विस्तृत खोजी

 
 
 
 
 
      

३४ खोजी नतिजाहरु

निर्णय नं. २९८३ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४३/०६/०३  सिङ्गल बेञ्च इजलास  २७२२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : आकल्याण्ड न्युजिल्याण्ड बस्ने शाइभन पिटर वटलर बिरुद्ध विपक्षी/वादी : विपक्षी : त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत।

२९८३

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९८२ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/१५  संयुक्त इजलास  २४६६
 पुनरावेदक/ प्रतिवादी : रिट/ निवेदक: जि. सुन्सरी गा.पं. सिमरिया वार्ड नं. ६ बस्ने लिलादेवी खड्गी बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार अधिकारी भू.सु.का. सुन्सरी। जि.सुन्सरी गा.पं. सिमरिया वार्ड नं.८ बस्ने दिल्लु झांगड ।

 बण्डापत्रलाई प्रमाणमा लिई पाउँ भनी प्रतिउत्तर परिसकेपछि सम्बन्धित माल कार्यालय बुझी सो अंशबण्डालाई प्रमाणमा लिई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९८१ - घर जग्गा कर

 फैसला मिति:२०४३/१०/१२  संयुक्त इजलास  ३२७५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: वि.न.न.पं. गुहृयेश्वरी राइसमिल रानीका डाइरेक्टर रामानुजदास मारु । बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : श्री कर कार्यालय विराटनगर ।

 आ.ब. ०२८।२९ देखि स्वीकृत आँकडा बमोजिम कर निर्धारण गर्नु भनी कर विभागको पत्र समेतको आधारमा कर कार्यालय विराटनगरलाई कर निर्धारण गर्न सक्ने अधिकार भएको नै देखिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९८० - डाँका

 फैसला मिति:२०४३/१०/१९  संयुक्त इजलास  २३७०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: शुस्तलालको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी: जि. झापा बानियानी गा.पं. वार्ड नं. १ बस्ने धोक्रा मियाँ। ऐ.ऐ बस्ने दुशमहमत मिया। ऐ.ऐ बस्ने कर्फुदिन मिया। ऐ.ऐ बस्ने अब्दुल कमल मिया। ऐ.ऐ बस्ने जला मिया । ऐ.ऐ बस्ने दशमहमद मिया। ऐ.ऐ बस्ने पीर महमद मिया। ऐ.ऐ पाठावारी गा.पं. वार्ड नं.९ बस्ने लाल महमद मिया।

 रहजनी चोरीको वारदात ४ जना भन्दा बढीले गरेको वारदातलाई चोरीको ६ नं. ले डाँकाको वारदात भन्ने व्यवस्था गरेकोबाट सोही व्यवस्था बमोजिम डाँकाको वारदात ठहर्याटउनु पर्ने । (प्रकरण नं. २७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७९ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

 फैसला मिति:२०४३/०९/२८  संयुक्त इजलास  २६८२
 पुनरावेदक/ प्रतिवादी : निवेदक : का.न.पं. वडा नं. २५ फसिकेव बस्ने वर्ष ३५ को अमिरमान शाक्य बिरुद्ध विपक्षी/वादी : विपक्षी : श्री ५ को सरकार निमार्ण तथा यातायात मन्त्रालय, बबर महल। श्री काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति माइतीघर,काठमाडौं।

 कानूनी निकायले निर्णय गर्दा तजविजी अधिकार प्रयोग गर्दा पनि कानून बमोजिम निर्णय गर्नु पर्ने हुन्छ, ऐन बमोजिम निर्णय गर्दा समान व्यक्तिहरूलाई समान संरक्षण दिनु पर्ने । (प्रकरण नं. १५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७८ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/१०/२३  संयुक्त इजलास  ३३२०
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: गोविन्द गिरीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/प्रतिवादी: जि. बझाङ भैरवनाथ गा.पं. वा.नं. १ सुडि खोला बस्ने देव गिरी।

 आफ्नो मानसिक सन्तुलन ठीक भई होस भएको अवस्थामा गृहस्थ जीवनको सर्वोपरी जीवन सहारा आफ्नो श्रीमतीलाई मार्न सम्मकै व्यवहार गरी घाइते पार्नुको साथै बालक छोरा माथि आघातित क्षति गरी मार्न सक्नु र आफ्नो प्राण रक्षाको मुख्य साधनको लागि राखेको अन्न पात धन पैसा र बास बस्ने घर समेतमा आगो लगाई नष्ट भ्रष्ट पार्नु इत्यादि दुर्भिक्ष प्रकृया होश भएको कुनै मानव जातिबाट घट्न सक्ने सम्भाव्य घटना हो भन्न र होश भएकै अवस्थामा यी घटना घटेका हुन् भनी ठहर्याहउन मिल्ने स्थिति जाहेरी देखि लिएर बुझिएको साक्षी सरजमीन तथा घाइते भई बचेकी अभियुक्त श्रीमती जसमा समेतका घटना घटेका क्रमको बकाई लेखाई समेत आधार प्रमाणबाट समेत मुलुकी ऐन दण्ड सजायँको १ नं. बमोजिम अभियुक्तलाई सजायँ नगर्ने गरी गरेको इन्साफ मिल्ने देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७७ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/०५  संयुक्त इजलास  २२५९
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. पाँचथर पौवासारताप गा.पं. वडा नं. ३ बस्ने नयन्द्रराज नेम्वाङ बिरुद्ध विपक्षी/वादी : विपक्षी : का.मु.शा.अ. जिल्ला कार्यालय भूमिसुधार शाखा, पाँचथर।

 ढीला गरी रिट क्षेत्रमा प्रवेश गर्नु पर्नाको मनासिब माफिकको कारण रिटनिवेदनमा उल्लेख नभएबाट रिट क्षेत्रबाट रिट निवेदकलाई केही मद्दत गर्न नसकिने । (प्रकरण नं. ८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७६ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/२५  संयुक्त इजलास  २६८७
 पुनरावेदक/ प्रतिवादी : रिट निवेदक : सिराहा जि. चिकना गा.पं. वार्ड नं. १ बस्ने वासुदेव ढडिया यादव बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार अधिकारी, भू.सु.का. सिराहा। जि.सिराहा गा.पं. भोक्राह वार्ड नं. ६ बस्ने खगेश्वर साहू सुडी। ऐ.ऐ बस्ने शिवलाल साहू सुडी।

 कुनै पनि न्यायिक तथा अर्ध न्यायिक निकायले आफूले निर्णय गर्दा वादी प्रतिवादीबाट पेश हुन आएको सबूद प्रमाणहरूको मूल्यांकन गरी निर्णय आधारहरू खुलाउनु पर्दछ । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७५ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/२३  संयुक्त इजलास  २२४३
 पुनरावेदक/ प्रतिवादी : निवेदक : काठमाडौं नगरपञ्चायत वार्ड नं. ५ हाडिगाउँ बस्ने रामप्रसाद लोहनी बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला कार्यालय भूमिसुधार शाखा नुवाकोटका का.मु. शाखा अधिकृत कृष्णहरी कायस्थ। नुवाकोट जिल्ला लिस्बु गा.पं. वार्ड नं.३ बस्ने इन्द्र बहादुर बस्नेत।

 भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनु भन्दा अगावै कुनै जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्की घर बनाएको रहेछ भने सो घरवारीको जग्गा बिक्री गर्न वा अन्य कुने प्रकारले हक छाडी दिन सक्ने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७४ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/२३  संयुक्त इजलास  २४६६
 पुनरावेदक/ प्रतिवादी : निवेदक : काठमाडौं नगरपञ्चायत वार्ड नं. ५ हाँडीगाउँ बस्ने रामप्रसाद लोहनी बिरुद्ध विपक्षी/वादी : विपक्षी : जिल्ला कार्यालय भूमिसुधार शाखा नुवाकोटका का.मु. शाखा अधिकृत कृष्णहरी कायस्थ। नुवाकोट जिल्ला लिस्बु गा.पं. वार्ड नं. ३ कार्तिके बस्ने इन्द्र बहादुर बस्नेत।

 भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनु भन्दा अगावै कुनै जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्कि घर बनाएको रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने । (प्रकरण नं. १८)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/१०/२८  संयुक्त इजलास  २३६५
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: प्र.ह.रणबहादुरको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : पुनरावेदक/प्रतिवादी : जि. रुपन्देही मैनहिया गा.पं. वार्ड नं. ४ बस्ने बैजनाथ दुवे। ऐ.ऐ वार्ड नं.५ बस्ने गोविन्द प्रसाद उपाध्याय।

 अनुमानकै भरमा वादी दावी बमोजिम ज्या.सं. को १३, १४, १७ नं. बमोजिम सजायँ गर्न मिल्ने अवस्था विद्यमान देखिन नआउने । (प्रकरण नं. ३२)  कसले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्ने कुरा प्रमाणित हुन नआएको र दुवै पक्षले लापरवाहीसंग गोली चलाएको कारणबाट नै मृत्यु भएको कुरा मान्नु पर्ने अवस्था देखिन आएकोले प.क्षे.अ.ले भवितव्यमा ज्यानसम्बन्धी महलको ६(२) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब नै देखिने । (प्रकरण नं. ३२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७२ - जग्गा खिचोला

 फैसला मिति:२०४३/१०/२२  संयुक्त इजलास  २७००
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : का.न.पं. वार्ड नं. २७ त्यौडटोल बस्ने विष्णुप्रसाद श्रेष्ठ बिरुद्ध विपक्षी/वादी : पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वार्ड नं. २० गावहाल बस्ने राममाया श्रेष्ठ

 आफ्नो लोग्नेको नाताबाटै पुनरावेदक प्रतिवादीको सम्पत्तिमा हक पुग्ने हुँदा आफ्नो लोग्नेले राजीखुशीबाट घरसम्म लिई अरु जग्गामा आफ्नो हक छाडी दिएकोमा चित्त नबुझेको भए सोही बखत कानून बमोजिम उजूर गरी आफ्नो हक कायम गराउन सक्नु पर्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७१ - खुन डाँका

 फैसला मिति:२०४३/१०/१८  संयुक्त इजलास  २४०७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी : श्यामकुमार रानाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी/प्रतिवादी : जि. कपिलवस्तु खुर्दाबागर गा.पं. वार्ड नं.5 घर भै खुर्दावगर गा.पं. ९ महादेवा बस्ने हरिवंशमणी त्रिपाठी। ऐ.खुदर्वा गा.पं. वार्ड नं.१ महदेइया बस्ने हदीस मुसलमान। भारत घर भै जगेठी गा.पं. वार्ड नं.८ कटुवा मौजामा कृष्णमान सेरचनको कारिन्दा काम गर्ने सिद्धि श्री प्रसाद भन्ने सिद्धिश्वरी प्रसाद दुवे।

 सनाखत गराउँदा अ.बं. १७३ नं. अनुसार सनाखत गराएको समेत देखिन आउँदैन । शंकाको भरमा कुनै व्यक्तिलाई अपराधी ठहराउनु हुँदैन शंकाको सुविधा प्रतिवादीले पाउँछन् वादी पक्षले आफैं हिरासतमा राखी गराएको विवादास्पद बयान निजहरूको विरुद्धमा प्रमाण लिन मिलेन तसर्थ शंकारहित स्वतन्त्र प्रमाणको अभावमा प्रतिवादीहरूले नै खुन डाँकाको वारदात गरे भन्ने ठहर्न आएन । (प्रकरण नं. २०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९७० - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/१४  संयुक्त इजलास  २२२५
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. सर्लाही कौडेना गा.पं. वडा नं. ९ बस्ने सिताराम साह तेली बिरुद्ध विपक्षी/वादी : विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सर्लाही। जि.सर्लाही बिसनपुर गा.पं. हाल मलंगवा वार्ड नं.८ बस्ने केदार प्रसाद गुप्तको जाहेरीले वादी श्री ५ सरकार।

 भूमिसुधार लागु भएका बखत ७ नं. फाराममा उमेर पुगेको भन्ने नदेखाएको र पेश भएको नागरिकताको प्रमाणपत्रबाट पनि सो बखत उमेर पुगेको नदेखिएकोले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को उपदफा ४(ग) अनुसार १ परिवार मात्र मानिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९६९ - ठेक्काको बाँकी रकम दिलाई पाउँ

 फैसला मिति:२०४३/१०/०८  संयुक्त इजलास  २१८७
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/प्रतिवादी:जि.रुपन्देही पजरकटी गा.पं. वार्ड नं.१ घर भै हाल सिद्धार्थनगर पञ्चायत वार्ड नं. ६ लुम्बिनी रोड गल्लामण्डी बस्ने बलिकरण यादव। ऐ.पजरीकटी गा.पं. वार्ड नं.६ बस्ने पारस नाथ कान्दु बानिया। ऐ.ऐ वार्ड नं. ६ बस्ने मगंल अहिर। बिरुद्ध विपक्षी/वादी : विपक्षी/वादी: रुपन्देही जिल्ला पञ्चायतका सभापति केशव लम्साल

 वादीले दावी गरेको चौथो किस्ता मध्ये बाँकी रु. १,१३,५५४।२५ मध्ये डिपोजिट राखेको रु. ३२,७७७।– सम्म प.क्षे.अ.ले कट्टा गरी प्रतिवादीले चौथो किस्ता वापत रु. ३४,०००।– दाखिल गरेको प.क्षे.अ.ले कटाएको देखिन नआएको हुँदा वादीले प्रतिवादीबाट उक्त रु. ३४,०००।– कट्टा नगरी सो रकम समेत भराउने ठहर्या०एको प.क्षे.अ.को निर्णयसंग सहमत हुन नसकिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९६८ - उत्प्रेषण

 फैसला मिति:२०४३/१०/०६  संयुक्त इजलास  २४२०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जि. सुनसरी मेघली गा.पं वार्ड नं. २ बस्ने सुदीदेवी थरुनी बिरुद्ध विपक्षी/वादी : विपक्षी : जि.भु.सु.का. सुन्सरी। जि.सुन्सरी मैथली गा.पं.वार्ड नं.२ बस्ने ढोडनदास थारु।

 मोहीको मृत्युपछि निजको स्वास्नी छोराहरू मध्ये जग्गाधनीले रोजेको व्यक्ति मोही हुने भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । मोहियानी हक बण्डा नहुने संयुक्त रुपमा रहने अथवा भाइले प्राप्त गर्ने भन्ने कानूनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९६७ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०९/२५  संयुक्त इजलास  २२९९
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: शिवनारायण यादवको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी : जि.सि.गा.पं पिपरा वडा नं. २ बस्ने कमलसिंह दनुवार।

 प्रतिवादीहरू प्रहरीमा र अदालतमा समेत पूर्ण इन्कारी रहेको र जाहेरवालाको र प्रतिवादीहरूको बीच मुद्दा चलिराखेको समेत देखिन आउँछ, प्रतिवादीहरूले ज्यान मारेको भन्ने कुराको तथ्ययुक्त प्रमाणहरू वादी पक्षबाट आउन सकेको देखिएन, शंकारहित सबूत प्रमाण बेगर कसूरदार ठहर्या,उन मिल्ने देखिन आएन । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९६६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४३/०९/२२  संयुक्त इजलास  २५५१
 पुनरावेदक/ प्रतिवादी : पुनरावेदक/वादी: जि. कपिलवस्तु गा.पं. तुल्सीपुर वार्ड नं. ३ ठूलो गौरा बस्ने सुधारा पासिनको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : विपक्षी/प्रतिवादी:कपिलवस्तु तुल्सीपुर गा.पं. वार्ड नं. १ पिपरा बस्ने महमद सइदु मुसलमान।

 केवल शंकाको भरमा अभियुक्तहरूलाई दोषी ठहराउन र सजायँ दिन न्याय शास्त्र बमोजिम न्यायसंगत भएन । (प्रकरण नं. ३५)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९६५ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/३०  संयुक्त इजलास  २४१४
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला कञ्चनपुर रौतेली बीचवा गा.पं वार्ड नं. १ बस्ने प्रेमबहादुर पाण्डे बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी:श्री अञ्चलाधीशको कार्यालय महाकाली अञ्चलसमेत श्री अञ्चलाधीश ज्यू महाकाली अंचल जिल्ला कंचनपुर रौतेली बिचुवा गा.पं.वार्ड नं. १ बस्ने डम्बर बहादुर

 कानूनको प्रकृया अपनाउनु पर्नेमा नगरी स्वविवेकीय अधिकार प्रयोग गरी पदबाट बर्खास्त गर्नु हुन भनी लेखी पठाउने अधिकार अञ्चलाधीशलाई नभएको । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. २९६४ - उत्प्रेषण

 फैसला मिति:२०४३/०८/३०  संयुक्त इजलास  २८२०
 पुनरावेदक/ प्रतिवादी : निवेदक : जिल्ला कञ्चनपुर रौतेली गा.पं. वार्ड नं. १ बस्ने प्रेमबहादुर पाण्डे बिरुद्ध विपक्षी/वादी : प्रत्यर्थी:अञ्चलाधीश महाकाली अञ्चलसमेत । क्षेत्रीय शिक्षा निर्देशनालय सु.प.क्षे.दिपायल । जिल्ला कार्यालय शिक्षा शाखा कन्चनपुर। घटाल मा.वि. कन्चनपुरको प्रधानाध्यापक। संचालक समिति घटाल मा.वि.कन्चनपुर ।

 निवेदकलाई शिक्षक पदबाट अवकाश दिनु भन्ने अञ्चलाधीश कार्यालयको त्रुटिपूर्ण निर्णय आदेशबाट शिक्षा ऐन तथा नियमावलीको अवलम्बन समेत नगरी अधिकार भन्दा बाहिर रही रिट निवेदकलाई शिक्षक पदबाट हटाउने गरी गरेको प्रत्यर्थी अञ्चलाधीशको निर्णय तथा प्रत्यर्थी सञ्चालक समितिले निवेदकलाई दिएको पत्र तथा सो सम्बन्धी अन्य काम कारवाही समेत त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २१)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु