विस्तृत खोजी

 
 
 
 
 
      

३१ खोजी नतिजाहरु

निर्णय नं. ३५६६ - लेनदेन

 फैसला मिति:२०४५/०७/३०  संयुक्त इजलास  २४०४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बर्दिया पातभार गा.पं.वा.नं.९ बस्ने मणिराम थारु बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने प्रतापबहादुर शाह

दावीको सबै कुरामा ठहर नगरी आंशिक रुपमा ठहर गरेकै आधारमा सो लिखतलाई सद्दे कायम गरी सो लिखतबाट भरी पाउने ठहर्याकएको मुलुकी ऐन, अ.बं.८४(क) नं. विपरीत देखिन आएकोले शुरु र क्षे.अ.को इन्साफ बदर हुने । दावीका सबै कुरामा कानून बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर गर्नु पर्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६५ - जिउमास्ने बेच्ने

 फैसला मिति:२०४५/०७/१७  संयुक्त इजलास  २३५१
 पुनरावेदक/ प्रतिवादी : जि.बाँके फत्तेपुर गा.पं.वडा नं.१ बस्ने राजनन्दन भन्ने नन्को पाण्डे बिरुद्ध विपक्षी/वादी : श्यामकुमारीको जाहेरीले श्री ५ को सरकार

(१) आफूलाई लगाइएको अपराध गरेकोमा इन्कार रही आफू देखाइएको वारदातमा गाउँघरमै नभई बर्दियामा नोकरी गरी बसेको भनी देखाई बयान गरेकोमा निजका साक्षीहरुले निजको सो इन्कारी बयान समर्थित हुने गरी बयान गरेको देखिन आएकोले शंकारहित तवरबाट प्रतिवादीले वादी दावी बमोजिम अपराध गरेको भनी ठहर गर्न नसकिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६४ - करकापसंग कागज गराए बदर गरी पाउँ

 फैसला मिति:२०४५/०७/१७  संयुक्त इजलास  २५९४
 पुनरावेदक/ प्रतिवादी : जि.वैतडी शिवलिङ गा.पं.वा.नं.७ बस्ने हर्कबहादुर साउद बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने धनसिंह साउदसमेत

(१) मिलापत्रको कुराहरुमा प्रहरी ऐन नियमले प्रहरीलाई कागज गराउने र जिल्ला कार्यालयले समेत मिलापत्र गराउन लेखी पठाउने अधिकारक्षेत्र भित्रको नदेखिएकोले विपक्षी प्रहरी समेतले अड्डाको काम कारवाहीको सिलसिलामा प्रहरी ऐन नियम भित्र रही काम कारवाही गरेको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) प्रहरी समेतले गरेको काम कारवाही अड्डाको काम कारवाहीको सिलसिलामा भए गरेको नदेखिएकोले अ.बं.२९(८) बमोजिम यो फिराद अञ्चल अदालतमा लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६३ - अंश

 फैसला मिति:२०४५/०७/१०  संयुक्त इजलास  २३५२
 पुनरावेदक/ प्रतिवादी : का.प.जि.दाप्चा पुरानागाउँ गा.पं.वा.नं.१ बस्ने रामभक्त श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.दाप्चा श्रेत्रवास गा.पं.वा.नं.२ बस्ने सुमित्रादेवी श्रेष्ठ

(१) नाता सम्बन्धको विवाद उत्पन्न भएपछि त्यस्तो विवाद भएको मुद्दामा जिल्ला अदालतबाट फैसला हुँदा तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(ख) ले जिल्ला अदालतको फैसला उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएकोबाट शुरु जि.अ.ले फैसलाको तपसील खण्डमा इन्साफमा चित्त नबुझे अञ्चल अदालतमा पुनरावेदन गर्न जानु भनी सुनाएको नाताबाट अं.अ.मा परेकै भए पनि त्यस्तो पुनरावेदन उक्त व्यवस्था बमोजिम आफ्नो कार्यक्षेत्र भित्र नपरेपछि सम्बन्धित क्षेत्रीय अदालतमा पठाई दिनु पर्नेमा खाली प्रतिवादीले वादीसित विवाह भएको कुरा स्वीकारेको भनी आफ्नो क्षेत्राधिकार भित्र पर्ने भनी शुरु इन्साफ सदर गरी गरेको अं.अ.को र सो फैसलामा पुनरावेदन गर्ने अनुमति प्रदान नगरेको म.क्षे.अ.को निर्णय कानून बमोजिमको नहुँदा बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६२ - उत्प्रेषण

 फैसला मिति:२०४५/०६/२०  संयुक्त इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : जि.बाँके खासकुस्मा गा.पं.वा.नं.बस्ने इन्द्रकुमारी हमाल बिरुद्ध विपक्षी/वादी : बाँके जिल्ला अदालत स्थित निर्वाचन विशेष अदालत जि.न्या.फणिन्द्र दत्त शर्मासमेत

(१) निर्वाचन अपराध तथा सजायँ ऐन, २०२४ को दफा १४(२) अन्तर्गत उजूरी दिएकोमा निर्वाचन विशेष अदालतले सो उजूरीमा कारवाही गरी मतगणना सम्बन्धित कागजातहरु आफैं हेरी कानून बमोजिम ठहर गरेको देखिन आएकोले निर्वाचन विशेष अदालतका न्यायाधीशलाई दोहोरो मतगणना गर्ने अधिकारै नभएको अधिकार ग्रहण गरी अनाधिकार फैसला गरेको भन्ने निवेदकको निवेदन जिकिर कानूनसंगत नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६१ - उत्प्रेषण

 फैसला मिति:२०४५/०६/२०  संयुक्त इजलास  २३६२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.२४ वटुटोल घर भई ऐ.वा.नं.२५ इन्द्रचोक दोकान गरी बस्ने गोपाल चित्रकार बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत, काठमाडौंसमेत

(१) जुन फैसलाको आधारमा वादीको चलन चलाउने कारवाही चलाइएको छ सो फैसलाबाट निवेदकको हक हनन् भएको भए सो फैसलामा कानून बमोजिम उजूर गर्नु पर्ने सो गरेको समेत निवेदन लेखाईबाट नदेखिएकोले यो निवेदनबाट माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५६० - अंश दपोट

 फैसला मिति:२०४५/०६/११  संयुक्त इजलास  २३९२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.१३ कालिमाटी बस्ने पूर्णबहादुर रोक्काको मु.स.गर्ने भरतबहादुर रोक्का बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने मु.स.गर्ने मनहरी रोक्का

(१) बण्डा गर्नुपर्ने आफ्नो जानकारीमा रहेको जग्गाहरु आफूले दिएको तायदातीमा देखाउनु पर्ने । (प्रकरण नं. १५) (२) आफूले आफ्नो जानकारीमा रहेको सम्पत्तिको तायदाती नदिई मोहिहक लेखिएको जग्गा कानुनी व्यवस्था बमोजिम बण्डा नलाग्ने सम्झी सोही व्यहोरा देखाई दिएको तायदातीमा नदेखाएको कारणबाट दवाउने नियतले दपोट गरेको भन्न न्यायसंगत नदेखिने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५९ - उत्प्रेषण

 फैसला मिति:२०४५/०६/१९  संयुक्त इजलास  २४११
 पुनरावेदक/ प्रतिवादी : महोत्तरी सिस्वाकटैया गा.पं.को प्रधानपन्च महेन्द्रराय यादव बिरुद्ध विपक्षी/वादी : अञ्चलाधीश, जनकपुर अञ्चलाधीश कार्यालय जलेश्वरसमेत

(१) आर्थिक सहायता दिने भनी गरिएको गा.पं.को निर्णयउपर अञ्चलाधीश समक्ष परेको निवेदनमा गा.पं.लाई अधिकार नभएको भनी गा.पं.को निर्णयलाई बदर गर्ने गरी अञ्चलाधीशबाट निर्णय पर्चा भएकोमा उक्त गा.पं.ले गरेको निर्णयउपर अञ्चलाधीशले निर्णय गर्न पाउने कानूनमा व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १४) (२) अञ्चलाधीशले गरेको निर्णय पर्चामा कुन कानून अन्तर्गत निर्णय पर्चा गरिएको सो प्रष्टरुपमा पर्चाबाट नदेखिएबाट क्षेत्राधिकार विहीन अञ्चलाधीशले गरेको निर्णय पर्चा कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५८ - उत्प्रेषण

 फैसला मिति:२०४५/०८/०५  संयुक्त इजलास  २७४५
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.३२ डिल्लीबजार बस्ने इन्दीरा थपलिया बिरुद्ध विपक्षी/वादी : श्री कर्मचारी संचयकोष सुन्धारा, काठमाडौंसमेत

(१) मिति २०४३।११।३ मा दिएको सूचना मिति २०४३।११।१० मा बुझेपछि मिति २०४४।६।२ मा मात्र रिट निवेदन दर्ता भएको देखिएबाट समयमा नै यस अदालतमा प्रवेश गरेको भन्न सकिएन, यसरी विलम्ब गरी रिट क्षेत्रमा प्रवेश गरेको उचित कारण समेत निवेदकबाट खुल्न नसकेको अवस्थामा मुद्दाको तथ्यसमेत सबै कुरा विचार गर्दा अनुचित विलम्बको आधारमा समेत निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न उपयुक्त नदेखिने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५७ - उत्प्रेषण

 फैसला मिति:२०४५/०७/३०  संयुक्त इजलास  २३५२
 पुनरावेदक/ प्रतिवादी : का.जि.दहचोक गा.पं.वा.नं.९ बस्ने काजिमाज तामाङ बिरुद्ध विपक्षी/वादी : थानकोट प्रहरी थानाको कार्यालय, काठमाडौंसमेत

जग्गा सम्बन्धमा कागज गराउने अधिकार प्रहरीलाई नभएको । यसरी अधिकार विहिन निकायबाट त्यस्तो कागज गराएको भए स्वतः नै बदर हुने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५६ - उत्प्रेषण

 फैसला मिति:२०४५/०७/३०  संयुक्त इजलास  २१३७
 पुनरावेदक/ प्रतिवादी : वीरगंज न.पञ्चायत वार्ड नं.१३ बस्ने वर्ष ३४ को सुनिल चन्द्र वर्मा बिरुद्ध विपक्षी/वादी : इन्धन संस्थान, केद्रीय कार्यालय, काठमाडौंसमेत

(१) कुनै कर्मचारीलाई विभागीय कारवाही गर्दा विभागीय सजायको आदेश दिन पाउने अधिकारीको चित्तमा निजलाई सफाईको सबूद दिन मनासिब माफिकको मौका दिंदा अव्यवहारिक हुन्छ भन्ने लागेमा पर्चा खडा गरी त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन वा बर्खास्त गर्न सक्नेछ भन्ने व्यवस्था भएबमोजिम पहिले नियम ३६(ग) अनुसार सजायँ गर्दा निजको आचरणमा सुधार नआई पुनः बदनियत तथा बेइमानी गरेको कारणले पछि नियम ६२(ग) को अधिकार प्रयोग गरी पर्चा खडा गरी हटाएकोलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ८) (२) इन्धन संस्थान नियमहरुको नियम १४(२) अनुरुप गयल रहेको कारणले नियम ३६ ले दिएको अधिकार प्रयोग गरी नियम ६२(ग) अनुसार महाप्रबन्धकले पर्चा खडा गरी गरेको निर्णयउपर निवेदकले पुनरावेदनको व्यवस्था छैन भने पनि नियम ४१ ले ३५ दिनभित्र सञ्चालक समितिमा पुनरावेदन दिन पाउने वैकल्पिक उपचारको बाटो भएको अवस्थामा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ९) (३) तथ्यलाई लुकाई सफा हात नलिई अदालतमा प्रवेश गर्नेलाई अदालतले सहयोग गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५५ - अंश

 फैसला मिति:२०४५/०७/१८  संयुक्त इजलास  २६६२
 पुनरावेदक/ प्रतिवादी : जि.स्याङ्जा, गणेशपुर गा.पं., वार्ड नं. ४ बस्ने गोबर्धन क्षेत्रीको मु.स.गर्ने लालबहादुर खत्री क्षेत्री बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने दलबहादुर खत्री क्षेत्री

(१) अंश मुद्दामा वादीले तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरे बमोजिम गर्नुपर्ने । (प्रकरण नं. ११) (२) कानूनमा भए गरेको व्यवस्था अनुरुप वादीले तारेख गुजारे पनि अदालतले कानून बमोजिम ठहर फैसला गर्नुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५४ - उत्प्रेषण

 फैसला मिति:२०४५/०६/२३  संयुक्त इजलास  २३८६
 पुनरावेदक/ प्रतिवादी : विराटनगर न.पं.वार्ड नं. ३ बस्ने शिवबहादुर कार्कीसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरबार समेत

(१) पत्रिकाको प्रकाशनलाई निलम्बन गर्नसक्ने अधिकार नपाएको श्री ५ को सरकारले नियमित रुपमा प्रकाशित भइरहेको पत्रिकालाई सूचना विभागमा प्रकाशित अंकहरु नियमित रुपमा पठाइएन भन्दैमा प्रकाशन निलम्बन गर्न पाउने अधिकार स्वतः नै नरहने प्रष्ट भएको हुँदा श्री ५ को सरकारले निवेदकको पत्रिका प्रकाशन निलम्बन गर्ने गरिदिएको आदेश त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५३ - उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०६/२३  संयुक्त इजलास  २३२९
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.८ बस्ने इश्वरमान मानन्धर बिरुद्ध विपक्षी/वादी : शिक्षा तथा संस्कृति मन्त्रालयसमेत

(१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.३(६) तथा ३.३(७) को व्यवस्था एउटै समूहको लागि मात्र बनेको र एक समूहबाट अर्को समूहमा जान फर्म भर्नुपर्ने भएकोले दर्खास्त दिनुपर्ने । (प्रकरण नं. १२) (२) बढुवा समितिले सम्भाव्य उम्मेदवार नबनाएको भनी सूचना दिएकोमा सो समितिलाई नै विपक्षी नबनाई दिएको प्रस्तुत रिटमा निवेदकको माग बमोजिम आदेश दिन नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५२ - उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०५/३०  संयुक्त इजलास  २६२९
 पुनरावेदक/ प्रतिवादी : वारा देवापुर गा.पं.वा.नं.८ बस्ने रामलोचन राउत अहिरसमेत बिरुद्ध विपक्षी/वादी : वारा, देवापुर गा.पं.वार्ड नं. ८ बस्ने चनर जोतिया अहिरनीसमेत

(१) तथ्यलाई लुकाई एवं भ्रमात्मक तवरले बंग्याई पेश गरिएको प्रस्तुत निवेदमा निवेदकले सफा हात लिई अदालतमा प्रवेश गरेको नदेखिएको र यस्तो कपटपूर्ण निवेदनमा अदालतबाट सहयोग गरिनु न्यायोचित समेत नहुँदा माग बमोजिमको आदेश दिनु कानूनसंगत नदेखिने । (प्रकरण नं. १०) (२) सर्वोच्च अदालतबाट कानून बमोजिम गर्नु भनी आदेश निर्णय आदेश भइसकेको कुरामा रिट क्षेत्रबाट हेरेको भनेर त्यस आदेशलाई उल्टाउने गरी हेर्ने संवैधानिक प्रक्रिया बमोजिम दोहराई हेर्ने वा आदेश गर्ने इत्यादी कुनै कुरा गर्न नमिल्ने । (प्रकरण नं. १०) (३) विशेष जाहेरी विभाग मार्फत कानून बमोजिम गर्नु भनी हुकुम प्रमाङ्गी भइसकेको कुरालाई तथ्यभित्र पसेर यस इजलासले हेर्न मिल्ने अवस्था नभएको । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४५/०६/१८  संयुक्त इजलास  २२६०
 पुनरावेदक/ प्रतिवादी : जि.वारा लक्ष्मीपुर कोतवाली गा.पं.वा.नं.५ बस्ने सवेना अन्सारीसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी भू.सु.का.बारासमेत

(१) साविक मोही परलोक भएपछि निज स्वास्नी छोराहरुले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गत मोही नामसारी गरिपाउँ भनी निवेदन उजूरी दिएपछि उक्त कानूनको प्रकृया अपनाई कारवाही गर्नुपर्ने अनिवार्य देखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५५० - अंश

 फैसला मिति:२०४५/०६/१७  संयुक्त इजलास  २७४१
 पुनरावेदक/ प्रतिवादी : गोमा खत्रीको मु.स.गर्ने ल.पु.न.पं.वा.नं.२ बस्ने लक्ष्मी सिलवाल बिरुद्ध विपक्षी/वादी : ल.पु. गोदामचौर गा.पं.वा.नं.७ बस्ने गोविन्द खत्री भन्ने गोविन्दबहादुर खत्री

(१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने । (प्रकरण नं. ९) (२) मुद्दा चल्दाचल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने । (प्रकरण नं. ९) (३) बकसपत्र विवादास्पद स्थितिमा रहेको अवस्थामा मुद्दा सकार गर्न नपाउने भन्ने आधारमा मुद्दा खारेज गर्ने गरेको मिलेको नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५४९ - उत्प्रेषण लगायत उपयुक्त आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४५/०६/०६  संयुक्त इजलास  २५५७
 पुनरावेदक/ प्रतिवादी : वीरगंज न.पं.वा.नं.१३ बस्ने नग नारायणप्रसाद कलवार बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला न्यायाधीश, रौतहट जिल्ला अदालतसमेत

कुनै व्यक्तिको हक हित विरुद्ध निर्णय गर्दा त्यस्तो फैसला गर्नु पूर्व सो सम्बन्धमा आफ्नो सफाईको लागि सबूद पेश गर्न मौका दिनु प्राकृतिक न्यायको सिद्धान्त हो । प्राकृतिक न्याय सिद्धान्त विपरीतको फैसला बदरयोग्य हुने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५४८ - निषेधाज्ञा

 फैसला मिति:२०४५/०६/०४  संयुक्त इजलास  २३५६
 पुनरावेदक/ प्रतिवादी : का.जि.लायकु गा.पं.वा.नं.७ बस्ने राजबहादुर महर्जन बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला कार्यालय काठमाडौंसमेत

(१) भत्केको घरलाई पुनः मर्मत सम्म गरेकोलाई नयाँ निर्माण गरेको भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३५४७ - जग्गा खिचोला दर्ता बदर हक कायमसमेत

 फैसला मिति:२०४५/०४/२६  संयुक्त इजलास  २७२६
 पुनरावेदक/ प्रतिवादी : हे.न.पं.वा.नं.९ बस्ने कर्णबहादुर बल तामाङ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने दिलशोभा बाबु

(१) रजिष्ट्रेशन पारित नभएको घरसारको लिखतबाट अचल सम्पत्ति जग्गाको हक स्वामित्व हस्तान्तरण हुन नसक्ने । (प्रकरण नं. १६) (२) रजिष्ट्रेशन पारित नभएको छोडपत्रको लिखतको आधारमा विवादको जग्गाको दर्ता कायम हुने ठहर्यारएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु