विस्तृत खोजी

 
 
 
 
 
      

२५ खोजी नतिजाहरु

निर्णय नं. १७०६ - दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

 फैसला मिति:२०४०/०५/२०  डिभिजन वेन्च इजलास  २४३८
 पुनरावेदक/ प्रतिवादी : जि.नवलपरासी गा.पं.वा.नं. ८ परासी बजार बस्ने हरी केशवलाल दास बिरुद्ध विपक्षी/वादी : जि.नवलपरासी कावास्वती गा.पं.वार्ड नं.४ बस्ने रामनाथ पराजुली

(१) वादीलाई राजीनामा गराई दिएको जग्गा प्रतिवादीलाई सट्टापट्टा गरी दिएको देखिन आएकोले वादी दावी बमोजिमको सट्टापट्टाको लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०५ - अंश

 फैसला मिति:२०४०/०५/०५  डिभिजन वेन्च इजलास  २३१९
 पुनरावेदक/ प्रतिवादी : का.जि.धर्मस्थली गा.पं.वडा नं.७ पुसल गाउँ बस्ने लालविर पुतवार बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने पुनसिङ् पुतवार

(१) वादी प्रतिवादीको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन बिक्री व्यवहार समेत गरेको देखिएको हुँदा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको छैन भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/११  डिभिजन वेन्च इजलास  २३०८
 पुनरावेदक/ प्रतिवादी : जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.१६ बस्ने श्री विलास थपलिया समेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार कार्यालय सुनसरी छिटा गा.पं.सुनसरी समेत

(१) निवेदकहरू जग्गाधनी भएको जग्गामा मोहीको प्रमाणपूर्जा बनाई दिने निर्णय गर्नु अघि जग्गाधनीलाई बुझी निजको कुरामा समेत ध्यान दिई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०३ - मिलापत्र बदर

 फैसला मिति:२०४०/०७/१३  डिभिजन वेन्च इजलास  २४९५
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.लुभु महालक्ष्मी गा.पं.वडा नं.१ बस्ने मोतीमाया श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने मोहनमाया श्रेष्ठ समेत

(१) बकसपत्र पारित भई वादीको हकमा असर पर्ने भए लिखत उपर उजूर परेका बखत कानुन (३७३) बमोजिम हुने हुनाले समेत मिलापत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने भनी इन्साफ सदर गरी अ.बं.८६ नं.को विपरीत हुने गरी गरेको फैसला मिलेको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०२ - आयकर (०३३–०३४)

 फैसला मिति:२०४०/०७/१४  डिभिजन वेन्च इजलास  २२८२
 पुनरावेदक/ प्रतिवादी : श्री हरदेव सिंह बनारसी सिंह फर्म जनकपुरधामको प्रोप्राईटर हरदेव सिंह बिरुद्ध विपक्षी/वादी : कर कार्यालय जनकपुरधाम

तथ्ययुक्त आधार बेगरको कर निरीक्षकको गोप्य प्रतिवेदनको आधार बनाई १४,०००००। चौध लाखको सुर्ति बिक्री कायम गरी खूद आय कायम गरेको कर अधिकृतको निर्णय मिलेको नदेखिने । खुद आए नै यकिन गर्नुपर्ने विषय भएकोले कर अधिकृतको निर्णय उपर परेको पुनरावेदनबाट भएको फैसलाहरूमा केही हिस्सा सदर वा केही हिस्सा बदर गर्न सकिने स्थिति नरहने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/२१  डिभिजन वेन्च इजलास  २१५१
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.लुभु गा.पं.वार्ड नं.५ भगवती लाछी बस्ने सानुमान श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : भूमिसुधार शाखा भक्तपुरका शाखा अधिकृत शंभुप्रसाद श्रेष्ठ समेत

(१) मालपोत कार्यालय ललितपुरको पत्रबाट रिट निवेदकको भनाई अनुसार दर्ता भइसकेको भन्ने जिकिर तथ्यरहित देखिन आयो, यस्तोमा प्रत्यर्थी भू.सु.शाखा भक्तपुरले कूत दिलाई मोही निष्काशन गरिपाउँ भन्ने दावी खारेज गर्ने गरेको निर्णयमा कानुनी त्रुटि छ भन्न नसकिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १७०० - लेनदेन

 फैसला मिति:२०४०/०७/११  डिभिजन वेन्च इजलास  २२९७
 पुनरावेदक/ प्रतिवादी : ल.पु.न.पं.वार्ड नं.३ सुनदरीजल बस्ने शंकरध्वज जोशी समेत बिरुद्ध विपक्षी/वादी : कृष्णदेवी जोशी मरी मु.स. गर्ने का.जि.मरु टोल का.न.पं.वडा नं.१९ बस्ने नीरध्वज जोशी

(१) वादी दावीको रूपैयाँ लिएको कुरामा प्रतिवादीको मञ्जूरी भन्न सकिने अवस्था नहुँदा लेनदेन व्यवहारको ८ नं.विपरीत भन्न नमिल्ने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/०८  डिभिजन वेन्च इजलास  २४७३
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.नकदेश गा.पं.वार्ड नं.३ बस्ने काजीबहादुर वाडे बिरुद्ध विपक्षी/वादी : भूमिसुधार शाखा भक्तपुरका शाखा अधिकृत सम्भुप्रसाद समेत

(१) कुन कित्ता जग्गाको उकास भएको हो त्यसको निरोपण नगरी प्रत्यर्थीले पेश गरेको बाली बुझाएको भरपाई अ.बं.७८ नं.अनुसारको प्रकृया नगरी सो भरपाईलाई समेत प्रमाण लगाई भूमिसुधारले वादी दावी नपुग्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/१३  डिभिजन वेन्च इजलास  २१०४
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.न.पं.वडा नं.२० भीमसेन स्थान बस्ने राधाकृष्ण डड्डोल बिरुद्ध विपक्षी/वादी : श्री मालपोत कार्यालय काठमाडौंसमेत

(१) निवेदक समेतको हक लाग्ने जग्गा कसैले एकलौटी दर्ता गराएको भए आफ्नो हकको सबूत प्रमाण देखाई अदालतबाट आफ्नो हक कायम गराउनु पर्ने । (प्रकरण नं. ९) (२) असाधारण अधिकारको प्रयोग गरी निवेदन जिकिर अनुसार हक कायम गराउन रिट क्षेत्रबाट मिल्ने अवस्था नहुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९७ - उत्प्रेषण

 फैसला मिति:२०४०/०७/१५  डिभिजन वेन्च इजलास  २१७५
 पुनरावेदक/ प्रतिवादी : भ.पु.जि.सिपाडोल गा.पं.वार्ड नं.९ बस्ने गणेशबहादुर थापा बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार (वन विभाग) काठमाडौं वन डिभिजन कार्यालय लैनचौर समेत

(१) नि.से.नि., २०२१ को नियम १०.१० ले गरेको बाध्यात्मक व्यवस्थाको परिपूर्ति नै नगरी निवेदकलाई भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी नोकरीबाट हटाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९६ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/०२  डिभिजन वेन्च इजलास  २१४३
 पुनरावेदक/ प्रतिवादी : जिल्ला तनहुँ श्यामघाट गा.पं.वार्ड नं.४ बस्ने राजकुमार कर्माचार्य बिरुद्ध विपक्षी/वादी : कृषि विकास बैड्ढ उपशाखा कार्यालय दमौली तनहुँ समेत

(१) ऋण सुगमतासाथ असूल हुने लिष्टबाट सबै धितो लिलाम बढाबढ भएकोले लिलाम त्रुटिपूर्ण नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/२१  डिभिजन वेन्च इजलास  २२९२
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भक्तपुर आदर्श गुण्डु गा.पं.वार्ड नं.३ सिगामगाल बस्ने खड्गबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : श्री ५ सरकार कार्यरथीविभाग प्राउ विनाक शाही नेपाली जंगीअड्डा काठमाडौं समेत

(१) निर्धारित गरेको पूर्वावस्थाको अभावमा गाउँ पञ्चायत बैठकबाट जग्गा निष्काशन फिर्ता गर्न नमिल्ने भनी गरेको निर्णय उपरको पुनरावेदन लिई भू.सु.शाखाले जोताहाको नाम कट्टा गरी जग्गा धनीका नाममा जोत कायम गर्ने गरी गरेको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि गरी अनधिकृत निर्णय गरेको भन्नुपर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९४ - ज्यान

 फैसला मिति:२०४०/०६/१७  डिभिजन वेन्च इजलास  २४१०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला भद्रकाली गा.पं.वडा नं.३ घर भई हाल केन्द्रीय कारागारमा बस्ने कृष्णबहादुर भण्डारी क्षेत्री बिरुद्ध विपक्षी/वादी : भीमबहादुरको जाहेरीले श्री ५ को सरकार

(१) प्रहरीमा गरेको साविती बयान समेतको आधारमा निजले कसूर गरेको ठहर्यालई गरेको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०७/०६  डिभिजन वेन्च इजलास  २२५१
 पुनरावेदक/ प्रतिवादी : पर्सा जिल्ला वीरगञ्ज न.पं.वडा नं.१२ बस्ने बैजनाथप्रसाद शाह बिरुद्ध विपक्षी/वादी : निमित्त प्रशासन शाखा अधिकृत, नन्दकिशोरप्रसाद सिंह समेत

(१) अस्थायी ३ महीने म्याद नोकरी मात्रै जिल्ला शिक्षा कार्यालय पर्सामा गरेको भन्ने रिट निवेदन लेखाईबाट देखिएको हुँदा नियम विपरीत काम गरेको ठहराई निवेदकलाई बरखास्त गर्ने गरेको (३४०) वीरगञ्ज चिनी कारखाना लि.को निर्णय कानुन बमोजिमको नै देखिने ।

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/३१  डिभिजन वेन्च इजलास  २११४
 पुनरावेदक/ प्रतिवादी : जि.धनुषा नगराइन गाउँ पञ्चायत वडा नं.२ बस्ने शिवनारायण निधि बिरुद्ध विपक्षी/वादी : जि.धनुषा, जनकपुर नगरपञ्चायत जनकपुर धाम समेत

(१) नक्सा बमोजिमको बनाइने घरले चर्चेको जग्गा सम्बन्धमा विवादको निरोपण नगरेको हुँदा तेरो मेरोमा प्रवेश गरेको भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०६/०९  डिभिजन वेन्च इजलास  २२७९
 पुनरावेदक/ प्रतिवादी : जि.मकवानपुर हटिया गा.पं.वार्ड नं.५ पुवाले बस्ने हेटौडा कपडा उद्योग लिमिटेडका मजदुर टंकप्रसाद भट्ट बिरुद्ध विपक्षी/वादी : हेटौडा उद्योग प्रा.लि.का केशवप्रसाद प्रधानसमेत

(१) नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन संशोधन सहित २०१६ को दफा ५१ को तात्पर्यको लागि निवेदकलाई दिइने पहिलो पटकको नसिहद मान्न नमिल्ने हुँदा सो नभए सम्मलाई निजलाई सोझै बरखास्त गर्ने गरेको नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६९० - लेनदेन

 फैसला मिति:२०४०/०६/१६  डिभिजन वेन्च इजलास  २२४९
 पुनरावेदक/ प्रतिवादी : जिल्ला बारा प्रगन्ना भटेरुवा गा.पं.वडा नं.७ बस्ने मिश्री सा कानु बिरुद्ध विपक्षी/वादी : ऐ.वार्ड नं.६ बस्ने विदेशी सा कानू

(१) थपी लेखिएको लिपीहरूको मसी लिखत व्यहोराको समुचा लिपिहरूको मसीको तुलनामा फरक छ भनी विस्तृत विवरण दिएको देखिन्छ, विशेषज्ञको उक्त कारणहरू लिखत हेर्दा पनि मिलेको नै देखिएकोले लिखतलाई कीर्ते ठहर्यावएको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८९ - उत्प्रेषण

 फैसला मिति:२०४०/०५/१४  डिभिजन वेन्च इजलास  २०६४
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वडा नं.२७ भेडासिं बस्ने तिलकमान चक्रधर समेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार ३ नं.नापी गोश्वारा नक्साल समेत

(१) यथार्थमा निर्णय हुनुभन्दा अगावै निवेदकहरूलाई राजीनामा गरी सकेको जग्गा निवेदकहरूबाट झिक्दा हक बेहकमा निर्णय गरेको भन्नु परी जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहितको दफा ८(३) ले नापी गोश्वारालाई अधिकार छ भनी भन्न नमिल्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०५/०६  डिभिजन वेन्च इजलास  २३०४
 पुनरावेदक/ प्रतिवादी : जि.झापा शिवगंज गा.पं.वार्ड नं.७ को हाल परिवर्तित सतासिधाम गा.पं.वार्ड नं.७ बस्ने चन्द्रबहादुर बस्नेत क्षेत्रीसमेत बिरुद्ध विपक्षी/वादी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय चन्द्रगढी झापा समेत

(१) सम्बन्धित जग्गाधनी र निवेदकहरूका बीचमा कबुलीयतको अभावमा अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको हुँदा आदेश जारी गर्न नपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १६८७ - उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४०/०६/३०  डिभिजन वेन्च इजलास  २२०८
 पुनरावेदक/ प्रतिवादी : कृषि तथा पशुविज्ञान संस्थान केन्द्रीय क्याम्पस रामपुर चितवनका अध्ययनरत स्नातक तहका टिकाराम पुलिचा बिरुद्ध विपक्षी/वादी : कृषि र पशुविज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस रामपुर चितवनका का.मु.डिन नन्दप्रकाश जोशी समेत

(१) त्रिभुवन विश्वविद्यालय नियमहरू (संशोधन सहित) को परिच्छेद २३ को छात्रहरूको आचरण संहिताको नियम २३ बमोजिम निवेदकहरू उपर का.मु.डिनले जरिवाना गर्ने गरेको कारवाई कानुन बमोजिमको अधिकार भित्र रही गरेको देखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु