विस्तृत खोजी

 
 
 
 
 
      

३२ खोजी नतिजाहरु

निर्णय नं. ३८१४ - बिक्री बदर

 फैसला मिति:२०४५/१२/३०  संयुक्त इजलास  २३१८
 पुनरावेदक/ प्रतिवादी : जि.गुल्मी धुर्कोट जैसीथोक गा.पं. वार्ड नं. १ बस्ने केशवराज पोखरेल उपाध्याय बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वार्ड नं.२ बस्ने गोपीराम घिमिरेसमेत

(१) सट्टापट्टामा चित्त नबुझेको भए अंश मुद्दामा सोही सट्टापट्टाबाट पाएको जग्गा तायदातीमा दिई सोहीबाट अंश पाउने ठहर्या ए उपर सट्टापट्टामा आफ्नो उजूर परी कारवाहीमा रहेको कुरा देखाई पुनरावेदन दिई सो तायदाती समेत बदर गराउनु पर्ने । (प्रकरण नं. ८) (२) जुन कुरामा आफूले आफ्नो हक बदर गरिपाउँ भनी दावी लिई मुद्दा दिई कारवाही समेत चलाई राखेको छ, सोही सट्टापट्टाको लिखतबाट पाएको तायदातीको जग्गा अंश पाउने भनी ठहर भएकोमा चित्त बुझाई बसेपछि सोही सट्टापट्टामा आफ्नो हक जति बदर गरी पाउनु पर्ने भन्ने प्रस्तुत पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१३ - नामसारी

 फैसला मिति:२०४६/०१/०४  संयुक्त इजलास  १९३२
 पुनरावेदक/ प्रतिवादी : रुपन्देही जिल्ला हाटी वनगाई गा.पं. वा.नं. ४ बस्ने दुर्गाबहादुर पुन बिरुद्ध विपक्षी/वादी : जि. रुपन्देही हाटी वनगाई गा.पं. वा.नं. ४ बस्ने गुरुचरण यादव

(१) पक्ष विपक्ष नै कायम नगरिएको विपक्षको पुनरावेदन लाग्नै नसक्ने लिई जिल्ला कार्यालयले गरेको पुनरावेदन फैसला नै कानुन अनुरुपको नदेखिएको र त्यस्तो कानुनले लाग्नै नसक्ने पुनरावेदन लिई गरेको फैसला उपर क्षेत्रीय अदालतले निजै विपक्षीको पुनरावेदन लिई गरेको फैसला कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१२ - नामसारी बदर गरी हक कायम गरिपाउँ

 फैसला मिति:२०४६/०३/०१  संयुक्त इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : नेपालगञ्ज न.पं. वार्ड नं. २ बस्ने विदुर सिंह हमाल बिरुद्ध विपक्षी/वादी : नेपालगञ्ज न.पं. वार्ड नं. २ बस्ने रामहरी उपाध्यायसमेत

(१) तत्काल प्रचलित ऐनले व्यवस्था गरे बमोजिमको म्यादमा उजूर नगरी म्याद गुजारी बसी सकेको, सो पछि लागू भएको संशोधित जग्गा पजनी र जग्गा मिच्नेमा भएको व्यवस्था बमोजिम थाहा पाएका मितिले ६ महिनाभित्र उजूर गर्न पाउँछ भन्न कानुन व्यवस्थाको सामान्य सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८११ - उत्प्रेषण समेत

 फैसला मिति:२०४६/०३/२६  संयुक्त इजलास  २०२३
 पुनरावेदक/ प्रतिवादी : का.न.प. वडा नं. १ बस्ने निरन्जनभक्त श्रेष्ठसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयसमेत

(१) नगरपञ्चायत ऐन, २०१९ को दफा ४४(४) मा नगरपञ्चायतको कुनै सदस्यलाई पदबाट हटाउन वा निलम्बन गर्न सक्ने व्यवस्था भएको देखिन्छ, कुनै सदस्यलाई हटाएकोमा निजको स्थानमा बाँकी अवधिको लागि अर्को निर्वाचन गर्न वा श्री ५ को सरकारले कुनै व्यक्तिलाई तोक्न सक्नेछ भन्ने कानुनी व्यवस्था भएको देखिँदा कुनै सदस्यलाई निलम्बन गरेको अवस्थामा पनि नगरपञ्चायतको कारवाही सुचारु रुपले चलाउने उद्देश्यले कुनै व्यक्तिलाई तोक्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १८) (२) कार्यवाहक प्रधानपञ्चले नगरपञ्चायतको प्रधानपञ्चको अधिकार प्राप्त गर्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. १८) (३) हक बेहकमा विवाद उत्पन्न भएपछि त्यसको समाधान नगरपञ्चायबाट निर्णय गर्न नहुने, हक निश्चित गराई ल्याउन अदालतमा जानु भनी सुनाउनु पर्ने । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८१० - अंश

 फैसला मिति:२०४५/१२/२५  संयुक्त इजलास  २१७०
 पुनरावेदक/ प्रतिवादी : का.न.पं.वा.नं.५ हाडिगाउँ बस्ने पूर्णबहादुर के.सी. बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कर्मकुमारी के.सी.

(१) ३५ वर्ष पुगेकी अविवाहितले छोरा सरह आफ्नो भाग अंश पाउने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०९ - न्वारान गराई पाउँ

 फैसला मिति:२०४६/०३/०६  संयुक्त इजलास  २६०८
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. २१ भोटेबहाल बस्ने इन्द्रबहादुर खड्गी बिरुद्ध विपक्षी/वादी : का.न.पं. वडा नं. ३० ज्याठा बस्ने तेजकुमारी खड्गी

(१) सन्तान उत्पादन गर्ने क्षमता छ छैन भनी अस्पतालमा जाँच हुँदा अस्पताल परीक्षण समितिका सदस्यहरूले दिएको प्रतिवेदनमा निजको सन्तान उत्पादन गर्ने क्षमता हुँदै नभएको भन्ने नदेखिएबाट वादी दावी बमोजिम प्रतिवादीले बच्चाको न्वारान गरिदिनु पर्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०८ - अपुताली हक कायम

 फैसला मिति:२०४६/०१/२०  संयुक्त इजलास  २२६९
 पुनरावेदक/ प्रतिवादी : जि. नवलपरासी स्वाठि गा.पं. वडा नं. ४ बस्ने फुलकुमारी थारु बिरुद्ध विपक्षी/वादी : ऐ. जमुवाड गा.पं. वडा नं. ३ बस्ने गुलइची थारु

(१) वादी प्रतिवादीका बाबु बाजे तथा आमाहरू परलोक भई निजहरूको हक खाने निज दुई छोरीहरू मात्र रहेको अवस्थामा मृतकको छोरीलाई मात्र अपुताली प्राप्त हुन्छ भन्न नमिल्ने वादीको आमाको मृत्यु अघि भएको कारणबाट कुनै तात्विक असर नपर्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०७ - अंश दवायो

 फैसला मिति:२०४६/०३/०६  संयुक्त इजलास  २२८५
 पुनरावेदक/ प्रतिवादी : जि.मोरङ गा.पं. झुर्किया वार्ड नं. १ बस्ने हैरानु राजबंशी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने सतालु राजबंशी

(१) अबण्डा रहेको सम्पत्ति बण्डा हुनु पर्नेमा वादी दावी नै नभएको भनी ठहर गरेको अञ्चल अदालतको फैसला सदर गरेको क्षेत्रीय अदालतको निर्णय गल्ती देखिई उल्टी हुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०६ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 फैसला मिति:२०४६/०३/२५  संयुक्त इजलास  २२१३
 पुनरावेदक/ प्रतिवादी : लाठकत्था उद्योगको प्रोप्राइटर जि.पर्सा वि.न.पं. वार्ड नं. ८ बस्ने ओमप्रकाश लाठ बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार, अर्थ मन्त्रालय, बागदरवार काठमाडौंसमेत

(१) तीनै वर्षको कर निर्धारण आदेशमा एकै प्रश्न समावेश हुँदा एउटै निर्णयबाट निरोपण हुनसक्ने नै देखिँदा यस अवस्थामा अ.बं. ७२ नं. सान्दर्भिक नहुने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०५ - जालसाज

 फैसला मिति:२०४६/०३/११  संयुक्त इजलास  २१४०
 पुनरावेदक/ प्रतिवादी : जि. झापा गौरादह गा.पं. वार्ड नं. ३ बस्ने टंकबहादुर बस्नेत बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वार्ड नं. २ बस्ने बेदमाया राईसमेत

(१) नागरिकतामा अंकित उमेरलाई नै यस सन्दर्भमा वास्तविक उमेर मान्नु पर्ने, आधिकारीक रेकर्डबाट राजीनामा लिँदा दिँदाका अवस्था नावालक रहेको भन्ने नदेखिएको व्यक्तिबाट भएको राजीनामालाई नाबालकबाट भएको भन्ने तर्कसंग सहमत हुन नसकिने । (प्रकरण नं. १४) (२) मानसिक सन्तुलन बिग्रेको भन्ने सन्दर्भमा कुनै आधिकारिक प्रमाण बेगर मानसिक रुपमा असंतुलित भएको भन्न समेत युक्तिसंगत नदेखिने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०४ - नामसारी दर्ता बदर

 फैसला मिति:२०४६/०२/१७  संयुक्त इजलास  २१७५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला पर्सा बैरिया बिर्ता गा.पं. वडा नं. ४ स्थित बैरिया मठको महन्त ध्रुवदेव गिरी बिरुद्ध विपक्षी/वादी : जि.पर्सा वी.न.पं.वा.नं.८ बस्ने रामऔतारलाल माडवारीसमेत

(१) धर्म कार्यमा बाधा पर्न जाने कुरालाई हामी सनातनदेखि धर्मलोप भन्दै आएका छौं, गुठीमा धर्मलोप गर्ने अधिकार अरुलाई त के कुरा गुठी संस्थानलाई पनि हुँदैन, गुठी धर्मलोपमा गुठी संस्थान वा त्यससंग सम्बन्धित महन्त जस्ताले उजूर गर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १९) (२) धर्मलोप भएकोमा गुठी संस्थानले मात्र उजूर गर्नुपर्ने अरुले गर्न नपाउने र त्यस्मा पनि पुजाआजा चलाई शेष खान पाउने महन्तले पनि उजूरै गर्न नपाउने भन्दा हाम्रो धर्म गुठी संस्थानको जिम्मा रहेको हुन गई धर्मलोप गर्न चाहेमा गुठी संस्थानले सजिलैसँग गर्न पाउने भन्ने घुमाउरो अर्थ लाग्न जाने हुँदा त्यस्तो भन्नु न्यायोचित हुँदैन, यसो भन्नु संवैधानिक पनि हुँदैन किनभने हिन्दू धर्म संविधानले संरक्षित राष्ट्र धर्म हो, यसलाई यति सामान्य र सरल कुरा सम्झन मिल्दैन यो राष्ट्रकै चासो भएको कुरा हो त्यसकारण सबै हिन्दू नेपालीको चासोको कुरा हो । (प्रकरण नं. १९) (३) फैसलालाई गुठी संस्थान ऐनमा भएको परिवर्तनले असर पारेको भन्दैमा सो ऐनले धर्मलोप हुने यस प्रकारको कुरामा पनि हकदैया प्राप्त हुन नसक्ने भनी बन्देज लगाएको भन्न नमिल्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०३ - उत्प्रेषण

 फैसला मिति:२०४६/०२/१९  संयुक्त इजलास  २०२८
 पुनरावेदक/ प्रतिवादी : जिल्ला महोत्तरी हत्तिसर्वा गा.पं.वार्ड नं. ५ घर भई कृषिकेन्द्र दशरथपुरको लेखापाल पदमा दरबन्दी रहेको रामनारायणलाल कर्ण बिरुद्ध विपक्षी/वादी : भेरी अञ्चालाधीको कार्यालय, बाँकेसमेत

(१) निजामती कर्मचारीले विभागीय प्रमुख कार्यालय प्रमुखको नियन्त्रण, अनुशासनको अधीनमा रहनु पर्ने । (प्रकरण नं. ९) (१) रिट क्षेत्र तजविजी क्षेत्र समन्यायिक क्षेत्र (Equtiable Jurisdiction) हो, निवेदकका विरुद्धमा गरिएको सजायँमा निजको ग्रेड घटाएको सम्म देखिन्छ । यस स्थितिमा रिट जारी गरी निर्णय बदर गर्नु पर्ने औचित्य नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०२ - प्रतिषेध

 फैसला मिति:२०४५/१२/०७  संयुक्त इजलास  २०८८
 पुनरावेदक/ प्रतिवादी : जि.कैलाली, गा.पं.प्रतापपुर वडा नं. १ बस्ने घनश्याम थारु चौधरी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. वडा नं.४ बस्ने रामलखन चौधरीसमेत

(१) नाता प्रमाणित गर्ने सम्बन्धी निवेदन लिने, छानबीन गर्ने र नाता प्रमाणित गर्ने कारवाही प्रशासकीय प्रकृतिको हो । (प्रकरण नं. ९) (२) निवेदनमा प्र.जि.अ.बाट छानबीन मात्र भइराखेको निर्णय नै नभइसकेको अवस्थामा सो निवेदनमा निज अधिकारीबाट निजलाई अधिकार नै नभएको विषयमा निर्णय गरिने छ भन्ने अनुमान गरी प्रतिषेधको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०१ - प्रतिषेध

 फैसला मिति:२०४६/०२/३१  संयुक्त इजलास  २१०६
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वडा नं. ३ महाराजगन्ज बस्ने भद्रबहादुर खड्का बिरुद्ध विपक्षी/वादी : काठमाडौं उपत्यका नगर विकास योजना समिति काठमाडौं

(१) रीतपूर्वक पुनरावेदन परी कारवाही भइरहेको अवस्थामा विपक्षीले अरु निर्णय गर्न र घर भत्काउन नमिल्ने । (प्रकरण नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३८०० - उत्प्रेषणयुक्त परमादेश लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०२/०४  संयुक्त इजलास  २०९६
 पुनरावेदक/ प्रतिवादी : जिल्ला भोजपुर आदर्श गा.पं. वडा नं. ८ बस्ने रुद्रबहादुर कार्की बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने पदमबहादुर कार्कीसमेत

(१) बण्डापत्र बमोजिम दर्ता गरी दिनुपर्ने देखिन आएको स्थितिमा बण्डापत्रलाई कुनै वास्तै नगरी निवेदकलाई बुझ्दै नबुझी निवेदकका नाउँमा दर्ता रहेको जग्गा विपक्षीका नाउँमा एकलौटी दर्ता गर्ने गरेको निर्णयलाई कानुन बमोजिम भएको भनी मान्न नमिल्ने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९९ - उत्प्रेषणयुक्त आदेश जारी गरिपाउँ

 फैसला मिति:२०४६/०३/०८  संयुक्त इजलास  २२२६
 पुनरावेदक/ प्रतिवादी : झापा जिल्ला बुधबारे गा.पं.का. प्रधानपञ्च श्री राजेन्द्र ओली बिरुद्ध विपक्षी/वादी : श्री जिल्ला पञ्चायत सचिवालय, झापा, चन्द्रगढीसमेत

(१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ६२(४) ले गाउँ पञ्चायतको पदाधिकारी तथा सदस्यलाई हटाउने निलम्बन गर्ने अधिकार श्री ५ को सरकारलाई मात्र दिएको, जिल्ला पञ्चायतलाई सो अधिकार प्राप्त भएको नदेखिने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९८ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४६/०३/२८  संयुक्त इजलास  २५७३
 पुनरावेदक/ प्रतिवादी : जि.भ.पु.नगदेश गा.पं. वडा नं. ७ बस्ने श्यामकृष्ण कोजूको हकमा शुद्धकृष्ण कोजू बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रहरी कार्यालय भक्तपुरसमेत

(१) कुनै पनि व्यक्तिले आफू थुनामा नपर्दे थुना राखे, बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भनी निवेदन गर्योल होला भन्ने तर्कसंगत नदेखिने । (प्रकरण नं. १०) (२) सार्वजनिक सुरक्षा ऐनको प्रयोग सो प्रयोग गर्न दिएको अधिकारीले आत्मनिष्ट तरिकाले गर्न दिएको होइन, यो ऐन सार्वजनिक सुरक्षाको प्रयोजनको लागि बनाइएको हो यस्तो ऐनको प्रयोग सितिमिती गर्न नहुने । (प्रकरण नं. १०) (३) कुनै व्यक्तिबाट सार्वजनिक सुरक्षामा वा शान्ति र व्यवस्थामा खलल पर्ने गरी कुनै काम हुन आटेको छ भन्ने देखिन पर्दछ, सो देखाईमा पनि आधार हुन पर्दछ सम्भावित परिणाम हेरी अधिकारप्राप्त अधिकारीले प्रयोग गर्न पाउने हो । (प्रकरण नं. १०) (४) निवेदकलाई गिरफ्तार गरी थुनामा राखी निवेदन परी कारण देखाउ आदेश जारी भएपछि मात्र सार्वजनिक सुरक्षा ऐनको प्रयोग गरेको देखिएबाट आफ्नो गल्ति ढाकछोप गर्न, प्रयोग गरेको होइन भनी सम्झन नमिल्ने । (प्रकरण नं. १०) (५) निवेदकलाई कानुनको उचित प्रक्रिया (Due process) पूरा गरी तर्कसंगत रुपमा थुनामा राखेको नदेखिँदा बन्दीप्रत्यक्षीकरणको आदेशद्वारा थुनाबाट मुक्त गरी दिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९७ - म्याद जालसाजी

 फैसला मिति:२०४६/०२/२२  संयुक्त इजलास  ३०२६
 पुनरावेदक/ प्रतिवादी : का.जि.का.न.पं. वडा नं. ३३ मैतिदेवी फाँट बस्ने लालबहादुरको छोरा तेजबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.जि.का.न.पं. वडा नं. ३३ मैतिदेवी फाँट बस्ने जितबहादुर श्रेष्ठसमेत

(१) पुनरावेदक वादीका नाममा मिति २०३३।२।८ मा जालसाजबाट भएको म्याद तामेली सम्बन्धमा मिति ०३६।५।४ मा नक्कल सारेकोबाट थाहा पाएको भनी सो मितिले २ वर्षभित्र नालेश परेको देखिन आएकोले हदम्याद नाघेको भनी वादी दावी खारेज गर्ने गरेको म.क्षे.अ. को फैसला नमिलेबाट बदर हुने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०२/२२  संयुक्त इजलास  २०९६
 पुनरावेदक/ प्रतिवादी : हेमकुमारी बानियाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.मकवानपुर रुनामाडी गा.पं. वार्ड नं. ४ बस्ने गोपालप्रसाद पराजुली

(१) वारदातको समयमा घटनास्थलमा नरहेको भनी लिएको जिकिरलाई निजहरूले प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ४६) (२) प्र.समेतले कमाएको जग्गामा पेटबोलीबाट बुझिएकाले, ४०, ५० हल गोरु लिई मकै छर्न जाँदा झगडा भई कुटपीट भएको देखिन आएबाट प्रतिवादीले मार्ने मनसाय राखी कुटपीट गरेको देखिन नआउने । (प्रकरण नं. ४६) (३) वारदात नै भवितव्यबाट घटेको ठहर भएकोले बचन दिई षडयन्त्र गरेको भन्न नमिल्ने । (प्रकरण नं. ४६) (४) वारदातको समयमा अन्यत्र रहेको भनी लिएको जिकिर निजका साक्षीले पुष्ट्याई गरी बकपत्र गरेको देखिँदा केवल जाहेरवालीको शंकाको भरमा कसूरदार ठहराउन नमिल्ने । (प्रकरण नं. ४६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ३७९५ - कर्तव्य ज्यान

 फैसला मिति:२०४६/०२/१५  संयुक्त इजलास  २०६७
 पुनरावेदक/ प्रतिवादी : पदमसिंह ऐरको जोहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.डडेलधुरा शिष गा.पं.वडा नं.८ बस्ने घोडे भन्ने धनसिंह बोहोरा

(१) अनुचित सम्बन्ध रहेकी श्रीमतीलाई समेत मारी घरमा आगो लगाएको भन्ने अधिकारप्राप्त अधिकारी समक्ष गरेको सावितीलाई अन्य परिस्थितिजन्य प्रमाणले समर्थन गरेको हुँदा प्र.लाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको क्षे.अ. को इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु