विस्तृत खोजी

 
 
 
 
 
      

१०२ खोजी नतिजाहरु

निर्णय नं. १२२२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/१२/२४  डिभिजन वेन्च इजलास  २४८४
 पुनरावेदक/ प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला मन्दी गाउँ बस्ने निन्द्राग्रान्दे तामाङसमेत बिरुद्ध विपक्षी/वादी : प्र.जि. अधिकारी श्री चुडामणि उपाध्याय जिल्ला कार्यालय सिन्धुपाल्चोकसमेत

१) जग्गामा हक वेहकको प्रश्न उपस्थित भएको देखिएपछि अदालतबाट निर्णय गराई आउनु भनी सुनाई दिनुपर्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२१ - ज्यान

 फैसला मिति:२०३५/१२/०२  डिभिजन वेन्च इजलास  २७०५
 पुनरावेदक/ प्रतिवादी : मोतीमाया भन्ने दिलमाया महर्जन समेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

१) ठोस तथा तथ्ययुक्त प्रमाणको अभावमा केवल पोलको आधारमा दोषी ठहराउन नमिल्ने । (प्र.नं. २०) (२) अदालतको वातावरण स्वेच्छाचारी वातावरणसमेत नहुने हुँदा अदालतमा भएको बयानलाई स्वेच्छाले भएको हैन भन्न नमिल्ने । (प्र.नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२२० - उत्प्रेषण परमादेशको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/१२/३०  डिभिजन वेन्च इजलास  २१४७
 पुनरावेदक/ प्रतिवादी : का.जि. बत्तिसपुतली गा.पं. वडा नं. ६ बस्ने कृष्णबहादुर गुरुङ बिरुद्ध विपक्षी/वादी : भूमिप्रशासन कार्यालय काठमाडौं समेत

१) जग्गाधनीले रैकरमा परिणत नगरेको हुँदा मोहीका नाउँमा जग्गा रैकरमा परिणत गरिपाउँ भन्ने उजूरी लिई तत्सम्बन्धी कार्यवाही गरी निर्णय गर्न पाउने अधिकार भूमिप्रशासकलाई रहेको। (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१९ - निखनाई पाउँ

 फैसला मिति:२०३५/१२/३१  फूल बेन्च इजलास  २५५२
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. ३२ नं. वडा डिल्लीबजार बस्ने सुर्यबहादुर श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने रमेश श्रेष्ठसमेत

१) रजिष्ट्रेशनको ३५ नं. अनुसार निखनाई पाउँ भन्ने उजूरी रजिष्ट्रेशन भएको वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा दरखास्त दिँदा थैली धरौटी राख्नु पर्दछ । थैली थाहा पाउन रजिष्ट्रेशनको २६ नं. बमोजिम नक्कल लिन वा हेर्न सकिने भएबाट सो थाहा पाउन आफूले उद्योग गर्नु पर्दछ । अड्डामा गई लिखतको खोजी गरेको भए थाहा हुन सक्ने भई धरौट राखी दरखास्त गर्न सकिने अवस्थामा थैली थाहा छैन भनी भन्न नमिल्ने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१८ - उत्प्रेषण वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/१२/०४  डिभिजन वेन्च इजलास  २२९८
 पुनरावेदक/ प्रतिवादी : जि. रौतहट पिपरिया गा.पं.वार्ड नं. ३ बस्ने अमिरी राउत कुर्मी बिरुद्ध विपक्षी/वादी : श्री अञ्चलाधीश नारायणी अञ्चलाधीश कार्यालयसमेत

१) लेनदेनसम्बन्धी उजूरीसुन्ने अधिकार कानूनले अञ्चलाधीशलाई प्रदान नगरेको । (प्र.नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/११/१७  डिभिजन वेन्च इजलास  २४३०
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.प.वार्ड नं. ४ बस्ने तिलकुमारी पाण्डे क्षेत्री समेत बिरुद्ध विपक्षी/वादी : श्री भूमि प्रशासक जिल्ला कार्यालय भूमिप्रशासन शाखा काठमण्डौंसमेत

१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ (१) मा जग्गावालाले बसोबास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई काठमाडौं उपत्यकामा पाँच रोपनीसम्म जग्गा झिक्न स्थानीय पञ्चायतले आदेश जारी गर्न हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/११/२१  डिभिजन वेन्च इजलास  २६९०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं नगरपञ्चायत (वसन्त वाटिका) वत्तिसपुतली स्थित वोरीस वार एण्ड रेष्टुरेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक ऐ.ऐ.बस्ने पुरुषोत्तम आचार्य बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार पर्यटन विभाग डिल्लीबजारसमेत

१) होटलले पाउने सुविधा रेष्टुराँलाई दिन नमिल्ने भन्ने निर्णय कानूनसंगत नै देखिने । (प्र.नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/११/२५  डिभिजन वेन्च इजलास  २४०९
 पुनरावेदक/ प्रतिवादी : का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी बस्ने रामलाल श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : का.न.प.वार्ड नं. १७ क्षेत्रपाटी बस्ने हिरालाल श्रेष्ठ

१) नगरपञ्चायत ऐनको दफा ४९(२) अनुसार अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्शा पासको कारवाई गर्नुपर्ने । (प्र.नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१४ - ....

 फैसला मिति:२०३५/११/२४  डिभिजन वेन्च इजलास  २४५८
 पुनरावेदक/ प्रतिवादी : जि. भक्तपुर लुभु गा.पं. वडा नं. ४ माथिघसी टोल बस्ने गोपाल महर्जन बिरुद्ध विपक्षी/वादी : भूमिसुधार शाखा भक्तपुर भूमिसुधार अधिकारी श्री हरिमान थैव मुकाम भूमिसुधार शाखा भक्तपुर समेत

१) निवेदकले निजको बाबु मरेपछि ०२४ सालदेखि ०३३ सालसम्म बाली बुझाई लिएको भरपाईबाट नै जग्गाधनीले...निवेदकलाई पत्याएको मान्नुपर्ने । (प्र.नं. ७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१३ - राजकाज

 फैसला मिति:२०३५/१०/१४  डिभिजन वेन्च इजलास  २६५६
 पुनरावेदक/ प्रतिवादी : भोजपुर जि. पिङडाँडा गा.पं.वार्ड नं. ८ घर भई का.जि. डिल्लीबजार बस्ने भिम न्यौपानेसमेत बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

१) सरकारी निति वा प्रशासकीय काम कारवाही कानूनी तवरले परिवर्तन गराउने उद्देश्य लिई स्वास्थ्य एवं संयम पूर्ण परिभाषामा आलोचना गरेमा राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ६(२) को अपराध गरेको भन्न नमिल्ने । (प्र.नं. २८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१२ - .......

 फैसला मिति:२०३५/११/१४  डिभिजन वेन्च इजलास  २८०७
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २१ लगतबन्त बहाल बस्ने पूर्णकाजि स्थापित बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २१ बस्ने चिनिमाया स्थापित समेत

१) न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३) अन्तर्गत क्षेत्रीय अदालतले पुनरावेदनको अनुमति दिएको मुद्दामा मुद्दा किनारा गर्दा तल्लो अदालतको फैसलामा कुनै कानूनी त्रुटि नदेखेमा सो कुरा फैसलामा उल्लेख गरी मुद्दा किनारा गर्न सक्नेनै भएको । (प्र.नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२११ - ज्यान

 फैसला मिति:२०३५/११/१६  डिभिजन वेन्च इजलास  २८४०
 पुनरावेदक/ प्रतिवादी : रामधारी सहनीको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि. रौ.प्र.मटिओन पञ्चायत रतुमौली वैरिया बस्ने रेसमी मलाहिनी समेत

१) घर पछाडि लुकाइराखेको रगत लागेको बसिल्ला फेला परेको भन्ने हकमा रगत कहिले लागेको र के को रगत हो सो कुराको जाँचसमेत भएको देखिँदैन, यस स्थितिमा प्रहरीका समक्ष गरेको बयानको आधारमा मात्र कसूरदार ठहराउन न्यायोचित नपर्ने । (प्र.नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२१० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/११/१५  फूल बेन्च इजलास  २३५४
 पुनरावेदक/ प्रतिवादी : जि. पर्सा वीरगञ्ज न.पं. वडा नं. १५ मुरली बस्ने विश्वनाथ शाह बिरुद्ध विपक्षी/वादी : श्री प्रमुख कर अधिकृतज्यू कर कार्यालय नारायणी अञ्चल वीरगञ्ज

१) सर्वोच्च अदालतले आफूसमक्ष पुनरावेदन गर्ने अनुमति दिएकोमा मात्र पुनरावेदन लाग्नेछ भन्ने व्यवस्था भएको र त्यस्तो पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदन दिने व्यवस्थालाई निश्चित कानूनी उपचारको व्यवस्था भएको भन्न मिल्ने नदेखिने । (प्र.नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०९ - उत्प्रेषण वा अन्य आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/११/११  फूल बेन्च इजलास  २८०५
 पुनरावेदक/ प्रतिवादी : का.जि. का.न.पं. वडा नं. ७ अन्तर्गत सिफले बस्ने सन्तबहादुर मगर बिरुद्ध विपक्षी/वादी : भू.प्र.कार्यालय काठमाडौंको का.भूमिप्रशासक श्री विष्णुप्रसाद खत्रीसमेत

१) सर्वोच्च अदालतको आदेशानुसार भूमिप्रशासन कार्यालयले निवेदकलाई पुनः बुझ्नुपर्ने व्यवस्था कानूनले गरेको नदेखिँदा प्रतिवाद गर्न पाइन भन्ने निवेदकको भनाई युक्तिसंगत नदेखिने । (प्र.नं. ९) (२) भूमिप्रशासन कार्यालयले निवेदकको मोहियानी कायमै राख्ने गरेको निर्णय बदर भइसकेकोले त्यस्तो बदर भइसकेको निर्णयलाई आधार बनाई आएको निर्णय प्रतिकूल निर्णय गर्दा मोहीलाई नबुझेको प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल हुन्छ भन्न मिल्ने नदेखिने । (प्र.नं. ९) (३) अघिको निर्णयलाई बदर गरेपछि निर्णय सुन्य हुने हुनाले कानूनबमोजिम कायम रहेको अघिको कारवाहीको आधारमा सर्वोच्च अदालतको आदेशानुसार पुनः निर्णय गर्दा निवेदकलाई अघि नै यस विषयमा प्रतिवाद गर्ने मौका प्राप्त भई निर्णय भएको देखिएको हुनाले अघिको निर्णयको सन्दर्भलाई दृष्टिगत गरी पुनः मोहीलाई बुझ्नुपर्छ भन्न मिल्ने नदेखिने । (प्र.नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०८ - लेनदेन

 फैसला मिति:२०३५/१०/०४  डिभिजन वेन्च इजलास  २३२५
 पुनरावेदक/ प्रतिवादी : जि. डडेलधुरा छग खां को हाल जि. कञ्चनपुर रैना बस्ने परमानन्द पन्त बिरुद्ध विपक्षी/वादी : जि. डोटी जोरायल वडाखेल गाउँ बस्ने तारानाथ भट्ट

१) वादीले लिखतलाई सद्धे कीर्तेमा तहकिकात गर्न म्यादमा उपस्थित हुँदैन भने त्यस्तो फिरादको दावी पुग्न सक्दैन । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 फैसला मिति:२०३५/०९/२४  डिभिजन वेन्च इजलास  २३७८
 पुनरावेदक/ प्रतिवादी : सुनसरी जिल्ला धरान न.पं. वडा नं. ४ बस्ने पुष्पलाल घिमिरेसमेत बिरुद्ध विपक्षी/वादी : जि. मोरङ वखरी गा.पं. वडा नं. ४ बस्ने द्रोणकुमार भट्टराई

१) कुन जग्गामा कस्तो घर बनेको भन्ने तथ्यबारेमा असाधारण अधिकारक्षेत्रबाट बोलिरहनु नपर्ने । (प्रकरण नं. ६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०६ - उत्प्रेषण मिश्रित परमादेश अन्य उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ

 फैसला मिति:२०३५/१०/०४  डिभिजन वेन्च इजलास  २७९२
 पुनरावेदक/ प्रतिवादी : ल.पु. झम्सिखेल बस्ने का.मु.अर्थविज्ञ गणेशमान सिंह अधिकारी बिरुद्ध विपक्षी/वादी : लोकसेवा आयोग वसन्त भवन, विशालनगर, काठमाडौं समेत

१) राजीनामा पेश गर्ने व्यक्तिको पदाधिकार समाप्त भएको सम्झनुपर्ने र पदाधिकार समाप्त भइसकेकोमा माथिल्लो पदमा बढुवा हुने अधिकार पनि स्वतः समाप्त हुने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०५ - परमादेश वा उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरिपाउँ

 फैसला मिति:२०३५/०९/२३  डिभिजन वेन्च इजलास  २३०१
 पुनरावेदक/ प्रतिवादी : जि. बारा पञ्चायत डुमरवाना वा.नं. ७ बस्ने गोविन्द्रप्रसाद उपाध्यायसमेत बिरुद्ध विपक्षी/वादी : तत्कालिन भू.प्र.कार्यालय हाल भूमिसुधार कार्यालय, बारा कलैयासमेत

१) नापजाँच ऐन, २०१९ को दफा ८ (१) मा कुनै जग्गा नाप जाँचको सिलसिलामा जग्गावाला किसानको नाम दर्ता गरी श्रेस्ता तयार गर्नुपर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०४ - उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पूर्जी जारी गरिपाउँ

 फैसला मिति:२०३५/०९/३०  डिभिजन वेन्च इजलास  २२६५
 पुनरावेदक/ प्रतिवादी : धादिङ जि. जीवनपुर गाउँपञ्चायत वडा नं. ७ बस्ने टङ्कबहादुर के.सी. बिरुद्ध विपक्षी/वादी : धादिङ पञ्चायत विकास अधिकारी जि. पं.सचिवालय धादिङ समेत

१) गाउँपञ्चायत (छैठौं) संशोधन) ऐन, २०३३ ले मूल ऐनको दफा ४ को संशोधित दफा १८ मा गाउँपञ्चायतको प्रधानपञ्चलाई निलम्वन गर्ने अधिकार जिल्लापञ्चायतलाई भएको देखिन नआउने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. १२०३ - हकसफा

 फैसला मिति:२०३५/०९/१०  डिभिजन वेन्च इजलास  २४८५
 पुनरावेदक/ प्रतिवादी : जि. पर्वत, कुस्माशिवालय गा.पं. वडा नं. ४ बस्ने धनसरी सन्यासी बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ. गाउँ बस्ने जि. मु.वलभद्र गिरी

१) साहु रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राख्न पर्ने, थैलीमा मुख नमिलेमा ऐनबमोजिम अदालतमा नालिस गर्ने कार्यविधि सुरु गर्नुपर्ने सो नगरी अदालतमा प्रवेश गर्छ भने लेनदेन व्यवहारको १६ नं. को सुविधा प्राप्त हुन नसक्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु