विस्तृत खोजी

 
 
 
 
 
      

३० खोजी नतिजाहरु

निर्णय नं. २७०० - उत्प्रेषण

 फैसला मिति:२०४३/०४/१२  सिङ्गल बेञ्च इजलास  २४०७
 पुनरावेदक/ प्रतिवादी : हाल का.न.पं.वडा नं.२७ केलटोल बस्ने नारायणदास राजबाहक बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चसमेत

(१) मुलतवी राख्न६ पर्ने हो वा होइन भन्ने कुरा यस अदालतको असाधारण अधिकार क्षेत्रको विषयसँग सम्बन्धित देखिँदैन । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९९ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०३/१२  सिङ्गल बेञ्च इजलास  २१३८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.१ बानेश्वर बस्ने श्यामकृष्ण श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबार काठमाडौंसमेत

नि.से.नि., २०२१ को नियम ७.४ बमोजिम निवृत्तभरण पाक्ने अवस्था पुगिसकेको रिट निवेदकलाई नोकरीबाट अवकाश दिन ऐ.नियमावलीको नियम ७.१(३) ले श्री ५ को सरकारलाई अधिकार प्रदान गरेकै देखिन्छ । यसबाट अधिकार क्षेत्रात्मक त्रुटि भएको छ भन्ने रिट निवेदकको जिकिर मनासिब मान्न नसकिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९८ - अंश

 फैसला मिति:२०४३/०४/१९  डिभिजन वेन्च इजलास  २६०५
 पुनरावेदक/ प्रतिवादी : धादिङ जि.नौविसे गा.पं.वडा नं.४ बस्ने श्रीमती केशरकुमारी पाण्डे बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने सरस्वती पाण्डेसमेत

(१) वादी दावी स्वीकार गर्दै प्रतिवाद गरेको हुँदा पिता तथा पतिबाट अंशबण्डा भइसकेको भन्न मिलेन ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९७ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/१०  डिभिजन वेन्च इजलास  २२८२
 पुनरावेदक/ प्रतिवादी : जि.भक्तपुर गा.पं.चागुँ वार्ड नं.५ बस्ने रामबहादुर तामाङ बिरुद्ध विपक्षी/वादी : भू.सु.शाखा, भक्तपुरसमेत

(१) आधिकारिक व्यक्तिबाट विषयगत कारवाई किनारा गर्दा छुट्टाछुट्टै (Seperately) मिसिल खडा गरी विवादको निरोपण गर्नुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९६ - जग्गा खिचोला

 फैसला मिति:२०४३/०४/०६  डिभिजन वेन्च इजलास  २३५४
 पुनरावेदक/ प्रतिवादी : हाल जनकपुर न.पं.वा.नं. १४ बस्ने फुलगेन साहु व्याहुत सुढी समेत बिरुद्ध विपक्षी/वादी : हाल ज.न.पं.वा.नं. १ बस्ने कृष्णदेवी ब्याहुत सुडी

(१) एकपटक सर्वोच्च अदालतबाट भएको अन्तिम फैसलाको आधारमा कारवाही चली तहतह फैसला हुँदै आइसकेको कुरामा फेरि सोही कुराको आधारमा पुनरावेदनको अनुमति प्रदान गर्दा र सो आधारमा पुनः उक्त विवादको विषयमा सर्वोच्च अदालतबाटै विचार गरी निर्णय गर्दा न्यायको निश्चिततामा धक्का पर्न गई न्यायमा अनिश्चितता पर्न आउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९५ - अंश

 फैसला मिति:२०४३/०४/०६  डिभिजन वेन्च इजलास  २२५५
 पुनरावेदक/ प्रतिवादी : काभ्रेपलान्चोक जिल्ला खोपासी गा.पं.वार्ड नं.३ बस्ने तेजप्रसाद भारती बिरुद्ध विपक्षी/वादी : ऐ.ख्याकु बस्ने चेतनाथ भारती

(१) यस अदालतमा उपस्थित हुन आएका विवादको विषयमा यसै अदालतबाट तहकिकात गरी निर्णय गर्दा निर्णयबाट विपरीत असर पर्ने पक्षले एकपटक पनि पुनरावेदन तहबाट विचार भई इन्साफ पाउने मौलिक हकबाट समेत बञ्चित हुन जाने भएकोले सो गर्नु न्यायोचित देखिन नआएको विवादको विषय यसै अदालतबाट इन्साफ दिन नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९४ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/२०  डिभिजन वेन्च इजलास  २२२१
 पुनरावेदक/ प्रतिवादी : जि.सर्लाही सेखौना गा.पं.वा.नं. ७ बस्ने वर्ष ४५ को धरीछन महतो कोइरीसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय, सर्लाहीसमेत

(१) भू.सु.का.बाट निवेदकहरूको नाममा तामेल भएको म्याद बुझी सही गरेको समेत देखिएबाट थाहा नपाएको भनी प्राकृतिक न्याय सिद्धान्त विपरीत निर्णय भएको भन्ने जिकिर कानुनसंगत मान्न मिलेन । (प्रकरण नं. १०) (२) आफ्नो हकप्रति सजक नरहनेलाई अदालतले सहयोग गर्न सक्तैन । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९३ - अंश

 फैसला मिति:२०४३/०३/२३  डिभिजन वेन्च इजलास  २३२७
 पुनरावेदक/ प्रतिवादी : अभिटाव गा.पं.वडा नं.७ इन खेरिया बस्ने अब्दूल मजिद शेख सैरुनिस्साको मु.स.गर्ने वर्ष ४१ को अकरम हुमेन शेष बिरुद्ध विपक्षी/वादी : जि.कपिलवस्तु विजुवा गा.पं.वार्ड नं. ५ बस्ने अब्दुल सलिम उर्फनोट शेषसमेत

(१) हक लाग्ने भए राजीनामाहरूमा हाम्रो पनि हक लाग्ने भनी उजूर गरी बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/१२  डिभिजन वेन्च इजलास  २१५८
 पुनरावेदक/ प्रतिवादी : राजविराज न.पं.वार्ड नं. ४ बस्ने मालती सिंह बिरुद्ध विपक्षी/वादी : श्री मालपोत कार्यालय राजविराज सप्तरीसमेत

(१) उजूरी तथा निवेदन मालपोत कार्यालयमा पर्न आएपछि दुवैपक्षबाट पेश हुन आएका कागज प्रमाणहरूको छानबीन गरी हेरी ऐन बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०२/०८  डिभिजन वेन्च इजलास  २३१५
 पुनरावेदक/ प्रतिवादी : जि.हुम्ला सिमिकोट गा.पं.वार्ड नं. ५ बस्ने देवीबहादुर रोकाया बिरुद्ध विपक्षी/वादी : जिल्ला कार्यालय हुम्लाको प्रमुख जिल्ला अधिकारीसमेत

(१) पुनरावेदनको तहको बाटो नअपनाई रिट क्षेत्रमा प्रवेश गरेको देखिँदा प्रस्तुत रिट निवेदनमा विचार गर्नु नपर्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६९० - लेनदेन

 फैसला मिति:२०४३/०४/१३  डिभिजन वेन्च इजलास  २७३५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भोजपुर गा.पं.वडा नं.४ बस्ने ध्यानबहादुर राई बिरुद्ध विपक्षी/वादी : जि.मोरङ रंगेली गा.पं.वडा नं.७ बस्ने बखतबहादुर खड्का

(१) कुनै शर्त नभई राजीनामा सरहको लिखित भनी लिखतमै उल्लेख गरेको चुक्ता राजीनामाको लिखत भएको देखिएको समेतका कारणबाट यसलाई सामान्य शर्तनामा मात्र हो भन्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८९ - निर्णय बदर

 फैसला मिति:२०४३/०४/२८  डिभिजन वेन्च इजलास  २३८८
 पुनरावेदक/ प्रतिवादी : जनकपुर नगर पञ्चायत वडा नं.९ बस्ने पल्टन यादव बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने देवनारायण महतोसमेत

(१) अञ्चल अदालतको निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा निवेदन दिएको हुनपर्नेमा पुनरावेदकले सिधै पुनरावेदन पेश गरेको र म.क्षे.अ.ले त्यस्तो पुनरावेदनबाट कारवाही गरी निर्णय समेत गरेको देखिँदा त्यस्तो पुनरावेदन फैसला गरेको म.क्षे.अ.को निर्णय त्रुटिपूर्ण देखिँदा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८८ - कीर्ते जालसाजी

 फैसला मिति:२०४३/०४/१६  डिभिजन वेन्च इजलास  २४९८
 पुनरावेदक/ प्रतिवादी : जि.सुनसरी भवानी गा.पं.वार्ड नं. ३ बस्ने बेचु साहुतेली बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं. ४ बस्ने रामप्रसाद साहुतेलीसमेत

(१) विशेषज्ञको रायलाई प्रमाणमा लिनको लागि राय दिने विशेषज्ञलाई साक्षी सरह बकपत्र गराई उक्त रायलाई समर्थन गराउन आवश्यक पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८७ - अंश

 फैसला मिति:२०४३/०४/१४  डिभिजन वेन्च इजलास  २२९२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही पिपरिया गा.पं.वार्ड नं. ३ बस्ने अकली यादवनी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने पाँचु राय

(१) तायदाती दाखिल नभएको अंश मुद्दामा जिल्ला अदालतले छिने उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८६ - विष खुवाई मारेको ज्यान

 फैसला मिति:२०४३/०२/१६  डिभिजन वेन्च इजलास  २९६१
 पुनरावेदक/ प्रतिवादी : हाल जिल्ला कार्यालय कारागार शाखा त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेकी रेशममाया थापा मगर्नी बिरुद्ध विपक्षी/वादी : तेजबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) प्र.को र मृतकको बीचमा पहिलेदेखि मुद्दा परी निजहरू पहिलेदेखिको झगडीया पनि भएको देखिएको र मृतक र अभियुक्तहरू बीचमा बारम्बार घरायसी झगडा पनि भइरहेको देखिन आएका र प्र. गाउँ घरकी अशिक्षित महिला हुनुको साथै निज मृत्युको परिणाम यस्तो हुन्छ भन्ने कुराको साथै आवेशमा आएर मृतकलाई मार्नमा षडयन्त्र गरेको देखिन आएको साथै प्र. ६५ वर्षकी बृद्ध आइमाईलाई जन्मकैद गर्दा चर्को हुन जाने र ६५ वर्षकी महिलालाई ५ वर्षको अवधि नै निजको लागि सजायँ पर्याप्त हुने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८५ - उत्प्रेषण मिश्रित परमादेश लगायतका उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/२१  डिभिजन वेन्च इजलास  २५७१
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.३० तलाछी टोल बस्ने बुद्धिरत्नष तुलाधर बिरुद्ध विपक्षी/वादी : श्री ५ को सकार अर्थ मन्त्रालय मालपोत विभाग बबरमहल, काठमाडौंसमेत

(१) विभागीय परिपत्रले कानुनको रुप लिन्छ भन्न मिल्दैन कानुनमा प्रष्ट व्यवस्था भएको अवस्थामा सोही बमोजिम न्यायिक अथवा अर्धन्यायिक निकायले निर्णय गर्नुपर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८४ - लिखत दर्ता बदर

 फैसला मिति:२०४३/०४/०७  डिभिजन वेन्च इजलास  २७०९
 पुनरावेदक/ प्रतिवादी : वीरगञ्ज नगर पञ्चायत वडा नं.६ बस्ने कृष्णकुमारी भन्ने चेतकुमारी शाह बिरुद्ध विपक्षी/वादी : जिल्ला झापा अर्जुनधारा गा.पं.वडा नं.४ बस्ने लेखनाथ गुरागाइसमेत

(१) अधिकारविहिन व्यक्तिबाट भएको राजीनामा लिखत र सोही आधारबाट भएको दर्ता समेत बदर गर्नुपर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८३ - उत्प्रेषण, परमादेशयुक्त प्रतिशेध वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/२७  डिभिजन वेन्च इजलास  २५५०
 पुनरावेदक/ प्रतिवादी : श्री कान्ती राज्यलक्ष्मी पुस्तकालयका तर्फबाट अधिकार प्राप्त अध्यक्ष जिल्ला दैलेख नारायण गा.पं.वा.नं.६ जाजरकोट बस्ने बीरबहादुर थापा बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला पञ्चायत दैलेखसमेत

(१) अधिकार क्षेत्रको अभावमा पुस्तकालय बन्द गर्ने गरेको प्रत्यर्थी जिल्ला पञ्चायत दैलेखको बैठकको निर्णय र सो निर्णयको आधारमा पुस्तकालय बन्द गर्न लेखेको जिल्ला कार्यालय दैलेखको आदेश तथा काम कारवाई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८२ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/२७  डिभिजन वेन्च इजलास  २२८७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी हलखोरिया गा.पं.को हकमा उक्त गा.पं.का प्रधानपञ्च राय एकवाल बिरुद्ध विपक्षी/वादी : जलेश्वर न.पं.वार्ड नं. १ बस्ने विल्टु महेत्तरीसमेत

(१) कानुनको त्रुटि गरी फैसला र आदेश गरेको देखिन नआएको हुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २६८१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४३/०४/१७  डिभिजन वेन्च इजलास  २२७१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रौतहट प्रेमपुर गौनाही गा.पं.वा.नं. बस्ने मुखाहजरा दुसादसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय रौतहटसमेत

(१) चेला छोरालाई छोराको परिभाषा भित्र पर्छ भन्न कानुन व्याख्या सम्बन्धी ऐनले मिल्ने देखिँदैन । (प्रकरण नं. १०) (२) भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) ले चेला छोराले मोही हक प्राप्त गर्न सक्ने व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. १०) (३) ऐनले छोरा भनेकोमा चेला छोरालाई छोरा भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु