विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. २४१५ - अंश दपोट

 फैसला मिति:२०४२/०६/१४  डिभिजन वेन्च इजलास  २२२३
 पुनरावेदक/ प्रतिवादी : बारा जिल्ला फत्तेपूर गा.पं.वडा नं. २ बस्ने देवदत्त पन्त । बिरुद्ध विपक्षी/वादी : काभ्रेपलाञ्चोक जिल्ला पञ्च कुमारी गा.पं.वडा नं. ३ बस्ने रोहिणी प्रसाद पन्त । वागमती अञ्चल काभ्रेपलाञ्चोक जिल्ला हाल विर्ता देउराली गाँउ पंचायत वडा नं.६ बाटो गैर बस्ने रोहिणी प्रसाद उपाध्याय ।

अंशबण्डाको २१ नं. को आधारमा वादी दावी लाग्न नसक्नेमा त्यस्तो दावी भएको फिरादपत्रबाट तहकिकात इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४१४ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०६/०७  डिभिजन वेन्च इजलास  २९९८
 पुनरावेदक/ प्रतिवादी : नु.जि.गाउँ खर्क गा.पं.वडा नं. ७ वोल गाउँ बस्ने उक्त पञ्चायतका प्र.पं.नसिर तामाङको हकमा ऐ. ऐ. बस्ने निजको छोरा अशोक तामाङ बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी नायव उपरीक्षक कार्यालय, हनुमानढोका, काठमाडौं । अंचल प्रहरी उपरीक्षक,कार्यालय मुकाम हनुमानढोका काठमाडौं । प्रहरी महानिरिक्षक दिल बहादुर लामा मुकाम प्रहरी प्रधान कार्यालय,नक्साल,काठमाडौं।

भए गरेको कारवाहीमा भिन्नता देखिन आएकोले सो नजीर लागू हुन सक्ने स्थिति देखिन आएन । (प्रकरण नं.१२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४१३ - बन्दी–प्रत्यक्षीकरण

 फैसला मिति:२०४२/०३/१२  डिभिजन वेन्च इजलास  २२३४
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा वधवन्ना गा.पं. वडा नं.३ वधवन्ना घर भै हाल शंकर सेरैयामा डेरा गरी बस्ने हाल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनुवामा बसेको भोजुवा भन्ने भोजा खवास । बिरुद्ध विपक्षी/वादी : पर्सा जिल्ला अदालत । मध्यामाञ्चल क्षेत्रीय अदालत,काठमाडौं ।

ठूलो सजायँ निवेदकले भुक्तान गरी सकेपछि मात्र कानुनी हक हनन् हुने कुराको हकको सिर्जना हुने । (प्रकरण नं.८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४१२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१६  डिभिजन वेन्च इजलास  २२२३
 पुनरावेदक/ प्रतिवादी : जि.पर्सा वसडिलवा गा.पं.वडा नं. ८ रत्नपुर बस्ने हुकुम मियाँ बिरुद्ध विपक्षी/वादी : भू.सु.का. पर्साका भू.सु.अ. । पर्सा जि.वि.नगर पंचायत वडा नं.१० बसने नुर कुमारी पाण्डे ।

मोही सम्बन्धी हक भू.सं.ऐन, २०२१ को दफा २६(१) ले व्यवस्था गरे बमोजिमको शर्तको अधीनमा रही प्राप्त हुने भोगाधिकार हो । मोहीको मृत्युपछि निजको मोही सम्बन्धी हक समाप्त हुन्छ र दफा २६ (१) ले गरे मुताविकको प्रकृया पूरा गरेपछि यो हक निजको पति, पत्नी वा छोराहरूमा पुनः स्थापना हुने हो । यस्तो हकलाई स्वतः पति, पत्नी वा छोराहरू मध्येमा सर्ने हक हो भन्न मिल्दैन । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४११ - ज्यान

 फैसला मिति:२०४२/०५/१०  डिभिजन वेन्च इजलास  २२६०
 पुनरावेदक/ प्रतिवादी : जि.काभ्रेपलान्चोक फलामेटार गा.पं. वार्ड नं.७ घर भै जि.का.का. शाखा काठमाडौंमा थुनामा रहेको धन बहादुर मुलन तामाङ बिरुद्ध विपक्षी/वादी : शिव प्रसाद तिमिल्सिनाको जाहेरीले वादी श्री ५ को सरकार

मृतकलाई मार्ने सल्लाह गरी मर्नेको घरमा गई झ्याल ढुङ्गाले तोडी कुटपीट गरेकोबाट प्र.अभियुक्तहरूको मार्ने मनसाय थिएन भन्न मिलेन । (प्रकरण नं.३६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४१० - ज्यान

 फैसला मिति:२०४२/०३/०७  डिभिजन वेन्च इजलास  २३८१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पाल्पा गा.पं. वराङदी वा.नं.६ खरिपानी घर भै हाल जिल्ला कार्यालय कारागार शाखा पाल्पा तानसेनमा कैदमा बसेको चंखे भन्ने मुक्तिराम घिमिरे । जिल्ला पाल्पा वराङदी गा.पं.वा.नं.४ सिल्टुङ डाडा घर भै हाल कारागार शाखा पाल्पामा थुनामा रहेका गणेश प्रसाद भट्टराई । ऐ. वा.नं.६ नारडांडा घर भै ऐ मा थुनामा राहेकी कान्ति कुमारी बस्याल । बिरुद्ध विपक्षी/वादी : कान्ति कुमारीको जाहेरीले श्री ५ को सरकार ।

सासू बुहारी बीच मनमुटाव भई व्यवहारिक कारणले मारी देउसम्म भनेको घटनास्थलमा उपस्थित नरहेको अवस्था देखिँदा प्र.लाई १३(४) बमोजिम सजायँ गर्दा चर्को हुने हुँदा अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं.२१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०९ - उत्प्रेषण

 फैसला मिति:२०४२/०६/०८  डिभिजन वेन्च इजलास  १९६०
 पुनरावेदक/ प्रतिवादी : जि.सप्तरी गा.पं. तरही वार्ड नं. ७ हाल देउरी गा.पं.वार्ड नं. ७ बस्ने अमोली साहुतेली बिरुद्ध विपक्षी/वादी : सगरमाथा अञ्चलाधीश । पू.क्षे.अ. धनकुटा । देउरी गा.पं. को प्रधानपंच । ऐ.को उपप्रधान पंच । ऐ.गा.पं. वार्ड नं. ९ को अध्यक्ष । ऐ. वडा नं.८ को अध्यक्ष । ऐ. वार्ड नं.८ बस्ने घुराई साहु तेली । ऐ. वडा नं.७ बस्ने हजारी साहू । ऐ.गा.पं.को सचिव ।

आफूलाई अधिकारै नभएको गुठीको विषयमा हस्तक्षेप गरी सञ्चालक समिति गठन गर्ने गरेको अञ्चलाधिश कार्यालयको निर्णय अधिकारक्षेत्र विहिन भएको हुँदा उत्प्रेषण्को आदेशद्वारा बदर हुने । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०८ - दर्ता बदर

 फैसला मिति:२०४२/०६/२४  डिभिजन वेन्च इजलास  १९६६
 पुनरावेदक/ प्रतिवादी : नु.जि. भैरवी गा.पं.वार्ड नं. ४ पाटी पानी बस्ने बद्रीनाथ अनाथ बिरुद्ध विपक्षी/वादी : नु.जि.मदानपुर गा.पं.वार्ड नं. २ बस्ने प्रेमराज खरेल । ऐ. चतुराले गा.पं.वार्ड नं.८ बस्ने प्रेम दिप थपलिया ।

दर्ता भएको एकाको दर्ता बदर गराउनलाई विशेष अदालतको क्षेत्राधिकार भित्र नपरी सम्बन्धित जि.अ.को क्षेत्राधिकार भित्र पर्ने । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०७ - कीर्ते

 फैसला मिति:२०४२/०६/१६  डिभिजन वेन्च इजलास  २२३५
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.दुवाकोट गा.पं.वडा नं. ४ बस्ने राम प्रसाद न्यौपाने । ऐ.ऐ बस्ने राम प्रसाद न्यौपाने बिरुद्ध विपक्षी/वादी : जि.इलाम फिकल गा.पं.वडा नं. २ बस्ने देवकी नेपाल । ऐ.ऐ बस्ने अर्तिमाया नेपाल । जि.झापा पाराखोपी हाल अर्जुन ध्वज गा.पं.वडा नं.२ बस्ने मोहन बहादुर पाण्डे । ऐ.ऐ बस्ने हरि बहादुर ढकाल । ऐ.ऐ बस्ने तोप कुमारी थापा ।

जीवितै रहे भएपछि र उक्त अधिकृत वारेसनामालाई स्वीकार गरेपछि उक्त वारेसनामा कीर्ते जालसाजी हो भन्ने समेत हकदैया नभएको भनी गरेको निर्णय मनासिव ठहर्छ । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०६ - उत्प्रेषण

 फैसला मिति:२०४२/०५/१९  डिभिजन वेन्च इजलास  २००१
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा कुर्था गा.पं.वडा नं. ९ बस्ने सत्यनारायण मण्डल धानुक बिरुद्ध विपक्षी/वादी : जिल्ला भूमि सुधार कार्यालय धनुषाका का.मु.भूमि सुधार अधिकारी । जिल्ला धनुषा जनकपुर नगर पंचायतवडा नं.२ बस्ने पद्म कुमारी राणा

९० प्रतिशत भन्दा घटी कुत धरौट राख्ने मोहीलाई अधिकारप्राप्त अधिकारीले निवेदकलाई मोहीबाट निष्काशन गरी बाली समेत भराई दिने गरेको निर्णयमा कुनै त्रुटि देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०५ - हकसफा

 फैसला मिति:२०४२/०५/०७  डिभिजन वेन्च इजलास  २४२९
 पुनरावेदक/ प्रतिवादी : भोजपुर बास्तिम गा.पं.वार्ड नं. ४ बस्ने तिलक बहादुर राई बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने पथ्थरमान राई

हकसफा गर्ने सम्बन्धमा लेनदेन व्यवहारको ११ नं. मा व्यवस्था भए अनुरूप नजिकको हकवालाले किनेकोमा सन्धिसर्पन पर्ने भए पनि टाढाका हकवालाले निखन्न पाउँदैन भनी प्रष्ट किटानी व्यवस्था भएको पाइने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०४ - अदालतको अपहेलना

 फैसला मिति:२०४२/०५/२३  डिभिजन वेन्च इजलास  २४७५
 पुनरावेदक/ प्रतिवादी : जि.बझाङ चैनपुर गा.पं.वा.पं.१ बस्ने ऐ. गा.पं.को सचिव गणेश बहादुर सुनार। बिरुद्ध विपक्षी/वादी : पुष्पराज के.सी.को जाहेरीले श्री ५ को सरकार

न्यायाधीशको काम, कर्तव्य र आचरणको, चरित्रमा आघात पर्ने गरी सार्वजनिक रूपमा बोल्ने, लेख्ने अथवा पम्पलेटिङ गर्ने कार्यले अदालतको मानहानी हुँदैन भन्नु युक्तिसंगत हुन आउँदैन । (प्रकरण नं.१५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०३ - उत्प्रेषण

 फैसला मिति:२०४२/०५/१०  डिभिजन वेन्च इजलास  २२९६
 पुनरावेदक/ प्रतिवादी : धा.जि.केवलपुर गा.पं.वार्ड नं. ३ वितलव बस्ने मंगलनाथ कवर बिरुद्ध विपक्षी/वादी : धादिङ जिल्ला कार्यालयका प्रमुख जिल्ला अधिकारी । धा.जि.केवलपुर गा.पं.वार्ड नं.२ को उप प्रधानपञ्च खेम नाथ कोइराला । ऐ.ऐ वार्ड नं.४ बस्ने जुन कवरनी

आफ्नो अधिकार भन्दा बाहिर गई गरेको धादिङ जिल्ला कार्यालयको काम कारवाही मुलुकी ऐन अ.बं. ३५ नं. समेतले अनधिकृत देखिन आएकोले रिट निवेदकलाई मृतक ठुलीको कृया गर्नेछु भन्ने समेत जिल्ला कार्यालय धादिङबाट गराएको कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०२ - कर्तव्य ज्यान

 फैसला मिति:२०४२/०४/१८  डिभिजन वेन्च इजलास  २२५४
 पुनरावेदक/ प्रतिवादी : डिल्लीराम उपाध्यायको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : लुम्बिनी अंचल गुल्मी जिल्ला कुरकोट बग्ला गा.पं.वा.नं. ४ बस्ने मनी कुमारी पन्थी ।

आफूले जिउँदो बच्चा मार्नमा संयोग पारिदिएको मृतकको जिउमा हात हालेको जस्ता कार्य गरेको देखिँदैन । यस्तो अवस्थामा निजलाई ज्यानसम्बन्धी महलको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको इन्साफ केही उल्टी गरी प्र.लाई आफूले जन्माएको बच्चा ज्यान मार्नमा मतलबमा पसेको ठहर्या ई ज्यानसम्बन्धी महलको १७(३) अन्तर्गत ३ वर्षको कैदको सजायँ गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव नै देखिने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०१ - उत्प्रेषण

 फैसला मिति:२०४२/०४/०८  डिभिजन वेन्च इजलास  २१४९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बाँके नेपालगञ्ज सदर लाइन स्थित कनौडिया इन्टरप्राइजेज फर्मको प्रो.ऐ. बस्ने सन्तोष कुमार कनौडिया बिरुद्ध विपक्षी/वादी : महा निर्देशक, कर विभाग, काठमाडौं । कर कार्यालय,नेपालगनज

उल्लिखित कानुनी व्यवस्था अनुसारको प्रकृया पूरा गरी नगरेकोमा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २४०० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१३  डिभिजन वेन्च इजलास  २००८
 पुनरावेदक/ प्रतिवादी : पर्सा जि.अ.वीरगन्जका डिठ्ठा कैलाश प्रसाद भट्टराई बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालत । नारायणी अञ्चल अदालत(गठित बढुवा समिति हेटौंडा) रौतहट जि.अ.का डिठ्ठा बारा जि.अ.को रिक्त ना.सु.पदमा सिफारिश गरिएका उद्धव प्रसाद गौतम।

नियमले उजूर गर्न पाउने अन्य उपचारको व्यवस्था भएकोमा सो मार्गको अवलम्बन नगरी पर्न आएको रिट निवेदनबाट असाधारण अधिकारक्षेत्र प्रयोग गरी हेर्न नमिल्ने । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९९ - उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१३  डिभिजन वेन्च इजलास  ३०७३
 पुनरावेदक/ प्रतिवादी : लमजुङ चिति घर भई हाल नारायाणी अंचल अदालतमा कार्यरत डि.माधव राज विष्ट बिरुद्ध विपक्षी/वादी : माननीय मुख्य न्यायाधीश, मध्यमाञ्चल क्षेत्रीय अदालत । पर्सा जिल्ला अदालतमा कार्यरत डि.कैलाश प्रसाद भट्टराई । निजामती किताबखाना हरिहर भवन पुल्चोक । बढुवा समिति मुकाम नारायणी अंचल अदालत । रौतहट जिल्ला अदालतमा कार्यरत डि.उद्धव प्रसाद गौतम ।

२०३७।३।२८ देखि स्थायी डिठ्ठा पदमा नियुक्ति भएपछि ना.सु.पदमा बढुवाको लागि उम्मेदवार हुन २०४०।३।३१ सम्म रिट निवेदक ३ वर्षसम्म डिठ्ठा पदमा काम गरी सकेको देखिन आउँछ, यस्तो स्थितिमा निजामती किताबखानाको पत्रको आधारमा तीन वर्ष पुग्ने र सो को आधारमा ना.सु.पदको लागि सम्भाव्य उम्मेदवार हुन नसक्ने भनी गरेको निर्णय कानुन विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं.१३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९८ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१३  डिभिजन वेन्च इजलास  २५४२
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं.वडा नं. ७ चावेल भगवान थान बस्ने मान बहादुर तापीको हकमा निजकी श्रीमती कान्छी तामाङ्ग बिरुद्ध विपक्षी/वादी : बागमती अञ्चल प्रहरी कार्यालय, हनुमानढोका, काठमाडौं । गौशाला प्रहरी लाईन,गौसाला । जिल्ला कार्यालय,काठमाडौं।

सार्वजनिक सुरक्षा ऐन अन्तर्गत सोही ऐनको दफा ३(१) को खण्ड (ख) को कुरामा विरोध पर्न जाने कामबाट रोक्न निवेदकलाई नजरबन्दमा राख्ने आदेश दिई थुनामा रहेकोलाई गैरकानुनी थुनामा राखेको भन्न सकिने स्थिति नहुने । (प्रकरण नं.१४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९७ - उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१०  डिभिजन वेन्च इजलास  २३५१
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वडा नं. ११ बलखु चिवाखा बस्ने आफुलाल अवाले बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ मंगल बजारस्थित ललितपुर नगर पञ्चायत कार्यालय । ऐ.ऐ वडा नं.७ पिलाछें बस्ने आशामाया अवाल्नी ।

नगर पञ्चायत समक्ष लोग्ने स्वास्नीको १(क) नं.अन्तर्गत परेको निवेदनमा सो ऐन अनुसार कारवाही गर्नु पर्ने । (प्रकरण नं.९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २३९६ - बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४२/०६/१०  डिभिजन वेन्च इजलास  २३१९
 पुनरावेदक/ प्रतिवादी : जि.काठमाडौं साँखु पुखलाछी गा.पं.वार्ड नं.१ घर भई हाल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा बसेको रंगनाथ अर्ज्येल बिरुद्ध विपक्षी/वादी : जिल्ला कारागार भक्तपुर । जिल्ला का.का.शाखा काठमाडौं ।

जरिवाना र बिगो वापतमा ऐन बमोजिम कैद ठेकी थुनामा रहेको हुँदा गैरकानुनी थुनामा रहेको भन्ने नदेखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन । (प्रकरण नं.१०)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु