विस्तृत खोजी

 
 
 
 
 
      

२६ खोजी नतिजाहरु

निर्णय नं. ४४०२ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४८/१०/१९  संयुक्त इजलास  २२३०
 पुनरावेदक/ प्रतिवादी : जनकपुर नं.पं.वा.नं. ४ बस्ने पुरुषोतम शर्मा बिरुद्ध विपक्षी/वादी : धनुषा जिल्ला पंचायत सचिवालयसमेत

(१) जग्गाको कुनै भागमा मुद्दा परी राखेको स्थितिले सो कित्तामा यो यता पट्टिको भागमा विवाद परेको र यतापट्टिको विवाद नपरेको भनी प्रमाण हेरी रिटनिवेदनबाट छुट्याउन नमिल्ने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४४०१ - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/०१  संयुक्त इजलास  २४९०
 पुनरावेदक/ प्रतिवादी : का.न.पा. वा.नं. ३३ बस्ने बिश्शुबाबु तिवारी बिरुद्ध विपक्षी/वादी : प्रशासकीय अदालत काठमाडौंसमेत

(१) आरोपका आधार प्रमाण र सफाइको मौका दिन अव्यवहारिक हुने आधार कारणहरु निर्णयमा नखुलेको, पर्चामा र लिखितजवाफमा उल्लेख भएको आधारहरुको औचित्यपूर्ण सन्दर्भयुक्त वस्तुगत तथ्यमा आधारित भएको नदेखिई अनुमानित काल्पनिक प्रकृतिको देखिँदा उचित र पर्याप्त आधारमा नोकरीबाट हटाएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४४०० - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/२७  संयुक्त इजलास  २३२८
 पुनरावेदक/ प्रतिवादी : का.जि.स्यूचाटार गा.वि.स. वडा नं. ६ बस्ने लोकबहादुर खत्री बिरुद्ध विपक्षी/वादी : मध्यमाञ्चल क्षेत्रीय अदालतसमेत

(१) मौलिक हक वा अन्य प्रभावकारी वैकल्पिक उपचार नभएको कानुनी हक प्रचलनार्थ असाधारण अधिकार क्षेत्र गुहार्न आउनु पर्ने हुन्छ, व्यक्तिको त्यस्तो हक अनाधिकार र देखादेखी रुपमा कानुनी त्रुटि गरी हनन् भएको अवस्थामा मात्र रिट क्षेत्रबाट उपचार दिन मिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९९ - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/२६  संयुक्त इजलास  २८७६
 पुनरावेदक/ प्रतिवादी : राजविराज न.पा.वा.नं.२ बस्ने अलाउद्दिन मियाँ बिरुद्ध विपक्षी/वादी : पूर्वाञ्चल क्षेत्रीय अदालतसमेत

(१) नागरिकको हक अधिकारमा आघात पार्ने परिणामको कुनै निर्णय फैसला गर्दा कानुनको अक्षरसः पालन भएको हुनु अनिवार्य हुने । (प्रकरण नं. १९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९८ - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/०६  संयुक्त इजलास  २३९०
 पुनरावेदक/ प्रतिवादी : सिराहा मल्हानिया गा.पं. वार्ड नं. २ बस्ने मुगालाल यादवसमेत बिरुद्ध विपक्षी/वादी : पूर्वाञ्चल क्षेत्रीय अदालतसमेत

(१) अदालतहरुबाट सबूद प्रमाणहरुको तथ्यगत मूल्याड्ढन गरी दाइजो पेवा हो होइन, बण्डा लाग्ने नलाग्ने के हो इत्यादि कुराहरुको प्रमाण बुझी गरेको इन्साफलाई पुनः तथ्य भित्र प्रवेश गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९७ - बन्दीप्रत्यक्षीकरण

 फैसला मिति:२०४८/१०/०८  संयुक्त इजलास  २३५७
 पुनरावेदक/ प्रतिवादी : नवलपरसी कारागारमा थुनामा रहेका वर्ष ३३ को सिद्धिरत्न शाक्यको हकमा बुद्धरत्न शाक्य बिरुद्ध विपक्षी/वादी : श्री पुनरावेदन अदालत बुटवल रुपन्देहीसमेत

(१) कानुनद्वारा आफूलाई प्राप्त अधिकार अन्तर्गत श्री ५ को सरकार वादी भई मुलुकी ऐन ठगीको ५ नं. अनुसारको सजायँको माग दावी लिई दायर भएको मुद्दालाई मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. को व्यवस्था अनुसार त्यस्तो अपराध सम्बन्धी मुद्दामा वाणिज्य बैंक ऐन, २०३१ को दफा ४३ अनुसार राष्ट्र बैंकको स्वीकृति लिई मुद्दा दायर गर्न सकिने स्पष्ट प्रावधान रहेकोले मुलुकी ऐन ठगीको महल अन्तर्गत मुद्दा दायर हुन नसक्ने भनी लिएको जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १२) (२) अ.बं. ११८(२) मा प्रयुक्त वाक्यांशलाई हेर्दा तीन वर्ष वा सो भन्दा बढी कैदको सजायँ हुने मुद्दामा मात्र पूर्पक्षको लागि थुनामा राख्ने भन्ने नभई तीन वर्ष वा सो भन्दा बढी कैदको सजायँ हुन सक्ने मुद्दामा समेत पूर्पक्षको लागि थुना राख्न सकिने प्रावधान रहेको देखिएकोले यस्तो अवस्थामा रिट निवेदकको हकमा अ.बं. ११८(२) आकृष्ट हुन नसक्ने भन्ने जिकिरसंग सहमत हुन नसकिने । (प्रकरण नं. १३)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९६ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४८/१०/२२  संयुक्त इजलास  २७३३
 पुनरावेदक/ प्रतिवादी : कर विभाग लाजिम्पाटको रा.प.अनं. प्रथम श्रेणी ना.सु.पदमा कार्यरत रमानाथ पौडेल बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार वन तथा भू–संरक्षण मन्त्रालय, वन विभाग, जिल्ला वन कार्यालय भोजपुरसमेत

(१) तोकिएको आर्थिक वर्ष भित्रैमा भुक्तानी नलिएको भए पनि सो आधारले मात्र आर्थिक (साविक पेज नं. ६६०) वर्ष व्यतित भएपछि भुक्तानी पाउनु पर्ने संचित विदाको रकम भुक्तानी पाउनबाट रोक लगाउने स्थिति नरहने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९५ - उत्प्रेषणयुक्त परमादेश

 फैसला मिति:२०४८/१०/०८  संयुक्त इजलास  २३३५
 पुनरावेदक/ प्रतिवादी : जिल्ला धनुषा जनकपुर वार्ड नं. १ बस्ने मनबहादुर नेपाली बिरुद्ध विपक्षी/वादी : कार्यकारिणी अध्यक्ष, जनकपुर चुरोट कारखाना लिमिटेडसमेत

(१) भ्रष्टाचार सम्बन्धी कसूरमा सफाई पाएकोले पुनः नोकरीमा कायम गरी पाउँ भन्ने जिकिर कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ९) (२) सजायँ गर्ने अधिकारी कार्यकारी अध्यक्षले स्पष्टीकरण माग गर्नु पर्नेमा नायब महाप्रबन्धकले स्पष्टीकरण माग गरेको र कार्यकारी अध्यक्षले पदमुक्तको पत्र दिएको कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ९)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९४ - लागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेकोलागू औषध विदेशबाट ल्याई बिक्री गर्न राखेको

 फैसला मिति:२०४८/१०/२९  संयुक्त इजलास  २३८०
 पुनरावेदक/ प्रतिवादी : जि.का.का.शाखा काठमाडौंमा थुनामा रहेको शुसिलदेव वंगाली बिरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार

(१) कसैले कुनै प्रलोभन दिंदैमा कानुन वर्जित कार्य गरेकोमा त्यस्को दायित्वबाट उम्किन नपाउने । (प्रकरण नं. १४) (२) प्रहरी प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट पनि मुद्दा दायर गर्न अनुरोध गरी अड्डाको छाप समेत लगाएको देखिँदा कारवाही पूर्णतः बेरीत भन्न नसकिने । (प्रकरण नं. १४) (३) ८० ग्राम हेरोइन ल्याएकोलाई सानो मात्रा मान्न नमिल्ने । (प्रकरण नं. १४)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९३ - कर्तव्य ज्यान

 फैसला मिति:२०४८/१०/१५  संयुक्त इजलास  ३००१
 पुनरावेदक/ प्रतिवादी : शर्मानन्द ढुंगानाको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.खोटाड्ड विजयखर्क गा.वि.स.वा.नं.४ बस्ने नारायणप्रसाद ढुंगाना

(१) एकजनाले मात्र मृतक लाश बोकी लगी मुचुल्कामा वर्णित अवस्था हुने गरी झुण्डयाउन सक्ने सामान्य स्थिति मान्न नमिल्ने । (प्रकरण नं. २४) (२) शुरु जाहेरी दर्खास्त आफैंले पासो लगाई झुण्डिई मरेको भनी उल्लेख गरेको, काजकृया सदगत समेत आत्महत्याको रुपमा भएको सम्झी सम्पन्न गरिएकोले पोष्टमार्टम हुन नपाएको अवस्था हुँदा मारेर झुण्डयाइएको हो भन्ने कुरा निश्चयात्मक रुपले भन्न नसकिने । (प्रकरण नं. २६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९२ - उत्प्रेषण मिश्रित परमादेश

 फैसला मिति:२०४८/१०/०१  संयुक्त इजलास  २३६७
 पुनरावेदक/ प्रतिवादी : जि.का.का. शाखा नवलपारासीमा थुनामा बसेको रामजी सैथवार बिरुद्ध विपक्षी/वादी : जिल्ला प्रशासन कार्यालय, नवलपरासीका प्र.जि.अ. समेत

(१) घर दैलोमा टाँसी तामेल गरिएकोमा तेस्रो प्रतिमा सो तामेली मिति जनाई स्थानीय पंचायतमा बुझाई छुट्टै भरपाई लिनु पर्छ वा तामेली प्रतिको पिठमा नै सो जनाई सहिछाप गराई लिनु पर्नेमा सो बमोजिम गरे भएको प्राप्त मिसिलको म्यादबाट नदेखिएकोले म्याद रीतपूर्वकको नदेखिने । (प्रकरण नं. १२)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९१ - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/२२  संयुक्त इजलास  २७५४
 पुनरावेदक/ प्रतिवादी : गणेश गुठी, गणेश टोल, पोखरा कास्की पो.नं.पा. वडा नं. ४ बस्ने चन्द्रकुमार पालीखेसमेत बिरुद्ध विपक्षी/वादी : गुठी संस्थान, केन्द्रीय कार्यालय, रामशाहपथसमेत

(१) नित्य पूजा नगरा बजाए बापत मात्र खान्गीमा खान पाउने जग्गा प्रत्यर्थीहरुको नाउँमा रैतानी नम्बरीमा दर्ता गर्ने गरेको निर्णय र सो आधारमा भएका अन्य निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३९० - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/०५  संयुक्त इजलास  २३७३
 पुनरावेदक/ प्रतिवादी : मोरड्ड जि.बुधनगर गा.वि.स. वडा नं. ४ बस्ने नकछेदी साहु तेली बिरुद्ध विपक्षी/वादी : मोरंग जिल्ला अदालत, मोरंगसमेत

(१) विपक्षीहरुबाट बिगो नबुझाए बापतमा भएको लिलाम बदर गरी पाउँ भनी म्याद थमाई आएपछि विपक्षी तर्फबाट बिगो धरौट रहेको कारणबाट लिलाम बदर गरेको (साविक पेज नं. ६४१) पाइन्छ । निवेदकले पाउने बिगो धरौटी रहेको प्रस्तुत स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने औचित्य रहेको नदेखिने । (प्रकरण नं. १०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३८९ - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/२८  संयुक्त इजलास  २५२९
 पुनरावेदक/ प्रतिवादी : जि.का.का. शाखा काठमाडौंमा थुनामा रहेको मलाड्ड मुस्ताङ्ग तमाङ्ग बिरुद्ध विपक्षी/वादी : ललितपुर जिल्ला अदालतसमेत

(१) सर्वश्वसहित जन्मकैद भएकोमा सोको जे जति कैद हुन्छ सोको मात्र लगत कसी कैद सजायँ गर्न पर्नेमा सर्वश्वसहित जन्मकैदको सजायँ भुक्तान गरेपछि डाँका मुद्दामा लागेको वर्ष ९ र जरिवाना बापतको कैद ठेक्ने भनी पठाएको लगत त्रुटिपूर्ण देखिँदा डाँका मुद्दामा लागेको वर्ष ९ र (साविक पेज नं. ६३६) जरिवाना बापतको कैद ठेक्नु भन्ने लगत निर्णय पत्र कानुन विपरीत देखिँदा डाँका मुद्दाको कैद थप गरेको लगत सो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३८८ - अंश

 फैसला मिति:२०४७/१०/०१  संयुक्त इजलास  २८७४
 पुनरावेदक/ प्रतिवादी : नवलपरासी जि.कावास्वती गा.पं.वार्ड नं. ३ बस्ने केदारनाथ पाध्या बिरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने हेमराज उपाध्यायसमेत

(१) जस्ले जुन कुराको दावी लिन्छ सो दावी प्रमाणित गर्ने भार त्यस्तो दावी लिने उपर नै हुने । (प्रकरण नं. १७) (२) अंशियार अंशियार वादी र प्रतिवादीको बीच सुक्री बिक्री भएको देखिँदा अंश बण्डा भएको छैन अंश पाउँ भन्ने वादी पुनरावेदकको कथनसंग सहमत हुन नसकिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३८७ - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/२९  संयुक्त इजलास  ४८९०
 पुनरावेदक/ प्रतिवादी : काठमाडौं जिल्ला का.न.पा. वार्ड नं. १९ यटखा बस्ने शाही नेपाल वायु सेवा निगमको केन्द्रीय खरिद तथा भण्डार विभागमा वरिष्ठ सहायक पदमा कार्यरत नरमकाजी बज्राचार्य बिरुद्ध विपक्षी/वादी : शाही नेपाल वायुसेवा निगम केन्द्रीय कार्यालय नयाँ सडकसमेत

(१) फौज्दारी अभियोगमा स्वतः निलम्बनको पूर्व शर्त गिरफ्तारी र थुना हो, फौज्दारी अभियोगमा कारवाहीमा परेका कर्मचारीलाई जमानीमा छाड्न इन्कार हुने अवधिका सीमा निश्चित गर्न नसकिने । (प्रकरण नं. १६) (२) निलम्बन फुकुवाको अर्थ निलम्बित कर्मचारीलाई निलम्बन पूर्वको अवस्था ल्याउनु हुन्छ । (प्रकरण नं. १६) (३) स्वतः निलम्बनको विषयलाई खराब आचरणको जाँचबुझको सिलसिलामा निलम्बन भएको कर्मचारीको सम्बन्धमा निलम्बनको अवधिको सीमासंग गाँस्न नमिल्ने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३८६ - कर्तव्य ज्यान

 फैसला मिति:२०४८/१०/१९  संयुक्त इजलास  २३८४
 पुनरावेदक/ प्रतिवादी : कारागार शाखा पाल्पामा थुनामा रहेको शिवे भन्ने गोविन्दबहादुर चन्द ठकुरी बिरुद्ध विपक्षी/वादी : रामबहादुर चन्दका जाहेरीले श्री ५ सरकार

(१) लास जाँच मुचुल्काबाट धारीलो हतियारको प्रहारबाट मरेको कुरा पुष्ट्याई भएको पाइन्छ, प्रतिवादीको प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाण चस्मदिद व्यक्तिको बकाईबाट समर्थित भएको अवस्थामा शंका छ र शंकाको सुविधा अभियुक्तले पाउनु पर्छ भन्ने बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. ३०)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३८५ - जिउ मास्ने बेच्ने

 फैसला मिति:२०४८/०९/२१  संयुक्त इजलास  २४३३
 पुनरावेदक/ प्रतिवादी : सन्तमाया दमिनीको जाहेरीले श्री ५ को सरकार बिरुद्ध विपक्षी/वादी : जि.रुपन्देही बुटवल नं.पं.वा.नं.९ बस्ने सुरज भन्ने सुरेश सार्कीसमेत

(१) मुद्दाको प्रमुख गवाहको रुपमा रहेकी पीडित पक्ष स्वयं जाहेरवाली समेत अदालतमा आई आफ्नो जाहेरी समर्थन गर्न सकेको छैन । यस्तो स्थितिमा बिना कुनै ठोस सबूद प्रमाण प्रतिवादीहरुलाई कसूरदार ठहर्याेउन नसकिने । (प्रकरण नं. १६)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३८४ - उत्प्रेषण

 फैसला मिति:२०४८/०९/२९  संयुक्त इजलास  २६५८
 पुनरावेदक/ प्रतिवादी : ट्रान्सपोर्ट कर्पोरेशन अफ इण्डिया (काठमाडौं) को मेनेजर सुरेन्द्रपाल अग्रवाल बिरुद्ध विपक्षी/वादी : कर कार्यालय काठमाडौंसमेत

(१) सम्झौता बमोजिम सम्पन्न गर्नु पर्ने कार्य, सम्झौता गर्ने पक्षले जे जुन तवरबाट गरे गराएको किन नहोस सो कार्य सम्पन्न गर्नु पर्ने कर्तव्य र सो बापतको भुक्तानी समेत प्राप्त गर्ने अधिकार सोही पक्षकारमा निहित हुन जाने । (प्रकरण नं. १६) (साविक पेज नं. ६१२) (२) निवेदक नेपाल ब्रान्चले प्राप्त गरेको आयबाट केही रकम आफ्नो मुख्य कार्यालय (भारत) लाई तिरे बुझाएको भन्ने निवेदन जिकिर रहेको तर सो रकम नेपाल ब्रान्चको आय होइन भन्ने सबूद प्रमाण निवेदकबाट पेश हुन नसकेको हुँदा सो रकम निवेदक (नेपाल ब्रान्च) को खूद आय होइन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १७)

  पूर्ण पाठ हेर्नुहोस्

निर्णय नं. ४३८३ - उत्प्रेषण

 फैसला मिति:२०४८/१०/०६  संयुक्त इजलास  २२४६
 पुनरावेदक/ प्रतिवादी : भ.पु.नं.पा. वडा नं. ३ गछें टोल बस्ने मोहनकुमार प्याथ बिरुद्ध विपक्षी/वादी : मालपोत कार्यालय, भक्तपुरसमेत

(१) सगोलको सम्पत्ति कानुन बमोजिम दुवैको मञ्जूरीबाट अलग अलग गरी लिखत गरेको अवस्थामा बाहेक दुइजनाको नाममा छुट्टा छुट्टै दर्ता गर्न नसकिने । (प्रकरण नं. ११)

  पूर्ण पाठ हेर्नुहोस्

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु