विस्तृत खोजी

 
 
 
 
 
      

२० खोजी नतिजाहरु

निर्णय नं. १०३६३ - उत्प्रेषण / प्रतिषेध

 फैसला मिति:२०७६/०३/२२  संयुक्त इजलास  १४८९०
 पुनरावेदक/ प्रतिवादी : हरिनारायणको नाति टिकाप्रसादको छोरा झापा जिल्ला भद्रपुर न.पा. वडा नं.७ बस्ने गणेशप्रसाद चापागाँई बिरुद्ध विपक्षी/वादी : भद्रपुर नगरपालिकाको कार्यालय, झापा, भद्रपुरसमेत

तहतह हुँदै बिक्रीबाट अन्य व्यक्तिमा हक हस्तान्तरण भई गएको जग्गा न्याय निरूपण गरी फिर्ता गराउने अधिकारक्षेत्र न्यायिक समितिलाई रहेको देखिँदैन । साथै दाबीको जग्गाको स्वामित्व नै नरहेको व्यक्तिलाई छलफल गर्न झिकाई मेलमिलापको प्रक्रियाद्वारा विवादको निरूपण गर्न नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३६२ - अपुताली हककायम खिचोला चलन

 फैसला मिति:२०७६/०३/२५  संयुक्त इजलास  १०१०४
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बारा, कलैया नगरपालिका वडा नं. ६ बस्ने जैनव अन्सारी बिरुद्ध विपक्षी/वादी : जिल्ला बारा, बसन्तपुर गाउँ विकास समिति वडा नं. ८ बस्ने मासुमा भन्‍ने मनोरमा

कुनै ठोस र निश्चयात्मक प्रमाणबाट बाबुआमालाई वादी प्रतिवादीमध्ये यसैले नै पालन पोषण, स्याहार सम्भार र औषधी उपचार गरेको हो भन्‍ने पुष्टि नभएसम्म त्यस्तो अवस्थामा उनीहरूको पालन पोषण र स्याहार सम्भारको कार्यको अवस्थामा वादी प्रतिवादी सबैको नै भूमिका रहेको भनी बुझ्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३६१ - नाबालकसँग अप्राकृतिक मैथुन (जबरजस्ती करणी)

 फैसला मिति:२०७६/०३/२७  संयुक्त इजलास  १४१५९
 पुनरावेदक/ प्रतिवादी : मुस्ताक महमदको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला बारा मटिअर्वा गाउँ विकास समिति वडा नं.२ निलकण्ठवा घर भई हाल जिल्ला चितवन, भरतपुर नगरपालिका वडा नं.४ कमलनगर डेरा गरी बस्ने मुन्ना मिया अन्सारी भन्ने गुलाव मिया

क्षतिपूर्तिलाई कैद र जरिवाना सरहकै सजायको रूपमा राखी प्रतिवादीले क्षतिपूर्ति नतिरे सोबापत निजले कैदसमेत बस्नु पर्ने हुन्छ भन्ने व्याख्या गरी पीडित हुन पुगेका बालकलाई निजको कानूनबमोजिमको क्षतिपूर्ति पाउने अधिकारबाट वञ्चित गर्न मनासिब नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३६० - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७५/०३/२७  संयुक्त इजलास  ७४१४
 पुनरावेदक/ प्रतिवादी : मोरङ जिल्ला, मृगौलिया गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय, भिमफेदी, हेटौंडा थुनामा रहेको मुसल खवासको छोरा वर्ष ३६ को अमन भन्‍ने अमरकुमार खवासको हकमा हाल का.जि.का.म.न.पा वडा नं. ११ बबरमहल बस्ने वर्ष २४ की निजको धर्मपत्‍नी रेखा लामा बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत, बबरमहल काठमाडौंसमेत

निवेदक अनुसन्धानको लागि पक्राउ परी मुद्दा चलेपछि थुनाबाट छुटेको र वैदेशिक रोजगार न्यायाधिकरणबाट फैसला भई कैद र जरिवाना तोकिसकेको अवस्थामा कैद नबस्दै अर्को अपराध गरेको देखिएकोले मुलुकी ऐन, दण्ड सजायको ४१ नं. को प्रतिबन्धात्मक वाक्यांशबमोजिम एक कसुरपश्‍चात् अर्को कसुर गरेबापत थप कैद ठेक्नुपर्ने नै देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५९ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०७५/१०/०२  संयुक्त इजलास  ८१९२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही, बरहथवा गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय डिल्लीबजार, काठमाडौंमा थुनामा रहेको विजयकुमार श्रीवास्तवको हकमा जिल्ला बारा, परवानीपुर न.पा. वडा नं. ५ बस्ने चुमन प्रसाद बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंं

सजाय बाँकी रहेका निवेदक अन्य मुद्दाको रोहमा अदालत प्रवेश गरेको अवस्थामा निजको नामको पूर्व मुद्दाको कैदी पुर्जी दिनु अदालतको कर्तव्य हो, अदालतले सो कैदी पुर्जी नबुझाएबापत अदालतकै आदेशानुसार थुनामा रहेका निवेदकले पछिल्लो मुद्दामा सफाइ पाएको अवस्थामा सो सफाइ पाएको मुद्दामा थुनामा रहेको अवधि निरर्थक हुने गरी थप अवधि कैद गर्नु मुलुकी ऐन, दण्ड सजायको ४१ नं. को मनसाय हो भन्‍न नसकिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५८ - उत्प्रेषण

 फैसला मिति:२०७६/०५/१६  संयुक्त इजलास  ३५५७
 पुनरावेदक/ प्रतिवादी : नकलबन्दा टि स्टेट प्रा.लि. काँकरभिट्टा, झापाको तर्फबाट सो प्रा.लि.का अख्तियारप्राप्त राजिवकुमार गुप्तासमेत बिरुद्ध विपक्षी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंङ्गाल, काठमाडौंसमेत

सरकारी गौचरण, वन जङ्‍गलका जग्गा कसैले निजी बनाई दर्ता गर्छ भने सो कार्य अनुचित हुँदा सो विषय सार्वजनिक हित र सरोकारको विषय बन्छ । यस्तोमा जोसुकैले उजुरी गर्न पाउने मात्र होइन, एउटा संवैधानिक निकायको रूपमा त्यस्ता अनुचित कार्य रोकी सार्वजनिक हितको रक्षा गर्नु आयोगको क्षेत्राधिकारभित्रको विषय बन्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५७ - जबरजस्ती करणी (हाडनातासमेत)

 फैसला मिति:२०७५/०३/१३  संयुक्त इजलास  ५७७७
 पुनरावेदक/ प्रतिवादी : जिल्ला रूपन्देही, सिपवा गा.वि.स. वडा नं. ८ पतिजिया घर भई हाल कारागार कार्यालय, सुनसरीमा थुनामा रहेको अमर पासी बिरुद्ध विपक्षी/वादी : ............को जाहेरीले नेपाल सरकार

पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, पीडितको मौकामा भएको कागज एवं जाहेरवालीको किटानी जाहेरी, प्रतिवादीको मौकाको साबिती बयान बेहोरासमेतबाट वारदात स्थापित भइरहेको स्थितिमा पीडित र जाहेरवालीले अदालतसमक्ष गरेको बकपत्रमा करणीको घटना नै नभएको भनी आफ्नो मौकाको भनाइको प्रतिकूल बेहोरा उल्लेख गरेकै आधारमा प्रतिवादीले सजायबाट उन्मुक्ति पाउन सक्ने स्थिति नरहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५६ - करकाप

 फैसला मिति:२०७६/०३/१९  संयुक्त इजलास  ३७४६
 पुनरावेदक/ प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ६ बस्ने गणेशमान ख्याजु बिरुद्ध विपक्षी/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३४ शान्तिनगर बस्ने सूर्यकुमार राईसमेत

विवादित लिखतमा लेखिएको बेहोरा अवस्था, परिस्थितिअनुसार तथ्ययुक्त एवं वस्तुनिष्ठ प्रमाणबाट समर्थित हुन आवश्यक देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५५ - राजस्व चुहावट

 फैसला मिति:२०७६/०३/०६  संयुक्त इजलास  ६०७०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ कुलेश्‍वर बस्‍ने रमेश खरेल भन्‍ने बालकृष्ण खरेल बिरुद्ध विपक्षी/वादी : अर्थ मन्त्रालय राजस्व अनुसन्धान विभागको पत्रले नेपाल सरकार

विदेशबाट ल्याएको सामानको राजस्व कम तिर्ने नियत लिएको, कम राजस्व बुझाएको र बुझाउनु पर्ने सबै राजस्व नबुझाई सामान पैठारी गरेको कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) (ख) र (ग) विपरीतको कसुर हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५४ - कर्तव्य ज्यान

 फैसला मिति:२०७६/०५/१३  संयुक्त इजलास  ५४२०
 पुनरावेदक/ प्रतिवादी : दलभद्रे कामीको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : बिरमाने कामी भन्‍ने बिरमान वि.क.

लास बरामद नभए पनि वारदातको प्रकृति र संकलित सबुत प्रमाणका आधारमा ज्यान मारेको पुष्टि भए कानूनबमोजिम सजाय हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५३ - जबरजस्ती करणी

 फैसला मिति:२०७६/०३/२९  संयुक्त इजलास  ४८८१
 पुनरावेदक/ प्रतिवादी : प्रहरी वृत्त कालिमाटी (घ) को जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : सिन्धुपाल्चोक जिल्ला, थकनी गाउँ विकास समिति, मुसुरेबाट घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ धुम्बाराही डेरा गरी काठमाडौं जिल्ला, तीनथाना गाउँ विकास समिति, वडा नं. ६ स्थित बालिका गृहमा बसी खाना पकाउने काम गर्ने कृष्णबहादुर बोगटी

कसुरको उद्योगमा पूर्ण अपराधमा हुनुपर्ने मनसाय तत्त्व विद्यमान हुनुपर्छ । मनसाय नराखी गरिएको कार्य उद्योग ठहर्न नसक्ने । उद्योग ठर्हनको लागि अभियुक्तले कसुरको तयारी गरेर मात्र पुग्दैन । तयारीभन्दा अघि उसले पूर्ण अपराध घटाउन सारभूत रूपमा प्रयासहरू गरेको हुनुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५२ - कर्तव्य ज्यान

 फैसला मिति:२०७६/०५/१६  संयुक्त इजलास  ७५४१
 पुनरावेदक/ प्रतिवादी : सुन्देश्‍वर मुखियाको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला सप्‍तरी, कटैया गाउँ विकास समिति वडा नं. ६ बस्ने रामलाल मुखियासमेत

एकजनाभन्दा बढी पनि मुख्य अभियुक्त हुन सक्ने अवस्था पनि रहन्छ भने मुख्य अभियुक्तको तुलनामा अन्य अभियुक्तको आपराधिक कार्यको गाम्भीर्य  कम हुन सक्ने देखिन्छ । कुनै कर्तव्य ज्यानको अपराधमा एकजनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५१ - कर्तव्य ज्यान

 फैसला मिति:२०७६/०९/१३  संयुक्त इजलास  ३२१६
 पुनरावेदक/ प्रतिवादी : सिता परियारको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : काठमाडौ जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.८ घर भई कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं.११ बस्ने राजु बोगटी

आत्मरक्षाको अधिकार भन्‍नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्प विहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउने । आत्मरक्षाको अधिकार प्रयोग गर्दा तत्काल कुनै काम नगरेमा आफ्नो वा अरू कसैको जिउ ज्यान वा सम्पत्तिलार्इ कुनै गैरकानूनी क्षतिबाट बचाउन सकिँदैन भन्‍ने विश्‍वास गर्नुपर्ने मनासिब कारण भएमा मात्र प्रयोग हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३५० - कर्तव्य ज्यान

 फैसला मिति:२०७६/०५/०८  संयुक्त इजलास  ४४३१
 पुनरावेदक/ प्रतिवादी : जुनेद आलम मुसलमानसमेतको जाहेरीले नेपाल सरकार बिरुद्ध विपक्षी/वादी : जिल्ला कपिलवस्तु पिपरा गा.वि.स. वडा नं. १ भइ हाल जिल्ला कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेका अयुव मुसलमानको छोरा उजैर भन्ने सफिउर रहमान मुसलमान

घटना परिस्थितिसँग जोडिएका साक्षी प्रमाणहरूले जाहेरी बेहोरालाई पुष्टि गर्ने अवस्था भएमा मात्र जाहेरी दरखास्तले प्रमाणिक मूल्य प्राप्त गर्ने । जाहेरी दरखास्तले आफैँमा प्रमाणको रूप ग्रहण नगर्ने र यसले अन्य साक्षी प्रमाणको सापेक्षतामा प्रमाणको रूप ग्रहण गर्ने भएको हुँदा दोस्रो वा पुरक जाहेरी दिन नहुने वा दोस्रो जाहेरीको कुनै मूल्य नहुने भन्ने अवस्था नरहने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३४९ - मानव बेचबिखन तथा ‌ओसारपसार

 फैसला मिति:२०७५/११/२३  संयुक्त इजलास  ६५१८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला सर्लाही वरहथवा गा.वि.स. वडा नं.३ घर भई हाल कैद तथा जरिवानाबापत हाल कारागार कार्यालय महोत्तरी जलेश्वर थुनामा रहेको श्यामकुमार राम बिरुद्ध विपक्षी/वादी : जोगेन्द्र चमारसमेतको जाहेरीले नेपाल सरकार

कानूनले आफ्नो निर्दोषिता प्रमाण गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्त नहुने । मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनको परिधिबाहिर गई भएको कार्य के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ त्यसतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३४८ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७५/०३/०४  संयुक्त इजलास  ३७८२
 पुनरावेदक/ प्रतिवादी : तेह्रथुम जिल्ला जलजले गा.वि.स. वडा नं. ४ स्थायी ठेगानाको का.जि.का.म.न.पा. वडा नं. १३ घर भई हाल ऐ. वडा नं. ३२ मा डेरा गरी बस्ने श्रीमाया सुब्बा लिम्बू बिरुद्ध विपक्षी/वादी : तेह्रथुम जिल्ला जलजले गा.वि.स. वडा नं. ४ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १३ कालिमाटी बस्ने नेत्रबहादुर लिम्बूसमेत

हक नै स्थापित नभएको व्यक्तिले निवेदन दिँदैमा फैसला कार्यान्वयनको कार्य रोक्नु कानूनसम्मत हुन नसक्ने । कुनै मुद्दामा अधिकार प्राप्त निकायबाट अन्तिम फैसला भइसकेपछि पक्षहरूको सो फैसलाबाट सिर्जित हक अधिकार प्रचलन गराई दिने दायित्व फैसला अन्तिमताको सिद्धान्तअनुसार अदालतको नै हुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३४७ - निषेधाज्ञा, परमादेश

 फैसला मिति:२०७५/०९/११  संयुक्त इजलास  ३३२२
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ४ बस्ने रविन्द्रप्रसाद प्रधान बिरुद्ध विपक्षी/वादी : वीरगन्ज भन्सार कार्यालय, वीरगन्ज भन्सारसमेत

निवेदन सम्पत्ति धितोमा दिने व्यक्तिले दायर नगरेको र बैंकमा धितो राखी बैंकिङ कारोबार गर्ने व्यक्तिले धितो राख्‍ने बैंकबाट सुरू गरिएको धितो लिलामसम्बन्धी कामकारबाहीउपर उजुर गरेको नदेखिएकोमा केवल धितो राखिएको सम्पत्ति आफ्नो छोरीका नाउँमा छ भन्‍ने आधारमा बाबुलाई निवेदन दायर गर्ने अधिकार सिर्जना नहुने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३४६ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७६/०३/२२  संयुक्त इजलास  १२७०३
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला, का.म.पा.वडा नं. ४ मण्डीखाटार बस्ने पिताम्बर थापाकी श्रीमती सुकुम थापासमेत बिरुद्ध विपक्षी/वादी : हस्तबीरको नाति, चुडामणीको छोरा स्याङ्जा जिल्ला क्याक्मी गा.वि.स.वडा नं.३ घर भई हाल का.जि. नागार्जुन न.पा. वडा नं. १० स्वीचाटार बस्ने पिताम्बर थापासमेत

महिला भएकै आधारमा या त विवाह रोज या पैतृक सम्पत्ति प्राप्‍त गर भन्‍नु महिला विरूद्धको भेदभाव हुन जाने । महिलाको पहिचान र पैतृक सम्पत्तिमा साम्पत्तिक अधिकार विवाह भएको आधारमा निर्धारण हुने होइन । पैतृक सम्पत्तिमाथिको अधिकार गर्भबाटै सिर्जना भई जन्मपछि प्राप्त हुने अधिकार हो । वैवाहिक स्थितिको आधारमा छोरा र छोरीलाई फरक व्यवहार गर्नु भेदभावकै स्वरूप हुने । संविधान र कानूनको मनसाय छोरीलाई पनि छोरासरह पैतृक सम्पत्तिमा समान अंशियार कायम गर्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३४५ - उत्प्रेषण / परमादेश

 फैसला मिति:२०७५/११/०२  पूर्ण इजलास  २९९८
 पुनरावेदक/ प्रतिवादी : नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालयको तर्फबाट ऐ.को सचिव शंकरप्रसाद कोइराला बिरुद्ध विपक्षी/वादी : सप्तरी जिल्ला पकरी गाउँ विकास समिति वडा नं.६ घर भई हाल वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, नयाँ बानेश्वर काठमाडौंमा राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा कार्यरत धीरकुमार श्रेष्ठ

कानूनमा व्यवस्था भएको सुविधा जुन वर्गको लागि प्रदान गरिएको हो सोही वर्गको लागि हुने तर त्यस्तो सुविधा ग्रहण गर्ने वा नगर्ने भन्ने कुरा सो वर्गको व्यक्तिको इच्छामा निर्भर रहने । कार्य सम्पादनमा नै कम वा बेसी अङ्क प्राप्त गर्नेको हकमा औसतमा सो प्रतिबिम्बित हुन्छ र सो कुरा औसतसँग सम्बन्धित नभई कार्य सम्पादनसँग सम्बन्धित हुँदा त्यसलाई अस्वाभाविक मान्न नमिल्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १०३४४ - निर्णय पर्चा दर्ता बदर

 फैसला मिति:२०७५/०१/०६  पूर्ण इजलास  २८४०
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला वीरगन्ज उ.म.न.पा. वडा नं. २ बस्ने महम्मद खलिल मियाँ बिरुद्ध विपक्षी/वादी : पर्सा जिल्ला वीरगन्ज उ.म.न.पा. वडा नं. ७ बस्ने आसमा बेगम

केवल फिराद पत्रमा जिमिदारबाट चलन पुर्जी पाएको भन्ने जिकिर मात्र हकको स्रोत नहुने । अचल सम्पत्तिसम्बन्धी विवादमा आफ्नो हकको दाबी गर्ने पक्षले त्यस्तो हकको स्पष्ट स्रोत देखाउन सक्नुपर्ने ।

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु