बदर गर्न पाउने अधिकार मालपोत ऐन, २०३४ ले मालपोत कार्यालयलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३३६ - उत्प्रेषण

 फैसला मिति:२०४२/०४/१०  डिभिजन वेन्च इजलास  २३०७
 पुनरावेदक/ प्रतिवादी : भ.पु.न.पं.वडा नं. ८ तिबुक्छे टोल बस्ने जय भक्तलाल मूल । बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय भक्तपुरका मालपोत अधिकृत बासुदेव शर्मा नेपाल । भ.पु.न.पं.वडा नं.५ योछें टोल बस्ने रामकाजी ताल्चा भडेल समेत जवान १६ ।

अधिकारप्राप्त अधिकारीले गरेको निर्णयमा कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३३५ - ०३५।०३६ को घरजग्गा कर

 फैसला मिति:२०४२/०४/०८  डिभिजन वेन्च इजलास  २४१८
 पुनरावेदक/ प्रतिवादी : कर कार्यालय, नेपालगञ्ज बिरुद्ध विपक्षी/वादी : श्री महाकाली मोर्डन राइस मिल प्रा.लि.नेपालगञ्ज

जग्गाको मूल्यांकन आकडाको आधारमा घर जग्गा कर निर्धारण गर्ने गरेको कर कार्यालय नेपालगञ्जको आदेशलाई मनासिव ठहर्याधएको श्री राजस्व न्यायाधीकरण नेपालगञ्जले गरेको फैसला मनासिव देखिँदा मध्य पश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनः कर निर्धारण गर्ने गरेको फैसला बदर हुने । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३३४ - अवैध चरेस

 फैसला मिति:२०४२/०३/३०  डिभिजन वेन्च इजलास  २३९०
 पुनरावेदक/ प्रतिवादी : जि.कस्की वाटुले चौर भै हाल का.जि.का.न.पं.जैसीदेवल कोहीटी डेरा गरी बस्ने देवेन्द्र गुरुङ । बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

सरकारी मुद्दा सम्बन्धी ऐनको अनुसूची १ मा परेको सरकार वादी हुने फौजदारी मुद्दामा प्रहरी तथा स.सर्वोच्च अदालतबाट अनुसन्धान तहकिकातको काम कारवाही हुने कुरा सरकारी मुद्दा सम्बन्धी ऐनले स्पष्ट गरेको छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको व्यवस्थाले प्रहरी तथा स.सर्वोच्च अदालतबाट हुने अनुसन्धान कारवाहीमा बाधा दिन्छ कि भन्नलाई उक्त ऐनको दफा २२ ले नै त्यस्तो अख्तियारी दिएको देखिन्छ । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु