विस्तृत खोजी

 
 
 
 
 
      

२५ खोजी नतिजाहरु

निर्णय नं. ४५९६ - परमादेश

 फैसला मिति:२०४९/०६/२९  एकल इजलास  ३०१०
 पुनरावेदक/ प्रतिवादी : स्याङ्जा जिल्ला खिलुड्ड देउराली गा.वि.स. वा. नं.७ बस्ने खोम शर्मा उपाध्याय बिरुद्ध विपक्षी/वादी : स्याङ्जा जिल्ला अदालतसमेत

(१) कानुन बमोजिमको म्याद व्यतित भइसकेपछि अख्तियारी नभएको अड्डा अदालतले निवेदकको म्याद थामी पुनरावेदन दर्ता गर्ने सम्बन्धमा कुनै कारवाही नगर्दैमा त्यसबाट निवेदकको कुनै मौलिक हक हनन् भयो भन्न नमिल्ने । (प्रकरण नं. ५) (२) कुनै देखा देखी कानुनी त्रुटि देखिन नआएको हुनाले रिटनिवेदन माग बमोजिम विपक्षहरुबाट लिखितजवाफ मगाई रहन नपर्ने । (प्रकरण नं. ५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५९५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४९/०७/०२  संयुक्त इजलास  २४४२
 पुनरावेदक/ प्रतिवादी : हरिप्रसाद श्रेष्ठको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : पाँचथर सल्लेरी गा.वि.स. वा.नं.७ बस्ने वासुदेव न्यौपानेसमेत

(१) किटानी जाहेरी दर्खास्त, लास प्रकृति मुचुल्का, अख्तियार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीहरुको बयान, सरजमीन मुचुल्का समेतका प्रमाणबाट निज प्रतिवादीहरुले खुकुरी प्रहार गरी मृतकलाई मारेको प्रमाणित हुन आएको हुनाले निजहरुलाई ज्यानसम्बन्धीको १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको जिल्ला अदालतको निर्णय मनासिब ठहराएको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्रकरण नं. २९) (२) प्रतिवादीहरुलाई सजायँ गर्दा अपराधको मात्रालाई ध्यान दिनु पर्ने हुन्छ अपराधको मात्रा निर्धारण गर्नमा प्रतिवादीहरुको अपराध मनसायले गहन भूमिका खेल्ने समेत हुन्छ । अतः प्रतिवादीहरुको मृतकलाई मार्ने सम्मको मनसाय भएको देखिन नआएको स्थितिमा निजहरुलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा १० वर्ष मात्र कैद गर्नु पर्ने भनी शुरु र पुनरावेदन अदालतबाट व्यक्त भएको राय समेत मनासिब ठहर्ने । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५९४ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४९/०६/२५  संयुक्त इजलास  २४५६
 पुनरावेदक/ प्रतिवादी : जि.का. कारागार शाखा काठमाडौंमा थुनामा बस्ने हिरामान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : तनहुँ जिल्ला अदालतसमेत

(१) जबरजस्ती करणी मुद्दामा लागेको कैद भोगी रहेको अवस्थामा कैदबाट भागेपछि डाँका ज्यान मुद्दामा फैसला भई सजायँ भएको भन्ने जिल्ला अदालतको लिखितजवाफबाट देखिएको हुँदा सो मुद्दामा लागेको कैद ठूलो खतमा गाभिन्छ भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५९३ - परमादेश मिश्रित उत्प्रेषण जारी गरी पाउँ

 फैसला मिति:२०४९/०५/१५  संयुक्त इजलास  २५३९
 पुनरावेदक/ प्रतिवादी : महान्यायाधिवक्ताको कार्यालयमा ना.सु.केशवप्रसाद बास्तोलासमेत बिरुद्ध विपक्षी/वादी : मन्त्रिपरिषद्समेत

(१) कर्मचारीले नियम बमोजिम पाउने तलब रकमबाट निजहरुको इच्छा प्रतिकूल तत्सम्बन्धी विद्यमान कानुनी व्यवस्थाको अभावमा नै नागरिक लगानी कोषको नामबाट तोकिएको रकम कट्टी गरेको, सो रकम निजहरुले माग गर्दा भुक्तानी समेत नदिएको न्यायसंगत देखिन नआउँदा निवेदकहरुको तलबबाट उक्त कोषको नाममा कट्टी गरेको रकम फिर्ता दिनु दिलाई दिनु भनी परमादेशको आदेश जारी हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५९२ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४९/०७/२६  संयुक्त इजलास  ६३११
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा पर्सामा थुनामा रहने देवनन्दन महतो कोइरीको हकमा सेवक दास तत्मा बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रशासन कार्यालय, कारागार शाखा पर्सासमेत

(१) आरोपित कसूर गरेको प्रमाण तत्काल विद्यमान भए नभएको आधारमा थुनामा राखी मुद्दाको पूर्पक्ष गर्नु पर्ने । (प्रकरण नं. १४) (२) निवेदक उपर ज्यानसम्बन्धी महलको १७(२) नं.अन्तर्गत ज्यान मार्न संयोग पारी दिएको भन्ने अभियोग लगाई मुद्दा चलाएको देखिएको तर सो संयोग पारिदिने यो यस्तो कार्य निवेदकले गरेको, यो यस्तो तत्काल प्राप्त प्रमाणबाट देखिएको भन्ने शुरु जिल्ला अदालतको आदेशमा उल्लेख भएको नदेखिंदा उक्त आदेश कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १४) (३) निवेदकको के कस्तो कार्यबाट मृतकको ज्यान मार्नमा संयोग परेको भन्ने उल्लेख नभएको जाहेरी दर्खास्तलाई आरोपित कसूर गरेको देखिने तत्काल प्राप्त प्रमाण मान्न कानुनसंगत हुने नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५९१ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४९/०५/२४  संयुक्त इजलास  २२८२
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा, स्याङजामा थुनामा रहेको कर्णबहादुर खाण बिरुद्ध विपक्षी/वादी : स्याङजा जिल्ला अदालतसमेत

(१) रिट क्षेत्रबाट ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा तथ्यमा प्रवेश गरी सबूद प्रमाणको मूल्यांकन गरी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) मुद्दाको पूर्पक्षको लागि थुनामा रहेको अवस्थामा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा बदर गर्दै जाने हो भने तल्लो तहका अदालतबाट कानुन अनुरुप भएका आदेशको औचित्य नै नरहने हुँदा प्रस्तुत विषयमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५९० - अवैध रुपैयाँ भारतीय रुपैयाँ निकासी तथा कारोवार

 फैसला मिति:२०४९/०५/२२  संयुक्त इजलास  २७१०
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वा.नं.३१ बस्ने कमलकुमार गर्ग बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार राजश्व अनुसन्धान महाशाखा

(१) अभियोगबाट सफाई पाउनु पर्ने भन्ने कुराको सबूद कानुनी व्यवस्था अनुसार प्रतिवादीले गुजार्न नसकेको भनी कसूरदार कायम गर्न मिल्ने हुँदैन । अभियोग प्रमाण वादी पक्षबाट आउनै पर्दछ अभियोग प्रमाणित हुने प्रमाणको अभाव छ भने सबूद दिने दायित्व भएको प्रतिवादीले सफाईको सबूद दिन नसकेको भनी अभियोग प्रमाणित गर्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८९ - उत्प्रेषण

 फैसला मिति:२०४९/०७/१२  संयुक्त इजलास  २५१२
 पुनरावेदक/ प्रतिवादी : धनुषा जिल्ला हुलाक कार्यालयका खरिदार काशिकान्त मिश्र बिरुद्ध विपक्षी/वादी : जि.सर्लाही वयलवास इलाका हुलाक कार्यालयमा कार्यरत रामाशिष शाह

(१) अर्धन्यायिक निर्णय गर्ने कार्य अन्य अधिकारीको राय विचारलाई समर्थन गर्ने कार्य नभई निर्णयकर्ता स्वयंले न्यायिक विवेक प्रयोग गरी न्याय र कानुनका मान्य तौर तरीका बिधि पुर्यासएर निष्कर्षमा पुग्नु पर्ने । (प्रकरण नं. १०) (२) टिप्पणी प्रकृतिका निर्णय प्रशासनिक कार्यसंग सम्बन्धित विषयमा हुन्छ, यस्तो प्रकृतिको प्रशासकीय निर्णय प्रशासनिक नीति निर्देशन समेतको आधारमा समेत गर्न सकिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८८ - हक सफा

 फैसला मिति:२०४९/०७/२६  संयुक्त इजलास  ३५३८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं.१० बानेश्वर बस्ने सविता श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.प.जि. उग्रचण्डी नाला गा.पं. वा.नं.१ बस्ने धर्मध्वज भण्डारी

(१) आफू कुन किसिमले लेनदेन व्यवहारको ११ नं.अन्तर्गत निखन्न पाउने व्यक्ति हो, कुन किसिमले सन्धीसर्पन पर्ने व्यक्ति हो र सो सम्बन्धमा निखन्न पाउन अ.बं. ८२ नं.बमोजिम निजको उजूरी लाग्ने हो भन्ने कुरा समेत खुलाउँदै नखुलाएकोमा उजूरी दर्ता गरी कारवाही किनारा गर्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४९/०७/०२  संयुक्त इजलास  २४१३
 पुनरावेदक/ प्रतिवादी : झापा कारागारमा रहेको टंकप्रसाद रिजाल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) प्रतिवादी पुनरावेदकले खुकुरी जस्तो जोखिम हतियार प्रयोग गरी सोही प्रहारबाट लागेको चोटबाट थला परी सेप्टीक भई मृत्यु भएको मिसिल संलग्न प्रमाणबाट देखिंदा प्रतिवादीले ज्यानसम्बन्धीको १३ (१) को अपराध गरेको ठहर्यातएको मनासिब ठहर्ने । (प्रकरण नं. २१) (२) प्रतिवादीको मृतकलाई मार्नेसम्मको मनसाय निहित रहेको नभई रिसको आवेगमा आफ्नो साथमा रहेको खुकुरीले खुट्टामा प्रहार गरेको देखिएको र सो खुकुरीले काटेको घाउ सेप्टिक भएको कारणबाट मृत्यु भएको देखिन आयो । अतः उक्त परिप्रेक्ष्यमा घटित अपराधलाई ध्यानमा राख्दा निजलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिंदा अ.बं. १८८ नं.बमोजिम १० वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. २२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८६ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४९/०७/२६  संयुक्त इजलास  २६२५
 पुनरावेदक/ प्रतिवादी : श्री पशुपती सोप इण्डष्ट्रिज (प्रा.)लि. को अधिकार प्राप्त कर्मचारी भृगुनाथ प्रसाद श्रीवास्तव बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार विराटनगर भंसार कार्यालय

(१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) ले पुनरावेदन गर्न पाउने निकायबाट प्राप्त हुने उपचार अपर्याप्त वा प्रभावहिन मान्न मिल्ने अवस्था छैन । पुनरावेदनद्वारा प्राप्त हुने उपचार प्रभावी र पर्याप्त हुने । (प्रकरण नं. ९) (२) महसूल तिर्ने कुरा सक्षम निकायको निर्णय वा आदेश बमोजिम हो । अधिकार प्राप्त निकायले लगाएको महसूल तिर्नु पर्ने कारणबाट पुनरावेदन निकायमा पुनरावेदन नदिने सर्वोच्च अदालतको असाधारण क्षेत्र अन्तर्गत रिट दिने संविधानको धारा ८८ (२) को मनसाय होइन । (प्रकरण नं. ९) (३) पुनरावेदन अदालत कानुनद्वारा संस्थापित निकाय हो र यसबाट प्राप्त हुने उपचार अपर्याप्त वा प्रभावहीन मान्न नसकिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८५ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४९/०७/२७  संयुक्त इजलास  २६०२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सिंचाई कार्यालय, धनकुटामा कार्यरत वैद्यनाथ साह बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयसमेत

(१) वैकल्पिक उम्मेदवारले नियुक्ति पाउने शर्त योग्यतम उम्मेदवारले नियुक्ति नलिएको अवस्थामा मात्र हो । निवेदक वैकल्पिक उम्मेदवार भएको र मूल उम्मेदवारले नै नियुक्ति लिइसकेपछि निवेदकको यसबाट कुनै पनि कानुनी वा संवैधानिक हक हनन् भएको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८४ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४९/०७/०३  संयुक्त इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी नैनही गा.वि.स. वा.नं.२ बस्ने कैलास मिश्र बिरुद्ध विपक्षी/वादी : महेन्द्र संस्कृत विश्व विद्यालय केन्द्रीय कार्यालय, दाङसमेत

(१) उपप्राध्यापक पद नै नरहेकोमा प्रकाशित विज्ञापनको सूचनाले भ्रम पर्न जाने अवस्था देखिन आएको छ तापनि पद नै नरहेको अवस्थामा निवेदकको नाम उपप्राध्यापक पदमा निकाल्न नमिल्ने । (प्रकरण नं. ९) (२) जाँच दिँदैमा सो पदमा कसैको नियुक्तिको अधिकार नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८३ - उत्प्रेषण

 फैसला मिति:२०४९/०७/१६  संयुक्त इजलास  २५२६
 पुनरावेदक/ प्रतिवादी : महान्यायाधिवक्ताको कार्यालयको का.मु. सहायक न्यायाधिवक्ता तेजबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालयसमेत

(१) बढुवा पाउने हक प्रचलनको लागि रिटनिवेदन दिनु भएको हो त्यो हक रिट निवेदकले रा.प. द्वितीय श्रेणीमा बढुवा पाइसकेकोबाट रिट निवेदकको सो हक प्रचलन गराउनु पर्ने अवस्था बाँकी नरहेको हुँदा रिटनिवेदनको औचित्यमा प्रवेश गरी निर्णय गरी रहन नपर्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८२ - उत्प्रेषण

 फैसला मिति:२०४९/०७/१९  संयुक्त इजलास  २४५६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं.१६ पकनाजोल बस्ने चन्द्रकुमार भट्टराई बिरुद्ध विपक्षी/वादी : कृषि मन्त्रालयसमेत

(१) बेरुजु कायम भई तिर्नु बुझाउनु पर्ने निर्णय भएको कुरा निवेदकले समयमै थाहा पाई स्पष्टीकरण पनि दिएको र राष्ट्रिय पञ्चायत आर्थिक समितिबाट २०४३ सालमा नै भएको निर्णय र सो को अनुसरण गरी गरिएको कारवाही बदर गराउन निवेदक २०४६।६।१५ मा मात्र यस अदालतमा रिटनिवेदन दिन आएको छ । २०४३ सालमा नै निजको हकमा आघात पुगेको अवस्थामा निवेदक चनाखो भई समयमा आफ्नो हक प्रतिस्थापनको लागि आउनु पर्ने । (प्रकरण नं. १०) (२) आफ्नो हक प्रति चनाखो भई कानुनी उपचारको खोजीमा नलागेका रिट निवेदकलाई ढिलो गरी पर्न आएको रिटनिवेदनबाट विलम्बको सिद्धान्तको आधारमा पनि उपचार दिने अवस्था नहुने। (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८१ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४९/०७/०३  संयुक्त इजलास  २६३८
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वा.नं.२७ त्यौडटोल बस्ने चैत्यनारायण डंगोल बिरुद्ध विपक्षी/वादी : भूमि सुधार कार्यालय, काठमाडौंसमेत

(१) कानुनी प्रक्रिया पूरा नगरी कुनै व्यक्तिको हक हनन् गर्ने अधिकार कुनै पनि निकायलाई प्राप्त नहुने । (प्रकरण नं. १२) (२) कानुन बमोजिम मोहियानी हकको प्रमाणपत्र समेत प्राप्त गरेको मोहीलाई बिना कुनै कानुनी कारवाही र निर्णय मोहियानी हकबाट बन्चित गर्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५८० - कर्तव्य ज्यान

 फैसला मिति:२०४९/०६/२६  संयुक्त इजलास  २५७१
 पुनरावेदक/ प्रतिवादी : विश्वनाथ खनालको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विराटनगर न.पं. वा. नं.२ बस्ने उद्धवकुमार पुडासैनी

(१) मृतकले आफ्नो मृत्युको कारणको सम्बन्धमा मृत्यु पूर्व होस छँदै व्यक्त गरेको बयान, लास प्रकृति मुचुल्का समेतबाट मृतकको मृत्यु प्रतिवादीहरुले आगो लगाई दिएबाट नै भएको देखिन आएको हुनाले प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको अञ्चल अदालतको फैसला सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिने । (प्रकरण नं. ३३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५७९ - उत्प्रेषण

 फैसला मिति:२०४९/०५/३१  संयुक्त इजलास  २६९६
 पुनरावेदक/ प्रतिवादी : जि.स.गा.पं. गमरिया वा. नं.९ मा बस्ने प्रदिप राय दोनबार भन्ने प्रदिप सिंह दनुवार बिरुद्ध विपक्षी/वादी : जि.स.,गा.पं.गमहरिया वा.नं.७ बस्ने वीरेन्द्रकुमार सिंह दनुवारसमेत

(१) अदालतबाट चलन पुर्जी पाए पश्चात दाखिल खारेज गराउन मालपोत कार्यालयमा जाँदा उक्त कार्यालयको टिप्पणीबाट जग्गाहरु लिलाम भइसकेको थाहा पाई रिटनिवेदन दर्ता हुन आएको देखिएबाट अनूचित विलम्ब गरी आएको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) अदालतबाट मुद्दा चल्दा चल्दैको स्थितिमा विवादित जग्गाहरु लिलाम गर्ने अधिकार कसैलाई हुँदैन । यस्तो स्थितिमा मालपोत कार्यालयले मुद्दा विचाराधीन रहेको समयमा जग्गाहरु लिलाम गरेको त्रुटिपूर्ण देखिन आएको हुनाले लिलाम उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५७८ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४९/०५/०३  संयुक्त इजलास  २७७०
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा विराटनगरमा थुनामा रहेको धनबहादुर थापा बिरुद्ध विपक्षी/वादी : मोरंग जिल्ला अदालतसमेत

(१) मुद्दा हेर्ने निकाय जिल्ला अदालतबाट कानुन बमोजिम लाग्न सक्ने दण्ड जरिवानाको लागि माग भए बमोजिमको धरौट वा जमानत दिन नसकी थुनामा बसेको स्थितिमा बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज हुने ठहराएको पुनरावेदन अदालतको निर्णय मिलेकै देखिंदा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४५७७ - बन्दीप्रत्यक्षीकरण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४९/०४/१९  संयुक्त इजलास  २५७९
 पुनरावेदक/ प्रतिवादी : केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको बुद्धराज तामाङ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयसमेत

(१) कैदको सुविधाका लागि सिफारिश सम्म कारागार कार्यालयले गर्न सक्ने । (प्रकरण नं. १५) (२) कारागारको सिफारिश नै बन्धनकारी नहुने । (प्रकरण नं. १५) (३) निर्दिष्ट अवधिको कैद मिन्हा पाउने भन्ने कुरा कैदी या थुनुवाको अधिकारको कुरा होइन । यो केवल खास आधारमा कैदीलाई प्रदान गर्ने सुविधा सम्म हो जो दण्डको सिद्धान्तद्वारा अभिप्रेरित रहेको हुन्छ जुन सुविधा मलाई दिइएन भन्ने निवेदन जिकिर मनासिब भन्न मान्न नमिल्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु